Wed, 26 Sep 2018
ताजा समाचार
यातायात व्यवस्थापन सम्बन्धी विधेयकमाथि छलफल || पदस्थापना दिवसमा विभिन्न कार्यक्रम || पप्पु कंस्ट्रकशनका संचालकलाइ पक्राउ पुर्जी जारी गर्न अनुमति || नापीका अमीन अख्तियारको फन्दामा || केन्द्रिकृत सत्तामा रमाउनेहरु संघीयता कार्यान्वयनको बाधक : मुख्यमन्त्री राउत || चितुवा मृत फेला || प्रदेश समन्वय परिषद्को बैठक शुरु || दशैँमा घर जान टिकट लिनेको घुइँचो || उपरथी दम्पतिबाट छात्रावृति र शैक्षिक खेलकुद सामाग्री वितरण || पुल जर्जर हुँदा सवारी आवतजावतमा समस्या || वडा अध्यक्ष द्वारा जेष्ठ नागरिकलाई निशुल्क भ्रमण || ट्राफिक प्रहरीले सवारीसाधनमाथि बिशेष निगरानी गर्ने || अभियुक्तलाई सजायको उपाय खोजी || तीन किलो सुनसहित पक्राउ || ट्रम्पलाई महासभा बैठकमै फ्रान्सेली राष्ट्रपतिले दिए कडा जवाफ || क्रिकेटमा अफगानिस्तानले देखायो क्षमता, भारतलाई रोक्यो बराबरीमा || दास परिवारलाई तीन लाख राहत सहयोग || आजदेखि सोह्रश्राद्ध सुरु || सडक निर्माणका लागि धर्ना || राजस्व असुलीमा भारी बृद्धि || 'विद्यार्थीको वृत्ती विकास’ सम्बन्धी पाँचौ कन्भेन्सन || राजपा नेपालको बैठक ११ गते || जनकपुरका अभियानीहरु झाडापखाला प्रभावित क्षेत्रमा || स्थानीय तहको अधिकार खोसिदै || डा भूसालद्धारा मितेरीपुल र बालगृहको स्थलगत निरिक्षण || श्रीमती बनाउँछु भनेर किशोरीलाई बलात्कार गर्ने युवक पक्राउ || एसिड पीडित दासको मृत्यु || बाल विवाह विरुद्द जनचेतना कार्यक्रम सम्पन्न || बालिका बलात्कृत || नदीमा डुबेर बालकको मृत्यु || सरकारको अधिनायकवादी शैलीलाई असफल पार्नुपर्छ : देउवा || महोत्तरीमा भन्सार छलेर ल्याएको १७ लाखको सामान बरामद || शिक्षकको परीक्षाका कारण विद्यालय बन्द || डेरी उद्योगबाट तीस हजार युवालाई रोजगारी || चप्पल उद्योगमा श्रम शोषण || प्रदेशको नामांकन र राजधानीमा विवाद || एसिड प्रहारबाट घाइते युवतीको मृत्यु || माल्दिभ्सको राष्ट्रपतिमा विपक्षी दलका उम्मेदवार सोलिहलाई अग्रता || बार्सिलोना बराबरीमा रोकियो || सुचनाको माँग गर्दै राष्ट्रिय विद्यार्थी संघ रिले अनशनमा ||
अस्ताउँदो सुर्यको अर्घ दिइ सन्ध्या अर्घ मनाईयो

टुडे समाचारदाता चैत्र १०, २०७४

जनकपुरधाम । जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा शुक्रबार साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिई चैती छठ मनाएको छ । चार दिनसम्म विभिन्न विधिहरु गर्दै मनाइने चैती छठको तेस्रो दिन शुक्रबार धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सा,महोत्तरी लगायत जिल्लाका जलाशयमा अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गरिएको छ । मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक मनाइने चैती छठका व्रतालु आज निराहार कठोर व्रत गरिरहेका छन् । गत बुधबार चैत शुक्ल चौथीका दिन पवित्र स्नान गरेर ।।।नहाय खाय’ विधिबाट व्रतालुले यसपालिको चैती छठ पर्वको संकल्प गरेका थिए । व्रतालुले बिहीबार पञ्चमी तिथिमा दिनभर निराहार व्रत बसेर राति सख्खरमा पकाइएको अलिनो खिर इष्टदेवतालाई चढाएर प्रसादस्वरुप खाएर ।।।खरना’ विधि सम्पन्न गरेका छन् । यस पर्वमा षष्ठी तिथिका दिन निराहार व्रत बसेर साँझ अस्ताउँदो सूर्यलाई ठकुवा, भुसुवासहितका मिष्टान्न परिकार र फलपूmल देखाएर अघ्र्य दिइन्छ । यसलाई ।।।सझुका अरख’ भन्ने गरिन्छ । आज निरहार व्रत बसेका व्रतालुले रातभरि जाग्राम बसेर भोलि सप्तमी तिथिका दिन बिहान उदाउँदो सूर्यलाई उनै (सझुका अरखकै) पूजा सामग्रीले अघ्र्य दिएपछि पर्व सम्पन्न हुन्छ । वर्षमा शारदीय र वासन्ती गरी दुई पटक छठ मनाइने परम्परा छ । एक दशकअघिसम्म चैती छठको त्यति प्रचलन नभए पनि केही वर्षयता यो पर्व मनाउने परम्परा बढेको छ । कात्तिक शुक्लपक्षको चौथीदेखि सप्तमीसम्म मनाइने छठलाई शारदीय र चैत शुक्लपक्षको चौथीदेखि सप्तमीसम्म मनाइने छठलाई चैती छठ भन्ने गरिएको छ । दुवै व्रतका व्रत विधि र पर्व सामग्री भने समान छन् । सूर्यको उपासना गरिने यो पर्व मिथिला लोकसंस्कृतिको प्रतीक मानिन्छ । यस  व्रतको प्रभावले सुख, सन्तोष प्राप्त हुने र मनवाञ्छित फल पाइने जनविश्वास रहँदै आएको छ । जनकपुरधामको गंगासागर,धनुष सागर,रामसागर,अरगजा पोखरी लागयतको विभिन्न पोखरी, तलाऊ, नदी तथा नहरको किनारमा चैती छठ पर्व मनाइँदै छ । शनिबार बिहान उदाउँदो सुर्यको अर्घ दिएपछि चार दिवसिय चैते छठ पूजा सम्पन्न हुने छ । बज्जिकांचलमा चैती छठ भव्यतापूर्वक मनाइएको छ । चैतको शुक्ल पक्षको षष्ठी तिथिका दिन मनाइने गरिएको चैती छठ अत्यन्त भव्यतापूर्वक मनाइयो । कात्तिकको मूल छठको सबै नियम तथा विधिहरुलाई अपनाइँदै शुक्रबार सन्ध्या अर्घ मनाइयो । कात्तिक महिनाको मूल छठ नै रौतहटबाट आरम्भ भएको दाबी गरिएको अवस्थामा चैती छठको विस्तार पनि रौतहटबाटै हुन थालेको छ । मध्यरौतहटको समनपुर, बलुवा, गेडही, गरुडा, मलाही, महम्मदपुर, कटहरिया लगायत करिब सम्पूर्ण गाउँमा ठूलो संख्यामा व्रतालुहरुले छठ पर्व गरेका छन् । गरुडा गाउँको पूर्वमा रहेको चानी नदीको घाटमा दुई सयभन्दा बढी दौरा राखिएको छ । अहिलेसम्म सबैभन्दा बढी व्रतालुहरुको संख्या गरुडामा नै देखिएको छ । टेन्ट गाडेर रातभरि जाग्राम बस्ने गरी गरुडामा छठ पबनी गरिँदैछ । चैती छठ रौतहटबाट फैलिएर बाराको केही गाउँ र सर्लाहीको केही गाउँमा पनि फैलिँदैछ । सर्लाहीमा पनि फाट्फुट रुपमा छठ मनाउन थालिएको राजेन्द्र साहले बताएका छन् ।

Comment Box

रौतहट । जिल्ला अदालतले लालबकैया नदीको पुलका निर्माण...

सर्लाही । नगद नौ हजार घुस रकम सहित नापी कार्यालय...

महोत्तरी । महोत्तरीको गौशालामा मृतावस्थामा चितुवा फेला परेको छ ।...

सर्लाही । हुलाकी राजमार्ग अन्तर्गत ...

जनकपुरधाम । जनकपुर उप–महानगरपालिका...

काठमाडौँ : महानगरीय प्रहरी परिसर काठमाडौँले तीन किलोग्राम सुनसहित...

न्यूयोर्क । फ्रान्सका राष्ट्रपति इमानुयल माक्रोंले संयुक्त राष्ट्रसंघको महासभामा...

दुबई । एसिया कप क्रिकेटमा भारत र अफगानिस्तानले रोमाञ्चक बराबरी...

चन्द्रनिगाहपुर । तेजाब आक्रमणमा परी मृत्यु भएकी रौतहट...

जनकपुरधाम । प्रत्येक वर्ष आश्विन कृष्ण पक्षदेखि सुरु हुने सोह्रश्राद्ध...

जनकपुरधाम ।सडकमा रहेका खाल्डाखुल्डी र पानी जम्ने समस्याबाट छुटकाराका लागि...

राजेन्द्र यादव , जनकपुरधाम ।आन्तरिक राजस्व कार्यालय जनकपुरले गत आर्थिक...

जनकपुरधाम । जनकपुरको निजि विद्यालय मोनाष्टिक ईगलिंश बोर्डिङ्ग स्कुलद्वारा सोमवारदेखि...

जनकपुरधाम । राष्ट्रिय जनता पार्टी नेपाल धनुुषा अध्यक्ष मण्डल र...

जनकपुरधाम । झाडापखाला प्रभावित क्षेत्र महोत्तरीको जलेश्वर नगरपालिका वडा नं....

काठमाण्डु । संघिय सरकारले स्थानीय तहको अधिकार खोस्न थालेको छ...

वीरगंज । वीरगन्ज महानरपालिकाद्धारा भइरहेको निमार्णकार्य तथा बालगृहको प्रमुख प्रशासकिय...

मलंगवा । सर्लाही हरिवनका स्थानियबासीहरुले १७ वर्षिया...

चन्द्रपुर । चन्द्रपुरमा (रौतहट) एसिड आक्रमणबाट गम्भीर बनेकी रौतहट...

चन्द्रपुर । बाल विवाह विरुद्द सचेतना कार्यक्रम अर्तगत परियोजना शुरुवात,अन्तत्र्रिmया...

भद्रपुर : झापाको हल्दिबारी गाउँपालिकामा चार वर्षीया बालिका बलात्कृत...

घोडाघोडी : नुहाउने क्रममा शिवगङ्गा नदीमा डुबेर आज एक बालकको...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले...

महोत्तरी । जिल्ला भन्सार कार्यालयले भन्सार छलेर ल्याएको साढे १७...

डडेल्धुरा : शिक्षक सेवा आयोगको परीक्षाका कारण जिल्लाका धेरै...

पाल्पा : डेरी उद्योगले नेपालमा ३० हजारभन्दा बढी बेरोजगार युवालाई...

विराटनगर : मोरङको बूढीगङ्गा गाउँपालिका बाँसबारीमा रहेको ‘हाइलाइफ’ चप्पल...

विराटनगर । प्रदेश नम्बर १ को स्थायी राजधानी र नामाकरणको...

काठमाडौं । एसिड प्रहारबाट गम्भीर घाइते भएकी रौतहटको चन्द्रपुर...

माल्दिभ्स । माल्दिभ्सका विपक्षी दलका नेता इब्राहिम मोहम्मद सोलिहले राष्ट्रपति...

स्पेन । स्पेसिन लिग फुटबलको जारी सिजनमा बार्सिलोनाले पहिलो पटक...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवामा राष्ट्रिय विद्यार्थी संघले तीन...