Tue, 13 Nov 2018
ताजा समाचार
सूर्यदेवको आराधना गरी छठपर्व मनाइँदै, यस्तो छ व्रतविधि || बरियारपट्टीको सरकारी अस्पतालमा औषधिको अभाव || छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा || छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै || छठको तयारी अन्तिम चरणमा || विपन्न परिवारलाई वडाअध्यक्षको सहयोग || सरकार संघीय शिक्षा ल्याउने तयारीमा || शिक्षामा फड्को मार्दै प्रदेश || गरीब तथा विपन्नलाई छठ पूजाका लागि सामाग्री वितरण || छठ प्रारम्भ, आज खरना || भोजको निहुँमा युवतीमाथि सामूहिक बलात्कार || केन्द्र, प्रदेश र स्थानीय तहबीच विदा प्रतिष्पर्धा || साँसद रौनियार योजना तर्जुमामा || प्रदेश २ ले खेलमैत्री नीति बनाईने || लागूऔषधसहित एक पक्राउ || नालामा मासु बेच्दा छठ व्रतालुलाई सकस || सुरू भयाे काठमाडौं–जनकपुर पर्यटकीय बस सेवा || गलत सूचना दिने पक्राउ || छठका लागि बाँसको सामग्री बनाउन व्यस्त मरिक समुदाय || विष्फोटक पदार्थ नष्ट || राजपुत क्षेत्रिय समाज नेपालको नवनिर्मित भवनको समुदघाटन सम्पन्न || तिहारमा रु ५० लाखको फूलमालाको कारोबार || रेडियो नेपालका पूर्व सम्पादक मास्केको निधन || सामुदायिक विद्यालयलाई सहयोग || पाँच घर जलेर नष्ट || राति १० बजेपछि देउसी भैलो खेल्न रोक || मनाइयो कुकुर तिहार || महिन्द्रा ब्रान्डका गाडिहरुको मेगा डेलिभरी कार्यक्रम || सेतो ब्राउन सहित महिला पक्राउ || विद्यापति स्मृति त्रिद्विवसीय || नगरपालिकाको मोबाइल एप्स || आगलागीबाट एकको मृत्यु || चोरीका सामान सहित ३ पक्राउ || सामुदायिक प्रहरी साझेदारीको संरचना गठन || जानकी मन्दिरको लागि पौने ८ करोड दिने || काँग्रेसको आन्दोलन स्थगन || लागुऔषध सहित २ पक्राउ || गाडी खरिदमा व्यापक कमिसन || जनकपुरमा दुई भारतीय नागरिक मृत फेला || चीनमा ट्रकको ठक्करबाट १५ जनाको मृत्यु, ४४ घाइते ||
चुनावी चक्रव्यूहमा देश

चैत्र २७, २०७३


यतिखेर माओवादी केन्द्र र नेपाली कांग्रेसको गठवन्धन सरकार स्थानीय तहको चुनावको प्रसंगमा अल्झिएकोछ । देश चुनावी चक्रव्यूहमा फसेको छ ।

राजनीतिक घटनाक्रमहरुको तीव्रताका वीच,पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार कोशी नदीको वहावमा तैरिन खोजी रहेको डुंगा जस्तो देखिइ रहेको छ । डुंगाको वहना कसको हातमा छ पत्तो छैन । 

देशमा प्रहरी प्रमुखको पदपूर्तिको समस्या छ र मन्त्रीहरुका वीच प्रोटोकलका द्वन्दहरु पनि छन । त्यो वाहेक अन्य व्दन्व्द देखिएका छैनन ।

देश उज्यालोमा रमाउन पाएको छ । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राजनीतिक अव्यवस्थारअसहयोगका वीचमा आफनै विचारको केन्द्रविन्दूमा मात्रै रुमल्लिइ रहेका देखिन्छन । यस्तो लाग्दछ, उनले स्थानीय चुनावलाई अस्वाभाविक रुपमा लिएका छन । सहज हिसावले चुनाव सम्पन्न हुनेमा स्वयं उनलाई विश्वास छैन ।

उनी कहिले मधेशी मोर्चा लगायत सवै पक्षसंग वार्ता गरेर वैशाख ३१ का लागि तय गरिएको स्थानीय तहको चुनाव सम्पन्नगर्ने वताउछन ।

कहिले पहाड र मधेशमा स्थानीय चुनाव दुइ चरणमा गराउने आकस्मिक योजना ल्याउ“छन । प्रधानमन्त्रीको छटपटीबाट एउटा कुरा स्पष्ट हुन्छ चुनावका वारेमा जनताका मनमा जे जस्ता आशंकाहरु छन ती जायज छन । अर्थात, चुनाव हुनपनि सक्दछ र नहुन पनि सक्दछ ।

यस्तो स्थितिमा मधेशी मोर्चा प्रधानमन्त्रीले संविधान संशोधनका प्रसंगमा ठोस काम नगरेर मोर्चालाई अलमल्याइ रहेको आरोप लगाउनु अवान्छित होइन ।

अर्कोतिर प्रमुख प्रतिपक्षी दल एमाले साखुल्ले पल्टिएर सरकारले चुनाव नगराउने वा गराउन नसक्ने ताना दिइ राखेकोछ । निश्चय पनि, प्रधानमन्त्री प्रचण्डका लागि अहिलेको समय निकै कठिन देखिएकोछ ।

तर, यो किन कठिन देखिएको छ ?स्वयं प्रधानमन्त्री वाहेक अरु कसैले यसको कारण वताउन सक्दैन । यो सत्य हो, वैशाख ३१ गते चुनाव हुन सकेन भने प्रधानमन्त्रीको राजनीतिक साख केही पनि वा“की रहने छैन । त्यो अवस्थामा सरकारको सहयोगी तथा संसदको सवभन्दा ठूलो पार्टी कांग्रेस र प्रमुख प्रतिपक्षी दल एमालेको साख एकैसाथ उत्तिकै गतिमा ओरालो लाग्नेछ ।

पछिल्लो चरणमा प्रधानमन्त्रीले २ नम्वर प्रदेश र ५ नम्वर प्रदेशका तीन जिल्लामा दोश्रो चरणमा चुनाव गराउने प्रस्ताव गरेका छन । यसको अर्थ हो सरकारले त्यहा“अहिले चुनावहुने सम्भावना देखेको छैन । दोश्रो चरणको चुनाव संविधान संशोधन हुन सकेको अवस्थामा मात्रै  हुने कुरा हो ।

संविधान संशोधन भएपछिको अवस्थामा पनिदुइ नम्वर प्रदेश र वा“की रहेका जिल्लामा चुनाव अनुकूलहुने समयको किटानी कसैले गर्न सक्दैन । चुनाव एउटा निर्वाचन केन्द्रका लागि पनि उत्तिकै समय लाग्ने र दशवटा निर्वाचन केन्द्रका लागि पनि उत्तिकै समय लाग्ने प्रक्रिया हो । 

प्रधानमन्त्रीले संविधान संशोधन प्रस्ताव पारित गरेर दोश्रो चरणमा चुनाव गराउन खोजेका छन भने यो उनकोसदाशय हो भन्ने त स्पष्ट नै छ । तर, त्यस्तो संशोधन प्रस्ताव पारितहुने सम्भावना निकै न्यून देखिएको छ । पहिलो कुरा त प्रमुख प्रतिपक्षी दल संविधान संशोधनका विरुध्द उभिएको छ ।

प्रदेश सीमांकनलाई उ अहिले छुन चलाउन चाह“दैन ।‘भोट’को राजनीति उसको मुख्य सपना र लक्ष्य हो । 
सीमांकन वाहेकका अन्य वूंदामा पनि संविधान संशोधनका लागि सरकारलाई प्रमुख प्रतिपक्षको साथ र सहयोग चाहिन्छ ।

प्रतिपक्षका अनुसार सरकारले अहिलेसम्म प्रतिपक्षसंग यस विषयमा वार्ता नै गरेको छैन । सरकार र प्रतिपक्षका वीच वार्ता नभएसम्म चुनाव कति चरणमा गर्ने हो त्यसको निक्र्योल हुन पनि सक्दैन ।

माओवादी केन्द्रसंग गठवन्धनमा रहेको नेपाली कांग्रेसले प्रधानमन्त्री प्रचण्डले गरेको दुइ चरणमा चुनाव गराउने प्रस्तावको ‘मधेशी मोर्चा चुनावमा आउने शर्तमा’ समर्थन गरेको छ ।

तर, मधेशी मोर्चाका लागि एक वा दुइ चरणमा हुने चुनावमा भन्दा पनि मुख्य चासो संविधान संशोधनमा रहेकोछ । प्रमुख प्रतिपक्षी दल एमालेको समर्थन विना प्रदेश सीमांकनका विषयमा फेरवदलको सम्भावना छैन ।

एमालेलाई किनारामा छाडेर संविधान संशोधनगर्न चाहिने संख्या जुटाउन सरकार समर्थ छैन । यो अवस्थामा सरकारले वीचको बाटो पहिल्याउनु र मधेशी मोर्चालाई त्यो बाटोमा हिंडाउनु वाहेक अर्को बाटो देखिदैन । 
तर, प्रचण्ड नेतृत्वको सरकारको मात्र होइन, यस अघिका सवै सरकारहरुको गतिविधि अविश्वसनीय र अराजनीतिक रहेकोले मधेशी मोर्चाले सरकारको कुनैपनि प्रस्तावमा सजिलै समर्थनगर्ने अवस्था देखिदैन । मोर्चाले प्रधानमन्त्री प्रचण्डको प्रस्ताव स्वीकार गरेको खण्डमा मधेशमा दोश्रो चरणमा चुनाव गराउने अवस्था पनि आउ“दैन ।

राजनीतिक दलहरुका वीच सहमति भएको खण्डमा निर्वाचन आयोग एकै चरणमा चुनावको वन्दोवस्ती मिलाउन निश्चय पनि सक्षम छ ।

वर्तमान अवस्थामा बिषय प्रवेश जसरी गरेपनि तराइ–मधेशका समस्याप्रति प्रमुख प्रतिपक्षी दल एमालेको दृष्टिकोण नवदलिएसम्म परिवर्तनकाकुराहरु मनचिन्ते हुनेछन । तराइ–मधेश केन्द्रित दलहरुप्रति मात्र होइन, ती दलका नेताहरुप्रति पनि एमाले अराजनीतिक हिसावले संवेदनहीन वनेको छ ।

माओवादी केन्द्रको समर्थनमा खडा भएको ओलीसरकारको पतनपछि मधेश र मधेशका नेताहरुप्रति एमालेको दृष्टिकोण निकै कडा खालको तीतो रहेको छ ।

तराइ–मधेशका पार्टीहरुले संविधान निर्माणका समयमा भारतकै उक्साहटमा आन्दोलन गरेको, भारतले नेपालका विरुध्द नाकावन्दी गरेको र अन्ततः आफनो नेतृत्वको सरकारलाइ भारतले नै विस्थापित गरेको आरोप एमालेले लगाउ“दै आएको छ । 

एमालेले माओवादी केन्द्र र कांग्रेसका नेताहरुका विरुध्द ‘भारतप्रति लम्पसारवादी’ भएको आरोप लगाउ“दै चरम देशभक्तिका नाराहरु सरकारको परिवर्तनपछि नै लगाउन थालेको हो ।

यथार्थ के हो भने, नेपालका राजनीतिक दलहरु सत्ताप्राप्तिको सन्दर्भमा कतैबाट छोटो संकेतमात्र आएपनि सत्ताको लडाईंमा एकाकार भएर जुटी हाल्दछन । संकेत भारत, चीन, अमेरिका वा वेलायत जहा“बाट आएको भएपनि फरक पर्दैन ।

राजनीतिको सम्पूर्ण उद्देश्य सत्ताप्राप्ति नै भएको देशमा यसलाई त्यति अस्वाभाविक चलन मान्न पनि मिल्दैन । यतिवेला एमाले पार्टी माओवादी र कांग्रेस वीच विग्रहको विन्दू खोज्न र पहिल्याउन लागेको छ । यस्तो कुनै अवस्था आइपर्यो भने माओवादी केन्द्रसंग एमालेको मेलमिलाप असम्भव छैन ।

स्थानीय चुनाव र त्यसपछिका प्रादेशिक तथा संघीय चुनावलाई मध्ये नजरराख्दै एमालेले माओवादीको नेतृत्वको सरकार चलाउन चाहनु असम्भव घटना मानिने छैन ।

राज्यको पुनर्संरचनाका कार्यसूची जेनतेन पूरा हुन लागेको अवस्थामा माओवादी र एमाले दुवैका लागि राजनीतिक प्रतिस्पध्र्दाको लक्ष्य स्वाभाविक हिसावले कांग्रेस नै हो । 

सरकार अहिले आफैं अप्ठेरो अवस्थामा परेकोले यो खेल सम्भव नहोला । तर, माओवादीबाट सरकारकोे नेतृत्व कांग्रेसमा हस्तान्तरण भै सकेपछिको खेलमा एमालेले आफनो समर्थन र सहभागितामा माओवादी नेतृत्वको सरकार वनाउन कोशिश नगर्ला भन्न सकिने कुनै आधार छैन । 

राजनीतिको व्यूह रचना जे जसरी भएपनि देश अहिले स्थानीय चुनावको मुखमा छ र चरम संकटको अवस्थामा छ । मधेशी मोर्चालाई चुनावमा सहभागी गराउन सरकार, माओवादी केन्द्र र नेपाली कांग्रेसले जतिसुकै प्रयास गरेपनि मोर्चाले सजिलै सरकारको प्रस्ताव मान्ने देखिएको छैन ।

अहिलेसम्म देशका प्रमुख राजनीतिक दलहरुले मोर्चालाई अलमल्याउने र झुक्याउने काम मात्रै गरेका छन । 
वर्तमान संविधान निर्माणभन्दा अघिदेखि नै संविधानमा मधेशलाई समावेश गराउने ‘प्रयत्न’ शुरु भएपनि आजसम्म त्यो कुण्ठितहुनु राम्रो कुरा पक्कै होइन ।

मधेशको माटो देशको माटोसंग एकाकार नभएसम्म संविधानको पूर्ण कार्यान्वयन नहुने पक्कै छ । यो स्थितिमा सरकार मात्रै होइन, देशका सवै जिम्मेवार राजनीतिक दलले सोच्नु पर्दछ वैशाख ३१ गतेका लागि घोषित स्थानीय तहको चुनाव देशका लागि विग्रह सावित नहोस । 

जनकपुरधाम : छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो...

सिरहा । बरियारपट्टी गाउँपालिकामा रहेका सरकारी अस्पतालमा औषधिको अभाव भएपछि...

छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा ...

छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै...

अनिल कुशवाहा , महेन्द्रनगर (धनुषा) । ...

जीतपुर । दलित, गरिब तथा बिपन्न बर्गहरुलाई छठ मनाउनकोे लागि...

कुलदिप दास ( प्रेम ) , जनकपुरधाम : जनकपुरधाम...

जनकपुरधाम । छठ पर्व आईतवारबाट विधिवत प्रारम्भ भएको छ ।छठको...

लहान । सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँ पालिका–२ की एक...

वीरगञ्ज । देशभरी नै लोकप्रिय बन्न थालेको छठ पर्वको अवसरमा...

वीरगञ्ज । पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि...

जीतपुर (सिमरा) ।बाराको जीतपुरसिमरा उपमहानगरपालिका बासीहरु ...

जनकपुरधाम : दीपज्योती टुर्स एण्ड ट्राभल प्रालिले पहिलोपटक काठमाडौंबाट पर्यटकीय...

बाजुरा : १०० नं मा फोन गरेर गलत सूचना...

इनरुवा : छठ पर्व शुरु भएसँगै सुनसरीका मरिक समुदायलाई अहिले...

सिरहा । सिरहाको औरही गाउँपालिकाका सशस्त्र वेश क्याम्पमा वाडा नम्बर...

राजपुत क्षेत्रिय समाज नेपालको नवनिर्मित भवनको समुदघाटन सम्पन्न ...

जनकपुर : यस वर्ष तिहारमा जनकपुरमा रु ५० लाख...

काठमाडौँ : रेडियो नेपालका पूर्व समाचार सम्पादक तथा प्रसारक...

लेखनाथ : कास्कीको पोखरा महानगरपालिका–३१ बेगनासस्थित आनन्दज्योति माविमा विद्यार्थीसँगै...

कृष्णनगर : कपिलवस्तुको शिवराज नगरपालिका–१० इस्लामनगरस्थित तिहारका लागि बालेको...

काठमाडौँ, : जिल्ला प्रशासन कार्यालय काठमाडौँले राति १० बजेभन्दा...

काठमाडौँ : यमपञ्चकको दोस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा...

जनकपुरधाम । नेपालको लागी महिन्द्रा गाडिको आधिकारीक बिक्रेता ...

गोलबजार , सिरहा : लागूऔषध सेतो ब्राउन ...

जनकपुरधाम : जनकपुरमा विद्यापति ट्रस्टले त्रिद्विवसीय विद्यापति स्मृति पर्व...

लमजुङ : बेंसीशहर नगरपालिकाले ‘बेंसीशहर नगरपालिका’ नामक मोबाइल एप्स...

मेलम्ची : सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पालगाउँपालिका–५ गुन्सामा गए राति १...

चन्द्रपुर । रौतहटको चन्द्रनिगाहपुरमा रहेको चा“द अफसेट प्रेसबाट समान चार्ने...

सिरहा । सिरहाको बरियारपट्टी ईलाका प्रहरी कार्यालय परिसरमा गाउँपालिका स्तरिए...

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले...

मलंगवा । सर्लाहीको रामनगर गोली काण्ड पछि आन्दोलित बनेका नेपाली...

बर्दिवास । जनकपुरधामबाट काठमाण्डु तर्फ जाने नेपाल माईक्रोको चेकजाँच गर्ने...

गाडी खरिदमा मेयर साह नजिकका केहि कर्मचारी र उनको प्रत्यक्ष...

जनकपुरधाम : जनकपुरमा आईतवार दुई भारतीय नागरिक मृत अवस्थामा...

बेइजिङ । ट्रक चालकले नियन्त्रण गुमाएपछि ट्रकले ठक्कर दिएर चीनको...