Sun, 21 Oct 2018
ताजा समाचार
लाखौं मुल्य बरावरको धनसम्पति चोरी || दुर्घटनामा पाँचको मृत्यु || करेन्ट लागेर बालकको मृत्यु || धनुषाको नौवाखोरमा सरसफाई || आठ महिने सोनालीका हत्याका फरार अभियुक्त सुनसरीबाट पक्राउ || मुसहरको सामूहिक टीका || खुकुरी प्रहार गरी युवकको हत्या || आज शुक्ल सप्तमीका दिन फूलपाती भित्रयाउँदै || आखिर नारीलाई राजदेवी मन्दिरमा निषेध किन ? || सुपथ मुल्यको पसलमा उपभोक्ताको भीड || शिक्षाविद् सम्मानित || वडा अध्यक्षले बाँडे चामल || लोप हुदै झिझिया || लडेर मजदूरको मृत्यु || ५ वर्ष भित्र जनकपुरको कायापलट गर्छुः नेता महतो || पिपल प्रमोटको १० औं साधारण सभा सम्पन्न || दशैंको अवसरमा शुभकामना आदानप्रदान || आसमानमा हरिश्चन्द्र || संघीयता सफल पार्न चुनौती || बलात्कारपछि बालिकाको हत्या, २ पक्राउ || प्रदेश प्रहरी विधेयक पारित || नेपाल प्रेस युनियन रौतहटको अध्यक्षमा पुरी,सचिमा मिश्र || चन्द्रनिगाहपुरमा आज लाईभ कन्सर्ट || प्रदेश २ को सुरक्षा सल्लाहकारमा कायस्थ || आज प्रदेश प्रहरी विधेयक पास हुने || खेलाडीको संरक्षण प्रदेश सरकारले गर्छः मुख्यमन्त्री राउत || दाहालका नजरमा यी हुन् सरकारका महत्वपूर्ण उपलब्धि, ‘ठन्डा दिमागले सोच्नोस्’ || पत्रकार हत्याको प्रमाण सुरक्षित, छानबिन गर्न साउदीको टोली इस्तानबुलमा || शिरीषले जिते ८औं ओपन वाटर स्वीमिङ च्याम्पियनसिप || दुई समुह बीच झडप हुँदा एकको मृत्यु || सातौ अन्तराष्ट्रिय बालिका दिवस मनाइयो || सरकारसित संवादका लागि मोर्चाको वार्ता टोली सार्वजनिक || जीतपुरमा सार्वजनिक पुस्ताकालय || आँखा शिविरमा सयभन्दा बढी मोतियाबिन्दू || गुणस्तरीय शिक्षा पहिलो प्राथमिकता || ५१ सदस्यीय दलित फोरम गठन || दशैतिहारलाई लक्षित गरी सुलभ मुल्यको पसल || शिक्षा समन्वय इकाइका प्रमुख घुस सहित पक्राउ || महिलाको मृत्यु || लाखौँ ठगेर दम्पती फरार ||
पढ्न जान थालेपछि सुन्तली जस्तै ठूलो मान्छे बन्छौ

रासस बैशाख १५, २०७५

बर्दिवास । "गे काजल, जल्दी तयार भक चल, आई तोरा स्कूलके जिम्मा  लग्बैछी’  (काजल,  चाँडै  तयार    होउ,    आज    तिमीलाई    स्कूलको जिम्मा लगाउँछु) ।महोत्तरी  जिल्लाको  गौशाला  नगरपालिका–७  मनरवाको  मुसहर  जातिको  बसोबास  बाहुल्यताको  दलित   बस्तीकी   फूलपति   सदा   बिहीबार  छोरी  काजलसँग  भन्दै  हुनुहुन्थ्यो–,  “आब  पढ  जेबे  नई,  त  तहुँसब  सुन्तली  सन्  बड्का  आद्मी  बन्बे’  (अब  पढ्न  जान  थालेपछि  तिमीहरू  पनि  सुन्तली  (हास्यकलाकार  कुञ्जना  घिमिरे)  जस्तै ठूलो मान्छे बन्छौ) ।झण्डै १५० घर मुसहर रहेका मनरवामा  बिहीबार  फूलपतिमात्र  नभएर  नैनी,  अमरिका,  शिवरङियाँ  र पारोवतिसहितका त्यस बस्तीका अरु आमा पनि आफ्ना सन्तानलाई चाँडै    स्कूल    पु¥याएर    नाम    लेखाएपछि  छोराछोरी  ठूलो  मान्छे  बन्ने  सपना  सँगाल्दै  नानीहरूलाई  तयार पार्न ब्यस्त देखिन्थे । सधैँजसो उज्यालो   हुनासाथ   छोराछोरीका   हातमा  खुर्पी,  कोदालो  दिएर  मुसा  बस्ने  दुला  खोज्न  पठाउने  आमा  नानीलाई  स्कूल  जाने  तयारीमा  लगाएको  देखिँदा  मुसहर  बस्तीमा  नयाँ   कुरा   देखिएको   छिमेकी   बस्तीका   सर्वसाधारण   टिप्पणी   गरिरहेका    देखिन्थे    ।    “मान्छु    हजुर,  नानी  पढेपछि  ठूलो  मान्छे  हुन्छ”  नेपालीमै  कुरा  गर्न  जान्ने  भइसकेकी चार छोराछोरीकी आमा शिवरङियाले   बिहीबार   आफ्नै   आँगनमा  पुगेका  सञ्चारकर्मीसँग  भन्नुभयो, “आबो (अब) दुःखसुख खेपेर पनि छोराछोरीको पढाइ भने छुटाउन्न ।” विसं  २०६८  मा  तत्कालीन  प्रधानमन्त्री  डा  बाबुराम  भट्टराई  बास बसेका विशुन सदाको घरकी बुहारी  हुन्  शिवरङिया  ।  “पछि  हाम्रा  लागि  के  गर्नुभो,  त्यो  त  था  भएन”  शिवरङियाले  भन्नुभयो–,  “तर,  नानीहरू  पढे  गरिबी  हट्ने  र  भोकभोकै  हुने  स्थिति  चैँ  नरहने  उनले  बताएका  मेरो  कानमा  अझै  ताजा  छ  ।”बस्ती  नजिकै  रहेको  नेपाल  राष्ट्रिय  जनजाति  आधारभूत  विद्यालयमा  बिहीबार  मुसहर  जातिका  विद्यालय  जाने  उमेरका  सबै   बालबालिकाको   सामूहिक   भर्ना     गराएर     अभिभावकत्व     लिन    हास्यकलाकार    कुञ्जना    घिमिरे  पुगेपछि  मुसहर  बस्तीभित्र  कुनै   खास   चाड   आएको   फूर्ति   देखिन्थ्यो  ।  बस्तीका  मुसहरले  यो  रउस (रमाइलो, चाडवाड) मा साथ दिन   निम्ता   गरेका   टाढाटाढाका   आफन्त  पनि  बस्तीभित्र  आएका  थिए । बस्ती   अवलोकन   गर्दैजाँदा   एउटा पराले झुप्रोमा आमा नैनवति सदा  आफ्ना  चार  छोराछोरीलाई  वरिपरि  राखेर  रंगिन  चित्र  भएको  पुस्तकको  पाता  पल्टाउँदै  चित्रबारे  नानीहरूसँग               जिज्ञासा               राखिरहेकी  देखियो  ।  मनरवाको  आफ्ना    जातिका    नानीहरूको    विद्यालय  भर्ना  अभियानमा  सरिक  हुन  बर्दिवास–१४  स्थित  एकीकृत  नमूना   मुसहर   बस्तीबाट   पुगेकी   जितो सदालाई पनि अब चैँ त्यहाँका आफन्त शिक्षाप्रति जागरुक भएको विश्वास  जागेछ  ।  “यिनीहरू  त  राम्रै  फेरिएछन्”  जितोले  भन्नुभयो–,  “अब  मनरवामा  पनि  बर्दिवासकै  जस्तो स्कूल जाने थुप्रै मुसहर नानी हुने भएछन् ।” मुसहरले त्यसमा पनि घरका  महिलाले  बालबालिकाको  विद्यालय  भर्नाबारे  चासो  बढाएको  देखेर  भर्ना  कार्यक्रममा  सहभागी  हुन  पुगेकी  प्रतिनिधिसभा  सदस्य  (सांसद) दिलकुमारी साहलाई पनि अब चैँ बस्तीमा शिक्षाको प्रसार हुने आस जागेछ । “म त यहीं छिमेकको फुलकाहाँ बस्तीकी  हुँ,  यो  बस्तीमा  धेरै  पटक  आइसकेकी   छु”   सांसद   साहले   भन्नुभयो–,    “मुसहर    महिलाले    छोराछोरी  स्कूल  पठाउन  देखाएको  चासोले   अब   चैँ   सकारात्मक   परिवर्तन हुने छाँट देखियो ।” आफ्ना  हकअधिकार,  नागरिक  सुविधा  र    विभिन्न    निकायबाट    पाउनु    पर्ने सेवाबारे पूरै बेखबर रहने मुसहर बस्तीमा शिक्षाप्रति आएको चासोले आफू निकै उत्साहित बनेकी सांसद साहको थप भनाइ थियो । बिहीबार          विद्यालयमा          आयोजित     नानीहरूको     भर्ना     कार्यक्रममा हास्यकलाकार कुञ्जना घिमिरेले   भर्ना   गरिएका   १२५   जना  नानीहरूको  अभिभावकत्व  धुर्मुससुन्तली         फाउण्डेशनले         लिएको घोषणा गर्दा कार्यक्रमस्थल तालीको  गडगडाहटले  गुञ्जिएको  थियो   ।   सो   अवसरमा   हाँस्य   कलाकार     घिमिरे     (सुन्तली)     ले   नयाँ   भर्ना   भएका   १२५   बालबालिकालाई          शैक्षिक          सामग्रीसहितको झोला हस्तान्तरण गर्दै   विद्यालयका   सबै   मुसहर   बालबालिकाका   लागि   आफूले   समान  जिम्मेवारी  लिने  र  आफ्नो  क्षमता  नलुकाई  साथ  दिइरहने  प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । समारोहमा सहभागी सांसद साहका अतिरिक्त   महोत्तरी–१   ।।।ख’   का   प्रदेशसभा  सदस्य  भरतप्रसाद  साह,  गौशाला  नपाका  प्रमुख  शिवनाथ  साह,  उपप्रमुख  आशा  लामा,  नेपाल  पत्रकार  महासंघ  महोत्तरी  शाखाका  अध्यक्ष  कमलेश  मण्डल,  इलाका  प्रहरी  कार्यालय  गौशालाका  प्रहरी  निरीक्षक भोला भट्ट र नगरपालिकाका वडाध्यक्ष   र   राजनीतिक   दलका   स्थानीय   प्रतिनिधिले   आआफ्नो   क्षेत्रबाट  दलित  बस्तीको  शैक्षिक  उत्थानका  लागि  समर्पित  भएर  सेवा  दिने प्रतिबद्धता जनाउनुभयो । सो   बस्तीमा   विसं   २०६३   मा   स्थापित   श्री   नेपाल   राष्ट्रिय   जनजाति   आधारभूत   विद्यालयमा   बिहीबार    भर्ना    भएका    १२५    सहित  अब  बिद्यार्थी  संख्या  ३०१  पुगेको छ । विद्यालयमा आफू राहत दरबन्दी  र  एकजना  बालविकास  सहयोगीमात्र    हुँदा    नानीहरूलाई    चाहिनेजति  समय  दिन  नपाइएको  प्रधानाध्यापक द्रोपदी यादवले पीडा सुनाउनुभयो  ।  विद्यालयमा  स्थायी  दरबन्दीका   योग्य   शिक्षक   थपेर   पठाइदिन सांसद, प्रदेशसभा सदस्य, नगर  प्रमुख,  उपप्रमुखसहितका  सबै  विशिष्ट  अतिथिसँग  प्रधानाध्यापक  यादवको आग्रह थिया

Comment Box

जनकपुरधाम । जनकपुरधाम उप–महानगरपालिका–१ वकिल टोलमा लाखौं मुल्य बरावरको धनसम्पति...

कावासोती : पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११ अरुणखोलामा...

राजविराज : सप्तरीको राजगढ गाउँपालिका–३ कट्टीमा करेन्ट लागेर शनिबार...

जनकपुरधाम । धनुषाको हँसपुर नगरपालिका वडा नं. ७ को...

जनकपुरधाम । महोत्तरीको औरही नगरपालिकाका ८ महिने शिशु सोनालिका चौधरी...

बर्दिवास : महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–१४ स्थित एकीकृत नमूना...

उर्लाबारी : मोरङको पथरीशनिश्चरे–८ स्थित शुक्रबारेमा गए राति एक...

जनकपुरधाम । प्रत्येक वर्ष...

जनकपुरधाम । हिन्दू धर्ममा नारीलाइ शक्ती स्वरुपको रुपमा पुजा गरिन्छ...

जीतपुर । बाराको जीतपुरस्थित सुपथ ...

गौशाला । महोत्तरी गौशाला ११ स्थित लोकहरि स्मृति...

गौर । प्राचीन कालदेखि नै महिलाहरुले खेलिदै आएको झिझिया...

लहान । सिरहाको नरहा गाउँपालिका–२ स्थित हिमालय सुगर मिलको...

जनकपुरधाम । पिपल प्रमोट सेन्टर जनकपुरको ...

जनकपुरधाम । हिन्दुहरुको महान चार्डपर्व ...

जनकपुरधाम । करिब दुुई दशकदेखि तराईका जिल्लाहरुमा समाज विकासको क्षेत्रमाा...

राजविराज । प्रदेश २ का भूमी व्यवस्था, कृषि तथा...

जनकपुरधाम । प्रदेश २ को प्रदेश सभाले शनिवार ...

चन्द्रपुर । नेपाल प्रेस युनियन रौतहटको अध्यक्षमा यादवराज पूरी निर्वा्चित...

चन्द्रपुर । रौतहटको चन्द्रनिगाहपुरमा लाईभ कन्सर्ट कार्यक्रम हुने भएको...

जनकपुरधाम ।प्रदेश सभा २ ले ...

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले राज्यको उदासिनताको कारण खेलाडीहरु निरुत्साहित...

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान...

काठमाडौं । टर्कीका अधिकारीहरुले साउदी अरबका पत्रकार जमाल खसोगी हत्या...

पोखरा । ओलम्पियन शिरीष गुरुङले शुक्रबार पोखराको फेवातालमा सम्पन्न ८औं...

जनकपुरधाम ।सरकारसित वार्ताका लागि जनतान्त्रिक तराई मुक्ती मोर्चाले विहिवार वार्ता...

जीतपुर । युवाहरुमा बढ्दो पुस्ताकालयप्रति ...

गौर । संघीय समाजवादी फोरम नेपाल जिल्ला कार्य समिति...

जीतपुर । बाराको जीतपुरमा पहिलोपटक ...

भोजपुर । ट्याक्टरबाट खसेर टेम्केमैयङु गाउँपालिका–९ वलौटे भञ्ज्याङमा...

नवलपरासी । पूर्वी नवलपरासीको कावासोती नगरपालिका–८ का एक...