Thu, 18 Oct 2018
ताजा समाचार
आज शुक्ल सप्तमीका दिन फूलपाती भित्रयाउँदै || आखिर नारीलाई राजदेवी मन्दिरमा निषेध किन ? || सुपथ मुल्यको पसलमा उपभोक्ताको भीड || शिक्षाविद् सम्मानित || वडा अध्यक्षले बाँडे चामल || लोप हुदै झिझिया || लडेर मजदूरको मृत्यु || ५ वर्ष भित्र जनकपुरको कायापलट गर्छुः नेता महतो || पिपल प्रमोटको १० औं साधारण सभा सम्पन्न || दशैंको अवसरमा शुभकामना आदानप्रदान || आसमानमा हरिश्चन्द्र || संघीयता सफल पार्न चुनौती || बलात्कारपछि बालिकाको हत्या, २ पक्राउ || प्रदेश प्रहरी विधेयक पारित || नेपाल प्रेस युनियन रौतहटको अध्यक्षमा पुरी,सचिमा मिश्र || चन्द्रनिगाहपुरमा आज लाईभ कन्सर्ट || प्रदेश २ को सुरक्षा सल्लाहकारमा कायस्थ || आज प्रदेश प्रहरी विधेयक पास हुने || खेलाडीको संरक्षण प्रदेश सरकारले गर्छः मुख्यमन्त्री राउत || दाहालका नजरमा यी हुन् सरकारका महत्वपूर्ण उपलब्धि, ‘ठन्डा दिमागले सोच्नोस्’ || पत्रकार हत्याको प्रमाण सुरक्षित, छानबिन गर्न साउदीको टोली इस्तानबुलमा || शिरीषले जिते ८औं ओपन वाटर स्वीमिङ च्याम्पियनसिप || दुई समुह बीच झडप हुँदा एकको मृत्यु || सातौ अन्तराष्ट्रिय बालिका दिवस मनाइयो || सरकारसित संवादका लागि मोर्चाको वार्ता टोली सार्वजनिक || जीतपुरमा सार्वजनिक पुस्ताकालय || आँखा शिविरमा सयभन्दा बढी मोतियाबिन्दू || गुणस्तरीय शिक्षा पहिलो प्राथमिकता || ५१ सदस्यीय दलित फोरम गठन || दशैतिहारलाई लक्षित गरी सुलभ मुल्यको पसल || शिक्षा समन्वय इकाइका प्रमुख घुस सहित पक्राउ || महिलाको मृत्यु || लाखौँ ठगेर दम्पती फरार || बम आक्रमणमा दोषी ठहर गर्दै १७ जनालाई मृत्युदण्ड || नेपाल र सिंगापुर भिड्दै, उपाधि जित्ने नेपालको लक्ष्य || संविधानको भावना बमोजिम प्रदेश प्रहरीः मुख्यमन्त्री राउत || २१ हजार अश्लील वेबसाइट बन्द || लडेर दुईको मृत्यु || ६३ औं प्रहरी दिवस जनकपुरधाममा मनाउदै , अमर प्रहरी प्रति || अमेरिकी राष्ट्रपति ट्रम्प भारतमाथि प्रतिबन्ध लगाउने तयारीमा ||
सेन्ट्रल अफ्रिकन रिपब्लिकमा मारिएका रुसी पत्रकारलाई यातना नदिइएको पुष्टि

एएफपी साउन १७, २०७५

मस्को : यसै हप्ता सेन्ट्रल अफ्रिकन रिपब्लिकमा मारिएका रुसी पत्रकारलाई यातना नदिइएको पाइएको रुसले जानकारी दिएको छ ।
सेन्ट्रल अफ्रिकन रिपब्लिकमा रहेको रुसी दूतावासलाई बिहीबार सो जानकारी गराइएको रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखरोभले बताउनुभएको छ ।

गत सोमबार सेन्ट्रल अफ्रिकन रिपब्लिकमा समाचार सङ्कलनका क्रममा तीन जना रुसी पत्रकार मारिएका थिए । उक्त देश पछिल्लो समयमा द्वन्द्वमा फसेको छ ।
मारिएका तीन रुसी पत्रकारमा किरिल राडचेन्खो, अलेक्जेन्डर राष्ट्रोगुएभ र अर्खान जेमाल रहेका छन् । उनीहरु द्वन्द्वग्रस्त उक्त देशमा समाचार सङ्कलनका क्रममा मारिएको बताइएको छ ।

उनीहरुलाई यातना दिएर हत्या गरेको हुनसक्ने आशङ्का रुसले गरेको थियो । तर सेन्ट्रल अफ्रिकन रिपब्लिकका स्थानीय चिकित्सकले ती पत्रकारको शव परीक्षणबाट उनीहरुलाई कुनै यातना दिइएको नपाइएको र उनीहरुको शरीरमा गोली लागेको मात्र पाइएको बताएका छन् ।
ती पत्रकारले उक्त देशका वागनर ग्रुप नामको एक सशस्त्र समूहको समाचार सङ्कलन गरिरहेका थिए । उक्त समूहलाई रुसको छायाँ सैन्यका रुपमा पनि लिने गरिन्छ ।
बुधबार उक्त देशका अधिकारीहरुले दिएको जानकारी अनुसार रुसका ती तीन जना पत्रकारलाई नौ जनाको सशस्त्र समूहले गोली हानेर हत्या गरेको जानकारी पनि गराएका छन् ।

सेन्ट्रल अफ्रिकन रिपब्लिक सरकारका प्रवक्ता एन्ज म्याक्सिम काजागुइले हत्यामा संलग्न ती सशस्त्र समूहका सदस्यले उक्त देशमा बोलिने साङ्गो र फ्रान्सेली भाषा बोल्न नजान्ने पाइएको जानकारी दिनुभयो ।

प्रवक्ता काजागुइले ती तीन जना पत्रकारमध्ये एकजनाले उक्त समूहका एकजना सशस्त्र लडाकूको हतियार खोस्न खोजेको र सोही क्रममा हतियारधारीले गाली हानेर हत्या गरेको पाइएको जानकारी पनि दिनुभयो ।

तीनजनामध्ये एकजनाको सोही क्रममा घटनास्थलमा नै मृत्यु भएको र अरु दुई जनाको भने शरीरमा रहेको घाउका कारण पछि अस्पतालमा नै निधन भएको उनीहरुका सवारी चालकले जानकारी दिएको पनि प्रवक्ता काजागुइले जानकारी दिनुभयो ।
गम्भीर घाइते ती सवारी चालकको पनि उपचार भइरहेको बताइएको छ ।

यस हत्याकाण्डको अनुसन्धानका सेन्ट्रल अफ्रिकन रिपब्लिकका अधिकारी र त्यहाँ रहेको संयुक्त राष्ट्रसंघीय मिसनका प्रतिनिधि समेत सम्मिलित एक समिति निर्माण गरिने भएको पनि बताइएको छ ।

Comment Box

जनकपुरधाम । प्रत्येक वर्ष...

जनकपुरधाम । हिन्दू धर्ममा नारीलाइ शक्ती स्वरुपको रुपमा पुजा गरिन्छ...

जीतपुर । बाराको जीतपुरस्थित सुपथ ...

गौशाला । महोत्तरी गौशाला ११ स्थित लोकहरि स्मृति...

गौर । प्राचीन कालदेखि नै महिलाहरुले खेलिदै आएको झिझिया...

लहान । सिरहाको नरहा गाउँपालिका–२ स्थित हिमालय सुगर मिलको...

जनकपुरधाम । पिपल प्रमोट सेन्टर जनकपुरको ...

जनकपुरधाम । हिन्दुहरुको महान चार्डपर्व ...

जनकपुरधाम । करिब दुुई दशकदेखि तराईका जिल्लाहरुमा समाज विकासको क्षेत्रमाा...

राजविराज । प्रदेश २ का भूमी व्यवस्था, कृषि तथा...

जनकपुरधाम । प्रदेश २ को प्रदेश सभाले शनिवार ...

चन्द्रपुर । नेपाल प्रेस युनियन रौतहटको अध्यक्षमा यादवराज पूरी निर्वा्चित...

चन्द्रपुर । रौतहटको चन्द्रनिगाहपुरमा लाईभ कन्सर्ट कार्यक्रम हुने भएको...

जनकपुरधाम ।प्रदेश सभा २ ले ...

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले राज्यको उदासिनताको कारण खेलाडीहरु निरुत्साहित...

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान...

काठमाडौं । टर्कीका अधिकारीहरुले साउदी अरबका पत्रकार जमाल खसोगी हत्या...

पोखरा । ओलम्पियन शिरीष गुरुङले शुक्रबार पोखराको फेवातालमा सम्पन्न ८औं...

जनकपुरधाम ।सरकारसित वार्ताका लागि जनतान्त्रिक तराई मुक्ती मोर्चाले विहिवार वार्ता...

जीतपुर । युवाहरुमा बढ्दो पुस्ताकालयप्रति ...

गौर । संघीय समाजवादी फोरम नेपाल जिल्ला कार्य समिति...

जीतपुर । बाराको जीतपुरमा पहिलोपटक ...

भोजपुर । ट्याक्टरबाट खसेर टेम्केमैयङु गाउँपालिका–९ वलौटे भञ्ज्याङमा...

नवलपरासी । पूर्वी नवलपरासीको कावासोती नगरपालिका–८ का एक...

कायरो । इजिप्टको एउटा सैनिक अदालतले १७ जनालाई बम...

काठमाडौं । मलेसियामा जारी आईसीसी टि–२० विश्वकप छनोट अन्तर्गत...

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले संविधानको भावना बमोजिम प्रदेश...

काठमाडौँ । सरकारले यौनजन्य अश्लील सामग्री राख्ने २१ हजारभन्दा...

जाजरकोट : बारेकोट गाउँपालिका–९ काप्तीका २७ वर्षीय लालबहादुर खड्काको...

जनकपुरधाम । ६३ औं प्रहरी दिवसका अबसरमा संघिय इकाई...

वासिंटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि चाँडै नै...