Wed, 12 Dec 2018
ताजा समाचार
स्वास्थ्य चौकी कर्मचारीको मनोमानीले सर्व साधारणलाई सास्ती || सुखिपुरमा अगजनि वाट १० लाखको छति || बसले मोटरसाइकलमा ठक्कर दिदा महिलाको मृत्यु || आज मटकोर सम्पन || अस्पताल निर्माण नहुदा भतकियो पर्खाल || महन्त वैकुण्ठमाथि दुई मुद्दा || ससुरालीमा भगवान राम उपेक्षित || लोकतान्त्रिक समुहको प्रचार तिव्र || प्रदेशमा मुख्यमन्त्री र काठमाण्डुमा संघिय मन्त्री ठूलो || तिलकोत्सव सम्पन || झूटो अपवाह फैलाउने एक युवक पक्राउ || योगी लखनउबाट सोझै आउने, मधेश भवनमा दिवा भोज || सप्ताहव्यापी विवाहञ्चमी महोत्सवको तेश्रो दिन धनुष यज्ञ सम्पन, || गोलबजार उद्योग व्यापार संद्यमा महासचिव बाहेक अग्रवालको प्यानल नै विजयी || सिरहामा बम विस्फोट || योगीको स्वागतमा जुटे निधि || यसरी भेटेका थिए रामले सिता || महायज्ञ सुरु || सिरहामा सहकारिको ढुकुटि सन्चालक समितिको सुबिधामै स्वाहा || घाईते विद्यार्थीहरुको निःशुल्क उपचार हुनुपर्ने लगायतका मागहरु || एम्बुलेन्स नभएको गाउँपालिकामा ६० लाखको गाडी || गोलबजार व्यापार संघमा अग्रवालको २ सय ८७ मतले अग्रता || हेल्प मधेसी कत्तार च्याप्टर द्वारा पिडित परिवारलाई राहत || राइस मिलको पछाडि जमेको पानीबाट बच्चाको शव बरामद || शिक्षक , अभिभावक , विद्यार्थी जिम्मेवार नभए सम्म शिक्षाको सुधार || सरसफाई तथा छलफल कार्यक्रम सम्पन्न || ईशनाथ १५ औ खुल्ला दिसा मुक्त नगरपालिका घोषणा || लैङिगक हिँसा बिरुद्धको एक दिन कार्यक्रम जीतपुरमा || नयाँ शक्ति प्रदेश २ को सचिवालय इन्चार्जमा यादब || संचार क्षेत्रको विकासको लागि प्रदेश सरकार तत्पर : मुख्यमन्त्री राउत || 'नगर दर्शन’सँगै विवाह महोत्सव शुरु || सिरहाको लहान बाट हतियार सहित २ पक्राउ || निजि ५ विघा जग्गा नेपाली सेनाले गरे कब्जा || सी. के. राउत जेल चलान || मोटरसाइकलबाट लडेर वृद्धाको मृत्यु || बिष्णुपुर गाउँपालिका भिसन डकैती || जनकपुरधाम विशाल रथयात्रा || स्वास्थ्य स्वयंसेविका दिवस मनाइयो || शैक्षिक स्तर सुधार्नमा जोड || स्वास्थ्य स्वयम्सेविका दिवस मनाइयो ||
देउवाका सामु चुनौतीका चाङग

जेठ २६, २०७४


 –धर्मेन्द्र झा


प्रधानमन्त्रीमा निर्वाचित भएसँगै लामो समयदेखिको देउवाको चीरप्रतिक्षित (कम्तिमा १२ वर्ष अघिदेखिको) दमित मनोकांक्षाले आकार ग्रहण गरेको छ । सुदूरपश्चिमको पहाडी जिल्ला डडेलधुराको रुवा खोलाको एक सामान्य विद्यार्थी देउवाको कांग्रेसको सभापति र देशको चारपटकको प्रधानमन्त्री बन्नेसम्मको राजनीतिक यात्रा कम रोमाञ्चक छैन । यसअघि तीनपटक देशको प्रधानमन्त्रीको कार्यभार समालिसकेका देउवा विविध कारणले राजनीतिक—चर्चामा रहे । 


तात्कालीन सभापति सुशील कोइरालाको दैहिक अवसानको एक महिना नबित्दै सम्पन्न कांग्रेसको तेह्रौ महाधिवेशनबाट पार्टीको सर्वोच्च पद सभापतिमा निर्वाचित भएका शेरवहादुर देउवा त्यसपछिको करिव १५ महिनाको अन्तरालमा देशको ४०औं र गणतन्त्र नेपालको १० औं प्रधानमन्त्री बन्न पुगेका छन् ।

 पूर्वीय दर्शनले भाग्यवादमा विश्वास गर्छ र यस आधारमा हामीले भाग्यमा विश्वास गर्ने हो भने मान्नै पर्छ, शेरवहादुर देउवा नेपालका थोरै भाग्यमानी राजनीतिकर्मीको सूचीमा शीर्ष स्थानमा पर्दछन् ।

यसअघि २०५२ को भदौ २७ गते, २०५८ साउन ११ गते र २०६१ जेठ २० गते क्रमशः तीनपटक प्रधानमन्त्री बनेका देउवा यसपटक १२ वर्षपछि चौंथोपटक २०७४ जेठ २३ गते पुनः प्रधानमन्त्री  निर्वाचित भएका छन् । 
प्रधानमन्त्रीमा निर्वाचित भएसँगै लामो समयदेखिको देउवाको चीरप्रतिक्षित (कम्तिमा १२ वर्ष अघिदेखिको) दमित मनोकांक्षाले आकार ग्रहण गरेको छ ।

 सुदूरपश्चिमको पहाडी जिल्ला डडेलधुराको रुवा खोलाको एक सामान्य विद्यार्थी देउवाको कांग्रेसको सभापति र देशको चारपटकको प्रधानमन्त्री बन्नेसम्मको राजनीतिक यात्रा कम रोमाञ्चक छैन । यसअघि तीनपटक देशको प्रधानमन्त्रीको कार्यभार समालिसकेका देउवा विविध कारणले राजनीतिक—चर्चामा रहे । 

वैचारिक र सैद्धान्तिक आधारका लागिभन्दा पनि आक्रामक व्यक्तित्व, सत्ता—चातुर्य, सागठनिक चुस्तता तथा कार्यकर्ता संरक्षणका दृष्टिले प्रायः चर्चामा रहने देउवा चौंथोपटक प्रधानमन्त्रीमा निर्वाचित भएसँगै नेपाली कांग्रेसमात्र होइन देशको समग्र राजनीतिले नयाँ धारमा प्रवेश गरेको विश्वास गर्न सकिन्छ ।  

उनीसँग विगतमा संयुक्त सरकार सञ्चालनको अनुभव छ । संयोगले यसपटक पनि देउवा संयुक्त सरकार सञ्चालन गर्नुपर्ने बाधयात्मक अवस्थामा देशको कार्यकारी प्रमुख बन्न पुगेका छन् । 

संसदमा कुल सदस्य संख्यामध्ये ३ सय ८८ को प्रचण्ड बहुमत र निवर्तमान प्रधानमन्त्री प्रचण्डद्वारा पदमै रहँदा प्रधानमन्त्रीका लागि प्रस्तावित देउवाले विगतको सरकार सञ्चालनको अनुभवलाई यसपटक पनि प्रयोग गर्ने विश्वास अनपेक्षित होइन । 

विगतमा संयुक्त सरकारको बाध्यताका कारण पनि हुन सक्छ केही सकारात्मक र धेरै नकारात्मक सन्दर्भले चर्चित उनको कार्यकारी प्रमुखको कार्यकालभन्दा यसपटकको कार्यकाल फरक तर सफल हुने कामना गर्नु उचित हुन्छ । 

यसपटकको कार्यकाल विगतको उनको सबै कार्यकालको तुलनामा बढी कष्टकर, जटील र कठीन हुने कुरामा शंका छैन । तर सुन्दर कमल हिलोमै फुल्दछ । 

उनीसँग सुदूर भविष्यमा इतिहासलाई आफूलाई सम्झिनयोग्य बनाउन सुन्दर अवसर उपलब्ध छ । उनले यस अवसरको उपयोग गर्न सक्छन् । योसँगै अर्को पक्ष विचारणीय छ । 

संयुक्त सरकार सञ्चालनका सन्दर्भमा संसदीय पद्धतिमै केही विकृति भित्र्याएको भनी देउवाको आलोचना गर्ने गरिएको छ । यो आलोचना ठीक वा बेठीक आफ्नो ठाउँमा होला, तर यसपटकको सन्दर्भमा यो आलोचनालाई पृष्ठपोषण्का रुपमा स्वीकार गरी देउवाले भावी कार्यदिशा र नीति तय गर्नु वाञ्छनीय छ । 

यो आलोचना पूर्णतः असत्यमा आधारित छ भनेर अगाडी बढने प्रयत्न हुने हो भने यसले झन अप्ठ्यारो थप्ने निश्चित छ  ।

विगतमा माओवादीको टाउकोको मूल्य तोक्ने तात्कालीन सरकार प्रमुख देउवाको घाँटी अहिले त्यही माओवादीसँग जोडिन पुगेको छ ।  त्यसो त राजनीतिमा केही पनि असम्भव हुँदैन र कुनै पनि कुरा निषेधित हुँदैन, यो सत्य हो तर विगतका तीता विर्सन सहज हुँदैन यो पनि सत्य हो । 

राजनीतिक उचाइ प्राप्त गर्न प्रयत्नरत माओवादीसँग टाउको जोडेर सरकार सञ्चालनको बाध्यता रहेको अहिलेको अवस्थामा स्वयं कांग्रेसकै राजनीतिक उचाईलाई कायम राख्नु देउवाका लागि चुनौतीको विषय हुनेछ । एमालेजस्तो सशक्त प्रतिपक्षीलाई व्यवस्थापन गर्ने चुनौती छँदैछ ।  

देउवा अब प्रधानमनत्री हुन् । यस अर्थमा उनी पुरै देशका नेता हुन् । प्रतिस्पर्धाकालीन तुसहरुको उचित व्यवस्थापनका माध्यमबाट सबैलाई समायोजन गरी जनतालाई सुशासनको समान सहभागिताको अनुभव गराउने दायित्व अब देउवाको काँधमा छ । 

हिजोको दिनमा देउवाले एक गुटको नेतृत्व गरेको आरोप लागेको हो । तर अब सर्वोच्च नेतृत्वप्राप्तिपछि पनि स्वयं देउवा र हिजोका दिनमा उनलाई सघाउनेबाट पुरानै मनोविज्ञान प्रदर्शित हुने हो भने सिंगो कांग्रेस र सरकारको भविष्य पनि संकटमा पर्न सक्ने सम्भावनालाई नकार्न सकिँदैन । 

सांगठनिक चातुर्यताका दृष्टिले देउवाको छवी कांग्रेसभित्र चामात्कारिक नेताका रुपमा स्थापित भएको छ । उनको यो छवी भोलीका दिनमा पार्टीभित्र, बाहिर र सरकारका सन्दर्भमा कसरी प्रयुक्त हुनेछ, राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा चासोको विषय बनेको छ । 

कांग्रेसको नेतृत्वमा नयाँ सरकारको गठनपछि, विपक्षी दलले हिजोका दिनमा कांग्रेसबारे विकसित गरेको दृष्टिकोण अर्थहीन बन्न पुगेको सन्दर्भमा, कांग्रेसको नयाँ दृष्टिकोणले निकै अर्थ राख्ने कुरालाई अस्वीकार गर्न मिल्दैन । 

प्रधानमन्त्रीका रुपमा देउवाका सामु केही मुद्दा महत्वपूर्ण रुपमा अस्तित्वमा छन् । वास्तवमा देउवा कार्यकालका यी यस्ता चुनौती हुन् जसको अवस्थितिले देशको सफलता र असफलताको मापन गर्नेछ ।
 आगमाी माघ ७ गतेसम्म सबै पक्षलाई सहमत गराई दोस्रो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुलगायत प्रादेशिक र संघीय संसदको निर्वाचनको चुनौती देउवाका सामु छ ।

 यस्तै अर्को महत्वपूर्ण चुनौती संविधानको कार्यान्वयनको हो । यस्तै मधेश मुद्दाको सम्बोधन उनका लागि अर्को चुनौतीको विषय बन्नेछ ।

मधेशलाई उनले हेर्ने र मधेशले उनलाई हेर्ने दुवैथरि दृष्टिकोण आरोपित छन् (विगतमा देउवा अखण्ड सुदूर पशिचमका पक्षधर थिए भन्ने बुझाई मधेशको छ) । 

यस्तोमा सबैलाई स्वीकार्य हुने गरी समस्याको समाधान पहिल्याउनु र हिजोजस्तै मधेशमा कांग्रेसको संगठन विस्तार गर्ने विषय नेतृत्वका लागि कम चुनौतीपूर्ण हुने छैन । यसैसँग जोडिएको छ, संविधान संशोधनको विषय ।

 राष्ट्रिय राजनीतिमा निकै महत्वपूर्ण तरंग स्थापित गरेको संविधान संशोधनको विषयले भावी दिनमा सरकारको आयु निर्देशित गर्ने कुरामा दुई मत हुन सक्दैन ।

मधेशका जनताको अधिकारसँग जोडिएको संविधान संशोधनको विषय आगामी निर्वाचन र संविधान कार्यान्वयनसँग पनि सम्बद्ध छ भन्दा अतिशयोक्ति हुँदैन ।

 यी विषयमा पनि देउवाले नेतृत्वका हैसियतले कांग्रेसको दृष्टिकोणसमेत विकसित गर्नुपर्नेछ । यसैगरी नेपालले ओबोरमा सम्झौता गरिसकेको पृष्ठभूमीमा दुई छिमेकीसँगको सम्बन्धलाई नयाँ ढंगले व्यवस्थापन गर्नु देउवाका लागि थप चुनौती बन्न सक्दछ ।   

देउवाका सामु उपस्थित सबैभन्दा ठूलो चुनौती हो संविधान कार्यान्वयनको । संविधान निर्माणका सन्दर्भमा हिजोका दिनमा देउवाको सहभागिता कांग्रेसका नेताका रुपमा मात्र थियो । तर अहिले भूमिका परिवर्तित भएको छ । 

कांग्रेसको नेतृत्वमा आएको संविधानको कार्यान्वयनको जिम्मेबारी अहिले पार्टी सभापति र सरकार प्रमुखका दृष्टिले देउवाको काँधमा थपिएको छ । हिजो पार्टी नेतृत्वको आलोचनामात्र गरे पनि शायद पुग्थ्यो तर अब देउवाले आलोचनाहरुको सम्बोधन गर्नुपर्नेछ । 

संविधानप्रति मधेशलगायत विभिन्न पक्षका असन्तुष्टि छन् । संविधान सर्वस्वीकार्य हुन सकेको छैन ।
यस्तोमा संविधानलाई सबैको दृष्टिमा स्वीकारयोग्य बनाई कार्यान्वयनमा लैजानु निश्चय पनि सहज छैन । 

तर आँटु गर्नु अपरिहार्य छ । आँट गरे नयाँ इतिहास रच्न सफल हुनेछन् देउवा । गिरिजाप्रसाद कोइरालाले देशमा शान्ति स्थापनाका सन्दर्भमा इतिहास रचे । सुशील कोइरालाले संविधान निर्माण सम्भव बनाएर इतिहास रचे ।

 देउवाका सामु संविधान कार्यान्वयन्को अवसर छ । उनी यस सन्दर्भमा इतिहास रच्न सक्छन् । 
तर यो कार्य उनी एक्लै र उनको हिजोको गुटबाटमात्र सम्भव हुने छैन भन्ने जानकारी उनलाई हुनुपर्छ । 
यसका लागि उनले सबै कांग्रेसजनलाई विश्वासमा लिई वास्तविक अर्थमा पार्टीलाई एक ढिक्का बनाउन सक्नुपर्छ, अनिमात्र उनको नेतृत्वको सरकार सफल हुने विश्वास गर्न सकिन्छ । 
 

सिरहा । कर्जन्हा नगरपालिका वडा नम्बर ११ मा रहेको...

सिरहा । सिरहाको सुखिपुर नगरपालिका वाडा नम्बर ४ काविलासिमा सोमबार...

सिरहा । सिरहाको लहान ठाडी सडकखण्डअन्तर्गत सखुवानन्कारकट्टी गाउँपालिका वाडा नम्बर...

जनकपुरधाम : भगवान् सीताराम विवाह महोत्सवअन्तर्गत आज मटकोर विधि सम्पन्न...

सिरहा । सिरहाको बिष्णुपुर गाउँपालिका वाडा नम्बर २...

जनकपुरधाम । साधुसन्तहरु रामजानकी विवाहमहोत्सवको तयारीमा जुटेको बेला रामजानकी मन्दिर...

जनकपुरधाम । त्रेता युगकालिन भगवान राम र जानकीको विवाहमहोत्सव धुमधाम...

वीरगञ्ज । नेपाल ईञ्जिनियर्स एशोसिएशनको ३२ औं महाधिवेशनको क्रममा लोकतान्त्रिक...

काठमाण्डु । नेपाल सरकारले निर्धारण गरेको मर्यादाक्रममा व्यापक फेरबदल हुने...

जनकपुरधाम : रामजानकी विवाह पंचमीको चौथो दिन आज तिलकोत्सव ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका स्थित ज्योति विकास बैंकबाट...

जनकपुरधाम । रामजानकी बिबाहमहोत्सवमा सहभागी हुन आउन लागेका भारत उत्तर...

जनकपुरधाम : सप्ताहव्यापी विवाहञ्चमी महोत्सवको तेश्रो दिन...

सिरहा । सिरहाको गोलबजार उद्योग व्यापार संद्यमा महासचिव बाहेक भरत...

सिरहा । सिरहाको भगवानपुर गाउँपालिका–४ ठाडीमा बम विस्फोट भएको...

जनकपुरधाम । भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको जनकपुरधाम भ्रमणको...

जनकपुरधाम : राम–जानकी महोत्सवको दोस्रो दिन शनिवार जनकपुरस्थित विवाह...

जनकपुरधाम: महायज्ञ सुरु हुनेक्रममा जानकी मन्दिरबाट निकालिएको घोडा रथसहितको र्याली...

सिरहा। साना किसान कृषि सहकारि सन्स्था लिमिटेड बिष्णुपुर,सिराहाका सन्चालक समितिले...

सिरहा : लहानमा मधेशी समुदाय र सँस्कृति उपर अपशब्द...

सिरहा । सिरहाका ९ वटा गाँउपालिकामध्ये लक्ष्मीपुर पतारी गाँउपालिका अहिलेसम्म...

सिरहा । सिरहाको गोलबजार व्यापार संघको जारी मतगणनामा भरत अग्रवाल...

जनकपुरधाम : महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नं...

रौतहट: रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ मा रहेको...

गौर : गौर नगरपालिकाले शिक्षा क्षेत्रको सुधारको लागि शुरू गरेको...

रौतहट: रौतहट जिल्लाको राजदेवी नगरपालिका वड़ा नम्बर ८ मा रहेका...

रौतहट ; रौतहट जिल्लाको ईशनाथ नगरपालिका १५ औ खुल्ला दिसा...

जीतपुर : जीतपुरसिमरा उपमहानगरपालिकाले लैङिगक हिँसा बिरुद्धको १६ दिने...

जनकपुरधाम : नयाँ शक्ति पार्टी, नेपाल प्रदेश नम्बर २ का...

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले संचारक्षेत्रको वृति विकासको लागि प्रदेश...

जनकपुरधाम । रामजानकी विवाह पञ्चमी महोत्सव जनकपुरधाममा शुक्रवारबाट विधिवत रुपमा...

सिरहा : सिरहा २२ मङ्सिर ।सिरहाको लहान नगरपालिका बाट हतियार...

जनकपुरधाम : लालपूर्जा भएको ५ विघा निजी जग्गामा नेपाली सेनाका...

जनकपुरधाम । स्वतन्त्र मधेश गठवन्धनका संयोजक सी के राउत...

लहान : सिराहा अर्नमा गाउँपालिका– ३ हर्कट्टामा मोटरसाइकलबाट लडेर...

सिरहा । बिष्णुपुर गाउँपालिका वडा नम्बर १ मा फिल्मी...

जनकपुरधाम । नेपाल अन्तराष्ट्रिय कृष्ण भावनामृत संघको ...

बर्दिबास । १५औं अन्तराष्ट्रिय महिला ...

जनकपुरधाम । धनुषाधाम नगरपालिका–९...

पोखरिया । पर्साको छिपहरमाई गाउँपालिकाको भिस्वा ...