Tue, 25 Sep 2018
ताजा समाचार
दास परिवारलाई तीन लाख राहत सहयोग || आजदेखि सोह्रश्राद्ध सुरु || सडक निर्माणका लागि धर्ना || राजस्व असुलीमा भारी बृद्धि || 'विद्यार्थीको वृत्ती विकास’ सम्बन्धी पाँचौ कन्भेन्सन || राजपा नेपालको बैठक ११ गते || जनकपुरका अभियानीहरु झाडापखाला प्रभावित क्षेत्रमा || स्थानीय तहको अधिकार खोसिदै || डा भूसालद्धारा मितेरीपुल र बालगृहको स्थलगत निरिक्षण || श्रीमती बनाउँछु भनेर किशोरीलाई बलात्कार गर्ने युवक पक्राउ || एसिड पीडित दासको मृत्यु || बाल विवाह विरुद्द जनचेतना कार्यक्रम सम्पन्न || बालिका बलात्कृत || नदीमा डुबेर बालकको मृत्यु || सरकारको अधिनायकवादी शैलीलाई असफल पार्नुपर्छ : देउवा || महोत्तरीमा भन्सार छलेर ल्याएको १७ लाखको सामान बरामद || शिक्षकको परीक्षाका कारण विद्यालय बन्द || डेरी उद्योगबाट तीस हजार युवालाई रोजगारी || चप्पल उद्योगमा श्रम शोषण || प्रदेशको नामांकन र राजधानीमा विवाद || एसिड प्रहारबाट घाइते युवतीको मृत्यु || माल्दिभ्सको राष्ट्रपतिमा विपक्षी दलका उम्मेदवार सोलिहलाई अग्रता || बार्सिलोना बराबरीमा रोकियो || सुचनाको माँग गर्दै राष्ट्रिय विद्यार्थी संघ रिले अनशनमा || मदिरा पिउन आउने भारतीयका कारण होहल्ला र असुरक्षा || अपांग दाजु भाईलाइ राज्य मन्त्रीले गरे सहयोग || प्रहरीका टाउँको दुखाई , लागुऔषध प्रयोगकर्ता बालकहरु || प्रहरी जवानद्वारा आत्महत्या || घाँटी रेटिएको अवस्थामा एक युवक फेला || नायब सुब्बाको दुर्घटनामा निधन || भिठ्ठामोड–जलेश्वर–जनकपुर सडक निर्माणमा ढिलाइ || प्लास्टिक घरभित्र तरकारी खेती || पत्रकार राहत कोष स्थापना || लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा || नेपाल प्रहरीको छवि धुमिल बन्दै || वडा अध्यक्षव्दारा ज्ञापन || खोलामा डुबेर एक जनाको मृत्यु || बारापर्सामा पेट्रोलियम पदार्थको अभाव || नगरस्तरमा बालबालिकाकोलागी अनिवार्य बजेट विनियोजन गरिने : || मुख्यमन्त्री राउतद्वारा राहत प्रदान ||
प्रचण्ड सफल, संशोधनबिनै संविधान कार्यान्वयन

बैशाख २०, २०७४


बृज कुमार यादव


चुनौतीपूर्ण बनेको संबिधानको कार्यान्वयन गराउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले स्थानीय निकायको चुनावमा सबै दललाई सहभागि गराउन समेत सफल भएकोछ ।प्रधानमन्त्री प्रचण्डको राजनीतिक जीवनको लामो यात्रामा सर्वाधिक सफलता प्राप्त भएको कुनै एउटा दिन मध्ये २०७४ सालको वैशाख १९ गते हुनेछ ।

संबिधान सभाबाट जारी भएको संबिधानलाई कार्यान्वयन गर्न सबैभन्दा ठूलो बाधक रहेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले संबिधानलाई अक्षरशःस्विकार्दै प्रचण्डले घोषणा गरेको चुनावमा सहर्ष सहभागिता जनाएकोछ ।मोर्चाका एउटा प्रमुख घटक संघिय समाजबादी फोरम नेपालले चुनावमा उम्मेदवारी दिएकोछ ।उसले आफनो चुनाव चिन्ह डा.बाबुराम भटटराईको नयाँ शक्तीलाइ सापटीपनि दिएकोछ ।
संबिधान संशोधनको प्रस्ताव संसदमा विचाराधिन छ ।एमाले लगायत केहि विपक्षी दलहरुको कारण संशोधन प्रस्ताव पारित हुनेमा आशंका गरिदैछ ।तर त्यस अगावै चुनावका लागि भएको उम्मेदवारी दर्तामा मोर्चाका एउटा घटक राजपा नेपाल तटस्थ देखिएपनि फोरमले उम्मेदवारी दिइसकेपछि संबिधान कार्यान्वयन भएकोछ ।हिजो सम्म संबिधान संशोधन नभए खारेजीका लागि आन्दोलन गर्ने धम्की दिने मोर्चाका नेताहरु ‘ओसिएका स्याल’जस्तो भएकाछन ।संबिधान संशोधनलाई अर्जुनदृष्टि बनाएका नेताहरु स्वयं प्रचण्डको चक्रब्युहरुमा अभिमन्यु जस्तै फँसेकाछन ।

प्रधानन्यायधिश सुशिला कार्कीमाथि महाअभियोग लगाएको कारण चौतर्फी आलोचित भइरहेका सत्तारुढ दलहरुलाई काँग्रेसका मधेशी नेता बिमलेन्द्र निधि सरकारबाट राजिनामा दिइएका छन ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपपा) सरकारबाट फिर्ता भएकोछ ।

समग्रमा सरकार पछाडि धकेलिएकोछ ।सरकारलाई अहिले मधेशी मोर्चाको सहयोग अनिवार्य भएकोछ ।यस्तो स्थितिमा मोर्चाका दुबै घटक दलहरुले सरकारमाथि दबाब बनाएर संशोधन पारित गराउनु पथ्र्यो ।तर संशोधन प्रकृयालाई थाँती राखेर सरकारलाई मोर्चाका घटकहरु काँध थापिरहेकाछन ।सरकार बनाउन आन्दोलन छाडेर संसदमा समर्थन गर्न पुगेका मोर्चालाई प्रधानमन्त्री प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवाले गरेको घातलाई मधेशी नेताहरु सहजै बिर्सेका छन ।

खारिएका नेताहरुले परिपक्व निर्णयगरि मधेशको मुद्दालाई सम्बोधन गराउने विश्वास लिएका मधेशी जनतासित सिधा रुपमा घात गरिएको छ । मोर्चाका नेताहरुले संबिधान संशोधन अगावै चुनावमा जानु उनीहरुले व्यक्त गरेको प्रतिबद्धताको बर्खिलाप हो ।

संबिधान संशोधन नभई चुनाव हुनै नदिने मधेशी मोर्चाले चुई नगरि चुनावमा सहभागिता जनाउनु मधेशी जनताको भावनासित खेलवाड गर्नुपनि हो ।मधेशी जनता अझैपनि मोर्चालाई माँग पुरा गराउन हरसंभव साथ दिन तयार छन ।तर मोर्चाका नेताहरु सत्ताको बाटोतिर गिद्धे दृष्टि लगाउन थालेकाछन ।अनिर्णयको बन्दी बनेको अवस्थामा मोर्चाले चुनावमा तटस्थ रहनुपथ्र्यो ।प्रधानमन्त्रीलाई दबाब बनाउन सक्ने प्रचुर सभावनाहरु रहेको बेला मोर्चाका नेताहरु चुकेकाछन ।

प्रधानन्यायधिशमाथि महाअभियोग लगाउनु मोर्चाका लागि धेरै चासोको विषय होइन ।लोकतन्त्रको दुहाई दिने तीन प्रमुख दलहरुले यस अघि लोकमान सिंह कार्कीमाथि पनि महाअभियोग लगाएका थिए ।त्यतीबेलापनि मोर्चाले लोकतान्त्रिक पद्धतिको पक्षमा वकालतगर्दै महाअभियोगको बिरोध गरेका थिए ।अहिलेपनि मोर्चा महाअभियोगको विषयमा आन्दोलन गर्नुपर्ने स्थिति छैन ।

महाअभियोगपछि उत्पन्न राजनीतिक तरलतालाई मोर्चाका नेताहरुले बुझन चुकेको देखिन्छ ।५० जना भन्दा बढीको सहादत भएको आन्दोलनको उपलब्धि शून्यमा फर्किएकोछ ।आन्दोलनको चर्को बिरोध गरेर एमाले खस आर्य समाजमा कथित राष्ट्रवादी बन्न थालेकोछ ।तर  घनिभूत आन्दोलनलाई झण्डै वर्ष दिन सम्म चलाउने मोर्चाका नेताहरु उपलब्धि नजिक पुगेर तल झरेका छन ।

महाअभियोगबाट उत्पन्न राजनीतिक अस्थिरताको जिम्मेबार सरकार हो ।सत्तारुढ दलहरुले गरेको हरेक अनैतिक कार्यको साक्षी मोर्चापनि बनेकोछ ।सरकारलाई बहुमत आवश्यक भएको बेला मोर्चाले काँध थापेर फेरी उसैको बिरुद्ध आन्दोलन गर्नुको उपादेयता छैन ।

महाअभियोगको मुद्दामा मोर्चा सकृय आवश्यक छैन ।सत्तारुढ दलहरुले लगाएको महाअभियोगको विषयमा मोर्चाका घटक दलहरुसित सल्लाहपनि गरिएको छैन ।महाअभियोग लगाएर सत्तारुढ गठबन्धन दलका नेताहरुले आफनो अभिष्ट पुरा गर्न खोजेको आरोप लागेकोछ ।न्यायलयमाथि गरिएको नाँगो हस्तक्षेपले लोकतान्त्रिक पद्धतीलाई सबल बनाउन सक्दैन ।संबैधानिक निकायहरुमाथि एकपछि अर्को भइरहेको आक्रमणले देसलाई गंभीर संकट तर्फ धेकेलिदैछ ।

मोर्चाले सरकारलाई काँध थाप्ने र माँग पुरा गराउने भ्रमबाट अझै अलग्गिन सकेकोछैन ।मोर्चाका नेताहरुको बिरोधको कारण वैशाख १९ गते देसभरि नै उम्मेदवारी दर्ता रोकिन सक्ने बलियो स्थिति थियो ।सरकार मोर्चाका नेताहरु अगाडी निरिह बन्न थालेका थिए ।

सरोकारै नभएको महाअभियोगको चक्रमा पर्नु मोर्चाका लागि आवश्यक थिएन ।सरकार र उसलाई समर्थन गर्ने दलहरुबीच उत्पन्न बिबादमा मोर्चाले प्रधानमन्त्रीप्रति अनपेक्षित सहानुभूति देखाउनुको तुक छैन ।मधेश आन्दोलनको गन्तव्य स्थानीय निकाय होइन ।स्थानीय निकायको चुनाव कुनै रेल जस्तोपनि हैन, हतार नगरे छुटला भने डर ।मोर्चाको पछिल्लो कृयाकलापले केपी ओलीलाई स्थापित हुन सघाउ पुग्नेछ ।मोर्चाले मात्र चहेर मधेश मुद्दाको अवसान हुँदैन ।मधेशको मुद्दालाई सुरक्षित अवतरण गराउन नसके त्यो भूसको आगो जस्तो सल्किरहनेछ ।

मोर्चाका ६ घटक दलहरु आफना झण्डा, नाम सबैलाई बिसर्जनगरि नयाँ झण्डा र नाम लिएर सशक्त रुपमा अगाडी बढदा मधेशमा सफलता मिल्ने आशाको प्रभातकालिन किरण देखिएको थियो ।मोर्चाका ६ वटा दलहरु मिलेर बनेको राजपा नेपाल र अर्को संघिय समाजबादी फोरम नेपाल दुबै तालमेलगरि तराईमा चुनाव लडदा अनपेक्षित परिणाम हासिल हुने विश्वास  बढन थालेको थियो ।

६ दलको एकिकरणबाट ठूला दलका नेताहरुपनि तराईमा सफलता पाउन कठिन हुने विश्लेषणहरु गर्न थालेका थिए ।तराईमा मोर्चाको पक्षमा काँग्रेस, एमाले, माओवादी केन्द्रका मधेशी नेताहरु निशर्त प्रवेश गर्न लागेका थिए ।मोर्चाका नेताहरुप्रति भरोसा बढन थालेको थियो ।

तर अचानक ती सबै वालुवाको घर जस्तो भत्कियो ।महाअभियोगको आँधीले सत्तारुढ दलहरुलाई धक्का दियो ।तर मधेशी मोर्चाको घर भत्कियो ।चुनावको सशक्त बिरोधगर्दै आएका मोर्चाका नेताहरु मध्येको फोरम नेपालका नेताहरु टिकट बितरण र उम्मेदवार खोज्नमा सकृय थिए ।राजपाका नेताहरु एकताको पहिलो बैठक गरिरहेका थिए ।

राजधानी काठमाण्डुमा मोर्चाका नेताहरु दुई पाटोमा विभाजित भएको दृश्यहरु समाजिक सञ्जालको भित्ताहरुलाई भद्दा बनाइरहेको देखेर जिल्लाका नेता,कार्यकर्ताहरु अनुहार छोप्न थालेका थिए ।मोर्चाका नेताहरुले सोमबार गरेको निर्णय मधेश आन्दोलनलाई बिर्सजन गर्ने अभिप्रायको थियो ।

हुनत उनीहरुले यस अघिपनि त्यस्तो प्रयास नगरेका होइनन ।तर अगाडी राखिएको दुख तातो भएर निपएको मात्र हो ।मोर्चाले चुनावको बिरोध गरेको थिएन ।तर संबिधानमा मधेशी, आदीबासी, जनजातीहरुको अधिकार सुनिश्चित नभए सम्म संबिधान कार्यान्वयनको अबरोध नहटाउनेमा दृढ देखिन्थे ।उनीहरु यसपटक आफनो दृढताबाट विचल्लित नहुने मधेशी जनताहरुको विश्वास थियो ।

मधेशी जनताले मोर्चालाई चुनावमा सशक्त रुपमा सहयोग गर्न आतुर थिए ।तर उनीहरुको अभिप्राय भनेको मधेशको मुद्दा सम्बोधन थियो ।

सुशिला कार्कीमाथिको महाअभियोग सत्तारुढ गठबन्धनका लागि वरदान सावित हुन थालेकोछ ।महाअभियोगको कारण आलोचित भइरहेको सरकारका लागि मधेशी मोर्चाको निष्कृयता र उसको घटक दलहरुको चुनावमा सहभागिताले ढाल भएर बचाउ गरेकोछ ।

सरकारले लगाएको महाअभियोग प्रस्तावको कारण प्रारम्भ भएको चुनावमा नोक्सानी भन्दा मधेशी दललाई चुनावमा सहभागि गराउँदाको लाभ बढी मिल्नेछ ।मोर्चाका नेताहरुले महाअभियोगबाट सरकारलाई हुने फैज्जत भन्दा उनीहरुको चुनावमा सहभागिताले प्रतिष्ठा बढने ठिक अनुमान लगाउन सकेनन ।

तराईका नेताहरु राजपा नेपालको रुपमा अवतरित हुँदा ठूलो शक्तिको रुपमा हेर्न थालिएको थियो ।मोर्चाले सशक्त आन्दोलन गर्न सक्ने र संबिधान संशोधन गर्न बाध्य बनाउने परिस्थिति छोटो समयमै बन्न थालेको थियो ।स्थानीय निकायको चुनाव मोर्चाका नेताहरुका लागि सफलता चढने भ¥यांग बन्दै थियो ।तर  भ¥यांगको खुडकिलो चढन छाडेर नेताहरु अरुलाई आफना काँधमा उचाल्न प्रतिष्पर्धा गर्न थाले ।


दशकौं देखि राजनीतिमा अनेक उतारचढावको प्रत्यक्ष सामना गरेका दिग्गज नेताहरुबाट मधेशी जनतालाई यस्तो अपेक्षा थिएन ।खारिएका नेताहरुले परिपक्व निर्णयगरि मधेशको मुद्दालाई सम्बोधन गराउने विश्वास लिएका मधेशी जनतासित सिधा रुपमा घात गरिएकोछ ।मोर्चाका नेताहरुले संबिधान संशोधन अगावै चुनावमा जानु उनीहरुले व्यक्त गरेको प्रतिबद्धताको बर्खिलाप हो ।

संशोधन संशोधनमा नेताहरुले लचकता अपनाउनु बुद्धिमतापूर्ण भएपनि सोझै ‘शरंणम्¥लाई दुरगामी हितकर मान्न सकिदैन ।फोरम र राजपाका नेताहरुले राजधानीमा चुनावको प्रकृया बिथोल्न आवश्यक थिएन ।उनीहरुले त्यसो गरेनन ।तर संशोधन बिना चुनावमा सहभागि हुनु आत्मघाती कार्य भन्दा राजनीतिमा फरक हुन सक्दैन ।मोर्चाका नेताहरुले उम्मेदवारी दर्तालाई २२ गते सार्न दबाब दिन सक्थे ।

त्यो संभवपनि थियो ।दलदलमा फँसेको सरकारलाई हात समातेर बाहिर निकाल्ने जोखिम मोलेका मोर्चाका नेताहरुले संसदको बैठक बस्ने २१ गते भन्दा एक दिन पछाडी उम्मेदवारी दर्ताको प्रकृयालाई सार्न दबाब बनाउन सक्ने यथेष्ट उपायहरु थियो ।

तर मोर्चाका नेताहरु कोही मतियार बने र कोही चुपचाप रहे । मोर्चा नेताहरुको भूमिका महाभारतको दानबीर कर्ण जस्तो भएकोछ ।अरुको हितलाई नै सर्वोपरि ठान्ने मोर्चाका नेताहरुलाई कर्ण जस्तै सराप परेकोछ ।आवश्यकता परेको बेला बल र बुद्धि दुबै हराउँछ ।मधेशी जनतालाई धोका दिने काम फेरी हुन थालेकोछ ।

सरकारले प्रधानन्यायधिशमाथि महाअभियोग लगाएर गरेको ‘सफ्ट कु’को दुष्प्रभावमा मोर्चाका नेताहरु परेका छन ।महाअभियोगमा मधेशी नेताहरु अलमलिनु पर्दैन ।उनीहरु आफना मित्र शक्तिहरुलाई समेत घटनाक्रमको यथार्थ चित्रणगरि त्यसको प्रभावबारे ‘बिफ्रिंग’ गर्न असफल भएका छन ।हात थापेर मात्र हुँदैन ।कसैले अरुको हितका लागि सहादत दिन चाहँदैनन ।

तर मधेशी नेताहरु सदैव अरुका हितका लागि बोका बनाइएकाछन ।आखिर  केपी ओलीको भनाई र मधेशी नेताहरुको गराईमा अब कतिको दूरी छ ।सहादत दिएका सयौं मधेशीहरुलाई सत्तामा पुग्ने सिढि सदैव बनाइरहँदा त्यसको परिणाम बढी पीडादायक हुन सक्छ ।

समय र परिवेशले मधेशमा सँधैभरि मोर्चाको आवश्यकतालाई स्विकार नगर्न सक्छ ।मोर्चा सम्बद्ध नेताहरु अग्नी परीक्षाको पहिलो खुडकिलोमा नै परास्त भएकाछन ।

यसले मधेशी जनताको ताकतलाई क्षयीकरण गरेकोछ ।दोस्रो चरणको चुनावमा मधेशमा नकारात्मक प्रभाव पर्न संभव छ ।आलोचनाको चौतर्फी आक्रमणमा परेका प्रधानमन्त्री प्रचण्ड धेरै कोणबाट सफल भएका छन ।उनको सबै भन्दा ठूलो सफलता संबिधान कार्यान्वयनको पहिलो खुडकिलो सफलता पूर्बक पार गर्नु हो ।

 

चन्द्रनिगाहपुर । तेजाब आक्रमणमा परी मृत्यु भएकी रौतहट...

जनकपुरधाम । प्रत्येक वर्ष आश्विन कृष्ण पक्षदेखि सुरु हुने सोह्रश्राद्ध...

जनकपुरधाम ।सडकमा रहेका खाल्डाखुल्डी र पानी जम्ने समस्याबाट छुटकाराका लागि...

राजेन्द्र यादव , जनकपुरधाम ।आन्तरिक राजस्व कार्यालय जनकपुरले गत आर्थिक...

जनकपुरधाम । जनकपुरको निजि विद्यालय मोनाष्टिक ईगलिंश बोर्डिङ्ग स्कुलद्वारा सोमवारदेखि...

जनकपुरधाम । राष्ट्रिय जनता पार्टी नेपाल धनुुषा अध्यक्ष मण्डल र...

जनकपुरधाम । झाडापखाला प्रभावित क्षेत्र महोत्तरीको जलेश्वर नगरपालिका वडा नं....

काठमाण्डु । संघिय सरकारले स्थानीय तहको अधिकार खोस्न थालेको छ...

वीरगंज । वीरगन्ज महानरपालिकाद्धारा भइरहेको निमार्णकार्य तथा बालगृहको प्रमुख प्रशासकिय...

मलंगवा । सर्लाही हरिवनका स्थानियबासीहरुले १७ वर्षिया...

चन्द्रपुर । चन्द्रपुरमा (रौतहट) एसिड आक्रमणबाट गम्भीर बनेकी रौतहट...

चन्द्रपुर । बाल विवाह विरुद्द सचेतना कार्यक्रम अर्तगत परियोजना शुरुवात,अन्तत्र्रिmया...

भद्रपुर : झापाको हल्दिबारी गाउँपालिकामा चार वर्षीया बालिका बलात्कृत...

घोडाघोडी : नुहाउने क्रममा शिवगङ्गा नदीमा डुबेर आज एक बालकको...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले...

महोत्तरी । जिल्ला भन्सार कार्यालयले भन्सार छलेर ल्याएको साढे १७...

डडेल्धुरा : शिक्षक सेवा आयोगको परीक्षाका कारण जिल्लाका धेरै...

पाल्पा : डेरी उद्योगले नेपालमा ३० हजारभन्दा बढी बेरोजगार युवालाई...

विराटनगर : मोरङको बूढीगङ्गा गाउँपालिका बाँसबारीमा रहेको ‘हाइलाइफ’ चप्पल...

विराटनगर । प्रदेश नम्बर १ को स्थायी राजधानी र नामाकरणको...

काठमाडौं । एसिड प्रहारबाट गम्भीर घाइते भएकी रौतहटको चन्द्रपुर...

माल्दिभ्स । माल्दिभ्सका विपक्षी दलका नेता इब्राहिम मोहम्मद सोलिहले राष्ट्रपति...

स्पेन । स्पेसिन लिग फुटबलको जारी सिजनमा बार्सिलोनाले पहिलो पटक...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवामा राष्ट्रिय विद्यार्थी संघले तीन...

सर्लाही । भारतको विहारमा मदिरापान बिक्रीवितरण र ओसारपसारमा प्रतिबन्ध लगाइएपछि...

गौर । प्रदेश २ का कृषि ,भूमि व्यवस्था तथा सहकारी...

जीतपुर । जीतपुरमा एउटै पसलमालगातार दुई चोटीचोरी भएपछि , प्रहरीको...

स्याङ्जा : जिल्ला कारागार स्याङ्जामा कार्यरत एक प्रहरी जवानले...

जनकपुरधाम । धनुषामा एक युवक घाँटी रेटिएको अवस्थामा फेला परेका...

पशुपतिनगर, इलाम : इलामको चुलाचुली गाउँपालिकामा कार्यरत नायब सुब्बा जगत...

बर्दिवास : महोत्तरीको सदरमुकाम जलेश्वरलाई भारतीय सीमा र धनुषाको जनकपुरसँग...

बलेवा : कुलतमा लागेका युवाका लागि सुधार गृहका रुपमा स्थापना...

इलाम : नेपाल पत्रकार महासङ्घ इलाम शाखाले पत्रकारका लागि आपत्कालीन...

काठमाडु । साउथ ह्याम्पटनलाई हराउँदै लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको...

काठमाडु । अपराध अनुसन्धानमा अब्बल मानिँदै आएको नेपाल प्रहरी पछिल्लो...

जनकपुरधाम । कमला नगरपालिकाका वडाअध्यक्षहरुले नगरप्रमुख रामउदगार गोइतलाई शनिवार ९...

भद्रपुर : खोलामा डुबेर मेचीनगर–८ सालघारीका ३६ वर्षीय शिवु...

जीतपुर : मुलुकी ऐनमा सवारी चालक सम्बन्धि गरिएको ब्यवस्थाको परिवर्तनको...

बर्दिबास : बालबालिकाले भयत्रासमुक्त वातावरणमा सुरक्षित र...

राजविराज : प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले...