Tue, 25 Sep 2018
ताजा समाचार
आजदेखि सोह्रश्राद्ध सुरु || सडक निर्माणका लागि धर्ना || राजस्व असुलीमा भारी बृद्धि || 'विद्यार्थीको वृत्ती विकास’ सम्बन्धी पाँचौ कन्भेन्सन || राजपा नेपालको बैठक ११ गते || जनकपुरका अभियानीहरु झाडापखाला प्रभावित क्षेत्रमा || स्थानीय तहको अधिकार खोसिदै || डा भूसालद्धारा मितेरीपुल र बालगृहको स्थलगत निरिक्षण || श्रीमती बनाउँछु भनेर किशोरीलाई बलात्कार गर्ने युवक पक्राउ || एसिड पीडित दासको मृत्यु || बाल विवाह विरुद्द जनचेतना कार्यक्रम सम्पन्न || बालिका बलात्कृत || नदीमा डुबेर बालकको मृत्यु || सरकारको अधिनायकवादी शैलीलाई असफल पार्नुपर्छ : देउवा || महोत्तरीमा भन्सार छलेर ल्याएको १७ लाखको सामान बरामद || शिक्षकको परीक्षाका कारण विद्यालय बन्द || डेरी उद्योगबाट तीस हजार युवालाई रोजगारी || चप्पल उद्योगमा श्रम शोषण || प्रदेशको नामांकन र राजधानीमा विवाद || एसिड प्रहारबाट घाइते युवतीको मृत्यु || माल्दिभ्सको राष्ट्रपतिमा विपक्षी दलका उम्मेदवार सोलिहलाई अग्रता || बार्सिलोना बराबरीमा रोकियो || सुचनाको माँग गर्दै राष्ट्रिय विद्यार्थी संघ रिले अनशनमा || मदिरा पिउन आउने भारतीयका कारण होहल्ला र असुरक्षा || अपांग दाजु भाईलाइ राज्य मन्त्रीले गरे सहयोग || प्रहरीका टाउँको दुखाई , लागुऔषध प्रयोगकर्ता बालकहरु || प्रहरी जवानद्वारा आत्महत्या || घाँटी रेटिएको अवस्थामा एक युवक फेला || नायब सुब्बाको दुर्घटनामा निधन || भिठ्ठामोड–जलेश्वर–जनकपुर सडक निर्माणमा ढिलाइ || प्लास्टिक घरभित्र तरकारी खेती || पत्रकार राहत कोष स्थापना || लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा || नेपाल प्रहरीको छवि धुमिल बन्दै || वडा अध्यक्षव्दारा ज्ञापन || खोलामा डुबेर एक जनाको मृत्यु || बारापर्सामा पेट्रोलियम पदार्थको अभाव || नगरस्तरमा बालबालिकाकोलागी अनिवार्य बजेट विनियोजन गरिने : || मुख्यमन्त्री राउतद्वारा राहत प्रदान || अमेरिकामा एक नेपालीसहित तीनको हत्या ||
सामाजिक बहिष्कार

बैशाख ८, २०७४

 


बिम्मी शर्मा


बहिष्कार शब्द सुनेर चुनाव बहिष्कार गर्न थाल्या हो कि नभन्ठान्नु होला । यो बहिष्कार ती नालायक सन्तानहरुलाई समाज र आफन्तले गर्ने हो जसले आफ्नाजन्मदातालाई जीवनको सन्ध्या बेलामा घररबाट निकालि दिन्छन् वा वृद्धाश्रममा जान वाध्य पार्दछन् ।

जुन गर्भमानौ महिना पालिन्छन्, जुन हातले लालन, पालन गरेर जिन्दगी सँवारिदिन्छन् । जब तिनै काँतर हातहरुलाई सन्तानको भर र माया चाहिन्छ तब निष्ठुरी सन्तानले राम्रोसँग हेरचाहगर्दैनन् तथा घरबाट निकालिदिन्छन् । 

मातापिता त त्यो वट वृक्ष हुनजो आफ्ना सन्तानलाई जिन्दगीभर मायाको शीतल छाँया दिरहन्छन् र तिनै अपराधी सन्तानले उनीहरुको वृद्धावस्थालाई आफ्नो बेवास्ता र कठोर व्यवहारको घामले पोलिदिन्छन् । कस्तो अचम्म है सालनालसँग जोडिएको सन्तान र अभिभावकको सम्बन्धजो ईश्वरले पनिनकार्न सक्दैनन् एकदिन घरको दैलो नाघेर वृद्धाश्रममा पुर्याइदिन्छन् ।

पति, पत्नीको सम्बन्धजति नै प्रेमिल र गहिरो भएपनि मन नमिलेपछि छोडपत्रमा गरिएको एउटा दस्तखतले सधैंका लागि तोडिन्छ । तर तिनै पति आफ्नी आमालाई बिर्सेर पत्नीको नाममा जमिन किन्छन्, घर बनाइदिन्छन् सुनकागहनाले श्रीमतीलाई झपक्क छोपिदिन्छन् । तर आफ्नी आमालाई दुई छाक खाना र एकसरो लुगादिनतिनै सन्तानलाई गार्हो हुन्छ ।

आमाको नाममा सम्पतिकिन्ने भनेको त सपनै हो अझआमाको नाममाभएको जायजेथापनि उनकै जीवनकालमा बेचेर अशँबण्डा लगाउन नालायक सन्तानले लाजमान्दैनन् । आमालाईदिनु त कताहो कताझन खोसेर वृद्धाश्रम पुर्याइदिन्छन् ।

मेरो एकजना आफन्तलाई उनका माहिला र कान्छा छोरा मिलेर घरबाट निकालिदिए । छोराले आमालाई स्पष्ट रुपमा म तपाइँलाई राख्न सक्दिनकि वद्धाश्रम जानुस् हैन भने आफ्नै घर फर्किनुस् भनेपछि ती७८ वर्षीया वद्धा रुदैं आध ारातमा आफ्नै शहर फर्किन् ।

जहाँबाट अढाइ वर्षअघि सदाका लागि विदावारी भएर उनी कान्छो छोरासँग बस्न र बाँकी जिन्दगी कटाउन राजधानी गएकी थिईन् । तर उनका छोराले मरेपछि उनको क्रियाक्रम गर्नुपर्नेमाउनलाई ज्यूँदैमा घरको न घाटको बनाइदिए । अहिले ती वृद्ध महिला छोराले गरेको तिरस्कार सम्झेर आफ्नो दूर्भाग्यलाई गालीगर्दै रुँदै बस्छिन् । छोराको घरमा जहाँ उनलाई दुई छाक पेटभरि खानपनि गार्हो थियो । अहिले आफ्नो आँसुलाई सित्तनबनाएर गाँस निल्छिन् ।

तर उनको मनको पीडा कसले बुझदिने र न्नयागर्ने ।
कमबेश सबै घरमायही रावणलीला मन्चन भैरहेको छ । आफ्ना सन्तानबाट माता, पिताले सहनु पर्ने पीडा र आँसुको मात्राकम बढी मात्रहो । तिनै निर्विवेकी सन्तानबाहिर समाजका अगाडि दानवीर कर्ण र सत्यवादी हरिश्चन्द्र बन्छन् तर आमाको आँसु पुछ्ने टालो तिनीहरुसँग छैन ।

जुन छोराको बिहाआफैले केटी खोजेर, आफ्नै हातले धूमधामले गरेर आमाले घरमाबुहारी भित्र्याएकी हुन्छिन् । तिनै छोराले बिहाभएको २५ वर्षको वर्षगाँठ मनाउँदाआमालाई सम्झिदैन । एउटै शहरमा २५ मिनेटको दूरीमा बसेको छोराले आफ्नीश्रीमतीलाई सो अवसरमाहीराको टप किनिदिन्छ तर आमालाई भेट्दैन नआशिर्वाद नै लिन्छ ।

आमा बाटो हेरिरहन्छिन् तर श्रीमतीको थाँग्नामा सुतेको छोरो उठ्दैन ।
ती  आमालाई आफ्नो कोखाको घाउ जस्ता सन्तानलाई स्याहार्न कतिगार्हेा भयो होला?कति रात  तिनी  नसुतेर आफ्ना सन्तानलाई सुताइन होलिन् ? तिनको पनि त मन थियो समय थियो तर सबैलाई त्यागेर आफ्नै शरीरबाट बनेको मांसपिण्डलाई आकार दिनमा नै तल्लिन रहिन् ।

तर तिनै सन्तानले  डांडापारीको घाम जस्ता भएका आफ्ना अभिभावकको जीवनमा आफ्नो निर्दयी व्यवहारले ग्रहण लगाइदिन्छन् । ६ सन्तानकी आमाती वृद्धालाई एउटा छोराले घरबाट निकाल्दा अर्को छोराले म लैजान्छु वा म राख्छु भनेनन् । न छोरीले म कहाँआएर बस्नुस् भनिन् न तन र मनले जर्जर भैसकेकी आमालाई भेटेर सान्त्वना नै दिनआईन् ।

अझती वृद्धाकी जेठी छोरीले नै भाइहरुलाई आमाको विरुद्ध उचालेर र झगडा लगाएर घरबाट निकाल्नलगाइन् । माकुरालाई उसकै बच्चाले खान्छ भने जस्तै यी वृद्धालाई पनि उनकै सन्तानले रुवाए । आजती वद्धा एक्लैछिन्, रुँदै बडबडाउँदै आफ्नो कालपर्खेर बसेकीछन् ।

सरकारले अब देशका जेष्ठ नागरिकले आफ्नो सन्तानबाट पाएको अवहेलनालाई महसुस गरेर कानुन बनाउन्दैछ । सन्तानको कमाइको १० प्रतिशतआफ्नो मातापितालाई भरण पोषणकालागि दिनै पर्ने नियमल्याउँदैछ । त्यस्तै मातापिताले पनिआफ्नो जीवनकालमै सबै जायजेथा बेचेर सन्तानको घरमा तुम शरणम नहुन दिनका लागि आफ्नो कमाइ या सम्पतिको २५ प्रतिशत आफु बाचुन्जेल बेच्न नपाइने नियम बनाउँदैछ ।

तर मातापताको भरण, पोषणकालागि सन्तानले आफ्नो कमाइबाट दिने १० प्रतिशत रकम सार्है कमभो । बरु यसलाई पनि बढाएर २५ प्रतिशत पुर्याउन सके राम्रो हुन्थ्यो । तर सरकारले नियम बनाएर केही हुदैन जब सम्ममातापिताको सम्पतिमा सन्तानको कुनै हकनलाग्ने र उनीहरुले आफ्नो स्वेच्छाले आफ्नो सम्पति कसैलाई पनिदिने कानुन बनाइदिए सबै वृद्धाश्रम खालिहुन्थे र सम्पतिकै लागिभएपनि सन्तानले आफ्ना मातापिताको हेरचाह र आदर गर्थे होलान् ?

सन्तानले कमाएको सम्पतिमा बाउआमाको कुनै हक नलाग्ने तर बाउआमाले कमाएको सम्पतिमाचाँहि सन्तानको हकलाग्ने ? यो असामान्य र अन्यायहो ।

न्यायभनेको बराबरी हुुनुपर्दछ । छोराछोरीको नाममा रहेको सम्पतिउनीहरुले बेचबिखनगर्दा बाउआमाको सहमतिवा हश्रताक्षर नचाहिने तर बाउआमाको नाममा रहेको सम्पति बेचबिखनगर्दा भने सन्तानको सहमति र हस्ताक्षर दुबै चाहिने ? देशका जेष्ठ नागरिकप्रति राज्यले गरेको यो ठूलो भेदभावहो । वृद्ध, वृद्धालाई भलै सरकारले वृद्धभत्ता दिन्छ तर यो असमानता हो । यसको विरोध सबैले गर्नैपर्दछ भोली आफु पनि वृद्ध हुन्छु भन्ने सोचेर ।

तर सबैभन्दा जरुरी हो यस्ता कूलँघार सन्तानलाई समाजले बहिष्कार गर्ने । जति नै कानुनबलियो र कठोर बनाएपनिमातापिताको मन आफ्ना छोराछोरीकालागि पग्लिहाल्छ । त्यसैले पहिलाको जमाना छोरा या छोरीले आफ्नो जातभन्दाबाहिर या तथाकथिततल्लतो जातमाबिहागर्दा उनीहरुलाई गाउँबाट निकालिन्थ्यो । उनीहरुले छोएको खान्थेनन् जुन सर्वथागलतथियो ।

तर आफ्नामातापितालाई दुव्र्यवहार गर्ने सन्तानलाई सबै आफन्त र समाजले बहिष्कार गर्ने । उनीहलाई कुनै पनिपारिवारिक उत्सव, चाडपर्व, बिहा, ब्रतबन्धअथवा सामाजिक जमघट तथा सार्वजनिककार्यक्रममानबोलाउने । बिन नबोलाएको भनेर सोधे भनितिमीहरुले आफ्नाअभिभावकसँग सन्तानको कर्तव्य पूरा गरेनौं, उनीहरुलाई आफ्नो परिवारबाट निकाल्यौ, वृद्धाश्रम पुर्यायौ त्यसैले हामीपनितिमीहरुको सामाजिक रुपमा सार्वजनिकबहिष्कार गर्दछौं ।

यदि सबैले जसको द्धरमामातापिता या कुनै पनिअशक्त वृद्ध, वद्धा हेपिएका छन् भने तीनकाआफन्त र सन्तानसँगनबोल्ने छिमेकमा छन् भने आऊजाऊनगर्ने तथाकुनै पनिक्रार्यक्रममानबोलाउने वाभागलिननदिने । 
जब सबैले ती सन्तानलाई अपराधी जस्तो व्यवहार गरेर बोल्न छोड्नेछन् वाउनीहरुसँगको सम्बन्ध तोड्नेछन् । तब तिनीहरुलाई आफ्नो गल्ति महसुस् हुनेछ । आफुले गरेको नकामप्रति लज्जावोध हुनेछ र पश्चातापगर्दै आफ्नो अभिभावकसँगमाफीमाग्नेछन् ।

आफुाई जन्मदिने अभिभावकलाई हेलागर्नु, जुन जराको आफु हागाँ र फलहो त्यही रुखको जरालाई काट्नु भनेको सबैभन्दा ठूलो सामाजिक  अपराधहो ।

आफुलाई जन्मदिने आमाको कोखलाई लत्याउने र जिम्मेवारी बोक्ने बाउको काँधलाई टोक्ने सन्तान सबैभन्दा ठूला अपराधीहुन् । आफ्ना जन्मदाताहरुसँग छोराछोरीले गर्ने निर्दयीव्यवहार र बेवास्ता सबैभन्दा घृणित अपराधहो त्यसैले यस्ता सन्तानलाई सामाजिक बहिष्कार गर्नैपर्दछ ।

 

जनकपुरधाम । प्रत्येक वर्ष आश्विन कृष्ण पक्षदेखि सुरु हुने सोह्रश्राद्ध...

जनकपुरधाम ।सडकमा रहेका खाल्डाखुल्डी र पानी जम्ने समस्याबाट छुटकाराका लागि...

राजेन्द्र यादव , जनकपुरधाम ।आन्तरिक राजस्व कार्यालय जनकपुरले गत आर्थिक...

जनकपुरधाम । जनकपुरको निजि विद्यालय मोनाष्टिक ईगलिंश बोर्डिङ्ग स्कुलद्वारा सोमवारदेखि...

जनकपुरधाम । राष्ट्रिय जनता पार्टी नेपाल धनुुषा अध्यक्ष मण्डल र...

जनकपुरधाम । झाडापखाला प्रभावित क्षेत्र महोत्तरीको जलेश्वर नगरपालिका वडा नं....

काठमाण्डु । संघिय सरकारले स्थानीय तहको अधिकार खोस्न थालेको छ...

वीरगंज । वीरगन्ज महानरपालिकाद्धारा भइरहेको निमार्णकार्य तथा बालगृहको प्रमुख प्रशासकिय...

मलंगवा । सर्लाही हरिवनका स्थानियबासीहरुले १७ वर्षिया...

चन्द्रपुर । चन्द्रपुरमा (रौतहट) एसिड आक्रमणबाट गम्भीर बनेकी रौतहट...

चन्द्रपुर । बाल विवाह विरुद्द सचेतना कार्यक्रम अर्तगत परियोजना शुरुवात,अन्तत्र्रिmया...

भद्रपुर : झापाको हल्दिबारी गाउँपालिकामा चार वर्षीया बालिका बलात्कृत...

घोडाघोडी : नुहाउने क्रममा शिवगङ्गा नदीमा डुबेर आज एक बालकको...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले...

महोत्तरी । जिल्ला भन्सार कार्यालयले भन्सार छलेर ल्याएको साढे १७...

डडेल्धुरा : शिक्षक सेवा आयोगको परीक्षाका कारण जिल्लाका धेरै...

पाल्पा : डेरी उद्योगले नेपालमा ३० हजारभन्दा बढी बेरोजगार युवालाई...

विराटनगर : मोरङको बूढीगङ्गा गाउँपालिका बाँसबारीमा रहेको ‘हाइलाइफ’ चप्पल...

विराटनगर । प्रदेश नम्बर १ को स्थायी राजधानी र नामाकरणको...

काठमाडौं । एसिड प्रहारबाट गम्भीर घाइते भएकी रौतहटको चन्द्रपुर...

माल्दिभ्स । माल्दिभ्सका विपक्षी दलका नेता इब्राहिम मोहम्मद सोलिहले राष्ट्रपति...

स्पेन । स्पेसिन लिग फुटबलको जारी सिजनमा बार्सिलोनाले पहिलो पटक...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवामा राष्ट्रिय विद्यार्थी संघले तीन...

सर्लाही । भारतको विहारमा मदिरापान बिक्रीवितरण र ओसारपसारमा प्रतिबन्ध लगाइएपछि...

गौर । प्रदेश २ का कृषि ,भूमि व्यवस्था तथा सहकारी...

जीतपुर । जीतपुरमा एउटै पसलमालगातार दुई चोटीचोरी भएपछि , प्रहरीको...

स्याङ्जा : जिल्ला कारागार स्याङ्जामा कार्यरत एक प्रहरी जवानले...

जनकपुरधाम । धनुषामा एक युवक घाँटी रेटिएको अवस्थामा फेला परेका...

पशुपतिनगर, इलाम : इलामको चुलाचुली गाउँपालिकामा कार्यरत नायब सुब्बा जगत...

बर्दिवास : महोत्तरीको सदरमुकाम जलेश्वरलाई भारतीय सीमा र धनुषाको जनकपुरसँग...

बलेवा : कुलतमा लागेका युवाका लागि सुधार गृहका रुपमा स्थापना...

इलाम : नेपाल पत्रकार महासङ्घ इलाम शाखाले पत्रकारका लागि आपत्कालीन...

काठमाडु । साउथ ह्याम्पटनलाई हराउँदै लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको...

काठमाडु । अपराध अनुसन्धानमा अब्बल मानिँदै आएको नेपाल प्रहरी पछिल्लो...

जनकपुरधाम । कमला नगरपालिकाका वडाअध्यक्षहरुले नगरप्रमुख रामउदगार गोइतलाई शनिवार ९...

भद्रपुर : खोलामा डुबेर मेचीनगर–८ सालघारीका ३६ वर्षीय शिवु...

जीतपुर : मुलुकी ऐनमा सवारी चालक सम्बन्धि गरिएको ब्यवस्थाको परिवर्तनको...

बर्दिबास : बालबालिकाले भयत्रासमुक्त वातावरणमा सुरक्षित र...

राजविराज : प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले...

वाशिङ्टन, डिसी : अमेरिकाको मेरिल्याण्ड राज्यमा भएको गोली काण्डमा...