Sun, 18 Feb 2018
ताजा समाचार
अमेरिकमा बन्दुक राख्न पाउने कानुन नियन्त्रण गर्न माग || नेविसंघलाई चलायमान बनाउनुपर्ने || स्थानीय तहमा बैंक नहुँदा कारोबार गर्न समस्या || ‘स्केट’ खेलमा आकर्षित हुँदै युवा || मेक्सिकोमा बरिष्ठ कर्मचारी चढेको हेलिकप्टर दुर्घटना हुँदा १४ जनाको मृत्यु || बार्सिलोनाको अपराजित यात्रा कायमै, एथ्लेटिको मड्रिड दोस्रो स्थानमा || पिएनबि बैंकबाट 'लुटियो' एभरेष्ट बैंकको कुल निक्षेपभन्दा दोब्बर रकम, को || शदिह नगरमा क्रिकेट प्रतियोगिता सुरु || जनकपुर नगरको सौन्दर्यीकरण गरिने || सोलार जिपिएस जडित मंगोलियन बाँज फेला || फेसबुकलाई जरीवाना || शिक्षक संघमा पहिलो पटक सर्वसम्मत || एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता संयोजन समितिको बैठक आज || निलम्बन फिर्ता नभए आन्दोलनः यादव || भारतीय नम्बरको टेम्पो संचालनमा रोक || १३ जना रुसी नागरिकलाई अमेरिकाको एफबीआईले लगायो यस्तो आरोप || गप्टिलको शतक निरर्थक, अस्टे«लियाको कीर्तिमानी जीत || मेक्सिकोमा शक्तीशाली भूकम्प, दुई मिनेटसम्म जमिन हल्लियो || लालबाबुलाई मुख्यमन्त्री बनाउनु विपक्षीलाई चोट ःसाँसद यादव || दक्षिण अफ्रिकाविरुद्धको सिरिजमा भारत विजयी, विराट कोहली चम्किए || उप सभामुख देवद्वारा सपथ || जीप दुर्घटनामा ४ को मृत्यु || चेल्सी र लेस्टर सिटी एफए कपको क्वाटरफाइनलमा प्रवेश || नेपाल शिक्षक संगठनमा खनाल || प्रदेश मन्त्रीमण्डल आईतवार विस्तार हुने || मुटु बचाउन योग, ध्यान र मन्त्र || प्रधानमन्त्रीलाई भारतीय प्रधानमन्त्री मोदीको बधाई, भारत भ्रमणको निम्तो || शाश्वतधाममा वसन्त महोत्सव || मिर्गौला प्रत्यारोपणमा ९८ प्रतिशत सफलता || तिलोत्तमा गोल्डकप फागुन २४देखि || चार जिल्लामा २७० भेटिए लुकेर रहेका कुष्ठरोग पीडित || दुई जनाको मृत्यु || वडाध्यक्ष मोहम्मदका छोराको अपहरण || मोटरसाइकलसहित चोर पक्राउ || फरक दुई महोत्सव अब एउटै ब्यानरमा || नहरमा डुबेर एकजनाको मृत्यु || नेपालका सातवटै प्रदेशले पाए मुख्यमन्त्री || हुलाकी सडक निर्माण तीव्र || निवर्तमान प्रधानमन्त्री देउवा निजी निवास सर्दै || सिरहा खुल्ला दिसामुक्त जिल्ला बन्दै ||
पर्यटकलाई समेत लक्षित गर्दै अत्याधुनिक मन्दिर

रासस माघ ७, २०७४

 

चितवन : नेपालका धार्मिक तीर्थस्थलहरुले स्वदेशी र विदेशी पर्यटकलाई आकर्षित गरिरहेको बेला जिल्लाको पर्यटकीय नगरी सौराहा नजिकै पर्यटक तान्ने गरी एक मन्दिरको जिर्णोद्धार गरिएको छ । 

रत्ननगर नगरपालिका–११ जिरौनामा ५० वर्ष पुरानो मन्दिरलाई स्तरोन्नति गरी अत्याधुनिक बनाइएको हो । देशकै तेस्रो पर्यटकीय गन्तव्य सौराहाबाट ६ किलोमिटर दूरीमा रहेको सो स्थलमा अत्याधुनिक भव्य मन्दिरसँगै यज्ञ मण्डप, विवाह मण्डप, वृद्धाश्रम, भोजनालय, पानीका फोहोरा सहितको मनोरम दृश्य स्थल बनाइएको हो । मुख्य मन्दिरभित्र राधाकृष्णको मूर्तिसहित आधुनिक र परम्परागत रुपमा कुँदिएका झ्याल–ढोका, भित्तामा कुँदिएका धार्मिक, मनोरम दृश्य सहितको सुन्दरता रहेको छ । 

श्रीकृष्ण प्रणामी मन्दिर जिरौनाले मन्दिरलाई परम्परा र आधुनिकताको संयोजन गरी भव्य रुपमा निर्माण गरेको हो । पूर्व–पश्चिम राजमार्गको भानुचोकबाट ३.५ किलोमिटर उत्तरमा पर्ने उक्त मन्दिर रु पाँच करोडमा निर्माण गरिएको हो । पन्ध्र कट्ठा सात धुर क्षेत्रफलमा रहेको उक्त मन्दिरले केही पर १० कट्ठा जमिनमा विद्यालयसमेत सञ्चालन गर्ने तयारी गरेको छ । मन्दिर परिसरमा रहेको वृद्धाश्रममा अहिले पाँचजना वृद्धवृद्धा रहेका छन् । वृद्धाश्रमलाई अझै व्यवस्थित गरिँदै लाने योजना रहेको मन्दिरको स्वर्ण महोत्सव वर्ष–२०७४ मूल समारोह समितिका संयोजक तिलकराज शर्मा पौडेलले बताउनुभयो । २०२४ सालमा स्थापना भएको मन्दिर जीर्ण बन्दै गएपछि श्रीकृष्ण प्रणामी सेवा समितिले अहिले भव्य मन्दिर बनाएको हो । मन्दिरको आगामी फागुन ६ गते शुभारम्भ गरिने कार्यक्रम रहेको छ । 

फागुन ५ देखि फागुन १२ गतेसम्म श्रीमत् तारतमसागर १०८ पाठपारायण ज्ञान महायज्ञ एवम् श्रीमद् भागवत कथा अनुष्ठान गरिने उहाँले बताउनुभयो । सात दिनसम्म सञ्चालन हुने उक्त अनुष्ठान कार्यक्रममा श्रीकृष्ण प्रणामी धर्मका धर्माचार्य श्री १०८ कृष्णमणीजीको प्रमुख सानिध्य र नेपालका राष्ट्रपति र उपराष्ट्रपतिसमेत उपस्थिति गराउन पहल भइरहेको पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार सो समारोहमा नेपाल, भारतलगायत अन्य राष्ट्रबाट समेत सन्त, महन्त, गुरुजनलगायत एक लाख श्रद्धालु भक्तजनको सहभागिता रहनेछ । नवीनतम् प्रविधिको प्रयोग गरी निर्माण गरिएको उक्त मन्दिर निर्माण गर्न श्रीकृष्ण प्रणामी धर्ममा आबद्ध तथा अन्य भक्तजन, व्यक्ति तथा संघसंस्थाको चन्दा सहयोगबाट गरिएको संयोजक पौडेलले जानकारी दिनुभयो । 

स्थानीयको मुट्ठीदान तथा चन्दाबाट सञ्चालित मन्दिरले धार्मिक, आध्यात्मिक, शैक्षिक कार्यक्रमसँग पर्यटकीय गतिविधिमा समेत योगदान दिने विश्वास सहसंयोजक श्यामप्रसाद बरालले व्यक्त गर्नुभयो । तेस्रो पर्यटकीय क्षेत्र चितवनको सौराहा आउने पर्यटकलाई जिरौना आउने वातावरण तयार पार्न सके यसले पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास बरालले व्यक्त गर्नुभयो । यस मन्दिर भ्रमणका लागि आउने पर्यटकले मनिखोला, बुलबुले ताल, गैँडाताल, शान्तिकुञ्ज पार्क, सिराइचुली, उपरदाङ्गडी लगायतका धेरै प्राकृतिक मनोरम दृश्यहरुको अवलोकन गर्न सक्नेछन् । 

श्रीकृष्ण प्रणामी धर्ममा नेपालमा २० लाख र चितवन जिल्लामा मात्रै २५ हजार अनुयायी रहेका छन् । सामाजिक सेवा, आध्यात्मिक चिन्तन र परा प्रेम लक्षणा भक्ति भन्ने मूल नाराका साथ सञ्चालित श्रीकृष्ण प्रणामी धर्मले मांस, मदिरा, धुम्रपान, मद्यपान लगायतका कूलत त्याग्दै सत्कर्ममा डो¥याउन प्रेरित गर्ने गरेको छ । 

नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष एवं स्थानीयवासी राधेश्याम खतिवडाले हालै मात्र भारतका प्रमुख शहरको भ्रमणका क्रममा मठमन्दिरमा धार्मिक पर्यटकको उल्लेख्य उपस्थिति देखेको भन्दै पर्यटकीय नगरी सौराहासँग यस मन्दिरलाई जोड्न सके जिल्लामा आउने पर्यटकको बसाइ लम्ब्याउन सकिने विश्वास व्यक्त गर्नुभयो । मन्दिर क्षेत्रमा अवलोकन र दर्शनका लागि स्वदेशी तथा विदेशी पर्यटक आउन थालेका छन् ।

Comment Box

काठमाडौं । फ्लोरिडा गोलीकाण्डमा बाँच्न सफल भएकाहरुले अमेरिकामा बन्दुक राख्न...

विराटनगर : नेपाल विद्यार्थी संघलाई चलायमान र थप सुुदृढ बनाउनुपर्ने...

तेह्रथुम : स्थानीय तहमा वाणिज्य बैंकका शाखा नहुँदा सरकारी कारोबार...

काठमाडौँ : कोटेश्वरस्थित ग्रामीण कलेजको कक्षा ११ मा अध्ययनरत् सन्दीप...

काठमाडौं । मेक्सिकोमा बरिष्ठ कर्मचारीहरु चढेको हेलिकप्टर दुर्घटना हुँदा १४...

काठमाडौं । स्पेनिस लिग फुटबलमा बार्सिलोनाको अपराजित यात्रा कायमै छ...

जनकपुरधाम । जनकपुरधामको विकासका लागि नेपाल सरकार र जनकपुरधाम ...

काठमाडाैँ : बेल्जियमको अदालतले आफ्नो देशका नागरिकको व्यक्तिगत विवरण संग्रह...

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको पार्टी एकता...

जनकपुरधाम । नेपाल शिक्षक संघ धनुषाका निवर्तमान ...

काठमाडौं । अमेरिकी अनुसन्धान एजेन्सी एफबीआईले १३ जना रुसी नागरिकविरुद्ध...

जनकपुरधाम । ओपनर ब्याट्सम्यान मार्टिन गप्टिलको शतकलाई निरर्थक साबित गर्दै...

काठमाडौं। मेक्सिकोमा ७ दशमलव २ म्याग्नेच्युटको शक्तिशाली भूकम्प गएको छ...

वीरगञ्ज ।प्रदेश नम्बर २ को सत्तारुढ दल संघिय...

काठमाडौं । दक्षिण अफ्रिकाविरुद्धको छ वन डे सिरिजमा भारत ५–१...

जनकपुरधाम । प्रदेश नम्बर २ ...

सन्धुली । वीपी राजमार्ग अन्तर्गत सिन्धुलीको...

काठमाडौं । चेल्सी र लेस्टर सिटी इङ्लिस फुटबल प्रतियोगिता एफए...

इलाम : नेपाल राष्ट्रिय शिक्षक संगठनको ११आँै जिल्ला अधिवेशनले प्रकाश...

टुडे समाचारदाताजनकपुरधाम ।प्रदेश नम्बर ...

काठमाडौँ : महामृत्युञ्जय योग केन्द्र, विजयचोक, माइती नेपाल, गौशालाले शुक्रबारदेखि...

भक्तपुर : नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र...

नवलपरासी : नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) दुम्कौलीमा अवस्थित शाश्वतधाममा आयोजित दुई...

भक्तपुर : शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र (मानव अंग प्रत्यारोपण...

बुटवल : पुरानो तथा प्रतिष्ठित तिलोत्तामा गोल्डकपको २०औँ संस्करण फागुन...

काठमाडौँ : जोखिम मानिएका चार जिल्लामा लुकेर रहेका २७०...

मलेखु धादिङ : धादिङबेंसी–तिप्लिङ सडकअन्तर्गत नीलकण्ठ नगरपालिका वडा नं १३...

जीतपुर, कपिलवस्तु : मायादेवी गाउँपालिका–४ पिपराका वडाध्यक्षका छोराको अपहरण...

बर्दिवास : महोत्तरीको बर्दिवासमा आयोजना हुने फरक÷फरक दुई महोत्सव...

सर्लाही ; सर्लाहीमा बागमती सिँचाइ आयोजनाको नहरमा डुबेर...

नेपालका सातवटै प्रदेशले पाए मुख्यमन्त्री ...

लहान, : हुलाकी सडकअन्तर्गत सिरहाखण्डको निर्माण कार्यले तीव्रता पाएको छ...

काठमाडौँ : निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री निवास बालुवाटारबाट...

लहान : सिरहा जिल्लालाई प्रदेश नं २ कै पहिलो खुल्ला...