Sun, 24 Jun 2018
ताजा समाचार
आदिवासी जनजाति चलचित्र महोत्सव हुने || जहदा गाउँपालिकाको रु ४२ करोडको बजेट || विराटनगर महानगरको बजेट न्यून, जनतामा निराशा || बुइपामा पहाडी जिल्लाकै सबैभन्दा ठूलो खेलमैदान निर्माण हुँदै || वीरगन्ज महानगरको बजेट चार अर्ब ९४ करोड || शैक्षिक सुधारका माग राख्दै विद्यार्थीद्वारा आन्दोलन || राष्ट्रिय सभा अध्यक्षबाट सरकारको ध्यानाकर्षण || अधिकार र स्रोत विकेन्द्रित नगरेसम्म संघीयता कार्यान्वयन हुँदैनः सभामुख || चीनमा वातावरणमैत्री रेलसेवा तीव्र विस्तार || दुई साताभित्र जनवर्गीय संगठनबीच एकताः नेता नेपाल || करेन्ट लागेर मृत्यु || सुखीपुर नगपालिकाद्वारा रु ४४ करोड बजेट पारित || मोेटरसाइकल दुर्घटनामा चालकको मृत्यु || ४ करोड बढि लिएर गोयन्का वेपत्ता || एसईईको नतिजा सार्वजनिक || दुबै पक्षका कम्युनिष्टको विचार समान हुनुपर्छ : मुख्यमन्त्री गुरुङ || प्रतिवर्ष १९ अर्बको खाद्यान्न आयात || आइसिपीको मुख्य भवनमा चुहिन थाल्यो || स्वास्थ्य चौकी हस्तान्तरण || शेयर बजार : एक अर्ब भन्दा बढीको कारोबार || सिरहाको ठाडी वाट तेस्रो मुलुकको उत्पादन भारत निकास || अख्तियार चन्द्र मावि सिरहामा || खुकुरी प्रहार गरी हत्या प्रयास || प्रदेश प्रहरी ऐनसँगै निजामति र प्राविधिक ऐन ल्याउने तयारी : || एसईईको नतिजा सार्वजनिक हुदै || प्रदेश नं ४मा प्रादेशिक विवि र प्राविधिक महाविद्यालय स्थापना गर्न || सामाजिक सञ्जालमा जथाभावी पोष्ट नगर्न आग्रह || चालू आवको २३ प्रतिशत बजेट खर्च || नागरिकता र राहदानीको समस्या समाधान गरिदिन ल्हासाका नेपालीहरुको आग्रह || हात्ती प्रभावितलाई नगद सहयोग || बाल विवाह विरुद्ध जनचेतना मुलक कार्यक्रम || अन्तराष्ट्रिय योग दिवस मनाइयो || सबै समुदायमा महिला हिंसा || योगले सकारात्मक सोचको विकास हुन्छ : प्रमुख कायस्थ || अवैध मदिरा बनाउने समान बरामद || सर्लाही कारागारको निर्माण कार्य सुरु भएन || अधिकांश स्थानीय तहको बजेट फ्रिज हुने || करेन्ट लागेर एकको मृत्यु || उद्यमशीलता सम्वन्धी तालिम सम्पन्न || केरियर केयरद्वारा सञ्चालक सम्मान ||
कापी कलम किन्न लालीगुराँस बेच्दै बालबालिका

रासस फाल्गुन २१, २०७४

कुलेखानी । मकवानपुरको कुलेखानीस्थित सुगौराकी सोनी तामाङ फाखेलको कालिका सेकेन्डरी स्कूलमा कक्षा २ मा पढ्छिन् ।गाउँमा तीन कक्षा पढेर उनी फाखेलमा दुईमा भर्ना भएकी हुन् । काठमाडौँ–हेटौँडा सडकखण्डअन्तर्गत कुलेखानी नजिकै सडक छेउमा उनको एक डोका लालीगुराँस छ । हातमा लालीगुराँस बोकेर ओहोरदोहोर भएका गाडीतिर दौडँदै थिइन् सोनी । कति गाडीका यात्रुले गुराँस किनेर लग्थे भने कतिले वास्तै गर्दैनथे । हरेक शनिवार उनको दैनिकी यसैगरी बित्दै आएको छ, अचेल । स्कूल समय बाहेक फुर्सदमा जंगल गएर लालीगुराँस टिप्ने अनि शनिवार सडकमा आएर बेच्ने सोनी र उनका दौंतरीहरूको दैनिकी बनेको छ । हरेक शनिवार सडकमा समूह समूहमा लालीगुराँस बेच्ने बालबालिकाको भीड नै लाग्छ । हिजो शनिबार पनि सडकमा गुड्ने गाडीलाई लालीगुराँसका लोभलाग्दा थुंगा देखाउँदै ।।।लालीगुराँस लिनुस्, लालीगुराँस लिनुस्,’ भन्दै गरेका एक हूल बालबालिका भेटिए । सोनीसँग रोजिना बल, जेनिसा घिसिङ, विमला घ्यावा, अशोक घिसिङ र कर्साङ बल थिए । पल्लो डाँडामा बालबालिकाको अर्काे समूह देखिन्थ्यो । उनीहरू गुराँस बेच्न गाडी कुरेर बसेका थिए । उनीहरू ७ देखि १५ वर्षसम्मका हुन् ।उनीहरूमध्ये केहीले गुराँस बेचेको पैसाबाट पढाइ खर्चको जोहो गर्ने र केहीले आमाबुबालाई पैसा दिने गरेको बताए । सोनीले भनिन् – ।।।दिनमा रु २००÷३०० सम्म गुराँस बेच्छु ।’ त्यो पैसा के गर्ने हो भन्ने प्रश्नको जवाफमा तिनले भनिन् – ।।।त्यो पैसाले कापी कलम किन्ने ।’ । एक थुंगा लालीगुराँसको उनीहरू रु १० देखि २० रुपैयाँसम्ममा बिकाउँछन् ।कसैले राम्रै पैसा दिएर लैजाने गरेको र कसैले वास्तै नगर्ने गरेको उनीहरू बताउँछन् । कसैले गुराँस नकिनी उल्टै १०÷२० रुपैयाँ सहयोग दिएर जाने गरेको पनि उनीहरूको अनुभव छ । एक÷दुई कक्षामा पढ्ने ती बालबालिका हरेक शनिवार यहाँ लालीगुराँस बेचिरहेका भेटिन्छन् । जंगलमा फुलेको गुराँस टिपेर उनीहरू आफ्नै लागि र घरका लागि केही रकम जोहो गरिरहेका छन् । जेनिसा बल भन्छिन् – ।।।कमाएको पैसा घरमा आमालाई लगेर दिने हो ।’ चितवन भरतपुरका गणेश गिरीले उनीहरूले लालीगुराँस बेच्दै गरेको देखेपछि गाडी रोक्नुभयो । केहीबेर उनीहरूसँग बिताउनुभयो । ती बालबालिकामध्ये धेरैले गुराँस बेचेको पैसाले कापी कलम किन्ने बताए भने केहीले घरमा बुबाआमालाई दिने गरेको जवाफ दिए । त्यसपछि उहाँले सबै बालबालिकालाई रु १० का दरले पैसा दिनुभयो ।।।।ल, लालीगुराँस लानुस्,’ जेनिसाले भनिन् । ।।।हैन, तिमीहरू नै राख, अर्काे गाडीलाई बेच है ।’ त्यति भनेर गिरी आफ्नो गन्तव्यतर्फ लाग्नुभयो ।मोटरसाइकल हुइँक्किएर आउँछ । उनीहरू कुदेर नजिक पुग्छन् । रोकिहाले भने गुराँस लिनुस् भन्छन् । नरोके फेरि अर्काे गाडी भएतिर कुद्छन् । भरसक गुराँस बेच्ने ध्याउन्नमा रहन्छन् । पल्लो डाँडाबाट गाडी आएको देखेपछि उनीहरू गुराँस बेच्न तम्तयार हुन्छन् । अनि, गाडी नजिक पुग्छन् र गुराँसको थुंगा अगाडि बढाउँछन् । नयाँ मान्छेको अघिल्तिर उनीहरू लजाउँदै बोल्दै थिए । शनिबार एक दिन मात्र उनीहरू यसरी सडकमा आएर गुराँस बेच्छन् अरू दिन विद्यालय जान्छन् । कक्षा २ मा पढ्ने विमला घ्यावा पढाई खर्चकै लागि गुराँस बेच्न आएको बताइन् । मकवानपुरको कुलेखानी, देउराली, चिसापानीगढी, फाखेललगायतका ठाउँमा हरेक शनिवार लालीगुराँस बेच्ने उत्साही बालबालिकालाई यात्रुहरूले देख्न र भेट्न सक्छन् ।

Comment Box

काठमाडौँ : बहुभाषिक तथा बहुसाँस्कृतिक मुलुक नेपालको पहिचानलाई प्रवद्र्धन...

विराटनगर : मोरङका दक्षिण पूर्वी गाउँपालिका जहदाले आगामी आर्थिक...

विराटनगर : सरकारले गत जेठ १५ गते सार्वजनिक गरेको...

खोटाङ : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा पूर्वी पहाडी जिल्लाकै...

पर्सा : वीरगन्ज महानगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ का लागि...

काठमाडौँ : साना आठ विद्यार्थी संगठनले शैक्षिक सुधारका माग...

काठमाडौँ : राष्ट्रियसभाका अध्यक्षले विशेष समयमा सांसदले उठान गर्नुभएका...

चितवन : सभामुख कृष्णबहादुर महराले अधिकार र स्रोतलाई विकेन्द्रित...

छेन्दु, सिचुवान : काठमाडौँमा रेलसेवाको सम्पर्क सञ्जाल जोड्ने चर्चा...

चितवन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता...

चितवन : भरतपुर महानगरपालिका– ११ मा आज करेन्ट लागेर...

लहान : सिरहा सुखीपुर नगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ का...

राजविराज : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको सीतापुरमा आज मोटरसाइकल...

जनकपुरधाम । बीरगञ्जबाट व्यवसायी ...

भक्तपुर : २०७४ सालमा भएको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा...

बेँशीसहर, लमजुङ : प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा...

काठमाडौँ : कृषिको परनिर्भरता उच्च बिन्दुमा पुगेपछि यसप्रति सर्वत्र...

पर्सा : वीरगन्जको अलौँमा निर्माण भएको एकीकृत चेकजाँच चौकी...

दाङ : दाङ देउखुरीस्थित गढवा स्वास्थ्य चौकीको भवन निर्माण सम्पन्न...

काठमाडौँ : धितोपत्र बजारमा यस साता रु एक अर्ब...

सिरहा । तेस्रो मुलुकको मालसमान तथा उत्पादन निर्यात गर्न कानुनी...

लहान । अख्तियार दुरुपयोग अनुसन्धान कार्याल ईटहरीले भ्रष्टाचार नियन्त्रणमा विद्यार्थीहरुको...

वीरगञ्ज : प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले...

काठमाडौं - २०७४ सालमा भएको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा...

काठमाडौँ । प्रदेश नं ४ मा प्रादेशिक विश्वविद्यालय र प्राविधिक...

काठमाडाँै : प्रेस काउन्सिल नेपालले सामाजिक सञ्जालमार्फत जथाभावी अशिष्ट...

धनगढी : प्रदेश नं ७ को प्रदेश सरकारले चालू...

ल्हासा, चीन : चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेका नेपालीले...

जनकपुरधाम । धनुषाको धनौजी गाँउपालिकामा दुई दिने बाल विवाह विरुद्ध...

जनकपुरधाम । चौथो अन्तराष्ट्रिय योग दिवस जनकपुरसहित विश्वभरि...

लहान । सिरहा जिल्लाको विष्णुपुर ...

जनकपुरधाम । नेपाल समृद्ध बनाउन सबै नेपाली स्वस्थ हुनुपर्ने र...

जनकपुरधाम । धनुषा जिल्लाको विभिन्न स्थानहरुबाट अवैध मदिरा र बनाउन...

मलगंवा । जिल्ला कारागार सर्लाहीको भवन निर्माणकार्य...