Sun, 24 Jun 2018
ताजा समाचार
आदिवासी जनजाति चलचित्र महोत्सव हुने || जहदा गाउँपालिकाको रु ४२ करोडको बजेट || विराटनगर महानगरको बजेट न्यून, जनतामा निराशा || बुइपामा पहाडी जिल्लाकै सबैभन्दा ठूलो खेलमैदान निर्माण हुँदै || वीरगन्ज महानगरको बजेट चार अर्ब ९४ करोड || शैक्षिक सुधारका माग राख्दै विद्यार्थीद्वारा आन्दोलन || राष्ट्रिय सभा अध्यक्षबाट सरकारको ध्यानाकर्षण || अधिकार र स्रोत विकेन्द्रित नगरेसम्म संघीयता कार्यान्वयन हुँदैनः सभामुख || चीनमा वातावरणमैत्री रेलसेवा तीव्र विस्तार || दुई साताभित्र जनवर्गीय संगठनबीच एकताः नेता नेपाल || करेन्ट लागेर मृत्यु || सुखीपुर नगपालिकाद्वारा रु ४४ करोड बजेट पारित || मोेटरसाइकल दुर्घटनामा चालकको मृत्यु || ४ करोड बढि लिएर गोयन्का वेपत्ता || एसईईको नतिजा सार्वजनिक || दुबै पक्षका कम्युनिष्टको विचार समान हुनुपर्छ : मुख्यमन्त्री गुरुङ || प्रतिवर्ष १९ अर्बको खाद्यान्न आयात || आइसिपीको मुख्य भवनमा चुहिन थाल्यो || स्वास्थ्य चौकी हस्तान्तरण || शेयर बजार : एक अर्ब भन्दा बढीको कारोबार || सिरहाको ठाडी वाट तेस्रो मुलुकको उत्पादन भारत निकास || अख्तियार चन्द्र मावि सिरहामा || खुकुरी प्रहार गरी हत्या प्रयास || प्रदेश प्रहरी ऐनसँगै निजामति र प्राविधिक ऐन ल्याउने तयारी : || एसईईको नतिजा सार्वजनिक हुदै || प्रदेश नं ४मा प्रादेशिक विवि र प्राविधिक महाविद्यालय स्थापना गर्न || सामाजिक सञ्जालमा जथाभावी पोष्ट नगर्न आग्रह || चालू आवको २३ प्रतिशत बजेट खर्च || नागरिकता र राहदानीको समस्या समाधान गरिदिन ल्हासाका नेपालीहरुको आग्रह || हात्ती प्रभावितलाई नगद सहयोग || बाल विवाह विरुद्ध जनचेतना मुलक कार्यक्रम || अन्तराष्ट्रिय योग दिवस मनाइयो || सबै समुदायमा महिला हिंसा || योगले सकारात्मक सोचको विकास हुन्छ : प्रमुख कायस्थ || अवैध मदिरा बनाउने समान बरामद || सर्लाही कारागारको निर्माण कार्य सुरु भएन || अधिकांश स्थानीय तहको बजेट फ्रिज हुने || करेन्ट लागेर एकको मृत्यु || उद्यमशीलता सम्वन्धी तालिम सम्पन्न || केरियर केयरद्वारा सञ्चालक सम्मान ||
नङ नकाटी आउनेलाई सामाजिक सुरक्षा भत्ता नदिइने

रासस जेठ २९, २०७५

रोल्पा । २०७२ पुसमा जिल्लालाई खुला दिसामुक्त घोषणा गरेपछि सुस्ताएको पूर्ण सरसफाइ अभियान स्थानीय तहमा जनप्रतिनिधि पाएसँगै पुनः सक्रिय देखिन थालेको छ । अभियानलाई सार्थक तुल्याउन तथा तोकिएकै समयमा पूर्ण सरसफाइ उन्मुख बनाउन यहाँका जनप्रतिनिधिले विभिन्न सिर्जनशील अभ्याससमेत गर्न थालेका छन् । रोल्पाको सुकिदह गाउँपालिकाको एक वडाले सबै घर हरियो रंगले पोतेर देशकै पहिलो हरित वडा भएको दाबीसहित सार्वजनिक कार्यक्रममार्फत घोषणासमेत गरिसकेको छ भने उत्तरी रोल्पाको एक वडाले नङ नकाटेर भत्ता बुझ्न आउने सेवाग्राहीलाई सामाजिक सुरक्षा भत्ता नदिने भएको छ । थवाङ गाउँपालिका–३, मिरुलले यस्तो अभियानको थालनी गरेको हो । पूर्ण सरसफाइ अभियानलाई टेवा पु¥याउने उद्देश्यले वडाले यस्तो अभियान चालेको बताएको छ । ‘पूर्ण सरसफाइका लागि व्यक्तिगत सरसफाइ पहिलो खुड्किलो भएकाले सामाजिक सुरक्षा भत्ता बुझ्ने सरसफाइमा संवेदनशील होउन् भन्ने उद्देश्यले यस्तो कार्यको थालनी गरेका हौं,’ वडाध्यक्ष भीमबहादुर रोकाले भने । जनताको घरदैलोमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको बताउँदै नागरिकलाई समेत कर्तव्यप्रति जिम्मेवार बनाउन यस्तो अभियान थालेको रोकाले बताए । वडामा पूर्ण सरसफाइ अभियान चलिरहेको भएपनि पूर्ण सरसफाइसम्बन्धी व्यवहार परिवर्तनको अवस्था निकै कमजोर रहेकाले यस्तो कामको थालनी गरेको अध्यक्ष रोकाले बताए । ‘वडा कार्यालयमा सेवा लिन आउने सबै सेवाग्राहीलाई व्यक्तिगत सरसफाइका लागि उत्प्रेरित गरिरहेका छौं,’ वडासचिव चन्द्रज्योति सुवेदीले भने । साबुन पानीले हात धुने, कपाल कोर्ने, नङ काट्ने, शुद्धीकरण गरिएको पानी मात्र प्रयोग गर्ने कुरामा सेवाग्राहीलाई उत्प्रेरित गर्दै आएको सुवेदीले जानकारी दिए । सन् २०२१ भित्र वडालाई पूर्ण सरसफाइ उन्मुख वडा बनाउने लक्ष्य लिएका कारण अहिलेदेखि नै व्यवहार परिवर्तनमा जोड दिइरहेको सुवेदीले जानकारी दिए । सन् २०२२ भित्र जिल्लालाई पूर्णसरसफाइ उन्मुख जिल्ला घोषणा गर्ने लक्ष्य निर्धारण गरिएकाले स्थानीय तहसमेत सक्रिय हुन थालेको जिल्ला खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालय रोल्पाका सरसफाइ फोकल पर्सन डिल्लीराज न्यौपानेले बताए । १० स्थानीय तहमा ७२ वडा रहेको रोल्पामा हालसम्म एक वडा मात्रै पूर्ण सरसफाइ उन्मुख घोषणा भएको न्यौपानेले जानकारी दिए । अभियान सफल पार्न सबै स्थानीय तहले सक्रियता देखाएका कारण तोकिएकै समयमा जिल्ला पूर्णसरसफाइ उन्मुख हुनेमा आफू आशावादी रहेको न्यौपानेको भनाइ छ ।

Comment Box

काठमाडौँ : बहुभाषिक तथा बहुसाँस्कृतिक मुलुक नेपालको पहिचानलाई प्रवद्र्धन...

विराटनगर : मोरङका दक्षिण पूर्वी गाउँपालिका जहदाले आगामी आर्थिक...

विराटनगर : सरकारले गत जेठ १५ गते सार्वजनिक गरेको...

खोटाङ : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा पूर्वी पहाडी जिल्लाकै...

पर्सा : वीरगन्ज महानगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ का लागि...

काठमाडौँ : साना आठ विद्यार्थी संगठनले शैक्षिक सुधारका माग...

काठमाडौँ : राष्ट्रियसभाका अध्यक्षले विशेष समयमा सांसदले उठान गर्नुभएका...

चितवन : सभामुख कृष्णबहादुर महराले अधिकार र स्रोतलाई विकेन्द्रित...

छेन्दु, सिचुवान : काठमाडौँमा रेलसेवाको सम्पर्क सञ्जाल जोड्ने चर्चा...

चितवन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता...

चितवन : भरतपुर महानगरपालिका– ११ मा आज करेन्ट लागेर...

लहान : सिरहा सुखीपुर नगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ का...

राजविराज : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको सीतापुरमा आज मोटरसाइकल...

जनकपुरधाम । बीरगञ्जबाट व्यवसायी ...

भक्तपुर : २०७४ सालमा भएको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा...

बेँशीसहर, लमजुङ : प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा...

काठमाडौँ : कृषिको परनिर्भरता उच्च बिन्दुमा पुगेपछि यसप्रति सर्वत्र...

पर्सा : वीरगन्जको अलौँमा निर्माण भएको एकीकृत चेकजाँच चौकी...

दाङ : दाङ देउखुरीस्थित गढवा स्वास्थ्य चौकीको भवन निर्माण सम्पन्न...

काठमाडौँ : धितोपत्र बजारमा यस साता रु एक अर्ब...

सिरहा । तेस्रो मुलुकको मालसमान तथा उत्पादन निर्यात गर्न कानुनी...

लहान । अख्तियार दुरुपयोग अनुसन्धान कार्याल ईटहरीले भ्रष्टाचार नियन्त्रणमा विद्यार्थीहरुको...

वीरगञ्ज : प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले...

काठमाडौं - २०७४ सालमा भएको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा...

काठमाडौँ । प्रदेश नं ४ मा प्रादेशिक विश्वविद्यालय र प्राविधिक...

काठमाडाँै : प्रेस काउन्सिल नेपालले सामाजिक सञ्जालमार्फत जथाभावी अशिष्ट...

धनगढी : प्रदेश नं ७ को प्रदेश सरकारले चालू...

ल्हासा, चीन : चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेका नेपालीले...

जनकपुरधाम । धनुषाको धनौजी गाँउपालिकामा दुई दिने बाल विवाह विरुद्ध...

जनकपुरधाम । चौथो अन्तराष्ट्रिय योग दिवस जनकपुरसहित विश्वभरि...

लहान । सिरहा जिल्लाको विष्णुपुर ...

जनकपुरधाम । नेपाल समृद्ध बनाउन सबै नेपाली स्वस्थ हुनुपर्ने र...

जनकपुरधाम । धनुषा जिल्लाको विभिन्न स्थानहरुबाट अवैध मदिरा र बनाउन...

मलगंवा । जिल्ला कारागार सर्लाहीको भवन निर्माणकार्य...