Wed, 21 Nov 2018
ताजा समाचार
विपन्न परिवारलाई जस्तापाता वितरण || नेकपाद्वारा मलंगवामा विरोध प्रदर्शन || महोत्तरीमा भीषण डकैती || सुडी समाजमा विवाद || देवरले भाउजु कुटे, घरमा आगजनी || अध्यक्ष सिंहको दादागिरी, निर्दोष चालकलाई थुनाए || बुधबार सार्वजनिक बिदा || कृषियोग्य जमीनको करमा ८० प्रतिशत छुट || विद्यार्थीले बनाए रोबोट || सात लाखको लुटपाट, पाँच जना घाइते || सडक डिभिजनको मनपरी || रंगशाला स्थलको निरीक्षण || हत्याका अभियुक्त बाबा रामपालको पक्षमा प्रदर्शन || मन्त्री यादबद्धारा ‘दिल के बात’ विमोचन || कर अधिकृत सेवाग्राही सँग || चुनावको वाचा पुरा गर्छुः नेता यादव || अयोध्याबाट बस सेवा सुरु || ४० दिनपछि प्रदेश सभा बैठक बस्दै || अढाई अर्व बढीको जग्गा किर्ते गर्ने पक्राउ || प्रदेशको नामाकरणमा काँग्रेस भित्र विवाद || शैक्षिक महाअभियानमा जुट्न शिक्षामन्त्रीको आग्रह || बलात्कारका आरोपित पक्राउ || डोनाल्ड ट्रम्पले पत्रकार खशोग्जीको हत्याको टेप सुन्नै नसक्ने ! || थ्रीस्टार सामू ब्रिगेड ब्वाइज निरीह, पुलिस र मच्छिन्द्रको बराबरी || कोबिनि हस्पिटालटी सुरु || सभापति माथिको अविश्वासको प्रस्ताव खारेज || निःशुल्क स्वास्थ्य शिविर || सामुदायिक कृषि सहकारीको साधारणसभा सम्पन्न || योगीलाई राउतले स्वागत गर्ने, सम्मानमा भण्डारा || बलात्कारीलाई पक्राउ गर्न प्रहरी उदासिन || मुख्यमन्त्री योगी भ्रमणको तयारी प्रारम्भ || स्वास्थ्य पर्यटक भित्र्याउने तयारी || आधुनिकीकरण व्यवसायीकरणमा जोड || धनुषा प्रहरीले पीडकलाई संरक्षण दिएको आरोप || एसईई उत्कृष्ट शिक्षा २०७५ पुरस्कारबाट सम्मानित || बलेरीे वनबाट काठ चोरी || दुई जनामाथि मुद्दा दर्ता || घरेलु मदिरा बिक्रिमा महिलाको संलग्नता बढ्दो || उद्योगको लागि जग्गा निरीक्षण || आखा अस्पताल जिल्लाको धरोहर ,राज्य मंत्री यादव ||
सत्तासिन दलहरु संविधान विरुद्ध कालोदिवस मनाउने

टुडे समाचारदाता भाद्र २५, २०७५

जनकपुरधाम ।सत्तारुढ तराई केन्द्रित दलहरुले असोज ३ गते कालो दिवस मनाउने तयारी गरेका छन् ।संविधान दिवसलाई राष्ट्रिय पर्वको रुपमा मनाउन प्रधानमन्त्रीले सार्वजनिक रुपमा आग्रह गरिरहेको बेला सत्तारुढ दलहरुले नै त्यो दिनलाई कालो दिवसको रुपमा मनाउने तयारी गरेका छन् ।

 

संघिय सत्ता गठबन्धनमा रहेको संघिय समाजवादी फोरम नेपालले असोज ३ गतेलाई कालो दिवसको रुपमा मनाउने छ ।पूर्ण रुपमा संविधानलाई स्विकार्य नगरिएकोले मधेश विरोधी संविधान घोषणा भएको दिनलाई कालो दिवसको रुपमा मनाउने तयारी गरिएको बताईएको छ ।

फोरम नेपालका महासचिव रामसहाय यादवले भने, संविधान दिवसको विषयमा पार्टीले औपचारिक निर्णय गरिकेको छैन् । केहि दिन भित्रै पदाधिकारीहरुको बस्ने बैठकले असोज ३ को विषयमा निर्णय गर्ने उनले बताए ।

पार्टी र सरकार फरक फरक भएकाले असोज ३ गतेको विषयमा पार्टीले निर्णय लिने महासचिव यादवले बताए ।फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव संघिय सरकारमा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री हुन् ।सो पार्टीका अर्का साँसद सहरी विकास मन्त्री हुन् ।

संविधान घोषणा भएको दिनलाई संयुक्त रुपमा कालो दिवस मनाउँदै आएका फोरम नेपाल र राष्ट्रिय जनता पार्टी(राजपा)नेपालले यस वर्ष भने फरक ढंगले मनाउने भएका छन् ।प्रदेश २ को सत्तामा फोरम र राजपा साथसाथ छन् ।

तर दुवै दलबीचको तिक्तता बढेको छ ।संघिय सरकारमा राजपाको सहभागिता छैन् ।राजपाले असोज ३ लाई कालो दिवस मनाउनेमा जोडदिएपनि हाल फोरम मौन देखिएको छ ।प्रदेशको सरकारमासँगै रहेपनि राजपाले असोज ३ को संविधान दिवसलाई कालो दिवसको रुपमा मनाउने सार्वजनिक घोषणा गरिसकेको छ ।

हुनत पार्टीले औपचारिक रुपमा निर्णय गरेको छैन् ।तर प्रदेश सरकारमा भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलले मधेश विरोधी संविधान घोषणा भएको दिन मधेशमा हत्या गरिएको र सम्पुर्ण तराई मधेशमा ‘ब्लैक आउट’ गरिएकोले त्यो दिनलाई कालो दिवसको रुपमा नै मनाईने बताए ।

प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले पार्टी पदाधिकारीहरुको बैठकबाट यस सम्बन्धमा निर्णय लिईने बताए । ‘पार्टी र सरकार फरक फरक भएकाले मधेशी जनतासित विभेद गरिएको संविधानलाई पार्टीले पूर्ण रुपमा स्विकार गरिसकेको छैन्’ उनले भने, सबैले संविधानमा अपनत्व महसुस नगरे सम्म त्यसलाई स्वागत गर्न सकिदैन् ।

२०७३सालको संविधान अनुसार नै राजपा र फोरम स्थानीय, प्रादेशिक र संघिय चुनावमा सहभागि भएका हुन् ।प्रदेश र संघिय सरकारको मन्त्रीका रुपमा दुवै दलका नेताहरुले यसै संविधान अनुसार सपथग्रहण गरेकाले त्यसको विरोधमा कालो दिवस मनाउनुको औचित्य नरहेको नेपाल कम्युनिष्ट पार्टीका नेताहरु बताउँछन् ।

‘अब संविधानको विरोध गरेर जनता भ्रमित गर्ने मात्र हो’ नेकपा स्थायी कमिटी सदस्य एवं प्रदेश साँसद सत्यनारायण मण्डलले भने, त्यै संविधान अनुसार चुनाव लडेर सरकारमा पुगेकाहरुले त्यसको विरोध गर्नु हास्याष्पद नै हो ।

संविधानमा भएका कमजोरीलाई सच्चयाउन सरकार तयार रहेको र फोरमसित लिखित सहमति भएकाले संविधान संशोधन हुने निश्चित रहेको उनले बताए ।उनले संविधान दिवसको दिन कालोदिवस नमनाईने उनले विश्वास व्यक्त गरे ।

संविधानलाई कालोदिवस मनाउने विषयमा सत्तारुढ दल र तराई केन्द्रित दलहरुबीच तिक्तता बढन सक्ने संभावना देखिएको विश्लेषकहरु बताउँछन् ।

समाजिक सञ्जालहरुमा कालो दिवस मनाउने निर्णयको पक्ष र विपक्षमा मत विभाजित भएका छन् ।समाजिक सञ्जालमा केहिले तराई केन्द्रित दलहरुको उक्त निर्णयको आलोचना गरेका छन् ।तर धेरैले संविधान घोषणाको दिनलाई तराईका आन्दोलनकारी शक्तिहरुले कालो दिवस नै मनाउनु उपयुक्त भएको टिप्पणी गरेका छन् ।

Comment Box

सिरहा : कर्जन्हा नगरपालिका–६ वडा भित्रका आर्थिकरुपले विपन्न परिवारलाई...

मलंगवा । नेपाली काँग्रेसले आफ्नो कार्यकर्तालाई फसाएको भन्दै नेपाल कम्युनिष्ट...

जलेश्वर । महोत्तरी जिल्लाको सोनमा गाउँपालिकाको वडा नम्बर ३ खखनामा...

जनकपुरधाम ।सुडी समाज कल्याण समिति जनकपुरधाममा विवाद भएको छ ।समितिको...

जनकपुरधाम । धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिकाको वडा नम्बर २...

जनकपुरधाम । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शालीग्राम सिंहले...

जनकपुरधाम : मुस्लिम धर्मावलम्बीहरुको विशेष पर्वको रुपमा मनाइने मोहम्मद...

परासी : पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले कृषियोग्य जमीनमा लगाउँदै...

भद्रपुर : झापाको बिर्तामोडस्थित बाल्मिकी एजुकेसन फाउण्डेशनका विद्यार्थीले रोबोट,...

गौशाला : महोत्तरी जिल्लाको सोनमा गाउँपालिका– ३ खखनाको ३...

चन्द्रपुर : रौतहटको चन्द्रनिगाहपुर पुर्व पश्चिम राजमार्गमा चल्ने सवारीसाधनले...

जनकपुरधाम । संघीय सरकारका यूवा तथा खेलकुद मन्त्री ...

जनकपुरधाम : हत्या अभियोगमा अदालतले जन्मकैद सजाय सुनाएपछि जेल...

जनकपुरधाम : अरुणकान्तद्धारा अभिनित भिडियो गीत ‘दिल के बात’ विश्वकै...

जीतपुर : कर तिर्ने सेवाग्राहीको जिज्ञासा र समस्या बुझन ...

सिरहा । सिरहाको कर्जन्हा नगरपालिका वासी संग चुनाको वेला वाचा...

जनकपुरधाम । अयोध्याबाट नियमित रुपमा बस सेवा सञ्चालन भएको छ...

जनकपुरधाम । प्रदेश सभाको चालु अधिवेशनको बैठक ४० दिनपछि मंसिर...

जनकपुरधाम । गुठी संस्थानको नाममा रहेको साढे दुई बिघा...

जनकपुरधाम । प्रदेश २ को नामाकरणको विषयमा नेपाली काँग्रेस भित्र...

बर्दिवास : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उत्पादनमूलक...

सप्तरी : सप्तरीकी १५ वर्षीया एक बालिकालाई बलात्कार गरेको...

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियाका पत्रकार जमाल...

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा थ्रीस्टार क्लबको...

जीतपुर । कोबिनि हस्पिटालटी म्यानेजमेन्ट प्रा.लि ...

गौर । नेपाल पत्रकार महासंघ रौतहटको सभापति रविन्द्र...

जनकपुरधाम । रामजानकी विवाहमहोत्सवमा सहभागि हुन जनकपुरधाम आउन लागेका भारत...

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले बलात्कारका अभियुक्तहरुलाई पक्राउ गर्न...

जनकपुरधाम । भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका चर्चित हिन्दूवादी...

जनकपुरधाम । संघिय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका उपप्रधान...

जनकपुरधाम । माछा सुपरजोन जनकपुर धाम ,धनुषा का कार्यालय प्रमुख...

जनकपुरधाम । धनुषाका प्रहरीले पीडितलाई न्याय दिलाउनुको साट्टो पिडकलाई संरक्षण...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा नंंंंं. ६ खुटौनाको...

चन्द्रपुर । रौतहटको बलेरी ईलाका वन कार्यालयको वन क्षेत्रमा एकै...

कुलदिप दास , जनकपुरधाम । धनुषामा बोक्सीको आरोप लगाएको भन्दै...

चन्द्रपुर । रौतहटमा प्रहरीले घरेलु मदिरा उत्पादन र बिक्रि बितरणमा...

चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिकामा बिशेष आर्थिक क्षेत्र (सेज) स्थापना...

रौतहट : कार्यक्रममा प्रदेश नम्बर २ का कृषि भूमि...