Thu, 24 May 2018
ताजा समाचार
सर्वसाधारणले पनि प्रदेशसभामा प्रस्ताव लान पाउने || सवारी दुर्घटनामा दश महिनामा ९५ को मृत्यु || शिक्षामा लगानीअनुसार प्रतिफल आएन ः प्रधानमन्त्री || पाँचवर्षसम्म सरकार सञ्चालन हुन्छ ः प्रचण्ड || ठक्कर दिने टिपरका सवारी चालक पक्राउ || नीति तथा कार्यक्रममा छुटेका विषय बजेटले समेटोस् || राजविराज विमानस्थल एक दशकपछि पुनः सञ्चालनमा || पोखरीमा डुबेर चार बालिकाको मृत्यु || गुण्डाराजको अन्त्य गर्दै जनताको राज स्थापना हुन्छ : गृहमन्त्री || दुर्गम गाउँमा अफिम खेती || महोत्तरीमा बढ्यो गर्मी || तत्मा समाजको राष्ट्रिय कार्यकारिणी समिति गठन || मन्त्री यादव थाइल्याण्डतर्फ || एकैरातमा तीन घरमा चोरी || डोम समुदायका बालबालिका विद्यालय भर्ना || हजार विद्यार्थीमा एउटै शौचालय || सडक र ऊर्जा प्राथमिकतामा छः मुख्यमन्त्री राउत || उखु किसानद्वारा मिलमा धर्ना मालिक फरार || वडाध्यक्ष पौडेलको घरमा बम विष्फोट, दुई घाइते || सरकारको नीति तथा कार्यक्रम आज संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत || ओली ५ वर्षकै लागि प्रधानमन्त्री हो, त्यसमा तल–माथि हुँदैन : || रावणको जन्मभूमि मानिएको पौलस्त्य आश्रम ओझेलमा || सोलु करिडोर प्रसारण लाइन समयमै सक्न प्राधिकरणको ठेकेदारलाई ताकेता || विषाक्त मदिरा सेवन गर्दा १२ जनाको मृत्यु, मदिरा बिक्रीवितरण गर्ने || सन्दीप लामिछानेको खुलेर प्रशंसा गरे रिकी पोन्टिङले || विद्यार्थी मृतावस्थामा फेला || बजेटमा मधेससंग विभेद गरीए संसद अवरुद्ध गर्ने सांसद यादवको चेतावनी || प्रदेश नं २ का सञ्चारमाध्यमलाई राहतपूर्ण वर्गीकरण गर्न आग्रह || मालपोत कर तिर्नु पर्दैनः नगर प्रमुख || पुर्व राजा ज्ञानेन्द्रलाई नागरिक अभिनन्दन || तरुण दलको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम || शिक्षक संगठन धनुषामा महतो || सर्पदंशबाट महिलाको मृत्य || ससुराली पक्षको कुटाइबाट महिला गम्भीर || मधेशको लागि विशेष बजेटः मन्त्री महासेठ || गेरुका नदीमा सरसफाई || तुलसीदास पार्कमा सरसफाई || मिथिलाको युगभूमि सिम्रौनगढ हो : पुरातत्वविद मिश्र || ठेकदारको लापर्वाहीले बस दूर्घटना, २४ बढी घाईते || फोरम पदाधिकारी बैठक जारी, एकीकृत नेकपामाथि नजर ||
द्वन्द्वतिर बढिरहेका पाइलाहरु

जेठ ३१, २०७४


सँजय मित्र


तीन प्रदेशमा स्थानीय तहको निर्वाचन भइसकेको र चारवटा प्रदेशमा बाँकी रहेको तथा दुई हप्तापछि हुन गइरहेको निर्वाचनको बाँकी प्रदेशको निर्वाचनले स्थानीय तहलाई बलियो बनाउने कुरामा दुई मत छैन ।

नयाँ संविधानले स्थानीय तहलाई दिएको अधिकार र प्रादेशिक संरचनामा देश गएपछि प्रादेशिकताको नेपाली ढाँचाको व्यावहारिक प्रयोगको लागि पनि निर्वाचन चाहिएको छ ।

हिजोको दिनमा समग्र मधेस एक प्रदेश भनी आन्दोलन गर्ने दलहरुले एक मधेस पाँच प्रदेश बन्दा पनि स्वीकार गरेकै हुन् एक प्रदेश मागकर्ताहरु । यसकारण जनतालाई सधैँ बलिको बोको बनाउने र सधैँ आन्दोलन गर्ने कुरामा त्यत्ति विश्वास सर्वसाधारणमा नभएको देखिएको छ ।

मधेसको राजनीतिले फेरि द्वन्द्वतिर आफ्ना पाइलाहरु बढाइरहेको स्पष्ट भएको छ । हिजोको दिनमा छ महिनासम्म आन्दोलनका सहयात्रीहरु अहिले दुई चिरामा विभक्त भई कसको यात्रा ठीक भन्ने छुट्याउन मुस्किल हुने वातावरण तयार भएको छ । 

हिजो आन्दोलनका एजेन्डाहरु के के थिए ? गत पुस–माघतिर प्रचन्ड सरकारले चैतमा चुनाव गर्ने कुरोलाई बहसमा ल्याउँदा किन विरोध गरिए ? विरोध गर्ने आधारहरु के के थिए ? सर्वसाधारण नागरिक त्यो समय सम्झन चाहन्छन् । 

त्यत्तिवेला के कति कारणले मधेसी दलहरुले चुनावको विरोध गरेका थिए ? जहाँसम्म सर्वसाधारण नागरिकको सबाल छ संविधान संशोधन नै मुख्य मुदा हो त्यत्ति वेलाको ।

 संविधान संशोधन नभइकन कुनै पनि हालतमा चुनाव गर्न नदिने त्यत्तिवेलाको बोली नयाँ साल बदलिएपछि पुरानो भइसक्यो ।

साल बदलियो, समय बदलियो, बोली बदलियो र अडान बदलियो । 
एउटा स्मृति ताजै छ – बैसाखमा एकै चरणमा हुने भनी घोषणा भएको निर्वाचनको मितिलाई किन दुई चरणमा हुने भनी घोषणा गर्न पुनः बाध्य भयो सरकार र निर्वाचन आयोग ? 

धेरै पुरानो समय नभइसकेकोले पुरानो अखबारले यसको कारणको बखान गर्ला नै । बैसाखमै हुनुपर्ने निर्वाचन जब जेठमा स¥यो तब के कारणले सरेको थियो ? के एक महिनाको अवधिमा कुनै परिवर्तन भएको छ र जसको कारणले अहिलेको निर्वाचनमा सहभागी हुनैपर्ने बाध्यता आयो ?

 पहिले चैतमा हुन नदिने शक्ति, त्यसपछि बैसाखमा हुन नदिने शक्तिले अचानक के प्राप्त गरेर चुनावमा होमिए भन्ने प्रश्न जनमानसमा व्याप्त छ ।

के सधैँ आन्दोलन नै गरेरमात्र हुन्छ ? आन्दोलनमा जनसहभागिता कति हुने गरेको छ ? आन्दोलनले कति भूगोल लिने गरेको छ ? आन्दोलनले कतै विकास भएको छ ? शान्तिको अनुभूति जनताले गर्नै नपाउने ? आन्दोलन भनेको सडकमा जनतालाई उतारेर सडक, उद्योग, बजार, विद्यालय आदि बन्द गर्नु मात्र हो ? 

यी र यस्ता आधारभूत कुरा बन्द गरेर घाटा कसलाई भएको छ ? फाइदा कसले लिएको छ ? जति घाटा हुन्छ, त्यसको बराबर पनि उपलब्धि हुन्छ ? लगातार छ महिनासम्म सबै बन्द भएको समयमा परेको मारको क्षतिपूर्ति अहिलेसम्म भएको छ त ?

कुनै अमेरिकी राष्ट्रपतिले भनेका थिए – बुलेटभन्दा मतपत्र बलियो हुन्छ । अर्थात बुलेटले गर्न नसक्ने क्रान्ति र परिवर्तन मतपत्रले गर्न सक्छ ।

लोकतन्त्रलाई मान्ने पनि र लोकतन्त्रको सर्वोत्कृष्ट कार्य भनेको निर्वाचनबाट जनताको मनोबल बुझ्ने, जाँच्ने, आफ्नो मुदालाई जनताबाट अनुमोदन गराउने तथा आफ्नो मागलाई पूरा गर्ने – गराउने अधिकार प्राप्त गर्ने र आफू नै त्यो ठाउँमा पुगेर आफूले अरुलाई अधिकार दिनेसम्मको अवस्थामा कसैलाई अधिकार सम्पन्न बनाउँछ भने त्यो लोकतन्त्र नै हो ।

लोकतन्त्रमा निर्वाचनदेखि कोही पनि कुनै पनि हालतमा डराउनु हुँदैन । किनभने लोकतन्त्रमा निर्वाचन त्यो लडाइँ हो जसले धेरैको घमन्डलाई चकनाचुर पार्छ । 

नयाँ विचारलाई स्थापित गराउने, नयाँ विचार जन्माउने र नयाँ विचारलाई स्थापित गराउने आधार लोकतन्त्रमा चुनाव नै हो । चुनावबाट भागेर, जनताको बीचमा जान डराएर, लोकतन्त्रको मुख्य मूल्य मान्यतालाई अटेरी गरेर कसैले आफूलाई जनताको पक्षमा काम गरेको भनेर भन्न मिल्दैन । 

अहिलेसम्मको आन्दोलन र सडक संघर्षले जनतालाई जति प्राप्त भएको छ, तिनीहरुलाई  संस्थागत गरी प्राप्त अधिकारसित जनतालाई व्यवहारमा परिचित गराउन पनि चुनावमा जानु उचित हुन्छ ।

यिनै दुईथरि विचारमा अहिले समाज विभाजित भएको छ । नेपाली संचारमाध्यमहरुले पनि दुवैथरिलाई प्राथमिकतासाथ नागरिकमाझ राखिरहेका छन् । 

जसरी दुई शक्तिका दुईथरि विचार छन्, प्राथमिकता दिने संचारमाध्यम फरक भएजस्तै नागरिकले पनि आफ्नो रुचि फरक देखाइरहेका छन् । 

कतिपय नागरिकलाई आन्दोलनको तर्क सही लागेको छ भने कतिपयले चुनावलाई सही मानेका छन् । सर्वसाधारण नागरिक निकै अलमलिएका छन् ।

पहिलेका निर्वाचनहरुमा अनेक उम्मेदवार आएर आफूलाई राम्रो भनी आफूलाई मत दिन आग्रह गर्थे तर अहिले एकथरि मतदान गर्नुपर्छ र अर्कोथरि आएर निर्वाचनलाई बहिस्कार गर्नुपर्छ भनेर प्रचार गर्नुपर्छ भनिरहेका छन् ।

तीन प्रदेशमा स्थानीय तहको निर्वाचन भइसकेको र चारवटा प्रदेशमा बाँकी रहेको तथा दुई हप्तापछि हुन गइरहेको निर्वाचनको बाँकी प्रदेशको निर्वाचनले स्थानीय तहलाई बलियो बनाउने कुरामा दुई मत छैन ।  नयाँ संविधानले स्थानीय तहलाई दिएको अधिकार र प्रादेशिक संरचनामा देश गएपछि प्रादेशिकताको नेपाली ढाँचाको व्यावहारिक प्रयोगको लागि पनि निर्वाचन चाहिएको छ ।

 हिजोको दिनमा समग्र मधेस एक प्रदेश भनी आन्दोलन गर्ने दलहरुले एक मधेस पाँच प्रदेश बन्दा पनि स्वीकार गरेकै हुन् एक प्रदेश मागकर्ताहरु । 

यसकारण जनतालाई सधैँ बलिको बोको बनाउने र सधैँ आन्दोलन गर्ने कुरामा त्यत्ति विश्वास सर्वसाधारणमा नभएको देखिएको छ ।

 आन्दोलनमा जनमत देखिन्छ भन्ने र मतपत्रको माध्यमबाट जनताको परिवर्तनप्रतिका आकांक्षा देखिन्छ भन्ने दुवैथरिले जनतालाई नै केन्द्रविन्दु बनाएका छन् । एकथरिले चुनावमा जान डराएको आरोप लगाएका छन् भने अर्काथरिले कुर्सीको लागि मरिहत्ते गरेको आरोप लगाएका छन् । 

दुवै मधेसवादीको दुईथरिको विपरीत तर्कले सर्वसाधारणमा अन्यौल बढेको छ । मतदातालाई आन्दोलित गरेर प्राप्त गरेको मत, मतदातालाई अन्यौलमा राखेर गराइएको मतदान, द्वन्द्वरत अवस्थामा गरिएको मतदानले समग्रमा नागरिकको वास्तविक अभिव्यक्तिको प्रतिबिम्ब दिएको मान्न सकिँन्न ।

जनतालाई अलमलमा पार्ने काममात्र होइन यी । देशको राजनैतिक आकाशमा कालो बादल देखिने र राजनैतिक आकाशलाई धुमिलो पार्ने खेल पनि हो ।  

देशले राजनैतिक निकास पाउन थालेको बेला अन्य कुनै तरिका नपाएर जनतालाई सधैँ अलमलमा पार्ने यो राजनैतिक खेल यतिवेला उत्कर्षमा पुगको छ । सामाजिक संजालहरुमा चुनावमा जानुको औचित्य र नजानुको औचित्यबारे व्यापक बहस हुन थालेको छ । 

समाजले एक पक्ष देखा पर्दा अर्को पक्षको सबल कुराको बखान गर्दै सामुन्नेलाई विपक्षी मानेर आरोप लगाउन थालेका छन् । दुई पक्षमा समाज विभक्त हुन थालेको छ । समाजमा सबै कुरो निर्वाचनमुखी भइसकेको वर्तमानमा राजनैतिक वातावरण धुमिल हुन पुगेकोमा सर्वसाधारणमा उत्साह छैन । सर्वसाधारण नागरिक खुसी छैनन् ।

 कुनै पनि नेपाली नागरिकलाई यस द्विविधाले मनलाई शान्ति दिएको नहोला । नेपाली नागरिकको हैसियतले सबै दुःखी हुने यस प्रकारको खेल कहिलेसम्म चल्ने होला ? भन्ने कुरो नै अनिश्चित छ । दुई ध्रुवमा बाँडिएको देशको राजनीतिभन्दा अब अहिले दुई ध्रुवमा मधेस बाँडिएको छ ।

 मधेसीको भावनामाथि आघात पु¥याउने दुई विचारले मधेसी बुद्धिजीवीलाई अन्तहृदयदेखि पीडित बनाएको छ । आहत बनाएको छ ।

मधेसमा कहिले के हुने भन्ने निश्चित छैन । कतिपयले चुनाव हुन्छ र कतिपयले चुनाव हुँदैन भनेर पनि भनिरहेका छन् । दलका नेताहरुका पनि दुईथरिको विचार आएका छन् ।

निर्वाचनको कुनै कार्यक्रमलाई नबिथोल्ने भन्ने कुरो पनि आएको छ र निर्वाचनको कुनै पनि कार्यक्रमलाई सजिलै हुन नदिने कुरो पनि आइरहेको छ । दुईथरिको विपरीत विचारलाई अहिले समाजले पचाइरहेको छ र पचाउने बाध्यता रहेको पनि छ । 

यदि निर्वाचनको लागि उम्मेदवारले आफ्नो मनोनयन दर्ता गर्ने दिन कुनै अनिष्ट वा समझदारी भएन भने  असार दुई गतेदेखिको चौध गतेसम्मको हरेक दिन र हरेक घन्टा नेपालीको लागि साँच्चिकै सर्वाधिक प्रतिक्षाको जस्तो हुने छ ।

 हरेक घन्टा र हरेक दिन राम्रोसँगमात्र बितोस् भन्ने कामना हरेकले गर्ने छन् । द्वन्द्वतिर बढेको जस्ता लाग्ने अहिलेका पाइलाहरु केवल भ्रम साबित होऊन् र दुवै पक्ष मिल्न नसके दुवै पक्षमा कुनै किसिमको प्रत्यक्ष द्वन्द्व नहोओस् । 

वैचारिक द्वन्द्वले भौतिक क्षति नपु¥याओस् ।

 

रुकुम : प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्तीले...

विराटनगर : चालु आर्थिक वर्षको १० महिनामा मोरङ जिल्लामा...

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा क्षेत्रबाट लगानीअनुसार...

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...

नगरकोट : अरनिको राजमार्गअन्तर्गत भक्तपुरको नलिञ्चोक नजिकै सडकमा बुधबार...

काठमाडौँ : राष्ट्रियसभाका सदस्यले सरकारको नीति तथा कार्यक्रममा छुटेका...

राजविराज : पटक पटक उडान सञ्चालन तथा स्थगन हुँदै...

लुम्बिनी : रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–११ मसिना गडिदियाको नौखनिया...

भक्तपुर : गृहमन्त्री रामबहादुर थापाले अब देशभर गुण्डाराजको अन्त्य...

जाजरकोट : नलगाड नगरपालिकाका विभिन्न स्थानमा अवैध रुपमा अफिम...

महोत्तरी : जिल्लामा केही दिनदेखि अति गर्मी बढेकोे...

जनकपुरधाम । राष्ट्रिय तत्मा समाज नेपालले राष्ट्रिय कार्यकारिणी समिति गठन...

जनकपुरधाम । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव थप उपचारका...

गौर । रौतहट जिल्लाको सदरमुकाम ...

पोखरिया । विद्यालय भर्ना हुन नसकेका...

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु...

गौशाला (महोत्तरी)। दुई अर्ब रुपैया बढी भुक्तानी ...

दमक । झापाको दमक–७ का वडाध्यक्ष भीम पौडेलको घरमा गएराति...

काठमाडौं । सरकारले आगामी आर्थिक २०७५/७६ को नीति तथा कार्यक्रम...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वगृहमन्त्री...

म्याग्दी । रामायणमा वर्णित रावणको जन्मभूमि मानिएको म्याग्दीको पौलस्त्य आश्रम...

सोलुखुम्बु । नेपाल विद्युत प्राधिकरणले सोलु करिडोर १३२ केभी...

काठमाडौं । भारतको कानपुरमा विषाक्त मदिरा सेवन गर्दा १२...

नयाँ दिल्ली । आइपिएल टिम दिल्ली डेयरडेभिल्सका प्रशिक्षक तथा अस्ट्रेलियाली...

महेन्द्रनगर, धनुषा : जनकपुर उपमहानगरपालिकास्थित एक विद्यालयमा आज बिहानै एक...

वीरगन्ज । आगामि बजेटमा मधेससंग संघीय सरकारले बिभेद गरे संघीय...

महेन्द्रनगर, धनुषा : नेपाल पत्रकार महासंघ प्रादेशिक समिति...

नेपाल शिक्षक संगठन धनुषाको १२ औं जिल्ला अधिवेशनले ...

मलगंवा । सर्लाहीको दक्षिणी भेगमा पर्ने विष्णु ...

जनकपुरधाम । महोत्तरी ...

जनकपुरधाम । जनकपुर स्थित...

त्रिलोकीनाथ यादवबारा । वरिष्ठ पुरातत्वविद...

काठमाण्डु ।प्रदेश नम्बर २ को सत्तारुढ दल संघिय ...