Wed, 21 Nov 2018
ताजा समाचार
विपन्न परिवारलाई जस्तापाता वितरण || नेकपाद्वारा मलंगवामा विरोध प्रदर्शन || महोत्तरीमा भीषण डकैती || सुडी समाजमा विवाद || देवरले भाउजु कुटे, घरमा आगजनी || अध्यक्ष सिंहको दादागिरी, निर्दोष चालकलाई थुनाए || बुधबार सार्वजनिक बिदा || कृषियोग्य जमीनको करमा ८० प्रतिशत छुट || विद्यार्थीले बनाए रोबोट || सात लाखको लुटपाट, पाँच जना घाइते || सडक डिभिजनको मनपरी || रंगशाला स्थलको निरीक्षण || हत्याका अभियुक्त बाबा रामपालको पक्षमा प्रदर्शन || मन्त्री यादबद्धारा ‘दिल के बात’ विमोचन || कर अधिकृत सेवाग्राही सँग || चुनावको वाचा पुरा गर्छुः नेता यादव || अयोध्याबाट बस सेवा सुरु || ४० दिनपछि प्रदेश सभा बैठक बस्दै || अढाई अर्व बढीको जग्गा किर्ते गर्ने पक्राउ || प्रदेशको नामाकरणमा काँग्रेस भित्र विवाद || शैक्षिक महाअभियानमा जुट्न शिक्षामन्त्रीको आग्रह || बलात्कारका आरोपित पक्राउ || डोनाल्ड ट्रम्पले पत्रकार खशोग्जीको हत्याको टेप सुन्नै नसक्ने ! || थ्रीस्टार सामू ब्रिगेड ब्वाइज निरीह, पुलिस र मच्छिन्द्रको बराबरी || कोबिनि हस्पिटालटी सुरु || सभापति माथिको अविश्वासको प्रस्ताव खारेज || निःशुल्क स्वास्थ्य शिविर || सामुदायिक कृषि सहकारीको साधारणसभा सम्पन्न || योगीलाई राउतले स्वागत गर्ने, सम्मानमा भण्डारा || बलात्कारीलाई पक्राउ गर्न प्रहरी उदासिन || मुख्यमन्त्री योगी भ्रमणको तयारी प्रारम्भ || स्वास्थ्य पर्यटक भित्र्याउने तयारी || आधुनिकीकरण व्यवसायीकरणमा जोड || धनुषा प्रहरीले पीडकलाई संरक्षण दिएको आरोप || एसईई उत्कृष्ट शिक्षा २०७५ पुरस्कारबाट सम्मानित || बलेरीे वनबाट काठ चोरी || दुई जनामाथि मुद्दा दर्ता || घरेलु मदिरा बिक्रिमा महिलाको संलग्नता बढ्दो || उद्योगको लागि जग्गा निरीक्षण || आखा अस्पताल जिल्लाको धरोहर ,राज्य मंत्री यादव ||
मिथिलाञ्चलमा चैती छठ मनाइँदै

सुरेन्द्र सिंह चैत्र ९, २०७४

जनकपुरधाम । मिथिलावासीको महान चाड पर्व चैती छठ जनकपुरसहित मिथिलाञ्चल क्षेत्रमा धुमधामसाथ मनाइँदैछ ।
चार दिनसम्म विभिन्न विधिहरु गर्दै मनाइने चैती छठको तेस्रो दिन आज धनुषाको जनकपुर लगायत  महोत्तरी,सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्साका जिल्लाहरुमा जलाशयमा अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गरिँदैछ ।
चैती छठलाई लिएर जनकपुरको गंगा सागर, धनुष सागर, अरगज्जा सर सहितका पोखरीहरुलाई भव्य रुपमा सज्जाएको छ । स्थानीय युवा क्लबहरुले पोखरीको सजाउने कार्यमा सहभागी भएका छन् । छठमा केरा, भुसबा, ठकुवा, नरिवल, उखुसहित विभिन्न फलफुल लिएर भक्तजनहरुले पानीमा उभिएर सूर्यलाई अर्घ दिने गर्छन् । दिनभरि व्रत बसेर छठका व्रतालु महिला तथा पुरुषहरु साँझमा खरनाको अवसरमा कुल देवताको पूजा गर्ने गर्छन् । खरनाको दिनमा गुडको खिर र केरा प्रसादको रुपमा चढाउने गरिन्छ ।
चैती छठ पर्व महोत्तरीको जलेश्वर, मटिहानी, सुगा, गौशाला, पिपरा, सम्सी, बर्दिवासलगायत अन्य सहरी एवं ग्रामीण क्षेत्रमा रहेको विभिन्न पोखरी, तलाउ तथा जिल्लाको प्रसिद्ध नदी बिग्ही, रातो मरहा, जंगहा, अंकुसी नदी तथा नहरको किनारमा धार्मिक विधिपूर्वक मनाइँदै छ ।
मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक मनाइने चैती छठका व्रतालु आज निराहार कठोर व्रत गरिरहेका छन् । गत बुधबार चैत शुक्ल चौथीका दिन पवित्र स्नान गरेर ‘नहाय खाय’ विधिबाट व्रतालुले यसपालिको चैती छठ पर्वको संकल्प गरेका थिए ।
व्रतालुले बिहीबार पञ्चमी तिथिमा दिनभर निराहार व्रत बसेर राति सख्खरमा पकाइएको अलिनो खिर इष्टदेवतालाई चढाएर प्रसादस्वरुप खाएर ‘खरना’ विधि सम्पन्न गरेका छन् । यस पर्वमा षष्ठी तिथिका दिन निराहार व्रत बसेर साँझ अस्ताउँदो सूर्यलाई ठकुवा, भुसुवासहितका मिष्टान्न परिकार र फलपूmल देखाएर अघ्र्य दिइन्छ । यसलाई ‘सझुका अरख’ भन्ने गरिन्छ ।
वर्षमा शारदीय र वासन्ती गरी दुई पटक छठ मनाइने परम्परा छ । एक दशकअघिसम्म चैती छठको त्यति प्रचलन नभए पनि केही वर्षयता यो पर्व मनाउने परम्परा बढेको छ । कात्तिक शुक्लपक्षको चौथीदेखि सप्तमीसम्म मनाइने छठलाई शारदीय र चैत शुक्लपक्षको चौथीदेखि सप्तमीसम्म मनाइने छठलाई चैती छठ भन्ने गरिएको छ ।

दुवै व्रतका व्रत विधि र पर्व सामग्री भने समान छन् । सूर्यको उपासना गरिने यो पर्व मिथिला लोकसंस्कृतिको प्रतीक मानिन्छ । यस व्रतको प्रभावले सुख, सन्तोष प्राप्त हुने र मनवाञ्छित फल पाइने जनविश्वास रहँदै आएको छ ।

 

Comment Box

सिरहा : कर्जन्हा नगरपालिका–६ वडा भित्रका आर्थिकरुपले विपन्न परिवारलाई...

मलंगवा । नेपाली काँग्रेसले आफ्नो कार्यकर्तालाई फसाएको भन्दै नेपाल कम्युनिष्ट...

जलेश्वर । महोत्तरी जिल्लाको सोनमा गाउँपालिकाको वडा नम्बर ३ खखनामा...

जनकपुरधाम ।सुडी समाज कल्याण समिति जनकपुरधाममा विवाद भएको छ ।समितिको...

जनकपुरधाम । धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिकाको वडा नम्बर २...

जनकपुरधाम । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शालीग्राम सिंहले...

जनकपुरधाम : मुस्लिम धर्मावलम्बीहरुको विशेष पर्वको रुपमा मनाइने मोहम्मद...

परासी : पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले कृषियोग्य जमीनमा लगाउँदै...

भद्रपुर : झापाको बिर्तामोडस्थित बाल्मिकी एजुकेसन फाउण्डेशनका विद्यार्थीले रोबोट,...

गौशाला : महोत्तरी जिल्लाको सोनमा गाउँपालिका– ३ खखनाको ३...

चन्द्रपुर : रौतहटको चन्द्रनिगाहपुर पुर्व पश्चिम राजमार्गमा चल्ने सवारीसाधनले...

जनकपुरधाम । संघीय सरकारका यूवा तथा खेलकुद मन्त्री ...

जनकपुरधाम : हत्या अभियोगमा अदालतले जन्मकैद सजाय सुनाएपछि जेल...

जनकपुरधाम : अरुणकान्तद्धारा अभिनित भिडियो गीत ‘दिल के बात’ विश्वकै...

जीतपुर : कर तिर्ने सेवाग्राहीको जिज्ञासा र समस्या बुझन ...

सिरहा । सिरहाको कर्जन्हा नगरपालिका वासी संग चुनाको वेला वाचा...

जनकपुरधाम । अयोध्याबाट नियमित रुपमा बस सेवा सञ्चालन भएको छ...

जनकपुरधाम । प्रदेश सभाको चालु अधिवेशनको बैठक ४० दिनपछि मंसिर...

जनकपुरधाम । गुठी संस्थानको नाममा रहेको साढे दुई बिघा...

जनकपुरधाम । प्रदेश २ को नामाकरणको विषयमा नेपाली काँग्रेस भित्र...

बर्दिवास : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उत्पादनमूलक...

सप्तरी : सप्तरीकी १५ वर्षीया एक बालिकालाई बलात्कार गरेको...

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियाका पत्रकार जमाल...

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा थ्रीस्टार क्लबको...

जीतपुर । कोबिनि हस्पिटालटी म्यानेजमेन्ट प्रा.लि ...

गौर । नेपाल पत्रकार महासंघ रौतहटको सभापति रविन्द्र...

जनकपुरधाम । रामजानकी विवाहमहोत्सवमा सहभागि हुन जनकपुरधाम आउन लागेका भारत...

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले बलात्कारका अभियुक्तहरुलाई पक्राउ गर्न...

जनकपुरधाम । भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका चर्चित हिन्दूवादी...

जनकपुरधाम । संघिय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका उपप्रधान...

जनकपुरधाम । माछा सुपरजोन जनकपुर धाम ,धनुषा का कार्यालय प्रमुख...

जनकपुरधाम । धनुषाका प्रहरीले पीडितलाई न्याय दिलाउनुको साट्टो पिडकलाई संरक्षण...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा नंंंंं. ६ खुटौनाको...

चन्द्रपुर । रौतहटको बलेरी ईलाका वन कार्यालयको वन क्षेत्रमा एकै...

कुलदिप दास , जनकपुरधाम । धनुषामा बोक्सीको आरोप लगाएको भन्दै...

चन्द्रपुर । रौतहटमा प्रहरीले घरेलु मदिरा उत्पादन र बिक्रि बितरणमा...

चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिकामा बिशेष आर्थिक क्षेत्र (सेज) स्थापना...

रौतहट : कार्यक्रममा प्रदेश नम्बर २ का कृषि भूमि...