Tue, 11 Dec 2018
ताजा समाचार
महन्त वैकुण्ठमाथि दुई मुद्दा || ससुरालीमा भगवान राम उपेक्षित || लोकतान्त्रिक समुहको प्रचार तिव्र || प्रदेशमा मुख्यमन्त्री र काठमाण्डुमा संघिय मन्त्री ठूलो || तिलकोत्सव सम्पन || झूटो अपवाह फैलाउने एक युवक पक्राउ || योगी लखनउबाट सोझै आउने, मधेश भवनमा दिवा भोज || सप्ताहव्यापी विवाहञ्चमी महोत्सवको तेश्रो दिन धनुष यज्ञ सम्पन, || गोलबजार उद्योग व्यापार संद्यमा महासचिव बाहेक अग्रवालको प्यानल नै विजयी || सिरहामा बम विस्फोट || योगीको स्वागतमा जुटे निधि || यसरी भेटेका थिए रामले सिता || महायज्ञ सुरु || सिरहामा सहकारिको ढुकुटि सन्चालक समितिको सुबिधामै स्वाहा || घाईते विद्यार्थीहरुको निःशुल्क उपचार हुनुपर्ने लगायतका मागहरु || एम्बुलेन्स नभएको गाउँपालिकामा ६० लाखको गाडी || गोलबजार व्यापार संघमा अग्रवालको २ सय ८७ मतले अग्रता || हेल्प मधेसी कत्तार च्याप्टर द्वारा पिडित परिवारलाई राहत || राइस मिलको पछाडि जमेको पानीबाट बच्चाको शव बरामद || शिक्षक , अभिभावक , विद्यार्थी जिम्मेवार नभए सम्म शिक्षाको सुधार || सरसफाई तथा छलफल कार्यक्रम सम्पन्न || ईशनाथ १५ औ खुल्ला दिसा मुक्त नगरपालिका घोषणा || लैङिगक हिँसा बिरुद्धको एक दिन कार्यक्रम जीतपुरमा || नयाँ शक्ति प्रदेश २ को सचिवालय इन्चार्जमा यादब || संचार क्षेत्रको विकासको लागि प्रदेश सरकार तत्पर : मुख्यमन्त्री राउत || 'नगर दर्शन’सँगै विवाह महोत्सव शुरु || सिरहाको लहान बाट हतियार सहित २ पक्राउ || निजि ५ विघा जग्गा नेपाली सेनाले गरे कब्जा || सी. के. राउत जेल चलान || मोटरसाइकलबाट लडेर वृद्धाको मृत्यु || बिष्णुपुर गाउँपालिका भिसन डकैती || जनकपुरधाम विशाल रथयात्रा || स्वास्थ्य स्वयंसेविका दिवस मनाइयो || शैक्षिक स्तर सुधार्नमा जोड || स्वास्थ्य स्वयम्सेविका दिवस मनाइयो || चेम्बर नहुँदा सभापति चयनमा ढिलाई || देशकै ठुलो योजना प्रदेश २ लाई दिएको मन्त्री महासेठको दावी || फोरममा जिम्मेवारी हेरफेर हुने || दलित विद्यार्थीलाई सहयोग, प्रहरी पुरस्कृत || नक्कली लालपूर्जा बनाएर अर्बौँ मूल्यको जग्गा बेच्ने महन्त पक्राउ ||
राज्यसत्ता र समाजबारे

जेठ ३०, २०७४

 


– रोशन जनकपुरी 


नेतृत्वहरुको पलायन र नयाँं परिस्थितिहरुको सटिक विश्लेषणको अभावमा देशमा प्रत्यक्ष वर्गसंघर्ष करिब करिब शून्यको स्थिति छ ।

तर हाल देशमा देखिएका संघीय अधिकारका द्वन्द र संघर्षहरुपनि सारमा वर्ग संघर्षकै रुप हुन । किनभने यी संघर्षहरुको अन्तर्यमा उत्पीडनबाट मुक्ति नै हो ।

र , वर्तमान राज्यसत्ताको स्वरुप हेर्ने हो भने त्यहाँं देशका सबै भागका मानिसहरु देखिन्छन् । यसले के साबित हुन्छ भने देशैभरि एउटा यस्तो वर्ग–समुदाय छ जो सत्तामा छ र बाँंकी उत्पीडनमा छन् ।
                               
समाजमा जब समस्याहरु असमाधेय हुँंदै जान्छन् अनि समाजले राज्यसत्ताको निर्माण गर्दछ । यस क्रममा समाजले आफ्ना केही निर्णायक अधिकारहरु राज्यसत्तामा प्रत्यायोजित गर्दछ ।

यी अधिकारहरुको कार्यान्वयनको निम्ति राज्यसतालाई सशस्त्र बल गठन गर्न छूट दिन्छ । राज्यसत्ताले आफ्नो कामकाज सुचारु रुपमा चलाउन कर्मचारीतन्त्र खडा गर्दछ । विभाजित समाज आफैमा अन्तरविरोधी हो त्यसैले समाजमा अन्तरविरोध र द्वन्द रहेसम्म राज्यसत्ताको आवश्यकता हुन्छ । यसरी राज्यसत्ताको उद्देश्य समाजमा विद्यमान समस्याहरुको समाधान गर्नु हो ।

तर जब विभाजित समाजको स्वभाव राज्यसत्तामा अभिव्यक्त हुन थाल्दछ र राज्यसत्ता समाजको कुनै एउटा वर्ग वा समुदायको प्रतिनिधित्व गर्न थाल्दछ , त्यसपछि उ सशस्त्र समूहहरुको एउटा झुण्डमा परिणत हुन्छ । उसले सबैको कल्याणकारी नाराको रटान गरेपनि उ आफैलाई जन्माउने समाजप्रति दमनकारी चरित्रमा परिणत हुन थाल्दछ ।

वर्तमान समयका राज्थहरु यस्तै प्रकारको दमनकारी राज्यसत्तामा परिणत भएका छन् ।
आफ्नो जन्मको समयमा समाजसंग अन्तरश्रृंखलित राज्यसत्ता कुनै एक वर्गको प्रतिनिधि र समाज प्रति असहिष्णु र दमनकारी भईदिएपछि समाज र राज्यसत्ताको दूरी बढदै जान्छ ।

दुबै दुई विपरित तत्वमा परिणत हुन्छन् र समाज र राज्यसत्ता बीच झडपहरु सृजना हुन्छ । यो नै राजनतिक आन्दोलन र क्रान्तिहरुको कारण बन्दछ । 

हम्रो समाज विभिन्न वर्गहरुबाट बनेको द्वन्दमय समाज हो ।
समाजमा रहेका यी वर्गहरु आफ्नो वर्गस्वार्थ अनुसार समाजका अन्य वर्ग र राज्यसत्तासंग सम्बन्ध बनाउने गर्दछ ।

हाम्रो पारम्परिक समाजमा वर्गहरुको प्रतिनिधित्व विभिन्न जात–जातिहरुले गर्दथ्ये ।
हरेक जातिको आ–आफ्नो सामुदायिक विधि र नेतृत्व तह थियो जसले जातीय समुदायलाई नियन्त्रित गर्दथ्यो । विभिन्न जातिहरुमा माइजन र देमान, कटुवाल आदिको परम्परा अव खासै प्रभावकारी नरहेपनि अहिलेपनि अवशेषको रुपमा विद्यमान छ र विवाह, मरण आदि सामाजिक अवसरमा देखिने गर्दछ ।

तात्पर्य के भने एउटा कालविशेषमा यी जातगत व्यवस्थापनले राज्यसत्ताको कामलाई सुचारु बनाउँदथ्यो । तर पूँज्विादी प्रवाह, विश्वमा भएका विभिन्न क्रान्तिहरु र जनआन्दोलन , शिक्षा र वैश्विक निकटताले उत्पन्न आधुनिक चेतनाले समाजको जातगत सम्बन्धहरुलाई वर्ग सम्बन्ध र चेतनालाई वर्गचेतनामा परिणत गरिदिएको छ । 


हिजोसम्म प्रायः एकैखालका आर्थिकस्तरमा रहेका ग्रामीण जीवनमा रमाई रहेका जातीय समुदायहरुमापनि शहर, उद्योगधन्दा र रुपियाँंमा लेनीदेनीले असमान आर्थिक स्थिति सृजना ग¥यो । परिणाममा शासक जाति भनिेने ब्राह्मण, कायस्त र राजपूत आदि जो प्रायः अर्थ र प्रतिष्ठामा समुद्ध मानिन्थे , उनिहरुको समुदायभित्रपनि गरिबी र वर्णवादी सामाजिक व्यवस्था अनुसार सेवाकालागि मात्र र अभाव र गरीबी स्वाभाविक मानिने शूद्र भनिने समुदाय भित्रपनि थौरै भएपनि आर्थिक समृद्ध मानिसहरु जन्मियो ।

पूँंजीपनिलाई कामगर्ने मानिसको आवश्यकता थियो र उसलाई धर्म र पारम्परिक सामाजिक व्यवस्थासंग कुनै मतलब थिएन । 

यस प्रकार वैश्विक पूँंजी र आधुनिक चेतनासंगको निकटताले हाम्रो पारम्परिक समाजलाई वर्ग विभाजित समाजमा परिणत गरिदियो । हाम्रो वर्तमान समाजलाई हेर्ने हो भने त्यहाँं जातीय आकर्षण त अझै देखिन्छ तर समाजको अन्तर्यमा भने वर्ग चेतना अर्थात धनी र गरिबको रुपमा पनि सामूहिकीकरण भै रहेको हामी सहजै हेर्न सक्दछौँं ।

दश वर्ष पहिला माओवादीहरुद्वारा संचालित दशवर्षे जनयुद्धमा देशका सबैक्षेत्र र जातिबाट सहभागिता हाम्रो समाजमा वर्गसम्बन्धका आधारमा भै रहेको ध्रुविकरणलाई दर्शाउँंदछ ।

इतिहासको प्रवाहमा मानवीय स्वत्व र स्वाभिमान (जो वास्तवमा सत्तामा भागिदारी खोज्नु नै हो) जस्ता विषयहरुपनि जन्मिए । पूँंजीको वैश्विकीकरणको क्रममा एउटा समद्ध समुदायले अर्को र एउटा देशले अर्को देश कब्जा ग¥यो ।

यस्ले देशभक्ति, राष्ट्रियता र जातीय अस्तित्व जस्ता विषयहरु जन्मायो । यसले समाज र राज्यसत्ताको द्वन्दमा यी विषयहरुपनि समायोजित भयो । यद्यपि सारमा हेर्ने हो भने यी विषयहरुको मूलमा उत्पीडन र मुक्ति नै थिए । यसभित्रपनि विजयी वर्चस्वधारी वर्गसंग समाजका विविध समुदायको स्वार्थपूर्ण सम्बन्ध विकसित भएकै थिए ।

 हाम्रो देशको न्यूनतम सय वर्षको सामाजिक व्यवस्थाको इतिहासलाई हे¥यौ भने समाजमा विद्यमान जातिभेद र उत्पीडनहरु वर्गीय शोषणको अभिव्यक्तिमा परिणत भएको तथ्य सहजै बुझ्न सक्छौँं । हुन त यो वर्गद्वन्द हिजोपनि थियो ।

तर उतिबेला यस द्वन्दमा श्रमजीवि जाति समुदायहरु नै विपन्न वर्ग थिए र शामेल थिए । तर आधुनिक चेतनाले कथित उच्च जातमा आर्थिकरुपमा तल झरेको समूहपनि यस द्वन्दमा शामेल हुन पुग्यो । यसप्रकार राज्यसत्ताको चरित्र दमनकारी र समृद्ध वर्गपक्षीय भएपछि यो द्वन्द समाज र राज्यसत्ताको विचमा देखियो ।

हामी कहाँको राज्यसत्तापनि सशस्त्र समुह जस्लाई हामी सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी भन्दर्छाँं, त्यसको बलमा सञ्चालित दमनकारी चरित्रको राज्य सत्ता हो । इतिहासको प्रवाहमा देशका सबैतिर बाट एउटै वर्गका प्रतिनिधिरु सत्तामा पुगेका छन् ।

आम जनताबाट कटेपछि शासक वर्ग र जातिले बैश्विक पूँंजी वा पूँंजीपतिसंग गँंठजोड गरेर सत्ता चलाउँंदै छन् र उत्पीडित वर्ग र उत्पीडित समुदायमाथी शासन गर्दैछन् । देशमा रहेका अधिकांश श्रमजीवि वर्ग र समुदायका हितहरु उपेक्षित छन् ।

उनिहरु राज्यसत्ताको इच्छालाई जनताको इच्छा मान्नलाई स्वीकार्न बाध्य बनाइँदै छन् र विरोध गर्दा सेना र प्रहरी लगाएर विरोधको स्वरहरु दमित हुँंदैछन् । यसप्रकार लेनिनको भाषामा राज्यसत्ता सशस्त्रबलको बलमा शासन गर्ने ग्याङ्गमा परिणत भएको छ । 

नेतृत्वहरुको पलायन र नयाँं परिस्थितिहरुको सटिक विश्लेषणको अभावमा देशमा प्रत्यक्ष वर्गसंघर्ष करिब करिब शून्यको स्थिति छ । तर हाल देशमा देखिएका संघीय अधिकारका द्वन्द र संघर्षहरुपनि सारमा वर्ग संघर्षकै रुप हुन ।

किनभने यी संघर्षहरुको अन्तर्यमा उत्पीडनबाट मुक्ति नै हो । र , वर्तमान राज्यसत्ताको स्वरुप हेर्ने हो भने त्यहाँं देशका सबै भागका मानिसहरु देखिन्छन् । यसले के साबित हुन्छ भने देशैभरि एउटा यस्तो वर्ग–समुदाय छ जो सत्तामा छ र बाँंकी उत्पीडनमा छन् । 

राज्य चतुर छ । उसले अनेक थरि दाउ जानेको छ । उसले चुनावलाई लोकतन्त्रको अनिवार्य अङ्ग भन्दछ ।  आफैले निर्वाचन आयोग गठन गर्दछ, आफै उम्मेदवार हुन्छ , आफ्नै प्रहरी,सेना राख्छ र आफै जित्छ । दुई–चारजना बाहिरका जीतेपनि तिनि भीडमा हराउँंछन् ।

आफै पक्षमा हुन्छ र आफै विपक्षमा ।
 र , यी सबको बलमा आफू अनुकूल सम्विधान जारी गर्दछ र यसको पालना गर्नु जनताको दायित्व हो भन्दछ । यसको विरोध गर्नु लोकतन्त्रको विरोध गर्नु हो भन्छ । यस प्रकार एउटा प्रक्रियामा राज्यसत्ताको इच्छा र हित लोकतान्त्रिक हुन्छ र समाजको अधिकांश  हिस्सा श्रमजीवि वर्ग र समुदायको इच्छा र हित अलोकतान्त्रिक हुँंदै जान्छ । 

नेपालको सम्विधान निर्माणका क्रममा नेपाली जनताले शासनको स्वरुप र राज्यको पुनर्निमाणको विषयमा आफ्ना अनूकूल अनेक विषयहरु उठाएका थिए ।

तर बाठो शासनले राजनीतिको कथित लोकतान्त्रिक चक्कर यसरी चलायो कि जनताका अनुकूलताको साटो उसले आफ्नो अनुकूलतामा सम्विधान निर्माण ग¥यो र अव त्यसै अनुकूल निर्वाचन गराएर आफ्ना वर्ग र वर्गका पिछलग्गूहरुलाई सत्तामा लैजाने प्रक्रियामा छ ।

यस क्रममा उसले सबभन्दा पहिले उत्पीडित वर्ग र समुदायहरुलाई विभाजित ग¥यो । जस्तै— उसले संघीयतामा मधेशी अधिकारका लागि लडिरहेका मधेशवादी राजनीतिक दल तथा वर्गीय र जातीय उत्पीडित समुदायहरु एकजूट हुनुपर्दछ भन्ने धारणासहित सम्पूर्ण मुक्तिको निम्ती संघर्षरत माओवादी शक्तिहरुवीच विभाजन र द्वन्दात्मक मानसिकता सृजना ग¥यो । 

त्यसपछि उसले वर्गहितको प्रतिनिधित्व र संघर्ष गर्ने शक्ति माओवादीहरुलाई टुक्रयायो र पतीत बनायो । त्यसपछि संघीयतामा स्वायत्तता र आत्मनिर्णयको अधिकारको निम्ति संघर्ष गरिरहेका शक्तिहरुलाई पनि विभाजित पा¥यो । आदिवासी–जनजातिहरुको आन्दोलन त प्रभावकारी संघर्षको साटो आइएनजीओ टाइप कार्यक्रमहरुमा परिणत भैसकेको छ ।

केही झडपपूर्ण संघर्षमा देखिएको मधेश आन्दोलनपनि राज्यसत्ताको गोलचक्करमा परेर विभाजित भैसकेको छ । 
मधेश आन्दोलनमा भेट्रान र सबैभन्दा हक्की भनिएका उपेन्द्र यादव राज्यसत्ताका पुच्छर समातेर वैतरणी पार गर्नमा लागिसकेका छन् र महन्थ ठाकुर र राजेन्द्र महतोहरु सडकमा संघर्षरत् छन् । 

कुनैसमयमा देशको सबैभन्दा सशक्त आन्दोलनको रुपमा देखिएको मधेशी आन्दोलनपनि अन्ततः माओवादी आन्दोलनको हविगत भोग्दैछ । यस्को एउटै कारण छ , आन्दोलनभित्रको अवसरवादी चरित्र । 
 फासिस्ट चरित्र ग्रहण गरिसकेको नेपाली राज्यसत्ताले सम्विधान घोषणा र चुनाव  गराएर आफैलाई धेरै हद्सम्म सुविधाजनक स्थितिसम्म पु¥याई सकेको छ ।

यसमा संघर्षशील शक्तिहरुको अवसरवादी चरित्र र राज्यसत्ताको कुटिलताको कारण जनताको नजरमा पतीत हुनु हो । अहिले महन्थ ठाकुर र राजेन्द्र महतोको राष्ट्रिय जनता पार्टी सडकमा देखिएको छ । तर ध्यान दिने हो भने यो संघर्ष मधेशी अधिकार भन्दापनि राज्यसत्ताले उनिहरुसंग गरेको सम्झौता पूरा नगरेर हो । 

कदाचित सरकारले यिनीहरुले भनेजस्तो गरिदिए भने यिनीहरुपनि यसै सत्तामा पस्छन् । कसैलाई भ्रम छ भने स्पष्ट भए हुन्छ, सरकार र राजपाबीचको सहमति मधेशी स्वायत्ततार आत्मनिर्णयको अधिकारसहितको प्रदेशको निम्ति होइन । यो त यसै राज्य व्यवस्थाभित्र निर्वाचन क्षेत्रमा बढोत्तरी र आफूले रोजेको निर्वाचन चिन्ह सहित निर्वाचनमा भागलिनको निम्तिी मात्र हो ।

यसमा सरकारबाट कार्यकर्तामाथीका राजनीतिक मुद्दा फिर्ता र शहिद घोषणा जस्ता राम्रा कुरापनि छन् , तर यी तपसीलका विषय हुन् । जुन उद्देश्यको निम्ति मधेश आन्दोलन शुरु भएको हो ती उद्देश्यहरु उपेक्षित र धेरै पर पुगिसकेका छन् । यसप्रकार हामी हे देख्दछौँ भने सरकारमा होस वा सडकमा अहिले राज्यसत्ता नै देखिन्छ ।

जनहितमा आन्दोलन विकसित गर्ने हो र लक्ष्यसम्म पु¥याउने आँंट गर्ने हो भने उत्पीडित वर्ग र उत्पीडित समुदायहरु एकजूट हुनु पर्दछ ।

यसको निम्ति वर्गसंघर्ष पक्षधर शक्ति र जातीय अधिकारको पक्षधरशक्तिहरुले नयाँं धरातलबाट बहस, विमर्श र संघर्षको बाटो खोज्नु अपरिहार्य छ । 

 

जनकपुरधाम । साधुसन्तहरु रामजानकी विवाहमहोत्सवको तयारीमा जुटेको बेला रामजानकी मन्दिर...

जनकपुरधाम । त्रेता युगकालिन भगवान राम र जानकीको विवाहमहोत्सव धुमधाम...

वीरगञ्ज । नेपाल ईञ्जिनियर्स एशोसिएशनको ३२ औं महाधिवेशनको क्रममा लोकतान्त्रिक...

काठमाण्डु । नेपाल सरकारले निर्धारण गरेको मर्यादाक्रममा व्यापक फेरबदल हुने...

जनकपुरधाम : रामजानकी विवाह पंचमीको चौथो दिन आज तिलकोत्सव ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका स्थित ज्योति विकास बैंकबाट...

जनकपुरधाम । रामजानकी बिबाहमहोत्सवमा सहभागी हुन आउन लागेका भारत उत्तर...

जनकपुरधाम : सप्ताहव्यापी विवाहञ्चमी महोत्सवको तेश्रो दिन...

सिरहा । सिरहाको गोलबजार उद्योग व्यापार संद्यमा महासचिव बाहेक भरत...

सिरहा । सिरहाको भगवानपुर गाउँपालिका–४ ठाडीमा बम विस्फोट भएको...

जनकपुरधाम । भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको जनकपुरधाम भ्रमणको...

जनकपुरधाम : राम–जानकी महोत्सवको दोस्रो दिन शनिवार जनकपुरस्थित विवाह...

जनकपुरधाम: महायज्ञ सुरु हुनेक्रममा जानकी मन्दिरबाट निकालिएको घोडा रथसहितको र्याली...

सिरहा। साना किसान कृषि सहकारि सन्स्था लिमिटेड बिष्णुपुर,सिराहाका सन्चालक समितिले...

सिरहा : लहानमा मधेशी समुदाय र सँस्कृति उपर अपशब्द...

सिरहा । सिरहाका ९ वटा गाँउपालिकामध्ये लक्ष्मीपुर पतारी गाँउपालिका अहिलेसम्म...

सिरहा । सिरहाको गोलबजार व्यापार संघको जारी मतगणनामा भरत अग्रवाल...

जनकपुरधाम : महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नं...

रौतहट: रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ मा रहेको...

गौर : गौर नगरपालिकाले शिक्षा क्षेत्रको सुधारको लागि शुरू गरेको...

रौतहट: रौतहट जिल्लाको राजदेवी नगरपालिका वड़ा नम्बर ८ मा रहेका...

रौतहट ; रौतहट जिल्लाको ईशनाथ नगरपालिका १५ औ खुल्ला दिसा...

जीतपुर : जीतपुरसिमरा उपमहानगरपालिकाले लैङिगक हिँसा बिरुद्धको १६ दिने...

जनकपुरधाम : नयाँ शक्ति पार्टी, नेपाल प्रदेश नम्बर २ का...

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले संचारक्षेत्रको वृति विकासको लागि प्रदेश...

जनकपुरधाम । रामजानकी विवाह पञ्चमी महोत्सव जनकपुरधाममा शुक्रवारबाट विधिवत रुपमा...

सिरहा : सिरहा २२ मङ्सिर ।सिरहाको लहान नगरपालिका बाट हतियार...

जनकपुरधाम : लालपूर्जा भएको ५ विघा निजी जग्गामा नेपाली सेनाका...

जनकपुरधाम । स्वतन्त्र मधेश गठवन्धनका संयोजक सी के राउत...

लहान : सिराहा अर्नमा गाउँपालिका– ३ हर्कट्टामा मोटरसाइकलबाट लडेर...

सिरहा । बिष्णुपुर गाउँपालिका वडा नम्बर १ मा फिल्मी...

जनकपुरधाम । नेपाल अन्तराष्ट्रिय कृष्ण भावनामृत संघको ...

बर्दिबास । १५औं अन्तराष्ट्रिय महिला ...

जनकपुरधाम । धनुषाधाम नगरपालिका–९...

पोखरिया । पर्साको छिपहरमाई गाउँपालिकाको भिस्वा ...

जनकपुरधाम ।प्रदेश सभा २ मा विभिन्न सातवटा समितिहरु ...

जीतपुर: भौतिक पुर्बधार तथा यातायातमन्त्री रघुबिर महासेठले बाराको जीतपुरसिमरा उपमहानगरपालिका...

काठमाण्डु । संघिय समाजवादी फोरम नेपालको पदाधिकारी बैठकले पार्टीमा रहेको...

जनकपुरधाम । प्रदेश २ को सरकारले रकम अभावमा एमबीबीएस अध्यनबाट...

जनकपुरधाम : जनकपुरमा गुठीको अर्बौं मूल्यको जग्गा कीर्ते गरी बेचेको...