Tue, 20 Nov 2018
ताजा समाचार
सात लाखको लुटपाट, पाँच जना घाइते || सडक डिभिजनको मनपरी || रंगशाला स्थलको निरीक्षण || हत्याका अभियुक्त बाबा रामपालको पक्षमा प्रदर्शन || मन्त्री यादबद्धारा ‘दिल के बात’ विमोचन || कर अधिकृत सेवाग्राही सँग || चुनावको वाचा पुरा गर्छुः नेता यादव || अयोध्याबाट बस सेवा सुरु || ४० दिनपछि प्रदेश सभा बैठक बस्दै || अढाई अर्व बढीको जग्गा किर्ते गर्ने पक्राउ || प्रदेशको नामाकरणमा काँग्रेस भित्र विवाद || शैक्षिक महाअभियानमा जुट्न शिक्षामन्त्रीको आग्रह || बलात्कारका आरोपित पक्राउ || डोनाल्ड ट्रम्पले पत्रकार खशोग्जीको हत्याको टेप सुन्नै नसक्ने ! || थ्रीस्टार सामू ब्रिगेड ब्वाइज निरीह, पुलिस र मच्छिन्द्रको बराबरी || कोबिनि हस्पिटालटी सुरु || सभापति माथिको अविश्वासको प्रस्ताव खारेज || निःशुल्क स्वास्थ्य शिविर || सामुदायिक कृषि सहकारीको साधारणसभा सम्पन्न || योगीलाई राउतले स्वागत गर्ने, सम्मानमा भण्डारा || बलात्कारीलाई पक्राउ गर्न प्रहरी उदासिन || मुख्यमन्त्री योगी भ्रमणको तयारी प्रारम्भ || स्वास्थ्य पर्यटक भित्र्याउने तयारी || आधुनिकीकरण व्यवसायीकरणमा जोड || धनुषा प्रहरीले पीडकलाई संरक्षण दिएको आरोप || एसईई उत्कृष्ट शिक्षा २०७५ पुरस्कारबाट सम्मानित || बलेरीे वनबाट काठ चोरी || दुई जनामाथि मुद्दा दर्ता || घरेलु मदिरा बिक्रिमा महिलाको संलग्नता बढ्दो || उद्योगको लागि जग्गा निरीक्षण || आखा अस्पताल जिल्लाको धरोहर ,राज्य मंत्री यादव || सडकको दोहरो मापदण्ड विरुद्ध मुद्दा || मधेशी जनता अझै अधिकारबाट बञ्चित : साँसद ठाकुर || निलम्बन द्विवेदीको नौटंकी : चौधरी || ठाकुरको हत्या || प्रिमियर लिगमा पनि 'भार' प्रयाेग हुने || सार्वजनिक भयो रणवीर र दीपिकाको विवाहको फोटो || लंकामा सांसदहरुबीच कुटाकुट, सभामुखमाथि आक्रमणको प्रयास || सीके राउतलाई सर्वोच्चमा उपस्थित गराइयो || प्रदेशको नामाकरणका लागि कार्यदलले कार्य थाले ||
संझनामा मधेश

चैत्र २२, २०७३


 राष्ट्रिय दैनिक तथा टेलिभिजनहरुमा काम गर्नु हुन्छ, उहा“हरुलाई गाह्रो छ । कारण, राजधानीका मिडियालाई निर्वाचनको माहौंल बनाउनु छ, मधेशमा माहौलनै छैन, जबरजस्ती कसरी बनाउनु ? जे हो त्यहि परिस्थितिको रिपोर्टि· गर्दा समाचार नछापिएको पनि पाइयो । जसका कारण पत्रकारहरुमा निराशा छाउनु स्वभाविक हो । सप्तरी, सिराहा जस्ता     जिल्लाहरु जहा“ स्ववियूको चुनाव हुन सकेको छैन, पत्रकार महासंघको चुनाव भएको छैन अरु निर्वाचन के होला र ? स्थानीय निर्वाचनका लागि परिस्थिति त्यति सहज देख्दिन ।



                                 –बबिता बस्नेत ,बरिष्ठ पत्रकार    

 तीन दशक अघिको कुरा हो, पच कक्षा सकेर ६ कक्षामा पुग्दा मैंले पहिलो पल्ट मधेश देखें, ११ बर्षकी थिए“ । खोटा·को सालम्बुमा जन्मिएर त्यही हुर्किएकी मलाई मधेश कस्तो हुन्छ थाहा थिएन । मधेशमा मोटर गुड्छ, बिजुली बत्ति हुन्छ भन्ने कुरा चांही सुनेकी थिए“ ।

मधेशबाट जानेहरुले कोशेलीका रुपमा लाने गरेका कारण जुलेवी (जेरी) र बुनिया पाइन्छ भन्ने पनि थाहा थियो । मधेशको पहिलो यात्रा सप्तरी फत्तेपुरको थियो, जहा“ ठुलो बुवाहरु बस्नुहुन्थ्यो । भीर, पाखा, खोला, उकालो ओह्रालो गर्दै डेढ दिन हिडेपछि समथर बेल्टार आइ पुग्दा गजब लागेको थियो ।

धेरै थाकेकाले राती ढिलो निदाए“, कहिल्यै नसुनेको आवाजले ब्युझिदा बिहानको चार बजेको रहेछ । के हो के हो, के कराएको होला यसरी ? अचम्म लाग्यो, डराए“ र ठुलो बुवाकी छोरी शारदा दिदीलाई सोधें—दिदी के कराएको? मैंले डरा उदै उठेर सोधेपछि उहा“ले निन्द्रामैं भन्नु भो—ए नडराउ, त्यो बसको हर्न हो ।

त्यतिबेलाको चर्चित दास बसले बिहान चार बजे देखिनै हर्न लगाएर मान्छे बोलाउदो रहेछ । फत्तेपुर बजारमा लगाएको हर्नले सिद्धिपुरको घरमा सुतेकी म एक्कासी ब्युझिएकी थिए“ । त्यसको भोली पल्ट देखि भुइमा उज्यालो नखस्दै दास बसको हर्न नियमितता बन्यो । पहाडमा हामी ६ बजे सम्म सुत्थ्यौं, कति दिन मलाई निन्द्रा नपुगे जस्तो भयो । 

एसएलसी सकेर काठ्माण्डौ बस्न थालेपछि दिन चर्या फरक भयो । कहिलेकांही मधेश जा“दा गाडी र बाइकमा दाईहरुले चर्को हर्न बजाउदा सोधें, किन यस्तो हर्न लगाएको? जबाफ आयो—यहा“ यस्तै हुन्छ । पान खाएर आफ्नै आगन वरीपरी थुकेको दृष्य हेर्न नसकेर सोधें, के गरेको यस्तो? जबाफ आयो—मधेशमा यस्तै त हुन्छ नि ।

मधेशका कार्यालयका भित्ताहरुमा पान खाएर थुक्दै हिड्नेहरु मधेशी समूदायका मात्रै हुन भनेर कसैले सोच्छ भनें त्यो गलत हो । पहाडी समूदायका मानिसहरुले पनि त्यसैगरी बेपर्वाह थुकि रहेका मैंले धेरै पल्ट देखेकी छु ।

कामको सिलसिलामा मधेशका बिभिन्न जिल्ला जादा बिहान चार बजे देखिनै ठुलो माइक लाएर गीत बजाएको सुन्न थालेपछि यस प्रकारका कुनै पनि होहल्ला सामान्य लाग्न थाल्यो । गीत, संगित ब्यक्तिको नितान्त नीजि आदतको कुरा हो । कसैलाई सुन्न मन लाग्छ, कसैलाई लाग्दैन । सुन्नै मन लागेपनि कसैलाई कस्तो सुन्न मन लाग्छ कसैलाई कस्तो ।

मुड, वातावरण, परिस्थिति जस्ता कुराहरुले गीत संगितको छनौट निर्धारण गर्छ । तर एका बिहानै माइकमा गीत लगाएर बजाउनु पर्ने किन? मैंले अहिले सम्म कसैसंग प्रश्न गरेकी छैन । कारण, फेरि उही जबाफ आउन सक्छ—मधेशमा यस्तै हुन्छ ।

तर बिहान बिहानै माइकको ठुलो स्वर अहिले पहाड तिर पनि सरेछ । केही समय अगाडी डोटी पुग्दा बिहान चार बजे देखिनै दिपायल बजारभरी माइकबाट भजन सुनियो । त्यहा“का पूजारीले गरेको पूजा पाठ पनि माइकमैं लगाइएको थियो । 

कामको शिलसिलामा मधेश जान थालेपछि थाहा भयो, राम्रा कुरा धेरै रहेछन मधेशमा । वातावरणको हिसावले हि“उदमा हुरी, बर्षामा डुबान, चर्को गर्मी, सर्पको बिगबिगी, जाडोमा शित लहर मधेश त्यति सहज छैन । तर प्रायः सबै ठाउमा यातायात र बिजुली पुगेका कारणले दुखहरु झेल्न सजिलो भएको छ ।
काठ्माण्डौ र पहाडमा मधेश र मधेशीका बारेमा जतिसुकै हाउगुजी देखाए पनि जनस्तरमा कुनै तुष देखिदैन ।

एक छिन बसौं न पानी, सर्वत खाएर जानुस न भन्ने संस्कृति छ । ‘हामी त नेपाली’ भन्ने भावना पनि त्यतिकै देख्छु । एक पटक महोत्तरीको गाउ“मा पुगेको बेला अलि पछि बसोबास गर्न आएकाहरुका बारेमा कुरा गर्दै एक अधबैंशे महिलाले भनेकी थिइन, उनीहरु जस्तो हो र ? ‘हामी त नेपाली ’यही जन्मिएको ।

पछि आएका र हामीबीचमा फरक त हुनु प¥यो नि भन्ने शैलीमा उनले भनेका कुराहरु पछि सम्म कानमा गुञ्जिएका थिए । बिहेवारीमा पनि अहिले सके सम्म छोरी हरु वारीनै दिने चलन बढ्दै गएको छ । पारी बिहे भएका गाउ“का छोरी बेटीहरु माथि घरेलु हिंसा भएपछि जे भएपनि आफ्नै ठाउ“मा बिहे गर्ने भन्ने सोच बढेको देख्छु । 

मेरो २५ बर्षका ब्यवसायिक जीवनमा मधेशमा जा“दा अफ्ठ्यारो भएको संझना छैन । आफ्ना उमेरका पत्रकार साथीहरु, केही दाईहरु र धेरै भाईहरुले गरेको सौहाद्र्धपूर्ण ब्यवहार मन छुने प्रकारको छ । हिजो आज बैनीहरु पनि मिडियामा आएका छन, उनीहरुको ब्यवहार त राम्रो हुनेनै भयो । हिजोआज धेरै मानिसको मुखबाट मधेशमा आफ्ठ्यारो छ, गाह्रो छ भनेको सुन्छु ।

राजनीतिक साह्रो गाह्रो पक्कै छ तर जनस्तरमा र ब्यवसायिक स्तरमा त्यति धेरै कठिनाई भोग्नु परेको छैन । द्न्द बढ्दै गयो भनें स्वभाविक रुपमा अन्य तमाम मानिसहरुले भोग्ने दुखहरु सहनुनै पर्नेछ ।
जस्तो, यही फाल्गुण २१ गते सप्तरीको राजबिराज पुग्दा एमाले र केपी ओलीका बिरुद्ध माइकि· चलि रहेको थियो । मानिसहरु कालो झण्डा लिएर जुलुशमा थिए ।

हामी चढेको गाडी रोक्दै उनीहरुले ‘यहा“ कोही एमाले हुनुहुन्छ कि’ भनेर सोधे । हामी त होइन, मिडियाको मानिस हो भनेंपछि ल जानुस भनियो । 

अहिलेको द्वन्द बढ्दै गए मिडियाका साथीहरुलाई अफ्यारो हुने देख्छु । साथीहरु जो राष्ट्रिय दैनिक तथा टेलिभिजनहरुमा काम गर्नु हुन्छ, उहा“हरुलाई गाह्रो छ । कारण, राजधानीका मिडियालाई निर्वाचनको माहौंल बनाउनु छ, मधेशमा माहौलनै छैन, जबरजस्ती कसरी बनाउनु? जे हो त्यहि परिस्थितिको रिपोर्टि· गर्दा समाचार नछापिएको पनि पाइयो ।

जसका कारण पत्रकारहरुमा निराशा छाउनु स्वभाविक हो । सप्तरी, सिराहा जस्ता जिल्लाहरु जहा“ स्ववियूको चुनाव हुन सकेको छैन, पत्रकार महासंघको चुनाव भएको छैन अरु निर्वाचन के होला र? स्थानीय निर्वाचनका लागि परिस्थिति त्यति सहज देख्दिन । 

यस पटकको मधेश यात्रामा अलि नया“ कुरा महशुस गरियो । बिहान बिहानै माइक लगाएर प्रायः हिन्दी गीत सुन्न पाइने मधेशमा यस पटक ‘सुन साइली परदेशबाट म आउ“ला, चालिस कटेसी रमाउला’ र ‘पिउन मन थिएन साथीले पिलायो’ भन्ने गीत खुब सुनियो ।

बिदेशमा रहने नेपालीहरुबीच प्रीय बनेको सुन साइली मधेशका युवाहरुबीच पनि त्यतिकै चर्चित रहेछ । कारण, मधेशका घरहरु पनि अब बेदेशिक रोजगारको कहानी भन्दा बाहिर रहेनन । दिन प्रतिदिन मधेशबाट पनि युवाहरु बिदेशिने क्रम बढि रहेको छ ।

बेरोजगारी मुलुकका अन्य स्थानको जस्तै मधेशको पनि ठुलो चुनौती हो । मधेशको उर्वर भूमिमा नया“ तरिकाबाट कृषी र बिभिन्न स्थानमा उधोग ब्यवसाय गर्न पाए गाउ“मैं रोजगारीको सिर्जना हुने थियो । गर्न चाहने हो भनें मधेशमा संभावनाहरु धेरै छन तर राजनीतिक द्वन्दले ति संभावनाहरुलाई छोपि रहेको छ । 



basnetbabita7@hotmail.com
                    


 

गौशाला : महोत्तरी जिल्लाको सोनमा गाउँपालिका– ३ खखनाको ३...

चन्द्रपुर : रौतहटको चन्द्रनिगाहपुर पुर्व पश्चिम राजमार्गमा चल्ने सवारीसाधनले...

जनकपुरधाम । संघीय सरकारका यूवा तथा खेलकुद मन्त्री ...

जनकपुरधाम : हत्या अभियोगमा अदालतले जन्मकैद सजाय सुनाएपछि जेल...

जनकपुरधाम : अरुणकान्तद्धारा अभिनित भिडियो गीत ‘दिल के बात’ विश्वकै...

जीतपुर : कर तिर्ने सेवाग्राहीको जिज्ञासा र समस्या बुझन ...

सिरहा । सिरहाको कर्जन्हा नगरपालिका वासी संग चुनाको वेला वाचा...

जनकपुरधाम । अयोध्याबाट नियमित रुपमा बस सेवा सञ्चालन भएको छ...

जनकपुरधाम । प्रदेश सभाको चालु अधिवेशनको बैठक ४० दिनपछि मंसिर...

जनकपुरधाम । गुठी संस्थानको नाममा रहेको साढे दुई बिघा...

जनकपुरधाम । प्रदेश २ को नामाकरणको विषयमा नेपाली काँग्रेस भित्र...

बर्दिवास : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उत्पादनमूलक...

सप्तरी : सप्तरीकी १५ वर्षीया एक बालिकालाई बलात्कार गरेको...

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियाका पत्रकार जमाल...

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा थ्रीस्टार क्लबको...

जीतपुर । कोबिनि हस्पिटालटी म्यानेजमेन्ट प्रा.लि ...

गौर । नेपाल पत्रकार महासंघ रौतहटको सभापति रविन्द्र...

जनकपुरधाम । रामजानकी विवाहमहोत्सवमा सहभागि हुन जनकपुरधाम आउन लागेका भारत...

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले बलात्कारका अभियुक्तहरुलाई पक्राउ गर्न...

जनकपुरधाम । भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका चर्चित हिन्दूवादी...

जनकपुरधाम । संघिय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका उपप्रधान...

जनकपुरधाम । माछा सुपरजोन जनकपुर धाम ,धनुषा का कार्यालय प्रमुख...

जनकपुरधाम । धनुषाका प्रहरीले पीडितलाई न्याय दिलाउनुको साट्टो पिडकलाई संरक्षण...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा नंंंंं. ६ खुटौनाको...

चन्द्रपुर । रौतहटको बलेरी ईलाका वन कार्यालयको वन क्षेत्रमा एकै...

कुलदिप दास , जनकपुरधाम । धनुषामा बोक्सीको आरोप लगाएको भन्दै...

चन्द्रपुर । रौतहटमा प्रहरीले घरेलु मदिरा उत्पादन र बिक्रि बितरणमा...

चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिकामा बिशेष आर्थिक क्षेत्र (सेज) स्थापना...

रौतहट : कार्यक्रममा प्रदेश नम्बर २ का कृषि भूमि...

जनकपुरधाम । नगर क्षेत्र भित्र एउटै सडकको दोहरो मापदण्ड...

जलेश्वर । राष्ट्रिय जनता पार्टी (राजपा)नेपालका अध्यक्ष मण्डलका संयोजक समेत...

वीरगञ्ज । नेपाली काग्रेस पर्साका सभापति अजय द्धिवेदी सभापति...

जनकपुरधाम । धनुषा जिल्लाको विदेह नगरपालिकाको वडा नम्बर ५ मुडिवा...

इंग्लिस प्रिमियर लिग फुटबलको अर्को सिजनमा भिडियो असिसटेन्ट रेफ्री ‘भार’...

पछिल्लो २४ घण्टामा भारत तथा विश्वभरका बलिउडका प्रशंसक एउटा तस्बिरको...

काठमाडौं । श्रीलंकामा महिन्दा राजापाक्षेका समर्थक र विरोधी सांसदहरुबीच बिहीबार...

काठमाडौं । राज्यविद्रोहकोे मुद्दामा पक्राउ परेका सीके राउतलाई सर्वोच्च...

जनकपुरधाम । प्रदेश २ को नामाकरण र स्थायी राजधानी तोक्न...