Thu, 24 May 2018
ताजा समाचार
सर्वसाधारणले पनि प्रदेशसभामा प्रस्ताव लान पाउने || सवारी दुर्घटनामा दश महिनामा ९५ को मृत्यु || शिक्षामा लगानीअनुसार प्रतिफल आएन ः प्रधानमन्त्री || पाँचवर्षसम्म सरकार सञ्चालन हुन्छ ः प्रचण्ड || ठक्कर दिने टिपरका सवारी चालक पक्राउ || नीति तथा कार्यक्रममा छुटेका विषय बजेटले समेटोस् || राजविराज विमानस्थल एक दशकपछि पुनः सञ्चालनमा || पोखरीमा डुबेर चार बालिकाको मृत्यु || गुण्डाराजको अन्त्य गर्दै जनताको राज स्थापना हुन्छ : गृहमन्त्री || दुर्गम गाउँमा अफिम खेती || महोत्तरीमा बढ्यो गर्मी || तत्मा समाजको राष्ट्रिय कार्यकारिणी समिति गठन || मन्त्री यादव थाइल्याण्डतर्फ || एकैरातमा तीन घरमा चोरी || डोम समुदायका बालबालिका विद्यालय भर्ना || हजार विद्यार्थीमा एउटै शौचालय || सडक र ऊर्जा प्राथमिकतामा छः मुख्यमन्त्री राउत || उखु किसानद्वारा मिलमा धर्ना मालिक फरार || वडाध्यक्ष पौडेलको घरमा बम विष्फोट, दुई घाइते || सरकारको नीति तथा कार्यक्रम आज संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत || ओली ५ वर्षकै लागि प्रधानमन्त्री हो, त्यसमा तल–माथि हुँदैन : || रावणको जन्मभूमि मानिएको पौलस्त्य आश्रम ओझेलमा || सोलु करिडोर प्रसारण लाइन समयमै सक्न प्राधिकरणको ठेकेदारलाई ताकेता || विषाक्त मदिरा सेवन गर्दा १२ जनाको मृत्यु, मदिरा बिक्रीवितरण गर्ने || सन्दीप लामिछानेको खुलेर प्रशंसा गरे रिकी पोन्टिङले || विद्यार्थी मृतावस्थामा फेला || बजेटमा मधेससंग विभेद गरीए संसद अवरुद्ध गर्ने सांसद यादवको चेतावनी || प्रदेश नं २ का सञ्चारमाध्यमलाई राहतपूर्ण वर्गीकरण गर्न आग्रह || मालपोत कर तिर्नु पर्दैनः नगर प्रमुख || पुर्व राजा ज्ञानेन्द्रलाई नागरिक अभिनन्दन || तरुण दलको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम || शिक्षक संगठन धनुषामा महतो || सर्पदंशबाट महिलाको मृत्य || ससुराली पक्षको कुटाइबाट महिला गम्भीर || मधेशको लागि विशेष बजेटः मन्त्री महासेठ || गेरुका नदीमा सरसफाई || तुलसीदास पार्कमा सरसफाई || मिथिलाको युगभूमि सिम्रौनगढ हो : पुरातत्वविद मिश्र || ठेकदारको लापर्वाहीले बस दूर्घटना, २४ बढी घाईते || फोरम पदाधिकारी बैठक जारी, एकीकृत नेकपामाथि नजर ||
अकल्पनीय पीडाको मिलेर सामना गरौँ

साउन 32, २०७४

 


  • सँजय मित्र


एक हप्तामा अकल्नीय परिवर्तन आएको छ मधेसको भौतिक क्षेत्रमा । अरु वर्ष पनि बाढी आउँथ्यो । बाढी आउँदा सर्वसाधारणले खेतबारी डुबाउँछ र भोलिपल्ट फेरि जस्ताको तस्तै हुन्छ भन्ठान्थे ।

ठूला नदीहरुको किनारका बस्तीहरु कहिलेकाही कटानले प्रभावित हुन्थे । थोरबहुत राहतको आवश्यकता हुन्थ्यो । कहिलेकाहीँ कतै कुनै एक दुई ठाउँमा अप्ठ्यारो पथ्र्यो । धेरै सहयोगी हातहरु निस्किन्थे । धेरैले सहयोग गर्थे । सहयोग गर्नेलाई खासै अप्ठ्यारो हुँदैनथ्यो ।

राहत पाउनेले पनि राहतमा केही सन्तोष गर्थे । पीडितको विपत्तिमा सहानुभूति राख्ने धेरै हुन्थे । पीडामा मल्हम लगाउने धेरै हुँदा पीडा कम भएको अनुभूति हुन्थ्यो । तर यसपालिको अवस्था भने नितान्त फरक छ । परिदृश्य पुरै बदलिएको छ । अकल्पनीय अवस्थ ाबनेको छ मधेसको ।

किसानलाई बाहेक अरु कसैलाई पनि पानीको आवश्यकता थिएन । खेतमा सामान्य पानी चाहिएकै थियो किसानलाई । भर्खर रोपिएको धानलाई हुर्काउन सामान्य पानी चाहिने नियमित प्रक्रिया हो । हप्ता दिन बिराएर हरेक हप्ता एक झरी राम्ररी पानी परिराखे किसान खुसी हुन्छन् ।

असोज महिनासम्म यसै प्रकारले पानी परिरहँदा किसान मात्र होइन, उब्जनी राम्रो भएर देश नै खुसी हुने अवस्था रहन्छ । यस वर्ष त साउन बित्न लाग्दासम्म खासै पानी परेको थिएन । तुलनात्मकरुपमा कमै पानी पर्ने भविष्यवाणी गरिएको पनि थियो ।

धानको रोपाइँ जसोतसो गरी सिद्धिएको थियो र सामान्य पानी पर्दा धान खेतीमा किसानले मल हाल्ने बेला हुँदै थियो । आकाशमा बादल देखिन्थ्यो तर पानी पर्दैनथ्यो तर विहीवारदेखि आकाशले आफ्नो चित्र नै बदल्यो । आकाशको बादलले बोक्न सक्ने गरी पानी ओसार्दै धरतीमा पोख्न थाल्यो ।

धरतीले थेग्न सक्नेजति मात्र नै थेग्ने हो । खाल्टाखुल्टी भरिए, खेत भरिए, खोला भरिए र पनि वर्षा रोकिएन । विहीवारको साँझदेखि परेको पानी आइतवार बिहानसम्म आइपुग्दा बल्ल अलि थाकेर विश्राम गरेको जस्तो देखियो । यस अवधिमा त बाढीले जुन उग्र रुप लियो, त्यो कसैले देखेको थिएन, कसैले कल्पना गरेको थिएन ।

सबैको सोचाइभन्दा निकै बढी पानी गाउँबस्ती पस्यो, सहर पस्यो र पानीको गति अगाडि जे जति अवरोधहरु आए सबैलाई भत्काउँदै पानीले निकास खोज्न सुरु भयो ।

आकाशमा बादल जसरी स्वच्छन्द रुपमा हावाको बहावसँगै जान्छ, धरतीमा पनि पानीले त्यही स्वतन्त्रताको खोजी गर्न थाल्दा धेरै पुल स्वाहा भए, सडक खत्तम भयो । सयौँ घरहरु बगे, कैयाँै ढले । हजारौँ घरमा पानी पस्यो । पानीले आफ्नो ताण्डव नृत्य कम गरेन ।

ताण्डवमा मग्न आकाशको बादल र धरतीको बाढीले मानवले आवागमन गर्ने सबै बाटाहरुमाथि कब्जा जमायो । सम्पूर्ण बस्तीहरुलाई चारैतिरबाट घेरेर आफ्नो नियन्त्रणमा यसरी लियो कि कोही पनि बाहिर निस्किन सक्दैन । खोला, खेत, पोखरी र सडक सबै बराबर देखियो ।

उँखुको टुप्पा र विभिन्न किसिमका रुखहरुले गर्दा मात्र फाँटहरु समुद्र नभएको जस्तो लाग्दथ्यो, हैनभने सर्वसाधारणको नजरमा फाँटहरु समुद्र बनिसकेका थिए ।

समुद्र नै गाउँ पसेकोजस्तो अकल्पनीय दृश्य हरेकले घरमै बसी अनुभव गर्ने मौका पाएको यो अपूर्व अवसर नै हो । धेरै ठाउँमा यस्तो पनि देखियो, जहाँ सधै मोटर सरर गुड्थ्यो, त्यहाँ डुङ्गा चलिरहेको छ । सडकमा  डुङ्गाले गरेको शयरको दृश्य सबैका लागि अपूर्व नै थियो ।

रौतहटको सदरमुकाम गौरको परिदृश्य कतिसम्म भयावह थियो भने कतिपय पुराना घरको छतको माथि पानी चढेको थियो । नयाँ बनाएको घरको झ्यालबाट पानी भित्र पसेको थियो । घरमा चार फिटसम्म पानी सामान्य थियो । धेरैको घरको छतलाई पानीले छुने डर आइसकेको थियो ।

कतिपयले के सम्म पनि भनेका छन् भने सदरमुकाम गौरको कुनै घर बाँकी थिएन जसमा पानी नपसेको होस् । वि.सं. १९९१मा कटरबनबाट गौर बजारमा जिल्लाको सदरमुकाम सार्दादेखि लिएर अहिलेसम्मको इतिहासमा कसैले यतिको ठूलो बाढी आएको देखेका थिएनन् ।

वास्तवमा जिल्लामा सबैभन्दा बढी सुरक्षित र सुविधा सम्पन्न मानिने ठाउँ भनेकै जिल्लाको सदरमुकाम हुनुपर्ने हो तर सबै सुविधाबाट वञ्चित भएर मानिस आफ्नै छतबाट आफ्नो कोठामा जान नसक्ने अवस्थाको परिकल्पना कसैले गर्न सक्दैन, त्यही वास्तविकता सदरमुकाम गौरले भोग्नु प¥यो ।

हुँदाहुँदा टेलिफोन, मोबाइल, बिजुली सबै गायब । खानेपानी पनि रहेन । घरभित्रको सम्पूर्ण सामान पानीमा पौडी खेलिरहेको छ । सम्पूर्ण घरभित्र बाढीले बास गरेपछि आफू बसेको छतमा के खाने ? बालबालिकालाई के ख्वाउने ? त्यसमाथि झन् आकाशबाट पानी दर्किन सुरु भयो भने ? अवस्था कतिसम्म नाजुक थियो भने छिमेकको घरमा जान सकिँदैनथ्यो ।

छिमेकमा केही परेको छ भने त्यो पीडा केवल सुन्न सकिन्थ्यो वा देख्न सकिने छ भने हेरेर बस्न बाध्य हुनु पथ्र्यो । कुनै उपाय थिएन । मानिस निरुपाय भएको यो एउटा यस्तो अवसर हो जो एउटा जीवनले मात्र सम्झेर पुग्दैन, पुस्ता दर पुस्ता मानिसले सुनाउँछन् यस घटनालाई ।

यसले कति क्षति पु¥यायो, यसको हिसाब गरेर साध्य छैन । भौतिक क्षतिको त गणना गर्न सकिन्छ तर अभौतिक क्षतिको हिसाब गर्न सकिन्न । मानिसले जुन रुपमा मानसिक पीडा भोगेका छन्, त्यसको असर व्यक्तिमा पछिसम्म देखिएला । हरेक व्यक्तिले पीडा बेहोरेको छ ।

हर घरपरिवारमा कुनै न कुनै किसिमले भौतिक क्षति भएको छ । सामाजिक र सार्वजनिक तथा सरकारी सम्पत्तिको विनाश कति भयो भन्ने कुरो सबैको हिसाब गरेर साध्य छैन तर क्षति सबैतिर भएको छ । प्रकृतिको यो विनाश लीलाले स्वयं प्रकृतिको पनि केही हदसम्म विनाश गरेको छ । वास्तवमा सर्वसाधारणको लागि यो महापीडाको घडी हो ।

यो कुनै व्यक्तिगत समस्या होइन, कुनै निश्चित समुदायको समस्या होइन । सामूहिक समस्या हो, सामूहिक पीडा हो र सबैको साझा पीडा हो । थोर र बहुत फरक क्षति होला तर पीडा सबैको समान छ । यस पीडालाई कम गर्न केही हुनेले नहुनेलाई सहयोग गरेका छन् । एकले अर्काको मुख हेरेर सन्तोष गरेका छन् । एकले अर्कालाई सहयोग गरेका छन् ।

सान्त्वना दिएका छन् । यी आपसी विश्वास र प्रेमले मानिसलाई महापीडामा पनि सँगै बाँच्न सिकाएको छ, सँगै हाँस्न सिकाएको छ ।
बाढीरुपी मानवीय संकटबाट हामीले पार पाएका छौँ । अब यसले पु¥याएको क्षतिको सामना गर्नु छ । एकले अर्काप्रति सहानुभूति दर्शाउँदै हामीले एकले अर्कोलाई सकेको मानवीय सहयोग पु¥याउनु छ । यस घडीमा हामी सबैले मिलेर सामना गर्नु छ ।

हातमा हात मिलाई हामी सबै जुटौँ, यस अकल्पनीय पीडाको मिलेर सामना गरौँ । जे हुनु भइहाल्यो, अब सकेसम्म सचेत बनौँ । प्रकृतिको अगाडि हामी सबै विवश छौँ । बाढीपछिको पीडाबाट बच्ने प्रयासमा हामी सबैले ध्यान दिनु परेको छ ।

अब स्वास्थ्यसँग सम्बन्धित समस्याहरु देखिन सक्छ, यसमा गम्भीर भएर लाग्यौँ भने समयका अन्तरालमा बाढीको पीडा कमजोर हुँदै जाने छ ।

रुकुम : प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्तीले...

विराटनगर : चालु आर्थिक वर्षको १० महिनामा मोरङ जिल्लामा...

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा क्षेत्रबाट लगानीअनुसार...

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...

नगरकोट : अरनिको राजमार्गअन्तर्गत भक्तपुरको नलिञ्चोक नजिकै सडकमा बुधबार...

काठमाडौँ : राष्ट्रियसभाका सदस्यले सरकारको नीति तथा कार्यक्रममा छुटेका...

राजविराज : पटक पटक उडान सञ्चालन तथा स्थगन हुँदै...

लुम्बिनी : रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–११ मसिना गडिदियाको नौखनिया...

भक्तपुर : गृहमन्त्री रामबहादुर थापाले अब देशभर गुण्डाराजको अन्त्य...

जाजरकोट : नलगाड नगरपालिकाका विभिन्न स्थानमा अवैध रुपमा अफिम...

महोत्तरी : जिल्लामा केही दिनदेखि अति गर्मी बढेकोे...

जनकपुरधाम । राष्ट्रिय तत्मा समाज नेपालले राष्ट्रिय कार्यकारिणी समिति गठन...

जनकपुरधाम । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव थप उपचारका...

गौर । रौतहट जिल्लाको सदरमुकाम ...

पोखरिया । विद्यालय भर्ना हुन नसकेका...

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु...

गौशाला (महोत्तरी)। दुई अर्ब रुपैया बढी भुक्तानी ...

दमक । झापाको दमक–७ का वडाध्यक्ष भीम पौडेलको घरमा गएराति...

काठमाडौं । सरकारले आगामी आर्थिक २०७५/७६ को नीति तथा कार्यक्रम...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वगृहमन्त्री...

म्याग्दी । रामायणमा वर्णित रावणको जन्मभूमि मानिएको म्याग्दीको पौलस्त्य आश्रम...

सोलुखुम्बु । नेपाल विद्युत प्राधिकरणले सोलु करिडोर १३२ केभी...

काठमाडौं । भारतको कानपुरमा विषाक्त मदिरा सेवन गर्दा १२...

नयाँ दिल्ली । आइपिएल टिम दिल्ली डेयरडेभिल्सका प्रशिक्षक तथा अस्ट्रेलियाली...

महेन्द्रनगर, धनुषा : जनकपुर उपमहानगरपालिकास्थित एक विद्यालयमा आज बिहानै एक...

वीरगन्ज । आगामि बजेटमा मधेससंग संघीय सरकारले बिभेद गरे संघीय...

महेन्द्रनगर, धनुषा : नेपाल पत्रकार महासंघ प्रादेशिक समिति...

नेपाल शिक्षक संगठन धनुषाको १२ औं जिल्ला अधिवेशनले ...

मलगंवा । सर्लाहीको दक्षिणी भेगमा पर्ने विष्णु ...

जनकपुरधाम । महोत्तरी ...

जनकपुरधाम । जनकपुर स्थित...

त्रिलोकीनाथ यादवबारा । वरिष्ठ पुरातत्वविद...

काठमाण्डु ।प्रदेश नम्बर २ को सत्तारुढ दल संघिय ...