Wed, 26 Sep 2018
ताजा समाचार
यातायात व्यवस्थापन सम्बन्धी विधेयकमाथि छलफल || पदस्थापना दिवसमा विभिन्न कार्यक्रम || पप्पु कंस्ट्रकशनका संचालकलाइ पक्राउ पुर्जी जारी गर्न अनुमति || नापीका अमीन अख्तियारको फन्दामा || केन्द्रिकृत सत्तामा रमाउनेहरु संघीयता कार्यान्वयनको बाधक : मुख्यमन्त्री राउत || चितुवा मृत फेला || प्रदेश समन्वय परिषद्को बैठक शुरु || दशैँमा घर जान टिकट लिनेको घुइँचो || उपरथी दम्पतिबाट छात्रावृति र शैक्षिक खेलकुद सामाग्री वितरण || पुल जर्जर हुँदा सवारी आवतजावतमा समस्या || वडा अध्यक्ष द्वारा जेष्ठ नागरिकलाई निशुल्क भ्रमण || ट्राफिक प्रहरीले सवारीसाधनमाथि बिशेष निगरानी गर्ने || अभियुक्तलाई सजायको उपाय खोजी || तीन किलो सुनसहित पक्राउ || ट्रम्पलाई महासभा बैठकमै फ्रान्सेली राष्ट्रपतिले दिए कडा जवाफ || क्रिकेटमा अफगानिस्तानले देखायो क्षमता, भारतलाई रोक्यो बराबरीमा || दास परिवारलाई तीन लाख राहत सहयोग || आजदेखि सोह्रश्राद्ध सुरु || सडक निर्माणका लागि धर्ना || राजस्व असुलीमा भारी बृद्धि || 'विद्यार्थीको वृत्ती विकास’ सम्बन्धी पाँचौ कन्भेन्सन || राजपा नेपालको बैठक ११ गते || जनकपुरका अभियानीहरु झाडापखाला प्रभावित क्षेत्रमा || स्थानीय तहको अधिकार खोसिदै || डा भूसालद्धारा मितेरीपुल र बालगृहको स्थलगत निरिक्षण || श्रीमती बनाउँछु भनेर किशोरीलाई बलात्कार गर्ने युवक पक्राउ || एसिड पीडित दासको मृत्यु || बाल विवाह विरुद्द जनचेतना कार्यक्रम सम्पन्न || बालिका बलात्कृत || नदीमा डुबेर बालकको मृत्यु || सरकारको अधिनायकवादी शैलीलाई असफल पार्नुपर्छ : देउवा || महोत्तरीमा भन्सार छलेर ल्याएको १७ लाखको सामान बरामद || शिक्षकको परीक्षाका कारण विद्यालय बन्द || डेरी उद्योगबाट तीस हजार युवालाई रोजगारी || चप्पल उद्योगमा श्रम शोषण || प्रदेशको नामांकन र राजधानीमा विवाद || एसिड प्रहारबाट घाइते युवतीको मृत्यु || माल्दिभ्सको राष्ट्रपतिमा विपक्षी दलका उम्मेदवार सोलिहलाई अग्रता || बार्सिलोना बराबरीमा रोकियो || सुचनाको माँग गर्दै राष्ट्रिय विद्यार्थी संघ रिले अनशनमा ||
कटहरियाका मेयर साहलाई जन्मकैद

टुडे समाचारदाता चैत्र २४, २०७४

गौर  ।  उच्च  अदालत  जनकपुरको  विरगंज  इजलासले रौतहटको कटहरिया नगरपालिकाको मेयर फिरोज  भन्ने  सियाराम  कुश्वाहालाई  जन्म  कैदको  सजाय सुनाएको छ । बीरगंजका हिन्दुवादी संगठनका अध्यक्ष  काशी  तिवारीको  हत्यामा  जिल्ला  अदालत  बाराले  दिएको  सफाईलाई  उल्टाउदै  उच्च  अदालत  विरगंजले २० बर्षकाृे कैद सजाय  सुनाएको हो ।कुशवाहा  माओवादीको  टिकटबाट  कटहरिया  नगरपालिकाको मेयर पदमा निर्वाचित भएका हुन्   ।   कुशवाहा   विरुद्धको   फैसला   फागुन  २८  मै  भएपनि  शुक्रवारमात्र  सार्वजनिक भएको हो । रजिष्ट्रार बाबुराम दाहालका अनुसार    २०    बर्षको    जन्म    कैद  सजाय    तोकिएको  भएपनि  न्यायाधिशले १५ बर्षको कैद गर्दा पुग्ने राय व्यक्त गरेका हुन् ।हिन्दु  युवा  संघका  तत्कालिन  केन्द्रीय    अध्यक्ष    तिवारीको    हत्या    अभियोगमा  उनलाई  सो  सजाय  सुनाइएको  छ  ।  तिवारीको  हत्या  अभियोगमा  ४  वर्ष  पहिले  नै  पक्राउ परेका सियारामलाई पर्सा जिल्ला अदालतले सफाइ  दिएपछि  उनी  रिहा  भएका  थिए  ।  जनकपुर  उच्च अदालतको वीरगन्ज इजलासका न्यायधीशद्वय लेखनाथ  घिमिरे  र  नारायणप्रसाद  श्रेष्ठको  संयुक्त  इजलाशले   फागुन   २८   गते   नै   कुशवाहालाई   जन्मकैदको  फैसला  सुनाएको  हो  ।  तर  उनलाई  प्रहरीले अहिलेसम्म पक्राउ गरेको छैन ।रजिष्ट्रार बाबुराम दाहालले अदालतको फैसला कार्यान्वयनका   लागि   फैसलाको   लगत   जिल्ला   अदालतमा  पठाएपछि  जिल्ला  अदालतले  जिल्ला  प्रहरी  कार्यालयमार्फत  सियरामविरुद्ध  पक्राउ  पुर्जी  जारी  गर्ने  बताए  ।  हिन्दु  युवा  संघका  तत्कालीन  अध्यक्ष तिवारीको २०६७ साल असार १२ गते साँझ वीरगन्जको अशोकवाटिकास्थित शिव पार्वती मन्दिर परिसरमा गोली हानी हत्या गरिएको थियो । प्रहरीका अनुसार, मोटरसाइकलमा सवार भएर मन्दिरमा पुगेका सियाराम  कुशवाहा  र  बाराको  हरैयाका  अमनप्रसाद  कुशवाहामध्ये सियरामले पेस्तोलबाट गोली चलाएर तिवारीको हत्या गरेका थिए ।हत्यापछि  फरार  रहेका  सियरामलाई  प्रहरीले  तिवारीको  हत्या  भएको  साढे  तीन वर्षपछि २०७० साल पुस १ गते चितवनको भण्डाराबाट पक्राउ गरेको थियो  ।  जिल्ला  अदालत  पर्साले  निर्दोष  रहेको  भन्दै  सफाइ  दिएपछि  उनी पक्राउ परेको एक महिनामै रिहा भएका  थिए  ।    तिवारीको  हत्यामा  संलग्न बारा हरैयाका अमनलाई २०६८ साल  भदौ  २२  गते  पक्राउ  गरेको  थियो  ।  अमन हाल वीरगन्ज कारागारमा छन् । अमनकै बयानका आधारमा प्रहरीले सियारामलाई पनि पक्राउ गरेको थियो ।स्थानीय     तहको     निर्वाचनमा     रौतहटको     कटहरिया नगरपालिकाको मेयर निर्वाचित कुशवाहाले जन्मकैदको फैसलाबारेमा आफूलाई कुनै जानकारी नभएको बताए । ।।।अहिलेसम्म मलाई यो फैसलाबारे कुनै  जानकारी  छैन’,  उनले  भने,  ।।।यदि  यो  फैसला  भएकै  हो  भने  ममाथि  अन्याय  भएको  छ,  तर  न्यायलयप्रति मलाई पुरा भरोसा छ, अब सर्वोच्चमा अपिल गर्छु, मलाई विश्वास छ मैले न्याय पाउँछु ।’

Comment Box

रौतहट । जिल्ला अदालतले लालबकैया नदीको पुलका निर्माण...

सर्लाही । नगद नौ हजार घुस रकम सहित नापी कार्यालय...

महोत्तरी । महोत्तरीको गौशालामा मृतावस्थामा चितुवा फेला परेको छ ।...

सर्लाही । हुलाकी राजमार्ग अन्तर्गत ...

जनकपुरधाम । जनकपुर उप–महानगरपालिका...

काठमाडौँ : महानगरीय प्रहरी परिसर काठमाडौँले तीन किलोग्राम सुनसहित...

न्यूयोर्क । फ्रान्सका राष्ट्रपति इमानुयल माक्रोंले संयुक्त राष्ट्रसंघको महासभामा...

दुबई । एसिया कप क्रिकेटमा भारत र अफगानिस्तानले रोमाञ्चक बराबरी...

चन्द्रनिगाहपुर । तेजाब आक्रमणमा परी मृत्यु भएकी रौतहट...

जनकपुरधाम । प्रत्येक वर्ष आश्विन कृष्ण पक्षदेखि सुरु हुने सोह्रश्राद्ध...

जनकपुरधाम ।सडकमा रहेका खाल्डाखुल्डी र पानी जम्ने समस्याबाट छुटकाराका लागि...

राजेन्द्र यादव , जनकपुरधाम ।आन्तरिक राजस्व कार्यालय जनकपुरले गत आर्थिक...

जनकपुरधाम । जनकपुरको निजि विद्यालय मोनाष्टिक ईगलिंश बोर्डिङ्ग स्कुलद्वारा सोमवारदेखि...

जनकपुरधाम । राष्ट्रिय जनता पार्टी नेपाल धनुुषा अध्यक्ष मण्डल र...

जनकपुरधाम । झाडापखाला प्रभावित क्षेत्र महोत्तरीको जलेश्वर नगरपालिका वडा नं....

काठमाण्डु । संघिय सरकारले स्थानीय तहको अधिकार खोस्न थालेको छ...

वीरगंज । वीरगन्ज महानरपालिकाद्धारा भइरहेको निमार्णकार्य तथा बालगृहको प्रमुख प्रशासकिय...

मलंगवा । सर्लाही हरिवनका स्थानियबासीहरुले १७ वर्षिया...

चन्द्रपुर । चन्द्रपुरमा (रौतहट) एसिड आक्रमणबाट गम्भीर बनेकी रौतहट...

चन्द्रपुर । बाल विवाह विरुद्द सचेतना कार्यक्रम अर्तगत परियोजना शुरुवात,अन्तत्र्रिmया...

भद्रपुर : झापाको हल्दिबारी गाउँपालिकामा चार वर्षीया बालिका बलात्कृत...

घोडाघोडी : नुहाउने क्रममा शिवगङ्गा नदीमा डुबेर आज एक बालकको...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले...

महोत्तरी । जिल्ला भन्सार कार्यालयले भन्सार छलेर ल्याएको साढे १७...

डडेल्धुरा : शिक्षक सेवा आयोगको परीक्षाका कारण जिल्लाका धेरै...

पाल्पा : डेरी उद्योगले नेपालमा ३० हजारभन्दा बढी बेरोजगार युवालाई...

विराटनगर : मोरङको बूढीगङ्गा गाउँपालिका बाँसबारीमा रहेको ‘हाइलाइफ’ चप्पल...

विराटनगर । प्रदेश नम्बर १ को स्थायी राजधानी र नामाकरणको...

काठमाडौं । एसिड प्रहारबाट गम्भीर घाइते भएकी रौतहटको चन्द्रपुर...

माल्दिभ्स । माल्दिभ्सका विपक्षी दलका नेता इब्राहिम मोहम्मद सोलिहले राष्ट्रपति...

स्पेन । स्पेसिन लिग फुटबलको जारी सिजनमा बार्सिलोनाले पहिलो पटक...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवामा राष्ट्रिय विद्यार्थी संघले तीन...