ताजा समाचार
जनकपुरमा एक महिलाको रहस्यमय मृत्यु || ट्र्याक्टरको ठक्करले मोटरसाइकल चालकको मृत्यु, १५ जना घाइते || धनुषामा आगलागी हुँदा ७ लाख बढीको क्षति || रामकलेवासँगै साताव्यापी विवाहमहोत्सव सम्पन्न || चुनाव बिथोल्ने गोईतको धम्की || वाम गठबन्धनको कार्यालयमा विष्फोट, फोरमको गाडीमा बम || आजदेखि अन्तराष्ट्रिय मैथिली सम्मेलन सुरु || मधेशी दललाई समानुपातिक मत बढी आउने || विवाह भए लगत्तै जीप दुर्घटना, ‘नवजोडी’सहित ७ जनाको मृत्यु || मतदान केन्द्र नजिकै राखिएको बम निष्क्रिय गरियो || गाडीहरु आज राती १२ बजे अघि नै गन्तब्यमा पुग्नुपर्ने, भोली || कांग्रेस नेता निधिलाई ‘निमोनिया’ || लोकतन्त्रमा मात्र आर्थिक विकास हुन्छः उद्योगपति चौधरी || जर्जियाको एक होटेलमा आगलागी हुँदा ११ जनाको मृत्यु || सबै कर्मचारी चुनावमा खटिएपछि स्वास्थ्य सेवा प्रभावित || नवलपुरमा कांग्रेस उम्मेदवारको जीपलाई लक्षित गरी बम प्रहार || जर्वजस्ती करणी गरेको अभियोगमा बालक पक्राउ || लियोनल मेस्सीले जिते गोल्डेन-सू अवार्ड || यस्ता थिए, जनवादी गायक पाख्रिन || निधिलाई भेटेर भारतीय राजदूतले गरे स्वास्थ्य लाभको कामना || मोहत्सवमा दुई दर्जन पाकेटमार पक्राउ || निधी र महतो विकासभन्दा परिवारबादमा : नेता यादव || रामजानकी विवाह महोत्सव सम्पन्न || मतपत्र आज आउने || फोरम–राजपा प्यानलै विजयी || मधेश आन्दोलनका सहिद परिवारलाई ‘५० लाख’ || कर सप्ताह सम्पन्न, करको दायरा बढाउन सुझाव || धनकुटाका किसानलाई अझै छोएन निर्वाचनले || जिम्बावेमा नयाँ राष्ट्रपतिको शपथ आज, मुगावे पनि सहभागी हुने || दिनमा ३ कप कफी स्वास्थ्यको लागि फाइदाजनक : अध्ययन || धनकुटामा विस्फोट, पैदलयात्री घाइते || श्रीमतीको घाँटी रेटेर हत्या गरी फरार भएका पति पक्राउ || धादिङ र नवलपरासीमा बम फेला || मलेसियालाई नेपाली महिला क्रिकेट टोलीले दियो १०९ रनको लक्ष्य || एनसेलले आयोजना गर्‍यो ‘डिजिटल ज्याम’ || नयाँ रणनीतिका साथ सुरक्षा सर्तकता बढाउँदै प्रहरी || निःशुल्क भोजनको व्यवस्था || मटकोर सम्पन्न || वाम उम्मेदवार यादवको लोहनामा जोडदार स्वागत || मधेश विरोधीलाई ब्यालेटबाट जवाफ दिने अवसर : कार्की ||
चुनावको सेरोफेरो

भाद्र ११, २०७४

 


  • किशोर नेपाल


मधेशमा समावेशी लोकतन्त्रको प्रयोग धेरैको चाहना छ । तर, सत्ता प्राप्तिका लागि जातीय समीकरणको नारापनि दिने गरिएकोछ । जातीय समीकरण समावेशी लोकतन्त्रको दुश्मन हो । जातीय समीकरणले जोडिदै गएको समाजलाई छुट्याउँदै लैजान्छ । समावेशी लोकतन्त्रको लागि मधेशी जनतामा देखिएको उत्कट अभिलाषाको कार्यान्वयन नै नेपालका लागि उत्कृष्ट प्रयोग हुनेछ । यो विषयलाई कांग्रेस, एमाले, माओवादी लगायतका ठूला पार्टीहरुले पनि उत्तिकै पछ्याउनु पर्दछ ।


प्रधानमन्त्री शेरबहादुर देउवा भारतको राजधानी नयाँ दिल्लीमा आफनो राजकीय भ्रमणको कामकाज सकेर धर्मपत्नी डा.आरजु देउवाका साथ तीर्थव्रतका लागि तिरुपति र वोधगयातिर लागेका छन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग ‘अचानक’ भेटबाट शुरु भएको प्रधानमन्त्रीको यो भ्रमण सरकारी र औपचारिक भाषामा फलदायी रहेकोछ ।

फलदायी भ्रमणको नतीजाका लागि वृक्षमा फल लागुन्जेल पर्खिनु पर्दछ । यो प्रकृतिको सामान्य नियम हो । प्रधानमन्त्री देउवाको अहिलेको भारत भ्रमण आपसी सदभाव र सौजन्य अभिवृध्दिका लागि थियो । सवै भ्रमण लेनदेनका लागि मात्र हुँदैनन । लेनदेन, सन्धी–सम्झौता, वार्तालाप कूटनीतिका अनिवार्यता हुन । तर, छिमेकीहरु वीचको सम्वन्ध सँधै कूटनीतिक मात्र हुँदैन ।

विगत डेढ वर्षदेखि नेपाल र भारतको सम्वन्धमा निकै ठूलो विचलन आएको थियो । कांग्रेस सभापति स्व. सुशील कोइरालाको उत्तराधिकारीका रुपमा केपी ओली देशका प्रधानमन्त्री भएका वेला सम्वन्ध निकै चीसोे भयो । ओलीले गणतन्त्र स्थापनापछि पहिलो पटक विपरित नीति अवलम्वन गरे ।

उनले आफनो सरकार चीनतिर लहसिएको देखाएर राष्ट्रवादको झण्डा गाडे । चीनसंगको पारवहन सम्झौता सहज उपक्रम थियो जसलाई निकै वढी महत्व दिइयो । विकासका अरु कुरामा पनि चीनियाँ आश्वासन आए । त्यसलाई नारा वनाएर ओली सरकार अगाडि वढ्यो ।

नेपाल–भारत सम्वन्धमा आएकोयो विचलन दुवै देशका हितमा थिएनन । तर, यसका लागि नेपाल र भारतका दुवै सरकार जिम्मेवार थिए ।

यो पूरै प्रकरणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निकै वदनामी भयो । शायद, उनले पनि भारतको स्थायी सरकार र सुरक्षा निकायहरुको कुरा काट्न सकेनन ।

नेपाल–भारत बीचको सम्वन्ध विश्वास र भाइचाराको नभएर अविश्वासको पोको वनेकोछ । आर्थिक, राजनीतिक, धार्मिक, सांस्कृतिक र सामाजिक सवै क्षेत्रमा यो अविश्वास छाएकोछ ।

निश्चय पनि क्षेत्रीय शक्तिका रुपमा स्थापितहुन लागेको भारतका सुरक्षा सरोकारहरु वढी होलान । त्यसलाई दक्षिण एशिया क्षेत्रका सवै राष्ट्रले आ–आफनै हिसावले स्वीकार गरेका छन ।

यो स्वीकार्यता नै भारतीय सुरक्षाको प्रत्याभूति हो । भारत यसभन्दा अगाडि वढेर आफनो सुरक्षाको आधार विस्तारगर्न चाहन्छ भने उसले आफना छिमेकीहरुलाई अप्ठेरो नपर्नेगरी त्यसो गर्न सक्दछ ।

छरछिमेकका जनताले भारतले यसो गर्यो र उसो गर्यो भन्ने गुनासो र गनगन जति धेरै गर्दछन भारतका लागि त्यति नै अप्ठेरो परिस्थितिको सिर्जना हुन्छ ।

त्यस्तो परिस्थिति उत्पन्न हुनदिनु भारत आफनै लागि पनि वान्छनीय हुँदैन । प्रम देउवाको भारत भ्रमण नेपाल र भारत वीच सदभाव निर्माणका हिसावले उपयोगी वनेकोछ ।  यसलाई भारतीयहरुले वुझेरमात्र पुग्दैन, नेपाली जनताले पनि वुझनु आवश्यकछ ।


नेपालमा संविधान जारी हुँदा सुशील कोइराला प्रधानमन्त्री थिए । तर, संविधान कार्यान्वयनका क्रममा ओली, प्रचण्ड र वर्तमान प्रम देउवा सहित तीनजना नेता प्रधानमन्त्री भै सकेका छन ।

ओली सरकारले स्थानीय तहको निर्वाचनको ‘गम्भीर’ चर्चा गरेपनि उसको प्राथमिकतामा निर्वाचन परेन । चुनावको चासो कांग्रेस–माओवादी गठवन्धन सरकारले नै देखाएको हो ।

गठवन्धन सरकारको नेतृत्वले देशका सातमध्ये छ प्रदेशमा स्थानीय तहको चुनावसम्पन्न गराइ सकेको छ । मधेश प्रदेशको रुपमा चिनिएको दुइ नम्वर प्रदेशमा असोज दुइगते निर्वाचन हुँदैछ ।

मधेशका वृहत्तर आवश्यकता र मांगलाई संविधानले संवोधन नगरेकोमा व्यक्त भइरहेको आक्रोश अव निर्वाचनको माध्यमव्दारा अभिव्यक्त हुनेछन । अव मधेशको मुद्दा सरकार र ठूला भनिने पार्टीहरुको नाभीस्थलमा गाडिएको छ ।

मधेशको हितमा संगठित राष्ट्रिय जनता पार्टीले चुनावमा भागलिने भएपछि सरकारका धेरै समस्या समाधान हुने आशा राजनीतिक वृत्तमा चाखराख्ने सवैले राखेका छन ।  
चुनावको मुखैमा आएको वाढीको विपत्तिले मधेशका जनता थप संकटमा परेका छन । वास्तवमा, मधेशमा आएको वाढीले पहाडपनि वगाएर ल्याएको छ ।

मधेशका सवै गाउँ डुवानमा परेका छन । ती सवै गाउँमा राहत पुर्याउनु पनि कठिन छ । तर, सरकारका प्रधानमन्त्री र सरकारी संयन्त्रले यसपटक मधेशको उपेक्षा गरेका छैनन । प्रधानमन्त्रीको प्रत्यक्ष नीरिक्षणले राहत वितरणमा केही तदारुखता पक्कै थपेको छ ।

यतिवेला चुनावको दिनसम्म वातावरण सामान्य भइसक्ने अपेक्षा राखिएकोछ । अधिकार प्रयोगका मामिलामा नेपालका जनता निकै अगाडि छन । त्यसमा पनि, नेपाली प्रजातन्त्र र लोकतन्त्रको प्रयोगभूमि रहेको मधेशका जनताले भोटको महत्व थाह पाइ सकेका छन ।

यो  पटक स्थानीय तहको निर्वाचनमा उनीहरुले कुन पार्टी रोज्नेछन ? अहिले अनुमानगर्ने वेला भै सकेको छैन ।  मधेशमा समावेशी लोकतन्त्रको प्रयोग धेरैको चाहना छ । तर, सत्ता प्राप्तिका लागि जातीय समीकरणको नारापनि दिने गरिएकोछ ।

जातीय समीकरण समावेशी लोकतन्त्रको दुश्मन हो । जातीय समीकरणले जोडिदै गएको समाजलाई छुट्याउँदै लैजान्छ । समावेशी लोकतन्त्रको लागि मधेशी जनतामा देखिएको उत्कट अभिलाषाको कार्यान्वयन नै नेपालका लागि उत्कृष्ट प्रयोग हुनेछ । यो विषयलाई कांग्रेस, एमाले, माओवादी लगायतका ठूला पार्टीहरुले पनि उत्तिकै पछ्याउनु पर्दछ ।

स्थानीय तहको चुनावका लागि जनता जति उत्साहित छन त्यत्ति नै सतर्कता आवश्यक छ राजनीतिक दलहरुको । मधेशमा सीके राउत पक्षले स्थानीय चुनाव विथोल्ने नीति लिएको छ ।

मतपत्रमा छाप नहान्ने वा मतपत्र लिएर वूथबाट वाहिरिने रणनीति लिएका लोकतन्त्र विरोधी र विभाजनवादी वागीहरुको यो कार्यक्रम एउटै मात्र वूथमा सफल भयो भने पनि त्यो खतरनाक संकेत हुनेछ । त्यतापट्टी मुख्य खेलाडीका रुपमा रहेका राजनीतिक दलका अभियन्ताहरुले ध्यान पुर्याउनु आवश्यक छ ।

मधेशमाथिको विभेद, केन्द्रीय संकीर्णता, स्थानीय नेताहरुको स्वार्थप्रेरित क्रियाकलापका कारण मधेशी युवाहरुमा आक्रोश छ । यो आक्रोशको निकासदिन सरकार र राजनीतिक दलहरुले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्दछ ।

राजपाले निर्वाचनमा भागलिने निर्णय गरेर मधेशमा परिवर्तनका लागि आफनो ढोका खुला राखेकोछ । अरु पार्टीहरुले पनि राजपाको यो नीति अपनाउनु उचित हुनेछ ।

विद्रोह, वगावत, अविश्वास र अनमेल राजनीतिका कारण पछाडि परेको मधेशलाई स्थानीय, प्रादेशिक र प्रतिनिधिसभासम्मको चुनावको सिलसिलाले एकपटक फेरी पूर्तिलो वनाउने आशा सवैले राखेका छन । देशमा अहिले निर्माण भएका सातवटा प्रान्त भोलि दश प्रान्तमा विस्तारित पनि हुन सक्दछ वा पाँच प्रान्तमा खुम्चिनपनि सक्दछ ।

मधेश, पहाड र हिमाल सवै क्षेत्रले आ–आफनो मौलिक चरित्र बोकेका छन । त्यो मौलिकचरित्रलाई संरक्षित र सुरक्षित गरेर सवै थरी नेपालीहरु एकसाथ अघि वढने हो भने चुनौतिहरुको सामनागर्नु अप्ठेरो छैन ।राजनीतिमा चुनाव सँधै उत्सव हो । जनताको महोत्सव ।

जनकपुरमा शनिबार बिहान एक महिलाको रहस्यमय अवस्थामा शव भेटिएको छ...

गौशाला : महोत्तरी जिल्लाको बलवा नगरपालिका–७ मा गएराति एक ट्र्याक्टरले...

धनुषा । धनुषामा शुक्रबार राति आगलागी हुँदा एउटा घर...

जनकपुरधाम । रामकलेवा कार्यक्रम गरी साताव्यापी...

जनकपुरधाम । स्वतन्त्र तराईमा बन्दूकको बलमा टिकेको अवैध नेपाली शासनलाई...

लहान । सिराहा जिल्लाको मिर्चैया नगर पालिकाको वडा नम्बर ५...

जनकपुरधाम । १९ औ अन्तराष्ट्रिय मैथिली सम्मेलन आज शनिवार जनकपुरमा...

जनकपुरधाम । प्रदेश नम्बर २ को ३२ प्रतिनिधि सभा र...

रुकुम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका ६ मा शुक्रबार...

धादिङ । दक्षिणी धादिङको गजुरी गाउँपालिका वडा नं ५ स्थित...

काठमाडौं । आजराति १२ बजेअघि नै आफ्नो गन्तव्यमा पुग्न सरकारले...

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिमा निमोनिया देखिएको...

धनगढी । वरिष्ठ उद्योगपति विनोदकुमार चौधरीले लोकतन्त्रमा मात्र देशलाई आर्थिक...

काठमाडौं । जर्जियाको एक होटेलमा आगलागी हुँदा ११ जनाको...

बैतडी । बैतडीमा अधिकांश स्वास्थ्यकर्मी निर्वाचनमा खटिँदा स्वास्थ्य सेवा...

काठमाडौं । नवलपरासीको पूर्वी क्षेत्र नवलपुरका कांग्रेस उम्मेदवारलाई लक्षित गरी...

गाईघाट, उदयपुर : जर्वजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई...

काठमाडौं । स्पेनिस ला लिगा क्लब बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल...

नारायण ढुंगाना :चितवन, मंसिर ६ । ‘नेतालेमात्रै हुँदैन, विश्व बदल्ने...

काठमाडौं । राजधानीको ओम अस्पतालमा उपचार गराइरहनु भएका नेपाली कांग्रेस...

जनकपुरधाम । रामजानकी विवाह पञ्चमी महोत्सवको अवसरमा प्रहरीले जनकपुर बजारबाट...

जनकपुरधाम । धनुषा क्षेत्र नम्बर ३ मा वाम गठबन्धनबाट उम्मेदवार...

जनकपुरधाम । रामायणमा वर्णित त्रेता युगमा मार्र्ग शुक्ल पञ्चमीका दिन...

जनकपुरधाम । पहिलो चरणको मतदानको तयारी पुरा भए लगतै दोस्रो...

राजविराज । जिल्ला समन्वय समिति(जिसस) सप्तरीमा फोरम–राजपा गठबन्धनको पुरै प्यानल...

जलेश्वर ।राष्ट्रिय जनता पार्टी(राजपा)नेपालले मधेश आन्दोलनका सहिदहरुको परिवारलाई ५०–५० लाख...

काठमाडौं । छैटौं राष्ट्रिय कर सप्ताह बिहीबार सकिएको छ...

धनकुटा । प्रदेश र प्रतिनिधिसभा सदस्य पदका लागि मतदानको...

हरारे । जिम्बावेका पूर्व उपराष्ट्रपति एमर्सन मनाङ्गावालाई आज राष्ट्रपतिको...

काठमाडौं । गर्भवती महिलाबाहेक अन्य मानिसले दिनमा ३ कप कफी...

धनकुटा । अज्ञात समुहले आज बिहान धनकुटाको फुङसुवा खोलामा बम...

लहान । श्रीमतीको घाँटी रेटेर हत्या गरी फरार रहेका श्रीमानलाई...

काठमाडौं । धादिङ र नवलपरासीमा बम फेला परेको छ...

काठमाडौं । टि–२० महिला विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गको चौथो खेलमा...

काठमाडौं । एनसेलले आफ्नो सेवालाई थप प्रभावकारी बनाउन ‘डिजिटल...

जनकपुरधाम । आसन्न चुनावलाई लिएर धनुषा प्रहरीले नयाँ रणनिति तहत...

जनकपुरधाम । रामजानकी विवाहमहोत्सवको अवसर पारेर भगवती दीनानाथ ट्रष्ट जनकपुरले...

जनकपुरधाम । रामजानकी विवाहमहोत्सवको पूर्वसन्ध्यामा बुधवार मटकोर सम्पन्न भएको छ...

जनकपुरधाम । धनुषा क्षेत्र नम्बर–३ ...

जनकपुरधाम । संघिय समाजवादी फोरम नेपालका तर्फबाट धनुषा क्षेत्र नम्बर...