Mon, 24 Sep 2018
ताजा समाचार
डेरी उद्योगबाट तीस हजार युवालाई रोजगारी || चप्पल उद्योगमा श्रम शोषण || प्रदेशको नामांकन र राजधानीमा विवाद || एसिड प्रहारबाट घाइते युवतीको मृत्यु || माल्दिभ्सको राष्ट्रपतिमा विपक्षी दलका उम्मेदवार सोलिहलाई अग्रता || बार्सिलोना बराबरीमा रोकियो || सुचनाको माँग गर्दै राष्ट्रिय विद्यार्थी संघ रिले अनशनमा || मदिरा पिउन आउने भारतीयका कारण होहल्ला र असुरक्षा || अपांग दाजु भाईलाइ राज्य मन्त्रीले गरे सहयोग || प्रहरीका टाउँको दुखाई , लागुऔषध प्रयोगकर्ता बालकहरु || प्रहरी जवानद्वारा आत्महत्या || घाँटी रेटिएको अवस्थामा एक युवक फेला || नायब सुब्बाको दुर्घटनामा निधन || भिठ्ठामोड–जलेश्वर–जनकपुर सडक निर्माणमा ढिलाइ || प्लास्टिक घरभित्र तरकारी खेती || पत्रकार राहत कोष स्थापना || लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा || नेपाल प्रहरीको छवि धुमिल बन्दै || वडा अध्यक्षव्दारा ज्ञापन || खोलामा डुबेर एक जनाको मृत्यु || बारापर्सामा पेट्रोलियम पदार्थको अभाव || नगरस्तरमा बालबालिकाकोलागी अनिवार्य बजेट विनियोजन गरिने : || मुख्यमन्त्री राउतद्वारा राहत प्रदान || अमेरिकामा एक नेपालीसहित तीनको हत्या || मोहर्रममा हिन्दू समुदायको पनि उत्साह || नेकपामा मातृकालाई लोप्पा, महासेठ पक्ष सशक्त || यथास्थितिमा संविधान स्वीकार्य छैन् : मुख्यमन्त्री राउत || मोटरसाइकल ठोक्किदा एकको मृत्यु, एक घाइते || मैथिली फिल्म "दहेजक पिरा"को पोस्टर सार्वजानिक || मातृका र रघुबीरको सम्पती छानविन गर : नेता झा || वीरगञ्ज महानगरपालिकाका २ कर्मचारी सहित ३ तीन पक्राउ || मोहर्रम पर्व मनाइँदै || सहमतिपछि यातायात सञ्चालन || संविधान कार्यान्वयन गर्न निकै चुनौती : नेता महतो || घुस लिएको अभियोगमा दुई जना पक्राउ || महोत्तरी जमुनियाँमा प्रहरी पोष्ट स्थापना || लामो दुरीमा गाडी नचल्दा यात्रुहरु अलपत्र , सामान ढुवानी पनि || मल बन्दरगाहमै थन्कियो || खेलकूदले देशलाई चिनाएको छ: मन्त्री विश्वकर्मा || पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग ||
दुई विधेयक पारित

टुडे समाचारदाता जेठ ४, २०७५

प्रदेशको प्रथम अधिवेशन अन्त्य

जनकपुरधाम   ।   झण्डै   साढे   तीन   महिनासम्म  चलेको  प्रदेश  २  को  प्रथम  अधिवेशन  बिहीबार  मध्यरातिदेखि  सम्पन्न  भएको छ । सभामुख    सरोज    कुमार    यादवले    प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएपछि  प्रदेश  सभाको  प्रथम  अधिवेशन  विधिवत रुपमा सकिएको हो । प्रदेश  प्रमुख  रत्नेश्वर  लाल  कायस्थले  नेपालको   संविधानको   धारा   १८३   को   उपधारा(१) बमोजिम सम्वत २०७४ साल माघ गते आह्वान गरिएको प्रदेश सभाको चालु  अधिवेशन  नेपालको  संविधानको  धारा  १८३  को  उपधारा(२)    बमोजिम  जेठ ४ गतेदेखि अन्त्य गरेको पत्र सभामुख यादवलाई पठाएका थिए ।सभामुख  यादवले  संसदमा  उक्त  पत्र  पढेर  सुनाएपछि  प्रथम  अधिवेशन  घोषणा  भएको थियो । प्रथम  अधिवेशन  गएको  माघ  २१  गतेदेखि सुरु भएको थियो । अधिवेशनको       अन्तिम       दिन       प्रदेश नम्बर–२ को प्रदेशसभा कार्य संचालन नियमावली सर्वसम्मतिले पारित गरेको छ । उद्योग,  पर्यटन,  वन  तथा  वातावरण  मन्त्री रामनरेश रायले प्रदेश सभा संचालन नियमावली  प्रस्ताव  प्रस्तुत  गरेका  थिए  ।  प्रस्तावको  विपक्षमा  आवाज  नसुनिएपछि  सभामुख यादवले प्रदेशसभा कार्य संचालन नियमावली  २०७५  सर्वसम्मतले  पारित  भएको घोषणा गरेका थिए । नियमावली  पारित  भएपछि  सभामुख  यादवले सभा एक घण्टाको लागि स्थगित भएको घोषणा गरेका थिए । एक  घण्टाको  लागि  स्थगित  भएको  सभा  सबा  दुई  घण्टापछि  मात्रै  सुरु  भएको  थियो ।  राष्ट्रिय गानबाट सुरु भएको स्थगित बैठकको  सुरुमै  सभामुख  यादवले  प्रदेश  प्रमुखको कार्यालयबाट प्राप्त पत्र सुनाए । प्रथम  अधिवेशनमा  सरकारले  गरेको  कामको पनि सभामुख यादवले चर्चा गरेका थिए । प्रदेश सरकारले आठ वटा विधेयक सभामा पेश गरेकोमा दुई वटा पारित भएर प्रमाणीकरण समेत भइसकेको छ । दुई वटा विधेयक सभामा प्रक्रियामा रहेको छ । चार वटा  विधेयक  सचिवालयमा  दर्ता  भएको  छ । आर्थिक  कार्यविधि  र  चालु  आर्थिक  वर्षको बजेट पारित भएर प्रमाणीकरण समेत भइसकेको छ । प्रदेश     सभा     बैठकमा     सहयोग     गरेकोहरुलाई उनले धन्यवाद ज्ञापन गरे । अधिवेशन प्रारम्भ हुँदाको बखत सभा भवन  र  सचिवालयको  लागि  उपलब्ध  गराएको भवनको लागि साबिकको शैक्षिक तालिम केन्द्र र जिल्ला शिक्षा कार्यालयप्रति आभार   प्रकट   गरिएको   छ   ।   सीमित   श्रोतसाधनको  बाबजुद  पनि  सभा  बैठक  संचालनमा प्रभावकारी रुपमा संचालन गर्न सहयोग  गरेको  सचिवालयलाई  धन्यवाद  ज्ञापन गरिएको  छ । समितिको सचिवालय व्यवस्थापन,     पुस्तकालय,     कम्प्युटर,     वेभसाइट,   दलको   कार्यालय,   क्यान्टिन,   पार्किङ,  सुरक्षापोष्ट,  आवास  लगायतको  व्यवस्थापन  गर्नको  लागि  सचिवालयलाई  निर्देशन  दिईएकोछ  ।  यसअघि  बिहीबार  नै  भएको २५ औ बैठकमा सरकारको तर्पmबाट आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले जवाफ दिएका थिए । भारतीय        प्रधानमन्त्री        नरेन्द्र        मोदीको जनकपुर भ्रमणको क्रममा देखिएको अव्यवस्था,  झण्डा  विवाद,  मुख्यमन्त्रीको  अभिव्यक्तीमा विपक्षी दलहरुले सरकारसित जवाफ मागेको थियो । बिहान ९ बजेको लागि तोकिएको सभा डेढ घण्टा ढिलो गरी सुरु भएको थियो । सुरुमै माओवादी सांसद ज्वाला कुमारी साहले  सदनमा  समयको  ख्याल  नगरिएको  भन्दै  सरकारको  आलोचना  गरेकी  थिइन्  ।  उनले  समयको  ख्याल  नगरेकै  कारण  डेढ  घण्टा  ढिलो  गरी  सदन  सुरु  भएको  चर्चा  गर्दै  मोदी  भ्रमणबारे  मुख्यमन्त्री  लालबाबु  राउतले जवाफ दिनुपर्ने माग गरिन् । नेकपा  माओवादीकै  सांसद  दिलिप  कुमार  साहले  पनि  भारतीय  प्रधानमन्त्री    मोदीको    जनकपुर    भ्रमणको    क्रममा    प्रदेश  सरकारबाट  देखिएको  कमीकमजोरी  गनाए  ।  विभिन्न  जिल्लाहरुबाट  आएका  सर्वसाधारणलाई    खानेपानीको    समस्या    भएको  उनले  भने  ।  मंच  व्यवस्थापन  र  उद्घोषणको पनि उनले आलोचना गरे ।नेपाली  काँग्रेस  संसदीय  दलका  नेता  रामसरोज  यादवले  भारतीय  प्रधानमन्त्री  नरेन्द्र  मोदीको  जनकपुर  भ्रमणलाई  प्रदेश  सरकारले व्यवस्थापन गर्न नसकेको बताए । मुख्यमन्त्रीले    अन्तराष्ट्रिय    मञ्चमा    आन्तरिक  समस्या  उजागर  गरेर  कुटनीति  मर्यादा नाघेको टिप्पणी उनले गरे । यसअघि  मंगलबारको  बैठकमा  पनि  मोदी भ्रमण नै गुञ्जिएको थियो । मोदीको जनकपुर   भ्रमणबारे   प्रदेश   सरकारबाट   आन्तरिक मामिला तथा कानुनमन्त्री यादवले जवाफ दिएका छन् ।

Comment Box

पाल्पा : डेरी उद्योगले नेपालमा ३० हजारभन्दा बढी बेरोजगार युवालाई...

विराटनगर : मोरङको बूढीगङ्गा गाउँपालिका बाँसबारीमा रहेको ‘हाइलाइफ’ चप्पल...

विराटनगर । प्रदेश नम्बर १ को स्थायी राजधानी र नामाकरणको...

काठमाडौं । एसिड प्रहारबाट गम्भीर घाइते भएकी रौतहटको चन्द्रपुर...

माल्दिभ्स । माल्दिभ्सका विपक्षी दलका नेता इब्राहिम मोहम्मद सोलिहले राष्ट्रपति...

स्पेन । स्पेसिन लिग फुटबलको जारी सिजनमा बार्सिलोनाले पहिलो पटक...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवामा राष्ट्रिय विद्यार्थी संघले तीन...

सर्लाही । भारतको विहारमा मदिरापान बिक्रीवितरण र ओसारपसारमा प्रतिबन्ध लगाइएपछि...

गौर । प्रदेश २ का कृषि ,भूमि व्यवस्था तथा सहकारी...

जीतपुर । जीतपुरमा एउटै पसलमालगातार दुई चोटीचोरी भएपछि , प्रहरीको...

स्याङ्जा : जिल्ला कारागार स्याङ्जामा कार्यरत एक प्रहरी जवानले...

जनकपुरधाम । धनुषामा एक युवक घाँटी रेटिएको अवस्थामा फेला परेका...

पशुपतिनगर, इलाम : इलामको चुलाचुली गाउँपालिकामा कार्यरत नायब सुब्बा जगत...

बर्दिवास : महोत्तरीको सदरमुकाम जलेश्वरलाई भारतीय सीमा र धनुषाको जनकपुरसँग...

बलेवा : कुलतमा लागेका युवाका लागि सुधार गृहका रुपमा स्थापना...

इलाम : नेपाल पत्रकार महासङ्घ इलाम शाखाले पत्रकारका लागि आपत्कालीन...

काठमाडु । साउथ ह्याम्पटनलाई हराउँदै लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको...

काठमाडु । अपराध अनुसन्धानमा अब्बल मानिँदै आएको नेपाल प्रहरी पछिल्लो...

जनकपुरधाम । कमला नगरपालिकाका वडाअध्यक्षहरुले नगरप्रमुख रामउदगार गोइतलाई शनिवार ९...

भद्रपुर : खोलामा डुबेर मेचीनगर–८ सालघारीका ३६ वर्षीय शिवु...

जीतपुर : मुलुकी ऐनमा सवारी चालक सम्बन्धि गरिएको ब्यवस्थाको परिवर्तनको...

बर्दिबास : बालबालिकाले भयत्रासमुक्त वातावरणमा सुरक्षित र...

राजविराज : प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले...

वाशिङ्टन, डिसी : अमेरिकाको मेरिल्याण्ड राज्यमा भएको गोली काण्डमा...

नेपालगञ्ज, बाँके : मुस्लिम समुदायको पर्व मोहर्रममा नेपालगञ्जमा हिन्दू...

काठमाण्डु । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले टुंगो लगाएको प्रदेश ईञ्चार्ज ...

राजविराज । संविधान संशोधनको विषयमा वहस चलिरहेको बेला प्रदेश २...

सिरहा । जिरोमाइल देखि बरियारपट्टि जाने सडकखण्ड...

जनकपुरधाम । धिरेन्द्र मल्टिमेडिया प्रालिको प्रस्तुति रहेको चलचित्र...

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता रामचन्द्र झाले सरकारमा...

वीरगञ्ज । सेवाग्राहीसित घुस लिएको आरोपमा अख्तियारको टोलीले वीरगन्ज महानगरपालिकाका...

नेपालगञ्ज : इस्लाम धर्मावलम्बीको मोहर्रम पर्व बाँकेमा पनि धुमधामका...

बुटवल : मुलुकी संहितामा सवारी चालकका लागि ल्याइएको प्रावधानको...

कञ्चनपुर । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका नेता राजेन्द्र...

पर्सा : विद्यालयको अनुमतिपत्र दिन रु एक लाख घुस...

बर्दिवास । महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका–६ जमुनियाँ चोकमा आज...

जनकपुरधाम । चालकहरुको बन्दले जनकपुरधाम लगायत तराईका ...

वीरगञ्ज : नेपाल आयात गर्न लागिएको मल सिर्सियास्थित सुख्खा...

कास्की : सङ्घीय सरकारका युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले...

काठमाडौँ : प्रतिनिधिसभा बैठकमा सांसदले संविधान कार्यान्वयन गर्न मौलिक अधिकारसम्बन्धी...