Thu, 24 May 2018
ताजा समाचार
सर्वसाधारणले पनि प्रदेशसभामा प्रस्ताव लान पाउने || सवारी दुर्घटनामा दश महिनामा ९५ को मृत्यु || शिक्षामा लगानीअनुसार प्रतिफल आएन ः प्रधानमन्त्री || पाँचवर्षसम्म सरकार सञ्चालन हुन्छ ः प्रचण्ड || ठक्कर दिने टिपरका सवारी चालक पक्राउ || नीति तथा कार्यक्रममा छुटेका विषय बजेटले समेटोस् || राजविराज विमानस्थल एक दशकपछि पुनः सञ्चालनमा || पोखरीमा डुबेर चार बालिकाको मृत्यु || गुण्डाराजको अन्त्य गर्दै जनताको राज स्थापना हुन्छ : गृहमन्त्री || दुर्गम गाउँमा अफिम खेती || महोत्तरीमा बढ्यो गर्मी || तत्मा समाजको राष्ट्रिय कार्यकारिणी समिति गठन || मन्त्री यादव थाइल्याण्डतर्फ || एकैरातमा तीन घरमा चोरी || डोम समुदायका बालबालिका विद्यालय भर्ना || हजार विद्यार्थीमा एउटै शौचालय || सडक र ऊर्जा प्राथमिकतामा छः मुख्यमन्त्री राउत || उखु किसानद्वारा मिलमा धर्ना मालिक फरार || वडाध्यक्ष पौडेलको घरमा बम विष्फोट, दुई घाइते || सरकारको नीति तथा कार्यक्रम आज संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत || ओली ५ वर्षकै लागि प्रधानमन्त्री हो, त्यसमा तल–माथि हुँदैन : || रावणको जन्मभूमि मानिएको पौलस्त्य आश्रम ओझेलमा || सोलु करिडोर प्रसारण लाइन समयमै सक्न प्राधिकरणको ठेकेदारलाई ताकेता || विषाक्त मदिरा सेवन गर्दा १२ जनाको मृत्यु, मदिरा बिक्रीवितरण गर्ने || सन्दीप लामिछानेको खुलेर प्रशंसा गरे रिकी पोन्टिङले || विद्यार्थी मृतावस्थामा फेला || बजेटमा मधेससंग विभेद गरीए संसद अवरुद्ध गर्ने सांसद यादवको चेतावनी || प्रदेश नं २ का सञ्चारमाध्यमलाई राहतपूर्ण वर्गीकरण गर्न आग्रह || मालपोत कर तिर्नु पर्दैनः नगर प्रमुख || पुर्व राजा ज्ञानेन्द्रलाई नागरिक अभिनन्दन || तरुण दलको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम || शिक्षक संगठन धनुषामा महतो || सर्पदंशबाट महिलाको मृत्य || ससुराली पक्षको कुटाइबाट महिला गम्भीर || मधेशको लागि विशेष बजेटः मन्त्री महासेठ || गेरुका नदीमा सरसफाई || तुलसीदास पार्कमा सरसफाई || मिथिलाको युगभूमि सिम्रौनगढ हो : पुरातत्वविद मिश्र || ठेकदारको लापर्वाहीले बस दूर्घटना, २४ बढी घाईते || फोरम पदाधिकारी बैठक जारी, एकीकृत नेकपामाथि नजर ||
पत्रकारिताका विविध पक्ष

असाड ४, २०७४

 



किशोर नेपाल


मानव सभ्यताको विकासको क्रममा संसारमा धेरै स्थापित मान्यता विस्थापित भएका छन् । धेरै परिभाषा बदलिएका छन् । मानव विकासक्रमका विविध चरणमा हजारौँ स्थापित परम्पराहरू ध्वस्त भएका छन् । मानिसले प्रचलित दृष्टिकोणमा निरन्तर परिर्वतन नखोज्ने हो भने सामाजिक, राजनीतिक र आर्थिक विकासको गति अवरुद्ध हुन्छ भन्ने कुरा पटक–पटक प्रमाणित भइसकेको छ ।


सामाजिक व्यवस्थापनमा पत्रकारिताको भूमिका महŒवपूर्ण हुनेमात्र होइन, निर्णायक पनि हुन्छ । किनभने, प्रजातन्त्रमा पत्रकारिता जुनसुकै विषयमा पनि जनमतलाई जाँच्ने, जनमत तयार गर्ने रसही वा गलत निर्णयहरूमा जनताको अभिमतलाई प्रस्तुत गर्ने एकमात्र संस्थाको रूपमा रहेको हुन्छ ।

प्रजातन्त्रमा राजनीतिक दलहरूले खास अवधिका लागि शासन गर्ने जनादेश पाएका हुन्छन् । जनादेश पाएको त्यस अवधिभर सरकार चलाउने दलले आफ्नो राजनीतिक घोषणापत्रअनुरूप कार्यक्रम लागू गर्दछ । त्यस्ता कार्यक्रमलाई प्रतिपक्षले गुण र दोषको आधारमा समर्थन वा विरोध गर्ने गर्दछन् ।

तर, त्यस्तो समर्थन वा विरोधको आधार सधैँ गुणात्मक तथा जनताको हितमा नहुन पनि सक्दछ । कतिपय अवस्थामा आ–आफ्नै राजनीतिक स्वार्थका कारण राजनीतिक दलहरूबीच नीति र कार्यक्रमका बारे सहमतिको निर्माण पनि हुन सक्दछ ।

पत्रकारिताको माध्यमद्वारा त्यस्तो नीति र कार्यक्रमको असल र खराब पक्षबारे जनताको अभिमत थाहा पाउन सकिन्छ । यस हिसाबले हेर्ने हो भने पत्रकारिता वा प्रेस जगत् जनताको मतलाई निरन्तर प्रतिनिधित्व गर्ने एकमात्र शक्तिशाली माध्यम हो ।

यसैकारण प्रजातन्त्रमा कार्यकारिणी, विधायिका र न्यायपालिकापछि प्रेसजगत्ले राज्यको चौथो अङ्गको मान्यता पाएको हो । 

संसारका सबै सभ्य र प्रजातान्त्रिक राज्य व्यवस्थाहरुले नागरिक समाजको निर्माण गर्ने, त्यसलाई प्रभावकारी बनाउन र त्यस्तो समाजलाई गतिशील बनाएर कल्याणकारी राज्यको स्थापना गर्न प्रेस जगत्को अपरिहार्य भूमिकालाई स्वीकार गरेका छन् ।

यद्यपि, राज्यव्यवस्था र प्रेस जगत्बीचको सम्बन्ध सधैँ सुमधुर रहेको हुँदैन । तर प्रजातान्त्रिक सरकारहरू प्रायजसो प्रेसका प्रति सहानुभूतिशील हुनैपर्ने बाध्यता हुन्छ । किनभने जुन जनताको प्रत्यक्ष मत पाएर सरकारहरू चुनिएका हुन्छन्, प्रेस जगत्ले पनि त्यही जनताबाट शक्ति आर्जन गरेको हुन्छ ।

प्रेस जगत्ले खासखास विषयमा जनमतसँग विमति प्रकट गरेको छुट्टै मत प्रस्तुत पनि गर्न सक्दछन् तर जनमतलाई निरादर गर्न सक्दैन । प्रजातन्त्रमा जनता र सरकारबीच प्रत्यक्ष सम्बन्ध हुन्छ भने जनता र प्रेस जगत्का बीच पनि त्यस्तै सोझो सम्बन्ध हुन्छ ।

वास्तवमा, जनता र सरकारबीच प्रत्यक्ष सम्पर्कको सक्रिय माध्यममका रूपमा प्रेस जगत्ले काम गरिरहेको हुन्छ । 

केही दशकयता संसारभरि नै प्रेस जगत्को भूमिकामा निकै ठूलो विस्तार आएको छ । खास गरेर दुनियाँका अप्रजातान्त्रिक र निरङ्कुश सरकारहरूका विरुद्ध जनताको आन्दोलनमा प्रेस जगत्ले आफूलाई प्रत्यक्ष रूपले संलग्न गराउन थालेको छ ।

बीसौँ शताब्दीको उत्तराद्र्धमा फिलिपिन्सका तानाशाह फर्डिन्यान्ड मार्कोसविरुद्ध भएको जनआन्दोलन एशियामा प्रेस जगत्को विस्तारित भूमिका रेखाङ्कित गर्ने महŒवपूर्र्ण विन्दु थियो ।

समकालीन विश्व इतिहासमा प्रजातन्त्र स्थापनाका लागि जनताले गरेको लामो र कष्टपूर्ण आन्दोलनमा आन्दोलनकारी शक्तिका रूपमा प्रेस जगत्को सक्रिय र संस्थागत सहभागिता बितेको शताब्दीका लागि नै महŒवपूर्ण घटना हो ।

फिलिपिन्सका पत्रकारहरूले आफूलाई जनताको आन्दोलनमा सक्रिय गराएको घटना एक्लो थिएन । प्रजातन्त्र स्थापनाका लागि भएका जनआन्दोलनहरूमा संसारभरि नै प्रजातन्त्रको पक्षमा प्रेस जगत्ले आफूलाई सक्रिय गराएका थुप्रै उदाहरण पाइन्छन् ।

कसैको पक्ष वा विपक्षमा लेख्न नहुने र कुनै पनि राजनीतिक, आर्थिक वा सामाजिक घटनाको गुण र दोषको आधारमा प्रस्तुत हुनुपर्ने प्रेस जगत्को शास्त्रीय परिभाषा र मान्यताका आधारमा प्रजातन्त्रका लागि भएका जनआन्दोलनहरूमा प्रेसको सक्रिय सहभागितालाई विवादको विषय बनाउन पनि सकिन्छ ।

तर, प्रजातन्त्रमा मात्र स्वतन्त्र प्रेसको अस्तित्व फस्टाउन सक्ने अथवा प्रजातान्त्रिक वातावरणमा मात्र प्रेस प्रभावकारी हुन सक्ने तथ्य शाश्वत हो ।

यो मान्यता सक्रिय रूपले स्थापित हुँदै गएको वर्तमान परिप्रेक्ष्यमा प्रेसले आफ्ना लागि जनआन्दोलनहरूमा स्वाभाविक सहभागिताको भूमिका निर्वाह गर्नु अप्राकृतिक र अस्वाभाविक होइन ।

मानव सभ्यताको विकासको क्रममा संसारमा धेरै स्थापित मान्यता विस्थापित भएका छन् । धेरै परिभाषा बदलिएका छन् ।

मानव विकासक्रमका विविध चरणमा हजारौँ स्थापित परम्पराहरू ध्वस्त भएका छन् । मानिसले प्रचलित दृष्टिकोणमा निरन्तर परिर्वतन नखोज्ने हो भने सामाजिक, राजनीतिक र आर्थिक विकासको गति अवरुद्ध हुन्छ भन्ने कुरा पटक–पटक प्रमाणित भइसकेको छ ।

 शताब्दीको उत्तराद्र्धमा प्रजातन्त्रका लागि भएका जनआन्दोलनहरूमा प्रेस जगत्का सक्रिय सहभागिताका उदाहरण एक होइन अनेक पाइन्छन् ।

विश्वका युगान्तकारी क्रान्तिका महानायकहरूले आमूल सामाजिक परिवर्तन गर्न सक्ने कलमको ताकतलाई कहिल्यै पनि अस्वीकार गरेका छैनन् । रुसी क्रान्तिका महानायक भीआई लेनिनले क्रान्तिका पक्षमा सैद्धान्तिक बहस चलाउन पत्रकारितालाई माध्यम बनाएका थिए ।

यो शताब्दीको पूर्वाद्र्धमा विनाहतियारको संसारकै पहिलो अहिंसात्मक क्रान्तिका प्रयोगकर्ता महात्मा गान्धीले कलमकै भरमा बेलायती साम्राज्यलाई दक्षिण एशियाबाट विस्थापित गर्न सफलता प्राप्त गरे ।

‘योङ्ग इन्डिया’ र ‘हरिजन’जस्ता पत्रिकाहरूलाई गान्धीले भारतीय स्वतन्त्रता सङ्ग्रामका लागि ऊर्जा जुटाउने साधनका रूपमा प्रयोग गरेका थिए ।

गान्धीको अहिंसात्मक सिद्धान्तको आधारमा दक्षिण अफ्रिकाले रङ्गभेदवादी अमानवीय सत्तालाई शान्तिपूर्ण ढङ्गले विस्थापित गरेको धेरै समय भएको छैन ।

आधुनिक चीनका निर्माता माओत्सेतुङ्गले चिनियाँ क्रान्तिलाई सफल बनाउन र यसको सन्देश संसारभरि फैलाउन प्रेस जगत्कै सहारा लिएका थिए ।

समकालीन विश्वमा भएका प्रजातान्त्रिक आन्दोलनहरूमा प्रेस जगत्को सहभागिता र युगान्तकारी क्रान्तिका महानायकहरूले क्रान्तिको सन्देश फैलाउन गरेको प्रेस जगत्को प्रयोगबीच पनि आधारभूत भिन्नता रहेको छ ।

तत्कालीन समयमा क्रान्तिकारीहरूले पत्रकारितालाई क्रान्तिको सन्देश फैलाउने माध्यममात्र बनाएका थिए भने वर्तमान समयमा प्रेस जगत्ले आफूलाई आन्दोलनकै एउटा अङ्गको रूपमा स्थापित गरेको छ ।

समकालीन विश्वमा चलेको कडा राजनीतिक प्रतिस्पर्धामा राजनीतिज्ञहरूले प्रेसको शक्तिको दुरुपयोग वा गलत प्रयोग गरेका अनगिन्ती घटना छन् ।

संसार साम्यवादी र पूँजीवादी धुरीमा विभाजित भइसकेपछि शीतयुद्धको समयमा विश्वका राजनीतिज्ञहरूले प्रेसको शक्तिको खुला दुरुपयोग गरेका थिए ।

यसबाट प्रेस जगत्को साख र मर्यादामा ठूलो क्षति पुग्यो । पछिल्लोपटक विश्वमा प्रजातन्त्रको लहर फैलिएपछि प्रजातान्त्रिक व्यवस्थामा राज्यको चौथो अङ्गका रूपमा स्थापित संस्थाको शक्तिको अपचलनलाई रोक्न पनि प्रजातान्त्रिक आन्दोलनहरूमा प्रेस जगत्को प्रत्यक्ष सहभागिता अनिवार्यजस्तै भइसकेको थियो ।

स्वयम् प्रेस जगत् नै प्रजातान्त्रिक आन्दोलनको एक अनिवार्य सहभागीका रूपमा प्रस्तुत भएकाले एक हदसम्म यस क्षेत्रमा आउन थालेको विचलन रोकिएको पनि छ । 

पत्रकारिताको महत्वपूर्ण कार्यसूची मध्ये एउटा प्रमुख कार्यसूची परिवर्तनको अभिलेख तयारगर्नु हो । पत्रकारिता सामयिक घटनाक्रमको विवरण मात्रै नभएर इतिहास लेखनका लागि भरपर्दो स्रोत सामग्री हो ।

पछिल्लो समयमा, जव सामान्य मानिस र समाजको इतिहास लेखिन थालियो, पत्रकारिता इतिहास लेखनको महत्वपूर्ण सामग्री वन्यो ।

राजा–महाराजाका व्यक्तित्व, राजदरवारका परिवेश, युध्दसंग जोडिएका मूर्ति र शिलालेख, राजा–महाराजाको साहस, विजय र उदार व्यक्तित्वका वारे प्रचलनमा ल्याइएका श्रुति र आख्यानलाई आधार वनाएर लेखिएका इतिहासमा जनताका विद्रोह, आक्रोश र सामाजिक परिवेश समावेश भएको हुँदैन । एउटा कालखण्डमा परम्परागत स्रोतका आधारमा इतिहास लेखिन्थ्यो ।

तर, वर्तमान समयका इतिहासकारहरुले त्यो परम्परालाई तोडेका छन ।

रुकुम : प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्तीले...

विराटनगर : चालु आर्थिक वर्षको १० महिनामा मोरङ जिल्लामा...

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा क्षेत्रबाट लगानीअनुसार...

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...

नगरकोट : अरनिको राजमार्गअन्तर्गत भक्तपुरको नलिञ्चोक नजिकै सडकमा बुधबार...

काठमाडौँ : राष्ट्रियसभाका सदस्यले सरकारको नीति तथा कार्यक्रममा छुटेका...

राजविराज : पटक पटक उडान सञ्चालन तथा स्थगन हुँदै...

लुम्बिनी : रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–११ मसिना गडिदियाको नौखनिया...

भक्तपुर : गृहमन्त्री रामबहादुर थापाले अब देशभर गुण्डाराजको अन्त्य...

जाजरकोट : नलगाड नगरपालिकाका विभिन्न स्थानमा अवैध रुपमा अफिम...

महोत्तरी : जिल्लामा केही दिनदेखि अति गर्मी बढेकोे...

जनकपुरधाम । राष्ट्रिय तत्मा समाज नेपालले राष्ट्रिय कार्यकारिणी समिति गठन...

जनकपुरधाम । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव थप उपचारका...

गौर । रौतहट जिल्लाको सदरमुकाम ...

पोखरिया । विद्यालय भर्ना हुन नसकेका...

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु...

गौशाला (महोत्तरी)। दुई अर्ब रुपैया बढी भुक्तानी ...

दमक । झापाको दमक–७ का वडाध्यक्ष भीम पौडेलको घरमा गएराति...

काठमाडौं । सरकारले आगामी आर्थिक २०७५/७६ को नीति तथा कार्यक्रम...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वगृहमन्त्री...

म्याग्दी । रामायणमा वर्णित रावणको जन्मभूमि मानिएको म्याग्दीको पौलस्त्य आश्रम...

सोलुखुम्बु । नेपाल विद्युत प्राधिकरणले सोलु करिडोर १३२ केभी...

काठमाडौं । भारतको कानपुरमा विषाक्त मदिरा सेवन गर्दा १२...

नयाँ दिल्ली । आइपिएल टिम दिल्ली डेयरडेभिल्सका प्रशिक्षक तथा अस्ट्रेलियाली...

महेन्द्रनगर, धनुषा : जनकपुर उपमहानगरपालिकास्थित एक विद्यालयमा आज बिहानै एक...

वीरगन्ज । आगामि बजेटमा मधेससंग संघीय सरकारले बिभेद गरे संघीय...

महेन्द्रनगर, धनुषा : नेपाल पत्रकार महासंघ प्रादेशिक समिति...

नेपाल शिक्षक संगठन धनुषाको १२ औं जिल्ला अधिवेशनले ...

मलगंवा । सर्लाहीको दक्षिणी भेगमा पर्ने विष्णु ...

जनकपुरधाम । महोत्तरी ...

जनकपुरधाम । जनकपुर स्थित...

त्रिलोकीनाथ यादवबारा । वरिष्ठ पुरातत्वविद...

काठमाण्डु ।प्रदेश नम्बर २ को सत्तारुढ दल संघिय ...