Wed, 26 Sep 2018
ताजा समाचार
नापीका अमीन अख्तियारको फन्दामा || केन्द्रिकृत सत्तामा रमाउनेहरु संघीयता कार्यान्वयनको बाधक : मुख्यमन्त्री राउत || चितुवा मृत फेला || प्रदेश समन्वय परिषद्को बैठक शुरु || दशैँमा घर जान टिकट लिनेको घुइँचो || उपरथी दम्पतिबाट छात्रावृति र शैक्षिक खेलकुद सामाग्री वितरण || पुल जर्जर हुँदा सवारी आवतजावतमा समस्या || वडा अध्यक्ष द्वारा जेष्ठ नागरिकलाई निशुल्क भ्रमण || ट्राफिक प्रहरीले सवारीसाधनमाथि बिशेष निगरानी गर्ने || अभियुक्तलाई सजायको उपाय खोजी || तीन किलो सुनसहित पक्राउ || ट्रम्पलाई महासभा बैठकमै फ्रान्सेली राष्ट्रपतिले दिए कडा जवाफ || क्रिकेटमा अफगानिस्तानले देखायो क्षमता, भारतलाई रोक्यो बराबरीमा || दास परिवारलाई तीन लाख राहत सहयोग || आजदेखि सोह्रश्राद्ध सुरु || सडक निर्माणका लागि धर्ना || राजस्व असुलीमा भारी बृद्धि || 'विद्यार्थीको वृत्ती विकास’ सम्बन्धी पाँचौ कन्भेन्सन || राजपा नेपालको बैठक ११ गते || जनकपुरका अभियानीहरु झाडापखाला प्रभावित क्षेत्रमा || स्थानीय तहको अधिकार खोसिदै || डा भूसालद्धारा मितेरीपुल र बालगृहको स्थलगत निरिक्षण || श्रीमती बनाउँछु भनेर किशोरीलाई बलात्कार गर्ने युवक पक्राउ || एसिड पीडित दासको मृत्यु || बाल विवाह विरुद्द जनचेतना कार्यक्रम सम्पन्न || बालिका बलात्कृत || नदीमा डुबेर बालकको मृत्यु || सरकारको अधिनायकवादी शैलीलाई असफल पार्नुपर्छ : देउवा || महोत्तरीमा भन्सार छलेर ल्याएको १७ लाखको सामान बरामद || शिक्षकको परीक्षाका कारण विद्यालय बन्द || डेरी उद्योगबाट तीस हजार युवालाई रोजगारी || चप्पल उद्योगमा श्रम शोषण || प्रदेशको नामांकन र राजधानीमा विवाद || एसिड प्रहारबाट घाइते युवतीको मृत्यु || माल्दिभ्सको राष्ट्रपतिमा विपक्षी दलका उम्मेदवार सोलिहलाई अग्रता || बार्सिलोना बराबरीमा रोकियो || सुचनाको माँग गर्दै राष्ट्रिय विद्यार्थी संघ रिले अनशनमा || मदिरा पिउन आउने भारतीयका कारण होहल्ला र असुरक्षा || अपांग दाजु भाईलाइ राज्य मन्त्रीले गरे सहयोग || प्रहरीका टाउँको दुखाई , लागुऔषध प्रयोगकर्ता बालकहरु ||
देउवाको सत्तारोहण र मधेश आन्दोलन

जेठ २३, २०७४


रोशन जनकपुरी  



संसदीय व्यवस्था एउटा अस्थिर चरित्रको राजनीतिक व्यवस्था हो । अझ हाम्रोजस्तो देशमा जहाँं राजनीतिको चरित्र दलालपूँंजीपति र नोकरशाही वर्गको छ, त्यहाँं सत्ताशीर्षमा पुग्ने प्रतिस्पर्धाको कारण अस्थिरतालाई राजनीतिको स्वाभाव जस्तै स्वीकारेको देखिन्छ ।

यहाँंका राजनीतिज्ञ, राजनीतिशास्त्री र राजनैतिक–समाजशास्त्रीहरुले समेत यस अस्थिरतालाई सामान्य र स्वाभाविक अर्थमा लिएको देखिन्छ । उनिहरु भन्छन्— यो स्वाभाविक हो । आजको राजनीतिमा यस्तो भै नै रहन्छ ।

उनिहरुले यसो किन भनेको हो भने यस अस्थिरतारुपी समस्याबाट मुक्त हुन यस व्यवस्था अर्थात दलाल र नोकरशाही वर्गको वर्चस्व र पकडमा रहेको संसदीय व्यवस्थाबाट मुक्त हुनु पर्दछ । यो उनिहरु गर्न सक्दैनन् ।

किनभने यी राजनीतिज्ञहरु , राजनीतिशास्त्रीहरु र राजनैतिक–समाजशास्त्रीहरुको रोजी–रोटी यस संसदीय व्यवस्थाले नै जोगाड गरिदिने गर्दछ ।

कुनैपनि राजनीतिक व्यवस्थाभित्र स्थिरताको निम्ती जनताभित्रका अधिकांश हिस्सा (जुन निःसन्देह श्रमजीविवर्ग हो)को पक्षमा र उनिहरुको बलमा निर्मित हुनु पर्दछ । नेपालको राजनीतिमा ०४६/०४७ सालदेखि दलालपूँंजीपति र नोकरशाही वर्गको वर्चस्व स्थापित भएको हो ।

यसैबाट उत्पन्न अस्थिरताको कारण त्यतिबेला देखि नै कुनैपनि पार्टीको सरकारले नौ महिना कटाउन सकेको छैन । माओवादी जनयुद्धले यो अनैतिक वर्चस्व तोडन र श्रमजीवि वर्गको वर्चस्वसहितको राजनीतिक व्यवस्थाको निम्ती संघर्ष गरे । तर सकेनन् र त्यही भासमा जाकिन पुगे ।

अहिले पराजित माओवादी आन्दोलन चौबाटोमा विसर्जित अवस्थामा छ । यस आन्दोलन भित्रका केही छटपटाउँंदो अवस्थामा दिशाहीन भै रहेका छन्, भने केही इमान्दारहरु वृथामा विसर्जित भै रहेका छन् । समग्रमा माओवादी आन्दोलनले एउटा नयाँं बहसको माग गर्दछ , जुन यस लेखको विषय होइन ।

यस लेखमा यस सन्दर्भको चर्चा गर्नुको उद्देश्य राजनीतिक व्यवस्थाभित्रको अस्थिर चरित्रलाई उपेक्षा गरि त्यस्तै अस्थिर राजनीतिक व्यवस्थामा प्रवेश गरेपछि एउटा जनआधारित सुदृढ जनसंघर्ष कसरी धरासायी हुँंदो रहेछ भन्ने देखाउनु मात्र हो । 

संसदीय राजनीति भित्रको अस्थिर चरित्रले एकातिर राजनीतिक दलहरुबीच कुर्सीमा पुग्ने प्रतिस्पर्धा र यसको निम्ती खुठ्ठा तानातानको खेलले राजनीतिक दलहरु भित्र अवसरवादितालाई प्रश्रय दिन्छ भने अर्कोतिर जनआधारित मुद्दाहरुको संघर्षलाई कमजोर पार्दै अन्ततः विसर्जनको स्थितिमा पु¥याउँंछ ।

शेरबहादुर देउवाको प्रधानमन्त्री बन्ने खेलमा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी जुन स्थितिमा देखिएको छ , त्यसले संधीयताको आन्दोलनको नेतृत्वकारी आन्दोलन, मधेश आन्दोलनको स्थितिपनि त्यस्तै हुने देखिएको छ ।

मधेशवादी आन्दोलनको एउटा प्रमुख हिस्सा र जस्ले आफूलाई आन्दोलनको नेतृत्व भएको दावी गर्दछ , उपेन्द्र यादवको संघीय समाजवादी फोरम देउवालाई समर्थन गर्ने निर्णय गरिसकेको छ र सबै चिज ठिक–ठाक रह्यो भने सरकारमा झण्डावाल गाडी हुँंइक्यायो भने आश्चर्य मान्नु हुँंदैन ।

थोरै आदर्शवादी हुन खोज्ने र सत्ताको मोहपनि नछोडने राष्ट्रिय जनता पार्टीको स्थिति तत्काल सकसमा देखिएपनि अन्ततः उनिहरुपनि यो लेख तयार पार्दासम्म सम्भावित देउवा सरकारलाई समर्थन दिन सक्ने देखिन्छ ।

आन्दोलन खुम्चिँंदै जानु , स्थानीय नेतृत्वभित्र स्थानिय निर्वाचनको आकर्षणको जब्बर स्थिति तथा यसको निम्ती पार्टीमाथी बढदो दबाब र यी सबैभन्दापनि एतिहिासिकरुपमा देखिँंदै आएको नेतृत्वभित्रको अवसरवादी चरित्र र सत्तालिप्साको कारण राजपा भित्र देउवा सरकारलाई समर्थन गर्न र स्थानीय निर्वाचनमा भागलिन दबाब बढदो छ ।

कैयौँं मामिलामा अस्थिर देखिएपनि हाल आदर्शवादी देखिएका वृद्ध नेता महन्थ ठाकुरले पार्टी भित्र देउवालाई समर्थन दिँंदा समस्था खडा गर्ने स्थिति हुन सक्दछ । तर राजपाको वर्तमान अध्यक्ष राजेन्द्र महतोको अस्थिरता त जगजाहेर नै छ, र यस पटकपनि उनको अभिव्यक्तिले यस्तै संकेत गर्दछ ।

यद्यपि राजपा भित्र हिजोका तमलोपाका अन्य नेता र कार्यकर्ताहरुको पृष्ठभूमि नेपाली काँंग्रेस लगायत संसदीय राजनीतिबाट आएको हुनाले महन्थ ठाकुरमाथि आफ्नो लबीका कार्यकर्ताहरुको दबाब छैन भन्ने होइन ।  राजपाका वर्तमान अध्यक्ष राजेन्द्र महतोको अभिव्यक्तिलाई आधार मान्ने हो भने देउवाले उनिहरुको माँंग सम्बोधन गर्ने लिखित सहमति गरे भने राजपाले उनलाई समर्थन गरिदिन सक्छ ।

प्रधानमन्त्री बन्न जेपनि गर्न तयार चतुर देउवाले उपेन्द्र यादवलाई पत्रमा यही व्यहोराको पत्र लेखेर महतोले मुख खोल्नु पूर्व नै माँंग पूरा गरिसकेको स्थिति छ ।

मीडियामा आए अनुसार संघीय समाजवादी फोरमसंग समर्थन मांग गर्दै पठाएको पत्रमा “सम्विधान संशोधन लगायत राजनीतिक दलहरुको बीचमा भएको सहमति कार्यान्वयन गर्दै बाँंकी सबै तहको निर्वाचन गर्नु राष्ट्रिय एजेन्डा” भन्दै देउवाले समर्थन माँंगेका छन् ।

यति भनिसकेपछि थोरै झिकझिक गरेर देउवाले राजपासंग लिखित सहमति गर्न गाह्रो देखिँदैन । फेरी समयसंगै सहमतिहरु हराउँंदै जानु वा परिवर्तित हुँंदै जानू त नेपाली राजनीतिको स्वाभाव नै हो । 

 हुन त अहिलेको स्थिति हेर्दा देउवालाई प्रधानमन्त्री हुन बहुमत पर्याप्त छ , तर संसदमा एक सीट भएका पार्टीहरुलाई सरकारमा आउन आग्रह गरिरहेको देउवाले संसदमा पाँंचौ स्थानमा रहेको पार्टीलाई बिच्काउन चाहदैनन । वस्तुतः उनि बढीभन्दा बढी बहुमत जम्मा गरेर प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)माथी नैतिक दबाब सृजना गर्न चाहन्छन् । 

उता मधेशको जनमतमा संधीय समाजवादी फोरम आन्दोलनलाई लाखापाखा पारेर सत्ता नजिक गएको भन्ने मधेशी जनमतमा परि रहेको बेला राजपा आन्दोलनलाईपनि चटक्कै छाडेर आन्दोलनमा अग्रपंक्तिमा रहेका युवाहरुलाई चिढाउन चाहँदैन ।

यसैले उसलाई सत्ता नजिक जान निहुँं चाहिएको छ र नेपाली काङग्रेस अध्यक्ष देउवाले यो निहुँं दिन सक्दछन् ।

त्यसैपनि संसदीय चरित्रको राजनीतिक मानसिकता, नेतृत्व र कार्यकर्ताहरुबाट गठित राजपाको स्थिति हेर्दा जसरी पार्टीबाट नेता र कार्यकर्ताहरुको भागाभागको स्थिति देखिएको छ , त्यसले उसका निम्ती विकल्प सीमित हुँंदै गएका छन् ।

यस्तो अवस्थामा राजपाका निम्तीदुइटा सम्भावितस्थिति देखिन्छ । एक, राजपाले देउबासंग प्रधानमन्त्री भएपछि आफूहरुको माँंग सम्बोधन गर्ने गरि लिखित सहमतिको आधारमा देउवालाई प्रधानमन्त्रीको निर्वाचनमा समर्थन गर्ने र माँंग सम्बोधन नभएसम्म सरकारबाट बाहिर बस्ने । यसै निहुँमा स्थानीय निर्वाचनमा भाग लिने कुरा भनि रहनु परेन ।

यहाँं बुझ्नु पर्ने कुरा के छ भने अहिलेको स्थितिमा देउवालाई राजपाको आवश्यकता भन्दापनि राजपाले यस संसदीय राजनीतिमा टिकी रहनु छ भने देउवालाई समर्थन गर्नु उसको निम्ती बाध्यता जस्तै देखिन्छ ।

अतः केही सम्भावित विरोधहरुका बीचपनि राजपा नेतृत्वले आन्दोलनको मानसिकता विपरित देउवालाई समर्थन गरे भने अचम्भ मान्नु पर्दैन ।
राज्यसत्ताको स्थिति हेर्दा देउवा प्रधानमन्त्री हुनु करीब–करीब तय छ । माओवादी केन्द्रले सहजै देउवालाई कुर्सी हस्तान्तरण गरिदिएपछि नेकासंग माकेको गठबन्धन लामै जाने हो कि भनेर एमाले छटपटिएको देखिन्छ ।

भरतपुरको निर्वाचन प्रकरणमापनि नेका–माके जोडीले एमालेको मmाँंको झार्न खोजेको देखिन्छ । निर्वाचन आयोगले झन् पुनर्निर्वाचनको निर्णय सुनाउनु एमालेको निम्ती आगोमा घीउ थप्ने काम गरे जस्तोभएको छ । एमालेले जसरी तत्काल राजनीतिक ‘डेडलक’को स्थिति सृजना गरेको देखिन्छ त्यसले भरतपुर निर्वाचन प्रकरणलाई उसले आफ्नो अस्तित्व र वर्चस्वको प्रश्नसंग जोडेर हेरेको बुझिन्छ ।

धेरैको निम्ती यो स्थिति के–के न होला भन्ने जस्तो हुन सक्दछ । तर संसदीय राजनीति यस्तै डेडलक र राजनतिक झडपहरुको स्थितिबाट गुज्री रहन्छ । यो नै हो संसदीय राजनीतिको अस्थिरता जस्मा सत्ताको खीँंचातानी सँंधै चली रहन्छ र सत्ताको कामपनि चलि रहन्छ ।

आखिर एमालेको संसदीय ठप्पको स्थितिको बीचबाट राष्ट्रपतिले नीति तथा कार्यक्रम पढेकै हो र यसै स्थितिको बीचबाट अर्थमन्त्रीले नयाँं बजेट ल्याएकै हो । वस्तुतः निर्णायक कुरा, संसदीय राजनैतिक दलहरु बीच अनौपचारिकरुपमा हुने गर्दछन् ।

पर्दापछाडीका सहमति र असहमतिहरु संसदीय गतिविधिको रुपमा दृष्य पटलमा देखिनु नै संसदयि व्यवस्थाको वास्तविक चरित्र हो ।

कार्ल माक्र्सले संसदको यसै चरित्रलाई लक्षित गरि संसदीय व्यवस्थालाई खसीको टाउको देखाएर कुकुरको मासू बेच्ने थलो भन्नु भएको थियो । तसर्थ सम्भवतः मङ्गलवार भित्रै, न भए अन्य कुनैदिन भित्री कुरा मिलेपछि आफ्नो फेस सेभिङ्ग गर्ने गरि एमालेले निकास दिनु निश्चित नै छ ।

सम्भवतः उसले भरतपुर निर्वाचन प्रकरणमा सर्वोच्च अदालतको आदेशलाई निहुँं बनाउन खोजेको जस्तो देखिन्छ । जुनदिन भएपनि प्रधानमन्त्रीको निर्वाचनमा एमालेले संसद बहिष्कार गरेर देउवाको निम्ती बाटो सहज गरिदिने र आफ्नो नाक ठाडो पार्ने नीति अवलम्बन गर्ने देखिन्छ । 

यस समग्र संसदीय उठापटकको सार के हो भने कुनै तीव्रगतिको रहस्यमय चलचित्र जस्तो अस्थिर संसदीय राजनीतिमा गैर जनवादी चरित्रको प्रभूत्व बढदै जानुले सरकार बनाउनु र खसाल्नु , कुनै पार्टी सरकारमा जानु र बाहिरिनु, प्रतिपक्षले कुनै निहुँँँंमा संसद ठप्प पार्नु र खोल्नु जस्ता अर्थात् सत्ताको गतिविधि र प्रभाव बढदै जान्छ र जनताका एजेन्डाहरु कमजोर हुँंदै किनारा लाग्दै जान्छन् । 

वर्तमान अवस्थामा मधेश आन्दोलनका नेतृत्वहरु संघर्षको औचित्यता रहँदा रहँदैपनि जसरी सत्तालिप्सामा टाँंसिदै छन् , निश्चितरुपमा त्यसले मधेशी आन्दोलनमात्र लाई होइन , समग्र संघीय आन्दोलन विसर्जन हुने खतरा उत्पन्न गराउँंदछ ।

यसको एउटा अर्को सैद्धान्तिक पाटो के हो भने वर्तमान सत्ताधारीहरुबाट न त संघीयता , न त शासकीय स्वरुपको जनपक्षीय हल निस्कन सक्दछ । त्यस्तै मधेश आन्दोलनलाई यसको वर्तमान नेतृत्वले निष्कर्षसम्म पु¥याउनपनि सम्भव देखिँंदैन ।

अहिले नाम मात्रको सडकमा देखिएको मधेशी आन्दोलन आत्माविहीन ठाठ मात्र छ र यसले अवसरवादी संसदीय राजनैतिक दलहरुको स्वार्थ सिद्धिमात्र गरिरहेको कुरा मधेशी जनताले जति छिटो बुझ्नेछन्, त्यतिछिटो उनिहरुले आफ्नो पीडा हरणको निम्ती बैकल्पिक बाटो रोज्ने छन् ।

त्यो बाटो उत्पीडित वर्ग र उत्पीडित जाति–समुदायको एकीकृत वर्गसंघर्षको बाटोबाट गुज्रन्छ । 

 

सर्लाही । नगद नौ हजार घुस रकम सहित नापी कार्यालय...

महोत्तरी । महोत्तरीको गौशालामा मृतावस्थामा चितुवा फेला परेको छ ।...

सर्लाही । हुलाकी राजमार्ग अन्तर्गत ...

जनकपुरधाम । जनकपुर उप–महानगरपालिका...

काठमाडौँ : महानगरीय प्रहरी परिसर काठमाडौँले तीन किलोग्राम सुनसहित...

न्यूयोर्क । फ्रान्सका राष्ट्रपति इमानुयल माक्रोंले संयुक्त राष्ट्रसंघको महासभामा...

दुबई । एसिया कप क्रिकेटमा भारत र अफगानिस्तानले रोमाञ्चक बराबरी...

चन्द्रनिगाहपुर । तेजाब आक्रमणमा परी मृत्यु भएकी रौतहट...

जनकपुरधाम । प्रत्येक वर्ष आश्विन कृष्ण पक्षदेखि सुरु हुने सोह्रश्राद्ध...

जनकपुरधाम ।सडकमा रहेका खाल्डाखुल्डी र पानी जम्ने समस्याबाट छुटकाराका लागि...

राजेन्द्र यादव , जनकपुरधाम ।आन्तरिक राजस्व कार्यालय जनकपुरले गत आर्थिक...

जनकपुरधाम । जनकपुरको निजि विद्यालय मोनाष्टिक ईगलिंश बोर्डिङ्ग स्कुलद्वारा सोमवारदेखि...

जनकपुरधाम । राष्ट्रिय जनता पार्टी नेपाल धनुुषा अध्यक्ष मण्डल र...

जनकपुरधाम । झाडापखाला प्रभावित क्षेत्र महोत्तरीको जलेश्वर नगरपालिका वडा नं....

काठमाण्डु । संघिय सरकारले स्थानीय तहको अधिकार खोस्न थालेको छ...

वीरगंज । वीरगन्ज महानरपालिकाद्धारा भइरहेको निमार्णकार्य तथा बालगृहको प्रमुख प्रशासकिय...

मलंगवा । सर्लाही हरिवनका स्थानियबासीहरुले १७ वर्षिया...

चन्द्रपुर । चन्द्रपुरमा (रौतहट) एसिड आक्रमणबाट गम्भीर बनेकी रौतहट...

चन्द्रपुर । बाल विवाह विरुद्द सचेतना कार्यक्रम अर्तगत परियोजना शुरुवात,अन्तत्र्रिmया...

भद्रपुर : झापाको हल्दिबारी गाउँपालिकामा चार वर्षीया बालिका बलात्कृत...

घोडाघोडी : नुहाउने क्रममा शिवगङ्गा नदीमा डुबेर आज एक बालकको...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले...

महोत्तरी । जिल्ला भन्सार कार्यालयले भन्सार छलेर ल्याएको साढे १७...

डडेल्धुरा : शिक्षक सेवा आयोगको परीक्षाका कारण जिल्लाका धेरै...

पाल्पा : डेरी उद्योगले नेपालमा ३० हजारभन्दा बढी बेरोजगार युवालाई...

विराटनगर : मोरङको बूढीगङ्गा गाउँपालिका बाँसबारीमा रहेको ‘हाइलाइफ’ चप्पल...

विराटनगर । प्रदेश नम्बर १ को स्थायी राजधानी र नामाकरणको...

काठमाडौं । एसिड प्रहारबाट गम्भीर घाइते भएकी रौतहटको चन्द्रपुर...

माल्दिभ्स । माल्दिभ्सका विपक्षी दलका नेता इब्राहिम मोहम्मद सोलिहले राष्ट्रपति...

स्पेन । स्पेसिन लिग फुटबलको जारी सिजनमा बार्सिलोनाले पहिलो पटक...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवामा राष्ट्रिय विद्यार्थी संघले तीन...

सर्लाही । भारतको विहारमा मदिरापान बिक्रीवितरण र ओसारपसारमा प्रतिबन्ध लगाइएपछि...

गौर । प्रदेश २ का कृषि ,भूमि व्यवस्था तथा सहकारी...

जीतपुर । जीतपुरमा एउटै पसलमालगातार दुई चोटीचोरी भएपछि , प्रहरीको...