Tue, 11 Dec 2018
ताजा समाचार
महन्त वैकुण्ठमाथि दुई मुद्दा || ससुरालीमा भगवान राम उपेक्षित || लोकतान्त्रिक समुहको प्रचार तिव्र || प्रदेशमा मुख्यमन्त्री र काठमाण्डुमा संघिय मन्त्री ठूलो || तिलकोत्सव सम्पन || झूटो अपवाह फैलाउने एक युवक पक्राउ || योगी लखनउबाट सोझै आउने, मधेश भवनमा दिवा भोज || सप्ताहव्यापी विवाहञ्चमी महोत्सवको तेश्रो दिन धनुष यज्ञ सम्पन, || गोलबजार उद्योग व्यापार संद्यमा महासचिव बाहेक अग्रवालको प्यानल नै विजयी || सिरहामा बम विस्फोट || योगीको स्वागतमा जुटे निधि || यसरी भेटेका थिए रामले सिता || महायज्ञ सुरु || सिरहामा सहकारिको ढुकुटि सन्चालक समितिको सुबिधामै स्वाहा || घाईते विद्यार्थीहरुको निःशुल्क उपचार हुनुपर्ने लगायतका मागहरु || एम्बुलेन्स नभएको गाउँपालिकामा ६० लाखको गाडी || गोलबजार व्यापार संघमा अग्रवालको २ सय ८७ मतले अग्रता || हेल्प मधेसी कत्तार च्याप्टर द्वारा पिडित परिवारलाई राहत || राइस मिलको पछाडि जमेको पानीबाट बच्चाको शव बरामद || शिक्षक , अभिभावक , विद्यार्थी जिम्मेवार नभए सम्म शिक्षाको सुधार || सरसफाई तथा छलफल कार्यक्रम सम्पन्न || ईशनाथ १५ औ खुल्ला दिसा मुक्त नगरपालिका घोषणा || लैङिगक हिँसा बिरुद्धको एक दिन कार्यक्रम जीतपुरमा || नयाँ शक्ति प्रदेश २ को सचिवालय इन्चार्जमा यादब || संचार क्षेत्रको विकासको लागि प्रदेश सरकार तत्पर : मुख्यमन्त्री राउत || 'नगर दर्शन’सँगै विवाह महोत्सव शुरु || सिरहाको लहान बाट हतियार सहित २ पक्राउ || निजि ५ विघा जग्गा नेपाली सेनाले गरे कब्जा || सी. के. राउत जेल चलान || मोटरसाइकलबाट लडेर वृद्धाको मृत्यु || बिष्णुपुर गाउँपालिका भिसन डकैती || जनकपुरधाम विशाल रथयात्रा || स्वास्थ्य स्वयंसेविका दिवस मनाइयो || शैक्षिक स्तर सुधार्नमा जोड || स्वास्थ्य स्वयम्सेविका दिवस मनाइयो || चेम्बर नहुँदा सभापति चयनमा ढिलाई || देशकै ठुलो योजना प्रदेश २ लाई दिएको मन्त्री महासेठको दावी || फोरममा जिम्मेवारी हेरफेर हुने || दलित विद्यार्थीलाई सहयोग, प्रहरी पुरस्कृत || नक्कली लालपूर्जा बनाएर अर्बौँ मूल्यको जग्गा बेच्ने महन्त पक्राउ ||
‘त्यो कुरा मलाई होईन, देउवालाई सोध्नुहोस्’

माघ १३, २०७३


सत्तारुढ दल नेपाली काग्रेसका प्रभावशाली नेता डा. रामशरण महतले संविधान संशोधन विद्येयक र निर्वाचनलाई सँगसँगै अघि बढाउनुपर्ने बताएका छन् । उनले अब सरकारले विलम्ब नगरीकन निर्वाचनको मिति घोषणा गर्नुपर्ने समेत माँग गरे। यीनै विषयमा केन्द्रित रहेर पत्रकार ऋषि धमलाले डा. महतसँग गरेको कुराकानीको सम्पादित अंश:
हिजोको बैठकमा के–के निर्णय भयो ?
निर्णय केही पनि भएन । वार्ता जारी गर्ने भन्यो । योभन्दा अगाडिका बैठकजस्तै भयो । सरकार पक्ष र मधेशी मोर्चा पक्षबीचमा एउटै धारण आउन सकेको छैन् । सहमती जुटी सकेको छैन् । हामी चाँडो निर्वाचन गर्ने गर्ने पक्षमा छौं । उहँहरु संविधान संशोधन नगरी निर्वाचनमा नजाने र हामी निर्वाचन हुन दिन्नौ भन्ने पक्षमा हुनुहुन्छ । संविधान संशोधन गर्नको लागि दुई तिहाईको बहुमत नभईकन अरु दलहरुसग सहमति नभई संविधान संशोधन हुन सक्दैन् । त्यसकारण संविधान संशोधनको प्रक्रिया अगाडि बढ्दै जान्छ । निर्वाचनको मिती घोषणा गरौ भन्ने सरकारी पक्षको भनाई हो, यसमा अझै सहमती जुटिसकेको छैन् ।
मधेशी मोर्चाको नेताले भनिसकेका छन् चुनावको मिती घोषणा गरे सम्बन्ध बिच्छेद हुन्छ भनेर ?
यस्तो अतिवादी सोच कसैले पनि राख्न हुदैन् । उहाहरुले भन्दै जानु हुन्छ सबैले अतिवादी सोच मात्र राख्ने हो भने मिलनको बिन्दु आउदै आउदैन । आखिर सम्बन्ध टुट्छ भन्ने हो भने डेमोक्रेसिमा विस्वास राख्ने हो भने जनतामा जान किन बाधा? जनतामा जान जून भनाई छ जून एजेन्डा छ त्यो भनाइ लिएर जनतामा जाने । यो चुनाव भनेको त जनतामा जाने एउटा अवसर पनि त हो नि । यो अवसरलाई प्रयोग गर्नुपर्छ भन्ने हाम्रो भनाइ हो ।
मधेशी मोर्चाबिना निर्वाचनको मिति घोषणा गर्न सरकार तयार नभएको हो ?
त्यो त उहँलाई नै सोध्न्होस् । म त सरकारको प्रवक्ता होइन यो त सरकारले गर्ने निर्णय हो । उहँ चाही सहमतीबिनै घोषणा गर्छु भन्दै हुनुहुन्छ । सहमति आइसकेको छैन् । हामी चाही छिट्टै निर्वाचन हुनुपर्छ यो स्थानिय निकायलाई प्रनिधित्व बिहिन बनाएर भद्रगोल अवस्थामा राख्नुभएन । यो एक वर्षभित्र तीन वटा निर्वाचन त पूरा गर्नुपर्छ । स्थानिय निकायको निर्वाचन त यही चैत वा बैशाखमा गरिसक्नुपर्छ ।
नेपाली काग्रेस पनि अब तहको नभएर स्थानीय निकायको निर्वाचनको पक्षमा हो ?
स्थनीय तहको निर्वाचन गर्दा धेरै भनाइहरु आउन सक्छन् । हामीले पहिलेदेखि भनेको कुरा हो । स्थानीय निकायको चुनावमा जँदा सजिलो हुन्छ । स्थानीय निर्वाचनको बारेमा धेरै समस्या आउछन् । कानूनी जटिलता छन् । हामी चुनावको लागि तयार हुनुपर्यो ।स्थानीय निकायको चुनाव गर्नको लागि उपेन्द्र यादवले सहयोग गर्छु भन्नु भयो रे नि? म सँग रामचन्द पौडेलले भन्नु भएको छ ।
त्यसो हो भने झन राम्रो भयो नि । त्यसो भनेको हो भने त्यहि बाटोमा जानुपर्छ ।
संविधान संशोधन नभईकन चुनाव हुन सक्छ कि सक्दैन ?
संविधान संशोधन र चुनाव फरक कुरा हुन् । यो नभई यो हुन सक्दैन भनेर भनियो भने अतिवाद हुन्छ, यस्तो अतिवादी सोच कसैले राख्नुहुदैन ।
प्रधानमन्त्रीले मधेशवादी दलहरूलाई सँगै लिएर जान्छु भन्नु भएको छ नि ?
त्यो राम्रो कुरा हो । सबैलाई साथमा लिएर चुनावमा जान सकियो भने राम्रो हुन्छ । तर मैले भनेको मात्रै सही हो अरुले भनेका कुरा सबै भ्रम हो भन्ने खालको मनस्थितिको बिकास गर्नु भएन् । उहँले भनेको कुराले परिणाम दिनुपर्यो ।
परिणाम चाहियो तर निर्वाचनको लागि समय कम छ नि महत जी ?
हो, त्यही भएर चाडो निर्वाचनको मिति घोषणा गर्नुपर्यो भन्ने हाम्रो भनाई हो ।प्रधानमन्त्रीले काग्रेसको कुरा सुन्नु होला त ?
मान्ने नमान्ने उहँको कुरा हो । तर मुलकको भलाईको लागि सबैले सचेत हुनुपर्ने बेला आएको छ । देशको आवश्यकत्ता उहँले बुझ्ने कुरा हो । चुनावलाई सार्ने कुरा चुनाव नगर्ने बाहना हो । मधेशवादी दलहरुले अतिवादी सोच राख्नु भएन, उहाहरु पनि चुनावमा जानुपर्छ । आप्mना माग जनताको बीचमा राख्नुपर्छ ।
संविधान संशोधन अहिले नहुदा के हुन्छ ?
संविधान खोतल्दै जाने हो भने यो पनि हुदैन त्यो पनि हुदैन जस्ता तमाम कुरा आउछन् । अर्को कुरा, संविधान संशोधनको कुरा एकैपटक हुने कुरा पनि त होईन । बिस्तारै हुने कुरा हो । कुनै कुरा असजिला छन् । यतिकै निर्वाचनमा जान्न भन्नु बुद्धिमान काम होईन । अरुलाई रोक्नु, धम्की दिनुजस्ता कुरा वाईयात हुन् । संसदमा टेबुल भएको प्रस्तावको छिनोफानो गर्नुपर्दैन ?
छिनोफानो हुन्छ नि । टुगो नलागी अरु काम हुदैन भन्नु ब्यर्थ हो । प्रधानमन्त्री बन्दा कोसग के सम्झौता गर्नुभएको छ ? त्यो त उहाहरूसगै सोध्नुस् ।
देशलाई निकास दिनको लागि काँग्रेसले के गर्छ त ?
त्यो कुरा हाम्रो पार्टीका सभापतिसँग सोध्नुस् ।
सुन तस्करीको कुरा गरौ, किन यस्तो धेरै तस्करी बढेको हो तपाई त धेरै पटक अर्थमन्त्री बनिसक्नुभएको व्यक्ति हो, बताउनुस् जनता जान्न चाहन्छन ?
चोरी भएको छ । दोषीलाई कडा कारवाही हुनुपर्छ ।
आर्थिक नीति कमजोर भएको हो ?
आर्थिक नीति होईन, प्रशासन कमजोर भएको हो । राजनीतिक अस्थिरताले प्रशासनलाईपनि प्रभाव पारेको छ ।
तपाईकै पार्टीको नेता विमलेन्द्र निधी गृहमन्त्री हुनुहुन्छ ? उहँले काम गर्नसक्नु भएन नि ?
गृहमन्त्री मात्रै ले राकेर केही हुदैन् । सबै प्रशासन लाग्नुपर्यो । समग्रमा हेर्दा प्रशासन कमजोर भएकै हो । यसको मतलव यो पनि होईन । केही कामै भएको छैन् भन्न पनि त मिल्दैन ।
काग्रेसको महाधिबेशन भएको १० महिना वितिसक्यो तर पदाधिकारी चयन गर्न सकेको छैन् नि ? जिम्मेवार नेताको हैसियतले यसबारेमा के भन्नु हुन्छ?
यो भएन, त्यो भएन भन्दापनि सकारात्मक कुराको बारेमा बहस गर्नुपर्यो । यसको बारेमा समभापतिसग सोध्नुस् यसको जवाफ मसँग छैन् ।

जनकपुरधाम । साधुसन्तहरु रामजानकी विवाहमहोत्सवको तयारीमा जुटेको बेला रामजानकी मन्दिर...

जनकपुरधाम । त्रेता युगकालिन भगवान राम र जानकीको विवाहमहोत्सव धुमधाम...

वीरगञ्ज । नेपाल ईञ्जिनियर्स एशोसिएशनको ३२ औं महाधिवेशनको क्रममा लोकतान्त्रिक...

काठमाण्डु । नेपाल सरकारले निर्धारण गरेको मर्यादाक्रममा व्यापक फेरबदल हुने...

जनकपुरधाम : रामजानकी विवाह पंचमीको चौथो दिन आज तिलकोत्सव ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका स्थित ज्योति विकास बैंकबाट...

जनकपुरधाम । रामजानकी बिबाहमहोत्सवमा सहभागी हुन आउन लागेका भारत उत्तर...

जनकपुरधाम : सप्ताहव्यापी विवाहञ्चमी महोत्सवको तेश्रो दिन...

सिरहा । सिरहाको गोलबजार उद्योग व्यापार संद्यमा महासचिव बाहेक भरत...

सिरहा । सिरहाको भगवानपुर गाउँपालिका–४ ठाडीमा बम विस्फोट भएको...

जनकपुरधाम । भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको जनकपुरधाम भ्रमणको...

जनकपुरधाम : राम–जानकी महोत्सवको दोस्रो दिन शनिवार जनकपुरस्थित विवाह...

जनकपुरधाम: महायज्ञ सुरु हुनेक्रममा जानकी मन्दिरबाट निकालिएको घोडा रथसहितको र्याली...

सिरहा। साना किसान कृषि सहकारि सन्स्था लिमिटेड बिष्णुपुर,सिराहाका सन्चालक समितिले...

सिरहा : लहानमा मधेशी समुदाय र सँस्कृति उपर अपशब्द...

सिरहा । सिरहाका ९ वटा गाँउपालिकामध्ये लक्ष्मीपुर पतारी गाँउपालिका अहिलेसम्म...

सिरहा । सिरहाको गोलबजार व्यापार संघको जारी मतगणनामा भरत अग्रवाल...

जनकपुरधाम : महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नं...

रौतहट: रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ मा रहेको...

गौर : गौर नगरपालिकाले शिक्षा क्षेत्रको सुधारको लागि शुरू गरेको...

रौतहट: रौतहट जिल्लाको राजदेवी नगरपालिका वड़ा नम्बर ८ मा रहेका...

रौतहट ; रौतहट जिल्लाको ईशनाथ नगरपालिका १५ औ खुल्ला दिसा...

जीतपुर : जीतपुरसिमरा उपमहानगरपालिकाले लैङिगक हिँसा बिरुद्धको १६ दिने...

जनकपुरधाम : नयाँ शक्ति पार्टी, नेपाल प्रदेश नम्बर २ का...

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले संचारक्षेत्रको वृति विकासको लागि प्रदेश...

जनकपुरधाम । रामजानकी विवाह पञ्चमी महोत्सव जनकपुरधाममा शुक्रवारबाट विधिवत रुपमा...

सिरहा : सिरहा २२ मङ्सिर ।सिरहाको लहान नगरपालिका बाट हतियार...

जनकपुरधाम : लालपूर्जा भएको ५ विघा निजी जग्गामा नेपाली सेनाका...

जनकपुरधाम । स्वतन्त्र मधेश गठवन्धनका संयोजक सी के राउत...

लहान : सिराहा अर्नमा गाउँपालिका– ३ हर्कट्टामा मोटरसाइकलबाट लडेर...

सिरहा । बिष्णुपुर गाउँपालिका वडा नम्बर १ मा फिल्मी...

जनकपुरधाम । नेपाल अन्तराष्ट्रिय कृष्ण भावनामृत संघको ...

बर्दिबास । १५औं अन्तराष्ट्रिय महिला ...

जनकपुरधाम । धनुषाधाम नगरपालिका–९...

पोखरिया । पर्साको छिपहरमाई गाउँपालिकाको भिस्वा ...

जनकपुरधाम ।प्रदेश सभा २ मा विभिन्न सातवटा समितिहरु ...

जीतपुर: भौतिक पुर्बधार तथा यातायातमन्त्री रघुबिर महासेठले बाराको जीतपुरसिमरा उपमहानगरपालिका...

काठमाण्डु । संघिय समाजवादी फोरम नेपालको पदाधिकारी बैठकले पार्टीमा रहेको...

जनकपुरधाम । प्रदेश २ को सरकारले रकम अभावमा एमबीबीएस अध्यनबाट...

जनकपुरधाम : जनकपुरमा गुठीको अर्बौं मूल्यको जग्गा कीर्ते गरी बेचेको...