Thu, 24 May 2018
ताजा समाचार
सर्वसाधारणले पनि प्रदेशसभामा प्रस्ताव लान पाउने || सवारी दुर्घटनामा दश महिनामा ९५ को मृत्यु || शिक्षामा लगानीअनुसार प्रतिफल आएन ः प्रधानमन्त्री || पाँचवर्षसम्म सरकार सञ्चालन हुन्छ ः प्रचण्ड || ठक्कर दिने टिपरका सवारी चालक पक्राउ || नीति तथा कार्यक्रममा छुटेका विषय बजेटले समेटोस् || राजविराज विमानस्थल एक दशकपछि पुनः सञ्चालनमा || पोखरीमा डुबेर चार बालिकाको मृत्यु || गुण्डाराजको अन्त्य गर्दै जनताको राज स्थापना हुन्छ : गृहमन्त्री || दुर्गम गाउँमा अफिम खेती || महोत्तरीमा बढ्यो गर्मी || तत्मा समाजको राष्ट्रिय कार्यकारिणी समिति गठन || मन्त्री यादव थाइल्याण्डतर्फ || एकैरातमा तीन घरमा चोरी || डोम समुदायका बालबालिका विद्यालय भर्ना || हजार विद्यार्थीमा एउटै शौचालय || सडक र ऊर्जा प्राथमिकतामा छः मुख्यमन्त्री राउत || उखु किसानद्वारा मिलमा धर्ना मालिक फरार || वडाध्यक्ष पौडेलको घरमा बम विष्फोट, दुई घाइते || सरकारको नीति तथा कार्यक्रम आज संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत || ओली ५ वर्षकै लागि प्रधानमन्त्री हो, त्यसमा तल–माथि हुँदैन : || रावणको जन्मभूमि मानिएको पौलस्त्य आश्रम ओझेलमा || सोलु करिडोर प्रसारण लाइन समयमै सक्न प्राधिकरणको ठेकेदारलाई ताकेता || विषाक्त मदिरा सेवन गर्दा १२ जनाको मृत्यु, मदिरा बिक्रीवितरण गर्ने || सन्दीप लामिछानेको खुलेर प्रशंसा गरे रिकी पोन्टिङले || विद्यार्थी मृतावस्थामा फेला || बजेटमा मधेससंग विभेद गरीए संसद अवरुद्ध गर्ने सांसद यादवको चेतावनी || प्रदेश नं २ का सञ्चारमाध्यमलाई राहतपूर्ण वर्गीकरण गर्न आग्रह || मालपोत कर तिर्नु पर्दैनः नगर प्रमुख || पुर्व राजा ज्ञानेन्द्रलाई नागरिक अभिनन्दन || तरुण दलको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम || शिक्षक संगठन धनुषामा महतो || सर्पदंशबाट महिलाको मृत्य || ससुराली पक्षको कुटाइबाट महिला गम्भीर || मधेशको लागि विशेष बजेटः मन्त्री महासेठ || गेरुका नदीमा सरसफाई || तुलसीदास पार्कमा सरसफाई || मिथिलाको युगभूमि सिम्रौनगढ हो : पुरातत्वविद मिश्र || ठेकदारको लापर्वाहीले बस दूर्घटना, २४ बढी घाईते || फोरम पदाधिकारी बैठक जारी, एकीकृत नेकपामाथि नजर ||
कता लाग्छ राजनीतिको धार ?

असाड १८, २०७४



  • किशोर नेपाल 




मधेशको भागमा परेको त्यो चुनाव सम्पन्नहुन बाँकी नै छ । त्यो चुनाव पनि पक्कै हुन्छ । त्यो चुनाव नभएसम्म आगामी चुनावहरु हुनसक्ने वातावरण नवन्ने हुनाले नै त्यो चुनाव हुन्छ ।
यद्यपि, प्रमुख प्रतिपक्षी दल एमाले मधेशको चाहना अनुसार संविधान संशोधनगर्न तयार देखिएको छैन । उ प्रादेशिक सीमांकनका समयमा कोरिएका विभिन्न तहहरुको नमिलेका भूगोल मिलाउन पनि तयार छैन ।
जारी भएको संविधान अनुसार मधेशीहरु निर्धारित दुइ नम्वर प्रदेशमा यही संविधान मानेर बस, होइन भने जहाँ जानुपर्ने हो जाउ भन्ने भाषा बोल्न थालेकाछन राष्ट्रवादीहरु । एमालेका अध्यक्ष केपी ओलीदेखि महासचिव इश्वर पोखरेलसम्म सवैले संविधानमा जथाभावी संशोधनगर्न एमाले तयार नभएको बताइ सकेका छन ।
यो भनी सकेपछि उनीहरुका लागि मधेशको यो धर्ती कुन कोशी, कुन कमला र कुन वागमतीको छेउमा उभिनेछ ?यो नेपाली धर्ती हो कि होइन ? कि यो धर्ती एउटा छुट्टै स्वतन्त्र गणराज्यका रुपमा स्थापित गराइने क्रममा छ ?

स्थानीय तहको निर्वाचन संसारका कुनैपनि लोकतन्त्रमा नियमितहुने एकप्रकारको राजनीतिक तमाशा थियो जसलाई नेपालको राजनीतिक परिस्थितिले वीस वर्षपछि धकेलेको थियो ।

स्थानीय तहको चुनाव नेपालीले सफल वनाए । चुनावकोदोस्रो भाग पहिलो भागको तुलनामा निकै सहज ढंगले सकियो ।

मतदानको अभियानमा प्रमुख प्रतिपक्षी दल एमाले यो पटक सरकार, नेपाली कांग्रेस र माओवादीका विरुध्द त्यति आक्रामक भएन । प्रमुख प्रतिपक्षले प्रधानमन्त्री शेरबहादुर देउवाको व्यक्तिगत मान–मर्दनमा आफनो निकै समय खर्च गर्यो ।

एमालेका अध्यक्ष तथा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले प्रम देउवालाई सद्दाम हुसेनसंग तुलना गरे । यो तुलनाको अर्थ र कारण के थियो कसैले वुझेन ।इराकको राजनीतिसंग अनभिज्ञ त पक्कै छैनन होला ओली ।

यस्ता अनौठा उपमा र उपमेयहरु एमालेका अध्यक्ष ओलीलाई आबश्यकता भन्दा वढी नै प्रिय लाग्दछ भन्ने ज्ञान राजनीतिमा रुचीराख्ने धेरैलाई हुनुपर्दछ । 

संसदीय राजनीतिमा आत्म–समर्पण गरेका कम्युनिष्टहरु संसदीय व्यवस्थाको सम्मान गर्नभन्दा यसको आरती उतार्नमा बढी लिप्त र प्रवृत्त हुन्छन ।

संसदमा भाषण गर्दा उनीहरुको मनमा तरंग आइ हाल्दछ कि ओहो, यो त खसीको टाउको देखाएर कुकुरको मासु वेच्ने ठाउँ हो ।

खासगरेर, नेपालको हालको प्रमुख प्रतिपक्षी पार्टी एमालेले आपूm संसदीय पार्टी हो कि क्रान्तिकारी पार्टी ? त्यसको टुंगो लगाउन सकेको छैन ।

अर्को कम्युनिष्ट पार्टी माओवादी बाटोको खोजमा नै रुमल्लिइ रहेकोछ । देशका नरम र गरम भनिने दुवै कम्युनिष्ट पार्टीको चरित्र तातो छ ।

उनीहरु तात्नका लागि कारण चाहिँदैन र सेलाएको त थाहै हुँदैन ।
मतदानको भोलिपल्टदेखि राजनीतिक दलका नेता कार्यकर्ता स्थानीय तहको चुनाव सम्पन्न भएकोमा खुशी मनाउन थाले ।

देशका जनताले भोगनु परेका समस्याहरुको तुलनामा चुनावमा पार्टीहरुको जीत र हार ठूलो कुरा थिएन । स्थानीय तहको चुनाव सम्पन्नहुने वित्तिकै विकास हुने पनि होइन । संघीय राजनीतिलाई स्थापितगर्न अझै धेरै चरण पारगर्नु वाँकी छ ।

प्रादेशिक र संघीय संसदको चुनावले पूर्णता पाउने वित्तिकै पनि संघीय शासन लागु भै हाल्ने कुरा होइन । तर, अहिले स्थानीय तहको चुनावले सिंहदरवारको अधिकार गाउँमा ल्याएको भन्दै भाषण गरिदैछ । तर, संघीय व्यवस्था ‘आफनो गाउँ आफै वनाउँ’ कार्यक्रम होइन ।

सरकारले दुइ नम्वर प्रदेशमा चुनाव गराएन । राष्ट्रिय जनता पार्टीका नेताहरुले चुनावमा सहभागीहुने वचनवध्दता प्रकट गरेको भए सरकार त्यहाँ चुनाव गराउन वाध्य हुन्थ्यो । मधेशको भागमा परेको त्यो चुनाव सम्पन्नहुन बाँकी नै छ । त्यो चुनाव पनि पक्कै हुन्छ ।

त्यो चुनाव नभएसम्म आगामी चुनावहरु हुनसक्ने वातावरण नवन्ने हुनाले नै त्यो चुनाव हुन्छ । यद्यपि, प्रमुख प्रतिपक्षी दल एमाले मधेशको चाहना अनुसार संविधान संशोधनगर्न तयार देखिएको छैन ।

उ प्रादेशिक सीमांकनका समयमा कोरिएका विभिन्न तहहरुको नमिलेका भूगोल मिलाउन पनि तयार छैन ।

जारी भएको संविधान अनुसार मधेशीहरु निर्धारित दुइ नम्वर प्रदेशमा यही संविधान मानेर बस, होइन भने जहाँ जानुपर्ने हो जाउ भन्ने भाषा बोल्न थालेकाछन राष्ट्रवादीहरु । एमालेका अध्यक्ष केपी ओलीदेखि महासचिव इश्वर पोखरेलसम्म सवैले संविधानमा जथाभावी संशोधनगर्न एमाले तयार नभएको बताइ सकेका छन ।

यो भनी सकेपछि उनीहरुका लागि मधेशको यो धर्ती कुन कोशी, कुन कमला र कुन वागमतीको छेउमा उभिनेछ ?यो नेपाली धर्ती हो कि होइन ? कि यो धर्ती एउटा छुट्टै स्वतन्त्र गणराज्यका रुपमा स्थापित गराइने क्रममा छ ?

चुनाव निरन्तर हुने कुरा हो । राजाको शासनकालमा पनि चुनाव निरन्तर हुन्थ्यो । त्यतिवेला जनताले जानेका हुन्थे चुनावमा कसलाई भोट हाल्नु पर्दछ ? जनताले २०३६ सालमा कसलाई भोट हाल्नु पर्दछ ?जानेका थिए । माले पार्टीले ‘जनमत संग्रह धोका हो’ लाई भोट दिएको हो ।

जनमत संग्रहमा झिनो मतले निर्दल जितेपछि २०४२ को राष्ट्रिय पन्चायत चुनावमा माले पार्टीले विभिन्न अवतारमा सहभागी भएको थियो । त्यो निर्वाचन तीन वर्षपनि टिकेन ।

२०४६ को राष्ट्रिय जन आन्दोलनले प्रजातन्त्र पुनस्र्थापना गरेपछि भएको चुनाव पनि तीन वर्षमात्रै टिकेको हो । प्रजातन्त्र पुनस्थापनापछि जम्मा तीन पटक भयो संसदको चुनाव ।

ती तीनबटै चुनावले मुलुकले खोजेको स्थिरता कहिल्यै दिएनन । २०६४ को चुनावले देशलाई गणतान्त्रिक वनायो । संविधान वनाउन सकेन ।

संविधान सभाको दोस्रो चुनावले माओवादीलाई राष्ट्रिय राजनीतिको झण्डै झण्डै किनारामा नै पुर्याइ दियो । अहिले प्रमुख तीन दल र तिनका सहयोगी अरु साना ठूला सवै दलको सहमतिको संविधान वन्यो । 
लोकतन्त्रमा दलको प्रमुख राजनीतिक भूमिका हुन्छ ।

यसमा त शंका गर्नै परेन । तर, दलले जनताको टाउको टेक्ने हो कि जनताले दलहरुको संकीर्ण स्वार्थलाई इन्कार गर्ने हो ? यो निक्र्योल नगरी नहुने विषय हो ।

दलीय सहमतिको नाममा संविधान सभाका सवै निर्वाचित र मनोनीत सदस्यहरुको मुखमा पट्टी वाँधेर संविधान अनुमोदित गरिएको कसैले बिसिैएका छैनन । संविधानका वारे जनताको अभिमत वुझने ढोका वन्द गरिएको थियो । 

संवैधानिक हिसावले नेपाल ठूला दलहरुको एकाधिकारवादी पन्जामा परेकोछ । जनताको असन्तोष र विद्रोहलाई पेलेर दलीय स्वार्थका आधारमा दलहरुले बाँडीचुँडी गरेका हुन प्रदेश र स्थानीय तहको विभाजन । यो विभाजन वैज्ञानिक पनि छैन ।

पहाड मधेश जतासुकैका जनताले अहिलेको देशको पुननिर्धारित भूगोलमा चित्त वुझाएका छैनन । हामी नेपाली जनतालाईसंविधान लेखिनु नै अभूतपूर्व उपलव्धि भनेर मान्न वाध्य तुल्याइयो । जे कुरा सत्य होइन त्यही सत्य जस्तो देखियो ।

छवटै प्रदेशमा चुनाव सम्पन्न भएपछि अव दुइ नम्वर प्रदेशमा असोजको शुरुमा हुने चुनावको दिनगन्ती पनि शुरु भएको छ । देउवा सरकारले अहिले जुन सहजताका साथ चुनाव गरायो, यो भन्दा जटिल देखिन्छ आगामी चुनाव ।

दुइ नम्वर प्रदेशमा सीके राउतले चलाएको ‘भोट नदेउ, रद्द गर’ अभियान दिन–प्रतिदिन प्रभावशाली हुँदै गएको वताइ रहेका छन सामाजिक संजालहरु । सीके राउतको प्रभाव पक्कैपनि राजनीतिको स्थापित सत्य होइन होला ।

तर, यस्ता आन्दोलनहरुले अविकसित र असन्तुष्ट समाजमा नजानिदो हिसावले आफनो प्रभाव वढाइ रहेका हुन्छन । खास गरेर, विभिन्न सामाजिक, राजनीतिक र संचारका संजालसंग जोडिएका मधेशका युवावर्गको मनपेट कसैले वुझेको छैन ।

राजनीतिक रुपले राजपासंग निकट रहेजस्तो देखिने, अलिकति जोगिएर सीके राउतको अभियानको पनि परखगर्ने, राष्ट्रिय दलहरुको एकोहोरो र यथास्थितिवादसंग पनि चिढिने विभिन्न जमात छन मधेशमा ।

यी जमातहरुको मन कति वेला के मा जान्छ ? यसै भन्न सकिदैन ।
देशको हालीमुहाली आफनो हातमा लिएका तीन ठूला दलहरु कांग्रेस, एमाले र माओवादीका लागि दुइ नम्वर प्रदेशको चुनाव कडा परीक्षण सावित हुनेछ ।

राजपा लगायतका दलहरुलाई अथवा मधेशलाई भारत वा अरु कुनै वहानामा आफनो भाग्यको निर्माण आफैगर्ने हैसियत नदिने हो भने मधेशको समस्या झन झन कचल्टिनेछ ।

काठमाडौ केन्द्रमा सुरक्षा घेराभित्र सुरक्षित बसेका दलका नेताहरु आफनो विजयको डुगडुगी बजाउन समर्थ छन । यसमा शंका नगरेकै वेश ।

तर, मधेशको सम्भावित परिस्थितिलाई सम्वोधनगर्न कति सक्षम छन ? यो परख गर्नकै लागि भनेर कुरेरबस्ने विषय पक्कै होइन ।

असोज दुइमा चुनावहुने हो भने सरकारले आफनो ध्यान सुरक्षामा होइन, सम्विधान संशोधनमा लगाउनु पर्दछ । निष्पक्ष र समावेशी चुनावका लागि जनताको दुखेको मनमा मलहम लगाउन केन्द्रित हुनु पर्दछ ।

रुकुम : प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्तीले...

विराटनगर : चालु आर्थिक वर्षको १० महिनामा मोरङ जिल्लामा...

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा क्षेत्रबाट लगानीअनुसार...

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...

नगरकोट : अरनिको राजमार्गअन्तर्गत भक्तपुरको नलिञ्चोक नजिकै सडकमा बुधबार...

काठमाडौँ : राष्ट्रियसभाका सदस्यले सरकारको नीति तथा कार्यक्रममा छुटेका...

राजविराज : पटक पटक उडान सञ्चालन तथा स्थगन हुँदै...

लुम्बिनी : रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–११ मसिना गडिदियाको नौखनिया...

भक्तपुर : गृहमन्त्री रामबहादुर थापाले अब देशभर गुण्डाराजको अन्त्य...

जाजरकोट : नलगाड नगरपालिकाका विभिन्न स्थानमा अवैध रुपमा अफिम...

महोत्तरी : जिल्लामा केही दिनदेखि अति गर्मी बढेकोे...

जनकपुरधाम । राष्ट्रिय तत्मा समाज नेपालले राष्ट्रिय कार्यकारिणी समिति गठन...

जनकपुरधाम । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव थप उपचारका...

गौर । रौतहट जिल्लाको सदरमुकाम ...

पोखरिया । विद्यालय भर्ना हुन नसकेका...

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु...

गौशाला (महोत्तरी)। दुई अर्ब रुपैया बढी भुक्तानी ...

दमक । झापाको दमक–७ का वडाध्यक्ष भीम पौडेलको घरमा गएराति...

काठमाडौं । सरकारले आगामी आर्थिक २०७५/७६ को नीति तथा कार्यक्रम...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वगृहमन्त्री...

म्याग्दी । रामायणमा वर्णित रावणको जन्मभूमि मानिएको म्याग्दीको पौलस्त्य आश्रम...

सोलुखुम्बु । नेपाल विद्युत प्राधिकरणले सोलु करिडोर १३२ केभी...

काठमाडौं । भारतको कानपुरमा विषाक्त मदिरा सेवन गर्दा १२...

नयाँ दिल्ली । आइपिएल टिम दिल्ली डेयरडेभिल्सका प्रशिक्षक तथा अस्ट्रेलियाली...

महेन्द्रनगर, धनुषा : जनकपुर उपमहानगरपालिकास्थित एक विद्यालयमा आज बिहानै एक...

वीरगन्ज । आगामि बजेटमा मधेससंग संघीय सरकारले बिभेद गरे संघीय...

महेन्द्रनगर, धनुषा : नेपाल पत्रकार महासंघ प्रादेशिक समिति...

नेपाल शिक्षक संगठन धनुषाको १२ औं जिल्ला अधिवेशनले ...

मलगंवा । सर्लाहीको दक्षिणी भेगमा पर्ने विष्णु ...

जनकपुरधाम । महोत्तरी ...

जनकपुरधाम । जनकपुर स्थित...

त्रिलोकीनाथ यादवबारा । वरिष्ठ पुरातत्वविद...

काठमाण्डु ।प्रदेश नम्बर २ को सत्तारुढ दल संघिय ...