Tue, 20 Nov 2018
ताजा समाचार
विपन्न परिवारलाई जस्तापाता वितरण || नेकपाद्वारा मलंगवामा विरोध प्रदर्शन || महोत्तरीमा भीषण डकैती || सुडी समाजमा विवाद || देवरले भाउजु कुटे, घरमा आगजनी || अध्यक्ष सिंहको दादागिरी, निर्दोष चालकलाई थुनाए || बुधबार सार्वजनिक बिदा || कृषियोग्य जमीनको करमा ८० प्रतिशत छुट || विद्यार्थीले बनाए रोबोट || सात लाखको लुटपाट, पाँच जना घाइते || सडक डिभिजनको मनपरी || रंगशाला स्थलको निरीक्षण || हत्याका अभियुक्त बाबा रामपालको पक्षमा प्रदर्शन || मन्त्री यादबद्धारा ‘दिल के बात’ विमोचन || कर अधिकृत सेवाग्राही सँग || चुनावको वाचा पुरा गर्छुः नेता यादव || अयोध्याबाट बस सेवा सुरु || ४० दिनपछि प्रदेश सभा बैठक बस्दै || अढाई अर्व बढीको जग्गा किर्ते गर्ने पक्राउ || प्रदेशको नामाकरणमा काँग्रेस भित्र विवाद || शैक्षिक महाअभियानमा जुट्न शिक्षामन्त्रीको आग्रह || बलात्कारका आरोपित पक्राउ || डोनाल्ड ट्रम्पले पत्रकार खशोग्जीको हत्याको टेप सुन्नै नसक्ने ! || थ्रीस्टार सामू ब्रिगेड ब्वाइज निरीह, पुलिस र मच्छिन्द्रको बराबरी || कोबिनि हस्पिटालटी सुरु || सभापति माथिको अविश्वासको प्रस्ताव खारेज || निःशुल्क स्वास्थ्य शिविर || सामुदायिक कृषि सहकारीको साधारणसभा सम्पन्न || योगीलाई राउतले स्वागत गर्ने, सम्मानमा भण्डारा || बलात्कारीलाई पक्राउ गर्न प्रहरी उदासिन || मुख्यमन्त्री योगी भ्रमणको तयारी प्रारम्भ || स्वास्थ्य पर्यटक भित्र्याउने तयारी || आधुनिकीकरण व्यवसायीकरणमा जोड || धनुषा प्रहरीले पीडकलाई संरक्षण दिएको आरोप || एसईई उत्कृष्ट शिक्षा २०७५ पुरस्कारबाट सम्मानित || बलेरीे वनबाट काठ चोरी || दुई जनामाथि मुद्दा दर्ता || घरेलु मदिरा बिक्रिमा महिलाको संलग्नता बढ्दो || उद्योगको लागि जग्गा निरीक्षण || आखा अस्पताल जिल्लाको धरोहर ,राज्य मंत्री यादव ||
मिथिलाको अर्थतन्त्र

चैत्र १५, २०७३

डा. सुरेन्द्र लाभ


जीवनका विभिन्न पाटाहरु मध्र्ये आर्थिक’ पाटाले  वर्तमान युगमा अति महत्वपूर्ण स्थान राख्ने गरेको तथ्य प्रति कसैको विमति हुन सक्दैन । यहाँ मिथिला शब्दको प्रयोग जानी जानी गरिएको छ ।

किनभने दुई नम्बर प्रदेश लेख्न मन लागेन । मिथिला शब्दको इतिहास छ । यहाँको संस्कृतिमा पनि यो शब्द जिवितै छ ।

हुन सक्छ भविष्यमा पनि यस दुई नम्बर प्रदेशको नामाकरण मिथिला नै रहोस ।
भनिन्छ राजा दशरथ आफ्नो पुत्र्र  राम’ को वरियाती लिएर जनकपुर प्रवेश गरे र एउटा विशाल घरको अगाडी सबै वरियातीलाई रोके ।

घरको सम्पन्नता हेरेर उनलाई के भान भयो भने यही हो जनकको दरबार तर शोधपुछ गर्दा त्यो त एउर्टा   डोमर्’ को घर पो रहेछ । त्यति बेलाको मिथिला सम्पन्न थियो  भने तथ्य  यसबाट प्रमाणित हुन्छ । तर आजकै मिथिर्ला  दुई नम्बर प्रदेश’ अर्थात सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही रौतहट, बारा र पर्सा जिल्ला अति पछौटेपनको शिकार हुन पुगेको छ। सरकारी तथ्यांक अनुसार मानव विकास
सूचाकांकको आधारमा यी जिल्लाहरु कतिपय दुर्गम पहाडी जिल्लाहरु भन्दा पनि तल आइसकेको स्थिति छ । तसर्थ मिथिलाको अर्थतन्त्रको स्थिति र यसलाई माथि उकास्ने विषयमा गम्भिर चिन्ता र प्रयासको आवश्यकता छ ।
कृषि प्रणाली
कृषि यसक्षेत्रको जीविकोपार्जनको मूल आधार हो । अर्थतन्त्रसंग मात्र हैन यस क्षेत्रमा कृषि धर्म र संस्कृति संग जोडिएको विषय हो । सीता को जन्म पनि कृषि प्रणाली सँग सम्बन्धित छ ।

मिथिलाको संस्कृतिको सूक्ष्म ब्याख्या गर्ने हो भने प्रत्येक पर्व त्योहार कुनै न कुनै रुपमा कृषिसंग जोडिन जान्छ । तर यति महत्वपूर्ण क्षेत्र हुँदा पनि यहाँ किसानको हाल बेहाल छ । कृषिमा उत्पादकत्व घट्दो छ । सिंचाईको भरपर्दो व्यवस्था छैन । मल खादको समुचित व्यवस्था छैन। कृषि उपजको लागि बजार छैन । किसानको लागि कृषि जीवन निर्वाहमुखि छ ।

केही बर्ष पूर्व सम्म यी आठवटा  जिल्ला खाध्यान्न निर्यात गर्ने जिल्लाहरु मध्ये पर्थे भने आज खाध्यान्न उत्पादनमा न्यून जिल्लाहरुमा दर्जिएका छन ।

तर धेरै निराश हुनुपर्ने आवश्यकता छैन । केही उपायहरु अपनाएर यसमा सुधार गर्न सकिन्छ ।
    कोशी, कमला, बागमती जस्ता ठुल्ठुला नदीहरुलार्इ  जोडेर सिंचाईको राम्रो प्रवन्ध  मिलाउन सकिन्छ । यसबाट बाढी र सुक्खा दुवै समस्याको  समाधान हुन सक्छ । संग–संगै एउटै बाली धानको उत्पादनमा सीमित हुन गएको किसान बहुवालीमा सजिलै जान सक्छ ।

    यी आठवटा जिल्लामा खाध्यान्नवालीको अतिरिक्त तरकारी, टमाटर, तरबूज, आँप, ताडी जस्ता उत्पादनहरुलाई बढावा दिएर राष्टिय बजार कब्जा गर्न सकिन्छ। स्मरणीय के छ भने हाल तरकारी, टमाटर, आँप जस्ता उत्पादनले केही हदसम्म बजार लिएको पाइन्छ, तर तरबूज, ताडी जस्ता उत्पादनको ठूलो सम्भावना छ। कोकाकोला, पेप्सीकोला, फेन्टा, वीयर जस्ता बस्तुहरुलाई यिनीहरुले सजिलै विस्थापित गर्न सक्छ ।

    यी आठवटै जिल्ला अर्थात मिथिलालाई अर्गे्निक जोनं  को रुपमा विकसित गर्ने । आजभोली विश्वभर अर्गे्निक उत्पादनको धेरै माग छ । यस अवसरलाई छोप्नु पर्दछ । विषादिको प्रबेशलाई निषेद गराई अर्गे्निक कृषि प्रणालि प्रारम्भ गर्नु पर्दछ र यसलाई बजार व्यवस्था संग जोड्नु पर्दछ । यसबाट किसानहरुको आय अत्यधिक मात्रामा बढ्ने छ ।
उद्योगधन्दा
रोजगारी दिने सवभन्दा ठुलो क्षेत्र उद्योग धन्दा नै हुने गर्दछ । तर यहाँ परम्परागत घरेलु हस्तकलाका उद्योगधन्दाहरु धराशायी हुँदै गएको छ । आधुनिक उद्योग धन्दा विकासको लागि जविराजमा ‌‌औधोगिक क्षेत्र को निर्माण गरियो तर गति लिन सकेन । सरकारी लगानीमा स्थापित जनकपुर चुरोट कारखाना, विरगंज चीनी कारखाना जस्ता उद्योग धन्दा बन्द भए । हाल नीजी क्षेत्रबाट स्थापित उद्योग धन्दाहरु बारा र पर्सा जिल्लामा केन्द्रित हुन पुगेको छ ।

यसमा पनि कतिपय उद्योगको अवस्था उत्साहहीन छ । तसर्थ यस प्रकारको परिस्थितिले यस प्रदेशमा बेरोजगारीको गम्भिर समस्या उत्पन्न गरेको छ साथै यस क्षेत्रको आर्थिक समृदिमा पनि ग्रहण लागेको छ ।
तर सुधार गर्न सकिन्छ । जस्तै     यी आठवटै जिल्ला समथर भू भाग भएको र भारत को सीमाना सँग जोडिएकाले कच्चा मालको आयात गर्न र तयारी मालको निर्यात गर्न सजिलो छ ।
    हुलाकी मार्ग निमार्णधीन रहेको र विजुलीको समस्या न्यून हुँदै गएकोले पनि यस क्षेत्रमा उद्योग धन्दा फस्टाउने संभावना छ ।
    भारतीय सीमानाबाट विभिन्न जिल्लामा रेलको बडी लाइन आउने स्थितिले पनि उत्साहको अवस्था देखिन्छ ।
पर्यटन क्षेत्र
मिथिला क्षेत्रमा पर्यटनको पनि राम्रो संभावना छ । खासगरेर आर्थिक र सांस्कृतिक पर्यटनको लागि यो क्षेत्र अति महत्वपूर्ण छ । सप्तरीको सखडा, छिन्नमस्ता भगवती, सिराहाको सल्हेश, फुलवारी, जनकपुरको जानकीमन्दिर लगायत मठमन्दिर र तलाउहरु जलेश्वरको जलेश्वर महादेव, सर्लाहीको ठूलो ताल, बाराको सिम्रौनगढ र भगवती मन्दिर जस्ता अनेकानेक स्थलहरु छन् । यी स्थानहरुमा भारत र नेपालकै विभिन्न स्थानहरुबाट सजिलै आवत जावत गर्ने स्थिति छ । साथै यी सबै जिल्लाहरु पहाडको रमणीय क्षेत्रसंग जोडीएको हुनाले पर्यटकको बसाई अवधि लम्बाउन सजिलै सकिन्छ।
    तर बर्तमान अवस्था संतोषप्रद छैन । यसकालगि केही पाइला चाल्न सकिन्छ । यथा,    सरसफाई
    व्यापक प्रचार प्रसार
    काठमाण्डुको टुर प्याकेज संग जोड्ने     मिथिला भोजनको प्रबन्ध     मिथिला क्षेत्रको पहिचान झल्किने         उपहार सामग्रीको निर्माण    मिथिलाको संस्कृति, कृषि र उद्योगलाई         पर्यटन संग जोड्ने    खास गरेर माछा, मखान, ताडी, तरबूज, आँप जस्ता उत्पादनलाई पर्यटन संग जोड्ने
मानव साधन आर्थिक विकासको लागि सवभन्दा ठूलो साधन भनेको मानव साधन हो । विकासको जून मोडेलले मानवको क्षमताको पूर्ण उपयोग गर्दैन, त्यस्तो मोडेल कहिले पनि उपयुत्त हुन सक्दैन ।

नेपालको कुल जनसंख्या २,६४,९४,५०४ ( वि.सं २०६८ को जनगणना अनुसार ) मध्ये मिथिला क्षेत्रमा जम्मा ५४,०४,१४५ जनसंख्या बसोबास गर्दछन् ।

मिथिला क्षेत्रको कुला जनसंख्या मध्ये काम गर्ने उमेर समूह अर्थात १५ देखी ५९ बर्ष सम्मका कुल २९,१४,७९२ पर्दछन् । यसबाट के स्पष्ट हुन्छ भने यस क्षेत्रमा आर्थिक रुपमा सकृय हुन सक्ने जमात आधी भन्दा बढी रहेको छ । जनशक्तिमा यो क्षेत्र समृद्द रहेको छ ।

    तर स्वास्थ्य र शिक्षामा अत्यधिक पछौटेपन रहेकाले मानव संशाधनको समुचित उत्पादन गर्न सकिएको छैन । अर्को्तिर बैदेशिक रोजगारीमा  यस क्षेत्रबाट अत्यधिक मात्रामा युवाहरु गईरहेका छन् । धनुषा जिल्ला सम्पूर्ण देशमै यस दृष्टिकोणबाट प्रथम रहेको छ । यस प्रदेशको समुचित आर्थिक विकासक लागि मानब साधानको समुचित ब्यवस्थापन आबश्यक देखिन्छ, यथा –     बैदेशिक राजगारीमा युवाहरुको बढ्दो पलायनले गर्दा कृषि श्रमिकको न्यूनता हुँदै गएको छ ।

यसले गर्दा कृषि कार्य नराम्रो संग प्रभावित हुन गएको छ । विदेश पलायन हुनबाट रोक्न र विदेश गएकाहरुलाई फर्काउन आवश्यक छ ।

यसको लागि कृषि कार्यलाई आकर्षक बनाइनुका साथै पूर्बाधार विकासमा र उद्योग धन्दामा यहाँका श्रमिकलाई प्राथमिकता दिइनु आबश्यक छ ।
    बिप्रेषणबाट प्राप्त आयलाई स्थानीय कच्चा पदार्थमा आधारित घरेलु उद्योगमा लगाइने व्यवस्था गर्न आवश्यक छ । यसबाट महिलाहरुको रोजगारी बढ्नुका साथै आयमा विस्तार हुनेछ ।

    यस क्षेत्रमा स्वरोजगार संग जोडेर पाठ्यक्रमको निर्माण आवश्यक छ । यस्तै स्वास्थ्य सेवालाई ग्रामिण क्षेत्रमा विस्तार गरिनु पर्दछ ।

यी सवै प्रयासहरुका लागि तदनुरुपको देशको आर्थिक नीति आवश्यक छ । आर्थिक नितिलाई व्यवहारमा उतार्न त्यो भन्दा पनि जरुरी छ । किन भने सम्पूर्ण देशमै सुशासनको अवस्था अति दुर्बल छ । चारै तिर भ्रष्टाचार ब्याप्त छ । प्रशासन फितलो छ ।

शान्ति सुरक्षा कमजोर छ । आम जनताको मनोबल क्षीण छ । तर पनि यस क्षेत्रको आर्थिक समृदि गर्नु छ  भने यी सबै बाधा अबरोधलाई पार गर्नै पर्दछ ।

सिरहा : कर्जन्हा नगरपालिका–६ वडा भित्रका आर्थिकरुपले विपन्न परिवारलाई...

मलंगवा । नेपाली काँग्रेसले आफ्नो कार्यकर्तालाई फसाएको भन्दै नेपाल कम्युनिष्ट...

जलेश्वर । महोत्तरी जिल्लाको सोनमा गाउँपालिकाको वडा नम्बर ३ खखनामा...

जनकपुरधाम ।सुडी समाज कल्याण समिति जनकपुरधाममा विवाद भएको छ ।समितिको...

जनकपुरधाम । धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिकाको वडा नम्बर २...

जनकपुरधाम । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शालीग्राम सिंहले...

जनकपुरधाम : मुस्लिम धर्मावलम्बीहरुको विशेष पर्वको रुपमा मनाइने मोहम्मद...

परासी : पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले कृषियोग्य जमीनमा लगाउँदै...

भद्रपुर : झापाको बिर्तामोडस्थित बाल्मिकी एजुकेसन फाउण्डेशनका विद्यार्थीले रोबोट,...

गौशाला : महोत्तरी जिल्लाको सोनमा गाउँपालिका– ३ खखनाको ३...

चन्द्रपुर : रौतहटको चन्द्रनिगाहपुर पुर्व पश्चिम राजमार्गमा चल्ने सवारीसाधनले...

जनकपुरधाम । संघीय सरकारका यूवा तथा खेलकुद मन्त्री ...

जनकपुरधाम : हत्या अभियोगमा अदालतले जन्मकैद सजाय सुनाएपछि जेल...

जनकपुरधाम : अरुणकान्तद्धारा अभिनित भिडियो गीत ‘दिल के बात’ विश्वकै...

जीतपुर : कर तिर्ने सेवाग्राहीको जिज्ञासा र समस्या बुझन ...

सिरहा । सिरहाको कर्जन्हा नगरपालिका वासी संग चुनाको वेला वाचा...

जनकपुरधाम । अयोध्याबाट नियमित रुपमा बस सेवा सञ्चालन भएको छ...

जनकपुरधाम । प्रदेश सभाको चालु अधिवेशनको बैठक ४० दिनपछि मंसिर...

जनकपुरधाम । गुठी संस्थानको नाममा रहेको साढे दुई बिघा...

जनकपुरधाम । प्रदेश २ को नामाकरणको विषयमा नेपाली काँग्रेस भित्र...

बर्दिवास : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उत्पादनमूलक...

सप्तरी : सप्तरीकी १५ वर्षीया एक बालिकालाई बलात्कार गरेको...

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियाका पत्रकार जमाल...

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा थ्रीस्टार क्लबको...

जीतपुर । कोबिनि हस्पिटालटी म्यानेजमेन्ट प्रा.लि ...

गौर । नेपाल पत्रकार महासंघ रौतहटको सभापति रविन्द्र...

जनकपुरधाम । रामजानकी विवाहमहोत्सवमा सहभागि हुन जनकपुरधाम आउन लागेका भारत...

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले बलात्कारका अभियुक्तहरुलाई पक्राउ गर्न...

जनकपुरधाम । भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका चर्चित हिन्दूवादी...

जनकपुरधाम । संघिय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका उपप्रधान...

जनकपुरधाम । माछा सुपरजोन जनकपुर धाम ,धनुषा का कार्यालय प्रमुख...

जनकपुरधाम । धनुषाका प्रहरीले पीडितलाई न्याय दिलाउनुको साट्टो पिडकलाई संरक्षण...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा नंंंंं. ६ खुटौनाको...

चन्द्रपुर । रौतहटको बलेरी ईलाका वन कार्यालयको वन क्षेत्रमा एकै...

कुलदिप दास , जनकपुरधाम । धनुषामा बोक्सीको आरोप लगाएको भन्दै...

चन्द्रपुर । रौतहटमा प्रहरीले घरेलु मदिरा उत्पादन र बिक्रि बितरणमा...

चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिकामा बिशेष आर्थिक क्षेत्र (सेज) स्थापना...

रौतहट : कार्यक्रममा प्रदेश नम्बर २ का कृषि भूमि...