Tue, 25 Sep 2018
ताजा समाचार
दास परिवारलाई तीन लाख राहत सहयोग || आजदेखि सोह्रश्राद्ध सुरु || सडक निर्माणका लागि धर्ना || राजस्व असुलीमा भारी बृद्धि || 'विद्यार्थीको वृत्ती विकास’ सम्बन्धी पाँचौ कन्भेन्सन || राजपा नेपालको बैठक ११ गते || जनकपुरका अभियानीहरु झाडापखाला प्रभावित क्षेत्रमा || स्थानीय तहको अधिकार खोसिदै || डा भूसालद्धारा मितेरीपुल र बालगृहको स्थलगत निरिक्षण || श्रीमती बनाउँछु भनेर किशोरीलाई बलात्कार गर्ने युवक पक्राउ || एसिड पीडित दासको मृत्यु || बाल विवाह विरुद्द जनचेतना कार्यक्रम सम्पन्न || बालिका बलात्कृत || नदीमा डुबेर बालकको मृत्यु || सरकारको अधिनायकवादी शैलीलाई असफल पार्नुपर्छ : देउवा || महोत्तरीमा भन्सार छलेर ल्याएको १७ लाखको सामान बरामद || शिक्षकको परीक्षाका कारण विद्यालय बन्द || डेरी उद्योगबाट तीस हजार युवालाई रोजगारी || चप्पल उद्योगमा श्रम शोषण || प्रदेशको नामांकन र राजधानीमा विवाद || एसिड प्रहारबाट घाइते युवतीको मृत्यु || माल्दिभ्सको राष्ट्रपतिमा विपक्षी दलका उम्मेदवार सोलिहलाई अग्रता || बार्सिलोना बराबरीमा रोकियो || सुचनाको माँग गर्दै राष्ट्रिय विद्यार्थी संघ रिले अनशनमा || मदिरा पिउन आउने भारतीयका कारण होहल्ला र असुरक्षा || अपांग दाजु भाईलाइ राज्य मन्त्रीले गरे सहयोग || प्रहरीका टाउँको दुखाई , लागुऔषध प्रयोगकर्ता बालकहरु || प्रहरी जवानद्वारा आत्महत्या || घाँटी रेटिएको अवस्थामा एक युवक फेला || नायब सुब्बाको दुर्घटनामा निधन || भिठ्ठामोड–जलेश्वर–जनकपुर सडक निर्माणमा ढिलाइ || प्लास्टिक घरभित्र तरकारी खेती || पत्रकार राहत कोष स्थापना || लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा || नेपाल प्रहरीको छवि धुमिल बन्दै || वडा अध्यक्षव्दारा ज्ञापन || खोलामा डुबेर एक जनाको मृत्यु || बारापर्सामा पेट्रोलियम पदार्थको अभाव || नगरस्तरमा बालबालिकाकोलागी अनिवार्य बजेट विनियोजन गरिने : || मुख्यमन्त्री राउतद्वारा राहत प्रदान ||
गंगासागर सफाइ अभियन्ता “आर्त दय” ले गाउँदै छ – माँ हे, गंगा तिम्रो आरती...

चैत्र १५, २०७३


जनकपुरधाम । विभिन्न समस्याले उत्पन्न निस ास्सिँदो अवस्थामा वातावरणी य स्वच्छता र संस्कृति रक्षा अभियानको सफलताको कुरा कल्पना मात्र हुन सक्ने मान्यतालाई गलत सावित गराएका छन् यहाँका एक अभियन्ताले ।
सभ्यता, संस्कृतिको प्रतीकलाई बेपर्बाह कदमको रूपमा अङ्गालेको परिदृश्यमा आपनो मस्तिष्कमा महान् सङ्कल्पको तस्बिर निर्माण गरी त्यसलाई मूर्तरूप दिनमा सफलता हासिल गरेका छन् ती अभियन्ताले ।
 पर्यावरणीय र सांस्कृतिक गतिहीनताको शिकार भएको ‘गङ्गासागर’मा सफाइ र गङ्गा आरतीको अभियान सञ्चालन गरी त्यसलाई जनकपुरधामको धार्मिक पर्यटकीय केन्द्र बनाउन सफलता हासिल गर्ने अभियन्ता हुनुहुन्छ – पत्रकार रामअशीष यादव ।
विसं २०७० मा नेपाल पत्रकार महासङ्घ धनुषा शाखाको सभापतित्वको कार्यकाल सम्पन्न भएपछि यहाँको परिवेश, पात्र र क्रियाकलापमा आधारित परिवर्तनका सन्दर्भमा उहाँले फागुन ११ गते गङ्गासागरमा सफाइ अभियान सञ्चालन गर्ने                              योजनालाई विभिन्न क्षेत्रको सहयोगमा मूर्तरूप दिनुभयो ।
अभियान सञ्चालन अघि मूर्ति सेलाउने, घरका फोहर फाल्ने, वरिपरि दिसा गर्ने, लागुऔषध सेवन गर्ने क्रियाकलापले गङ्गासागर सङ्क्रमित रहेको थियो । हुन त जनकपुरधामलाई कुटी, कुण्ड, मठमन्दिर र सरोवरको नगरी भनिए पनि गङ्गासागरमा जनकपुरधामको गौरवमय इतिहास                       लुकेको बताइन्छ ।गङ्गासागरको उद्भव मिथिलाको उत्पत्तिसँग भएको उल्लेख विभिन्न धार्मिक ग्रन्थमा पाइन्छ । गङ्गासागरलाई जनकपुरधामका सरोवरमध्ये सबैभन्दा जेठो सरोवर पनि भनिन्छ ।
यसमा गङ्गा, यमुना, सरस्वती र सदासिन्धुको जल मिश्रण भएका कारण निमि, मिथि, जनक, सीताले नित्य स्नान र ब्रह्मा, विष्णु, महेश, देव ऋषिले चरणामृत पान गर्ने गरेको ग्रन्थमा उल्लेख छ ।
सो सागरमा मृत्यु संस्कार गर्नेले नुहाउने र डिलमा श्राद्ध क्रिया गर्ने चलन पनि रहेको छ । अभियन्ता यादव भन्नुहुन्छ – लेखनका माध्यमले सचेत गराउने प्रयास गरिए पनि सो स्थलमा कुनै परिवर्तन नआएपछि सकारात्मक सोच र सहयोगी भावना लिई स्वच्छ, सुन्दर र आरतीको यात्रामा हरेक क्षेत्रका व्यक्तित्वलाई सहभागिताका लागि गरिएको आह्वानले सार्थकता ग्रहण गरेका कारण साँझ सो स्थलमा सबैले गाउने गर्छन् – आर्त ‘दयसँ गाबी माँ हे, गङ्गा तिम्रो आरती ’(आर्त ’दयले गाउ“दै माँ हे, गङ्गा तिम्रो आरती) । सो स्थल हाल आकर्षणको केन्द्र बन्न पुगेका
अभियन्ताद्वारा सो स्थलमा स्वच्छ र सुन्दर अभियानअन्तर्गत विसं २०७१ जेठ २५ गते गङ्गा आरतीको थालनी गरिएपछि वेद, पुराण, उपनिषद्, गीताका प्रसङ्ग जीवन्त भएको अनुभूति हुन थालेको छ ।
भारतको काशीझैँ हुने गरिएको गङ्गा आरतीअन्तर्गत धार्मिक, सांस्कृतिक र वातावरणीय दृष्टिकोण र पर्यटनको विकाससमेत गन्तव्यका रूपमा लिइएको छ ।
काशीको आरतीमा गङ्गा मातालाई मात्र आरती गर्ने चलन छ भने गङ्गासागरको गङ्गा आरतीमा जलकी देवी गङ्गा र धरतीकी देवी सीताको आरती र प्रकृतिको पूजा गर्ने गरिएका कारण पनि प्रसिद्धि कमाउन सफलता प्राप्त भएको बताइन्छ ।
भनिन्छ, ईश्वरले यस पृथ्वीमाथि तीर्थस्थलको सृष्टि गर्दा अयोध्यालाई मस्तक र काशीलाई नाकसरह बनाए जस्तै यी दुवैको शोभा र सुन्दरतामा अभिवृद्धि गर्न तिलकस्वरूप जनकपुरधामको निर्माण गरेका कारण पनि यस स्थललाई गङ्गा र सीताको आरती र प्रकृति पूजाले विशेष महत्व प्रदान गरेको छ । काशीझैँ केही विलक्षणता जनकपुरधाममा पनि पाइन्छ । काशीमा उत्तरायणी गङ्गा प्रवाहित छ भने यहाँ गङ्गासागर रहेको छ । त्यस्तै दुबै प्राचीन नगर शास्त्रीय विद्या र ज्ञानको केन्द्र रहिआएका छन् । काशी महादेवको त्रिशूलमाथि अवस्थित छ भने यहाँ चारैतर्फबाट महादेवको प्रभामण्डलबाट संरक्षण रहेकाले पनि गङ्गा आरती विलक्षणताको स्वरूप ग्रहण गर्न पुगेको विश्वास पाइन्छ ।
वरिष्ठ पत्रकार एवम् साहित्यकार रामभरोस कापडी गङ्गा आरती पोखरी संरक्षणप्रति जागरूकतासमेत भएको र आरतीका बेला गङ्गासागरमा उपस्थित हुँदा साक्षात् गङ्गाको डिलमा उपस्थितको अनुभूति हुने गरेको बताउनुहुन्छ ।
गङ्गा आरतीमा भारतका विभिन्न स्थानबाट आएका पर्यटकको सहभाागिता उल्लेखनीय हुने गरेको छ भने अमेरिका, चीन, जापान, थाइल्यान्ड, श्रीलङ्का, मलेसियालगायतका तेस्रो मुलुकका पर्यटकको पनि आकर्षण देखिएको छ ।
गङ्गासागरमा भएको सकारात्मक परिवर्तनको असर यहाँका अन्य धार्मिक पोखरी धनुषसागर, अङ्गराज सर, जानकी सरोवर र धार्मिकस्थल मणिमण्डप र धनुषाधाममा पनि परेको छ । यी प्रदूषित र अस्तित्वविहीन हुन पुगेको पोखरी र सम्पदाको संरक्षणका साथै सौन्दर्य थप्ने स्थानीय बासिन्दाको अग्रसरताले सम्पदा संरक्षणमा आशाको लहर सञ्चार गरेको छ ।
सोही अभियानको प्रभावअन्तर्गत विभिन्न स्थलमा एक लाखभन्दा अधिक आँपको वृक्ष रोपिएका छन् । सौन्दर्य र वातावरणीय सन्तुलनका सन्दर्भमा नारायण राउतको अध्यक्षतामा मणिमण्डप संरक्षण समितिको गठन गरी गुरुयोजनासमेत निर्माण गरिएको छ । गुरुयोजनाअन्तर्गत सीता बाटिका, जनक दरबार र धर्मशालाको निर्माण गर्ने सङ्कल्प लिइएको छ ।
त्यस्तै, धनुषाधाम वरिपरिका महत्वपूर्ण स्थलको संरक्षणका लागि नारायण राउतको नेतृत्वमा समिति गठनका साथै धनुषदह निर्माण सन्दर्भमा राष्ट्रपति चुरे कार्यक्रममार्फत रु एक करोड १० लाख र धनुषाधाम संरक्षणका लागि वन निकायबाट रु एक करोड ८८ लाख रकमको व्यवस्थापन पनि गरिएको बताइन्छ ।
मानवीय संवेदना भनेकै धर्म हो र धर्म भनेको सेवा हो भन्ने मूल सूत्रलाई मनन गर्दै जनसहभागितामा आधारित अभियानलाई ‘सेभ द हिस्टोरिकल जनकपुरधाम’ नामले संस्थागत गरी ‘स्वच्छ जनकपुरधाम र सुन्दर जनकपुरधाम’ नारासहित आस्थावान्द्वारा गरिएको दानबाट गङ्गा आरती, सफाइ र सौन्दर्य थप्ने अभियानलाई निरन्तरता दिइएको बताइन्छ ।
दानबाटै गङ्गासागरको घाटमा मार्बल लगाउने र घाट संरक्षणका कार्य र भौतिक    पूर्वाधार निर्माण भइरहेको छ । दिनहुँ एक हजारभन्दा अधिक श्रद्धालु र पर्यटकको सहभागिता हुने गङ्गा आरतीमा पोखरी सफाइका लागि तीन जना सहयोगी र पूजाका लागि छ      वटा पुजारीको व्यवस्थापन गरिएको र आरतीलगायत चरा र भौतिक संरक्षणमा महिनामा रु ८० देखि ९० हजार रकम खर्च हुने गरेको जनाइएको छ ।
स्थानीय बासिन्दाको दिनचर्या बन्न पुगेको सो सागरमा आरतीका क्षण पोखरीमा गरिने दीप प्रज्वलन पर्यटकका लागि महत्वपूर्ण क्षण हुने गरेको छ । आरतीमा धार्मिक, सांस्कृतिक र प्राकृतिक रूपमा गरिने अभिवादनले सेवा एउटा अनिवार्य कर्तव्य भएको तथ्यलाई परिणाममुखी बनाएको दायित्व बोध पनि गराउने गरिएको छ ।
क्रियाशीलताले स्वर्गमय बनाउन सकिने अनुपम उदाहरण बनेको गङ्गासागरको गङ्गाआरती र पोखरीको संरक्षण, सौन्दर्यकरणको अभियान ‘हीरा’ कोइला फोडेर निस्कन्छ र ‘मोती’ गहिराइमा पुगेपछि मात्र भेटिन्छ भन्ने पाठ सिकाएको अभियन्ता यादवको ठम्याइ छ । सन् १९९४ मा भारतमा     राजीव गान्धीले थालनी गरेको गङ्गा सरसफाइको अभियान र नेपालको बाग्मती नदी सरसफाइ अभियानको पाठले आफूलाई पर्यावरणीय समस्यातर्फ ध्यानाकृष्ट गराएको बताउँदै उहाँ भन्नुहुन्छ – आगामी दिनमा गङ्गासागरमा घेरा लगाउने, डुङ्गा रोकिने केन्द्र, हाँस घर र वाटर म्युजिकल फाउन्टेन बनाउने योजना रहेको छ ।
नेपालका प्रथम गणतान्त्रिक राष्ट्रपति डा रामवरण यादवदेखि विदेशी कूटनीतिज्ञ, राष्ट्रका विशिष्ट व्यक्तित्वसमेतको सहभागिता भइसकेको सो आरती संरक्षण कार्यका लागि हालसम्म सरकारी सहयोग प्राप्त नभए पनि साहसको सञ्चारले अभियन्ता गन्तव्यतिर अग्रसर हुँदै गाइरहेका छन् – इएह छी हमर जनकपुर, सीताके जनकपुर, जनकक गाम जनकपुर (यही हो हाम्रो जनकपुर, सीताको जनकपुर, जनकको गाउ“ जनकपुर) ।

 

चन्द्रनिगाहपुर । तेजाब आक्रमणमा परी मृत्यु भएकी रौतहट...

जनकपुरधाम । प्रत्येक वर्ष आश्विन कृष्ण पक्षदेखि सुरु हुने सोह्रश्राद्ध...

जनकपुरधाम ।सडकमा रहेका खाल्डाखुल्डी र पानी जम्ने समस्याबाट छुटकाराका लागि...

राजेन्द्र यादव , जनकपुरधाम ।आन्तरिक राजस्व कार्यालय जनकपुरले गत आर्थिक...

जनकपुरधाम । जनकपुरको निजि विद्यालय मोनाष्टिक ईगलिंश बोर्डिङ्ग स्कुलद्वारा सोमवारदेखि...

जनकपुरधाम । राष्ट्रिय जनता पार्टी नेपाल धनुुषा अध्यक्ष मण्डल र...

जनकपुरधाम । झाडापखाला प्रभावित क्षेत्र महोत्तरीको जलेश्वर नगरपालिका वडा नं....

काठमाण्डु । संघिय सरकारले स्थानीय तहको अधिकार खोस्न थालेको छ...

वीरगंज । वीरगन्ज महानरपालिकाद्धारा भइरहेको निमार्णकार्य तथा बालगृहको प्रमुख प्रशासकिय...

मलंगवा । सर्लाही हरिवनका स्थानियबासीहरुले १७ वर्षिया...

चन्द्रपुर । चन्द्रपुरमा (रौतहट) एसिड आक्रमणबाट गम्भीर बनेकी रौतहट...

चन्द्रपुर । बाल विवाह विरुद्द सचेतना कार्यक्रम अर्तगत परियोजना शुरुवात,अन्तत्र्रिmया...

भद्रपुर : झापाको हल्दिबारी गाउँपालिकामा चार वर्षीया बालिका बलात्कृत...

घोडाघोडी : नुहाउने क्रममा शिवगङ्गा नदीमा डुबेर आज एक बालकको...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले...

महोत्तरी । जिल्ला भन्सार कार्यालयले भन्सार छलेर ल्याएको साढे १७...

डडेल्धुरा : शिक्षक सेवा आयोगको परीक्षाका कारण जिल्लाका धेरै...

पाल्पा : डेरी उद्योगले नेपालमा ३० हजारभन्दा बढी बेरोजगार युवालाई...

विराटनगर : मोरङको बूढीगङ्गा गाउँपालिका बाँसबारीमा रहेको ‘हाइलाइफ’ चप्पल...

विराटनगर । प्रदेश नम्बर १ को स्थायी राजधानी र नामाकरणको...

काठमाडौं । एसिड प्रहारबाट गम्भीर घाइते भएकी रौतहटको चन्द्रपुर...

माल्दिभ्स । माल्दिभ्सका विपक्षी दलका नेता इब्राहिम मोहम्मद सोलिहले राष्ट्रपति...

स्पेन । स्पेसिन लिग फुटबलको जारी सिजनमा बार्सिलोनाले पहिलो पटक...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवामा राष्ट्रिय विद्यार्थी संघले तीन...

सर्लाही । भारतको विहारमा मदिरापान बिक्रीवितरण र ओसारपसारमा प्रतिबन्ध लगाइएपछि...

गौर । प्रदेश २ का कृषि ,भूमि व्यवस्था तथा सहकारी...

जीतपुर । जीतपुरमा एउटै पसलमालगातार दुई चोटीचोरी भएपछि , प्रहरीको...

स्याङ्जा : जिल्ला कारागार स्याङ्जामा कार्यरत एक प्रहरी जवानले...

जनकपुरधाम । धनुषामा एक युवक घाँटी रेटिएको अवस्थामा फेला परेका...

पशुपतिनगर, इलाम : इलामको चुलाचुली गाउँपालिकामा कार्यरत नायब सुब्बा जगत...

बर्दिवास : महोत्तरीको सदरमुकाम जलेश्वरलाई भारतीय सीमा र धनुषाको जनकपुरसँग...

बलेवा : कुलतमा लागेका युवाका लागि सुधार गृहका रुपमा स्थापना...

इलाम : नेपाल पत्रकार महासङ्घ इलाम शाखाले पत्रकारका लागि आपत्कालीन...

काठमाडु । साउथ ह्याम्पटनलाई हराउँदै लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको...

काठमाडु । अपराध अनुसन्धानमा अब्बल मानिँदै आएको नेपाल प्रहरी पछिल्लो...

जनकपुरधाम । कमला नगरपालिकाका वडाअध्यक्षहरुले नगरप्रमुख रामउदगार गोइतलाई शनिवार ९...

भद्रपुर : खोलामा डुबेर मेचीनगर–८ सालघारीका ३६ वर्षीय शिवु...

जीतपुर : मुलुकी ऐनमा सवारी चालक सम्बन्धि गरिएको ब्यवस्थाको परिवर्तनको...

बर्दिबास : बालबालिकाले भयत्रासमुक्त वातावरणमा सुरक्षित र...

राजविराज : प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले...