Sat, 24 Feb 2018
ताजा समाचार
छोराको रड प्रहार बाट आमाको मृत्यु || जंगली हात्तीको आक्रमणबाट दुईको मृत्यु || बारामा रु एक अर्ब ६३ करोड बराबरको आलु उत्पादन || तालाबन्दीले तीन महिनादेखि पढाई अवरुद्ध || परिक्रमा यात्रीको स्वागतमा धनुषाधाममा सरसफाइ || तीन‘स’बाट पूर्व सैनिक जोड्दै नेपाली सेना || राजधानी सिँगार्न प्रदेश सरकारद्वारा परामर्श प्रारम्भ || माधुर्यता र प्रेमभावका होली गीत लोप हुँदै || शिक्षाको सवालमा सुरुगामा सार्वजनिक सुनुवाई || प्रदेश मन्त्री छड्केमा || काँग्रेसले दुरी बढायो || प्रदेश मन्त्रीको आज टुंगो लाग्ने || मनोरञ्जनात्मक प्रस्तुतीको तयारी तिब्र || छोराले रडले हिर्काउदा आमा घाइते || नेपाल आयातको लागि कोलकत्ताभन्दा बिशाखापटनम सस्तो || पर्वतामा सरसफाई || खेलाडीहरुको विदाई ​ || परिक्रमा आज पर्वतामा || झुलुंगे पुलको निर्माण कार्य अधुरै || प्याराग्लाइडिङबाट पर्यटक आकर्षित || कलैयामा तरकारी सस्तो || नवाज सरिफ पार्टी अध्यक्ष हुन अयोग्य रहेको अदालतको फैसला || संघीय सांसदलाई यादव र भट्टले शपथ खुवाउने || खोलामा पानीको सतह घटेपछि सिंचाइको समस्या || कर्मचारी अभावले काम प्रभावित : डा. साह || महासंघका अध्यक्ष, सचिवलाई हत्याको धम्की || लहानमा दिउँसै बम विष्फोट, १ घाईते || जानकी मेडिकल कलेजमा ५ वर्षको सञ्चय कोष र १४ महिनाको || मुख्यमन्त्रीलाई दुई तिहाई बढी मत || ट्रक दुर्घटनाका मृतकको पहिचान || सवारी चालकको आँखा परीक्षण गरिने || पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफ अब पार्टी अध्यक्ष बन्न नमिल्ने || सर्जियो रामोसको पेनाल्टी गोलले रियाल मड्रिड विजयी, लेगानेज पराजित || म्यान्चेस्टर युनाईटेड र सेभियाले बराबरी खेले, शख्तरसँग रोमा पराजित || उपप्रमुखलाई तराजु || फागुन २३ देखि सामान आयात हुने || आमा समूहद्वारा न्यानो कपडा वितरण || बिहानै परकम्प || सिरियामा सेनाले गरेको बमबारीमा २ सय ५० बढी सर्वसाधारणको मृत्यु || चेल्सी र बार्सिलोनाले बराबरी खेले, बायर्न म्युनिखसँग बेसिक्तास पराजित ||
आत्मघाती निर्णय तर्फ राजपा

असाड २७, २०७४

 


  • बृजकुमार यादव 
राष्ट्रिय जनता पार्टी (राजपा)नेपालले नेकपा एमालेसितको दुरीलाई घटाउने प्रयास थालेकोछ ।
मधेश बिरोधीको रुपमा तराईमा प्रचारित एमालेकै कारण मधेशको माँग पुरा नभएको यथार्थ हो ।तर एमाले जति दोषी हुन, त्यो भन्दा कम काँग्रेस र माओवादी केन्द्र पनि होइन ।यी दलका नेताहरु संबिधान जारी गर्ने बखत एकजुट भएका थिए ।


संबिधान जारी गर्ने बेला डा.बाबुराम भटटराईले मात्र चाहेको भएपनि मधेशको माँग सम्बोधन भएर मात्र संबिधान जारी हुने थियो ।तर उनीपनि त्यै खेमामा सशक्त ढंगले उभिएका थिए ।

संबिधान संशोधनका लागि जसले जे प्रयास गरेको दाबी गरेपनि मधेशीलाई ठग्नु बाहेक अन्य केहि होइन ।मधेशी जनतालाई  अधिकार बिहिन बनाउन एकता प्रदर्शन गर्ने नेताहरु संबिधान संशोधनको बेला मिल्न नसक्नु मधेशीलाई ठग्नु बाहेक केहि होइन ।

नेकपा एमालेका अध्यक्ष केपी ओलीले उखान,टुक्का सुनाएर मधेशीलाई चिढाउने काम गर्छन ।अन्य नेताहरुमा त्यो कला छैन ।मधेशी जनतालाई झुक्याउन सबै दल सफल भएकाछन ।

हालै सम्म दुई चरणको स्थानीय तहको चुनावमा तराईमा पनि एमालेले अग्रता लिएकोछ ।मधेशी दलहरु मध्ये संघिय समाजबादी फोरम चुनावमा सहभागि भएपनि अपेक्षित सफलता पाउन सकेन ।अर्को मधेशी दल राजपा चुनाबलाई बिथोल्न असफल भए ।

मधेशी दलहरुले समेत समर्थन दिएको  सरकारको नेतृत्व गर्ने काँग्रेस दोस्रो स्थानमा र माओवादी केन्द्र तेस्रो स्थानमा पुगेकाछन ।तराईको ७ जिल्लामा अग्र रहेको नेकपा एमालेलाई मधेशी जनताहरुले पनि विश्वास गरेको देखिएकोछ ।

मधेशी दलहरुको भन्दा एमालेलाई बढी मतदाताहरुले पत्याएकाछन ।
तराईमा एमालेले अपेक्षा गरेको भन्दा धेरै सफलता हात पारेकोछ ।

मधेशमा समेत मधेशी जनताले एमालेलाई विश्वास गरेकोछ ।हुनत मधेशी जनता भन्दापनि तराईमा रहेका गैर मैथिली भाषीहरु मध्ये अधिकांश मत एमालेको ‘राष्ट्रबाद’ले तानेकोछ ।

आन्दोलनको क्रममा तराईमा एमालेप्रति देखिएको रोश चुनावमा पुरै सेलाइसकेको थियो ।चु्नावमा एमालेले अनपेक्षित सफलता पाउनुको कारणपनि त्यो हो ।

एमालेप्रतिको बढदो समर्थनले एकातिर काँग्रेस र माओबादी केन्द्र तर्सेका छन ।अर्को तिर राजपा आकर्षित भएकोछ ।राजपााका नेताहरुले एमालेसितको दुरीलाइ घटाउन अभ्यास गर्न था

लेकाछन ।राजपाले दुरी घटाउन एमालेसितको छलफललाई औपचारिक रुपमै अगाडी बढाउनुको पछाडी दुईवटा उदेश्य निहित देखिन्छ ।

पहिलो एमाले, काँग्रेस र माओवादी केन्द्र भन्दा अलग प्रकारको मधेशको शत्रु होइन ।उसले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारलाई अप्ठयारोमा पार्ने हुन सक्छ ।दोस्रो रणनीतिले सत्तारुढ दलहरुलाई गलाउन सक्छ ।

चुनावमा सहभागिता जनाएकै कारण संघिय समाजबादी फोरमलाई बैरी ठानेको राजपाको पछिल्लो कदम बैरीलाई मित्र बनाउने तर्फ उन्मुख छ ।

राजपाले बुझ्न नसकेको विषय के हो भने मधेश बिरोधी संबिधान जारी गर्ने बखत एकजुट भएका तीन दलका नेताहरु संबिधान संशोधन गर्न किन अलगअलग छन ?अहिलेपनि उनीहरु एकजुट भएर संबिधान संशोधन नगर्ने कुनै कारण छ ?राजपाले बझनुपर्ने एउटा प्रमुख सबाल यो पनि हो ।

फोरम नेपालसित दुरी बढाएपनि मधेशको हितमा अहिलेको तीन ठूला दल होइन भने यथार्थलाई राजपाले स्विकार गर्नैपर्छ ।स्थानीय तहको चुनाव घोषणा भएदेखि नै राजपाको निर्णयहरु परिपक्व देखिएको छैन ।

राजपाले समयमै ठोस निर्णय लिन नसक्दा अल्मलमा परेकोछ ।चुनाव बिथोल्ने निर्णय गरेपनि पूर्ण रुपमा असफल भएपछिको नीतिको समिक्षागरि अगामी नीति बनाउनुपर्नेमा त्यसो गर्न चाहेको छैन । एमालेसित राजपाको दुरी कम हुँदा राजनीतिक रुपमा लाभान्वित एमाले हुनेछ ।

तेस्रो चरणको चुनावमा राजपा सहभागि भए एक्लै चुनाव लडने अथवा एमालेसित तालमेलगरि चुनाव लडने त्यो अहिले अनिश्चित छ ।

राजपा एमालेसित दुरी घटाएर चुनावमा गए उसको एजेण्डा के हुने ?पहिलो र दोस्रो चरणमा चुनावमा सहभागि किन नभएको जनताको प्रश्नलाई के उत्तर दिने ?फोरमलाई सरापेर राजपालाई भलाई नहुने निश्चित छ ।राजपाका लागि एमाले, काँग्रेस र माओवादीसित दुरी घटाउनु भन्दा फोरम नेपालसित सहकार्य बढी उपयोगी हुन सक्छ ।

एमालेको नजिकिनु भनेको राजपाका लागि सर्बाधिक घातक हो ।एमालेसित नजिकिने प्रयासगरि सत्तासिन दलहरुमाथि दबाब बनाउन राजपा सक्दैन ।

राजपाको राजनीतिक क्षमतालाई तीन दलका नेताहरुले राम्ररी बुझेकाछन ।राजपाले नचाहेरपनि प्रदेश नम्बर २मा सरकारले चुनाव गराउनेछ ।चुनाव गराउन सरकारलाई एमालेलेपनि सघाउनेछ ।

बिकल्पहरुलाई साँघुरो बनाउँदै आएको राजपाले एमालेसितको दुरी घटाएर बिकल्पहरु बढाउन सक्दैन ।बिकल्प कम रहेको बेला राजपाले ठोस निर्णयहरु लिनुपर्छ ।

राजपाले अझै ठोस निर्णय लिन सकिरहेको छैन ।दल दर्ताका लागि निवेदन दिएको राजपाले एमालेसित तालमेलगरि चुनावमा जान सक्छ । तर त्यसबाट राजपालाई ठूलो क्षति हुनेछ ।

राजपाले चुनावमा जान फोरम नेपालसित मिलेर साझा उम्मेदवार उठाउनु जनभावना अनुकुल हुनेछ ।राजपाले अहिले एमालेसित नभै फोरम नेपालसितको दुरी घटाउनु पर्छ ।

दुई चरणको चुनावमा प्रतिष्ठा नै गुमाउन पुगेको तराई केन्द्रित दलहरुले प्रदेश नम्बर २ मा प्रतिष्ठा जोगाउन साझा उम्मेदबार उठाउनुको बिकल्प छैन ।

दोस्रो चरणमा दुबै दल मिलेर चुनावमा साझा उम्मेदवारी दिएको भए बिराटनगर महानगर पालिका सहित तराईका अधिकांश नगर , उपमहानगर र गाउँ पालिकाहरुमा सजिलो जित हासिल गर्न सक्थ्यो ।मधेशको अधिकार प्राप्तिको आन्दोलनमा स्थानीय तहको भूमिका महत्वपूर्ण हुने थियो ।

फोरम र राजपा दुबैले ठूलो अवसर गुमाएकोछ ।स्थानीय तह गुमाएको मधेशी दलहरुले अब प्रदेश नम्बर २ मा वर्चस्व कायम गर्न लागिपर्ने बेलामा एमालेसित निकटता बढाउन खोज्नु हतास मानसिकता मात्र हो ।
राजपा र फोरमले एकअर्कालाई शत्रु ठान्नु मधेश बिरोधी कार्य हो ।

मधेशी जनताले दुबै दललाई एक भएर आउन पटकपटक दबाबदिदै आएकाछन ।चुनावमा दुबै दलसँगै गए प्रादेशिक र संसदीय चुनावमा राम्रो नतिजा ल्याउन सक्छन ।

अलगअलग भएर चुनावमा गए नतिजा एमाले र काँग्रेसको पक्षमा जानेछ ।सदरमुकाममा केन्द्रित रहेका दलहरु चुनावमा मिलेर जाँदा गाउँमा समेत सहानुभूति मत पाउन सक्छ । एमालेसित राजपाको निकटता, माओवादीसित फोरमको निकटता फलदायी हुन सक्दैन ।

प्रथम र दोस्रो चरणको चुनावमा नयाँ शक्ति फोरम नेपालमा बिलय नै भएको थियो ।एउटै चुनाब चिन्ह लिएर सहभागि भएपनि फोरम नेपाललाई खासै उपलब्धि भएन ।एमालेसित मिलेर चुनावमा जाँदा राजपाको अवस्थापनि त्यो भन्दा राम्रो हुँदैन ।

तराईका जिल्लाहरुमा फोरम नेपाल र माओवादी केन्द्रबीच तालमेल भएको थियो ।तर लाभ माओवादीले नै लिए ।

राजपाका नेताहरुमा फोरमप्रतिको घृणा, आक्रोशले एमालेसितको निकटता बढाउन प्रेरित गरेकोछ ।तर त्यो अत्यन्त घातक हुनेछ ।जनताको भावना एमालेसित राजपा मिल्नु होईन ।मधेशी जनताले अझैपनि काँग्रेस, एमालेप्रतिको निष्ठालाई घटाएको छैन ।

विषम परिस्थितिमापनि मधेशी जनताले ईमान्दारीसाथ एमाले र काँग्रेसलाई सघाएकोछ ।कुनै बेला राजालाई पनि तराईमा नै बढि पत्याइएको थियो ।तर समय अनुसार सबैले धोका मात्र दिएको इतिहास छ ।

राजपाले एमालेसित निकटता बढाउनु भन्दा जनतामा संगठन गरेर मधेश बिरोधीहरुलाई कमजोर बनाउने तर्फ लाग्नुपर्छ ।६वटा दल एकैसाथ भएरपनि चुनाव बिथोल्न असफल हुँदा परेको नकारात्मक प्रभाबलाई कम गर्नपनि राजपाले फोरम नेपालसितको सम्बन्धलाई सुदृढ बनाउनु पर्छ ।

राजपाले फेरी आत्मघाती गोल गर्ने तर्फ उन्मुख भएकोछ ।एमाले राजपा र मधेशका शुभचिन्तक होइन ।काँग्रेस र माओवादी केन्द्रपनि होइन ।मधेशको हित मधेशी नेताहरुले मात्र गर्न सक्ने जनविश्वासलाई दुबै दलहरुले कायम राख्नुपर्छ ।

हुनत अन्तिम क्षणमा एमालेलाई राजपाले समर्थन गर्न सक्दैन ।उत्कर्षमा पुगेको सडक आन्दोलनलाई छाडेर संसदमा काँग्रेसका नेतालाई मतदान गर्न पुगेको तत्कालिन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको क्रम प्रचण्ड हुँदै शेरबहादुर सम्म जारी थियो ।

एमालेसितको राजपाको निकटता प्रत्युतपादक हुन सक्छ ।



 

गोलबजार । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका ४ मा छोराको रड...

सुरुङ्गा, झापा : झापाको बिर्तामोड नगरपालिका – ७ मा...

कलैया : बारामा यस वर्ष रु एक अर्ब ६२...

गोलबजार । १२ फाल्गुन सिरहाको सिरहा नगरपालिकामा सुर्यनारायण...

राजविराज । सप्तरीको कुशहा स्थित श्रोत केन्द्रमा गुणस्तरिय शिक्षा हामी...

जनकपुरधाम । प्रदेश नम्बर २ का भौतिक पुर्वाधार तथा विकास...

जनकपुरधाम ।प्रदेश नम्बर २ मा ...

सरकारमा आउन राजपालाई प्रधानमन्त्रीको आग्रह...

गोलबजार । बुधबार सिरहाको लक्ष्मीपुर पतारी गाउँपलिका ४ मा आफनै...

जनकपुरधाम । मिथिला ...

जनकपुरधाम । मिथिला मध्यमा परिक्रमा शुक्रबार धनुषाको पर्वता पुग्ने भएको...

मलंगवा । सामान्यतया एउटा झुलुंगे पुल बनाउन ६ महिनादेखि...

कलैया । बारामा यस वर्ष हिउँदे तरकारी कूल ...

इस्लामावाद । पाकिस्तानको सर्वोच्च अदालतले...

काठमाण्डु । संघीय संसद्अन्तर्गतका ...

गौर । जिल्ला जनस्वास्थ्य कार्यालय ...

राकेश यादवगौर । नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष ,सचिव...

जनकपुरधाम ।प्रदेश नम्बर २ मा ...

एमाले, माओवादी पक्षमा, काँग्रेस विपक्षमा...

रत्ननगर, चितवन ; नारायणगढ मुग्लिन सडकखण्डअन्तर्गत चितवनको घुमाउनेमा भारतीय...

पोखरा : बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले पोखरामा...

काठमाडौं । पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री नवाज सरिफलाई पार्टी अध्यक्षको...

काठमाडौं । स्पेनिस लिग फुटबलमा रियाल मड्रिडले लेगानेजलाई ३-१ ले...

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब सेभियाले इङ्ल्यान्डको म्यान्चेस्टर...

नगरकोट : न्यायिक दिवसका अवसरमा समाजवाद अध्ययन केन्द्र भक्तपुरले...

रसुवा : सामान आयात क्रमशः बढ्न थालेपछि रसुवागढी भन्सारको...

काठमाडौँ : आमा समूह तमू समाज बेल्जियमले शीतलहर प्रभावित तराई...

काठमाडौँ : आज बिहान यहाँ ‘गोरखा भूकम्प’को परकम्प गएको छ...

काठमाडौं । सिरियामा विद्रोही नियन्त्रित पूर्वी क्षेत्र गुटामा सरकारी सेनाले...

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलमा चेल्सी र बार्सिलोनाले १-१...