Wed, 18 Jul 2018
ताजा समाचार
भारतको राज्यसभामा २२ भाषाका दोषासेको व्यवस्था || किम र मुनलाई इन्डोनेसियाली राष्ट्रपतिको निमन्त्रणा || डुङ्गा दुर्घटना हुँदा १६ को मृत्यु, ३० बेपत्ता || औषधिको गुणस्तरवारे अनुसन्धान हुनुपर्छ : स्वास्थ्यमन्त्री यादव || डा केसीका माग सम्बोधन गरिनुपर्छ : नेता थापा || चिनिया टोलीद्वारा झापाका नदीहरूको सर्वेक्षण शुरु || मानव अधिकार हननका ३३ पीडित परिवारले क्षतिपूर्ति पाउने || बीस करोड डलरको परियोजना स्वीकृत || कृषक जडीबुटी खेतितर्फ आकर्षित || पाँच अर्ब २१ करोड राजश्व संकलन || अपहरित बालिका २ महिना बन्धक सामुहिक बलात्कार गर्ने तीन युवक || इंग्ल्यान्ड जाने नेपाली क्रिकेट टोलीको बिदाइ || विद्यार्थीलाई शैक्षिक सामग्री || ‘धाम’ राख्ने मन्त्रिपरिषदको निर्णय || नेकपाः महाधिवेशनमा भाग लिन अध्यक्ष पनि चुनिनुपर्ने || दुर्घटनाको कारण सडकमा लाग्ने हटिया || मकैको बीउ बिक्री भएन || सडक दुर्घटनामा ज्यान गुमाउने बढ्दै || बजेटको प्रभावकारी कार्यान्वयन गराउन प्रधानमन्त्रीको सक्रियता || दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु || प्रदेश २ मा ‘बेटी पढाऔँ बेटी बचाऔँ’ योजना लोकप्रिय हुँदै || प्रदेशको नामाकरण अन्यौलमा || विष्णुपुर गाउँपालिकाको बजेट रु १९ करोड || निषेधाज्ञासम्बन्धी पहिलाकै आदेशलाई निरन्तरता || नेटो कहिल्यै बलियो हँुदैन– ट्रम्प || विश्वकप विजेता फ्रान्सलाई भव्य स्वागतको तयारी || पाकिस्तानमा भएका हिंसामा परी मृत्यु हुने थपिए || ट्रम्प र पुटिनको शिखर वार्ताको सकारात्मक शुरुवात || नेपाल दक्षिण एशियाली आमन्त्रण तेक्वान्दो : नेपाल च्याम्पियन || एचआइभी वृद्धिदरमा उल्लेखनीय परिवर्तन आएन || निर्वाचन खर्च रु एक खर्ब ३१ अर्ब || पूर्व खेलाडी सम्मानित || अवैध सुन तस्करी गर्ने पक्राउ || प्रा डा केसीसँग वार्ता गर्न टोली गठन || दुई दिनदेखि हराएका वडा सदस्य मृत फेला || छुट्टाछुट्टै घटनामा दुईको मृत्यु || राजपाले अझै राज्यमन्त्रीको टुंगो लगाउन सकेन् || गरिबसँग विशेश्वर कार्यक्रम || बुद्धमायाले किन गरीन् आत्महत्याको प्रयास || ठाकुर सर्वसम्मत नेता चयन ||
सिथि नखः अर्थात् सरसफाइ दिवस

रासस असाड ५, २०७५

काठमाडौँ :  नेवार समुदायले प्रत्येक वर्ष ज्येष्ठ शुक्ल षष्ठीका दिन मनाउने सिथि नखः पर्व आज हर्षोल्लासका साथ मनाइएको छ ।

लिच्छविकालदेखि शुरु भएको जनविश्वास रहेको सिथि नखःका दिन नित्य पूजा गर्नुपर्ने देवीदेवता तथा आफ्ना दिवंगत पूर्वजलाई मास, मुगीबाट बनेका विशेष प्रकारको वः (बारा), चामलको पीठोबाट बनाइएको चतांमरी, गहुँको म्हुचामरीलगायत परिकार चढाउने तथा परिवारका सबै सदस्य एक ठाउँमा बसेर खाने गर्छन् । हिन्दू धर्म मान्ने नेवारले यस दिनलाई कुमारको जन्म भएको तथा बौद्ध धर्म मान्ने नेवारले क्षेत्रपालका रुपमा मान्ने प्रचलन छ ।

बौद्धमार्गीले यस दिनलाई बुद्ध महासत्व भई जन्म लिएका बेला आजकालको नमुरा (नमोबुद्ध) भन्ने स्थानमा बच्चा जन्माई अशक्त भएको बाघलाई बुद्धले आफ्नो शरीरको मासु काटेर बाघलाई खुवाएको र बुद्धले निर्वाण प्राप्त गरेको दिनका रुपमा पनि लिन्छन् । यसैले यो दिन महासत्व राजकुमारको गीत गाइने प्रचलन छ । ज्येष्ठ शुक्ल षष्ठीका दिन मनाइने षष्ठी नखः अपभ्रंश भई सिथि नखः भएको हो ।
किंवदन्तीअनुसार एक पटक महादेव र पार्वतीबीच प्रणय भइरहेका बेला स्वर्गलोकमा दानवको आक्रमण भएपछि सबै देवता महादेवकहाँ गएछन् । त्यहीबेला महादेवमा कामाग्नि उत्पन्न भयो । त्यो कामाग्नि पार्वतीमा खस्नुपर्नेमा इन्द्रलाई प¥यो । इन्द्रले कामाग्निसहित गंगामा गएका बेला त्यहाँ स्नान गरिरहेका स्वर्गका परीलाई सो कामाग्नि खसेछ । ती परीबाट कुमारको जन्म भयो । ती कुमारलाई महादेवले छोरा भनी पार्वतीलाई हस्तान्तरण गरे ।

सिथि नखः अर्था्त कुमार षष्ठीलाई रावण षष्ठी पनि भनिन्छ । अयोध्याका राजा दशरथका जेठा छोरा रामचन्द्रले रावणबाट हरण भएकी पत्नी सीतालाई फर्काएको दिनका रुपमा पनि यस दिनलाई सम्झिइन्छ । सिथि नखःका दिन घर आँगनमा गोबरले लिपेर पाँच पलेस्वां लेखी श्रीकुमार (सिथिद्यः) भनी आराधना गरी पञ्चोपचार तथा माय्(मास) वा मू(मुग) वा चतांमरी(चामलको रोटी) दुसिमरी(कोदाको रोटी) कःनि(मकै)का बारा राखी पूजा गरेमा घरमा बिघ्नबाधा आउँदैन भन्ने जनधारणा छ ।

संस्कृतिविद् डा चुन्दा बज्राचार्यले आजको दिन पानीको मुहान, इनार र कुवाका साथै आफू बस्ने घरटोल वरपर सरसफाइ गरी मनाइने बताउँदै भन्नुभयो, “विश्व सरसफाइ दिवस मनाउने चलन अहिले आएको छ तर नेवार समुदायले सयौँ वर्षदेखि धार्मिक हिसाबले आफू वरपर सरसफाइ गर्दै आएको छ ।

उहाँका अनुसार किसानसँग पनि सम्बन्धित यस पर्वमा खाइने बारा खानाले शरीरमा तागत उत्पन्न हुने र वर्षायाममा धान खेती गर्न बल मिल्ने जनविश्वास छ । संस्कृतिविद् डा बज्राचार्यले यदि देगु(देवाली) पूजा नभएको वा देगु पूजाका दिन देगु पूजा गर्न नपाएमा वा देगु पूजाको तिथि थाहा भएन भने यस दिन देगु पूजा गर्ने चलन रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेवार समाजमा काम सफल होस् भनेर मूल ढोकाको अगाडि कुमारलाई पूजा गर्ने चलन छ, मूलढोका) अगाडि कुमारको बासस्थान मानिन्छ । डा बज्राचार्यले सिथि नखःका दिन काठमाडौँको जैसीदेवलमा सिथिद्यः(कुमार देवता) प्रदर्शन गर्ने तथा भक्तजनले समेत चिउरा राखी पूजा गर्ने चलन रहेको बताउनुभयो । त्यसको भोलिपल्ट सिथिद्यःलाई रथमा राखेर काठमाडौँमा शहर परिक्रमा गरी जात्रा मनाइन्छ ।

Comment Box

नयाँदिल्ली : भारतको माथिल्लो सदनका रूपमा रहेको राज्यसभामा २२...

जाकार्ता : इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले उत्तर कोरियाका नेता किम...

इस्तानबुल : शरणार्थीहरू चढेको डुङ्गा दुर्घटना हुँदा बुधबार साइप्रसमा...

काठमाडौँ : उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले...

काठमाडौँ : नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले चिकित्सा क्षेत्रको...

दमक : चिनिया अधिकारीहरूले झापाका नौवटा नदीमा तटबन्ध निर्माणको...

काठमाडौँ : सरकारले मानव अधिकार आयोगकोे सिफारिशमा मानव अधिकार...

काठमाडौँ : सरकारले मुलुकमा सौर्य ऊर्जा उत्पादन तथा व्यवस्थापन...

सल्यान : जिल्लामा कृषक जडीबुटी खेतीतर्फ आकर्षित हुन थालेका...

विराटनगर : आन्तरिक राजश्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०७४÷७५...

गरुडा (रौतहट)। बालिकालाई अपहरण गरी शरीर बन्धक ...

काठमाडौं, साउन २ । इंग्ल्यान्डको लर्ड्समा हुने त्रिकोणात्मक क्रिकेट शृंखला...

लहान । सप्तरीको सुरुगां नगरपालिका ...

जनकपुरधाम । जनकपुर उप–महानगरपालिकाको...

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टीले सबै कमिटीका पदाधिकारी र सदस्यले...

विराटनगर : विराटनगरबाट सुनसरीको इटहरीसम्मको राजमार्गलाई केन्द्र बनाएर लाग्ने...

मलेखु, धादिङ : नीलकण्ठ नगरपालिका र ज्वालामुखी गाउँपालिकामा सञ्चालित मकै...

बर्दिवास : महोत्तरी जिल्लामा सडक दुर्घटनामा परी मर्नेको संख्या...

काठमाण्डु । “यो प्रधानमन्त्रीले आज रातभरि मै देश विकास...

राजविराज : पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कुशाहामा ट्रकको ठक्करबाट एकजना...

वीरगञ्ज : प्रदेश नं २ को सरकारले बालिका तथा...

लहान : सप्तरीको विष्णुपुर गाउँपालिकाको सोमबार सम्पन्न दोस्रो गाउँसभाले...

काठमाडाँै : सर्वोच्च अदालतले माइतीघर मण्डललगायत काठमाडौँ उपत्यकाका केही क्षेत्रमा...

हेल्सिन्की : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर एट्लान्टिक सन्धी...

मस्को : रुसको मस्कोमा भएको फिफा विश्वकप फुटबल प्रतियोगिताको विजेता...

इस्लामावाद : पाकिस्तानमा चुनावी अभियानका क्रममा भएका हिंसामा परी...

हेल्सिन्की : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँका रुसी...

काठमाडौँ : नेपाल दक्षिण एशियाली तथा आमन्त्रण तेक्वान्दो प्रतियोगितामा...

काठमाडौँ : भारतमा काम गरी फर्केका पुरुष आप्रवासीका श्रीमतीहरुमा...

काठमाडौँ : नेपालको संविधानअनुसार गत वर्ष सम्पन्न स्थानीय तह,...

काठमाडौँ : फुटबलर्स मिशन टुगेदरले फुटबल क्षेत्रमा योगदान पु¥याउने...

काठमाडौँ : महानगरीय प्रहरी परिसर काठमाडौँले अवैध रुपमा सुन तस्कर...

काठमाडौँ : सरकारले अनशनरत प्रा डा गोविन्द केसीसँग वार्ता गर्न...

गाईघाट, उदयपर : दुई दिनदेखि बेपत्ता भएको उदयपुर जिल्लाको...

लहान ; सिरहाको छुट्टाछुटै स्थानमा भएको घटनामा एक बालकसहित...

जनकपुरधाम । धनुुषाको जनकनन्दनी...

काठमाण्डु ।राष्ट्रिय जनता पार्टी ...