Mon, 25 Jun 2018
ताजा समाचार
गोलवजार नपामा असारे विकास काम सम्पन्न नहुँदै भत्कियोे पुल || सखुवानान्कारकट्टी गाउँंपालिकामा विकासको लहर || अस्थायी शिक्षकको समस्या समाधान गर्ने पक्षमा प्रदेश सरकार || एसइइ उत्तिर्ण भएको खुसीयाली मनाउन नपाउँदै दुर्घटनामा छात्रको मृत्युु || जनकपुरको बजेट सवा दुई अर्व बढी || औरही गापाले छोरी जन्माउनेलाई तीन हजार दिने || नगराईन नपाको बजेट ३५ करोड ७ लाख ४९ हजार || पशु पालन सम्बन्धी तालिम || प्रादेशिक पुरुष भलिवलको उपाधी धनुषालाई || सरसफाई सम्बन्धी कार्यशाला गोष्ठी || ठोरी र पटेर्वा सुगौलीको बजेट सार्वजनिक || निःशुल्क कृत्रिम अंग जाँच कार्यक्रम || पीडितलाई न्यायको लागि प्रतिवद्ध || लहान नगरपालिकाको दोश्रो नगरसभा || एसईई नतिजामा चरम लापरवाही, विद्यार्थी तनावमा || बालिका बलात्कृत || आदिवासी जनजाति चलचित्र महोत्सव हुने || जहदा गाउँपालिकाको रु ४२ करोडको बजेट || विराटनगर महानगरको बजेट न्यून, जनतामा निराशा || बुइपामा पहाडी जिल्लाकै सबैभन्दा ठूलो खेलमैदान निर्माण हुँदै || वीरगन्ज महानगरको बजेट चार अर्ब ९४ करोड || शैक्षिक सुधारका माग राख्दै विद्यार्थीद्वारा आन्दोलन || राष्ट्रिय सभा अध्यक्षबाट सरकारको ध्यानाकर्षण || अधिकार र स्रोत विकेन्द्रित नगरेसम्म संघीयता कार्यान्वयन हुँदैनः सभामुख || चीनमा वातावरणमैत्री रेलसेवा तीव्र विस्तार || दुई साताभित्र जनवर्गीय संगठनबीच एकताः नेता नेपाल || करेन्ट लागेर मृत्यु || सुखीपुर नगपालिकाद्वारा रु ४४ करोड बजेट पारित || मोेटरसाइकल दुर्घटनामा चालकको मृत्यु || ४ करोड बढि लिएर गोयन्का वेपत्ता || एसईईको नतिजा सार्वजनिक || दुबै पक्षका कम्युनिष्टको विचार समान हुनुपर्छ : मुख्यमन्त्री गुरुङ || प्रतिवर्ष १९ अर्बको खाद्यान्न आयात || आइसिपीको मुख्य भवनमा चुहिन थाल्यो || स्वास्थ्य चौकी हस्तान्तरण || शेयर बजार : एक अर्ब भन्दा बढीको कारोबार || सिरहाको ठाडी वाट तेस्रो मुलुकको उत्पादन भारत निकास || अख्तियार चन्द्र मावि सिरहामा || खुकुरी प्रहार गरी हत्या प्रयास || प्रदेश प्रहरी ऐनसँगै निजामति र प्राविधिक ऐन ल्याउने तयारी : ||
छेपारे राजनीति र गोडोटको प्रतीक्षा

कार्तिक २८, २०७४


रोशन जनकपुरी    
 फ्रान्सीसी नाटककार स्यामुअल बेकेटको एउटा प्रसिद्ध नाटक छ — वेटिङ्ग फर गोडोट । यस नाटकका दुई जना पात्रहरु अनन्तकाल देखि गोडोट नामक एउटा यस्तो पात्रको प्रतीक्षामा छन् जस्को आउने कुनै सम्भावना छैन । गज्जब त के छ भने यो रहस्य उनिहरुलाईपनि थाहा छ । तरपनि उनिहरु गोडोटको प्रतीक्षामा अनेक थरी हर्कतहरु गर्दछन् , उनिहरु सर्कस गर्दछन्, हाँंस–खेल र ठठ्टा गर्दछन , चापलुसी, विनती–भाउ, प्रलोभन, झगडा र हात हालाहाल तथा आत्महत्या गर्ने प्रयास समेत गर्दछन् । यस नाटकको दिक्दारपूर्ण विशिष्टता के हो भने यति बेकुफीपूर्ण हर्कतका बावजूदपनि नाटकमा केही घटित हुँंदैन । नाटकमा समय शून्यता छ । तर यो दिक्दारपूर्ण र बोरिङ्ग समय दर्शकहरुको निम्ती मात्र हो । नाटकभन्दा बाहिर भने समय गतिशील र नाफामूलक छ । दर्शक र समीक्षकहरुको निम्ती यो नाटक वाहियात नै भएपनि नाटककार स्यामुअल बेकेटको निम्ती यसैले नोबेल पुरस्कार नै दिलायो । कस्तो गज्जब ! वाहियात नाटक र नोबेल पुरस्कार ।
लाग्दछ अहिलेको नेपाली समाज स्यामुअल बेकेटको नाटक जस्तै स्थितिबाट गुज्रँंदै छ । यहाँंपनि एउटा मञ्च छ, राजनीतिक व्यवस्था र सम्विधान छ , जसअनुसार केही घटित भइरहेको छैन । यहाँं राजनीतिक पार्टीहरु छन्, चुनाव छ, चुनावी एजेन्डाहरु छन् । यहाँं हाँंस–खेल, ठठ्टा, चापलुसी, विनती–भाउ, प्रलोभन, झगडा, हात हालाहाल, हत्या, आत्महत्या सबै छ, तर घटित चाँंही केही भइरहेको छैन ।
 यस नाटकमा पात्रपनि हामी छौँं र दर्शकपनि हामी नै छौँं । यो हेर्दा लाग्दछ , हामीपनि एउटा गोडोटको प्रतीक्षामा छौँं । हाम्रो सामू हाम्रा अपेक्षा विपरित राजनीतिक दलहरु जे जस्ता गतिविधि गरिरहेका छन्, त्यसले निश्चय हामीले प्रतीक्षा गरेको हाम्रो सुख–समृद्धिको गोडोट आउने छैन । यो हामीलाई थाहा छ, तरपनि हामी प्रतीक्षामा छौँं । यी मुकुण्डोधारी राजनीतिक दलहरुको पिछलग्गु वा कार्यकर्ता बनेर, यिनको निम्ती झगडा गरेर, प्रचार गरेर र यिनलाई भोट हालेर र विपरीत अन्तर्य भएको व्यवस्था र सम्विधानमा स्वीकृति प्रदानमा हाम्रो ‘प्रतीक्षा’ अभिव्यक्त भई रहेको छ ।
आमूल परिवर्तनको निम्ती वर्गसंघर्षका एजेन्डाहरु वर्ग परिवर्तनका भ¥याङ्गमा बनेका छन् र वर्गसंघर्षका नायकहरु श्रमजीविहरुको हितलाई लत्याएर उच्च वर्गमा सामेल भएका छन् । केन्द्रीय शासनबाट उत्पीडिन र भेदभावमा परेका जाति र क्षेत्रको मुक्तिका एजेन्डा र नाराहरु साम्प्रदायिक संकीर्णता फैलाउने र शासनमा भागिदारीको निम्ती केही धूत्र्त व्यक्तिहरुको मोल–भाउको औजार बनेको छ , बहिष्करणमा परेको समुदाय र अपहेलनमा परेका वर्गहरुलाई शासनमा भागिदारी  र समावेश गराउने उद्देश्य रहेको समानुपातिक प्रणालीपनि उही सम्पन्न र शासकीय वर्गको निम्ती संसदमा पुग्ने सहज माध्यम र समानुपातिक पद बिक्री गरेर आर्थिक जोगाड गर्ने दाउ बनेको छ तथा केन्द्रिय शासनप्रति अविश्वासबाट जन्मेको संघयि प्रादेशिक स्वायत्त शासन प्रणालीको अवधारणा केन्द्रीय प्रशासनिक क्षेत्रमा परिणत भएको छ । समग्रमा विगतमा भएका जनसंघर्षहरुलाई परिणाममा हेर्ने हो भने शासक वर्गको निम्ती त निश्चय केही घटेको छ , जस्तै राजतन्त्र हटेको छ र दलाल पुँंजीपति वर्ग सत्तामा पूर्णरुपमा हावी भएको छ ; तर जनताको हात फुस्सा छ । उही पीडा, शोषण र शोषणको हतियार कायमै छ । कस्तो त्रासदी ! आफ्नै विरुद्ध आफै माध्यम बनेर सुख र समृद्धिको प्रतीक्षा । स्यामुअल बेकेटको नाटक झैँं एउटा असम्भवको प्रतीक्षा गरिरहेका हामी ।
आउनुस हामी हाम्रा वरीपरीको परिदृश्यलाई थोरै मूर्त गरौँं । हामीले भोगी रहेको राजनीतिक व्यवस्था एउटा यस्तो प्रतिस्पद्र्धामा परिणत भएको छ जस्मा राजनीतिक दलहरु जसरी भएपनि सत्ता शीर्षमा पुग्ने र आफ्नो वर्चस्व कायम राख्ने उद्देश्य राख्दछन् । यो वर्चस्वको उद्देश्य अकूत सम्पत्ति आर्जन, मौजमस्ती र शान वा हैकम हो । हैकम, जस्ले आफू बाहेक अरुलाई दासमात्र गन्दछ । चुनावका बेला राजनीतिक पार्टीहरुले जतिसुकै जनस्तुति गाएपनि उनिहरु भित्रको हैकमले जनतालाई दास नै हेर्दछ । हिन्दी भाषाको प्रसिद्ध व्यङ्गकार शरद जोशीको एउटा नाटक (एक था गधा उर्फ अलादाद खाँं)मा शासकको प्रतीक पात्र नबाबले चिन्तकहरुलाई भन्दछ — ‘हजारौँ मानिसहरुको यो भीड एउटा ऐना हो, यो भीड जस्मा आफ्नो छवि कायम राखिराख्नुु र त्यसलाई कायम राख्ने प्रयास गरिराख्नुको राजनीति छ । .....मानिस व्यर्थ छ, तिमी, कोतवाल वा अलादाद खाँं (आम नागरिक) सबै गघा छौ, जस्को कर्तव्य राजनीतिको त्यस तस्वीरलाई बोकि राख्नु हो र मेरो काम ती गधाहरुलाई तस्वीर बोक्नलाई विवश पार्नु र उनिहरुको जोश कायम राख्नु र अस्वीकार गरे विद्रोहको दमन गर्नु हो । त्यो तिमी चिन्तकहरु,वा कोतवाल, कर्मचारी वा कवि वा अलादाल खाँं जस्तो जुनसुकै गधा होस ।’ ं
यो जीतको उन्मादले हिजो समग्र शोषणबाट मुक्तिका निम्ती गरिएका संघर्षहरुको उद्देश्यहरु उपेक्षित भएका छन् । हिजो तत्कालीन अन्यायपूर्ण सत्ताका विरुद्ध उठाइएका हिंसात्मक हतियारहरु शासनको संगतमा परेर समाजमा रहेका आपराघिक तत्वहरुसंगको साँंठगाँठमा जनतामाथी दमन गर्ने हतियारमा परिणत भएका छन् । राजनीतिक कायकर्ताहरु राजनीतिक भ्रष्टाचार गर्ने र यसको विरुद्ध कसैले आवाज उठाउँंदा  त्यसको विरुद्ध लठैतमा परिणत भएका छन् । सबैतिर चाकरी, चापलुसी, लोभ–लालच, झूठो आश्वासन र आपराधिक तत्व र असामाजिक तत्वको भरमा जनसामान्यलाई धम्क्याउनु र आर्थिक प्रलोभन देखाएर मतको खरीद–बिक्री खुलेआम छ ।
आम मानिसको भोक, गरीबी, र वर्गीय उत्पीडनका मुद्दाहरु ओझेलमा छन् , जात–पात, धर्म र नाता–गोता चुनाव जित्ने र सत्तामा पुग्ने मूख्य हतियार भएको छ । राजनीतिक दलहरु र अपराधीहरु बीचको साँंठगाँंठ सामान्य जस्तै भएको छ । अपराधीको काम जहाँं समाज विरोधी र राष्ट्र विरोधी कामहरुमा लिप्त हुनु हो भने राजनीति र राजनीतिज्ञहरुको काम समाज र राष्ट्रको सम्पूर्ण विकासको निम्ती काम गर्नु हो, तर आज दुबैबीच सामञ्जस्यपूर्ण स्थिति विकसित हुनु विडम्बनापूर्ण हो ।
आजभोलीको राजनीतिमा हत्यारा र असमाजिक तत्वहरुको मदत खुलेआमरुपमा लिइन्छ । नेताहरुले आफ्नो पहल र वर्चस्व कायम राख्न गुण्डाहरु, माफिया गिरोह र डाँंका तथा ठेक्कामा हत्या गर्ने आपराधिक समूहहरुको समेत मदत लिने गरेको समाचार र टिप्पणीहरु हरेक दिन मिडियामा सामान्य भएका छन् । इमानदार र जनपक्षीय कार्यकर्तालाई प्रश्रय दिनु हैकमी पाराको नेताहरुको निम्ती जोखिमपूर्ण हुनसक्दछ । यस्तोमा इमानदार कार्यकर्ताहरु समेतलाई निषेध गर्न नेताहरुले पार्टीभित्रका अराजक र आपराधिक चरित्रको कार्यकर्ताहरुलाई प्रोत्साहित गर्दछन् । यसै दुलोभित्रबाट असामाजिक र आपराधिकतत्वहरु पार्टी भित्र छिर्दछन् र राजनीतिक दलहरुको सदस्य र सक्रिय कार्यकर्ता समेत बन्दछन् ।  
अपराधीहरुको राजनीतिक सम्बन्ध हुनुकै कारण प्रहरी उनिहरुसंग डराउँंछ र उनिहरुका विरुद्धका आपराधिक फाइलहरु वषौँं थन्किएको हुन्छ र उनिहरु खुलेआम आपराधिक गतिविधिका संलिप्त हुने गर्दछन् । फलतः यस्ता असामाजिकतत्वहरु तथा गम्भीर अपराधमा समेत आरोपितहरुचुनाव जितेर सांसद र मन्त्री बन्न समेत सफल हुन्छन् । यस्ता सांसद र मन्त्रीका छोराहरु, नातीहरु र नातेदारहरुलाई अपराध गर्ने र सोझा जनताहरुलाई धम्क्याउने पूर्ण स्वतन्त्रता हुन्छ । कहिलेकाँंही कुनै इमान्दार वा स्वाभिमानी प्रहरी अधिकारीले जोशमा आएर त्यसतालाई गिरफ्तार गरेमा कि त सरुवा खानु पर्दछ कि त खुम्चिएर मुक्त गर्नु पर्दछ ।
प्रतिस्पद्र्धि राजनीतिकदलहरु बीचको हिंसक झडपहरु र कहिलेकाँंही हत्यासमेतको बलमा मतदाता भित्र त्रास उत्पन्न गराएर मतपरिणामलाई प्रभावित गर्ने कार्य तथा अनुकूल भयो भने बूथ कब्जा गर्ने कार्यपनि गरिन्छ । तर अधिकांश मामिलामा प्रशासन कि त आँंखा चिम्लेको हुन्छ कि त सत्तामुखी हुन्छ । यस्को कारण प्रशासनिक निकायमा व्याप्त नेताहरु प्रतिको चाकरी भाव हो ।यी चाकरीबाजहरु निर्दिष्ट कर्तव्य भन्दापनि वर्तमान सरकारको चाकरी गर्नु र उनिहरुको गुण गाउनुलाई आफ्नो कर्तव्य ठान्दछन् ।
देशमा एउटा निर्वाचन आयोगपनि हुने गर्दछ, जसले निष्पक्ष निर्वाचनको राग अलाप्दै निर्वाचनलाई नियमन गर्ने भनेर विभिन्न प्रकारका निर्देशिकाहरु जारी गरेको हुन्छ । तर यो भन्नु मात्र हो, कसैले निर्वाचन आयोगलाई टेर्दैन । निर्वाचन आयोगले खर्चको सीमा तय गरेको हन्छ , तर राजनीतिक दलले देखादेखी निश्चित सीमाभन्दा कयौँंगुणा बढी खर्च गरिरहेको हुन्छ । निर्वाचन आयोगले निर्वाचन चिन्ह भएको भेष्ट नलगाउनु भन्दछ अथवा वाहनहरुको संख्या तय गर्दछ अथवा अनुमति बिना हेलीकप्टरको प्रयोगमा निषेध लगाउँंदछ , तर माने पो ! हजारौँको भीड निर्वाचन चिन्ह अंकित भेष्ट लगाएर निर्देशिका विपरीत गाडीमा कुदेकै हुन्छ । नेताहरु अनुमतिविहीन हेलीकप्टर कुदाएकै हुन्छन् । करोडौँंको भोज–भतेर र मतदातालाई गिफ्ट बाँंडिएकै हुन्छ । यो सबै टीभी र पत्र पत्रिकाका बजाफ्ते छापिन्छ र तर निर्वाचन आयोगले भन्छ — ‘कसैले उजूरी गरेन, म कसरी कार्वाही गर्नु ।’
देशमा एउटा न्यायपालिकापनि छ । तर अवस्था यहाँंपनि सन्तोषप्रद् छैन । न्यायपालिकालाई नागरिक हित र अधिकारको रक्षक मानिन्छ । तर यहाँंपनि भ्रष्टाचारमा व्यापक रहेका समाचारहरु पत्र पत्रिकामा पढन पाइएकै छ । न्यायालय भित्रको अव्यवस्था, अराजकता र निरिहता बारेमा कयौँं न्यायाधीशहरुले मुख खोली सकेको र न्याय दिन नसकेकै कारण राजिनामा दिएको अभिव्यक्ति बाहिर आएका छन् । कयौँं अवसरहरुमा न्यायपालिकाको आदेश निष्प्रभावी बनाउन सम्विधाानमा संशोघन गरिन्छ । अफसोस जनताले आन्दोलनको माध्यमबाट अभिव्यक्त गरेको आफ्नो संघीय अधिकार सम्बन्धी विषयहरु सयौँंको ज्यान जाने आन्दोलन पछिपनि सम्विधान संशोधन बाँंकी नै छ र अहिले फगत चुनावी नारामा परिणत भएको छ । सत्ताधारी पार्टीलाई आफू संकटमा भएको अनुमान हुन्छ भने उ सम्विधान संशोधनको प्रस्ताव प्रस्तुत गर्न सक्दछ । सांसदहरुको सुविधा बढाउनु प¥यो भने सांसदहरु एकमत भएर सम्विधान संशोधन गर्न सक्दछन् । तर जनताको हितमा कुनै एजेन्डा संसदमा टेबुल भइसकेपनि छलफलमै आउँंदैन ।आए असफल हुन्छ ।  यद्यपि चुनावमा यो सम्विधान संशोधनको एजेन्डा सबै राजनीतिक दलले उचालेको पाइन्छ । मधेश आन्दोलनसंग सम्बन्धित सम्विधान संशोधनको एजेन्डा यस्तै स्थितिबाट गुज्रँंदै छ । वस्तुतःः हाम्रो सम्विधान र न्यायिककर्मीहरुको कानूनी तयारी पूँंजीवादी चरित्रको छ । यसले आफ्नो अन्तिम अर्थमा नाफा र अवसरलाई नै आधार बनाउँंदछ । जनताको एजेन्डा उपेक्षामा पर्नु स्वाभाविकै हो , किनभने यसले निजी नाफा र अवसरलाई निषेध गर्दछ ।
हामी कहाँं जनताको हित र समाजको आमूल परिवर्तनको निम्ती लामो संघर्ष र बलिदानको गोरवपूर्ण इतिहास छ । तर वर्तमान राजनीतिक व्यवस्थामा जनताका ती सबै एजेन्डाहरु र उपेक्षित छन् । लोकतन्त्र, समाजवाद र संघीयता — यी तीनवटा विषयहरु समायोेजित रुपमा नेपाली जनताका अपेक्षित विषय हुन, जसका निम्ती उनिहरुले संघर्ष गरे र बलिदान समेत दिए । यस पटकको चुनावमा लोकतन्त्र नेपाली काँंग्रेस, समाजवाद माओवादी केन्द्र र संधीयता (मधेशी अधिकार)को रुपमा मधेशकेन्द्रित दलहरुले नारामा फलाक्दै छन् । तर उनिहरुको आचरण हेर्ने हो भने सबै समान छन् । सबै सत्तामा भागीदारीको निम्ती एक आपसमा गठबन्धन र मारामार गर्दैछन् ।
अनि जनता नि ? आफ्ना नायकहरुको मोहमा मोहित छन्, , निरीह छन् , भयग्रस्त छन् र विरक्त छन् र मन्त्रबद्ध भएर मतपनि खसाल्छन् ।  
विकल्प आवश्यक छ , तर अहिलेको बकवासपूर्ण नाटकको पात्रहरुको गूँंज यति जबर्दस्त छ कि विकल्पको बहस तिर थोरैको ध्यान छ । यस्तो अवस्थामा कुनै समृद्ध आगतको प्रतीक्षा स्यामुअलको नाटकको गोडोटको प्रतीक्षा बाहेक अरु के हुन सक्दछ ?
मैथिली भाषाका सुपरिचित कवि र गीतकार अशोक दत्तले करीब डेढ दशक अगाडी एउटा गजलमा लेखेका पंक्तिहरुले अहिलेको संसदीय यथार्थलाई सटिक बयान गर्दछ — ‘पतुरिया सन मुस्की मगर सन नोर लेने ÷ भोरसँं साँंझधरि फुसिए टा परसैए , गिरगिट त दुनियाँंमे व्यर्थे बदनाम अछि ÷ गिरगिटसँं बेसी मनुख्ख रंग बदलैय ।’ (पतुरिया झैँं मुस्कान गोही झैँं आँंसू लिई, बिहान देखि साँंझसम्म झूठो कुरा पस्कन्छ , छेपारो त दुनियाँंमा व्यर्थै बदनाम छ, छेपाराभन्दा बढी त मान्छे रङ्ग बदलन्छ ।)

 

सिरहा । सिरहाको गोलबजार नगरपालिका–२ स्थितको पर्यटकीयस्थल गुम्विखाडी दह...

सिरहा । सिरहाको सखुवानान्कट्रटी गाउँंपालिकामा विकासको लहर तिब्र...

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु...

मलंगवा । पुर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवनमा भएको मोटरसाइकल...

जनकपुरधाम । जनकपुरधाम उप–महानगरपालिकाले आर्थिक बर्ष...

जनकपुरधाम । धनुषाको नगराईन...

लालबाबु बानिया ,पोखरिया । सुशासन युक्त ...

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु...

लहान । सिरहाको लहान नगरपालिकाको ...

गौशाला : महोत्तरी जिल्लाको औरही नगरपालिका–२ फुलबरिया गाउँकी एक...

काठमाडौँ : बहुभाषिक तथा बहुसाँस्कृतिक मुलुक नेपालको पहिचानलाई प्रवद्र्धन...

विराटनगर : मोरङका दक्षिण पूर्वी गाउँपालिका जहदाले आगामी आर्थिक...

विराटनगर : सरकारले गत जेठ १५ गते सार्वजनिक गरेको...

खोटाङ : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा पूर्वी पहाडी जिल्लाकै...

पर्सा : वीरगन्ज महानगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ का लागि...

काठमाडौँ : साना आठ विद्यार्थी संगठनले शैक्षिक सुधारका माग...

काठमाडौँ : राष्ट्रियसभाका अध्यक्षले विशेष समयमा सांसदले उठान गर्नुभएका...

चितवन : सभामुख कृष्णबहादुर महराले अधिकार र स्रोतलाई विकेन्द्रित...

छेन्दु, सिचुवान : काठमाडौँमा रेलसेवाको सम्पर्क सञ्जाल जोड्ने चर्चा...

चितवन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता...

चितवन : भरतपुर महानगरपालिका– ११ मा आज करेन्ट लागेर...

लहान : सिरहा सुखीपुर नगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ का...

राजविराज : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको सीतापुरमा आज मोटरसाइकल...

जनकपुरधाम । बीरगञ्जबाट व्यवसायी ...

भक्तपुर : २०७४ सालमा भएको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा...

बेँशीसहर, लमजुङ : प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा...

काठमाडौँ : कृषिको परनिर्भरता उच्च बिन्दुमा पुगेपछि यसप्रति सर्वत्र...

पर्सा : वीरगन्जको अलौँमा निर्माण भएको एकीकृत चेकजाँच चौकी...

दाङ : दाङ देउखुरीस्थित गढवा स्वास्थ्य चौकीको भवन निर्माण सम्पन्न...

काठमाडौँ : धितोपत्र बजारमा यस साता रु एक अर्ब...

सिरहा । तेस्रो मुलुकको मालसमान तथा उत्पादन निर्यात गर्न कानुनी...

लहान । अख्तियार दुरुपयोग अनुसन्धान कार्याल ईटहरीले भ्रष्टाचार नियन्त्रणमा विद्यार्थीहरुको...

वीरगञ्ज : प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले...