Sat, 21 Apr 2018
ताजा समाचार
चेन्नई सुपर किङ्स शीर्ष स्थानमा उक्लियो, राजस्थान रोयल्स ६४ रनले || राजपाले वार्षिकोत्सव मनाउँदै || हवाहुरी प्रभावित परिवारलाई राहत || बाम गठबन्धन संघीयता विरोधी || देशभर अझै तीन लाख बालबालिका विद्यालय बाहिर : शिक्षा मन्त्री || भन्सारमा प्रहरीद्वारा लाठी चार्ज जउवा संघका अध्यक्ष पिटिए || प्रदेश २ को नीति आयोगमा बृद्ध झा || फेसबुकबाट सुरु भएको प्रेमको विश्वासमा पर्दा... || दक्षिणी जापानमा ज्वालामुखी विस्फोट || क्यानको निलम्बन फुकुवा हुने सम्भावना बढ्यो, विधान हुबहु पारित || आँप र लिच्चीको उत्पादन बढने || राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सुरु || दुई कर्मचारी घुससहित पक्राउ || हावाहुरीले जनधनको क्षति, विद्युत आपुर्ती ठप्प || पहिलो महिला सिइओ नियुक्त गरेर मेगा बैंकले रच्यो इतिहास || तराईका सशस्त्र समुहहरुलाई वार्तामा आउन आग्रह || सात बर्ष वित्यो दोर्दी खोलामा मोटरेवल पुल बनेन, सम्बन्धित निकायकै || संगीतमा कसरी आए र्‍यापर निर्णय श्रेष्ठ ? मिस नेपाल रोनालीसँग || घाँटी थिचेर श्रीमतीको हत्या प्रयास || बर्नमाउथलाई उसकै मैदानमा हराउँदै म्यानचेस्टर युनाइटेड विजयी || कनेल क्युवाको नयाँ राष्ट्रपति बन्ने, दशकौंपछि क्यास्त्रो परिवार बाहिरिंदै || महोत्तरीमा हावाहुरीले जनधनको क्षति || गाडीको ठक्करबाट एकको मृत्यु || गएरातिको आँधीहुरीमा दुईको मृत्यु || सत्यतथ्य सार्वजनिक गर्न माग || वडाअध्यक्षले इन्जिनियर कुटेपछि नपामा तालाबन्दी || वडा कार्यालयमा नौ दिनदेखि तालाबन्दी || करेन्ट लागेर बालिकाको मृत्य || सिजीको ओमेगा ६ स्मार्टफोन बजारमा || प्रदेशको बजेटले फोरमको पदाधिकारी बैठक प्रभावित हुने || पाँच विधेयक स्वीकृत, ३ लाई सैद्धान्तिक सहमति || रुकुममा औषधिको अभाव, औषधि खरिदमै लापरबाही || धनकुटाको हिलेमा आधुनिक शीत भण्डार निर्माण हुने || सगुनका प्रयोगकर्ता भारतमा एक मिलियन पुगे, चलाउन फेसबुक भन्दा सजिलो || डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीच वार्ता || मुम्बई इन्डियन्सको पहिलो जित, विराट कोहलीको बैंङ्लोर ४६ रनले पराजित || पेट्रोलमा एक, डिजेल र मट्टितेलमा २/२ रुपैयाँ मूल्यवृद्धि || यस वर्षको पुलित्जर पुरस्कार द न्यूयोर्क टाइम्स् र न्यू योर्कर || दिल्ली डेयरडेभिल्सको खराब लय जारी, कोलकातासँग ७१ रनले पराजित || विद्यालय भर्ना अभियान शुरु विद्यालय नआउने शिक्षकलाई कारबाही ||
‘एक्लै हिँडिरहेको तर बलियाहरुले मास्न नसकेको मान्छे हुँ’

०, ०

 

तपाईं वामपन्थी राजनीतिको सम्पर्कमा लामो समय रहनुभयो, राजनीतिलाई केन्द्रमा राखेर लेख्दै पनि आउनुभएको छ । वामपन्थी विचारधारा राख्नेहरुले लेख्दै आएको प्रगतिशील र प्रगतिवादी साहित्यको अवस्था कस्तो देख्नुहुन्छ ?

– मेरो लेखनको आधारभूत भावना राजनीति नै हो । चाहे त्यो मौलिक रचना होस्, चाहे अनुवाद र अखबारी लेखन होस् । तैपनि म साहित्यको विद्यार्थी भएको र साहित्यको शिल्प र कलाबारे सजग भएकोले प्रत्यक्ष रुपमा राजनीतिमा बाक्लै संलग्नता हुँदाहुँदै पनि मेरो लेखनको कलात्मकतामा राजनीतिको त्यति ठूलो भार र हस्तक्षेप भएन ।

साहित्यको विषयवस्तु जेसुकै भए पनि उन्नत स्तरको शिल्प भएन भने त्यो साहित्य हुँदैन । राजनीतिक दस्तावेजमा कोरा नारा हुन्छ, धारणा र कार्यक्रम हुन्छ । त्यो सबै चिज साहित्यमा अटाउँछ, तर साहित्यको आफ्नै भाषा हुन्छ । कम्युनिष्ट वा प्रगतिशील भन्नेहरुको ठूलो समस्या के हो भने, साहित्य र राजनीतिको अलग भाषा हुन्छ भन्ने बोध उनीहरुलाई कहिल्यै भएन । साहित्यका नाममा राजनीतिक नाराहरू हल्लाउँदै मान्छेहरु बूढा भए । यसो म हेर्छु, कतिपय वयस्क नभईकन बाल्यकालमै बूढा भएका कम्युनिष्ट र प्रगतिशीलहरु थुप्रै देखेको छु । ती वयस्कै भएनन् ।

राजनीतिक नारालाई साहित्यमा पस्किनासाथै बिग्रिने हो त ?

– त्यसो हैन । माक्सिम गोर्कीको उपन्यास ‘आमा’ हेरौं । त्यो किताब मेरो साहित्यिक जीवनमा सबभन्दा बढी प्रभाव पार्ने कृति हो । ‘आमा’ भनेको प्रारम्भदेखि अन्त्यसम्म त्यो जम्मै नारा हो, समाजवादको नारा । तर, त्यो भव्य कलात्मक नारा हो । त्यसको विशिष्ट उद्देश्य छ, त्यो हो समाजवादी कार्यक्रम । त्यसको प्रयोजन भनेको रुसी समाजमा सर्वहारावादी चेतना फैलाउनु हो । आफ्नो जीवनलाई फेर्नका निम्ति नयाँ राज्यको निर्माण गर्न मानिसलाई जागृत, संगठित र आन्दोलित गराउनु त्यसको उद्देश्य हो । विषयवस्तु र उद्देश्यको हिसाबले त्यो विशुद्ध राजनीति र नारा हो । तर, यस्तो भव्य ढंगले लेखियो, अद्भूत चिज बन्यो ।
हामीकहाँ गोर्कीको ‘आमा’ लाई गीता जस्तो जपिरहनेले पनि गोर्कीको कला चाहिँ सिकेनन् । भजन चाहिँ गाइयो, त्यसलाई ग्रहण भने गरिएन ।

प्रगतिशील साहित्यमा क्रियाशील लेखकहरुमध्ये धेरैको लेखन कोरा खालको देखिन्छ । तिनको प्रभावकारिता कत्तिको देख्नुहुन्छ ?

– धेरै प्रतिभासम्पन्न लेखक र साधकहरुलाई पनि साहित्य/कलाको स्वरुप र अभिव्यक्तिको भेद थाहा छैन । त्यसो हुँदा तिनको प्रतिभा व्यर्थ भए जस्तो लाग्छ । साहित्यको माध्यमले यो जीवनलाई सुन्दर बनाउन मान्छेहरु इमान्दारीसाथ र समर्पित भएरै लागेका छन् । तर, राजनीति र साहित्यको सूक्ष्म भेदहरुको बारेमा गम्भीर चेत नभएकोले धेरैको प्रयत्नहरु व्यर्थ भएका हुन् ।

मैले ‘अजम्मरी गाउँ’ अनुवाद गरेको छु, राम्रो छ त्यो । त्योभन्दा बढी चिनियाँ साहित्यकार याङ मोको उपन्यास ‘युवाहरुको गीत’ त माओवादी आन्दोलनमा खुब पढिएको किताब हो । त्यो उपन्यास पढेर मान्छेहरुले आवेग प्राप्त गरे, क्रान्तिकारी साहस-दुस्साहस ग्रहण गरे, त्यसको आधारमा धेरै आन्दोलन पनि भए होलान् । तर, साहित्यकारहरुले त्यसको शिल्पबाट सिकेको जस्तो चाहिँ लाग्दैन । त्यसैले वामपन्थी-प्रगतिशीलहरुमा ठूलो समस्या छ ।

कस्तो समस्या देख्नुहुन्छ ?

– अखिल प्रारम्भिक कमिटिका किशोरकिशोरी र युवायुवतीले कविताको नाममा नारा लगाए भने त्यसमा अन्यथा मान्नु पर्दैन । ती सिक्दै छन् र सिक्नको निम्ति तिनको लामो आयु छ । तर, केश फुलिसकेकाहरु पनि अखिल प्राक कै भाषा बोलिराखेका छन् । त्यो चाहिँ विडम्बना हो । सबै कुरा सिकिने हो, भाषा पनि अभ्यासबाट सिक्दै जाने कुरा हो । कला चेतना र सौन्दर्य पनि अभ्यासबाटै सिक्ने हो ।

कोरा साहित्यको कुनै प्रभाव हुँदैन । त्यसको त आवश्यकता नै छैन । त्योभन्दा राम्रो त कम्युनिष्ट पार्टीको दस्तावेज नै छ नि ! अरु किन चाहियो ?

प्रसंग बदलौं, तपाईं सोसल साइटमा पनि सक्रिय हुनुहुन्छ । के-के चलाउनुहुन्छ ?

– म ट्विटरमा बढी सक्रिय छु । फेसबुकमा पनि मेरो पेज छ । फेसबुक चाहिँ मेरो शुभचिन्तकले चलाइदिनुभएको छ । त्यसमा उहाँले मेरो ट्विट र छापिएका लेखहरु राख्दिनुहुन्छ ।

सामाजिक सञ्जालमा के उद्देश्य बोकेर छिर्नुभयो ?

– खासमा सोसल मिडियामा छिर्ने मेरो इच्छै थिएन । प्राविधिक रुपमा म धेरै कमजोर मान्छे पनि हुँ । समय बिताउन मसँग पत्रिका छ, पुस्तक छ, कलम छ, सामाजिक अभियानहरु छन् । मलाई सामाजिक सञ्जाल चाहिएकै थिएन । एक-दुई जना मित्रले कर गरे । सामाजिक सञ्जाल भनेको आफ्नो विचार व्यक्त गर्ने, समाजसँग सम्पर्क र सरसंगत गर्ने बडो प्रभावकारी माध्यम हो, त्यसलाई उपयोग गरौं भन्ने कुरा गरे । मैले आवश्यक छैन भन्दै बडो आनाकानी गरिरहेँ ।

पछि के पनि सुझाए भने, सबै समय रचनात्मक काम त गरिँदैन । सधैं न पढिन्छ, न लेखिन्छ, न त गम्भीर विचार नै गरिन्छ । क्षणक्षणमा खाली-खाल्साहरु हुन्छन् । त्यो खाली समयमा साथी हुन्छ भने उनीहरुले । त्यो सोच्दा मलाई हो कि जस्तो लाग्यो । ठट्टैठट्टामा मित्रले एकाउन्ट खोलिदिए र चलाउन पनि सिकाए ।

चलाउँदाको अनुभव कस्तो छ ?

– चलाउँदै गएपछि त त्यो नशा जस्तो हुँदो रहेछ । अब त मलाई डर लाग्छ । कहिलेकाहीँ त तीन-चार दिनसम्म म हेर्दै हेर्दिनँ । सामाजिक सञ्जालको गम्भीर रुपमा अध्ययन गर्नेहरुले त्यसलाई ‘नार्सिसिज्म’ साग जोडेर हेर्छन् । आत्ममुग्ध हुने माध्यम । मैले लेखेकोमा कति जनाले प्रशंसा गरे, म कहाँ-कहाँ देखिएँ भनेर चासो हुने रहेछ ।

उमेर पाको हुँदै गएपछि समय धेरै हुँदो रहेछ । आँखाको कारणले, क्षमताको कारणले लामो समय लेखपढ गर्न सकिँदैन । गम्भीर समयका लामो समय सोच्न र नोट बनाउन पनि सकिँदैन । त्यो बीचको खाली-खाल्सामा सामाजिक सञ्जाल साथी हुने रहेछ । ट्विट आफैं चाहिँ केही महत्वपूर्ण लाग्दैन । एक वाक्यमा केही भनेर वैचारिक विमर्शमा त्यसले कति प्रभाव पार्छ होला, मलाई थाहा छैन । तर, त्योसँगै जोडिएर ठूल्ठूला लेखका लिङ्कहरू आउँछन्, त्यो चाहिँ मजा लाग्छ । अहिले त्यो रमाइलो बसिबियाँलो भएको छ ।

सामाजिक सञ्जालमा निकै गाली खानेमध्येमा पर्नुहुन्छ नि !

– त्यहाँ गाली गर्नेहरु दुईथरी छन् जस्तो लाग्छ । एकथरी, प्रायोजित रुपमा झुन्डहरु बनाइएका छन् । ती पार्टीबाट परिचालित छन् । सामाजिक सञ्जालमा कुनै सेन्सर र बन्देज छैन । अर्काथरी चाहिँ अपरिपक्व र झल्ला स्वभाव भएका मानिसहरुको झुन्ड छ । ती चाहिँ अबोध हुन् ।

प्रायोजित झुन्डले तपाईंले कसैसँग असहमत भएर त्यो कुरा व्यक्त गर्नुभयो भने सन्दर्भ मिल्दा पनि नमिल्दा पनि तपाईंलाई गाली सिबाय कहिल्यै केही गर्दैनन् । मेरा प्रायः ट्विटहरु इतिहासको दैनिकी र राजनीतिसँग प्रत्यक्ष रुपमा सम्बन्धित हुन्छन् । कहिलेकाहीँ त्योभन्दा फरक जीवन-मृत्युको बारेमा, प्रेमको बारेमा, इण्द्रेणीको बारेमा पनि लेख्छु । त्यस्तो बेलामा मलाई गाली गर्न कसैले मेसो नै पाउँदैन । केही पनि भन्दैनन् (हाँसो) ।

कस्तो विषयमा बढी गाली आउँछ ?

– स्वाभाविक हो, समसामयिक राजनीतिको विषयमा ट्विट गर्दा । राजनीतिमा त लोकमान भन्यो भने समर्थन र विरोध छ । केपी ओली वा पुष्पकमल भन्यो भने पनि समर्थन-विरोध छ । अहिले चाहिँ गाली गर्नेहरु अलि कम छन् कि जस्तो लाग्छ । त्यसो त एकचोटि ट्विट गरेपछि त्यसमा कसले के लेखे भनेर त्यति पछ्याइरहन्नँ । कहिलेकाहीँ यसो सर्र हेर्ने हो ।

कस्ता-कस्ता गाली खाएको अनुभव छ ?

– एकथरी नबुझेर गुनासो गर्नेहरु हुन्छन् । अर्काथरी चाहिँ आशयवश खनिन्छन्, जसको कामै निन्दा गर्नु हो । तपाईंले कसैले लेखेको विषय बुझेर त्यो विषयलाई सन्दर्भित गर्ने गरी असहमति जनाउनुभो वा निन्दै गर्नुभो भने पनि धेरै फरक पर्दैन । तर, धेरैले विषयसँग सम्बन्धित नै नभईकन ठाडै गाली गर्छन् ।

गाली पनि कस्तो गर्छन् भने, ‘ए ! लैनचौरले पैसा पठाउन छोड्यो कि के हो ?’, ‘लाजिम्पाटबाट आएको पैसो सकियो कि के हो ?’

यहाँसम्म त लौ ठीकै छ । कसैले त यतिसम्म लेख्छन्, ‘ए ! अहिलेसम्म नमरेको तँ ?’ (लामो हाँसो)

यसरी असीमित गाली खेप्नुपर्दा कस्तो लाग्छ ?

– सिक्न र सिकाउनको निम्ति अत्यन्त उदार लोकतान्त्रिक परिपाटी र संस्थामा पनि केही न केही सीमा र बन्देजहरु हुनु आवश्यक छ जस्तो लाग्छ । तपाईं प्रिन्ट मिडियामा जानुहुन्छ भने न्यूनतम स्तर नभईकन तपाईं छापिनुहुन्न । परिचयको भरमा, प्रभावको भरमा र नाताकै भरमा छापिए पनि तपाईंको भाषाको संरचना केही हुनुपर्ला । विचारलाई व्यक्त गर्ने अभिव्यक्तिका केही ढाँचा तपाईंलाई थाहा हुनुपर्ला । केही तर्क पद्धति थाहा हुनुपर्ला । त्यसले लेखकलाई अभ्यास गर्न बाध्य गराउँछ । सिकाउँछ । सामाजिक सञ्जालमा त्यो पर्दैन ।

सामाजिक सञ्जालका अहिलेका छाडाहरु अबको ५० वर्ष बाँचेमा ५० वर्षपछि पनि ती छाडै रहन्छन् । किनकि उनीहरुलाई कुनै बन्देज नै छैन । जे लेखे पनि यसै त्यहाँ छापिने भएपछि मर्यादा सिक्नु परेन, अभिव्यक्तिको सौन्दर्य सिक्नु परेन, तर्क पद्धति सिक्नु परेन, मूल्य प्रणालीमा प्रतिबद्ध हुनु परेन । मलाई निन्दा गरेकोमा मलाई केही आपत्ति छैन, तिनले कहिल्यै सिक्ने भएनन् भन्नेमा मलाई चिन्ता छ ।

गम्भीर खालका पाठकहरुले पनि खगेन्द्र संग्रौला पहिला राम्रै लेख्ने भए पनि पछिल्लो समय अन्ठसन्ठ लेख्छन्, लेखाइ पनि भुत्ते हुँदै गएको छ भन्ने गरेको पाइन्छ । तपाईंको लेखाइमा त्यस्तो बदलाव आएको हो र ?

– यसमा बुझिने कुरा छ । राजदरबार हत्याकाण्ड र ज्ञानेन्द्रको फौजी कालमा सम्पूर्ण नेपालीको प्रहारको निशाना राजतन्त्र थियो । त्यसबेला राजनीतिक दलहरुको बीचमा कुनै असहमति र दूरी थिएन । सबै सँगै थिए । त्यसबेला म राप्रपाको बाहेक माओवादी, कांग्रेस, एमाले लगायत सबैको प्रिय र अच्छा लेखक थिएँ । त्यसै क्रममा राजतन्त्र फालियो । सडकमा एकमुष्ठ भएका मान्छेहरु त्यसपछि आ-आफ्नो गुँडमा फर्किए । कांग्रेसकाहरु कांग्रेसमा, एमालेकाहरु एमालेमा र माओवादीकाहरु माओवादीमा फर्कियो । विकासे एनजीओकाहरु एनजीओमा फर्किए ।

परिवर्तनको आँधी लिएर माओवादी आएको थियो, मैले उतिबेला माओवादीको एजेण्डालाई समर्थन गरेँ । त्यसमा समर्थन गर्ने बित्तिकै म एमाले र कांग्रेसको त प्यारो रहिनँ । भएको यही हो । पहिला ठीक थिइस्, अहिले मति बिग्रियो । किनकि माओवादीको एजेण्डामा समर्थन गरिस् । त्यो एजेण्डालाई समर्थन गर्नु भनेको एमाले वा कांग्रेस विरोधी हुनु हो । इतिहासको सन्दर्भ-सन्दर्भमा व्यक्तिको संलग्नताबाट को कसको नजिक र टाढा भनेर मित्र-शत्रु छुट्टिने हो । परिस्थितिले निर्धारण गर्ने कुरा हो ।

उसो भए पहिलेको ‘बेलाको बोली’ अहिले कुबेलाको बोली भएको होइन ?

– होइन । म सधैं पार्टीको सदस्या लिएर पार्टीलाई लेबी तिरेर पार्टीको आदेश मान्ने काम मैले जिन्दगीमा कहिल्यै पनि गरिनँ । मैले आफ्नो आदेश सधैं आफैं बनाएँ । मैले के कांग्रेस, के एमाले, के माओवादी, जुन समयमा जसले परिवर्तनको मुद्दा उठायो, मैले समर्थन गरेँ ।

म त वामपन्थी हुँ, वामपन्थी त सकेसम्म कांग्रेस हिँडेको बाटोमा पनि हिँड्नु हुँदैन । तर, मैले संविधानसभा निर्वाचनको बेला नरहरि आचार्यको चुनावको मञ्चमै पुगेर भाषण गरेँ । गगन थापाको घरदैलो अभियानमा पनि म डुलेँ । मैले उनलाई किन समर्थन गरेँ भने आफूलाई कम्युनिष्ट भन्नेहरु जति परिवर्तनको पक्षमा थिए, यी दुई जना मान्छे तीभन्दा कम परिवर्तनको पक्षमा थिएनन् । त्यसैले निधारमा कसको कुन वादी लेखिएको छ, त्यो मेरो सरोकारको विषय होइन । कसको एजेण्डा के हो, इतिहासलाई आवश्यक परेको र संकटको बेलामा को कहाँ उभियो, मैले त्यो हेरेँ ।

आफैंले समर्थन गरेको पात्र वा संस्थामा विचलन आएको देखेपछि, आफ्नै आदर्शको विरुद्धमा त्यो उभिएको मलाई लागेपछि मैले त्यसलाई परित्याग गरेँ । एमाले छोडेँ, कांग्रेस छोडेँ, अहिले त माओवादी पनि छोडिदिएँ । त्यसैले म चाहिँ ‘एकला चलो’ सिद्धान्तमा छु । म एक्लो मान्छे हुँ । एक्लै हिँडिरहेको तर बलियाहरुले मास्न नसकेको मान्छे हुँ ।

काठमाडौं । इन्डियन्स प्रिमियर लिग आइपिएल क्रिकेटमा गएराति भएको खेलमा...

जनकपुरधाम । राष्ट्रिय जनता पार्टी(राजपा) नेपालले शुक्रबार ...

जनकपुरधाम । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्वगृहमन्त्री विमलेन्द्र निधिले...

कलैया । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षामा...

प्रदेश नम्बर २ मा हाल सम्म ३ जनाको राजनीतिक नियुक्ती...

काठमाडौं । दुई वर्षसम्मको फेसबुक र फोनमा परेको ‘लभ’...

टोकियोे । जापानको दक्षिणीे हिमालयन क्षेत्रमा बिहीबार ज्वालामुखी विस्फोट भएको...

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को विधान निर्वाचित क्यानले हुबहु...

मलगंवा । हावाहुरीले क्षति नगरे सर्लाहीमा...

गौशाला । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र जलेश्वरमा कार्यरत प्रविधिज्ञद्वय...

जनकपुरधाम । मेगा बैंक नेपाल ...

लमजुङ । लमजुङको दोर्दीखोलामा निर्माण सुरु भएको ७ बर्षसम्म मोटरेवल...

काठमाडौं । र्‍याप र पप संगीतको दुनियामा निर्णय श्रेष्ठलाई नचिन्ने...

विराटनगर । मोरङको पथरी–शनिश्चरे नगरपालिका–३ बस्ने ज्ञान बहादुर वर्देवाले...

काठमाडौं । इङ्गलिस प्रिमियर लिग फुटबल प्रतियोगिताअन्तर्गत गएराति भएको खेलमा...

काठमाडौं । क्युवाको नयाँ राष्ट्रपति मिगेल डियाज कनेल बन्ने भएका...

बर्दिवास : महोत्तरी जिल्लामा मंगलबार साँझको हावाहुरीले जनधनको क्षति गरेको...

दाङ : गाडीको ठक्करबाट दाङमा एकजनाको ज्यान गएको छ...

गौशाला : गएराति महोत्तरी जिल्लामा आएको भीषण आँधीहुरीमा परी दुईजनाको...

जनकपुरधाम । नेपाली काँग्रेस धनुषाले रुपेश भन्ने लोकेश कुमार यादवको...

गौर । रौतहट जिल्लाको यमुनामाई गाउँपालिका वड़ा नम्बर २ भेडि़याहीमा...

जनकपुरधाम । प्रदेश नम्बर २ को सरकारले सदनमा बजेट प्रस्तुत...

जनकपुरधाम । प्रदेश नं. २को मन्त्री परिषदले मंगलवार पाँच वटा...

रुकुम । रुकुम पश्चिमका स्वास्थ्य संस्थाहरुमा औषधि अभाव भएको छ...

धनकुटा । पूर्वको व्यापारिक केन्द्र धनकुटाको हिलेमा आधुनिक शीत भण्डार...

काठमाडौं । सगुनले बिस्तारै बिश्व बजारमा आफ्नो उपस्थिति देखाउदै...

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता...

काठमाडौं । मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको...

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ...

काठमाडौं । यस वर्षको पुलित्जर पुरस्कार हलिउड फिल्म निर्माता हार्वी...

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपिएल क्रिकेटमा दिल्ली डेयरडेभिल्सको...