Tue, 20 Nov 2018
ताजा समाचार
विपन्न परिवारलाई जस्तापाता वितरण || नेकपाद्वारा मलंगवामा विरोध प्रदर्शन || महोत्तरीमा भीषण डकैती || सुडी समाजमा विवाद || देवरले भाउजु कुटे, घरमा आगजनी || अध्यक्ष सिंहको दादागिरी, निर्दोष चालकलाई थुनाए || बुधबार सार्वजनिक बिदा || कृषियोग्य जमीनको करमा ८० प्रतिशत छुट || विद्यार्थीले बनाए रोबोट || सात लाखको लुटपाट, पाँच जना घाइते || सडक डिभिजनको मनपरी || रंगशाला स्थलको निरीक्षण || हत्याका अभियुक्त बाबा रामपालको पक्षमा प्रदर्शन || मन्त्री यादबद्धारा ‘दिल के बात’ विमोचन || कर अधिकृत सेवाग्राही सँग || चुनावको वाचा पुरा गर्छुः नेता यादव || अयोध्याबाट बस सेवा सुरु || ४० दिनपछि प्रदेश सभा बैठक बस्दै || अढाई अर्व बढीको जग्गा किर्ते गर्ने पक्राउ || प्रदेशको नामाकरणमा काँग्रेस भित्र विवाद || शैक्षिक महाअभियानमा जुट्न शिक्षामन्त्रीको आग्रह || बलात्कारका आरोपित पक्राउ || डोनाल्ड ट्रम्पले पत्रकार खशोग्जीको हत्याको टेप सुन्नै नसक्ने ! || थ्रीस्टार सामू ब्रिगेड ब्वाइज निरीह, पुलिस र मच्छिन्द्रको बराबरी || कोबिनि हस्पिटालटी सुरु || सभापति माथिको अविश्वासको प्रस्ताव खारेज || निःशुल्क स्वास्थ्य शिविर || सामुदायिक कृषि सहकारीको साधारणसभा सम्पन्न || योगीलाई राउतले स्वागत गर्ने, सम्मानमा भण्डारा || बलात्कारीलाई पक्राउ गर्न प्रहरी उदासिन || मुख्यमन्त्री योगी भ्रमणको तयारी प्रारम्भ || स्वास्थ्य पर्यटक भित्र्याउने तयारी || आधुनिकीकरण व्यवसायीकरणमा जोड || धनुषा प्रहरीले पीडकलाई संरक्षण दिएको आरोप || एसईई उत्कृष्ट शिक्षा २०७५ पुरस्कारबाट सम्मानित || बलेरीे वनबाट काठ चोरी || दुई जनामाथि मुद्दा दर्ता || घरेलु मदिरा बिक्रिमा महिलाको संलग्नता बढ्दो || उद्योगको लागि जग्गा निरीक्षण || आखा अस्पताल जिल्लाको धरोहर ,राज्य मंत्री यादव ||
प्रदेशको नाम र विपक्षी दल चयनमा सकस

टुडे समाचारदाता बैशाख १७, २०७५

संसदमा विपक्षी दलको मान्यता नदिए सम्म संसद चल्न दिने पक्षमा नरहेको उनले बताए ।‘विपक्षी दलको टुंगो सभामुखले लगाउनु पर्छ’

जनकपुरधाम  ।  प्रदेश  नम्बर  २को  नाम  र  विपक्षी  दलको  मान्यता  दिन  दलहरुलाई  सकस भएको छ । प्रदेश सभामा प्रतिनिधित्व गर्ने   दलहरुबीच   नाम   र   विपक्षी   दलको   आधिकारिकता प्रदान गर्न सहमति हुन सकेको छैन् । सत्तारुढ दलहरु संघिय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा)नेपालले ‘मधेश  प्रदेश’  नामाकरण  गर्नुपर्ने  प्रयासमा  छन्  ।  ‘मधेश  आन्दोलनकै  प्रतिफल  संघियता  भएकाले  प्रदेश  नम्बर  २  को  नाम  मधेश  प्रदेश हुनुपर्छ’ फोरम नेपालका केन्द्रिय सदस्य समेत रहेका कृषि,सहकारी तथा भूमि व्यवस्था राज्यमन्त्री योगेन्द्र यादवले भने, मधेशकै नाउँमा आन्दोलन भएको र मधेश आन्दोलनकै कारण देशमा संघियता आएको यथार्थ सबैले बुझ्नु पर्छ  ।’प्रदेशको  नाममा  अनावश्यक  विवाद  खडा गर्न नहुने उनी बताउछन् ।‘संसदमा  विपक्षी  दलको  मान्यता  दिने  अधिकार  प्रदेश  सभामुखको  हो’  राज्यमन्त्री  यादवले  भने,  विपक्षी  दल  सम्बन्धी  निर्णय,  प्रदेशको  नाम,  स्थायी  राजधानी  र  भाषाको  विषयमा एकमुष्ट सहमति गर्न सकिन्छ ।नेपाली     काँग्रेस     संसदीय     दलका     नेता   रामसरोज   यादवले   प्रदेशको   नामका   लागि  सरकारले  औपचारिक  रुपमा  पहल  नगरेको  आरोप  लगाए  ।  ‘प्रदेश  सरकारले  नाम,  राजधानी,  भाषा  लगायतका  सामुहिक  विषयहरुमा  सामुहिक  छलफल  गर्न  चाहेको  छैन्’ उनले भने, हामीले पटक पटक आग्रहगर्दा पनि  मुख्यमन्त्रीले  व्यक्तिगत  रुपमा  मात्र  कुरा  गर्नु  हुन्छ  ।’  सरकारले  नै  पहल  नगरे  सम्म  सहमति बन्न नसक्ने उनले बताए ।संसदमा  विपक्षी  दलको  मान्यता  नदिए  सम्म  संसद  चल्न  दिने  पक्षमा  नरहेको  उनले  बताए   ।‘विपक्षी   दलको   टुंगो   सभामुखले   लगाउनु  पर्छ’  उनले  भने,  काँग्रेस  बाहेक  सबै  दलहरु  सत्तारुढ  रहेकाले  आफू  नै  विपक्षी  दलको नेता हुनु पर्ने उनको तर्क छ ।काँग्रेसको अबरोधले   स्थगित   भएको   संसद   बैठक   विहिवार मात्र बस्ने छ ।‘भारतीय   प्रधानमन्त्री   नरेन्द्र   मोदीको   जनकपुरधाम आगमन अगावै प्रदेशको नामको टुंगो  लाग्न  सके  राम्रो  सन्देश  जान  सक्थ्यो’  प्राध्यापक  परमेश्वर  कापडीले  भने,  मोदीको  भ्रमणले संसार भरी नै जनकपुरधामको प्रचार हुने  भएकाले  २  नम्बर  प्रदेशको  अस्थायी  पहिचानलाई हटाएर प्रदेशको स्थायी नामाकरण गर्नु आवश्यक छ । माओवादी केन्द्र संसदीय दलका  नेता  रामचन्द्र  मण्डलले  मधेश  समेत  समेटिएर  ‘मिथिला,  भोजपुरा,मधेश’(मिभोम)  नाम राख्दापनि अनुपयुक्त नहुने बताए ।‘   मधेशले   २२   जिल्लालाई   समेटने   भएकाले  ८  जिल्लाको  नाम  मधेश  प्रदेश  राख्न  सुहाउँदैन्’  उनले  भने,  प्रदेशको  नाममा  सहमति नजुटने होईन्, त्यसका लागि सरकारले प्रयास गर्नु पर्छ ।’ विपक्षी दलको नेतामा कुनै विवाद नरहेको जनाउँदै साँसद मण्डलले भने, ‘सरकारको  मनोबल  उच्च  बनाएर  प्रदेशको  कार्यहरु  गर्न  विपक्षमा  रहेर  एमालेले  समर्थन  गरेको  हो  ।’  एमालेले  सदनमा  सरकारको  पक्षमा  समर्थन  गरेपनि  लिखित  रुपमा  कुनै  दस्तावेज  नरहेको  उनले  बताए  ।  नाम  तोक्न  प्रदेश  सरकारमाथि  सत्तारुढ  दलहरुबाटै  पनि  दवाव परिरहेको छ । सरकारले नाम सम्बन्धी विधेयक  सदनमा  हाल  सम्म  दर्ता  गराएको  छैन्  ।नाम,  राजधानी,  विपक्षी  दलको  मान्यता  लगायतका  विषयहरुमा  अनौपचारिक  रुपमा  छलफल  भएपनि  औपचारिक  रुपमा  छलफल  भएको  छैन्  ।  भारतीय  प्रधानमन्त्री  मोदीको  भ्रमणपछि  मात्र  अब  राजनीतिक  विषयहरुमा  छलफल हुने संभावना छ ।सरकार  भ्रमणलाई  भव्य  र  ऐतिहासिक  बनाउन   लागेकाले   राजनीतिक   विषयहरु   केहि दिनका लागि थाँती राखिएको सरकारले जनाएको छ ।

Comment Box

सिरहा : कर्जन्हा नगरपालिका–६ वडा भित्रका आर्थिकरुपले विपन्न परिवारलाई...

मलंगवा । नेपाली काँग्रेसले आफ्नो कार्यकर्तालाई फसाएको भन्दै नेपाल कम्युनिष्ट...

जलेश्वर । महोत्तरी जिल्लाको सोनमा गाउँपालिकाको वडा नम्बर ३ खखनामा...

जनकपुरधाम ।सुडी समाज कल्याण समिति जनकपुरधाममा विवाद भएको छ ।समितिको...

जनकपुरधाम । धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिकाको वडा नम्बर २...

जनकपुरधाम । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शालीग्राम सिंहले...

जनकपुरधाम : मुस्लिम धर्मावलम्बीहरुको विशेष पर्वको रुपमा मनाइने मोहम्मद...

परासी : पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले कृषियोग्य जमीनमा लगाउँदै...

भद्रपुर : झापाको बिर्तामोडस्थित बाल्मिकी एजुकेसन फाउण्डेशनका विद्यार्थीले रोबोट,...

गौशाला : महोत्तरी जिल्लाको सोनमा गाउँपालिका– ३ खखनाको ३...

चन्द्रपुर : रौतहटको चन्द्रनिगाहपुर पुर्व पश्चिम राजमार्गमा चल्ने सवारीसाधनले...

जनकपुरधाम । संघीय सरकारका यूवा तथा खेलकुद मन्त्री ...

जनकपुरधाम : हत्या अभियोगमा अदालतले जन्मकैद सजाय सुनाएपछि जेल...

जनकपुरधाम : अरुणकान्तद्धारा अभिनित भिडियो गीत ‘दिल के बात’ विश्वकै...

जीतपुर : कर तिर्ने सेवाग्राहीको जिज्ञासा र समस्या बुझन ...

सिरहा । सिरहाको कर्जन्हा नगरपालिका वासी संग चुनाको वेला वाचा...

जनकपुरधाम । अयोध्याबाट नियमित रुपमा बस सेवा सञ्चालन भएको छ...

जनकपुरधाम । प्रदेश सभाको चालु अधिवेशनको बैठक ४० दिनपछि मंसिर...

जनकपुरधाम । गुठी संस्थानको नाममा रहेको साढे दुई बिघा...

जनकपुरधाम । प्रदेश २ को नामाकरणको विषयमा नेपाली काँग्रेस भित्र...

बर्दिवास : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उत्पादनमूलक...

सप्तरी : सप्तरीकी १५ वर्षीया एक बालिकालाई बलात्कार गरेको...

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियाका पत्रकार जमाल...

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा थ्रीस्टार क्लबको...

जीतपुर । कोबिनि हस्पिटालटी म्यानेजमेन्ट प्रा.लि ...

गौर । नेपाल पत्रकार महासंघ रौतहटको सभापति रविन्द्र...

जनकपुरधाम । रामजानकी विवाहमहोत्सवमा सहभागि हुन जनकपुरधाम आउन लागेका भारत...

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले बलात्कारका अभियुक्तहरुलाई पक्राउ गर्न...

जनकपुरधाम । भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका चर्चित हिन्दूवादी...

जनकपुरधाम । संघिय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका उपप्रधान...

जनकपुरधाम । माछा सुपरजोन जनकपुर धाम ,धनुषा का कार्यालय प्रमुख...

जनकपुरधाम । धनुषाका प्रहरीले पीडितलाई न्याय दिलाउनुको साट्टो पिडकलाई संरक्षण...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा नंंंंं. ६ खुटौनाको...

चन्द्रपुर । रौतहटको बलेरी ईलाका वन कार्यालयको वन क्षेत्रमा एकै...

कुलदिप दास , जनकपुरधाम । धनुषामा बोक्सीको आरोप लगाएको भन्दै...

चन्द्रपुर । रौतहटमा प्रहरीले घरेलु मदिरा उत्पादन र बिक्रि बितरणमा...

चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिकामा बिशेष आर्थिक क्षेत्र (सेज) स्थापना...

रौतहट : कार्यक्रममा प्रदेश नम्बर २ का कृषि भूमि...