ताजा समाचार
गाडीहरु आज राती १२ बजे अघि नै गन्तब्यमा पुग्नुपर्ने, भोली || कांग्रेस नेता निधिलाई ‘निमोनिया’ || लोकतन्त्रमा मात्र आर्थिक विकास हुन्छः उद्योगपति चौधरी || जर्जियाको एक होटेलमा आगलागी हुँदा ११ जनाको मृत्यु || सबै कर्मचारी चुनावमा खटिएपछि स्वास्थ्य सेवा प्रभावित || नवलपुरमा कांग्रेस उम्मेदवारको जीपलाई लक्षित गरी बम प्रहार || जर्वजस्ती करणी गरेको अभियोगमा बालक पक्राउ || लियोनल मेस्सीले जिते गोल्डेन-सू अवार्ड || यस्ता थिए, जनवादी गायक पाख्रिन || निधिलाई भेटेर भारतीय राजदूतले गरे स्वास्थ्य लाभको कामना || मोहत्सवमा दुई दर्जन पाकेटमार पक्राउ || निधी र महतो विकासभन्दा परिवारबादमा : नेता यादव || रामजानकी विवाह महोत्सव सम्पन्न || मतपत्र आज आउने || फोरम–राजपा प्यानलै विजयी || मधेश आन्दोलनका सहिद परिवारलाई ‘५० लाख’ || कर सप्ताह सम्पन्न, करको दायरा बढाउन सुझाव || धनकुटाका किसानलाई अझै छोएन निर्वाचनले || जिम्बावेमा नयाँ राष्ट्रपतिको शपथ आज, मुगावे पनि सहभागी हुने || दिनमा ३ कप कफी स्वास्थ्यको लागि फाइदाजनक : अध्ययन || धनकुटामा विस्फोट, पैदलयात्री घाइते || श्रीमतीको घाँटी रेटेर हत्या गरी फरार भएका पति पक्राउ || धादिङ र नवलपरासीमा बम फेला || मलेसियालाई नेपाली महिला क्रिकेट टोलीले दियो १०९ रनको लक्ष्य || एनसेलले आयोजना गर्‍यो ‘डिजिटल ज्याम’ || नयाँ रणनीतिका साथ सुरक्षा सर्तकता बढाउँदै प्रहरी || निःशुल्क भोजनको व्यवस्था || मटकोर सम्पन्न || वाम उम्मेदवार यादवको लोहनामा जोडदार स्वागत || मधेश विरोधीलाई ब्यालेटबाट जवाफ दिने अवसर : कार्की || यूनियन लाइफको सातौं शाखा जनकपुरमा || रामजानकी विवाहमहोत्सव आज मनाईदै || विद्युतीय पुस्तकालय सञ्चालन || हिँडेरै कर्मचारी मतदान केन्द्रमा || तस्करीका सामान बरामद || रु दुई अर्ब ४० करोडको लागतमा कालोपत्रे सडक बन्ने || प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नति चुनावी एजेण्डा || बाबुले गरे छ वर्षे छोराको हत्या || ट्रकमा मोटरसाइकल ठोक्किदा दुईजनाको मृत्यु || आश्वासनप्रति विश्वास छैनः वादी समुदायलाई चुनाव भन्दा छाक टार्ने चिन्ता ||
कान्तिले सबै प्रदेशमा विशेषज्ञ सेवा दिनेछ : डा. रायमाझी

०, ०

२०१९ सालमा स्थापना भई २०२६ सालमा बाल अस्पतालमा रुपान्तरण भएको कान्ति बाल अस्पतालले सेवा विस्तार गरिरहेको छ । बालरोग विशेषज्ञ डाक्टर उत्पादन, जटिल बाल रोगको उपचार र देशका अन्य भागमा पनि विशेषज्ञ सेवा विस्तार गरी तीन क्षेत्रमा कान्तिले आफ्नो दायरा बढाउने योजना बनाएको छ । संघीयता कार्यान्वयनका क्रममा प्रदेशहरुमा बालरोग विशेषज्ञ सेवा विस्तार गर्ने चुनौती पनि कान्ति अस्पताललाई छ । यसै सेरोफेरोमा अस्पतालका निर्देशक डा. अजित रायमाझीसँग गरिएको कुराकानीः

कान्ति अस्पतालको पछिल्ला गतिविधि के–कस्ता छन् ?

हालै मात्र १८ वटा आइसियूलाई ५२ बेडमा विस्तार गरेका छौं । यसका लागि कम्तिमा एक सय ५० जनशक्ति आवश्यक पर्नेमा हामीसँग ६९ जना मात्रै छन् । थप जनशक्तिका लागि मन्त्रालयमा गृहकार्य भइरहेको छ । हालको आइसियूलाई भने स्टेप टु आइसियू अर्थात् इन्टरमिडियट केयरका रुपमा विकास गर्ने सोचाइ छ । इन्टरमिडिएट आइसियूलाई बेडमा भन्दा सुविधासम्पन्न तर आइसियूमा भन्दा कम सुविधा भएको मध्यम खालको संयन्त्रका रुपमा विकास गर्न खोजिएको हो ।
यसबाहेक निरोधात्मकतर्फ खोप, एचआइभी उपचार लगायतका काम गरिरहेका छौं । मातृ तथा शिशु स्वास्थ्य क्लिनिक पनि हामीले सञ्चालन गरिरहेका छौँ । अनमी र प्यारामेडिक मार्फत हामीले काम गरिरहेका छौं । खोप प्रभावकारी नै भइरहेको छ । खाना, पोषण, सरसफाइ लगायतका काममा विभिन्न नर्सिङ तथा मेडिकल कलेजका विद्यार्थीमार्फत जनचेतनाको काम गरिरहेका छौँ ।

बिरामीको चापको तुलनामा सेवा विस्तारका लागि अस्पतालसँग कस्ता योजना छन् ?

कान्ति अस्पतालमा आइसियूका लागि बिरामीहरुको निकै चाप र दवाब थियो । बिरामीको अवस्था गम्भीर हुनासाथ देशका विभिन्न ठाउँबाट चित्किसकहरुले आइसियूका लागि कान्तिमा रिफर गर्छन् । बिरामी लिएर धमाधम कान्तिमा आउने, अनि आइसियू नपाएर विभिन्न अस्पतालमा छरिएर जानुपर्ने अवस्था थियो । अब ५२ बेड आइसियू भएपछि यो समस्या समाधान होला भन्ने आशा छ ।

बच्चाको मुटु, कलेजो, नसा, मानसिक अवस्था लगायत रोगको कान्तिले विशेषज्ञ सेवा दिइरहेको छ । यो विशेषज्ञ सेवा बालरोग विशेषज्ञ भन्दा पनि एक तहमाथिको सेवा हो । यही सेवालाई कायम राखेर अझै सशक्त बनाइयो भने पक्कै यसले राम्रो नतिजा दिनेछ । विशेषज्ञले जे सम्बन्धी समस्या सम्बोधन गरेर रिफर गरेका हुन्छन्, त्यही विभागमा गइयो भने उपचार सहज हुनेछ । हामीले यस्तै संयन्त्र विकास गर्न खोजेका छौँ । यसैमा कान्ति अस्पतालको पनि भविष्य छ । यसले विशेषज्ञ सेवा पु¥याउने सरकारको योजना पूरा हुन्छ भने जनतालाई पनि ठूलो टेवा पुग्छ ।

अहिले अधिकांश अविभावक बिरामी बच्चाको उपचारका क्रममा आइसियू खोज्दै कान्ति अस्पताल आउँछन् । बाहिरी जल्लामा आइसियू नभएकाहरु त सिधै यहीँ आउने हो । आइसियूमा साह्रो चाप भएको हुनाले हामीले बेड विस्तार गरेका हौं । कान्तिमा आइसियू खालि नभएसम्म बिरामीलाई बाहिर लान खोज्दैनन् ।

कान्ति बाल अस्पतालले आफ्नो स्वरुप परिवर्तन गर्नुपर्ने अवस्था पनि आइसकेको छ । अब भने कान्ति अस्पताललाई बाल अस्पतालका रुपमा अति विशेषज्ञ सेवामा केन्द्रित गर्नु पर्दछ। त्यसो हुन सकेमा कान्ति रिफरल अस्पताल पनि बन्छ र बाहिरका विशेषज्ञ डाक्टरले दिन नसकेको सेवा यहाँबाट प्रदान गर्ने अवस्था रहन्छ ।

विशेषज्ञ सेवा विस्तारमा केकस्ता काम भएका छन् ?

बच्चाको क्यान्सरसम्बन्धी सेवा र शल्यक्रियाका लागि बिरामीको चाप कान्ति अस्पतालमा छ । त्यसबाहेक नवजात शिशुको शल्यक्रिया कान्ति अस्पतालमा मात्रै हुन्छ । त्यो सुविधा र पूर्वाधार अन्यत्र पाउन कठिनइ छ ।

पछिल्लो समय न्युरोलोजी, इन्डोक्राइनोलोजी, चाइलड साइक्याट्री लगायतका सेवामा पनि विशेषज्ञहरु छन् । अति विशेषज्ञ सेवालाई विस्तार गर्न सकियो भने कान्ति अस्पतालमा पहिले जुन आकर्षण थियो त्यो पछिसम्म कायम रहन्छ । नत्र बालरोगका क्षेत्रमा त अरु अस्पतालले पनि काम गरिरहेका छन् ।

अस्पतालमै रहेको न्याम्सको बालरोग विभागले एउटा ब्याचमा करिब ९ जना एमडी विद्यार्थी लिइरहेको छ । तीन वर्षको अवधिमा पढाइ, तालिम र परीक्षा पनि यहीँ हुन्छ । नेपाल सरकारको कोटाबाट दुर्गममा सेवा दिएका डाक्टरहरुलाई नै न्याम्सले प्राथमिकता दिएको छ । यसले गर्दा दुर्गममा डाक्टरहरु जाने क्रम बढेको छ भने, सरकारी सेवा प्रवेशमा पनि उनीहरुको उत्सुकता बढेको छ ।

सञ्चालन खर्चका लागि कान्ति अस्पतालले सरकारको मुख ताक्नुपरेको छ । कहिले बन्ने आत्मनिर्भर ?

कान्ति अस्पतालमा करिब पाँच सय २७ कर्मचारी छन्। त्यसमा नेपाल सरकार र अस्पताल विकास समितीको दायित्व आधाजस्तो छ । विकास समीतीबाटै अस्पताललाई फाइदा हुने गरी सेवा सुरु गर्न सकिएको छैन । अस्पताललाई आत्मनिर्भर बनाउन हामीले दुईवटा सेवा सुरु गरेका छौँ ।
एउटा फार्मेसी हो, यसले अघिल्लो वर्ष हामीलाई निकै उत्साहित बनाएको थियो ।

अर्को हो, हामीले एक्सटेन्डेड हेल्थ सर्भिसेज (इएचएस) पनि छिट्टै सुरु गर्दैछौं। यो कार्यक्रम सुरु भएमा दिउँसो २ देखि ५ बजेसम्म ओपिडी सञ्चालन विस्तार हुनेछ। त्यसमा अस्पताल, डाक्टर, नर्सिङ स्टाफ र ल्याबका प्राविधिकहरुले संयुक्त रुपमा काम गर्नेछन् । अस्पतालभित्रै सुरु हुने प्राइभेट प्राक्टिसले डाक्टरहरुको बाहिर क्लिनिक सञ्चालन गर्ने र त्यतै व्यस्त हुने प्रवृतिलाई घटाउनेछ ।

अस्पतालभित्रै सुरु हुने क्लिनिकको शुल्क भने बजारका निजी क्लिनिकको तुलनामा निकै सस्तो हुनेछ । हामी सरकारले तोकेको दरभित्रै सेवा उपलब्ध गराउनेछौँ । बिहान ९ बजेदेखि २ बजेसम्म अस्पताल सञ्चालन हुन्छ भने दुई बजेदेखि ५ बजेसम्म क्लिनिक सञ्चालन गर्दा अस्पतालका लागि पनि केही आर्जन हुन्छ ।
अस्पतालको पछाडिपट्टि रहेको जग्गामा सटर निर्माण गरेर भाडामा लगाउने योजना छ । त्यसले पनि अस्पताललाई केही आम्दानी गराउनेछ । यसले विकास समितिले दायित्व बेहोर्नुपर्ने अस्पतालका कर्मचारीहरुको तलब, सुविधा लगायतको पाटो हेर्नेछ भने अन्य सेवा विस्तारका लागि पनि सहयोग हुनेछ ।

सरकारी अस्पतालहरु अस्तब्यस्त हुन्छन् । यो गुनासोबाट कान्ति मुक्त छ ?

म आएपछि चार महिनायता अस्पताल सुधारका लागि कामहरु भएका छन् । पहिले अस्पतालमा मानिसको भीड हुन्थ्यो, अस्पताल बाहिरैबाट अस्तव्यस्त देखिन्थ्यो । बच्चा बोकेर अविभावकहरु लाइनमा लाग्दा निकै दयनीय अवस्था देखिन्थ्यो । अहिले हामीले बिरामीको अवस्था हेरेर वर्गीकरण सुरु गरेका छौं ।
सामान्य, मध्यम र गम्भीर बिरामीको वर्गीकरणपछि बिरामीको अवस्था अनुसार उपचारको प्रक्रिया अपनाइन्छ । तर, यसको आशय सामान्य बिरामीलाई बेवास्ता गर्ने होइन, उनीहरुलाई पनि लाइनमा बस्ने व्यवस्था मिलाउने भनेका छौँ । बिरामीको वर्गीकरणका लागि पनि अस्पतालका डाक्टरहरु खटिएका हुनेछन् ।

कुनै आकस्मिक घटना वा एम्बुलेन्सबाट आउने बिरामीलाई हामीले तत्काल उपचार थाल्ने र एक घण्टाभित्र प्रारम्भिक उपचार गरी उसको अवस्था अनुसार आइसियूमा राख्ने वा भर्ना गर्ने निर्णय लिनेछौं । अस्पतालले नै उपचार गर्न नसक्ने गम्भीर बिरामी भएमा विशेषज्ञ सेवा भएका अरु अस्पतालमा पठाउनेछौं ।
सामान्य अवस्थामा रहेको बिरामीका लागि पनि उपचारमा ढिलाइ हुँदा स्थिति गम्भीर हुँदै जाने र बिरामीको मृत्यु समेत हुनसक्ने भएकाले कुनै हालतमा ढिलाइ नगर्ने नीति लिएका छौँ ।

सुधारको प्रयास भएपछि अस्पतालमा अव्यवस्थित लाइन र भद्रगोल हटेको छ । यो कार्यक्रममा बेलायतको बाल अस्पतालले पनि सहयोग गरेको थियो । उनीहरुकै सल्लाह अनुसार हामीले केही उपकरण र पूर्वाधार पनि थप गरेका छौँ । हामीले हेल्प डेस्क पनि सुरु गरेका छौँ, जसमा सत्य साई सेन्टरले सहयोग गरिरहेको छ ।
कान्तिमा अब बिरामी र आफन्तले लाइन बस्नुपर्ने अवस्था बन्द भएको छ । टोकन लिएर बिरामीहरु बेन्चमा बस्छन् र पालो आएपछि झ्यालमा गएर टिकट लिन्छन् । बिहानै ६ बजे बच्चा बोकेर अस्पतालमा लाइन लाग्नुपर्ने वाध्यता अब छैन ।

हामीले सुरु गरेको नयाँ आइसियूमा ल्याब, काउन्टर लगायतको सुविधा एकै ठाउँमा उपलब्ध हुनेछ । केही निश्चित ठाँउमा २४ सै घण्टा काउन्टर सञ्चालन हुनेछ । अनि बिरामीको कार्डमा डाक्टरहरुको नाम चिनिने छाप र हस्ताक्षर अनिवार्य गरेका छौँ।

इमर्जेन्सीमा आउने सबै बिरामीलाई पहिलो डोजको औषधी निःशुल्क दिने व्यवस्था गरेका छौँ । यसमा नर्बेको हक्यान्ड विश्वविद्यालयले सहयोग गरेको छ । करिब तीन महिनाको अवधिमा ३ लाख रुपैयाँ मात्रै खर्च भएको देखिएकाले वर्षको १२–१५ लाखको बजेटमा यो योजना सञ्चालन गर्न सकिने रहेछ । यसमा मन्त्रालयले सहयोगको आश्वासन दिएको छ । अब आकस्मिक रुपमा कोही मानिसले बिरामी लिएर कान्ति आउँदैमा पैसा नभएर अल्मलिनु पर्दैन ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को बालरोग विशेषज्ञ उत्पादनमा सहकार्य गरिरहेको अस्पतालले दक्ष जनशक्ति उत्पादनका लागि के–कस्ता प्राज्ञिक काम गरिरहेको छ ?

अहिले कान्ति अस्पतालमा न्याम्सको बालरोग विशेषज्ञ उत्पादन १६औं ब्याच चलिरहेको छ । करिब ८० जना बालरोग विशेषज्ञ कान्ति अस्पतालले उत्पादन गरिसकेको छ । उनीहरु देशका विभिन्न भागमा पुगेर सेवा प्रदान गरिरहेका छन् । हामीले आफैँ पनि कान्ति बाल अस्पताललाई ‘इस्टिच्युट अफ चाइल्ड हेल्थ’ बनाउन खोजिरहेका छौँ।

हामीकहाँ सेवा दिने फोरम पनि छ । अनुसन्धानका कामहरु पनि भइरहेका छन् । हामीले नियमित रुपमा रिसर्चका साथै त्यसको समीक्षाका लागि पनि ‘इस्टिच्युसनल रिभ्यु कमिटी’ गठन गरेका छौँ । त्यसमा नेपाल हेल्थ रिसर्च काउन्सिलका प्रतिनिधि पनि सदस्य छन् ।

हामीकहाँ अध्ययन, अनुसन्धान पनि भइरहेको छ । नियमित रुपमा बिरामीको परीक्षण हुन्छ । नर्सिङ लगायतका कोर्षहरुमा प्रयोगात्मक कामहरु पनि भइरहेका छन्, सुविधासम्पन्न ल्याब पनि छ । सबै दृष्टिकोणबाट हेर्दा कान्ति बाल अस्पताल आफैँमा वृहत् पूर्वाधारयुक्त संस्था हो । त्यसैले हामीले यसलाई इष्टिच्युट बनाउनुपर्छ भनेर आवाज उठाइरहेका छौँ ।

यसपटक भने मन्त्रीज्यूले ‘जता पनि इस्टिच्युट माग्ने, तर काम नहुने भएकाले यस्तो प्रवृत्तिलाई अलि प्रोत्साहन नगरौँ’ भनेकाले मात्रै हामी मौन बसेका हौँ । अन्यथा कान्ति बाल अस्पताललाई इस्टिच्युट अफ चाइल्ड हेल्थ बनाउन नसकिने होइन ।

कान्ति अस्पतालमा न्याम्सले नियमित रुपमा पिजीका विद्यार्थी उपलब्ध गराएको छ । जसले गर्दा कान्ति अस्पतालको सेवा प्रदान पनि प्रभावकारी बनेको छ । न्याम्सको शैक्षिक पूर्वाधार विकासमा कान्ति बाल अस्पतालको पनि योगदान छ ।

न्याम्सको एजुकेसन कमिटीमा म पनि सदस्य छु । कान्ति अस्पतालमा कार्यरत अध्यापकहरुले न्याम्सका विद्यार्थीको थेसिस गाइड गर्ने, निर्देशन दिने लगायतका काम गरिरहेका छौँ । भोलिका दिनमा हामी स्वायत्त भयौँ भने त्यसलाई सञ्चालन गर्नसक्ने जनशक्ति हामीसँग पनि छ।

कान्ति अस्पतालको जनशक्ति र क्षमताको अवस्था कस्तो छ ?

न्याम्समा अध्यापनरत जनशक्तिको स्तर र क्षमता विकासमा पनि हामीले काम गरिरहेका छौँ । अहिले एक वर्षमा ९ जना रेजिडेन्ट डाक्टर कार्यरत छन् । ३ वटा व्याच एकैपटक अध्ययनरत हुने भएकाले हरेक वर्ष २७ जना रेजिडेन्टले बिरामीलाई सेवा दिइरहेका छन् । रेजिडेन्ट डाक्टरहरुले यहाँको बिरामीको चाप भरथेग गरिरहेका छन् । उनीकहरुकै कारण अस्पतालको प्रतिष्ठा पनि कायम छ । किनकि रेजिडेन्ट डाक्टरले समस्यालाई त्यत्तिकै छाड्दैन ।

रेजिडेन्ट डाक्टरहरु आउनुभन्दा पहिले त्रिवी शिक्षण अस्पतालबाट दुई दिन डाक्टरहरुको टोली आएर बिरामीको उपचार गथ्र्यो । उनीहरु फर्केर गएपछि कान्ति अस्पताल संकटमा पर्छ भन्ने लागेको थियो, लगत्तै न्याम्ससँगको सहकार्यपछि अवस्था फेरिएको छ ।

अब हामीले डिएम कार्यक्रम सुरु गर्नेबारे सोच बनाउन थालेका छौँ । नियोनोटोलोजीमा हामीले काम सुरु गर्न गृहकार्य गरिरहेका छौँ । क्यान्सरमा पनि डिएम गर्ने बारे हामीसँग पूर्वाधार, बिरामीको चाप र प्राध्यापकहरुको कमी छैन ।

सरकारले हरेक प्रदेशमा विशेषज्ञ स्वास्थ्य सेवा दिने तयारी गरेको छ । कान्ति बाल अस्पताल कहिलेसम्म काठमाडौँ केन्द्रित भइरहने ?

हामीले इस्टिच्युट अफ चाइल्ड हेल्थ स्थापना गर्न सक्यौँ भने देशका सबै प्रदेशमा बाल अस्पतालको पूर्वाधार र संयन्त्र विस्तार गर्न सकिन्छ । हरेक प्रदेशमा बाल अस्पताल स्थापना गर्नका लागि राजधानीको कान्ति बाल अस्पताललाई पूर्वाधार र स्वायत्तता दिनु आवश्यक छ ।

तर, यति हुँदाहँदै पनि हामीले सरकारको मुख ताकेर बसेका छैनौँ । केही दिनअघि मात्रै कान्ति अस्पतालको विशेषज्ञ टोलीले वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा आइसियू सञ्चालनका क्रममा तालिम दियो । भरतपुर अस्पतालका डाक्टर र नर्सहरुका लागि पनि कान्तिमा तालिम सञ्चालन गरिएको थियो ।
बालरोगसँग जोडिएका सबैजसो अनुसन्धानमा कान्ति बाल अस्पताल जोडिएकै छ । प्रादेशिक स्तरमा पनि बालविशेषज्ञ सेवा विस्तारका लागि काम गर्न सकिन्छ । संघीयता कार्यान्वयनका क्रममा विभिन्न प्रदेशमा बालरोग विशेषज्ञ सेवा, सीप र पूर्वाधार विस्तार गर्नुपर्छ । तर, त्यसका लागि सरकारले पूर्वाधार विस्तारको जिम्मा लिन सक्नुपर्छ, बाँकी काम हामी गर्न सक्छौँ । जनशक्ति र अन्य स्रोत साधनमा हामीले सरकारलाई सहयोग गर्न सक्छौँ ।

अस्पतालले भविष्यबारे के सोचेको छ ?

हामीले तत्काल गरिहाल्नुपर्ने काम विशेषज्ञ र अति विशेषज्ञ सेवाको विस्तार नै हो । सिविनको सहयोगमा कान्ति अस्पताल परिसरमै विशेषज्ञ सेवा विस्तारका लागि भवन निर्माण भइरहेको छ । अनि दोस्रोमा हामीले न्युरोसर्जरी, हाड र मुटुको सेवा विस्तार गर्नुपर्छ । हाडसम्बन्धी सेवाका लागि पूर्वाधार र सामाग्री भए पनि हामीले काम गर्न सकिरहेका छैनौँ । त्यसलाई विस्तार गर्नुपर्छ ।

यस्तै, डिएम कार्यक्रम जसरी पनि सुरु गर्नुपर्नेछ । अहिले धरानले पनि काम सुरु गरिसकेको छ । समग्रमा कान्तिको विस्तारका लागि इन्स्टिच्युट बनाउनेतर्फ हाम्रो माग सदा रहनेछ । यसका लागि हामी निरन्तर लागिरहेका छौँ । ४० प्रतिशत जनसंख्यालाई सेवा दिने अस्पताललाई स्वायत्त निकाय किन नबनाउने ?
हामीले स्वायत्त रुपमा काम गर्न सक्ने गरी आत्मविश्वास बढाएका छौँ । कान्तिलाई जसरी पनि ‘इस्टिच्युट अफ चाइल्ड हेल्थ’ बनाउने हाम्रो सपना हो, यति गर्न सकियोे भने नेपालको शिशु र बालबालिका उपचारमा निकै ठूलो उपलब्धी हासिल हुनेछ ।

काठमाडौं । आजराति १२ बजेअघि नै आफ्नो गन्तव्यमा पुग्न सरकारले...

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिमा निमोनिया देखिएको...

धनगढी । वरिष्ठ उद्योगपति विनोदकुमार चौधरीले लोकतन्त्रमा मात्र देशलाई आर्थिक...

काठमाडौं । जर्जियाको एक होटेलमा आगलागी हुँदा ११ जनाको...

बैतडी । बैतडीमा अधिकांश स्वास्थ्यकर्मी निर्वाचनमा खटिँदा स्वास्थ्य सेवा...

काठमाडौं । नवलपरासीको पूर्वी क्षेत्र नवलपुरका कांग्रेस उम्मेदवारलाई लक्षित गरी...

गाईघाट, उदयपुर : जर्वजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई...

काठमाडौं । स्पेनिस ला लिगा क्लब बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल...

नारायण ढुंगाना :चितवन, मंसिर ६ । ‘नेतालेमात्रै हुँदैन, विश्व बदल्ने...

काठमाडौं । राजधानीको ओम अस्पतालमा उपचार गराइरहनु भएका नेपाली कांग्रेस...

जनकपुरधाम । रामजानकी विवाह पञ्चमी महोत्सवको अवसरमा प्रहरीले जनकपुर बजारबाट...

जनकपुरधाम । धनुषा क्षेत्र नम्बर ३ मा वाम गठबन्धनबाट उम्मेदवार...

जनकपुरधाम । रामायणमा वर्णित त्रेता युगमा मार्र्ग शुक्ल पञ्चमीका दिन...

जनकपुरधाम । पहिलो चरणको मतदानको तयारी पुरा भए लगतै दोस्रो...

राजविराज । जिल्ला समन्वय समिति(जिसस) सप्तरीमा फोरम–राजपा गठबन्धनको पुरै प्यानल...

जलेश्वर ।राष्ट्रिय जनता पार्टी(राजपा)नेपालले मधेश आन्दोलनका सहिदहरुको परिवारलाई ५०–५० लाख...

काठमाडौं । छैटौं राष्ट्रिय कर सप्ताह बिहीबार सकिएको छ...

धनकुटा । प्रदेश र प्रतिनिधिसभा सदस्य पदका लागि मतदानको...

हरारे । जिम्बावेका पूर्व उपराष्ट्रपति एमर्सन मनाङ्गावालाई आज राष्ट्रपतिको...

काठमाडौं । गर्भवती महिलाबाहेक अन्य मानिसले दिनमा ३ कप कफी...

धनकुटा । अज्ञात समुहले आज बिहान धनकुटाको फुङसुवा खोलामा बम...

लहान । श्रीमतीको घाँटी रेटेर हत्या गरी फरार रहेका श्रीमानलाई...

काठमाडौं । धादिङ र नवलपरासीमा बम फेला परेको छ...

काठमाडौं । टि–२० महिला विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गको चौथो खेलमा...

काठमाडौं । एनसेलले आफ्नो सेवालाई थप प्रभावकारी बनाउन ‘डिजिटल...

जनकपुरधाम । आसन्न चुनावलाई लिएर धनुषा प्रहरीले नयाँ रणनिति तहत...

जनकपुरधाम । रामजानकी विवाहमहोत्सवको अवसर पारेर भगवती दीनानाथ ट्रष्ट जनकपुरले...

जनकपुरधाम । रामजानकी विवाहमहोत्सवको पूर्वसन्ध्यामा बुधवार मटकोर सम्पन्न भएको छ...

जनकपुरधाम । धनुषा क्षेत्र नम्बर–३ ...

जनकपुरधाम । संघिय समाजवादी फोरम नेपालका तर्फबाट धनुषा क्षेत्र नम्बर...

जनकपुरधाम । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले जनकपुरमा सातौ शाखा संचालनमा...

जनकपुरधाम । त्रेता युगमा मार्ग ...

रत्ननगर, चितवन : पूर्वी चितवनको राप्ती नगरपालिका– ७ स्थित शिरकोट...

जाजरकोट : सडक सञ्जालले नछोएका यहाँका दुर्गम गाउँमा पुग्न कर्मचारीलाई...

नेपालगञ्ज ; बाँके प्रहरीले नेपालगञ्ज धम्बोझीस्थित चार घरमा छापा मारेर...

पथरी, मोरङ : सडक विस्तारको क्रममा भत्किएर अलपत्र अवस्थामा रहेको...

कञ्चनपुर : कञ्चनपुर क्षेत्र नं ३ का वाम गठबन्धन...

जुम्ला : यहाँको पातारासी गाउँपालिका–६ एक व्यक्तिले छ महिने छोराको...

परासी । नवलपरासीको कावासोती नगरपालिका–११ लोकाहा पुलमा गएराति सवा १०...

बझाङ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा बझाङमा...