०, ०
सत्तारुढ दल नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता मातृका यादवले चुनावको मिति सबै दलसँगको सहमतिमै घोषणा हुने विश्वास व्यक्त गरेका छन् । उनले मधेशी मोर्चासँग पनि सहमति हुने स्पष्ट पारे। चुनावको मिति कहिले घोषणा हुन्छ ? संविधान संशोधन प्रस्तावलाई कसरी अघि बढाउने लगायतका विषयमा केन्द्रित रहेर पत्रकार ऋषि धमलाले यादवसँग नेपाली रेडियो नेटवर्कको नियमित कार्यक्रम नेपाली बहसका लागि गरेको कुराकानीको सम्पादित अंश :
हिजो बसेको तपाईको पार्टीको बैठकले के निर्णय गर्यो ?
हाम्रो पार्टीले ठ्याक्कै निर्णय त गरिसकेको छैन् । तर हामी अहिलेपनि छलफलमै छौं । संविधान संशोधन र निर्वाचन प्रक्रियालाई कसरी मिलाएर लैजाने भन्नेबारेमा हामीहरुकोबीचमा छलफल भएको हो ।
उसो भए प्रधानमन्त्री निर्वाचनको मिति घोषणा गर्नबाछ पछि हट्नुभएको हो ?
अहिले नै निश्कर्ष्विहीन भयो भनेर त्यसरी नभनौं । हाम्रो मधेशी मोर्चासँग पनि कुरा जारी छ। त्यस्तैगरि एमालेसँग पनि कुराकानी गर्नुपर्ने हो । सत्तारुढ दलसँगपनि छलफल गर्न अझै बाकी छ । त्यसैले चाही हाम्रो पार्टीको जुन उद्देश्य हो, कि राष्ट्रिय सहमतिका साथ चुनावमा जाने हो । प्रधानमन्त्रीपनि अहिले त्यसैको लागि पहल गरिरहनुभएको छ ।
चुनावको मिति घोषणा भयो भने मोर्चाले त सम्बन्ध विच्छेद गर्छु भनेको छ नि ?
कुरा मिलेको भए त हिजो नै निर्वाचनको मिति घोषणा हुन्थ्यो नि । हिजो हामीहरुवीच भएको छलफलमा कुरा नमिलेको हो, तर हिजो कुरा नमिलेपनि आज त मिल्न सक्छ नि । राष्ट्रिय एकता विनाको चुनावको त्यति महत्व हुदैन् ।
संविधान संशोधन नभईकन चुनावको मिति घोषणा गर्ने पक्षमा हुनुहुन्न ?
चुनाव अपरिहार्य हो ।
प्रधानमन्त्रीको रणनीति वा योजना के छ त ?
म पार्टीको मान्छे हु । उहँले ल्याएको नीति र लाईनलाई नै हामीले सहयोग गर्ने हो । अहिले हाम्रो पार्टीमा पनि यसबारेमा छलफल हुन्छ । हामी अहिले सबैसग निरन्तर छलफल गर्नुपर्छ भन्ने पक्षमा नै छौं ।
उसो भए आज चुनावको मिति घोषणा नहुने नै भयो ?
चुनावको मिति घोषणाको लागि नै उहाले सम्बन्धित पार्टी र व्यक्तिहरुसँग छलफलमा जुट्नुभएको छ ।
मधेशी मोर्चाले सरकारसग सम्बन्ध विच्छेद गर्ने चेतावनी दिएपछि प्रधानमन्त्री तनाबमा देखिनुभएको छ, होईन ?
मधेशी मोर्चाले सम्बन्ध विच्छेद गर्छु भनेर भनिहालेको छैन् ।अहिले नै सम्बन्धविच्छेद त भैहालेको छैन् । मैले त अहिलेपनि मोर्चासँग सहमति हुने देखिरहेको छु ।
मोर्चाका नेताहरुले हिजो प्रधानमन्त्रीलाई चेतावनी त दिनुभएको थियो रे नि ?
हिजोको बैठकमा निकै सौहार्दपूर्ण रुपमा छलफल भएको थियो । अरु दिनभन्दा हिजो धेरै राम्रो वातावरणमा छलफल भएको हो ।
तर एमालेका नेताहरुले त प्रधानमन्त्रीलाई विदेशीको ईशारामा चलेको भनेर आरोप लगाएका छन नि ?
केपी ओलीले पनि चुनाव गर्न सक्नुभएन नि । मुख्य कुरा देशलाई विखण्डनतिर लैजाने कि देशलाई एकतातिर लैजाने हो । मुलुकलाई मुठभेडतिर लैजानुहुदैन भनेर त्यसको नेतृत्व क. प्रचण्डले गरिरहनुभएको छ । को राष्ट्रवादी ? को विखण्डनवादी भन्ने कुरा हामीलाई राम्रोसग थाहा छ ।
प्रधानमन्त्री प्रचण्ड यतिवेला लम्पसार पर्नुभयो रे नि ?
प्रधानमन्त्री प्रचण्ड कहिल्यैपनि लम्पसार पर्नुभएको छैन् । उहा आप्mनो उद्देश्य अनुसार देशलाई एकतावद्ध गराएर अघि बढ्नुभएको छ।
प्रधानमन्त्रीले चुनाव गराउनुहुन्छ ?
गराउनुहुन्छ । त्यसको लागि एमालेपनि राष्ट्रिय सहमतिमा आउनुपर्यो नि । सबै एक ठाउमा आउनुपर्यो ।(साभारः रिपोर्टर्स नेपाल डटकम)