Tue, 13 Nov 2018
ताजा समाचार
सूर्यदेवको आराधना गरी छठपर्व मनाइँदै, यस्तो छ व्रतविधि || बरियारपट्टीको सरकारी अस्पतालमा औषधिको अभाव || छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा || छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै || छठको तयारी अन्तिम चरणमा || विपन्न परिवारलाई वडाअध्यक्षको सहयोग || सरकार संघीय शिक्षा ल्याउने तयारीमा || शिक्षामा फड्को मार्दै प्रदेश || गरीब तथा विपन्नलाई छठ पूजाका लागि सामाग्री वितरण || छठ प्रारम्भ, आज खरना || भोजको निहुँमा युवतीमाथि सामूहिक बलात्कार || केन्द्र, प्रदेश र स्थानीय तहबीच विदा प्रतिष्पर्धा || साँसद रौनियार योजना तर्जुमामा || प्रदेश २ ले खेलमैत्री नीति बनाईने || लागूऔषधसहित एक पक्राउ || नालामा मासु बेच्दा छठ व्रतालुलाई सकस || सुरू भयाे काठमाडौं–जनकपुर पर्यटकीय बस सेवा || गलत सूचना दिने पक्राउ || छठका लागि बाँसको सामग्री बनाउन व्यस्त मरिक समुदाय || विष्फोटक पदार्थ नष्ट || राजपुत क्षेत्रिय समाज नेपालको नवनिर्मित भवनको समुदघाटन सम्पन्न || तिहारमा रु ५० लाखको फूलमालाको कारोबार || रेडियो नेपालका पूर्व सम्पादक मास्केको निधन || सामुदायिक विद्यालयलाई सहयोग || पाँच घर जलेर नष्ट || राति १० बजेपछि देउसी भैलो खेल्न रोक || मनाइयो कुकुर तिहार || महिन्द्रा ब्रान्डका गाडिहरुको मेगा डेलिभरी कार्यक्रम || सेतो ब्राउन सहित महिला पक्राउ || विद्यापति स्मृति त्रिद्विवसीय || नगरपालिकाको मोबाइल एप्स || आगलागीबाट एकको मृत्यु || चोरीका सामान सहित ३ पक्राउ || सामुदायिक प्रहरी साझेदारीको संरचना गठन || जानकी मन्दिरको लागि पौने ८ करोड दिने || काँग्रेसको आन्दोलन स्थगन || लागुऔषध सहित २ पक्राउ || गाडी खरिदमा व्यापक कमिसन || जनकपुरमा दुई भारतीय नागरिक मृत फेला || चीनमा ट्रकको ठक्करबाट १५ जनाको मृत्यु, ४४ घाइते ||
महानर्कपालिका

जेठ ११, २०७४

 


भर्खर महानर्कपालिका घोषणा भएको वीरगञ्जभन्सारले सबैभन्दा बढी राजस्व संकलनगर्दछ । तर बत्तीमूनि अध्ँयारो भने जस्तै त्यहीभन्सार वरिपरिका सडक खाल्डा, खुल्डी परेका र जिर्ण छन् । राजमार्गमा पर्ने यो भन्सार कार्यालयलाई आफ्नो अवस्थितिले आफैलाई लाजलागिरहेको होला? तर सरकार चलाउने जिम्मा लिएकाहरुलाई लाजभएपो लाग्नु ? कुनै बेला लालू प्रसाद यादवले आफु बिहारको मुख्यमन्त्रीबनेमा पटनाको सडकलाई फिल्मअभिनेत्री हेमामालिनीको गाला जस्तो बनाइदिने भनेकाथिए । हेमामालिनी त अब बुढी भैसकिन् । पटनाको सडक अहिले कुनअभिनेत्रीको गाला जस्तो थाहा छैन ।


अब छिट्टै यो देशमहानर्कमा परिणत हुंदैछ । त्यसैले मरेको साग्ँलोलाई ज्यूँदो कमिलाले तानेर पर पुर्याए जस्तै सरकार नामककमिलाले मरेका साँगला जस्ता फोहर र दूर्गन्धितशहरहरुलाई नर्कपालिका र उपमहानकपालिर्काबाट सोझै महानर्कपालिका घोषणा गर्ने महानकाम गरेको छ ।

त्यो पनिमधेशमानिर्वाचनहुनु केही अगाडि यहाँका केहीशहरलाई महानर्कपालिका घोषणा गरेर हर ऐरा, गैरालाई निर्वाचनमाउम्मेदवारी दिनहौस्याएको छ । अबभर्खर घोषणा भएकाशहरहरुको महानर्क पतिअर्थात मेयर बन्ने रहर त सबैलाई हुन्छ नै ।

त्यसैले हामी सबैलाई यीनयाँनवेलामहानर्कको वासिन्दाभएकोमाबधाई तथा स्वागत छ । मेट्रो सिटी को नागरिक हुनुको शाननै बेग्लै हुन्छ क्या । हिजोसम्मप्रजा र जनताहामीआजमहानर्ककावासिन्दा भएपछि सिंढी उक्लिएर नागरिक भएका छौं ।

त्यस्तानागरिक जो केहीगर्दैनन् मात्रगनगन गर्छन् जो म अहिले गर्दैछु । सरकारले कति सजिलैसितमहानर्कपालिका घोषणा गर्यो कियीनर्कमा बस्ने मच्छर, झिँगा, उपिँया र उडुसहरु जुर्मुराएर उठिसके हामीअयोग्यनागरिकको रगतचुस्न ।

अबनर्कपालिकामा यिनैको ढलिमली चल्ने त हो नि । नर्क पालिकामापदोन्नति भएपछि यहाँकाहामी जस्ता नागरिकले बढेको करलाई आँसु र रगतको मूल्यमातिर्नै पर्दछ । अचम्मलागिरहेछ महानर्कपालिकाबन्दैमायहाँकावासिन्दाको चुरीफुरी बढेको  देख्दा? नर्कपालिका घोषणा भएकाशहरहरुमा न एउटा राम्रो ढल निकासको व्यवस्था छ ।

बर्खा याममा सडक र नदी छु्याउनगार्हो हुने गरी सर्वत्र जलमग्न हुन्छ । त्योबेलामहानर्कपालिकाका मच्छर जस्ता कर्मचारीहरु त्यहीपानीमा लुकेर बस्छन् । महानर्कपालिकाकाभित्री सडक र गल्लीहरु कुनै वयोवृद्धको गाला जस्तो चाउरी परेको र रुखो छ ।

प्रसव वेदनाले पीडित कुनै महिलालाई यही सडक भएर अस्पताल लग्नुपर्यो भने तिनले बाटोमै बच्चाजन्माउने छिन् । लोडसेडिगँ यिनै महानर्कपालिकामाचर्को छ । यहाँतमसो मा ज्योतिर्गमय हैन कि ज्योतिर्मा तमसोमय भैरहेको छ ।

तर कुनै कूलमानको आँखामालागेको उज्यालोको पट्टी खुल्दैन । देशको राजधानीमालोडसेडिगँ हटाए या कम गरे भनेर त्यहाँकानागरिक र मीडियाले कूलमानलाई कूल देउताबनाएर पूजा गरेका छन् । तिनै कूलमानयीभर्खर महानर्कपालिका घोषणा गरिएको शहरमाआएभने उनलाई उज्यालोको शत्रु मानेर डण्डाले आरतीउतार्नेछन् यहाँकानागरिकले । गर्नै पर्ने कामगर्दा पनि एक जनाकर्मचारीको देवत्वकरण गरिदैंछ ।

भर्खर महानर्कपालिका घोषणा भएको वीरगञ्जभन्सारले सबैभन्दा बढी राजस्व संकलनगर्दछ । तर बत्तीमूनिअध्ँयारो भने जस्तै त्यहीभन्सार वरिपरिका सडक खाल्डा, खुल्डी परेका र जिर्ण छन् ।

राजमार्गमा पर्ने यो भन्सार कार्यालयलाई आफ्नो अवस्थितिले आफैलाई लाजलागिरहेको होला? तर सरकार चलाउने जिम्मालिएकाहरुलाई लाजभएपो लाग्नु ?कुनै बेलालालूप्रसादयादवले आफु बिहारको मुख्यमन्त्रीबनेमा पटनाको सडकलाई फिल्मअभिनेत्री हेमामालिनीको गाला जस्तो बनाइदिने भनेकाथिए ।

हेमामालिनी त अब बुढी भैसकिन् । पटनाको सडक अहिले कुनअभिनेत्रीको गाला जस्तो थाहा छैन । तर हाम्रो दूर्भाग्यहाम्रो नर्कपालिकाका सडकहरु तिनै बुढी हेमामालिनीको गाला जस्तो पनि छैन । बढी तेल खाएर ढुल्किदैं भएपनि साना, ठूला सवारी साधनहरु यी खाल्डो जस्ता सडकमा चलेकै छन् ।

अनिकिनबनाउनु सडक बेकारमा?त्यो अलकत्रा बिछाउने पैसा आफ्नै घरमा बिछाउछन् सडक विभागकाकर्मचारीले । वीरगञ्जभन्सारमा संकलनहुने राजस्वमा सडक मर्मत सम्भार शिर्षकमा करोडौं रुपैंया उठछ तर त्यो उठेर फेरि कहाँ सुत्छ थाहा छैन कसैलाई ?

विकासको पहिलो शर्त नै सडक र बिजुीहो । तर हाम्रो देशमायीदुबै डायनासोर जस्तै भैसकेकाछन् । अनिकुनआधारमा सरकार बिनापूर्व तयारी वापूर्वाधार निर्माण नगरेर महानर्कपालिका घोषणा गर्दछ ? सरकारले आफ्नाकार्यकर्ता र हनुमानहरुलाई खाने मेसो बनाइदिएको मात्रहो महानर्क घोषणा गरेर ।

आखिरमायीकार्यकर्ताहरुको स्वभाव मच्छर जस्तै अरुको रगतचुस्ने नै छ क्यार ? न यीमहानर्कपालिका घोषणा गरिएकाशहरमा कुै राम्रो अस्पताल छ, न स्तरीय विद्यालय नै छ ।

एउटा सिनेमाहलसम्मअहिलेको जस्तो अत्याधुनिकपाराको छैन । तर सरकार छिमेकी देशको गाउँ, कस्बा र सानो नगर जस्तो ठाउँलाई महानर्कपालिकाबनाएर ठूलै उपद्रव गरेको भन्ठानिरहेछ । यीनर्कपालिकामा बस्ने गरीब नागरिकलाई करको बोझले कुप्रयाएर छिट्टै परमधामपुर्याउने मेलो मात्रहो यो ।


वाराको जीतपुर जस्तो गाउँलाई हाम्रो बुद्धिमान सरकारले उपमहानर्कपालिका घोषणा गरिसकेको छ । जितपुरको बीचमा पर्ने राजमार्गमाअवस्थित केही ठूला उद्योगहरु भन्दाबाहेक यहाँत्यस्तो के छ जसलेगर्दा जितपुरलाई महानर्कपालिका घोषणा गरियो । गढीमाई देवीको मन्दिर भएको गाउँलाई पनि सरकारले नर्कपालिका घोषणा गरिदियो ।

जहाँ एउटा ढगँको पूजा सामानको पसल छैन त्यो ठाउँलाई नर्कपालिका घोषणा गरिदिने सरकारको बुद्धि हेरेर रुनु किहाँस्नु ?कुनै दिन सरकारले भागँखाएर यो देशलाई चन्द्रमा या चन्द्रलोक घोषणा गरिदिन बेर छैन । त्यो बेला के यहाँकानागरिकले आफुलाई चन्द्रलोकको वासिन्दाभनेर गर्व गर्ने वामक्ख पर्ने कि? देश कै राजधानीधूवाँ र धूलोले पीडित छ ।

त्यहाँकाअधिकाशँनागरिक न्यूमोनिया र ब्रोकाँइटिस् रोगले ग्रसित छन् । के वीरगञ्ज र विराटनगरलाईपनिमहानर्कपालिका घोषणा गरेर राजधानी जस्तै रोगीहरुको शहर बनाउनखोजेको हो ?
हैन भने निर्वाचननसकिकनै वा सबै ठाउँको मत परिणाम नआउँदै महानर्कपालिका घोषणा गर्न सरकारलाई किनहतार पर्यो ?निर्वाचनअवधिभर कसैको सरुवा, बढुवा वाअन्य राजनैतिक निर्णय गर्न पाइन्दैन ।

तर यहीअवधिमा यो निम्छरो सरकारले तराईकादुईटा शहरलाई महानर्कपालिका घोषणा गरेको छ । त्यतिमात्रहो र दोस्रो चरणको निर्वाचननसकिन्दै प्रधानमन्त्री प्रचण्ड आफैले राजिनामापनिदिदैंछन् । हामीबच्चाहुंदा साउनमहिनामाझुलनलाग्थ्यो ।

अहिले सरकार आफैले जेठ महिनामाझुलन देखाउँदैछ । महानर्कपालिका घोषणा गर्न सरकारको हडबडी देखेर मधेशमाभोजपुरीमाबोलिने हडबडी के ब्याह कनपट्टी में सेनूर भन्ने कहावतलाई सम्झाइ रहेको छ । यति हडबडी किन?

महानर्कपालिका घोषणा भएपछि जमिनको भाउ बढने र जग्गाको दलालीगर्नेहरु बाहेक अरु कसैलाई केहीफाइदाहुन्न । महानर्कपालिकाबनेपनिजमिनकिनबेच गर्दा लाग्ने शुल्क बढनेछ । घर बनाउँदानक्शापास गर्नमालाग्ने पैसाले गाउँमा एउटा अर्को घर नै बन्न सक्दछ ।

महानर्ककावासिन्दाहरुले उपभोग गर्ने हरेक सेवा सुविधामा सरकारले चर्को शुल्कअसुल्ने छ । त्योबेलाअहिले आफ्नो महानर्कपालिकाबनेकोमावाह, वाहगर्नेहरु हाय, हायगर्दै सरकारलाई सराप्नेछन् । जुनशहरमा बाटोमा हिंडने बटुवाकालागि सडकपेटी छैन, जहाँ सार्वजनिकशौचालय छैन, अरु देशकानागरिकले आफ्नो खाजाको पैसा बचाएर बनाइदिएको घण्टाघरको उचितमर्मत, सम्भार छैन । यहाँको घडी संधै जसो बन्द रहेर शहरको विकासको मुख नै बन्द रहेको संकेत गर्दछ त्यो शहरलाई महानर्कपालिकाबनाउँदैमायहाँकानागरिकले खुशीहुनु पर्ने कुनै कारण छैन ।

अझ यो शहरको पतनको संकेत हो । अन्य देशको सरकारले आफुलाई जनताको सेवा सुविधामामात्र केन्द्रितगर्दछ । सरकारले निशुल्क स्कूल, कलेज र अस्पताल संचालन गरेर आफ्नानागरिकलाई गुणस्तरीय शिक्षा र स्वास्थ्यउपलब्ध गराउँदछ ।

तर हाम्रो देशको सरकार जनसरोकारसँग जोडिएको शिक्षा र स्वास्थ्यनीजि क्षेत्रलाई चलाउनदिएर आफु उद्योग खोल्छ र व्यापार गर्दछ । त्यहीभएर त सरकारले आफै संसदबाट अनुमतिनलिएरै २ अर्ब रुपैंयाको एलइडी बल्बभारतबाट आयात गरेर बेच्ने मनसाय देखाएको छ । आफै धामी, आफै झाँक्री जस्तो सरकार क्रेता र विक्रेतादुबै आफै बनेको छ ।

जनताको मतबाट निर्वाचितभएको सरकार, जनताले तिरेको करबाट चल्ने सरकार सेवक हैन व्यापारी र मालिक भएपछि कुै पनिशहरलाई कुनै पूर्वाधार निर्माण नगरेरै महानर्कपालिका घोषण गरिदिन्छ र हामी त्यस महानर्कपालिकाकावासिन्दाहुनपाएकोमाआफुलाई धन्य ठान्दै ङिच्चदाँत देखाउँदै सरकारलाई धन्यवाद दिन्छौं गौरवान्वित हुन्छौं । 

जनकपुरधाम : छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो...

सिरहा । बरियारपट्टी गाउँपालिकामा रहेका सरकारी अस्पतालमा औषधिको अभाव भएपछि...

छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा ...

छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै...

अनिल कुशवाहा , महेन्द्रनगर (धनुषा) । ...

जीतपुर । दलित, गरिब तथा बिपन्न बर्गहरुलाई छठ मनाउनकोे लागि...

कुलदिप दास ( प्रेम ) , जनकपुरधाम : जनकपुरधाम...

जनकपुरधाम । छठ पर्व आईतवारबाट विधिवत प्रारम्भ भएको छ ।छठको...

लहान । सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँ पालिका–२ की एक...

वीरगञ्ज । देशभरी नै लोकप्रिय बन्न थालेको छठ पर्वको अवसरमा...

वीरगञ्ज । पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि...

जीतपुर (सिमरा) ।बाराको जीतपुरसिमरा उपमहानगरपालिका बासीहरु ...

जनकपुरधाम : दीपज्योती टुर्स एण्ड ट्राभल प्रालिले पहिलोपटक काठमाडौंबाट पर्यटकीय...

बाजुरा : १०० नं मा फोन गरेर गलत सूचना...

इनरुवा : छठ पर्व शुरु भएसँगै सुनसरीका मरिक समुदायलाई अहिले...

सिरहा । सिरहाको औरही गाउँपालिकाका सशस्त्र वेश क्याम्पमा वाडा नम्बर...

राजपुत क्षेत्रिय समाज नेपालको नवनिर्मित भवनको समुदघाटन सम्पन्न ...

जनकपुर : यस वर्ष तिहारमा जनकपुरमा रु ५० लाख...

काठमाडौँ : रेडियो नेपालका पूर्व समाचार सम्पादक तथा प्रसारक...

लेखनाथ : कास्कीको पोखरा महानगरपालिका–३१ बेगनासस्थित आनन्दज्योति माविमा विद्यार्थीसँगै...

कृष्णनगर : कपिलवस्तुको शिवराज नगरपालिका–१० इस्लामनगरस्थित तिहारका लागि बालेको...

काठमाडौँ, : जिल्ला प्रशासन कार्यालय काठमाडौँले राति १० बजेभन्दा...

काठमाडौँ : यमपञ्चकको दोस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा...

जनकपुरधाम । नेपालको लागी महिन्द्रा गाडिको आधिकारीक बिक्रेता ...

गोलबजार , सिरहा : लागूऔषध सेतो ब्राउन ...

जनकपुरधाम : जनकपुरमा विद्यापति ट्रस्टले त्रिद्विवसीय विद्यापति स्मृति पर्व...

लमजुङ : बेंसीशहर नगरपालिकाले ‘बेंसीशहर नगरपालिका’ नामक मोबाइल एप्स...

मेलम्ची : सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पालगाउँपालिका–५ गुन्सामा गए राति १...

चन्द्रपुर । रौतहटको चन्द्रनिगाहपुरमा रहेको चा“द अफसेट प्रेसबाट समान चार्ने...

सिरहा । सिरहाको बरियारपट्टी ईलाका प्रहरी कार्यालय परिसरमा गाउँपालिका स्तरिए...

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले...

मलंगवा । सर्लाहीको रामनगर गोली काण्ड पछि आन्दोलित बनेका नेपाली...

बर्दिवास । जनकपुरधामबाट काठमाण्डु तर्फ जाने नेपाल माईक्रोको चेकजाँच गर्ने...

गाडी खरिदमा मेयर साह नजिकका केहि कर्मचारी र उनको प्रत्यक्ष...

जनकपुरधाम : जनकपुरमा आईतवार दुई भारतीय नागरिक मृत अवस्थामा...

बेइजिङ । ट्रक चालकले नियन्त्रण गुमाएपछि ट्रकले ठक्कर दिएर चीनको...