Fri, 22 Feb 2019
ताजा समाचार
मोटर साईकलले जंगली जनावरलाई ठक्कर दिदा जनावर सहित २ जना || महोत्तरीमा टिपरको ठक्करले एकको मृत्यु || निर्मला पन्तको हत्या भएको ७ महिना पूरा – उपलब्धि शून्य, || श्रीमतीको बञ्चरोले हत्या गरे पश्चात, काटिएको टाउको लिएर पुलिस थाना || चन्द्रपुर वडा न. ५ द्धारा खेल सामाग्री वितरण || बन्द भएको पुलको काम सुरु || भाषा सास्कृतिको सवालमा सरकार गम्भीर देखिएन आलम || राईस मिलको जग्गा अधिग्रहण गर्ने मुख्यमन्त्रीको वाचा भएन पुरा || काँग्रेसमा विवाद गहिरिदै, केन्द्रिय समिति बैठक स्थगित || डीजे रथ चालकको मृत्यु || ‘बेटी बचाउ,बेटी पढाउ’ कार्यक्रम राष्ट्रिय बनोस् || .बर्थिङ सेन्टर स्थापना || कृषिलाई अझ प्रभावकारी बनाउन बिउ व्यवसायीलाइ नगर प्रमुख || महायज्ञ सुरु , पहिलो दिन विशाल कलश यात्रा || नेपाली काग्रेसका सभापती देउवालाई जीतपुरबासीले स्वागत || गौशाला उद्योग वाणिज्य संघको नेतृत्वमा रामराजाप्रसाद साहका प्यानल विजयी || चोरी गरिएको मोटरसाईकल सहित ३ जनालाई महोत्तरी प्रहरीले गरे सार्वजानिक || २३ दिन देखि युवक वेपत्ता || कोईरालामाथि कड्किए देउवा || ‘सनी लियोनी’ बिहारको जुनियर इञ्जिनियर पदको परीक्षामा टप ! || दुई बालिका एकै दिन बलात्कृत || लागुऔषधसहित तीन महिला पक्राउ || लाइसेन्सको नाममा ५ लाख ठग्ने पक्राउ || महिला हिंशा न्युनिकरण तालिम सुरु || प्रदेश २ मा ६ सय १ मानवअधिकार हननका घटना || बलिकाको बलात्कारपछि हत्या गर्ने ‘हाम्ली डन’ पक्राउ || १६ औं बार्षिक साधारण सभा सम्पन्न || निल गाई मारेको आरोपमा महोत्तरीमा १ जना पक्राउ || बलात्कार अभियोगमा १ पक्राउ || सीमावर्ती क्षेत्रमा उच्च सतर्कता || बलात्कारपछि बालिकाको हत्या, ४ पक्राउ || करेन्ट लागेर विद्युत् कर्मचारीको मृत्यु || आज प्रजातन्त्र दिवस : मुख्यमन्त्री राउतद्धारा शुभकामना सन्देश जारी || कारको ठक्करबाट पैदलयात्रीको मृत्यु || कृषिमा कर्णालीलाई आत्मनिर्भर बनाइने || सिरहामा खाद्यान्न उद्योगहरु अनुगमन नहुदा सर्वसाधारण स्वास्थ्यमा सास्ती || सिरहामा जनताको पसिनाले तिरेको राजस्व चौपट || ‘संघीय र प्रदेश सरकार असफल भयो’ || महतो र यादव हटाइए || ३ हजार घुस सहित पक्राउ ||
एप्पलको बजार मूल्य १० खर्ब डलर पुग्यो

एएफपी साउन १८, २०७५

न्यूयोर्क : आइपड, आइफोन र आइप्याडको उत्पादक कम्पनी एप्पलले बिहीबार अर्को कोशेढुंगा पार गरेको छ अर्थात् बजार मूल्य १० खर्ब अमेरिकी डलर पुग्ने यो निजी क्षेत्रको पहिलो कम्पनी भएको छ ।

बिहीबार वाल स्ट्रिटमा एप्पलको प्रति सेयर मूल्य २०७.३९ अमेरिकी डलर कायम भएको छ । अमेरिकाको क्यालिफोर्नियामा प्रधान कार्यालय रहेको भिमकाय प्रविधि कम्पनी एप्पलको पहिलो त्रैमासिकमा आम्दानी बढेको विवरण सार्वजनिक भएलगत्तै सेयर मूल्यले नयाँ उचाई छोएको हो ।

यो ऐतिहासिक सफलता खासगरी सन् २०११ यता प्रमुख कार्यकारीका रुपमा नियुक्त भएका टीम कूकका लागि विशेष महत्वको छ । एप्पलका संस्थापक स्टीभ जब्स गम्भीर बिरामी भएपछि प्रमुख कार्यकारीको पदमा नियुक्त उनीमाथि कम्पनीलाई प्रतिस्पर्धी बनाउन चौतर्फी दबाब थियो । एप्पलका संस्थापक जब्सको अक्टोबर २०११ मा निधन भएको थियो ।

स्टीभ जब्सको निधनपछि, विश्लेषकहरु र अरु उद्योग क्षेत्रका जानकारहरुले जब्सले झैं कूकले नयाँनयाँ र विशिष्ट प्रविधि भित्र्याउने कुरामा शंका व्यक्त गरेका थिए ।

तर कूकले ठोस वित्तीय नतिजासँगै विस्तारै लगानीकर्ताबाट स्याबासी बटुल्न सफल भए र एप्पलका उत्पादनहरु उनले चीन र अरु विदेशी बजारमा विस्तार गर्न सक्षम भए । यो स्तरमा पुग्ने एप्पल नै पहिलो निजी क्षेत्रको कम्पनी हो । सन् २००७ मा राज्य सञ्चालित कम्पनी पेट्रोचाइनाले मात्र १० खर्ब डलरको बजार मूल्यको सीमारेखा पार गरेको थियो, तर त्यसयता यसको बजार मूल्य लगातार खस्केको थियो ।

“हो, मलाई एप्पलको सफलताप्रति गर्व छ, तर अङ्क मात्र पनि केही होइन भन्ने बुझ्नु आवश्यक छ,” कम्पनीका सहसंस्थापक वज्नियाकले याहू फाइनान्सलाई बताउनुभएको छ ।

अमेरिकी प्रविधि कम्पनीहरुले फैलिदो बजारमा आफ्नो प्रभावलाई राम्रैसँग स्थापित गरेका छन्, र अहिले सेयर मूल्यका आधारमा पाँच उत्कृष्ट कम्पनीमा पहिचान बनाएका छन् । एप्पलको पछिपछि एमेजोन, गुगल, माइक्रोसफ्ट र फेसबुक छन् ।

विश्व बैंकको सन् २०१६ को तथ्याङ्क अनुसार, १० खर्ब डलर भनेको इन्डोनेसियाको झण्डै वार्षिक कूल गार्हस्थ्य उत्पादन बराबर हो, र बेल्जियमको भन्दा दोब्बर हो ।

अमेरिकी सेयर बजारको मुख्य परिसूचक डाउले पनि पहिलोपटक २५,००० विन्दु पार गरेको छ । योसँगै एप्पलले पनि नयाँ उचाई छोएको हो । “१० खर्ब डलरको उचाई छुनु भनेको मनोवैज्ञानिक कुरा हो, र यसले बजारमा वृद्धि र आकार दुवैमा कम्पनीको प्रभाव बलियो रहेछ भन्ने सन्देश दिन्छ,” एस एन्ड पी डाउ जोन्सका वरिष्ट विश्लेषक होवार्ड सिल्भरब्लाटले बताउनुभयो ।

सन् २००७ मा स्टीभ जब्सले आइफोनको पहिलो मोडेल सार्वजनिक गरेयता हालसम्म एप्पलले एक अर्बभन्दा बढी मोबाइल सेट बिक्री गरिसकेको छ । सेयर पुनः खरिद गर्न एप्पलले अर्बौं डलर खर्च गरेका कारण पनि एक खर्ब डलरको बजार मूल्य कायम गर्न मद्दत पुगेको बताइन्छ ।

कम्पनीले मोबाइलको हार्डवेयर र सफ्टवेयरमा नियन्त्रण गर्ने विशिष्ट प्रविधि अपनाएको छ, र मोबाइल प्रयोगकर्ताले एप स्टोरबाट आफूलाई चाहिएका एप्सहरु डाउनलोड गर्नु पर्दछ जसका कारण राजश्वमा थप वृद्धि भएको छ ।

पछिल्लो पटक अमेरिका–चीन व्यापार विवाद, बौद्धिक अधिकार तथा प्रविधिमा आएका नयाँनयाँ चुनौतीका कारण कम्पनीले सङ्घर्ष गर्नु परेको छ ।

Comment Box

जिल्ला महोत्तरी औरही नगरपालिका-४ रेडक्रस टोल नजिकै जंगली जनावर...

महोत्तरी । जिल्ला महोत्तरी औरही नगरपालिका-९ स्थित ईनर्वा टोल नजिक...

कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरपाकिला –२ कि १३ वर्षीया किसोरी निर्मला...

बीबीसी । बुधबार भारतको मध्यप्रदेशको मुरैना जिल्लामा एक व्यक्तिले श्रीमतीको...

गौर: रौतहटको चन्द्रनिगाहपुरमा हुने अनर्तराष्ट्रिय कराँते प्रतियोगितामा सहभागिहुने आयोजक टिमका...

गौर : निर्माणाधीन पुलको कामनै बन्द गरेर हिंडेको पप्पु कन्स्ट्रक्सनले...

रौतहटमा विभिन्न कार्यक्रम गरी विश्व मात्रृ भाषा दिवस मनाइएका छन...

गौरको ऐतिहासिक मैदानको रुपमा रहेको गौर राईस मिलको जग्गा...

काठमाण्डु । नेपाली काँग्रेस भित्रको गुटबन्दी सतहमा आएको छ ।...

मलंगवा । विवाहमा चर्को आवाज गर्ने डी जे रथ सर्लाहीको...

राष्ट्रपति विद्यादेवी भण्डारीले छोरी शिक्षाको लागी प्रदेश २ सरकारले...

गुलरिया नगरपालिका–१२ मा बर्थिङ सेन्टर स्थापना भएको छ । सो...

वीरगन्ज महानगरपालिका नगर प्रमुख विजय कुमार सरावगीले कृषि...

मलंगवा । सर्लाहीको कौडेना गाउँपालिका-३ फुलपरासीमा हुन लागेको श्री...

रन्जन यादव : प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसका सभापती...

महोत्तरीको गौशाला उद्योग वाणिज्य संघको नेतृत्वमा रामराजाप्रसाद साहका प्यानल विजयी...

गौशाला । मोटरसाईकल चोरी गरेको आरोपमा पक्राउ परेका ३...

जनकपुरधाम । धनुषा जिल्लाको विदेह नगरपालिका वडा नम्बर ३ कर्माही...

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वीपी र जीपी बाहेकका कोईरालाहरुको...

नाममा के छ र ? धेरैले भन्ने गरेको र सुनिएको...

सिरहा जिल्लाको धनगढीमाई नगरपालिका र गोलबजार नगरपालिकामा छुट्टाछुट्टै दुई बालिका...

जनकपुरधाम । जनकपुर–जलेश्वर सडख मण्डबाट प्रहरीले चेकजाँचको क्रममा लागुऔषधसहित तीन...

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाइदिने नाममा ५ लाख ठगी...

जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिकामा महिला हिंसा न्युनिकरणमा सरोकारवालाहरुको...

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ ले नेपाल...

धनुषाको मिथिला नगरपालिका ३ हरिहरपुर टोलकी एक ११ वर्षिया...

साना किसान कृषि सहकारी संस्था लिमिटेड दिगम्बरपुरको १६ औं...

महोत्तरी । निल गाई मारेको आरोपमा महोत्तरीमा १ जना पक्राउ...

जनकपुरधाम । प्रहरीले बलात्कार अभियोगमा एकजना भारतीय नागरिकलाइ पक्राउ गरेको...

सुरक्षाफौजले गत हप्ता पुलवामामा भएको आत्मघाती आक्रमणको प्रमुख योजनाकार मानिएका...

धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नम्बर ३ हरिहरपुरमा गत...

बैतडी : करेन्ट लागेर बैतडीमा आज बिहान एक विद्युत् कर्मचारीको...

जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ६९ औं...

चितवन : भरतपुर महानगरपालिका–२३ मा सोमबार राति कारको ठक्करबाट एकको...

सुर्खेत : कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी...

लहान । सिरहाको लहानमा होटल तथा खाद्यन उद्योगहरुको खाद्यन प्रविधि...

सिरहाको भाग्यवानि गाउँपलिकामा प्रतिनिधि सभ, प्रदेश सभाको संसद र मन्त्री...

जनकपुरधाम । संघीय र प्रदेश २ सरकार असफल भएको नेपाली...

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्रको विवाद उग्ररुप लिन थालेको छ ।...

राजविराज ।मालपोत कार्यालय सप्तरीमा दुई जना कर्मचारीलाई घुस सहित अख्तियार...