Sun, 21 Oct 2018
ताजा समाचार
लाखौं मुल्य बरावरको धनसम्पति चोरी || दुर्घटनामा पाँचको मृत्यु || करेन्ट लागेर बालकको मृत्यु || धनुषाको नौवाखोरमा सरसफाई || आठ महिने सोनालीका हत्याका फरार अभियुक्त सुनसरीबाट पक्राउ || मुसहरको सामूहिक टीका || खुकुरी प्रहार गरी युवकको हत्या || आज शुक्ल सप्तमीका दिन फूलपाती भित्रयाउँदै || आखिर नारीलाई राजदेवी मन्दिरमा निषेध किन ? || सुपथ मुल्यको पसलमा उपभोक्ताको भीड || शिक्षाविद् सम्मानित || वडा अध्यक्षले बाँडे चामल || लोप हुदै झिझिया || लडेर मजदूरको मृत्यु || ५ वर्ष भित्र जनकपुरको कायापलट गर्छुः नेता महतो || पिपल प्रमोटको १० औं साधारण सभा सम्पन्न || दशैंको अवसरमा शुभकामना आदानप्रदान || आसमानमा हरिश्चन्द्र || संघीयता सफल पार्न चुनौती || बलात्कारपछि बालिकाको हत्या, २ पक्राउ || प्रदेश प्रहरी विधेयक पारित || नेपाल प्रेस युनियन रौतहटको अध्यक्षमा पुरी,सचिमा मिश्र || चन्द्रनिगाहपुरमा आज लाईभ कन्सर्ट || प्रदेश २ को सुरक्षा सल्लाहकारमा कायस्थ || आज प्रदेश प्रहरी विधेयक पास हुने || खेलाडीको संरक्षण प्रदेश सरकारले गर्छः मुख्यमन्त्री राउत || दाहालका नजरमा यी हुन् सरकारका महत्वपूर्ण उपलब्धि, ‘ठन्डा दिमागले सोच्नोस्’ || पत्रकार हत्याको प्रमाण सुरक्षित, छानबिन गर्न साउदीको टोली इस्तानबुलमा || शिरीषले जिते ८औं ओपन वाटर स्वीमिङ च्याम्पियनसिप || दुई समुह बीच झडप हुँदा एकको मृत्यु || सातौ अन्तराष्ट्रिय बालिका दिवस मनाइयो || सरकारसित संवादका लागि मोर्चाको वार्ता टोली सार्वजनिक || जीतपुरमा सार्वजनिक पुस्ताकालय || आँखा शिविरमा सयभन्दा बढी मोतियाबिन्दू || गुणस्तरीय शिक्षा पहिलो प्राथमिकता || ५१ सदस्यीय दलित फोरम गठन || दशैतिहारलाई लक्षित गरी सुलभ मुल्यको पसल || शिक्षा समन्वय इकाइका प्रमुख घुस सहित पक्राउ || महिलाको मृत्यु || लाखौँ ठगेर दम्पती फरार ||
रावणको जन्मभूमि मानिएको पौलस्त्य आश्रम ओझेलमा

टुडे समाचारदाता जेठ ७, २०७५

म्याग्दी । रामायणमा वर्णित रावणको जन्मभूमि मानिएको म्याग्दीको पौलस्त्य आश्रम प्रचारप्रसार र पूर्वाधार विकासको अभावमा छायामा परेको छ ।

विश्वका पवित्र १५ तीर्थस्थलममध्येको एक भए पनि यसको महत्वबोध गराउन नसक्दा यो ठाउँ ओझेलमा परेको हो ।

म्याग्दी जिल्लाको बेनी नगरपालिका ५ मा रहेको पुलस्त्य आश्रमको व्यापक धार्मिक महत्व छ । श्रीमद्भागवत महापुराणमा समेत वर्णित पुलस्त्य आश्रमलाई रावणको जन्मस्थलको रुपले पनि चिनिन्छ ।

तर धेरैको जानकारीमा नरहेको यो आश्रम पूर्वाधार, र संरक्षणको अभावमा गुमनाम जस्तै बन्न पुगेको छ ।

श्रीमद्भागवत महापुराणको सप्तम स्कन्दको चौधौँ अध्यायको दण्ड भागमा उल्लेख भएअनुसार विश्वका अति पवित्र १५ तीर्थस्थलमध्येमा यो आश्रम पर्र्दछ ।

यति धेरै धार्मिक आस्था र महत्व बोकेको भूमि ओझेलमा पर्नु आफैँमा दुखद् छ । नेपालबाट कैयौँ मानिसहरु पवित्र तीर्थभूमिको दर्शन गर्न विभिन्न मुलुकमा खोजी खोजी जाने गरेका छन् ।

तर ऐतिहासिक र धार्मिक महत्व भइकन पनि पुलस्त्य आश्रममा धेरैको नजर पुग्न सकेको छैन । यस स्थानले नत आन्तरिक पर्यटक आकर्षित गर्न सकेको छ न त बाह्य नै ।

उचित प्रचार प्रसार र संरक्षण सम्वर्धन गरे यस स्थानले धार्मिक पर्यटकलाई आकर्षित गर्न सक्नेमा कुनै शंका छैन ।

श्रीमद्भागवतपुराणका अनुसार पुलह ऋषिका नाति विश्रवा ऋषिका छोरा रावणको जन्म यही पुलस्त्य आश्रममा भएको पुजारी दण्डपाणी पौडेलले बताउँछन् ।

रावणको जन्मभूमि मात्र नभई हुर्केर बढेको ठाउँ पनि पुलस्त्य आश्रममै भएको पुराणमा उल्लेख छ ।

रावणले मुस्ताङ थाकखोलाकी थकालीकी छोरी ‘मन्दोदरी’ लाई विवाह गरी कालान्तरमा लंकाको राजा भएको पौराणिक ग्रन्थहरुमा उल्लेख गरिएको स्थानीय बुद्धिजीवी रणवहादुर बानियाँको भनाइ छ ।

यसरी धार्मिक र ऐतिहासिक महत्वको पवित्र भूमि ओझेलमा पर्दा यस ठाउँको प्रचारप्रसार हुन सकेको छैन ।

धार्मिक पर्यटकीय सम्भावना बोकेको यस ठाउँको प्रचार प्रसार र भौतिक पूर्वाधारको विकास गरे पर्यटकका लागि यो क्षेत्र आकर्षणको केन्द्र बन्न सक्ने सम्भावना छ ।

Comment Box

जनकपुरधाम । जनकपुरधाम उप–महानगरपालिका–१ वकिल टोलमा लाखौं मुल्य बरावरको धनसम्पति...

कावासोती : पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११ अरुणखोलामा...

राजविराज : सप्तरीको राजगढ गाउँपालिका–३ कट्टीमा करेन्ट लागेर शनिबार...

जनकपुरधाम । धनुषाको हँसपुर नगरपालिका वडा नं. ७ को...

जनकपुरधाम । महोत्तरीको औरही नगरपालिकाका ८ महिने शिशु सोनालिका चौधरी...

बर्दिवास : महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–१४ स्थित एकीकृत नमूना...

उर्लाबारी : मोरङको पथरीशनिश्चरे–८ स्थित शुक्रबारेमा गए राति एक...

जनकपुरधाम । प्रत्येक वर्ष...

जनकपुरधाम । हिन्दू धर्ममा नारीलाइ शक्ती स्वरुपको रुपमा पुजा गरिन्छ...

जीतपुर । बाराको जीतपुरस्थित सुपथ ...

गौशाला । महोत्तरी गौशाला ११ स्थित लोकहरि स्मृति...

गौर । प्राचीन कालदेखि नै महिलाहरुले खेलिदै आएको झिझिया...

लहान । सिरहाको नरहा गाउँपालिका–२ स्थित हिमालय सुगर मिलको...

जनकपुरधाम । पिपल प्रमोट सेन्टर जनकपुरको ...

जनकपुरधाम । हिन्दुहरुको महान चार्डपर्व ...

जनकपुरधाम । करिब दुुई दशकदेखि तराईका जिल्लाहरुमा समाज विकासको क्षेत्रमाा...

राजविराज । प्रदेश २ का भूमी व्यवस्था, कृषि तथा...

जनकपुरधाम । प्रदेश २ को प्रदेश सभाले शनिवार ...

चन्द्रपुर । नेपाल प्रेस युनियन रौतहटको अध्यक्षमा यादवराज पूरी निर्वा्चित...

चन्द्रपुर । रौतहटको चन्द्रनिगाहपुरमा लाईभ कन्सर्ट कार्यक्रम हुने भएको...

जनकपुरधाम ।प्रदेश सभा २ ले ...

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले राज्यको उदासिनताको कारण खेलाडीहरु निरुत्साहित...

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान...

काठमाडौं । टर्कीका अधिकारीहरुले साउदी अरबका पत्रकार जमाल खसोगी हत्या...

पोखरा । ओलम्पियन शिरीष गुरुङले शुक्रबार पोखराको फेवातालमा सम्पन्न ८औं...

जनकपुरधाम ।सरकारसित वार्ताका लागि जनतान्त्रिक तराई मुक्ती मोर्चाले विहिवार वार्ता...

जीतपुर । युवाहरुमा बढ्दो पुस्ताकालयप्रति ...

गौर । संघीय समाजवादी फोरम नेपाल जिल्ला कार्य समिति...

जीतपुर । बाराको जीतपुरमा पहिलोपटक ...

भोजपुर । ट्याक्टरबाट खसेर टेम्केमैयङु गाउँपालिका–९ वलौटे भञ्ज्याङमा...

नवलपरासी । पूर्वी नवलपरासीको कावासोती नगरपालिका–८ का एक...