Tue, 13 Nov 2018
ताजा समाचार
सूर्यदेवको आराधना गरी छठपर्व मनाइँदै, यस्तो छ व्रतविधि || बरियारपट्टीको सरकारी अस्पतालमा औषधिको अभाव || छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा || छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै || छठको तयारी अन्तिम चरणमा || विपन्न परिवारलाई वडाअध्यक्षको सहयोग || सरकार संघीय शिक्षा ल्याउने तयारीमा || शिक्षामा फड्को मार्दै प्रदेश || गरीब तथा विपन्नलाई छठ पूजाका लागि सामाग्री वितरण || छठ प्रारम्भ, आज खरना || भोजको निहुँमा युवतीमाथि सामूहिक बलात्कार || केन्द्र, प्रदेश र स्थानीय तहबीच विदा प्रतिष्पर्धा || साँसद रौनियार योजना तर्जुमामा || प्रदेश २ ले खेलमैत्री नीति बनाईने || लागूऔषधसहित एक पक्राउ || नालामा मासु बेच्दा छठ व्रतालुलाई सकस || सुरू भयाे काठमाडौं–जनकपुर पर्यटकीय बस सेवा || गलत सूचना दिने पक्राउ || छठका लागि बाँसको सामग्री बनाउन व्यस्त मरिक समुदाय || विष्फोटक पदार्थ नष्ट || राजपुत क्षेत्रिय समाज नेपालको नवनिर्मित भवनको समुदघाटन सम्पन्न || तिहारमा रु ५० लाखको फूलमालाको कारोबार || रेडियो नेपालका पूर्व सम्पादक मास्केको निधन || सामुदायिक विद्यालयलाई सहयोग || पाँच घर जलेर नष्ट || राति १० बजेपछि देउसी भैलो खेल्न रोक || मनाइयो कुकुर तिहार || महिन्द्रा ब्रान्डका गाडिहरुको मेगा डेलिभरी कार्यक्रम || सेतो ब्राउन सहित महिला पक्राउ || विद्यापति स्मृति त्रिद्विवसीय || नगरपालिकाको मोबाइल एप्स || आगलागीबाट एकको मृत्यु || चोरीका सामान सहित ३ पक्राउ || सामुदायिक प्रहरी साझेदारीको संरचना गठन || जानकी मन्दिरको लागि पौने ८ करोड दिने || काँग्रेसको आन्दोलन स्थगन || लागुऔषध सहित २ पक्राउ || गाडी खरिदमा व्यापक कमिसन || जनकपुरमा दुई भारतीय नागरिक मृत फेला || चीनमा ट्रकको ठक्करबाट १५ जनाको मृत्यु, ४४ घाइते ||
तक्मा

जेठ १८, २०७४

 


सरकारले गणतन्त्र दिवसमाजनताको इमानमाख चक्मालगाएर यस्ता व्यक्तिहरुलाई तक्मा बाँडेको छ जसले बेइमानीको सगरमाथामात्र चढ्या छन् अहिलेसम्म ।



अपनाहात जगन्नाथ गरे र राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीका आफ्नै नातेदारलाई तक्मादिएर यसरी पुरस्कृत गरिएको छ मानौं तिनले दुई वर्ष अघि भूर्इंचालो गएको बेला हजारौंको ज्यान बचाएका थिए । तर अहिलेसम्म                                                           पुनर्निर्माणको प मै अड्किएको सरकारले तिनै भूकम्प पीडितलाई वासको व्यवस्थागर्न आफ्नो कर्मशील हातले सयौं घर बनाउने धुर्मुस र सुन्तलीलाई भने बेवास्ता गर्दछ । 

जो साँच्चैको तक्माको हकदार थिए तिनलाई बेवास्ता गरेर तमाचाका हकदारहरुलाई पुरस्कृत गरेर यो सरकारले आफ्नो मान आफै घटाएको छ । राष्ट्रपति दिवगंत पति जो कुनै पार्टी विशेषका प्रभावशाली नेताथिए  र जसको एउटा दुर्घटनामा मृत्यु भयो ।

त्यसो त हाम्री राष्ट्रपति पनिकुनै दलकै नेताभएर त्यो पदमापुगेकीहुन् । उनै राष्ट्रपतिले आफ्नै कार्यकालमा पीण्ड खाइसकेका आफ्नातिनै पतिलाई मरणोपरान्त तक्मादिएर पुस्कृत गरिन् र यो पुरस्कार थापिन् उनकै सुपुत्रीले । 

घ्यू कहाँ पोखियो भाँडामा भने जस्तै आफ्नो हातमा डाडु, पन्यौ आएपछि घ्यूको भाँडो नै भातमा रित्याउन पाइन्छ भन्ने यो गतिलो उदाहरण हो ।

 के वर्तमान राष्ट्रपति भदा अघि का राष्ट्रपतिले त्यो पुरस्कार दिन सक्थेनन् ?
वाउनी पछि आउने अर्का राष्ट्रपतिले वर्तमान राष्ट्रपतिका दिवगंतपतिलाई सम्मानित र पुरस्कृत गर्न सक्थे । त्यस्तो के बितेको थियो र ?

अनि प्रधानमन्त्रीका सुपुत्रको योग्यता त जगजाहेर छ । पिताको छाँया मूनि हुर्केको एउटा बिरुवाभन्दा बढी उनको कुनै योग्यता र परिचय छैन । 

हो बहुविवाह गरेकाकारणले उनी चर्चित छन् । तर के सामान्य जनताका लागि अपराध र अमान्य                 मानिएको बहु विवाह गर्नुलाई प्रधानमन्त्रीको छोरा भएको नाताले उनको अपराधलाई क्षम्य मानेर उनलाई पुरस्कृत गर्न सकिन्छ ? 

यदि योग्यताको र पुरस्कृत हुने मापदण्ड यही हो भने देशका हरेक गल्लि र मोडमा यस्ता योग्यहरु गाँजा तानिरहेका भेटिन्छन् ।

 तिनलाई पनि पदक दिएर सम्मानित गरे            भैगो नि ? त्यही भएर होला प्रधानमन्त्रीका छोराले त्यो पदक लिनअस्विकार गरिदिए । शायद उनले आफ्नो अनुहार जनताबीचको लोकप्रियताको        ऐनामा राम्रो सँग हेरिसकेका छन् । 

यसैलाई भन्छन् आफ्नो गिरेबानमा चियाएर     हेर्नु । उपराष्ट्रपतिको छोराको नामशायद धेरैले नसुन्या पनिहुन सक्छ । तर उनलाई पनियसपालिको गणतन्त्र दिवसमा पुस्कृत गरियो । झन धेरै ईमानदार र परिश्रमी भनेर बखान गरिएका उपराष्ट्रपति जो पहिला आफै पशु पालन गरेर जीविकोपार्जन गर्दथे । 

उनैले आफ्नो नाम र प्रभावको भरमा आफ्नो छोरालाई दिन लागिएको पुरस्कार दिनबाट रोकेनन् ।

शायद सबै बाउआमालाई आफ्नै आँखा अगाडि आफ्ना सन्तानहरुलाई सम्मान गरिएको र तक्मादिएको हेर्न मन लाग्छ । यस्तो मोहको बन्धनबाट हाम्रा राष्ट्रपति, उप राष्ट्रपति र प्रधानमन्त्री कसरी अछुतो रहन सक्छन् । मोहको धागो गाँठो पर्छ तर टुट्दैन ।

किनकि हरेक बाउआमा भनेका आफ्ना सन्तानका लागि धृतराष्ट्र र गान्धारी नै हुन् ।
देशमा एउटा यस्तो गलत परम्पराको थालनी भैसकेको छ । जहाँ  प्रभावशाली र शक्तिशाली व्यक्तिहरुले जे गरे पनि हुन्छ ।

नियम, कानुनबनाउने र लागु गर्नेउनीहरु नै हुन् तर आफुमा नभएर अरुमाथि लागु गरेर आफ्नो पदको गरीमालाई घटाइ रहेकाछन् ।  

हैन भने महिला राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीश भएको देशमा  महिला विरुद्ध हुने हरेक प्रकारको हिंसामा पीडकलाई दण्डित गर्ने कानुन किन बनाउँदैनन् ?

अझ बलात्कारको केसमा अति नै कडा कानुन बनाएर लागु गर्नुपर्नेमा यी  तिनै जना देवीहरु  अ आफ्नो शक्ति र प्रभावलाई आफ्ु संलग्न रहेको दलको आदेश तामेलीमा खर्च गरिरहेका छन् । 

भन्ने बेलामा देशका तिनवटै प्रमुख शक्तिशाली पदमा एकैपल्ट कुनै पनिमहिला चुनिनु दुर्लभ हो र विकसित देशमापनि यस्तो संयोग या घटना देख्न पाइन्दैन भन्ने । तर यी तीन देवीहरु आफ्नो देशका ५१ प्रतिशत अन्य देवीहरुकालागि लड्ने र कानुन बनाउनकालागि किन मौन छन् ?

आफ्नो योग्यता भन्दा कुनै राजनैतिक दलको सदस्य र झुकावका  कारणले पाइने र यस्ता पदमा विराजमान हुनेहरुले गर्ने कामपनि धृतराष्ट्रको जस्तै अन्धो भएर आफ्नालाई काखा र अन्यलाई पाखालगाउने हो । त्यसैले त छानी, छानी आफ्नालाई पदकदिएर सम्मानित गरिरहेछन् । यो सबै दृश्य देख्दा र पढ्दा लाग्छ यो देशमा गणतन्त्र हैन मनपरितन्त्रआएको छ ।  

जहां जसलाई जे गरे पनि छुट छ । साधारण जनताले जेब्रा क्रसबाट बाटो नकाट्दा दण्डित हुनुका साथै २ सय रुपैंया जरिवानापनि तिर्नुपर्दछ । तर यही देशका ठूला, बडा हस्तिको जब सडकमा सवारी चल्दछ तब तिनै निमुखा जनताले घण्टौंसम्म सडकको जाममा बसिरहनु पर्दछ ।

चाहे तिनीहरु बिरामी किन नहुन् या अन्यकुनै जरुरी कामले कँही जान लागिरहेका नै हुन् । अब देशको अभिभावकको सवारी सडकमा चलेकोबेला उनका सन्तानले त्यति सास्ति त भोग्नै पर्छ नि । हामीले नै चुनेर वा रोजेर पठाएका अभिभावकजो हुन् ।

अभिभावक भएकैले यो देशका प्रधानमन्त्री  आफ्नी छोरीलाई स्थानीयतहको चुनावमा जसरी भएपनि जिताउन लागिपरेका छन् । 

चुनावमा जित, हारको निर्णय हुनु भन्दापहिले नै जुवाडेले जाँड पिएको झोकँमाहार्ने डरले तासको पत्तिच्याते झैं मतपत्र च्यातिदिएछन् ।

 स्कूल पढ्दा कापी, किताब फाड्ने र परीक्षामा प्रश्नपत्र च्यात्ने बानी परेकाहरुले यो भन्दा बढी जान्दा पनि जान्दैनन् र गर्दा पनि गर्दैनन् । अनि यिनैलाई योग्यमानेर हाम्रो मीडिया प्रशँसागर्न थाल्दछ । कुनै दिन यस्तै तथाकथित योग्यले पुरस्कार पाएर सम्मानितहुन बेर छैन ।

  आखिर देशमा धृतराष्ट्रहरुकै शासन छ । त्यसैले त कौरवहरु आफै, आफैमा लड्दैछन् । पाण्डव जस्ता जनता यो तमाशा हेरिरहेका छन् । बिचरा जनता डर र दुखले तालीपनि बजाउन सक्दैनन् । पदकको लागिपनि छिनाझपटी गरिन्छ र सोर्सफोर्स लगाएर आफ्नो पोल्टामा तक्माको फलझार्न लगाइन्छ । 
हुनेले शक्ति नहुनेले जुक्ति लगाएर भएपनि तक्मापाइरहेका छन् ।

यिनको यो तिकडम र करामात हेर्दा सगरमाथाको शीर झनै झुक्दै गएझैं लाग्छ । यी तक्मा र सम्मान प्रदानगर्न सक्षमहरुको हरेक अक्षमता र ज्यादतिलाई हामी जनताले चूपचाप हेरिदिनु पर्ने र सुनिदिनु पर्ने । अनिचुनावमा यिनैलाई भोट र अरुबेला राज्यले प्रदान गरेको सडेगलेको सुविधा उपभोग गरेको बदलामा करको रुपमा नोट पनिदिनु पर्ने ?

तर यी खोटले भरिएकाशक्तिशालीहरुले हामीलाई चोटको तक्मादिएर हरेक बजेटमा सम्मानित गर्दछन् । 
भलै हामीजनताको भान्साको छानो चुहिएर पेटमा मानो नपरोस् तर नेता र मन्त्रीको भान्सा बजेट राज्यको पैसाले हरेक महिना बढ्दछ । 

अनि यिनै राज्यका डाडु, पन्यौ आफ्नो हातमा  लिएकाहरुले बजेटको चारो छरेर जनताका अगाडि आफ्नो बिवशता रुपीगोहीको आँसु चुहाउँछन् ।

 वास्तवमा पदक वा तक्मा त यिनैले पाउनु पर्ने हो सिहंदरवारको ठूलो पर्दामा यति शानदार र जीवन्त अभिनय गरेकोमा । यिनले विलेन बनेर जनताले तिरेको करको पैसामा लडीबुडी गरेकै छन् ।

अनि बडो निर्दोष भावले आँखामा नकली आँसु भरेर चुावमा भोट माग्न जनताको घर, दैलो पनि चहार्छन् । हरेक खालको अभिनयगर्नमा खप्पिस छन् यो देशका विभिन्न राजनीतिक दल, तीनका नेता, सरकार र यसका मन्त्रीगणहरु । त्यसैले राजनीतिका यी माहिर खेलाडी अथवा कलाकारहरुलाई तक्मा दिएर सम्मानित र पुरस्कृत गरौं । 

जनकपुरधाम : छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो...

सिरहा । बरियारपट्टी गाउँपालिकामा रहेका सरकारी अस्पतालमा औषधिको अभाव भएपछि...

छठ पर्वमा चढाइने केरा जनकपुरधामको बार्ह बिघा ...

छठ पर्वमा चढाइने उखु जनकपुरधामको बार्ह बिघ्घा नजिकै...

अनिल कुशवाहा , महेन्द्रनगर (धनुषा) । ...

जीतपुर । दलित, गरिब तथा बिपन्न बर्गहरुलाई छठ मनाउनकोे लागि...

कुलदिप दास ( प्रेम ) , जनकपुरधाम : जनकपुरधाम...

जनकपुरधाम । छठ पर्व आईतवारबाट विधिवत प्रारम्भ भएको छ ।छठको...

लहान । सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँ पालिका–२ की एक...

वीरगञ्ज । देशभरी नै लोकप्रिय बन्न थालेको छठ पर्वको अवसरमा...

वीरगञ्ज । पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि...

जीतपुर (सिमरा) ।बाराको जीतपुरसिमरा उपमहानगरपालिका बासीहरु ...

जनकपुरधाम : दीपज्योती टुर्स एण्ड ट्राभल प्रालिले पहिलोपटक काठमाडौंबाट पर्यटकीय...

बाजुरा : १०० नं मा फोन गरेर गलत सूचना...

इनरुवा : छठ पर्व शुरु भएसँगै सुनसरीका मरिक समुदायलाई अहिले...

सिरहा । सिरहाको औरही गाउँपालिकाका सशस्त्र वेश क्याम्पमा वाडा नम्बर...

राजपुत क्षेत्रिय समाज नेपालको नवनिर्मित भवनको समुदघाटन सम्पन्न ...

जनकपुर : यस वर्ष तिहारमा जनकपुरमा रु ५० लाख...

काठमाडौँ : रेडियो नेपालका पूर्व समाचार सम्पादक तथा प्रसारक...

लेखनाथ : कास्कीको पोखरा महानगरपालिका–३१ बेगनासस्थित आनन्दज्योति माविमा विद्यार्थीसँगै...

कृष्णनगर : कपिलवस्तुको शिवराज नगरपालिका–१० इस्लामनगरस्थित तिहारका लागि बालेको...

काठमाडौँ, : जिल्ला प्रशासन कार्यालय काठमाडौँले राति १० बजेभन्दा...

काठमाडौँ : यमपञ्चकको दोस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा...

जनकपुरधाम । नेपालको लागी महिन्द्रा गाडिको आधिकारीक बिक्रेता ...

गोलबजार , सिरहा : लागूऔषध सेतो ब्राउन ...

जनकपुरधाम : जनकपुरमा विद्यापति ट्रस्टले त्रिद्विवसीय विद्यापति स्मृति पर्व...

लमजुङ : बेंसीशहर नगरपालिकाले ‘बेंसीशहर नगरपालिका’ नामक मोबाइल एप्स...

मेलम्ची : सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पालगाउँपालिका–५ गुन्सामा गए राति १...

चन्द्रपुर । रौतहटको चन्द्रनिगाहपुरमा रहेको चा“द अफसेट प्रेसबाट समान चार्ने...

सिरहा । सिरहाको बरियारपट्टी ईलाका प्रहरी कार्यालय परिसरमा गाउँपालिका स्तरिए...

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले...

मलंगवा । सर्लाहीको रामनगर गोली काण्ड पछि आन्दोलित बनेका नेपाली...

बर्दिवास । जनकपुरधामबाट काठमाण्डु तर्फ जाने नेपाल माईक्रोको चेकजाँच गर्ने...

गाडी खरिदमा मेयर साह नजिकका केहि कर्मचारी र उनको प्रत्यक्ष...

जनकपुरधाम : जनकपुरमा आईतवार दुई भारतीय नागरिक मृत अवस्थामा...

बेइजिङ । ट्रक चालकले नियन्त्रण गुमाएपछि ट्रकले ठक्कर दिएर चीनको...