संसदीय कार्य सञ्चालन नियमावली मुख्य एजेण्डा
-
टुडे समाचारदाता
माघ २९, २०७४
मर्यादा पालकहरु दाउरा सुरुवालमा रहने, सांसदहरु आफू खुशी ड्र्ेसमा
जनकपुरधाम । प्रदेश नम्बर २ को सोमवार बस्ने दोस्रो बैठकसंगै सभामुखको चुनाव प्रकृया प्रारम्भ हुनेछ । प्रदेश सभाको बैठक बस्नु अघि बिहान कार्य व्यवस्था परामर्श समितिको बैठक बस्ने बताईएको छ ।परामर्श समितिको बैठकले कार्य सञ्चालन नियमावली पारित गरेपछि संसदमा पारितका लागि पेश गरिनेछ ।अहिले अन्तरिक कार्य व्यवस्था नियमावलीबाट बैठक सञ्चालन भईरहेको छ ।यस अघिको बैठकमा मस्यौदा पेश गरिएपनि पारित हुन सकेन । दोस्रो बैठकले नियमावली पारित गर्नुका साथै सभामुख र उपसभामुख चयनको प्रकृयालाई अगाडी बढाने छ ।सभामुखको चुनाव फागुन २ गते र उपसभामुखको चुनाव ४ गते तोकिएको छ । परामर्श समितिले नियमावली पारित गरेपछि दिउंसो बस्ने प्रदेश सभाको बैठकले त्यसलाई पारित गर्ने कार्य सुची छ ।मर्यादा पालकको ड्र्रेस र सांसदहरुको ड्र्ेसको विषयमा पनि परामर्श समितिमा छलफल हुनेछ । धनुषाका प्रहरी उपरीक्षक चक्रबहादु सिंहका अनुसार सोमवारको बैठकमा पुरुष मर्यादापालकहरुले दाउरा सुरुवाल र महिला मर्यादापालकहरुले साडी चोलो लगाउने छनसंघिय समाजवादी फोरम र राष्ट्र्यि ् ।पहिलो बैठकमा मर्यादापालकहरुले आफू खुसी ड्र्ेस लगाएका थिए ।ड्र्ेसमा एक रुपता नभएपछि खल्लो देखिएको टिप्पणी गरिएको थियो ।प्रहरी उपरीक्षक सिंहका अनुसार प्रहरी प्रधान कार्यालयबाट दाउरा सुरुवाल र साडी चोलोमा मर्यादापालक रहने निर्देशन आएको छ । तर प्रदेश सांसदहरुले पुरुष मर्यादा पालकहरुलाई सफारी सुटमा र महिलाहरुलाई साडी चोलो डजनता पार्टी नेपालका शीर्ष ड्र्रेस निर्धारण गर्नुपर्ने बताउँदै आएका छन ।नेताहरुबीच भएको सहमति अनुसार राजपाले सभामुख पाएको छ ।राजपाको तर्फबाट सभामुखका लागि उम्मेदवारी दिईने छ ।तर राजपाका नेताहरुले भने कसले उम्मेदवारी दिने त्यो टुंगो लगाई सकेको छैन ।उपसभामुख फोरमको भागमा परेको छ ।उपसभामुखको चुनावका लागि फागुन ४ गते तिथि तोकिने छ । प्रदेश सभाको पहिलो बैठकमा आठ जनाले बोलेका थिए ।तर दोस्रो बैठकमा नियमावलीमाथि दफावार छलफल हुने भएकाले नाम लेखाएर सांसदहरुले बोल्न पाउने छन । प्रदेश सभाको दोस्रो बैठक हुने पूर्ब सन्ध्या सम्म फोरम नेपाल र नेपाली कांग्रेस बाहेकका दलहरुले संसदीय दलको नेता छान्न सकेका छैनन ।संंसदीय दलको नेता र सचेतकको चयन नभए सम्म बैठक सञ्चालनमा कठिनाई हुने छ ।कार्य व्यवस्था परामर्श समितिमा छलफलका लागि मुख्यत नियमावली मस्यौदा र सभामुखको चयन विधि लगायतका विषयहरुमा छलफल हुने प्रदेश सभाका सचिव वंशीराज पौडेलले जनाए ।उनले मर्यादापालकहरुको ड्र्ेस प्रदेश सभाले निर्णय गरे बमोजिम हुने भएपनि तत्कालका लागि माथिल्लो निर्देशन अनुसार दाउरा सुरुवाल र साडी चोलो रहने भएको उनले पुष्टि गरे । अन्य ६ वटा प्रदेशमा मर्यादापालकहरुले दाउरा सुरुवाल लगाएका थिए ।प्रदेश सभाको बैठक व्यवस्थित रुपमा सञ्चालन नभए सम्म केहि कठिनाईहरु रही रहने सचिव पौडेलले जनाए । सदन सञ्चालन र अन्य कार्यहरुका लागि चाहिने आवश्यक कर्मचारीहरु आई नसकेको उनले जनाए । परामर्श समितिमा रहेका केहि सांंसदहरुले विहानको बैठकलाइ सार्न टेलिफोन गरेको स्रोतहरुले जनाए ।बैठक बिहान ८ बजे भनिएपनि ९ बजे बस्ने संभावना छ । सांसदहरुलाई मस्यौदा उपलब्ध गराईसकेकोले बढी समय नलाग्ने सचिव पौडेलको कथन छ ।फागुनको पहिलो हप्तामै मुख्यमन्त्रीको चयन समेत हुने भएको छ ।मुख्यमन्त्री फोरम संसदीय दलका नेता मो.लालबाबु राउत गद्दी हुने निश्चित छ ।राजपा र फोरमको प्रदेश सभामा बहुमत छ । प्रदेश सभाको बैठक चलिरहेकै बेला सभामुख निर्वाचनको कार्यतालिका प्रकाशन हुने सचिव पौडेलले जनाए । सभामुख निर्विरोध नै हुने बलियो संभावना छ ।१ सय ७ सदस्यीय प्रदेश सभामा फोरम र राजपाको ५४ सदस्य छन ।संघिय समाजवादी पार्टीले पनि उसलाई समर्थन गर्ने जनाएको छ ।
Comment Box
जनकपुरधाम । प्रदेश २ का समाजिक विकास मन्त्री नवल किशोर...
बीरगंज : रास्ट्रलाई सक्षम,समर्थ एवं समृद बनाउने उद्देश्यका साथ नेपालमा...
वीरगंज । वीरगंज महानगरपालीका वडा नम्बर १६ स्थीत नेपाल...
काठमाडौंः कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया निर्मला पन्तका बुबाआमाले लामो...
जनकपुरधाम । भारतीय वाणिज्य दूतावास वीरगञ्जको आयोजनमा शुक्रवार राती जनकपुरधाममा...
जिल्ला महोत्तरी औरही नगरपालिका-४ रेडक्रस टोल नजिकै जंगली जनावर...
महोत्तरी । जिल्ला महोत्तरी औरही नगरपालिका-९ स्थित ईनर्वा टोल नजिक...
कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरपाकिला –२ कि १३ वर्षीया किसोरी निर्मला...
बीबीसी । बुधबार भारतको मध्यप्रदेशको मुरैना जिल्लामा एक व्यक्तिले श्रीमतीको...
गौर: रौतहटको चन्द्रनिगाहपुरमा हुने अनर्तराष्ट्रिय कराँते प्रतियोगितामा सहभागिहुने आयोजक टिमका...
गौर : निर्माणाधीन पुलको कामनै बन्द गरेर हिंडेको पप्पु कन्स्ट्रक्सनले...
रौतहटमा विभिन्न कार्यक्रम गरी विश्व मात्रृ भाषा दिवस मनाइएका छन...
गौरको ऐतिहासिक मैदानको रुपमा रहेको गौर राईस मिलको जग्गा...
काठमाण्डु । नेपाली काँग्रेस भित्रको गुटबन्दी सतहमा आएको छ ।...
मलंगवा । विवाहमा चर्को आवाज गर्ने डी जे रथ सर्लाहीको...
राष्ट्रपति विद्यादेवी भण्डारीले छोरी शिक्षाको लागी प्रदेश २ सरकारले...
गुलरिया नगरपालिका–१२ मा बर्थिङ सेन्टर स्थापना भएको छ ।
सो...
वीरगन्ज महानगरपालिका नगर प्रमुख विजय कुमार सरावगीले कृषि...
मलंगवा । सर्लाहीको कौडेना गाउँपालिका-३ फुलपरासीमा हुन लागेको श्री...
रन्जन यादव : प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसका सभापती...
महोत्तरीको गौशाला उद्योग वाणिज्य संघको नेतृत्वमा रामराजाप्रसाद साहका प्यानल विजयी...
गौशाला । मोटरसाईकल चोरी गरेको आरोपमा पक्राउ परेका ३...
जनकपुरधाम । धनुषा जिल्लाको विदेह नगरपालिका वडा नम्बर ३ कर्माही...
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वीपी र जीपी बाहेकका कोईरालाहरुको...
नाममा के छ र ? धेरैले भन्ने गरेको र सुनिएको...
सिरहा जिल्लाको धनगढीमाई नगरपालिका र गोलबजार नगरपालिकामा छुट्टाछुट्टै दुई बालिका...
जनकपुरधाम । जनकपुर–जलेश्वर सडख मण्डबाट प्रहरीले चेकजाँचको क्रममा लागुऔषधसहित तीन...
सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाइदिने नाममा ५ लाख ठगी...
जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिकामा महिला हिंसा न्युनिकरणमा सरोकारवालाहरुको...
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ ले नेपाल...
धनुषाको मिथिला नगरपालिका ३ हरिहरपुर टोलकी एक ११ वर्षिया...
साना किसान कृषि सहकारी संस्था लिमिटेड दिगम्बरपुरको १६ औं...
महोत्तरी । निल गाई मारेको आरोपमा महोत्तरीमा १ जना पक्राउ...
जनकपुरधाम । प्रहरीले बलात्कार अभियोगमा एकजना भारतीय नागरिकलाइ पक्राउ गरेको...
सुरक्षाफौजले गत हप्ता पुलवामामा भएको आत्मघाती आक्रमणको प्रमुख योजनाकार मानिएका...
धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नम्बर ३ हरिहरपुरमा गत...
बैतडी : करेन्ट लागेर बैतडीमा आज बिहान एक विद्युत् कर्मचारीको...
जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ६९ औं...
चितवन : भरतपुर महानगरपालिका–२३ मा सोमबार राति कारको ठक्करबाट एकको...
सुर्खेत : कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी...