Sat, 24 Feb 2018
ताजा समाचार
छोराको रड प्रहार बाट आमाको मृत्यु || जंगली हात्तीको आक्रमणबाट दुईको मृत्यु || बारामा रु एक अर्ब ६३ करोड बराबरको आलु उत्पादन || तालाबन्दीले तीन महिनादेखि पढाई अवरुद्ध || परिक्रमा यात्रीको स्वागतमा धनुषाधाममा सरसफाइ || तीन‘स’बाट पूर्व सैनिक जोड्दै नेपाली सेना || राजधानी सिँगार्न प्रदेश सरकारद्वारा परामर्श प्रारम्भ || माधुर्यता र प्रेमभावका होली गीत लोप हुँदै || शिक्षाको सवालमा सुरुगामा सार्वजनिक सुनुवाई || प्रदेश मन्त्री छड्केमा || काँग्रेसले दुरी बढायो || प्रदेश मन्त्रीको आज टुंगो लाग्ने || मनोरञ्जनात्मक प्रस्तुतीको तयारी तिब्र || छोराले रडले हिर्काउदा आमा घाइते || नेपाल आयातको लागि कोलकत्ताभन्दा बिशाखापटनम सस्तो || पर्वतामा सरसफाई || खेलाडीहरुको विदाई ​ || परिक्रमा आज पर्वतामा || झुलुंगे पुलको निर्माण कार्य अधुरै || प्याराग्लाइडिङबाट पर्यटक आकर्षित || कलैयामा तरकारी सस्तो || नवाज सरिफ पार्टी अध्यक्ष हुन अयोग्य रहेको अदालतको फैसला || संघीय सांसदलाई यादव र भट्टले शपथ खुवाउने || खोलामा पानीको सतह घटेपछि सिंचाइको समस्या || कर्मचारी अभावले काम प्रभावित : डा. साह || महासंघका अध्यक्ष, सचिवलाई हत्याको धम्की || लहानमा दिउँसै बम विष्फोट, १ घाईते || जानकी मेडिकल कलेजमा ५ वर्षको सञ्चय कोष र १४ महिनाको || मुख्यमन्त्रीलाई दुई तिहाई बढी मत || ट्रक दुर्घटनाका मृतकको पहिचान || सवारी चालकको आँखा परीक्षण गरिने || पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफ अब पार्टी अध्यक्ष बन्न नमिल्ने || सर्जियो रामोसको पेनाल्टी गोलले रियाल मड्रिड विजयी, लेगानेज पराजित || म्यान्चेस्टर युनाईटेड र सेभियाले बराबरी खेले, शख्तरसँग रोमा पराजित || उपप्रमुखलाई तराजु || फागुन २३ देखि सामान आयात हुने || आमा समूहद्वारा न्यानो कपडा वितरण || बिहानै परकम्प || सिरियामा सेनाले गरेको बमबारीमा २ सय ५० बढी सर्वसाधारणको मृत्यु || चेल्सी र बार्सिलोनाले बराबरी खेले, बायर्न म्युनिखसँग बेसिक्तास पराजित ||
कति धनी हामी ?

जेठ २५, २०७४

 


 बिम्मी शर्मा


हाम्रो ढुकुटी रित्तो भएर के भो त हामीले देशको ढुकुटी भर्ने महानकाम गरेका छौं । हामी यस्तै महानकामगर्न त नेपालआमाको कोखमाजन्मिएकाहौं ।
हामीभारत या अन्य छिमेकीको दाँजोमाकतिधनी छौं भने नित्यो सबै लेख्न र बताउनलागे एउटा महाभारत नै बन्छ । हामीउचाल्ने र पछार्ने खेलमापनित्यति नै धनी छौं । 
आफुलाई प्रधानमन्त्रीबन्न मन लागे समर्थन फिर्ता लिएर सरकार नै ढालिदिन्छौं । यता सरकार गर्लयाम, गुर्लुम्म ढल्छ उताहामीहतारिदैं प्रधानमन्त्रीको कुर्सीमागएर बस्न लाजमान्दैनौ । 

हामीआफुलाई अहिले सम्म बेकारमा गरीब मानेर बसेका रहेछौं । 
हामी त कतिधनीकति?कुनै लेखाजोखा नै छैन । 
नपत्याए हेर्नुस् न हामीले प्रधानमन्त्रीमात्रै अहिलेसम्म ४० जनाउत्पादनगरिसक्या रैछौं । उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री, सहायकमन्त्रीअझकति धेरै उत्पादनगर्यौं भनि साध्य र गनि साध्य छन । 

हामी संसद अवरुद्ध गर्न, रेलिगँभाच्न, बन्द र आन्दोलनगर्न, तोडफोड गर्न, चक्काजामगर्न, सडक जामगर्न, देश र शहर बन्दगर्न मापनिनामुदधनी छौं । 

हरेक महिना र हप्ता जस्तो हाम्रो देश माबन्दपर्व एकादशीतीथि जस्तै आइपुग्छ । जुनदिनहामी बिर्सेर पनि सात्विकव्यवहार गर्दैनौं । बरु तामसिकव्यवहार गरेर आफ्नो मानसिकदरिद्रता देखाउँदछौं ।
हाम्रो छिमेकमाविशालभारत देश छ । ऊ आकार, प्रकारले मात्र हैन हरेक कुरामाहामीभन्दाधनी र बलियो छ भन्ने भैममाहामीबाँचेक रैछौ । 

जुन पुरै गलत रहेछ । जनसंख्या र क्षेत्रफलमामात्रभारत ठूलो रैछ बाँकी त हामी नै कतिधनीकति । भारत स्वतन्त्रभएको ७० वर्ष पुग्नै आँट्यो, भारतमाअहिलेसम्मजम्मा १८ जनामात्रप्रधानमन्त्रीभए ।
 हाम्रोमा त अहिलेसम्मउसको दोब्बर भन्दापनि बढी ४० जनाप्रधानमन्त्री भैसके ।

बहुदलआएको २५ वर्षमामात्रै हाम्रो देशमा २५ जनाले प्रधानमन्त्रीको पदमा ढलिमली गरिसकेका छन् ।  अझत्यत्रो ठूलो भारतमाजम्मा ५४५ जना सांसद छन् ।

हाम्रो देशमा त ६०१ जना सांसद छन् । जसले सिहंदरवारलाई माछा बजार बनाउनमाकुनै कमी हुन  दिएका छैनन् । हेर्नु भो त हामी कति धेरै धनी छौं ।

हामी बेकारमा भारतलाई ठूल्दाई मान्दछौं ।
भारतमा ६७वर्ष अगाडि जम्मा एउटा संविधानको वस्त्र भारत मातालाई ओढ्याइएको थियो । हामीले त आफ्नी नेपालमातालाई सोही अवधिमा ६ पटक संविधानको वस्त्र लगाइदिएर उनको लाज छोपिदिएका छौं । 
त्यही संविधानको वस्त्र पनि कहिले हावाले उडाइदिन्छ, कहिले मुसाले टोकिदिन्छ । बिचरी हाम्री नेपालआमा कतिपल्ट वस्त्रहीन भएर लज्जित भएकी छन् । 

तर हामीलाई केही फरक पर्दैन, नेपालआमाको एउटा वस्त्र च्यातिने बित्तिकै त्यसलाई सिएर लगाइदिनुको साटो नया वस्त्र किन्नमाअर्बौ रुपैंया खर्च गर्दछौं । के भो त आफ्नो रगत, पसिना र आँसु मिसाएर कमाएको पैसाबाट हामीमुर्ख जनताले टन्न कर तिरिदिएकै छौं । 

हाम्रो ढुकुटी रित्तो भएर के भो त हामीले देशको ढुकुटी भर्ने महानकाम गरेका छौं । हामी यस्तै महानकामगर्न त नेपालआमाको कोखमाजन्मिएकाहौं ।

हामीभारत या अन्य छिमेकीको दाँजोमाकतिधनी छौं भने नित्यो सबै लेख्न र बताउनलागे एउटा महाभारत नै बन्छ । हामीउचाल्ने र पछार्ने खेलमापनित्यति नै धनी छौं । 

आफुलाई प्रधानमन्त्रीबन्न मन लागे समर्थन फिर्ता लिएर सरकार नै ढालिदिन्छौं । यता सरकार गर्लयाम, गुर्लुम्म ढल्छ उताहामीहतारिदैं प्रधानमन्त्रीको कुर्सीमागएर बस्न लाजमान्दैनौ । 

आफु या आफ्नो दलअल्पमतमा परे भनि सांसद खरिद गरेर पनि सरकारमालिसो झैं टाँसिएर बस्छौ । हामी नैति र चारित्रिकपतनको मामिलामापनियतिधनी छौं कि सुत्केरी भत्तापनि खाइदिन्छौं अझत्यो पनिपुरुषभएर ।

 पाएहामीबच्चाको लिटो र दूधको भत्तापाउने भएर खाएर पचाइदिन्थेम । हामीले आफ्नो विवेकलाई नै खाएर पचाइदिसकेका छौं अनिफलाम, तामा, पित्तल जस्ता अन्य ससानाभत्तासत्ता त नपच्ने कुरै भएन ।

हामी अरुसँगनिहुँखोज्न र अनेक तिकडम लगाउनमापनिअति नै धनी छौं । न आफु चैनले बस्छौं न अरुलाई नै चैनले बस्न दिन्छौं । 

माति चढ्न लागेकालाई छिर्के हानेर लडाइदिन्छौं । भएभरको तिकडम र षडयन्त्र गरेर अरुको सफलतालाई माटोमा मिलाइदिन्छौं । हामीनदीनाला यसरी बेचिदिन्छौं जसरी पानपसलेले चूनालगाएर हामीलाई पान बेच्दछ । 

पानीबाट बिजुलीनिकाल्ने लाइसेन्स हामीझोलामाबोकेर हिडंछौ अनि बाटोमा भेटिने हरेक याचकलाई उसको योग्यता र क्षमतानजाँचेरै लाइसेन्स स्कुलको सर्टिफिकेट झैं बाँडिदिन्छौ । 

हामीएनजिओ र आइएनजिओ खोल्न छुट दिन्छौं अनिखोल्न अनुमतिदिएवापत उनीहरुबाट इनाम स्वरुप डलर, पाउण्ड र यूरोले साँझ, बिहानकुल्लागर्दछौं । 

हामीयतिधनी छौंकि हरियो तरकारी र सागपातखाँदैनौ । त्यसैले छिमेकको पसलमाआलु नपाइएला तर अण्डा र मासु पाइन्छ ।
 यत्रतत्र, सर्वत्र माछामासुको पसलखुल्नुले यही बताउँछ किहामी धेरै धनीभएकोले तरकारी खाँदैनौं मात्र माछामासु खान्छौं । भलै त्यो मासु खसी या कुखुराको नभएर भैंसी या बगुँरको किननहोस् । 

धनीभएकैले हामीपानीपनिपिउँदैनौ बरु पानीको ठाउँमा बियर र रक्सी पिउँछौ । सके बिहानैदेखि रक्सीमामात्तिएर बस्नु हाम्रो पुरानो र राजसीशौक हो ।

 त्यहीभएर त पसलमामिनरल वाटर र स्लाईन वाटर भन्दा बढी बियर र रक्सी पाइन्छ । हामी गरीब भएको भएयी सबै वस्तु यसरी जहाँतहीँपाइन्थ्यो त ?

भारतमायी वस्तुहरु जहाँपनि बेचेको देख्नु भा छ ? तर हामीकति धेरै आधुनिक र धनी छौं भने मन्दिरको नजिकै रक्सी र अण्डा मज्जाले किनबेच गर्छौं ।

हामी सबै कुरा उत्पादनमाआत्मनिर्भर छैनौं न निर्यात गर्न मा नै त्यति सक्षम छौं । तर हाम्रो फेशन र स्टाइल फैशनको मक्कामानिने फ्रान्स र इटाली भन्दापनि बढी छ । त्यो सबै भएको हामीधनीभएर त हो नि । त्यहीभएर त हामी फैशनको नाममामाथि जनै र तलकन्धनीमात्रलगाएर हिंडनु आफ्नो शान र स्वतन्त्रता ठान्छौं ।

हाम्रो देश कार्यकर्ता उत्पादनमाबिश्वकै सबैभन्दाधनी देश हो ।  प्रत्येक घरमा देशकानागरिक बस्छन् कि बस्दैनन् थाहा छैन तर प्रत्येक घरमाकुनै न कुनै राजनीतिक पार्टीको कार्यकतापक्कै बस्छन् ।

हाम्रो देशमाबच्चाजन्मेपछि रुनु भन्दापहिले रुख, रुख या घाम, घाम भनेर चिच्याउँछ । यो देश राजनीतिक दल उत्पादनमा जतिधनी छ त्योभन्दा बढी कार्यकर्ता उत्पादनमा । 

एउटी आमाले बच्चा जन्माउँदिनन् कि पार्टीको कार्यकर्ता जन्माएर आफ्नो कोखलाई शहीद बनाउँछिन् । वैदेशिक रोजगारीमागएका७० लाख नेपालीपनिकुनै न कुनै राजनैतिकदलकाकार्यकर्ता या हनुमानहुन् ।

भारतको जनसंख्या बढी भएर के गर्नु त्यहाँयति बढी दलकाकार्यकर्ता र हनुान छन् ? त्यसैले भारतको अगाडि हामी सबैले भनौं हामीतिमीभन्दाधनी छौं ।

हामी रुख काट्ने मामिलामापनिएकदमै धनी छौं । सडक छेउको होस् या घरको हामीलाई रुख देख्नै हुंदैन काटिहाल्छौं । भलै पछि गर्मी र आक्सिजनको कमीले हामीलाई बाँच्नगार्हो होस् ।

 तर आफ्नो व्यक्तिगतफाइदाकालागि सरकारी होस् या सार्वजनिक रुख काटेर हामीआफु मात्रधनीहुन चाहन्छौं । त्यसैगरि जिर्ण सडक हामीकहाँ धेरै छन् । 

यसमापनिहामी अरु देशभन्दानिक्कै धनी छौं । कुनै अति वृद्धको चाउरी परेर पच्केको गाला जस्तो सडक खाल्डाखुल्डी बनेको छ ।

 त्यस्तो जिर्ण सडकमा सुत्केरी व्यथाले च्यापेर अस्पताल लैजानलागिएको महिलाको सडकमै एम्बुलेन्सभित्र प्रसव हुन्छ ।

जेब्राकस्रिगँबाट बाटो नकाट्नेहरुलाई दण्डित गर्दै हामीप्रत्येकसँग २ सय रुपैंया लिएर सरकार र आफुलाई धनीबनाउँदैछौं । 
ठाउँ, ठाउँमा सडक पार गर्न जेब्राक्रसिगँ छैन, भएको पनि मेटिसक्यो ।
 त्यो बनाउनतिर ध्यानदिदैंनौ तर जेब्राकस्रिगँनभएको ठाउँबाट सडक पार गरिरहेका बटुवालाई हप्किदप्कि गर्छौं र जरिवाना असुल्छौं ।

 यो धरतिबाट लाखौं बर्ष अगाडि डायनासोर लुप्तभए जस्तै हाम्रो देशको जिर्ण सडकबाट कुनै दिन जेब्राकस्रिगँपनिलोप नहोलाभन्न सकिन्न ।

 तर पनिहामीलाई कुनै डर छैन । हामीअति नै निडर छौंत्यहीभएर त भ्रष्टाचार बेइमानीगर्नमाकुनै लाजमान्दैनौ ।

हामीपानखाएर जताततै थुक्न, केराको कोब्रा सडकमा फाल्न, पीर गर्न, अरुको कुरा काट्न, अरुसँग झगडा गर्न, अरुको चुगलीलगाउन, अरुको डाहा र रिष गर्नमानिक्कै “धनी” छौं । 
हो हामी साँच्चै नै “धनी” छौं ।

गोलबजार । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका ४ मा छोराको रड...

सुरुङ्गा, झापा : झापाको बिर्तामोड नगरपालिका – ७ मा...

कलैया : बारामा यस वर्ष रु एक अर्ब ६२...

गोलबजार । १२ फाल्गुन सिरहाको सिरहा नगरपालिकामा सुर्यनारायण...

राजविराज । सप्तरीको कुशहा स्थित श्रोत केन्द्रमा गुणस्तरिय शिक्षा हामी...

जनकपुरधाम । प्रदेश नम्बर २ का भौतिक पुर्वाधार तथा विकास...

जनकपुरधाम ।प्रदेश नम्बर २ मा ...

सरकारमा आउन राजपालाई प्रधानमन्त्रीको आग्रह...

गोलबजार । बुधबार सिरहाको लक्ष्मीपुर पतारी गाउँपलिका ४ मा आफनै...

जनकपुरधाम । मिथिला ...

जनकपुरधाम । मिथिला मध्यमा परिक्रमा शुक्रबार धनुषाको पर्वता पुग्ने भएको...

मलंगवा । सामान्यतया एउटा झुलुंगे पुल बनाउन ६ महिनादेखि...

कलैया । बारामा यस वर्ष हिउँदे तरकारी कूल ...

इस्लामावाद । पाकिस्तानको सर्वोच्च अदालतले...

काठमाण्डु । संघीय संसद्अन्तर्गतका ...

गौर । जिल्ला जनस्वास्थ्य कार्यालय ...

राकेश यादवगौर । नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष ,सचिव...

जनकपुरधाम ।प्रदेश नम्बर २ मा ...

एमाले, माओवादी पक्षमा, काँग्रेस विपक्षमा...

रत्ननगर, चितवन ; नारायणगढ मुग्लिन सडकखण्डअन्तर्गत चितवनको घुमाउनेमा भारतीय...

पोखरा : बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले पोखरामा...

काठमाडौं । पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री नवाज सरिफलाई पार्टी अध्यक्षको...

काठमाडौं । स्पेनिस लिग फुटबलमा रियाल मड्रिडले लेगानेजलाई ३-१ ले...

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब सेभियाले इङ्ल्यान्डको म्यान्चेस्टर...

नगरकोट : न्यायिक दिवसका अवसरमा समाजवाद अध्ययन केन्द्र भक्तपुरले...

रसुवा : सामान आयात क्रमशः बढ्न थालेपछि रसुवागढी भन्सारको...

काठमाडौँ : आमा समूह तमू समाज बेल्जियमले शीतलहर प्रभावित तराई...

काठमाडौँ : आज बिहान यहाँ ‘गोरखा भूकम्प’को परकम्प गएको छ...

काठमाडौं । सिरियामा विद्रोही नियन्त्रित पूर्वी क्षेत्र गुटामा सरकारी सेनाले...

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलमा चेल्सी र बार्सिलोनाले १-१...