Sat, 15 Dec 2018
ताजा समाचार
वित्तीय साक्षरता कार्यक्रम सम्पन्न || कार्यालय सहायकको डेरामा समानान्तर प्रशासन कार्यालय || लोहारपट्टि नगरपालिकाका अगामी बजेट करिव ४७ करोड || राउतलाई पक्राउ आदेश, यादव जेल चलान || वीरगन्जको विर्तामा मेयर जनाता आमने सामने कार्यक्रम सम्पन्न || हिन्दू परिसदको सक्रियताले नेपाल हिन्दू रास्ट्र हुने : युवानेता नबीन || बर्दिबासको खुल्ला दिसा मुक्त क्षेत्र कागजमै सिमित || बिद्युतको कर्मचारी बनेर ट्रान्सफर्मर चोरी गर्ने पक्राउ || सिरहाको दुर्गम भेगमा डाक्टर गोविन्द केसी शिविर || अबैध ढुंगा निकाल्ने ट्रेक्टर नियन्त्रण || नेकपाका प्रदेश सदस्यहरुले लिए सपथ || रामायण एक्सप्रेसले जनकपुरधामलाई जोड्ने || नाबालिगलाई सामुहिक बलात्कार || बैकुण्ठ दासको मुद्दा ६ नंं.इजलासमा || मेयर साहद्धारा पनि योगीको अभिनन्दन || ६३ चोर पक्राउ, अधिकांश महिला || महन्थ र राजेन्द्रसँगै देखिए || गंगासागरमा लाखौं श्रद्धालुद्धारा स्नान || योगी सवारीका लागि घण्टौं सडक अवरुद्ध || अयोध्या–जनकपुर रामजानकी राजमार्ग, उत्तरप्रदेशले सहयोग गर्न प्रतिबद्ध || मोदी र यादवबीच भेंट || सडक दुर्घटनामा परी एक जनाको मृत्यु || योगी जनकपुरधाममा || स्वास्थ्य चौकी कर्मचारीको मनोमानीले सर्व साधारणलाई सास्ती || सुखिपुरमा अगजनि वाट १० लाखको छति || बसले मोटरसाइकलमा ठक्कर दिदा महिलाको मृत्यु || आज मटकोर सम्पन || अस्पताल निर्माण नहुदा भतकियो पर्खाल || महन्त वैकुण्ठमाथि दुई मुद्दा || ससुरालीमा भगवान राम उपेक्षित || लोकतान्त्रिक समुहको प्रचार तिव्र || प्रदेशमा मुख्यमन्त्री र काठमाण्डुमा संघिय मन्त्री ठूलो || तिलकोत्सव सम्पन || झूटो अपवाह फैलाउने एक युवक पक्राउ || योगी लखनउबाट सोझै आउने, मधेश भवनमा दिवा भोज || सप्ताहव्यापी विवाहञ्चमी महोत्सवको तेश्रो दिन धनुष यज्ञ सम्पन, || गोलबजार उद्योग व्यापार संद्यमा महासचिव बाहेक अग्रवालको प्यानल नै विजयी || सिरहामा बम विस्फोट || योगीको स्वागतमा जुटे निधि || यसरी भेटेका थिए रामले सिता ||
बजेटको प्रभावकारी कार्यान्वयन गराउन प्रधानमन्त्रीको सक्रियता

रासस साउन १, २०७५

काठमाण्डु  । “यो प्रधानमन्त्रीले आज रातभरि मै देश विकास गर्न खोजेको हो कि भन्नुहोला ! आजलाई तपाईहरु घर जानुस्”– प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह सुनेपछि सहभागी मन्त्री र सचिवको हाँसोले हल गुञ्जायमान भयो । त्यसबेला रातको ९ः३० भइसकेको थियो । 

आर्थिक वर्ष २०७५÷०७६ को नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनसम्बन्धी कार्ययोजनामा गत बुधबार मन्त्रालयको पाँच घण्टा लामो प्रस्तुति धैर्यपूर्वक सुनेपछि प्रधानमन्त्री ओलीले दुई घण्टा लामो निर्देशनका क्रममा प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामीले समृद्ध नेपालका लागि उत्पादनमा जोड दिनुपर्छ । धानको उत्पादन दोब्बर गर्ने योजना सफल बनाउनुपर्छ । पाँच वर्षमा कृषि उत्पादन दोब्बर बनाउनुपर्छ ।” 

नयाँ आवको पहिलो दिनदेखि बजेट र कार्यक्रम कार्यान्वयनका लागि प्रधानमन्त्री ओलीको यो सक्रियताले राज्य संरचनामा सकारात्मक प्रभाव पर्ने देखिएको छ । 

पुष्पलाल राष्ट्रिय पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बजेट कार्यान्वयनसम्बन्धी छलफलमा प्रधानमन्त्री पुग्दा दिउँसोको २ बजेको थियो । कुन मन्त्रालयको बजेट कार्यान्वयनसम्बन्धी योजना कस्तो छ ? अनुगमनका लागि के गर्नुपर्छ ? भन्ने विषयमा प्रधानमन्त्रीले लिखित प्रस्तुतिकरण गर्न गत जेठ २५ को मन्त्री र सचिवको बैठकमा निर्देशन दिइसक्नुभएको थियो । 

बिहानदेखिको व्यस्त कार्यतालीकाका बीच दिउँसो सिंहदरबारमा पुग्दा पनि उहाँको मुहारमा कुनै थकान देखिएन । उहाँले निकै उत्सुकताका साथ एकाग्र चिन्तनले मन्त्रीको प्रस्तुति सुनिरहनुभएको थियो । मन्त्रालयको प्रस्तुति गम्भीर मुद्रामा सुनेपछि प्रधानमन्त्रीले ७ः३० देखि ९ः३० सम्म दुईघण्टा बजेट कार्यान्वयनमा निर्देशन दिनुभयो । 

प्रधानमन्त्रीले बजेट कार्यान्वयन सम्बन्धमा राष्ट्रको समग्र निर्माणमा जोड दिँदै कसरी छिटो र राम्रो काम गर्न सकिन्छ प्रत्येक मन्त्रालयले सोचेर काम गर्न उहाँको आग्रह थियो । गृहमन्त्रालयको कार्यक्रममा भएको लागूऔषध कारोबार नियन्त्रणसम्बन्धी प्रसंगमा उहाँले भन्नुभयो, “लागूऔषधको कारोबार नै ठप्प गरौँ, लागूऔषधि कारोबार गर्ने मृत्युका व्यापारी हुन्, अरुको जीवन बर्बाद गरेर धन कमाउने हुन्, त्यस्ताप्रति कुनै दया नगरौँ ।” गृहमन्त्रालयको बजेटमा लागूऔषध नियन्त्रणसम्बन्धी सातै प्रदेशको कार्यक्रममा उहाँले सो निर्देशन दिनुभयो । 

गृह मन्त्रालयअन्तर्गतकै अर्को प्रसंगमा उहाँले भन्नुभयो, “कारागार बढाउने होइन, अपराध घटाउनुपर्छ, कैदीबन्दी आफैँ घट्छन् ।” प्रधानमन्त्री ओलीले सम्बन्धित मन्त्रालयलाई निर्देशन दिँदै पानीजहाज ल्याउने काम चाँडो गर्न, राष्ट्रिय परिचयपत्र कार्ड बनाउँदा व्यक्तिको सबै सूचना आउने गरी बनाउनुपर्नेमा जोड दिनुभएको थियो । 

नेपालको विकासका लागि हेटौँडा र उदयपुर सिमेन्टको कारखानाको स्तरोन्नति गरी क्षमता बढाउने, नेपाल औषधी लिमिटेडले नेपालमै औषधिको उत्पादन गर्ने र लगानीमैत्री वातावरणको सिर्जना गर्नमा ध्यान दिन प्रधानमन्त्रीको निर्देशन थियो । 
उहाँले राजमार्गको निरीक्षण तथा विकास निर्माणका ठेकेदारले सही रुपमा सही समयमा गरे÷नगरेको निरीक्षण गर्नसमेत सुझाव दिनुभएको थियो । 

भौतिक पूर्वाधार तथा यातायात, ऊर्जा, जलस्रोत तथा सिँचाइ, शहरी विकास, स्वास्थ्य तथा जनसंख्या, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, शिक्षा, विज्ञान तथा प्रविधि, परराष्ट्र, कृषि, भूमि व्यवस्था तथा सहकारी, खानेपानी तथा सरसफाइ र उद्योग, वाणिज्य तथा आपूर्ति गरी १४ वटा मन्त्रालयको बजेट कार्यान्वयनसम्बन्धी प्रस्तुतिकरण पहिलो दिन थियो ।

Comment Box

सिरहा। सिरहाको सुखिपुर नगरपालिका वाडा नं. ११ दहिपौडी बजारमा वित्तीय...

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत एकजना कार्यालय सहायकले...

जनकपुरधाम । लोहारपट्टि नगरपालिकाले करिव ४७ करोड बरावरको बजेट...

जनकपुरधाम ।राज्य विरुद्धको अभियोगमा रौतहट जिल्लाको थुनामा रहेका...

वीरगन्ज: वीरगन्जको मुर्लीमा जनता मेयर आमने सामने कार्यक्रम सम्पन्न...

रौतहट : हिन्दू परिसद नेपाल आफ्नो शाखा एवं संगठन बिस्तार...

बर्दिबास : महोत्तरीको बर्दिवास नगरपालिकको खुल्ला दिसा मुक्त अभियान कागजमै...

मलंगवा : सर्लाहीको कविलासी नगरपालिका वडा न–२, पिपरीया स्थित शिव...

सिरहा । त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी डा. गोविन्द केसीले सिरहाको...

रौतहट : चन्द्रपुर खोलाबाट अबैध रुपमा ढुंगा निकाल्ने ३ वटा...

चन्द्रपुर : नेकपाका प्रदेश २ ईन्चार्ज सत्यनाराण मण्डलले प्रदेश दुईमा...

जनकपुरधाम । भारत उत्तर प्रदेशको अयोध्याबाट जनकपुरलाइ राजमार्गबाट जोड्ने कार्य...

सिरहा । सिरहा जिल्लाको सुखिपुर नगरपालिकामा बुधवार राती एउटी नाबालिगलाई...

जनकपुरधाम । गुठी संस्थानको चलनचल्तीको मुल्य अनुसार ५ अर्ब बढीको...

जनकपुरधाम: उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई जनकपुरधाम उप–महानगरपालिकाका मेयर...

जनकपुरधाम । विवाह पंचमीको दिन बुधवार भिडभाडका बेला पाकेट मार्ने...

जनकपुरधाम : राष्ट्रिय जनता पार्टी (राजपा)का संयोजक राजेन्द्र महतो र...

जनकपुरधाम : रामजानकी विवाह पंचमीको दिन जनकपुरस्थित ऐतिहासिक गंगासागर पोखरीमा...

जनकपुरधाम : उत्तर प्रदेशका मुख्यमन्त्री जनकपुरधाम प्रवेश गरेलगत्तै घण्टौं...

जनकपुरधाम । भारत उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल...

काठमाण्डु । एकता महाधिवेशनको तयारीमा रहेको संघिय समाजवादी फोरम नेपालका...

सिरहा। पूर्वपश्चिम लोमार्ग अन्तर्गत सिरहाको धनगडीमाई नगरपालिका सोनापुर नजिक सडक...

जनकपुरधाम : भारतको युपी राज्यका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरधाम आईपुगेका...

सिरहा । कर्जन्हा नगरपालिका वडा नम्बर ११ मा रहेको...

सिरहा । सिरहाको सुखिपुर नगरपालिका वाडा नम्बर ४ काविलासिमा सोमबार...

सिरहा । सिरहाको लहान ठाडी सडकखण्डअन्तर्गत सखुवानन्कारकट्टी गाउँपालिका वाडा नम्बर...

जनकपुरधाम : भगवान् सीताराम विवाह महोत्सवअन्तर्गत आज मटकोर विधि सम्पन्न...

सिरहा । सिरहाको बिष्णुपुर गाउँपालिका वाडा नम्बर २...

जनकपुरधाम । साधुसन्तहरु रामजानकी विवाहमहोत्सवको तयारीमा जुटेको बेला रामजानकी मन्दिर...

जनकपुरधाम । त्रेता युगकालिन भगवान राम र जानकीको विवाहमहोत्सव धुमधाम...

वीरगञ्ज । नेपाल ईञ्जिनियर्स एशोसिएशनको ३२ औं महाधिवेशनको क्रममा लोकतान्त्रिक...

काठमाण्डु । नेपाल सरकारले निर्धारण गरेको मर्यादाक्रममा व्यापक फेरबदल हुने...

जनकपुरधाम : रामजानकी विवाह पंचमीको चौथो दिन आज तिलकोत्सव ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका स्थित ज्योति विकास बैंकबाट...

जनकपुरधाम । रामजानकी बिबाहमहोत्सवमा सहभागी हुन आउन लागेका भारत उत्तर...

जनकपुरधाम : सप्ताहव्यापी विवाहञ्चमी महोत्सवको तेश्रो दिन...

सिरहा । सिरहाको गोलबजार उद्योग व्यापार संद्यमा महासचिव बाहेक भरत...

सिरहा । सिरहाको भगवानपुर गाउँपालिका–४ ठाडीमा बम विस्फोट भएको...

जनकपुरधाम । भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको जनकपुरधाम भ्रमणको...

जनकपुरधाम : राम–जानकी महोत्सवको दोस्रो दिन शनिवार जनकपुरस्थित विवाह...