Tue, 25 Sep 2018
ताजा समाचार
दास परिवारलाई तीन लाख राहत सहयोग || आजदेखि सोह्रश्राद्ध सुरु || सडक निर्माणका लागि धर्ना || राजस्व असुलीमा भारी बृद्धि || 'विद्यार्थीको वृत्ती विकास’ सम्बन्धी पाँचौ कन्भेन्सन || राजपा नेपालको बैठक ११ गते || जनकपुरका अभियानीहरु झाडापखाला प्रभावित क्षेत्रमा || स्थानीय तहको अधिकार खोसिदै || डा भूसालद्धारा मितेरीपुल र बालगृहको स्थलगत निरिक्षण || श्रीमती बनाउँछु भनेर किशोरीलाई बलात्कार गर्ने युवक पक्राउ || एसिड पीडित दासको मृत्यु || बाल विवाह विरुद्द जनचेतना कार्यक्रम सम्पन्न || बालिका बलात्कृत || नदीमा डुबेर बालकको मृत्यु || सरकारको अधिनायकवादी शैलीलाई असफल पार्नुपर्छ : देउवा || महोत्तरीमा भन्सार छलेर ल्याएको १७ लाखको सामान बरामद || शिक्षकको परीक्षाका कारण विद्यालय बन्द || डेरी उद्योगबाट तीस हजार युवालाई रोजगारी || चप्पल उद्योगमा श्रम शोषण || प्रदेशको नामांकन र राजधानीमा विवाद || एसिड प्रहारबाट घाइते युवतीको मृत्यु || माल्दिभ्सको राष्ट्रपतिमा विपक्षी दलका उम्मेदवार सोलिहलाई अग्रता || बार्सिलोना बराबरीमा रोकियो || सुचनाको माँग गर्दै राष्ट्रिय विद्यार्थी संघ रिले अनशनमा || मदिरा पिउन आउने भारतीयका कारण होहल्ला र असुरक्षा || अपांग दाजु भाईलाइ राज्य मन्त्रीले गरे सहयोग || प्रहरीका टाउँको दुखाई , लागुऔषध प्रयोगकर्ता बालकहरु || प्रहरी जवानद्वारा आत्महत्या || घाँटी रेटिएको अवस्थामा एक युवक फेला || नायब सुब्बाको दुर्घटनामा निधन || भिठ्ठामोड–जलेश्वर–जनकपुर सडक निर्माणमा ढिलाइ || प्लास्टिक घरभित्र तरकारी खेती || पत्रकार राहत कोष स्थापना || लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा || नेपाल प्रहरीको छवि धुमिल बन्दै || वडा अध्यक्षव्दारा ज्ञापन || खोलामा डुबेर एक जनाको मृत्यु || बारापर्सामा पेट्रोलियम पदार्थको अभाव || नगरस्तरमा बालबालिकाकोलागी अनिवार्य बजेट विनियोजन गरिने : || मुख्यमन्त्री राउतद्वारा राहत प्रदान ||
स्थानीय चुनाव र सत्ताका चुनौति

बैशाख ३, २०७४

 


किशोर नेपाल


स्थानीय तहको निर्वाचन र वर्तमान सत्ता–समीकरणको नेतृत्व परिवर्तनको मिति जति नजीक आउदैछ त्यति नै राजनीतिक वृत्तमा संशयको वादल मडारिन थालेको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भने जति सजिलोसंग सत्ता छाडनेमा धेरै कम विश्लेषकले मात्र विश्वास गरेका छन । एमालेका नेताहरु खुलेआम कांग्रेस सभापति शेरवहादुर देउवा विरुध्दको अभियानमा लागेका छन । किनभने, केपी ओली नेतृत्वको सरकार गिराउन र पछिल्लो समयमा ओलीको राष्ट्रवादलाई चर्को चुनौतिदिन सभापति देउवा प्रभावकारी ढंगले लागेका छन ।

देउवा र ओलीका पक्षमा कांग्रेस र एमालेका नेता–कार्यकर्ताहरुले भीडने मूड वनाउन थालेको देखिएकोछ । दुवै पार्टी एकअर्काका प्रतिस्पद्र्धी भएकोले यो अस्वाभाविक कुरा होइन । 

कांग्रेस र एमालेको सम्वन्धमा वेला वेलामा चरम तिक्तता देखा परेपनि यी दुवै पार्टीका केही समान मान्यता पनि छन । यी मान्यताका कारण कांग्रेस आफैले एमाले पार्टीका नेता माधवकुमार नेपाललाई प्रधानमन्त्रीको मुकुट लगाइ दिएको थियो ।

२०७२ सालमा संविधान जारी गरिंदासम्म कांग्रेस र एमालेले मिलेरै शासन चलाएका थिए । भुईंचालोको समयमा पनि यी दुवै पार्टी संगै थिए । नेपाली कांग्रेसका नेता स्व.सुशील कोइरालाको राष्ट्रपति वन्ने चाहनामा तूषारापात नभएको भए कांग्रेस–एमाले समीकरण जारी रहनसक्ने अवस्था आउन सक्थ्यो । तर, त्यस्तो भएन । 

नेपाली राजनीतिमा पार्टीहरुका लागि ट्रयाक वदल्नु ठूलो कुरो होइन । पार्टी पार्टी वीचको सम्वन्धमा आउ–जाउ चलि नै रहेको हुन्छ ।

पार्टीहरुका वीच निरन्तर भै रहने खेलको गंभीरताका आधारमा नै सम्वन्धको निर्धारण हुने गरेकोछ । यतिवेला कांग्रेस–एमाले वीचको मौसमी सम्वन्ध निकै चीसो भएको छ । कामरेड ओलीको प्रधानमन्त्री पदबाट निर्गमनको तूष छिटो मेटिने कुरा होइन ।स्थानीय तहको चुनावको वेलामा प्रतिस्पध्र्दाको मनस्थिति चर्को हुनु स्वाभाविक मानिन्छ । 

वैशाख ३१ का लागि निर्धारित स्थानीय तहको चुनाव हुने र नहुने आशंका वरावरी छन । तराइ मधेश र यसको प्रभाव क्षेत्रहरुमा चुनावको चहल–पहल देखिएको छैन । सरकारका मानिसहरु स्वयं नै दुइ नम्वर प्रदेशमा वैशाख ३१ गते चुनाव हुन नसक्ने वताइ रहेका छन ।

निर्वाचन आयोगले पनि दुइ नम्बर प्रदेशमा चुनावको तयारीगर्न सकेको छैन । यो अवस्थामा सरकारले दुइ नम्बर प्रदेशको चुनाव दोश्रो चरणमा गर्ने सोच वनाएको देखिन्छ ।

दोश्रो चरणमा दुइ नम्वर प्रदेशको मात्र चुनाव गराएर समस्या टुंगिदैन । पा“च नम्वर प्रदेशको मधेशी भूभागमा पनि वैशाख ३१ गते चुनावहुने वातावरण छैन । मधेशी भूभागमा चुनाव स्थगित गरेर वा“की प्रदेशमा चुनाव गर्न सकिने कानूनी प्रावधान पनि छैन । यो अवस्थामा सहज ढंगले चुनावहुने तरीका भेटिन गाह छ । 

कांग्रेस–माओवादी वीचको लिखित समझदारी अनुसार माओवादी केन्द्रले कांग्रेसलाई सत्ता हस्तान्तरणगर्ने दिन आइ सकेको छ । प्रधानमन्त्री दाहाल वैशाख ३१ को स्थानीय चुनाव सम्पन्न नभएसम्मका लागि ‘ग्रेस पिरियड’ मा सत्तामा हुनुहुन्छ ।

यो वीचमा एमाले खेलमा शामेल भयो भने खेलको नियम मिचिन पनि सक्दछ । त्यो नियम मिचियो भने कांग्रेसको नेतृत्वमा सरकार वन्ने सम्भावना रहदैन । यसका लागि स्थानीय तहको निर्वाचनका चरणहरु समाप्त नहु“दासम्म एमालेले तदर्थवादी हिसावले माओवादी सत्ता टिकाइ दिन सक्दछ । तर, माओवादी र एमाले पारस्परिक विसंगतिमा आकण्ठ डुवेका छन ।

त्यसैले यस्तो सम्भावना छैन भन्नेहरुको कमी छैन । तर, राजनीतिमा असम्भव भन्ने केही हु“दैन । राजनीतिक दलहरुको रिंगमा माओवादीले आफनो साख जमाइ सकेको छैन । माओवादीका लागि एउटै अप्ठेरो यति मात्रै हो ।

तराइ मधेश केन्द्रित पार्टीहरुले चुनावमा भाग नलिने वित्तिकै सत्ता साम्राज्य डोलायमान अवस्थामा पुग्ने होइन । तर, यसले कार्यान्वयनको खोजीमा रहेको संविधानका उद्देश्यहरुलाई परास्त गर्दछ । समावेशी समाजको निर्माण संवैधानिक सोच हो ।

जनसंख्या र प्रभावका हिसावले वलियो रहेको मधेश क्षेत्र नै संविधान वाहिर पर्यो भने त्यो कति प्रत्युत्पादक होला ? सहज अनुमानको विषय हो ।

संविधानका वारेमा अहिलेसम्म धेरै वहस भै सके । त्यसको प्रयोग नभएसम्म अहिलेका वहसहरुको कुनै अर्थ छैन । संविधान निर्माता दलहरुले संविधानलाई संकुचित वन्नबाट जोगाउन सकेका छैनन । त्यही संकुचन अहिले समस्याको रुपमा देखा परेको छ ।

स्थानीय तहको निर्वाचन हुन लागेकोमा देशभरि उल्लासमय वातावरण वनेको दावी राजनीतिक दलका प्रतिनिधिहरुले गर्न थालेका छन । देशका सवैथरि संचार माध्यमहरु बडो जोश र जा“गरका साथ आ–आफना पार्टीका झण्डा वोकेर रमाएका छन । कतिपय ठाउमा जीत हारको टुंगो लागी सकेको वताउनेहरु उत्तिकै छन । 

यो चुनाव दुइ दशकपछि हुन लागेकोले मात्रै महत्वपूर्ण भएको होइन । देश संघीयतामा गै सकेपछिको पहिलो राजनीतिक प्रयोग हो यो चुनाव । तर, दुर्भाग्य के हो भने संघीयताको यति ठूलो राजनीतिक प्रयोगमा मधेशी दलहरुको उपस्थिति हुनेछैन ।

त्यसैले पनि यसको महत्व स्थापित हुन नसकेको हो ।
कांग्रेस सरकारको नेतृत्वलिन जुर्मुराएको छ । यो स्वाभाविक पनि हो । तर, प्रादेशिक र संघीय चुनाव कांग्रेस नेतृत्वको सरकारले गराउने भएकोले यतिवेला सत्ताको सा“चो कांग्रेसकोे हातमा पर्न नदिने खेल पनि शुरु भै सकेको छ । कांग्रेस आफै भित्रपनि केही नहुनुपर्ने कुराहरु भएका छन ।

मधेशी दलहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकारले राप्रपासंग समर्थन माग्यो । राप्रपा अध्यक्ष कमल थापा दोस्रो मर्यादाक्रमका उप–प्रधानमन्त्री वनाइए । 

यसैसंग शुरु भयो मर्यादाक्रमको विवाद । विमलेन्द्र निधि सामान्य मन्त्री मात्र थिएनन । उनी सरकारमा कांग्रेसको नेतृत्वगर्दै उप–प्रधान तथा गृहमन्त्री वनेका थिए ।उनले उठाएको मर्यादाको प्रश्न निकै गम्भीर थियो । मधेशी समुदायबाट आएका निधिको मर्यादाको रक्षा कांग्रेसको हितमा हुने थियो । 

तर, कांग्रेसले स्थानीय चुनावका वेलामा मर्यादाको स्थानीय राजनीतिक महत्व वुझेन । मधेशका दलहरु सहभागी नभएको अवस्थामा स्थानीय चुनावको एकमुष्ठ फाइदा कांग्रेसले निकै सजिलोसंग पाउने थियो ।

अव यो भूललाई कांग्रेसले कसरी सम्याउ“छ वा कुन रणनीतिका साथ चुनावमा भिडने छ ?मधेशमा चुनावको वातावरण वन्न नसकी रहेका वेला चुनावी प्रश्नहरुको जवाफ दिनु सा“च्चै कठिन हुन्छ ।

 

चन्द्रनिगाहपुर । तेजाब आक्रमणमा परी मृत्यु भएकी रौतहट...

जनकपुरधाम । प्रत्येक वर्ष आश्विन कृष्ण पक्षदेखि सुरु हुने सोह्रश्राद्ध...

जनकपुरधाम ।सडकमा रहेका खाल्डाखुल्डी र पानी जम्ने समस्याबाट छुटकाराका लागि...

राजेन्द्र यादव , जनकपुरधाम ।आन्तरिक राजस्व कार्यालय जनकपुरले गत आर्थिक...

जनकपुरधाम । जनकपुरको निजि विद्यालय मोनाष्टिक ईगलिंश बोर्डिङ्ग स्कुलद्वारा सोमवारदेखि...

जनकपुरधाम । राष्ट्रिय जनता पार्टी नेपाल धनुुषा अध्यक्ष मण्डल र...

जनकपुरधाम । झाडापखाला प्रभावित क्षेत्र महोत्तरीको जलेश्वर नगरपालिका वडा नं....

काठमाण्डु । संघिय सरकारले स्थानीय तहको अधिकार खोस्न थालेको छ...

वीरगंज । वीरगन्ज महानरपालिकाद्धारा भइरहेको निमार्णकार्य तथा बालगृहको प्रमुख प्रशासकिय...

मलंगवा । सर्लाही हरिवनका स्थानियबासीहरुले १७ वर्षिया...

चन्द्रपुर । चन्द्रपुरमा (रौतहट) एसिड आक्रमणबाट गम्भीर बनेकी रौतहट...

चन्द्रपुर । बाल विवाह विरुद्द सचेतना कार्यक्रम अर्तगत परियोजना शुरुवात,अन्तत्र्रिmया...

भद्रपुर : झापाको हल्दिबारी गाउँपालिकामा चार वर्षीया बालिका बलात्कृत...

घोडाघोडी : नुहाउने क्रममा शिवगङ्गा नदीमा डुबेर आज एक बालकको...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले...

महोत्तरी । जिल्ला भन्सार कार्यालयले भन्सार छलेर ल्याएको साढे १७...

डडेल्धुरा : शिक्षक सेवा आयोगको परीक्षाका कारण जिल्लाका धेरै...

पाल्पा : डेरी उद्योगले नेपालमा ३० हजारभन्दा बढी बेरोजगार युवालाई...

विराटनगर : मोरङको बूढीगङ्गा गाउँपालिका बाँसबारीमा रहेको ‘हाइलाइफ’ चप्पल...

विराटनगर । प्रदेश नम्बर १ को स्थायी राजधानी र नामाकरणको...

काठमाडौं । एसिड प्रहारबाट गम्भीर घाइते भएकी रौतहटको चन्द्रपुर...

माल्दिभ्स । माल्दिभ्सका विपक्षी दलका नेता इब्राहिम मोहम्मद सोलिहले राष्ट्रपति...

स्पेन । स्पेसिन लिग फुटबलको जारी सिजनमा बार्सिलोनाले पहिलो पटक...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवामा राष्ट्रिय विद्यार्थी संघले तीन...

सर्लाही । भारतको विहारमा मदिरापान बिक्रीवितरण र ओसारपसारमा प्रतिबन्ध लगाइएपछि...

गौर । प्रदेश २ का कृषि ,भूमि व्यवस्था तथा सहकारी...

जीतपुर । जीतपुरमा एउटै पसलमालगातार दुई चोटीचोरी भएपछि , प्रहरीको...

स्याङ्जा : जिल्ला कारागार स्याङ्जामा कार्यरत एक प्रहरी जवानले...

जनकपुरधाम । धनुषामा एक युवक घाँटी रेटिएको अवस्थामा फेला परेका...

पशुपतिनगर, इलाम : इलामको चुलाचुली गाउँपालिकामा कार्यरत नायब सुब्बा जगत...

बर्दिवास : महोत्तरीको सदरमुकाम जलेश्वरलाई भारतीय सीमा र धनुषाको जनकपुरसँग...

बलेवा : कुलतमा लागेका युवाका लागि सुधार गृहका रुपमा स्थापना...

इलाम : नेपाल पत्रकार महासङ्घ इलाम शाखाले पत्रकारका लागि आपत्कालीन...

काठमाडु । साउथ ह्याम्पटनलाई हराउँदै लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको...

काठमाडु । अपराध अनुसन्धानमा अब्बल मानिँदै आएको नेपाल प्रहरी पछिल्लो...

जनकपुरधाम । कमला नगरपालिकाका वडाअध्यक्षहरुले नगरप्रमुख रामउदगार गोइतलाई शनिवार ९...

भद्रपुर : खोलामा डुबेर मेचीनगर–८ सालघारीका ३६ वर्षीय शिवु...

जीतपुर : मुलुकी ऐनमा सवारी चालक सम्बन्धि गरिएको ब्यवस्थाको परिवर्तनको...

बर्दिबास : बालबालिकाले भयत्रासमुक्त वातावरणमा सुरक्षित र...

राजविराज : प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले...