Fri, 18 Jan 2019
ताजा समाचार
चैत्र मसान्त भित्रमा पर्सा जिल्लालाई खुलादिशा मुक्त जिल्ला घोषणा गर्ने || सवारी साधनहरुको मेकानिकल चेक जाँचतथाचालकहरुको स्वास्थ्य परिक्षण || सरकारी अस्पतालमा औषधिको अभाव || वन सखाप पार्न लागेको प्रदेश मन्त्रीको आरोप || रेल खरिद गर्न सरकारको सैद्धान्ति सहमति || बेलायतकी महारानीका पति फिलिप सवारी दुर्घटनामा घाइते || बार्सिलोना कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा || स्वास्थ्य अवस्था गम्भीर भएपछि डा. केसीलाई राति काठमाडौं ल्याइयो || २ करोड लागतमा अश्वमेध यज्ञ || वरियापट्टी गाउँपालिकामा संघर्ष समितिद्धरा धर्ना : कामकाज प्रभावित || सहारा विकास बैंकको सूचीकरण खारेज भएपछि कारोबारमा गिरावट || १८ वर्ष देखी फरार प्रतिवादी पक्राउ || डा.झाको लापर्वाहीले बिरामीको मृत्यु,अस्पतालमा तनाव || काँग्रेसलाई मजबुत बनाउनुको विकल्प छैन : नेता जोशी || एडिबीको काम गुणस्तरहिन भइरहेको गुनासो || जनता आवासले दलितको उठिबास || मेर्चाारा कार्बाही स्वरुप सप्तरीमा प्रहरी हवलदारमाथि गोली प्रहार , || अलपत्र परेका नेपाली कामदार नरेन्द्र स्वदेश फिर्ता || मिनि म्याराथनको उपाधि सुजनले जिते || २१ औं भूकम्पीय सुरक्षा दिवस मनाइँदै || सुन ६२ हजार नजिक || हात्तीबाट पिडित घर परिवारलाई नगरपालीकाले क्षतिपूर्ति दिने || बेटीलाई १ लाखको बीमा सुरु || संघिय सरकार विरुद्ध प्रदेश २ अदालत जाने || थारु समूदायको उत्थानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री राउत || लागुऔषध गाँजा सहित एक पक्राउ || ६ वर्ष पछि फरार प्रतिवादी पक्राउ || तराई–मधेशमा तिला सङ्क्रान्ति मनाइँदै || बालिका हत्यारालाई जन्मकैद || छ महीनाको अवधिमा रु १९ अर्बभन्दा बढी राजश्व सङ्कलन || सप्तरीमा मोटरसाइकल दुर्घटनामा सशस्त्र प्रहरीका यादवको मृत्यु || माघ १ गते प्रदेश २ मा सार्वजनिक विदा || २२ किलो गाँजा बरामद || भुकम्प जाेखिम व्यवस्थापनका लागि स्थानिय संञ्चारकर्मीहरूकाे लागि तालिम कर्यशाला सम्पन्न || सचिव झा पक्राउपछि रिहा, छानविन समिति गठन || तराई मधेशमा अब समस्या छैन : मन्त्री पोखरेल || सेनाले बलात्कारको प्रयास गरेको भन्दै ५ घण्टा राजमार्ग अवरुद्ध || सेनाबाट बलात्कार प्रयास, ५ घण्टा राजमार्ग अवरुद्ध || मधेशमा बैकल्पिक शक्ति निर्माण गरेर मूल मुद्दालाई जिवन्त राख्नुपर्छः संयोजक || जनकपुर जेसीजको ३६औ शाखा अधिवेशन सम्पन्न ||
नागढुंगा–धुलिखेल मेट्रो निर्माणका लागि विश्वव्यापी बोलपत्र, लागत करिब दुई खर्ब

रासस जेठ ५, २०७५

काठमाडौँ :  सरकारले काठमाडौँको नागढुंगादेखि काभ्रेपलान्चोकको धुलिखेलसम्म मेट्रो रेल निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ । 

प्रधानमन्त्रीको अध्यक्षता रहेको लगानी बोर्डले सो मेट्रो रेल निर्माणको प्रक्रिया अगाडि बढाएको हो । 

लगानी बोर्डले सो रेलमार्ग निर्माणको लागि विस्तृत सम्भाव्यता अध्ययन र निर्माणको आवश्यक तयारी गर्ने लक्ष्यका साथ विश्वव्यापी बोलपत्र आह्वान गरेको हो । आगामी चार साताभित्र विस्तृत सम्भाव्यता अध्ययनका लागि इच्छुक कम्पनीहरुले प्रस्ताव बुझाउनुपर्ने गरी विश्वव्यापी बोलपत्र आह्वान गरिएको हो । 

पहिलो चरणमा परामर्शदाता चयन गरी सो रेलमार्गको अध्ययन गरिनेछ । सार्वजनिक निजी साझेदारी ढाँचामा शहरी यातायातलाई व्यवस्थित गर्ने लक्ष्यका साथ मेट्रो रेलको अध्ययनका लागि प्रारम्भिक काम शुरु गरिएको बोर्डले जनाएको छ । 

बोर्डले छनोट गर्ने परामर्शदाताले विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन (डिएफएस) तयार पार्नुपर्नेछ । सो कार्यका लागि नेपाल सरकारले नै स्रोतको व्यवस्थापन गर्नेछ । 

यस्तै बोर्डले इच्छुक परामर्शदातालाई सो मेट्रो रेल निर्माणको समग्र पक्ष समेटिएको आशयपत्र पेश गर्न समेत आग्रह गरेको छ । 

विश्वका धेरै जसो देशमा सहज यातायाताका लागि मेट्रो रेल चलाई राखिएको सन्दर्भमा सो मार्गमा मेट्रो सञ्चालनका लागि आवश्यक प्रक्रिया शुरु गरिएको हो । 

आगामी चार वर्षभित्र मेट्रो रेल चलाउने तयारीका साथ आवश्यक प्रक्रिया शुरु गरिएको लगानी बोर्डले जानकारी दिएको छ । काठमाडौंको नागढुंगादेखि काभ्रेको धुलिखेलसम्मको मेट्रो रेलको लम्बाई ४५ किलोमिटर लामो रहेको छ । 

बोर्डको २०७४ कात्तिक २७ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले मेट्रो निर्माणका लागि विस्तृत सम्भाव्यता अध्ययन र विस्तृत आयोजना प्रतिवेदन तयार पार्ने निर्णय गरेको थियो । 

बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीकाअनुसार सोही निर्णयका आधारमा बोर्डले विश्वव्यापी बोलपत्र मार्फत परामर्शदाता चयनका लागि आवश्यक प्रक्रिया शुरु भएको हो । 

बोर्डले यही जेठ ३ गते सार्वजनिक सूचनामार्फत विश्वव्यापी बोलपत्रको सूचना प्रकाशित गरेको हो । राष्ट्रिय योजना आयोगले समेत नागढुंगादेखि धुलीखेलसम्म मेट्रो रेल चलाउन सकिने भन्दै आवश्यक प्रक्रिया शुरु गर्न सिफारिश गरेको थियो । आयोगले सो कार्यका लागि लगानी बोर्डमार्फत सहजीकरण गर्ने निर्णय गरेको थियो । 

लगानी बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले विश्वव्यापी बोलपत्र आह्वान गरिएको र त्यसमा परामर्शदाताको रुपमा काम गर्न चाहने संस्थाको आशयपत्र हेरेर उपयुक्त संस्था छनोट गरिने जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “हामीले ३० दिनको अवधि राखेर बोलपत्र आह्वान गरेका छौँ । विश्वभर नै मेट्रो रेल बनाएका अनुभवी संस्था वा निकाय यस प्रक्रियामा सहभागी हुन्छन् भन्ने हामीले अपेक्षा गरेका छौ ।” 

जानकारहरुका अनुसार एक किलोमिटर मेट्रो रेल निर्माणका लागि रु चार अर्ब खर्च लाग्नेछ । त्यस हिसाबमा ४५ किलोमिटर लामो मेट्रो निर्माणका लागि १८० अर्ब लाग्नेछ । निर्माण सामग्रीमा भएको मूल्यवृद्धि तथा अन्य प्राविधिक उपकरणमा भएको मूल्यवृद्धिका आधारमा रु दुई खर्बको हाराहारीमा खर्च लाग्ने देखिएको छ । 

विस्तृत सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेपछि लगानी बोर्डकै अगुवाईमा निर्माण, सञ्चालन र हस्तान्तरण (बुट) ढाँचामा सो रेलमार्ग निर्माणको प्रक्रिया अगाडि बढाइनेछ । 

सडक तथा यातायात क्षेत्रका विज्ञ आशिष गजुरेल ३० लाख जनसंख्या भएको शहरमा मेट्रो सञ्चालनमा आएको सन्दर्भमा काठमाडौँमा पनि त्यसको प्रक्रिया अगाडि बढ्नु जरुरी भइसकेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “मेट्रो रेल निर्माणमा पनि सरकार नै लाग्नुपर्ने अवस्था छ । नागरिकलाई सहज रुपमा शहरी यातायातको प्रबन्ध गर्नु पनि अत्यावश्यक छ ।” 

निर्माण सम्पन्न भइसकेपछि पनि सरकारले उचित अनुदान दिनु जरुरी हुने गजुरेलको भनाइ छ । लागत तथा सञ्चालनका हिसाबले मेट्रोमा फाइदा नहुने भएपनि शहरी यातायात व्यवस्थित गर्न त्यस्तो माध्यम जरुरी भइसकेको छ । 

नेपालमा मेट्रो निर्माणमा लागि चिनियाँ र जापानी कम्पनीले चासो व्यक्त गरिसकेका छन् । काठमाडौँ महानगरपालिकाले पनि चक्रपथमा मोनो रेल निर्माणको प्रक्रिया शुरु गरेको छ । 

Comment Box

वीरगन्ज : पर्सा जिल्लालाई चैत्र मसान्तसम्ममा खुलादिशा मुक्त जिल्ला घोषणा...

जीतपुर : सवारी दुर्घटना न्युनिकरणकोलागि सवारी साधनहरुको मेकानिकल...

सिरहा : सिरहाको बरियारपट्टी गाउँपालिकामा रहेका सरकारी अस्पतालमा औषधिको...

जनकपुरधाम । प्रदेश २ का उधोग पर्यटन, वन तथा वातावरण...

भारतको जयनगरदेखि जनकपुरधाम सम्म पहिलो चरणमा सञ्चालन गर्न नेपाल सरकारले...

लण्डन । बेलायतकी महारानी एलिजाबेथ द्वितीयका पति फिलिप एक...

काठमाडौं । लेभान्तेलाई पाखा लगाँउदै बार्सिलोना स्पेनिस कप अर्थात कोपा...

काठमाडौं : चिकित्सा शिक्षा सुधारको माग गरेर १६ औं...

वीरगन्ज । अश्वमेध गायत्री महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ...

सिरहाको वरियापट्टी गाउँकार्यपालिकाको प्राङगनमा संघर्ष समितिले आज देखि कामकाज प्रभावित...

सर्लाही : देव विकास बैंकसँग मर्जरको प्रकृयामा रहेको सहारा...

बारा । १८ वर्ष देखि फरार रहेका चुरी मुद्दाका प्रतिवादी...

गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा उपचारका क्रममा बुधवार एक जना बिरामीको...

जनकपुरधाम । नेपाली काँग्रेसका केन्द्रिय सदस्य नवीन्द्रराज जोशीले काँग्रेसलाई मजबुत...

एसियाली विकास बैंक (एडिबी)द्धारा संचालित विकास निर्माणका कामहरु गुणस्तरहीन भइरहेको...

सिरहा । जनता अावास कार्यक्रमका कारण नवराजपुर गाउँपालिकाका ५० घर...

सप्तरीमा गएराति एक जना प्रहरी हवल्दार महेन्द्र चतरी यादवमाथि अज्ञात...

सुरेन्द्र महतो , जोहोर, मलेशिया : मलेशियामा...

तनहुँ । तनहुँको बन्दीपुरमा आयोजना गरिएको मिनि म्याराथनको उपाधि बन्दीपुरका...

काठमाडौं । २१ औं भूकम्पीय सुरक्षा दिवस विभिन्न कार्यक्रम गरी...

जनकपुरधाम । सुनको मुल्य बढने क्रम हप्तादिन देखि जारी छ...

सर्लाहीको लालबन्दी नगरपालीकाले जंगली हात्तीले क्षति पुर्याएका घरका पिडित परिवारलाई...

प्रदेश २ को आठ जिल्लामा आजबाट जन्मिने सबै बेटीको १...

जनकपुरधाम । संघिय (केन्द्र)सरकारले संसदमा दर्ता गरेको ‘नेपाल प्रहरी र...

सप्तरी । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले थारु समुदायको...

जनकपुरधाम । लागुऔषध गाँजा सहित प्रहरीले एकलाई पक्राउ...

जनकपुरधाम । लागु औषध चरेश मुद्दाका फरार अभियुक्त ...

जनकपुरधाम : जनकपुरसहित सम्पूर्ण तराई–मधेशमा आज तिला सङ्क्रान्ति...

धरान : धरान उपमहानगरपालिका–१६ की १३ वर्षीया बालिका अनुषा...

विराटनगर : विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम...

सप्तरी । सप्तरीमा भएको दुघर्टनामा परी गम्भिर घाइते भएका एक...

जनकपुरधाम : मकर संक्रान्ति तथा माघी पर्व २०७५ को शुभ...

सिरहा । ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट खटिएको प्रहरी गस्ती...

जनकपुरधाम । दराे घर दिगााे वस्ति नाराका...

जनकपुरधाम । प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण...

जनकपुरधाम । रक्षा मन्त्री ईश्वर पोखरेलले तराई मधेशमा विकासको गति...

सिरहा । सिरहाको मिर्चैया नगरपालिका ७ स्थित अन्दाजी १६...

सप्तरी । तराई मधेस राष्ट्रिय अभियानका संयोजक जयप्रकाशप्रसाद गुप्ताले मधेशमा...

जनकपुरधाम । जनकपुर जेसीजको ३६औ शाखा अधिवेशन तथा वार्षिक साधारण...