Wed, 21 Nov 2018
ताजा समाचार
विपन्न परिवारलाई जस्तापाता वितरण || नेकपाद्वारा मलंगवामा विरोध प्रदर्शन || महोत्तरीमा भीषण डकैती || सुडी समाजमा विवाद || देवरले भाउजु कुटे, घरमा आगजनी || अध्यक्ष सिंहको दादागिरी, निर्दोष चालकलाई थुनाए || बुधबार सार्वजनिक बिदा || कृषियोग्य जमीनको करमा ८० प्रतिशत छुट || विद्यार्थीले बनाए रोबोट || सात लाखको लुटपाट, पाँच जना घाइते || सडक डिभिजनको मनपरी || रंगशाला स्थलको निरीक्षण || हत्याका अभियुक्त बाबा रामपालको पक्षमा प्रदर्शन || मन्त्री यादबद्धारा ‘दिल के बात’ विमोचन || कर अधिकृत सेवाग्राही सँग || चुनावको वाचा पुरा गर्छुः नेता यादव || अयोध्याबाट बस सेवा सुरु || ४० दिनपछि प्रदेश सभा बैठक बस्दै || अढाई अर्व बढीको जग्गा किर्ते गर्ने पक्राउ || प्रदेशको नामाकरणमा काँग्रेस भित्र विवाद || शैक्षिक महाअभियानमा जुट्न शिक्षामन्त्रीको आग्रह || बलात्कारका आरोपित पक्राउ || डोनाल्ड ट्रम्पले पत्रकार खशोग्जीको हत्याको टेप सुन्नै नसक्ने ! || थ्रीस्टार सामू ब्रिगेड ब्वाइज निरीह, पुलिस र मच्छिन्द्रको बराबरी || कोबिनि हस्पिटालटी सुरु || सभापति माथिको अविश्वासको प्रस्ताव खारेज || निःशुल्क स्वास्थ्य शिविर || सामुदायिक कृषि सहकारीको साधारणसभा सम्पन्न || योगीलाई राउतले स्वागत गर्ने, सम्मानमा भण्डारा || बलात्कारीलाई पक्राउ गर्न प्रहरी उदासिन || मुख्यमन्त्री योगी भ्रमणको तयारी प्रारम्भ || स्वास्थ्य पर्यटक भित्र्याउने तयारी || आधुनिकीकरण व्यवसायीकरणमा जोड || धनुषा प्रहरीले पीडकलाई संरक्षण दिएको आरोप || एसईई उत्कृष्ट शिक्षा २०७५ पुरस्कारबाट सम्मानित || बलेरीे वनबाट काठ चोरी || दुई जनामाथि मुद्दा दर्ता || घरेलु मदिरा बिक्रिमा महिलाको संलग्नता बढ्दो || उद्योगको लागि जग्गा निरीक्षण || आखा अस्पताल जिल्लाको धरोहर ,राज्य मंत्री यादव ||
नयाँ दल, नयाँ आवश्यकता

बैशाख १०, २०७४

 

 

किशोर नेपाल, वरिष्ठ पत्रकार

आधा दर्जन मधेश केन्द्रीत राजनीतिक दलहरुको ‘राष्ट्रिय जनता पाटी’मा रुपान्तरण राजनीतिमा सकारात्मक प्रयोग हो । नयाँ संगठनको निर्माण वर्तमानको आवश्यकता थियो । तर, जति सूक्ष्म हिसावमा यसको निर्माण भयो त्यो आश्चर्यजनक घटना थियो ।

प्रायः समान राजनीतिक आस्था र विश्वासराख्ने मानिसहरु एकैठाउँमा वस्दा उनीहरुको शक्ति खुम्चिन पाउँदैन । मानिसका ती समूहहरु स–साना दलमा परिणत हुँदा स्वाभाविक रुपमा शक्ति वाँडिन्छ । विभाजित शक्तिले राजनीतिका उच्च लक्ष्यहरु प्राप्तगर्न सक्दैन ।

पछिल्लो समयमा मधेश केन्द्रीत दलहरुको विफलताको मुख्य कारणमध्ये यो पनि एउटा थियो । राजनीतिलाई आखेटका रुपमा लिने, मौका आएका वेला एक दुइवटा मन्त्रालयहरुको शिकारगर्ने र सरकार चलाउने प्रवृत्तिका कारण मधेशका केही दलहरुको वैचारिक पहिचान स्थापित हुन सकेको थिएन । अहिले ठूला विषय उठानगर्ने दलहरु साना स्वार्थहरुमा अल्झिदा वृहत्तर स्वार्थ प्रभावितहुने कुरा मधेशका राजनीतिज्ञहरुले वुझेको देखिएको छ ।

राष्ट्रिय जनता पाटीको गठन यसैको संकेत हो ।
दलको गठनले मधेशको शक्तिलाई पक्कै पनि हिजोभन्दा वढी एकीकृत गरेको छ । पार्टीको गठन भर्खरै भएकोेले यसको संगठनको स्वरुप र संचालन प्रक्रियाको अन्तिम प्रारुप तयार हुनै वाँकी छ । अहिले अध्यक्ष मण्डलमा रहेका नेताहरुको ‘अहं’ मा आँच नआउने किसिमले संगठनको प्रारुप तयारगर्न केही समय लाग्नेछ । दलको राष्ट्रिय सम्मेलन नभएसम्म राष्ट्रिय रुपमा संगठनको विस्तार पनि सम्भव छैन ।

मधेश र पहाडका वीच खडा गरिएका विचारका जडवत अवरोधहरु तोडनु नयाँ दलको जिम्मेवारी हो । राष्ट्रिय जनता दलका सवै नेताहरु राष्ट्रिय रुपमा चिनिएका छन । अव ती नेताहरु समावेश भएको राष्ट्रिय दलको आवश्यकता र उद्देश्यको निरुपण अत्यावश्यक भएकोछ ।

हालका आन्दोलनहरुमा एउटै देखिएको तराइ–मधेशको राजनीति राष्ट्रिय जनता पाटीको निर्माणपछि स्पष्टतः दुइ धारमादेखिएको छ । उपेन्द्र यादव नेतृत्वको संघिय समाजवादी दलले जाति, जनजातिहरुलाई समेटेर अघि वढने उद्देश्य लिएको छ ।

निकट भविष्यमा पूर्व प्रधानमन्त्री तथा हाल नयाँ शक्ति पार्टीका संयोजक वावुराम भट्टराईको पार्टीसंग संघिय समाजवादी दलको एकताहुने पनि चर्चाछ । तर, संघीय समाजवादी पार्टीले जतिसुकै प्रयत्न गरेपनि मधेश राजनीतिको मुख्य धारबाट वाहिरिएर अलग राष्ट्रिय पहिचान वनाउने सम्भावना देखिदैन ।मधेशका दलहरुको संस्थागत विकासको चरण शुरु भएको छैन ।

दलको नेताको व्यक्तित्व दलीय अस्तित्वको आधार वनेको छ । पार्टीको विभाजन व्यक्तिगत स्वार्थ र भावनात्मक आधारमा हुने गरेकोले पार्टीलाई यो अवस्थाबाट मुक्तगर्न यसको विश्वसनीयता स्थापित गर्नु पर्दछ । पार्टीलाई विधि र मर्यादाभित्र वाँध्न समय लाग्दछ ।

राष्ट्रिय जनता पाटीको गठन यस्तो समयमा भएको छ जव पूरै नेपालमा मधेशी र पहाडिया जनताका वीच विभाजन ल्याउने चेष्टा भै रहेको छ । एकथरि राजनीतिक दलले मधेशलाई नेपाली राष्ट्रवादको घेरा वाहिर राखेर हेर्ने दृष्टिकोण लिएका छन ।

संविधान निर्माणका वेला प्रादेशिक सीमांकनको विवाद उत्पन्न भएपछि उठेको आन्दोलनको तूष अहिलेसम्म जोगाइएको छ । त्यो आन्दोलनका क्रममा भएको कैलाली काण्ड, त्यसपछि सल्किएको मधेश आन्दोलन, आन्दोलनकारीहरुको चर्को दमन, नाका केन्द्रित आन्दोलन, (भारतीय) नाकावन्दी लगायतका घटनाक्रमले मधेश र पहाडका वीचमा  विभाजनको जुन धर्को तान्यो त्यो नेपाली राष्ट्र र नेपाली जनताकै दुर्भाग्यका रुपमा देखियो ।

अन्ततः नेपाली जनताकोे सर्वोत्तम हितका नाममा झण्डै एक दशक लगाएर लेखिएको संविधान जारी भएको दुइ वर्षसम्म पनि कार्यान्वयन पर्खेर वसेकोछ ।
संविधान कार्यान्वयनका लागि तीन ठूला राजनीतिक दलहरुको आपसी सहमतिमा सरकारले स्थानीय तहको निर्वाचनको घोषणा गरेको छ । वैशाख ३१ गते सम्पन्नहुने भनिएको निर्वाचनको टुंगो शनिवार अपरान्ह यी पंक्तिहरु लेखिंदासम्म लागेको थिएन ।

मधेशी मोर्चा चुनावमा सहभागी हुने भए स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने प्रस्ताव सरकार चलाउने दलका नेताहरुले गरेका छन । त्यसका लागि मधेशी मोर्चाको चित्त वुझने गरी संविधानको संशोधनगर्ने तयारीमा सरकार लागेको छ ।

तर, प्रमुख प्रतिपक्षी दल एमाले संविधान संशोधनको पक्षमा कुनै कोणबाट प्रस्तुत नभएको यो अवस्थामासंशोधन हुन्छ नै भन्ने प्रत्याभूति कसैले दिन सक्दैन । यद्यपि, माओवादी केन्द्र र नेपाली कांग्रेस गठवन्धन सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा सरकार चलाउने संख्या पुर्याउन राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई उप–प्रधान र संघीय मामिला मन्त्रीका रुपमा सरकारमा समावेश गरेका छन ।

तर, थापाले सरकारका लागि कोरामिनको कामगर्न सक्छन भन्नेमा थोरै मानिस पनि विश्वासगर्न चाहँदैनन । 
मधेशका नेताहरुले सरकारको यो अप्ठेरोलाई नवुझेका छैनन । यतिवेला उनीहरु स्थानीय तहको चुनावमा सहभागी हुने हो भने सरकार मात्रै होइन, स्वयं उनीहरु पनि एकप्रकारको पीडादायक संकटबाट मुक्त हुनेछन । भर्खरै गठन भएको राष्ट्रिय जनता दल र मधेशी मोर्चाका लागि समावेशी र सहभागितापूर्ण अधिकार सहित संविधान संशोधनको एजेण्डा स्थानीय तहवाटस्वीकृत गराउनेअवसरका रुपमा चुनावलाई लिन सकिन्छ ।

मधेश भन्ने वित्तिकै भारतीय राजनीति र परिवेशसंग जोडने जसप्रकारको राष्ट्रवाद अहिले स्थापितगर्न खोजिएको छ त्यसका विरुध्द यो एउटा राम्रो जवाफ हुनेछ ।
मधेशका नेताहरुले निकै लामो समय आन्दोलनमा विताए । धेरै आरोपहरु सहे । केही नेताका अवगुणहरुका कारण आन्दोलनको प्रभाव स्थापित हुन सकेन ।

लाहानमा भएको मूल मधेश आन्दोलन संघीय गणतन्त्र स्थापनामा सफल भयो । यसपछि मधेशका नेताहरु वीच सदभाव र समन्वयको अभावमा आन्दोलनका पछिल्ला चरणहरु लगभग निष्फल भएका छन । मधेश आन्दोलन अहिले जटिल अवस्थामा पुगेको छ ।

परिवर्तित समयमा मधेशका राजनीतिज्ञहरुले ‘सहभागिता’ र आन्दोलनको दुवैधारको प्रयोग एकै साथ गर्नु उचित हुनेछ । स्थानीय चुनावमा सहभागितालाई मधेशका राजनीतिज्ञहरुले प्रतिष्ठाको विषय नवनाएर अवसरका रुपमा लिएभने यसले अहिलेको दग्धकारी राजनीतिलाई धेरै हदसम्म थेग्नेछ । यसलाई ‘नाकको सवाल’ वनाउनु उचित हुनेछैन ।

मधेश शक्तिको स्रोत हो । मधेशको सघन राजनीतिक उर्जालाई कसैले इन्कार गर्न सक्दैन । सात सालको क्रान्तिदेखि अहिलेसम्म भएका परिवर्तनका प्रत्येक कदमहरुमा मधेशको सर्वाधिक योगदान छ । नेपालका कुनैपनि राजनीतिक दलको व्यक्तित्वको निर्माणमा मधेशको सहयोग अपरिहार्य रहँदै आएको छ ।

भारतसंग मधेशको भौगोलिक र सामाजिक सामीप्यताको जतिसुकै कटु अर्थ लगाएपनि त्यसको प्रयोग सँधै देशको हितमा भएको छ । पहाड र मधेशका वीच कटुता वढाउनुमा होइन सदभाव वढाउनुमा नै नेपालको सार्वभौमगौरवान्वित हुन्छ ।
हिजो र आजको यो वास्तविकता नै  राजनीतिको यथार्थ पनि हो ।

सिरहा : कर्जन्हा नगरपालिका–६ वडा भित्रका आर्थिकरुपले विपन्न परिवारलाई...

मलंगवा । नेपाली काँग्रेसले आफ्नो कार्यकर्तालाई फसाएको भन्दै नेपाल कम्युनिष्ट...

जलेश्वर । महोत्तरी जिल्लाको सोनमा गाउँपालिकाको वडा नम्बर ३ खखनामा...

जनकपुरधाम ।सुडी समाज कल्याण समिति जनकपुरधाममा विवाद भएको छ ।समितिको...

जनकपुरधाम । धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिकाको वडा नम्बर २...

जनकपुरधाम । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शालीग्राम सिंहले...

जनकपुरधाम : मुस्लिम धर्मावलम्बीहरुको विशेष पर्वको रुपमा मनाइने मोहम्मद...

परासी : पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले कृषियोग्य जमीनमा लगाउँदै...

भद्रपुर : झापाको बिर्तामोडस्थित बाल्मिकी एजुकेसन फाउण्डेशनका विद्यार्थीले रोबोट,...

गौशाला : महोत्तरी जिल्लाको सोनमा गाउँपालिका– ३ खखनाको ३...

चन्द्रपुर : रौतहटको चन्द्रनिगाहपुर पुर्व पश्चिम राजमार्गमा चल्ने सवारीसाधनले...

जनकपुरधाम । संघीय सरकारका यूवा तथा खेलकुद मन्त्री ...

जनकपुरधाम : हत्या अभियोगमा अदालतले जन्मकैद सजाय सुनाएपछि जेल...

जनकपुरधाम : अरुणकान्तद्धारा अभिनित भिडियो गीत ‘दिल के बात’ विश्वकै...

जीतपुर : कर तिर्ने सेवाग्राहीको जिज्ञासा र समस्या बुझन ...

सिरहा । सिरहाको कर्जन्हा नगरपालिका वासी संग चुनाको वेला वाचा...

जनकपुरधाम । अयोध्याबाट नियमित रुपमा बस सेवा सञ्चालन भएको छ...

जनकपुरधाम । प्रदेश सभाको चालु अधिवेशनको बैठक ४० दिनपछि मंसिर...

जनकपुरधाम । गुठी संस्थानको नाममा रहेको साढे दुई बिघा...

जनकपुरधाम । प्रदेश २ को नामाकरणको विषयमा नेपाली काँग्रेस भित्र...

बर्दिवास : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उत्पादनमूलक...

सप्तरी : सप्तरीकी १५ वर्षीया एक बालिकालाई बलात्कार गरेको...

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियाका पत्रकार जमाल...

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा थ्रीस्टार क्लबको...

जीतपुर । कोबिनि हस्पिटालटी म्यानेजमेन्ट प्रा.लि ...

गौर । नेपाल पत्रकार महासंघ रौतहटको सभापति रविन्द्र...

जनकपुरधाम । रामजानकी विवाहमहोत्सवमा सहभागि हुन जनकपुरधाम आउन लागेका भारत...

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले बलात्कारका अभियुक्तहरुलाई पक्राउ गर्न...

जनकपुरधाम । भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका चर्चित हिन्दूवादी...

जनकपुरधाम । संघिय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका उपप्रधान...

जनकपुरधाम । माछा सुपरजोन जनकपुर धाम ,धनुषा का कार्यालय प्रमुख...

जनकपुरधाम । धनुषाका प्रहरीले पीडितलाई न्याय दिलाउनुको साट्टो पिडकलाई संरक्षण...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा नंंंंं. ६ खुटौनाको...

चन्द्रपुर । रौतहटको बलेरी ईलाका वन कार्यालयको वन क्षेत्रमा एकै...

कुलदिप दास , जनकपुरधाम । धनुषामा बोक्सीको आरोप लगाएको भन्दै...

चन्द्रपुर । रौतहटमा प्रहरीले घरेलु मदिरा उत्पादन र बिक्रि बितरणमा...

चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिकामा बिशेष आर्थिक क्षेत्र (सेज) स्थापना...

रौतहट : कार्यक्रममा प्रदेश नम्बर २ का कृषि भूमि...