Fri, 14 Dec 2018
ताजा समाचार
वीरगन्जको विर्तामा मेयर जनाता आमने सामने कार्यक्रम सम्पन्न || हिन्दू परिसदको सक्रियताले नेपाल हिन्दू रास्ट्र हुने : युवानेता नबीन || बर्दिबासको खुल्ला दिसा मुक्त क्षेत्र कागजमै सिमित || बिद्युतको कर्मचारी बनेर ट्रान्सफर्मर चोरी गर्ने पक्राउ || सिरहाको दुर्गम भेगमा डाक्टर गोविन्द केसी शिविर || अबैध ढुंगा निकाल्ने ट्रेक्टर नियन्त्रण || नेकपाका प्रदेश सदस्यहरुले लिए सपथ || रामायण एक्सप्रेसले जनकपुरधामलाई जोड्ने || नाबालिगलाई सामुहिक बलात्कार || बैकुण्ठ दासको मुद्दा ६ नंं.इजलासमा || मेयर साहद्धारा पनि योगीको अभिनन्दन || ६३ चोर पक्राउ, अधिकांश महिला || महन्थ र राजेन्द्रसँगै देखिए || गंगासागरमा लाखौं श्रद्धालुद्धारा स्नान || योगी सवारीका लागि घण्टौं सडक अवरुद्ध || अयोध्या–जनकपुर रामजानकी राजमार्ग, उत्तरप्रदेशले सहयोग गर्न प्रतिबद्ध || मोदी र यादवबीच भेंट || सडक दुर्घटनामा परी एक जनाको मृत्यु || योगी जनकपुरधाममा || स्वास्थ्य चौकी कर्मचारीको मनोमानीले सर्व साधारणलाई सास्ती || सुखिपुरमा अगजनि वाट १० लाखको छति || बसले मोटरसाइकलमा ठक्कर दिदा महिलाको मृत्यु || आज मटकोर सम्पन || अस्पताल निर्माण नहुदा भतकियो पर्खाल || महन्त वैकुण्ठमाथि दुई मुद्दा || ससुरालीमा भगवान राम उपेक्षित || लोकतान्त्रिक समुहको प्रचार तिव्र || प्रदेशमा मुख्यमन्त्री र काठमाण्डुमा संघिय मन्त्री ठूलो || तिलकोत्सव सम्पन || झूटो अपवाह फैलाउने एक युवक पक्राउ || योगी लखनउबाट सोझै आउने, मधेश भवनमा दिवा भोज || सप्ताहव्यापी विवाहञ्चमी महोत्सवको तेश्रो दिन धनुष यज्ञ सम्पन, || गोलबजार उद्योग व्यापार संद्यमा महासचिव बाहेक अग्रवालको प्यानल नै विजयी || सिरहामा बम विस्फोट || योगीको स्वागतमा जुटे निधि || यसरी भेटेका थिए रामले सिता || महायज्ञ सुरु || सिरहामा सहकारिको ढुकुटि सन्चालक समितिको सुबिधामै स्वाहा || घाईते विद्यार्थीहरुको निःशुल्क उपचार हुनुपर्ने लगायतका मागहरु || एम्बुलेन्स नभएको गाउँपालिकामा ६० लाखको गाडी ||
बडाहाकिमका छोरा बने देशकै सर्वोकृष्ट किसान

एजेन्सी साउन १६, २०७५

गोरखा । उनी काठमाडौंको खानदानी परिवारमा जन्मिएका थिए । बाबु बडाहाकिम थिए, घरमा कुनै अभाव थिएन । बाबुको चाहना छोरालाई सैनिक अधिकृत वा निजामती कर्मचारी बनाउने थियो ।

तर बाबुको चाहनाको ठीक उल्टो उनी किसान भएर निस्किए । तीनै लहडी व्यक्ति यसवर्ष देशभरकै सर्वाेकृष्ट किसान बने ।

गोरखाको पालुङटार नगरपालिका ७ च्याङ्लीका राजेन्द्रराज पन्त कामधेनु गाईपालन केन्द्रका सञ्चालक हुन् ।

काठमाडौमा हुर्के बढे पनि उनी धेरैले अवहेलना गरेको कृषि र पशुपालन गर्न पुख्र्यौली थलो गोरखा आएका थिए । त्यसकै माध्यमबाट नेपालमा मात्र होइन विदेशमा पनि परिचित छन् ।

उनको गाईपालन केन्द्रमा अहिले जर्सी र होलिस्टिन जातका तीन सय ३५ वटा गाई छन् । १३ वटा गोठमा उमेर समूहअनुसार गाईलाई अलग अलग राखिएको छ । दैनिक करिब १३ सय लिटर दूध दुहुन्छन् उनी । उत्पादित दूध सिधै भक्तपुर लगिन्छ ।

‘६ बर्षको सम्झौता छ, एक दिन बिराएर उनीहरु आफै लिन आउँछन्,’ पन्तले भने । उनले गोठबाटै प्रतिलिटर ५९ रुपैयाँमा बिक्री गर्छन् । दूध बेचेरै मासिक २१ लाख भन्दा बढी आम्दानी हुने उनको भनाइ छ ।

उनको गाई फार्ममै चिस्यान केन्ऽ पनि छ । दूध दुहुन चार वटा मेसिन छन् । भकारो सोहोर्ने, घाँस काट्ने गरी २० जनालाई रोजगारी दिएका छन् । कुल तीन सय रोपनी क्षेत्रफलमध्ये दुई सय ८० रोपनी क्षेत्रफलमा घास खेती गरिएको छ । नेपियर, सिम्बुसेतिया, मोलाटो, गायो, गिदरी, दबदबे लगायतका १८ थरीका घास खेती हुन्छन् ।

यसरी सुरु भयो गाईपालन

बडाहाकिम बाबुको चाहना छोरा सैनिक वा निजामती कर्मचारी बनोस् भन्ने थियो । तर उनको ध्यान बाबुको इच्छाविपरीत खेती किसानीतर्फ देखिएपछि परिवारको साथ पाएनन् । ‘म एक्लो छोरा, पोलिटिकल साइन्समा बिए पनि गरिसकेको थिए, घरमा जागिर खानुपर्छ भन्थे,’ पन्तले अनलाइनखबरसँग भने, ‘म खेती किसानी गर्छु भन्दा राम्रो मान्नुभएन ।’

परिवारले साथ नदिए पनि उनले हार खाएनन् । खासमा उनले काठमाडौंमा १४ वर्षको हुँदैमा कुखुरापालन सुरु गरेका थिए । त्यसबाट केही रकम पनि जम्मा पारेका थिए । त्यही पैसा लिएर फलफूल खेती गर्ने भन्दै २१ बर्षको उमेर (२०३२ सालमा) उनी पुर्ख्यौली थलो च्याङ्ली आए ।

करिब ३५ हजारको लगानीमा उनले आँप, लिची, भुइँकटहर, अम्बालगायतका फलफूल खेती शुरु गरे । उनले तनहुँको डुम्रेमा फलफूल पसलसमेत खेले । केही समय राम्रै आम्दानी भयो । खेती गर्न आवश्यक मलका लागि उनले २०३४ सालमा सात वटा भैंसी गोरखपुरबाट किनेर ल्याए । भैंसी किन्नका लागि उनले परिवारलाई गुहारेनन् । बरु कृषि विकास बैंकबाट एक लाख ऋण निकाले ।

खेती गर्दै जाँदा फलफुलमा किरा लाग्न थालेपछि उनले विषादी प्रयोग गरे । तर विषादीको असरले चराहरु बारीमै मर्न थालेपछि उनले फलफुल खेती छाडेर गाइ पाल्ने निधो गरे । २०५२ सालमा भारतको सिलगुढीबाट सात लाखमा सात वटा गाई किनेर ल्याए । गाई किन्नका लागि उनले कृषि विकास बैकबाट पुन १८ लाख ऋण निकालेका थिए । फलफुल खेती छाडेर अब उनी पुरै गाई र भैंसीपालनमा केन्द्रित भए ।

२०५४ सालमा पोखराबाट थप १२ र २०५६ सालमा स्याङ्जाबाट १२ गरी २४ वटा गाई ल्याए । गाईको दूध नजिकैको सहकारीमा लगेर बेच्ने गथ्र्ये । ‘२०५२ सालतिर ३०/३५ लिटर दुध हुन्थ्यो, बोकेर सहकारीमा बेच्न लान्थे,’ पन्तले भने ।

भैसीको तुलनामा गाईले बढी दूध दिने भएपछि उनी गाईपालनमा मात्र केन्द्रित भए । २०६० सालमा भएका सबै भैसी बेचिदिए । विस्तारै गाईको संख्या बढाउदै लगे ।

गाईलाई चाहिने दाना उनी आफै उत्पादन गर्छन् । जाडो मौसमा गाइलाई तातो पानी खुवाउन सोलार जडान गरेका छन् । दूधमात्र मात्र होइन बाच्छा बेचेर पनि उनले आम्दानी गरिरहेका हुन्छन् । बर्षको ५-६ वटा बाच्छा राष्ट्रिय प्रजजन केन्द्र पोखरा पठाउने उनी बताउँछन् । एउटा बाच्छाको तीसदेखि ६० हजारसम्म लिने पन्त बताउँछन् ।

गाईपालन केन्द्र भ्रमणमा आउनेहरुबाट उनले बार्षिक तीन लाख आम्दानी गर्छन् । ‘भ्रमण आउने एउटा टोलीसँग दुई हजार रुपैयाँ लिन्छु, एक घण्टा प्रशिक्षण दिन्छु,’ उनले भने । स्वदेशबाट मात्र नभई विदेशबाट पनि उनको गाईफार्म भ्रमणमा आउने गरेको उनी बताउछन् । मंसिरदेखि असारसम्म त उनको फार्म हेर्नेको भीड नै लाग्छ ।

गाई पालेरै उनले थुपै्र सम्मानहरु पाएका छन् । २०७३/७४ सालमा उनले २६ लाख अनुदान रकम पाए । यसै वर्ष उनी सर्वोत्कृष्ट कृषक घोषित भए र नगद दुई लाखसहित राष्ट्रपति सर्वाेत्कृष्ट किसान पुरस्कारबाट पुरस्कृत भए । ‘घरबाट बारम्बार गाइपालन छोडेर जागिर खान आइज, बडा हाकिमको छोरा भएर यस्तो काम गर्न हुन्न भन्नुहुन्थ्यो तर म गइन, अहिले सर्वाेत्कृष्ट किसान भएर सम्मान पनि पाएको छु निकै खुशी लाग्छ,’ पन्तले अनलाइखबरसँग भने ।

उमेरले ६४ पुगिसके उनी । तर उनको जोश र जाँगरमा भने कत्ति कमि आएको छैन । उनी गाईपालनमै व्यस्त छन् ।

छोराहरु राजीवराज र राजकुमार पन्तले पनि बाबुकै बाटो पछ्याएका छन् । वाणिज्यशास्त्रमा स्नातक तह पास गरेका दुई छोराहरु बाबुले सञ्चालन गरेको गाईफार्ममै व्यस्त हुन्छन् । गाईपालनकै सन्दर्भमा पन्तले धेरै देश भ्रमण गरिसकेका छन् । अब उनको योजना आफ्नै दूध डेरी खोल्ने छ ।

नेपालीले गाईपालन गर्न सक्दैनन् भन्ने मानसिकता रहे पनि आफूले गरेर देखाएको पन्त बताउँछन् । सशस्त्र द्वन्द्वको समयमा भने उनलाई यो व्यवसाय अघि बढाउन निकै कठिन भयो । ‘२०५२ साल देखि २०६० सालसम्म म त अन्योलमा थिए, कहिले बन्द, संकटकाल जस्ता कारणले झण्डै हार खाइसकेको थिएँ तर धैर्य गरेर बसेँ, अहिले सफलता मिल्यो,’ उनले भने ।

Comment Box

वीरगन्ज: वीरगन्जको मुर्लीमा जनता मेयर आमने सामने कार्यक्रम सम्पन्न...

रौतहट : हिन्दू परिसद नेपाल आफ्नो शाखा एवं संगठन बिस्तार...

बर्दिबास : महोत्तरीको बर्दिवास नगरपालिकको खुल्ला दिसा मुक्त अभियान कागजमै...

मलंगवा : सर्लाहीको कविलासी नगरपालिका वडा न–२, पिपरीया स्थित शिव...

सिरहा । त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी डा. गोविन्द केसीले सिरहाको...

रौतहट : चन्द्रपुर खोलाबाट अबैध रुपमा ढुंगा निकाल्ने ३ वटा...

चन्द्रपुर : नेकपाका प्रदेश २ ईन्चार्ज सत्यनाराण मण्डलले प्रदेश दुईमा...

जनकपुरधाम । भारत उत्तर प्रदेशको अयोध्याबाट जनकपुरलाइ राजमार्गबाट जोड्ने कार्य...

सिरहा । सिरहा जिल्लाको सुखिपुर नगरपालिकामा बुधवार राती एउटी नाबालिगलाई...

जनकपुरधाम । गुठी संस्थानको चलनचल्तीको मुल्य अनुसार ५ अर्ब बढीको...

जनकपुरधाम: उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई जनकपुरधाम उप–महानगरपालिकाका मेयर...

जनकपुरधाम । विवाह पंचमीको दिन बुधवार भिडभाडका बेला पाकेट मार्ने...

जनकपुरधाम : राष्ट्रिय जनता पार्टी (राजपा)का संयोजक राजेन्द्र महतो र...

जनकपुरधाम : रामजानकी विवाह पंचमीको दिन जनकपुरस्थित ऐतिहासिक गंगासागर पोखरीमा...

जनकपुरधाम : उत्तर प्रदेशका मुख्यमन्त्री जनकपुरधाम प्रवेश गरेलगत्तै घण्टौं...

जनकपुरधाम । भारत उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल...

काठमाण्डु । एकता महाधिवेशनको तयारीमा रहेको संघिय समाजवादी फोरम नेपालका...

सिरहा। पूर्वपश्चिम लोमार्ग अन्तर्गत सिरहाको धनगडीमाई नगरपालिका सोनापुर नजिक सडक...

जनकपुरधाम : भारतको युपी राज्यका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरधाम आईपुगेका...

सिरहा । कर्जन्हा नगरपालिका वडा नम्बर ११ मा रहेको...

सिरहा । सिरहाको सुखिपुर नगरपालिका वाडा नम्बर ४ काविलासिमा सोमबार...

सिरहा । सिरहाको लहान ठाडी सडकखण्डअन्तर्गत सखुवानन्कारकट्टी गाउँपालिका वाडा नम्बर...

जनकपुरधाम : भगवान् सीताराम विवाह महोत्सवअन्तर्गत आज मटकोर विधि सम्पन्न...

सिरहा । सिरहाको बिष्णुपुर गाउँपालिका वाडा नम्बर २...

जनकपुरधाम । साधुसन्तहरु रामजानकी विवाहमहोत्सवको तयारीमा जुटेको बेला रामजानकी मन्दिर...

जनकपुरधाम । त्रेता युगकालिन भगवान राम र जानकीको विवाहमहोत्सव धुमधाम...

वीरगञ्ज । नेपाल ईञ्जिनियर्स एशोसिएशनको ३२ औं महाधिवेशनको क्रममा लोकतान्त्रिक...

काठमाण्डु । नेपाल सरकारले निर्धारण गरेको मर्यादाक्रममा व्यापक फेरबदल हुने...

जनकपुरधाम : रामजानकी विवाह पंचमीको चौथो दिन आज तिलकोत्सव ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका स्थित ज्योति विकास बैंकबाट...

जनकपुरधाम । रामजानकी बिबाहमहोत्सवमा सहभागी हुन आउन लागेका भारत उत्तर...

जनकपुरधाम : सप्ताहव्यापी विवाहञ्चमी महोत्सवको तेश्रो दिन...

सिरहा । सिरहाको गोलबजार उद्योग व्यापार संद्यमा महासचिव बाहेक भरत...

सिरहा । सिरहाको भगवानपुर गाउँपालिका–४ ठाडीमा बम विस्फोट भएको...

जनकपुरधाम । भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको जनकपुरधाम भ्रमणको...

जनकपुरधाम : राम–जानकी महोत्सवको दोस्रो दिन शनिवार जनकपुरस्थित विवाह...

जनकपुरधाम: महायज्ञ सुरु हुनेक्रममा जानकी मन्दिरबाट निकालिएको घोडा रथसहितको र्याली...

सिरहा। साना किसान कृषि सहकारि सन्स्था लिमिटेड बिष्णुपुर,सिराहाका सन्चालक समितिले...

सिरहा : लहानमा मधेशी समुदाय र सँस्कृति उपर अपशब्द...

सिरहा । सिरहाका ९ वटा गाँउपालिकामध्ये लक्ष्मीपुर पतारी गाँउपालिका अहिलेसम्म...