Sat, 21 Apr 2018
ताजा समाचार
चेन्नई सुपर किङ्स शीर्ष स्थानमा उक्लियो, राजस्थान रोयल्स ६४ रनले || राजपाले वार्षिकोत्सव मनाउँदै || हवाहुरी प्रभावित परिवारलाई राहत || बाम गठबन्धन संघीयता विरोधी || देशभर अझै तीन लाख बालबालिका विद्यालय बाहिर : शिक्षा मन्त्री || भन्सारमा प्रहरीद्वारा लाठी चार्ज जउवा संघका अध्यक्ष पिटिए || प्रदेश २ को नीति आयोगमा बृद्ध झा || फेसबुकबाट सुरु भएको प्रेमको विश्वासमा पर्दा... || दक्षिणी जापानमा ज्वालामुखी विस्फोट || क्यानको निलम्बन फुकुवा हुने सम्भावना बढ्यो, विधान हुबहु पारित || आँप र लिच्चीको उत्पादन बढने || राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सुरु || दुई कर्मचारी घुससहित पक्राउ || हावाहुरीले जनधनको क्षति, विद्युत आपुर्ती ठप्प || पहिलो महिला सिइओ नियुक्त गरेर मेगा बैंकले रच्यो इतिहास || तराईका सशस्त्र समुहहरुलाई वार्तामा आउन आग्रह || सात बर्ष वित्यो दोर्दी खोलामा मोटरेवल पुल बनेन, सम्बन्धित निकायकै || संगीतमा कसरी आए र्‍यापर निर्णय श्रेष्ठ ? मिस नेपाल रोनालीसँग || घाँटी थिचेर श्रीमतीको हत्या प्रयास || बर्नमाउथलाई उसकै मैदानमा हराउँदै म्यानचेस्टर युनाइटेड विजयी || कनेल क्युवाको नयाँ राष्ट्रपति बन्ने, दशकौंपछि क्यास्त्रो परिवार बाहिरिंदै || महोत्तरीमा हावाहुरीले जनधनको क्षति || गाडीको ठक्करबाट एकको मृत्यु || गएरातिको आँधीहुरीमा दुईको मृत्यु || सत्यतथ्य सार्वजनिक गर्न माग || वडाअध्यक्षले इन्जिनियर कुटेपछि नपामा तालाबन्दी || वडा कार्यालयमा नौ दिनदेखि तालाबन्दी || करेन्ट लागेर बालिकाको मृत्य || सिजीको ओमेगा ६ स्मार्टफोन बजारमा || प्रदेशको बजेटले फोरमको पदाधिकारी बैठक प्रभावित हुने || पाँच विधेयक स्वीकृत, ३ लाई सैद्धान्तिक सहमति || रुकुममा औषधिको अभाव, औषधि खरिदमै लापरबाही || धनकुटाको हिलेमा आधुनिक शीत भण्डार निर्माण हुने || सगुनका प्रयोगकर्ता भारतमा एक मिलियन पुगे, चलाउन फेसबुक भन्दा सजिलो || डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीच वार्ता || मुम्बई इन्डियन्सको पहिलो जित, विराट कोहलीको बैंङ्लोर ४६ रनले पराजित || पेट्रोलमा एक, डिजेल र मट्टितेलमा २/२ रुपैयाँ मूल्यवृद्धि || यस वर्षको पुलित्जर पुरस्कार द न्यूयोर्क टाइम्स् र न्यू योर्कर || दिल्ली डेयरडेभिल्सको खराब लय जारी, कोलकातासँग ७१ रनले पराजित || विद्यालय भर्ना अभियान शुरु विद्यालय नआउने शिक्षकलाई कारबाही ||
दुखनीदेवीको दुःख

रासस माघ २७, २०७४

सप्तरी :  बेल्हीचपेना गाउँपालिका– ५ मलेपुरकी दुखनीदेवी मण्डलले तीन वर्षअघि छोरालाई रोजगारीका लागि विदेशमा पठाउँदा अनेक सपना सँगाल्नुभएको थियो ।

 


पैसा कमाउला भन्ने आशले तीन कट्ठा जग्गा स्थानीय साहुकोमा धितो राखेर रु एक लाख ५० हजार ऋण लिई उहाँले छोरालाई मलेसिया पठाउनुभयो । छोरो रोजगारीका लागि मलेसिया उडेपछि कमाउला र आफूलाई पनि बुढेसकालमा आर्थिकरुपमा केही सहज होला भन्ने उहाँको सपना धेरै दिन टिकेन । मलेसियाको केर ग्लोबल फट्युनमा रोजगारीका लागि पुगेको छोरा मनोजकुमार मण्डल २२ दिनपछि बिरामी भएर नेपाल फर्किए ।

मलेसियामा नौलो परिवेश, समाज र वातावरणमा काम गर्दा उहाँको छोरामा कडा मानसिक समस्या देखाप¥यो । सोही कारण कम्पनीले उहाँलाई नेपाल फिर्ता पठाइदियो । तीन वर्षअघि त्यहाँबाट शुरु भएको दुखनीदेवीको दुःखका दिन अझै सकिएका छैनन् । छोरो पठाउँदा तीन कट्ठा जग्गा धितोमा राखेर स्थानीय खुरहुरीयाका विरजा यादवसँग लिएको रु एक लाख ५५ हजार ऋणले उहाँलाई अझै सताइरहेको छ ।

सो ऋणको ब्याज बढेर अहिले रु चार लाख पाँच हजार पुगेको छ । सोही चक्रिय ब्याजले उहाँलाई थला पारेको छ । उहाँले भन्नभयो, “आम्दानीको स्रोत केही छैन, कमाउने छोरा नै बिरामी भयो, कसरी ऋण तिर्ने ?” श्रीमान् र आफूलाई बुढेसकाल लागेकाले खासै काम गर्न नसके पनि कहिलेकाहीँ मजदुरी र खेती किसानी गरेर केही रकम जम्मा गर्ने गरेको उहाँले बताउनुभयो ।

छोरोे फर्किएर आएको धेरै समयपछि एजेण्टले मलेसिया जाँदा लागेको पैसा फिर्ता ग¥यो । एजेण्टले रकम दिएपछि शुरुमा रु दुई लाख साहुलाई तिर्नुभयो । गत वैशाखमा र कात्तिकमा रु ५०÷५० हजार तिर्नुभयो । अब तिर्न बाँकी रु एक लाख पाँच हजार छ । धितो राखेको जग्गा अझै फिर्ता भएको छैन । रु एक लाख ५५ हजार ऋण लिए पनि साहुले रु तीन लाख ऋण लिएको कागज गराएको पीडित दुखनीदेवीको भनाइ छ ।

मण्डलको तीन वर्षको नातिनी हुनुहुन्छ । मानसिक समस्याका कारण छोराले बुहारीलाई दुःख दिने गरेपछि उहाँ धेरैजसो माइतमै बस्ने गरेको दुखनदेवी बताउनुहुनछ । “नातिनीलाई पढाउने व्यवस्था गर्नसके हुन्थ्यो,” उहाँले भन्नुभयो, “छोरो त निको हुने कहिले हो कहिले, कम्तीमा नातिनीलाई राम्ररी पढाउन पाए हुन्थ्यो ।”

दुखनी देवी त प्रतिनिधि पात्र मात्रै हुनुहुन्छ । जिल्लाबाट वैदेशिक रोजगारीमा जाने अधिकांशले गाउँकै साहु, महाजन र पण्डितसँग चर्को ब्याजमा ऋण लिएर जाने गरेका छन् । रकम दिनेले कागज गर्दा ब्याज नलेखी पहिले नै लिएको रकमभन्दा दोब्बरको कागज गर्ने गरेका छन् । रु एक लाख ऋण लिए ब्याज पहिला नै जोडेर रु दुई लाखको कागज गर्ने परम्परा यहाँका लागि सामान्य भइसकेको छ ।

स्थानीय प्रहरी प्रशासन यसबारे जानकार रहेपनि यस्ता विकृति हटाउन खासै पहल गरेको देखिँदैन । वित्तीय साक्षरताको अभाव, बैंकबाट ऋण लिन झण्झट मान्ने र बैंक तथा वित्तीय संस्थाले पनि सहजै ऋण नदिने भएकाले यस्तो प्रवृत्ति बढेको हो । यसलाई हटाउन वित्तीय साक्षरता कार्यक्रमका साथै चर्को ब्याजमा नक्कली कागज गर्ने प्रवृत्तिविरुद्ध स्थानीय प्रहरी प्रशासनले कदम चाल्न आवश्यक रहेको सरोकार भएकाहरु बताउँछन् ।

Comment Box

काठमाडौं । इन्डियन्स प्रिमियर लिग आइपिएल क्रिकेटमा गएराति भएको खेलमा...

जनकपुरधाम । राष्ट्रिय जनता पार्टी(राजपा) नेपालले शुक्रबार ...

जनकपुरधाम । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्वगृहमन्त्री विमलेन्द्र निधिले...

कलैया । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षामा...

प्रदेश नम्बर २ मा हाल सम्म ३ जनाको राजनीतिक नियुक्ती...

काठमाडौं । दुई वर्षसम्मको फेसबुक र फोनमा परेको ‘लभ’...

टोकियोे । जापानको दक्षिणीे हिमालयन क्षेत्रमा बिहीबार ज्वालामुखी विस्फोट भएको...

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को विधान निर्वाचित क्यानले हुबहु...

मलगंवा । हावाहुरीले क्षति नगरे सर्लाहीमा...

गौशाला । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र जलेश्वरमा कार्यरत प्रविधिज्ञद्वय...

जनकपुरधाम । मेगा बैंक नेपाल ...

लमजुङ । लमजुङको दोर्दीखोलामा निर्माण सुरु भएको ७ बर्षसम्म मोटरेवल...

काठमाडौं । र्‍याप र पप संगीतको दुनियामा निर्णय श्रेष्ठलाई नचिन्ने...

विराटनगर । मोरङको पथरी–शनिश्चरे नगरपालिका–३ बस्ने ज्ञान बहादुर वर्देवाले...

काठमाडौं । इङ्गलिस प्रिमियर लिग फुटबल प्रतियोगिताअन्तर्गत गएराति भएको खेलमा...

काठमाडौं । क्युवाको नयाँ राष्ट्रपति मिगेल डियाज कनेल बन्ने भएका...

बर्दिवास : महोत्तरी जिल्लामा मंगलबार साँझको हावाहुरीले जनधनको क्षति गरेको...

दाङ : गाडीको ठक्करबाट दाङमा एकजनाको ज्यान गएको छ...

गौशाला : गएराति महोत्तरी जिल्लामा आएको भीषण आँधीहुरीमा परी दुईजनाको...

जनकपुरधाम । नेपाली काँग्रेस धनुषाले रुपेश भन्ने लोकेश कुमार यादवको...

गौर । रौतहट जिल्लाको यमुनामाई गाउँपालिका वड़ा नम्बर २ भेडि़याहीमा...

जनकपुरधाम । प्रदेश नम्बर २ को सरकारले सदनमा बजेट प्रस्तुत...

जनकपुरधाम । प्रदेश नं. २को मन्त्री परिषदले मंगलवार पाँच वटा...

रुकुम । रुकुम पश्चिमका स्वास्थ्य संस्थाहरुमा औषधि अभाव भएको छ...

धनकुटा । पूर्वको व्यापारिक केन्द्र धनकुटाको हिलेमा आधुनिक शीत भण्डार...

काठमाडौं । सगुनले बिस्तारै बिश्व बजारमा आफ्नो उपस्थिति देखाउदै...

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता...

काठमाडौं । मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको...

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ...

काठमाडौं । यस वर्षको पुलित्जर पुरस्कार हलिउड फिल्म निर्माता हार्वी...

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपिएल क्रिकेटमा दिल्ली डेयरडेभिल्सको...