ताजा समाचार
जनकपुरमा एक महिलाको रहस्यमय मृत्यु || ट्र्याक्टरको ठक्करले मोटरसाइकल चालकको मृत्यु, १५ जना घाइते || धनुषामा आगलागी हुँदा ७ लाख बढीको क्षति || रामकलेवासँगै साताव्यापी विवाहमहोत्सव सम्पन्न || चुनाव बिथोल्ने गोईतको धम्की || वाम गठबन्धनको कार्यालयमा विष्फोट, फोरमको गाडीमा बम || आजदेखि अन्तराष्ट्रिय मैथिली सम्मेलन सुरु || मधेशी दललाई समानुपातिक मत बढी आउने || विवाह भए लगत्तै जीप दुर्घटना, ‘नवजोडी’सहित ७ जनाको मृत्यु || मतदान केन्द्र नजिकै राखिएको बम निष्क्रिय गरियो || गाडीहरु आज राती १२ बजे अघि नै गन्तब्यमा पुग्नुपर्ने, भोली || कांग्रेस नेता निधिलाई ‘निमोनिया’ || लोकतन्त्रमा मात्र आर्थिक विकास हुन्छः उद्योगपति चौधरी || जर्जियाको एक होटेलमा आगलागी हुँदा ११ जनाको मृत्यु || सबै कर्मचारी चुनावमा खटिएपछि स्वास्थ्य सेवा प्रभावित || नवलपुरमा कांग्रेस उम्मेदवारको जीपलाई लक्षित गरी बम प्रहार || जर्वजस्ती करणी गरेको अभियोगमा बालक पक्राउ || लियोनल मेस्सीले जिते गोल्डेन-सू अवार्ड || यस्ता थिए, जनवादी गायक पाख्रिन || निधिलाई भेटेर भारतीय राजदूतले गरे स्वास्थ्य लाभको कामना || मोहत्सवमा दुई दर्जन पाकेटमार पक्राउ || निधी र महतो विकासभन्दा परिवारबादमा : नेता यादव || रामजानकी विवाह महोत्सव सम्पन्न || मतपत्र आज आउने || फोरम–राजपा प्यानलै विजयी || मधेश आन्दोलनका सहिद परिवारलाई ‘५० लाख’ || कर सप्ताह सम्पन्न, करको दायरा बढाउन सुझाव || धनकुटाका किसानलाई अझै छोएन निर्वाचनले || जिम्बावेमा नयाँ राष्ट्रपतिको शपथ आज, मुगावे पनि सहभागी हुने || दिनमा ३ कप कफी स्वास्थ्यको लागि फाइदाजनक : अध्ययन || धनकुटामा विस्फोट, पैदलयात्री घाइते || श्रीमतीको घाँटी रेटेर हत्या गरी फरार भएका पति पक्राउ || धादिङ र नवलपरासीमा बम फेला || मलेसियालाई नेपाली महिला क्रिकेट टोलीले दियो १०९ रनको लक्ष्य || एनसेलले आयोजना गर्‍यो ‘डिजिटल ज्याम’ || नयाँ रणनीतिका साथ सुरक्षा सर्तकता बढाउँदै प्रहरी || निःशुल्क भोजनको व्यवस्था || मटकोर सम्पन्न || वाम उम्मेदवार यादवको लोहनामा जोडदार स्वागत || मधेश विरोधीलाई ब्यालेटबाट जवाफ दिने अवसर : कार्की ||
जनकपुर टुडे : वार्षिकोत्सवको सन्देश

जेठ १२, २०७४


धर्मेन्द्र झा 


देशको प्रधानमन्त्री राजधानीबाहिरको मिडियाको कार्यक्रममा प्रायःजाँदैनन् । सहभागी हुँदैनन । सहभागी भइहालेछन् भने त्यसलाई अपवाद मात्र मान्न सकिन्छ । तर प्रधानमन्त्री प्रचण्ड जनकपुर टुडेको वार्षिकोत्सवमा प्रमुख अतिथिका रुपमा सहभागीभए । प्रश्न उठ्छ, किन? के प्रधानमन्त्री एउटा मिडियाको कार्यक्रममा सहभागी हुन मात्र जनकपुर पुगेका हुन त ?उत्तर सहज छ, शायद होइन । प्रधानमन्त्री प्रचण्ड राजधानीमापनि यस्ता कार्यक्रममा देखा पर्दैनन् । उनीमात्र होइन उनी सम्बद्ध दलको प्रतिनिधित्वगर्ने मन्त्रीहरु पनि सार्वजनिक समारोहहरुमा खासै देखिदैनन् । 


जनकपुरका गतिविधिहरु यहाँसम्म मात्र सीमित रहँदैनन् । प्राचीनकालमा  यहाँका कतिपय गतिविधिहरु कालजयी महत्वका थिए नै पछिल्लो आधुनिक समयमापनि यस भूमीको महत्व  उत्तिकै रहँदै आएको छ ।

विगतमा ज्ञान केन्द्रका रुपमा चर्चित यो विदेह भूमी पछिल्लो समयमापनि नेपालको राजनीतिक, सामाजिक र शैक्षणिक आन्दोलनका दृष्टिले अत्यन्त उर्वर मानिदै आएको छ र यो एक हदसम्म सत्य पनि हो ।

 राणा शासनविरुद्धको आन्दोलनदेखि हालसम्मको प्रत्येक लोकतान्त्रिक र जनअधिकार वहालीको आन्दोलनमा जनकपुरको उत्कृष्ट सहभागिता रहँदै आएको छ । चाहे त्यो सात सालको क्रान्तिहोस, चाहे १७ सालको तात्कालीन राजा महेन्द्रले गरेको कू विरुद्धको आन्दोलन, अथवा त्यसपछि कांग्रेसको नेतृत्वमा सम्पन्न सशस्त्र वा शान्तिपूर्ण आन्दोलन होस, अथवा ३६ सालको विद्यार्थी आन्दोलन वा ४२ सालको सत्याग्रह  होस, अथवा ४६ सालको आन्दोलन वा ६२/६३ को दोस्रो जन आन्दोलन वा ६३/६४ पछिको लगातारको तीनवटा मधेश आन्दोलन होस जनकपुरको भूमिका सदासर्वदा महत्वपूर्ण मात्र होइन निर्णायक रहँदै आएको छ । तर प्रश्न उठ्छ, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमानिकै महत्वपूर्ण ठहरिएका गतिविधिहरु स्वयं जनकपुरका लागि कति महत्वपूर्ण हुन सके ? 


 यस्ता कालजयी घट्नाक्रमको  उपयोग जनकपुरले आफ्ना पक्षमाकति र कसरी गर्न सक्यो ?उत्तर निश्चयपनि सन्तोषजनक छैन । यतिहुँदाहुँदै पनि यिनै घटनाक्रमका बीचबाट                                           सन्तोषका केही आयामको                          खोजी आवश्यक छ ।  

पछिल्लो समयमा राष्ट्रिय स्तरमा यस्तै एक महत्वपूर्ण                  सन्देश प्रवाहकोे माध्यम  बन्न सक्ने आयोजनको साक्षी बनेको छ, जनकपुर । सन्दर्भ हो, जनकपुरबाट प्रकाशितहुने पहिलो ठूलो आकारको दैनिक जनकपुर टुडेको १८औं वार्षिकोत्सव । यही जेठ ७गते जनकपुर टुडेले भव्यरुपमा आयोजन गरेको वार्षिकोत्सव धेरै कारणले महतवपूर्ण रह्यो र यस आयोजनले देशको थुप्रै वृत्तमा थुप्रैथरी सन्देश प्रवाहगर्न सफलता प्राप्त गर्यो । 

प्रचारको सन्देश :
प्रायःजसो मिडियाले आफ्ना वार्षिकोत्सव लगायतका कार्यक्रममा     देशका ठूला नेता र ठूला पदमा आसीन व्यक्तिलाई आमन्त्रण गर्छन् । यो कुरा नौलो होइन ।  एक उद्देश्य हुन्छ, प्रचारमाआउने । यस्ता व्यक्तित्वको उपस्थितिमा मिडिया स्वयं समाचारको पात्रबन्ने सम्भावना हुन्छ र यस्ता समाचारले प्रायःप्रचारको लक्ष्य प्राप्त गर्दछन् ।

यस्ता व्यक्तित्वपनि यस्ता कार्यक्रममाप्रायः सहभागी हुन्छन् । प्रचारको लोभ तिनमापनि हुन्छ । आफ्ना गतिविधि र अभिव्यक्तिबाट प्रचारमा आउन नसकेका यस्ता व्यक्तित्वका लागि मिडियाका यस्ता कार्यक्रम तिनको प्रचारको अन्तर्यलार्य साम्यपार्ने एक सशक्त माध्यम बन्न पुग्दछन् । 

कुनै न कुने रुपमा जनकपुर टुडेको यो आयोजनले अव्यक्तरुपमै भएपनि यो सन्देश दिएको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संघीय समाजवादीफोरमका नेता उपेन्द्र यादवको वार्षिकोत्सवका अवसरमा उपस्थितिले माथिउल्लेख गरिएको सन्देशतर्फ सोच्न बाध्यपार्दछ । 


अपनत्व प्रदर्शनको सन्देश :
 यस वार्षिकोत्सवको सन्देश यतिमा मात्र सीमित छैन । अहिलेसम्म अनुभवगरिएको कुरा हो, माथिउल्लेख गरिएझै ठूला नेता तथा व्यक्तित्व यस्ता कार्यक्रममा धेरैजसो राजधानी र आसपासका क्षेत्रमामात्र सीमित हुन्छन् । 

तर यो वार्षकोत्सवका सन्दर्भमा यो निरन्तरता भंगभएको पाइएको छ । देशको प्रधानमन्त्री राजधानीबाहिरको मिडियाको कार्यक्रममाप्रायःजाँदैनन् । सहभागी हुँदैनन ।

सहभागीभइहालेछन् भने त्यसलाई अपवादमात्र मान्न सकिन्छ । तर प्रधानमन्त्री प्रचण्ड जनकपुर टुडेको वार्षिकोत्सवमा प्रमुखअतिथिका रुपमा सहभागी भए । प्रश्न उठ्छ, किन? के प्रधानमन्त्री एउटा मिडियाको कार्यक्रममा सहभागी हुन मात्र जनकपुर पुगेका हुन त ?उत्तर सहज छ, शायद होइन ।

प्रधानमन्त्री प्रचण्ड राजधानीमापनि यस्ता कार्यक्रममा देखा पर्दैनन् । उनीमात्र होइन उनी सम्बद्ध दलको प्रतिनिधित्वगर्ने मन्त्रीहरु पनि सार्वजनिक समारोहहरुमा खासै देखिदैनन् । तर प्रधानमन्त्री प्रचण्ड एक पत्रिकाको वार्षिकोत्सवमा जनकपुर पुग्नुलाई स्वाभाविकमान्न सकिदैन । 

विगतका उनका अभिव्यक्ति, मधेशसँग लभ परेको छ (....र अन्य), सम्झने हो भने बुझ्न सकिन्छ,उनी मधेशसँगको सम्बन्ध विकास गर्न चाहन्छन् । यो अलग कुरा हो, त्यस पछाडी लुकेको अन्तर्यको विश्लेषण आवश्यक छ । र सम्बन्ध   विकासको कुनै पनि यस्तो अवसर प्रचण्ड गुमाउन  चाहँदैनन् । यसपटक पनिमधेशप्रति अपनत्व  प्रदर्शन गर्दै सम्बन्धको विकास गर्ने अवसरलाई प्रचण्डले ‘क्याश’गर्न खोजेका हुन भनेर भनियो भने त्यसलाई असंगत मान्न सकिँदैन । 


मधेश–माओवादी एकै मञ्चको सन्देश :
पहिलो चरणको स्थानीयतहको निर्वाचन लगत्तै आयोजित वार्षिकोत्सवको यस कार्यक्रमले अर्को पनि सन्देश दिएको छ ।

त्यो के भने निकै समयपछि सरकार र माओवादी केन्द्रका नेताप्रधानमन्त्री  तथा भर्खरै एकीकृत भएको राष्ट्रिय जनता पार्टी नेपालका नेताहरु र फोरमका नेता उपेन्द्र यादव एकैपटक एकै मञ्चमा सार्वजनिक भएका छन् ।

त्यसो त जनकपुर टुडेको उक्त मञ्चमा कांग्रेस र अन्यदलका नेतापनि उपस्थितथिए, तर तिनको कद सम्भवतःमाथिउल्लेख गरिएका नेताहरुभन्दा होचो थियो । त्यसैले तिनको उपस्थितिले खासै अर्थ राख्दैन । स्थानीयतहको दोस्रो चरणको चुनावको तिथि नजिकिँदै गएका वेला जनकपुरमा भएको मधेश–माओवादी यो जमघटले निकै अर्थ राख्दछ । 

नयाँ राजनीतिक समीकरणको सन्देश :
राजनीतिक दृष्टिले समेत महत्वपूर्ण वार्षिकोत्सवको यस मञ्चले मधेशमा आगामी दिनमा नयाँ राजनीतिक समीकरणको सन्देश पनिदिएको छ भन्दा अस्वाभाविक हुँदैन । आसन्न दोस्रो चरणको स्थानीयतहको निर्वाचनको पूर्व सन्ध्यामा आयोजित यस कार्यक्रमका वक्ताले आगामीनिर्वाचनमा लोकतन्त्रको संस्थागत विकास, प्राप्त राजनीतिक  उपलब्धीको रक्षा र मधेशीजनताको अधिकारको रक्षाकालागि सबैले चुनावमा भागलिनुपर्ने र चुनावमा मधेशीदलबीच तथामधेशी–माओवादी केन्द्र बीच    तालमेलको आवश्यकतामाथि जोड दिएबाट आगामी दिनमा मधेशको राजनीतिले नयाँ स्वरुप ग्रहण गर्न सक्ने महत्वपूर्ण सन्देशपनि प्रवाहित भएको छ ।

दोस्रो चरणको निर्वाचनको सन्देश : 
यस कार्यक्रमले दोस्रो चरणको स्थानीयतहको निर्वाचनहुने कुराका सन्दर्भमापनि सहजीकरण गरेको विश्वास गर्न सकिन्छ । वार्षिकोत्सवको यस मञ्चमा मधेशका नेताहरुले दोस्रो चरणको चुनावसँग जोडिएका आफ्ना माग स्मरण गर्दै निर्वाचन प्रक्रिया प्रति प्रश्नचिन्ह तेसर््याएकाथिए । प्रधानमन्त्रीले ती प्रश्नको उत्तर दिँदै कुनै न कुनैरुपमा माग सम्बोधनको प्रयत्नगरिने आशवासन दिएकाथिए ।
 आसन्न निर्वाचनमा सहभागीहुन सबैलाई आव्हान गरेका थिए ।

 स्मरणीय छ, यस कार्यक्रको आयोजनको भोलीपल्ट नै मन्त्रपिरिषदले मधेशका १२ जिल्लामा २२ वटा स्थानीयतहथप्ने, २४ वटा गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नतिगर्ने र वीरगञ्ज तथा विराटनगरलाई महानगर बनाउने निर्णय गरेको हो । 

सरकारको यस निर्णयपछि अवस्थामा केही भएपनि सुधार आएको अनुभव गरिएको छ र निर्वाचन सुनिश्चितताको मार्गमा एक इँट थपिएको छ । 


लोकतन्त्रमा संवादको सन्देशः
लोकतन्त्रमा विवाद सम्बोधन र समाधानको सर्वोत्तम विकल्प संवादहो । संवादलाई जति अस्वीकार गरिन्छ विवादहरु त्यतिकै लम्बिँदै जान्छन् ।विश्वमाथुप्रै यस्ता देशका          उदाहरण छन् जहाँ संवादलाई स्थाननदिँदा विवादलम्बिएका छन् र यस्ता विवादको परिणामका रुपमाती देशले अप्रीय स्थितिको सामनागर्न बाध्य हुनुपरेको छ ।

नेपाली समाज वादेवादे तत्वबोधको सार्वकालिकदर्शनमा विश्वास गर्ने समाजहो । हाम्रो समाजले परम्परादेखि नै विवादजन्य समस्या समाधानकालागि छलफल, कुराकानी, संवाद आदीलाई आधार बनाउँदै आएको छ ।

विवाद समाधानको यो हाम्रो विशिष्ट विधिहो । संवादलाई अगाडी बढाउँदै निकासका लागि अन्तरआत्मादेखि नै सबै नेताहरु प्रेरित हुनु जरुरी छ । जनकपुर टुडेको वार्षिकोत्सवका अवसरमा एकै मञ्चमा आसीन नेताको उपस्थितिले संवादको सार्थक सन्देश दिएको छ ।  


जनकपुरको नवनिर्माणको सन्देश :
जनकपुर दुई नम्बर प्रदेशको सम्भावित राजधानीहो । एउटै मञ्चमा    उपस्थित नेताहरुको समूहले यसलाई अस्वीकार गर्न सकिने अवस्था छैन । यो उपस्थितिले प्रदेश राजधानीका रुपमा जनकपुरलाई विकसितगर्ने वातावरण निर्माण गर्न सघाएको छ भन्दा अस्वाभाविक हुँदैन । 


पत्रकारिताविकासको सन्देशः
पहिला सानो अकारमा प्रकाशितहुँदै आएको जनकपुर टुडे पछिल्लो दिनमा ठूलो आकारमा प्रकाशितभइरहेको छ ।

आजको दिनमादुई नम्बर प्रदेशमा रंगीन ठूलो आकारको आठ पृष्ठमा प्रकाशितहुने सम्भवतः यो पहिलो र एकमात्र पत्रिका हो ।  भनिन्छ, यस प्रदेशमा केही ठाउँलाई अपवादमान्ने हो भने बाँकी ठाउँमा अपेक्षित ढंगले पत्रकारिताको व्यवशायिक विकास हुन सकिरहेको छैन ।

यस्तो स्थितिमा जनकपुर टुडेको प्रकाशनले आशाको नव सञ्चार गरेको छ र व्यवशायिक पत्रकारिता विकासको सम्भावनाको दैलो उघारेको छ । 

म्भवतः यस भव्य वार्षिकोत्सवको यो सर्वाधिक महत्वपूर्ण सन्देश हो ।
...र अन्त्यमा

भोलीकादिनमा प्रदेशको आवश्यकता पूर्ती गर्न थुप्रै आवश्यकता र पूर्वाधारलाई सम्बोधन गर्नुपर्ने हुन्छ । त्यसमध्येको एक पत्रकारिता पनि हो । जनकपुर टुडेको नौलो स्वरुपको प्रकाशन र यो वार्षिकोत्सवले यस दिशामा रीक्ततापूर्तीको आभास दिएको छ जो स्वागतयोग्य छ ।

जनकपुरमा शनिबार बिहान एक महिलाको रहस्यमय अवस्थामा शव भेटिएको छ...

गौशाला : महोत्तरी जिल्लाको बलवा नगरपालिका–७ मा गएराति एक ट्र्याक्टरले...

धनुषा । धनुषामा शुक्रबार राति आगलागी हुँदा एउटा घर...

जनकपुरधाम । रामकलेवा कार्यक्रम गरी साताव्यापी...

जनकपुरधाम । स्वतन्त्र तराईमा बन्दूकको बलमा टिकेको अवैध नेपाली शासनलाई...

लहान । सिराहा जिल्लाको मिर्चैया नगर पालिकाको वडा नम्बर ५...

जनकपुरधाम । १९ औ अन्तराष्ट्रिय मैथिली सम्मेलन आज शनिवार जनकपुरमा...

जनकपुरधाम । प्रदेश नम्बर २ को ३२ प्रतिनिधि सभा र...

रुकुम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका ६ मा शुक्रबार...

धादिङ । दक्षिणी धादिङको गजुरी गाउँपालिका वडा नं ५ स्थित...

काठमाडौं । आजराति १२ बजेअघि नै आफ्नो गन्तव्यमा पुग्न सरकारले...

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिमा निमोनिया देखिएको...

धनगढी । वरिष्ठ उद्योगपति विनोदकुमार चौधरीले लोकतन्त्रमा मात्र देशलाई आर्थिक...

काठमाडौं । जर्जियाको एक होटेलमा आगलागी हुँदा ११ जनाको...

बैतडी । बैतडीमा अधिकांश स्वास्थ्यकर्मी निर्वाचनमा खटिँदा स्वास्थ्य सेवा...

काठमाडौं । नवलपरासीको पूर्वी क्षेत्र नवलपुरका कांग्रेस उम्मेदवारलाई लक्षित गरी...

गाईघाट, उदयपुर : जर्वजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई...

काठमाडौं । स्पेनिस ला लिगा क्लब बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल...

नारायण ढुंगाना :चितवन, मंसिर ६ । ‘नेतालेमात्रै हुँदैन, विश्व बदल्ने...

काठमाडौं । राजधानीको ओम अस्पतालमा उपचार गराइरहनु भएका नेपाली कांग्रेस...

जनकपुरधाम । रामजानकी विवाह पञ्चमी महोत्सवको अवसरमा प्रहरीले जनकपुर बजारबाट...

जनकपुरधाम । धनुषा क्षेत्र नम्बर ३ मा वाम गठबन्धनबाट उम्मेदवार...

जनकपुरधाम । रामायणमा वर्णित त्रेता युगमा मार्र्ग शुक्ल पञ्चमीका दिन...

जनकपुरधाम । पहिलो चरणको मतदानको तयारी पुरा भए लगतै दोस्रो...

राजविराज । जिल्ला समन्वय समिति(जिसस) सप्तरीमा फोरम–राजपा गठबन्धनको पुरै प्यानल...

जलेश्वर ।राष्ट्रिय जनता पार्टी(राजपा)नेपालले मधेश आन्दोलनका सहिदहरुको परिवारलाई ५०–५० लाख...

काठमाडौं । छैटौं राष्ट्रिय कर सप्ताह बिहीबार सकिएको छ...

धनकुटा । प्रदेश र प्रतिनिधिसभा सदस्य पदका लागि मतदानको...

हरारे । जिम्बावेका पूर्व उपराष्ट्रपति एमर्सन मनाङ्गावालाई आज राष्ट्रपतिको...

काठमाडौं । गर्भवती महिलाबाहेक अन्य मानिसले दिनमा ३ कप कफी...

धनकुटा । अज्ञात समुहले आज बिहान धनकुटाको फुङसुवा खोलामा बम...

लहान । श्रीमतीको घाँटी रेटेर हत्या गरी फरार रहेका श्रीमानलाई...

काठमाडौं । धादिङ र नवलपरासीमा बम फेला परेको छ...

काठमाडौं । टि–२० महिला विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गको चौथो खेलमा...

काठमाडौं । एनसेलले आफ्नो सेवालाई थप प्रभावकारी बनाउन ‘डिजिटल...

जनकपुरधाम । आसन्न चुनावलाई लिएर धनुषा प्रहरीले नयाँ रणनिति तहत...

जनकपुरधाम । रामजानकी विवाहमहोत्सवको अवसर पारेर भगवती दीनानाथ ट्रष्ट जनकपुरले...

जनकपुरधाम । रामजानकी विवाहमहोत्सवको पूर्वसन्ध्यामा बुधवार मटकोर सम्पन्न भएको छ...

जनकपुरधाम । धनुषा क्षेत्र नम्बर–३ ...

जनकपुरधाम । संघिय समाजवादी फोरम नेपालका तर्फबाट धनुषा क्षेत्र नम्बर...