Mon, 24 Sep 2018
ताजा समाचार
डेरी उद्योगबाट तीस हजार युवालाई रोजगारी || चप्पल उद्योगमा श्रम शोषण || प्रदेशको नामांकन र राजधानीमा विवाद || एसिड प्रहारबाट घाइते युवतीको मृत्यु || माल्दिभ्सको राष्ट्रपतिमा विपक्षी दलका उम्मेदवार सोलिहलाई अग्रता || बार्सिलोना बराबरीमा रोकियो || सुचनाको माँग गर्दै राष्ट्रिय विद्यार्थी संघ रिले अनशनमा || मदिरा पिउन आउने भारतीयका कारण होहल्ला र असुरक्षा || अपांग दाजु भाईलाइ राज्य मन्त्रीले गरे सहयोग || प्रहरीका टाउँको दुखाई , लागुऔषध प्रयोगकर्ता बालकहरु || प्रहरी जवानद्वारा आत्महत्या || घाँटी रेटिएको अवस्थामा एक युवक फेला || नायब सुब्बाको दुर्घटनामा निधन || भिठ्ठामोड–जलेश्वर–जनकपुर सडक निर्माणमा ढिलाइ || प्लास्टिक घरभित्र तरकारी खेती || पत्रकार राहत कोष स्थापना || लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा || नेपाल प्रहरीको छवि धुमिल बन्दै || वडा अध्यक्षव्दारा ज्ञापन || खोलामा डुबेर एक जनाको मृत्यु || बारापर्सामा पेट्रोलियम पदार्थको अभाव || नगरस्तरमा बालबालिकाकोलागी अनिवार्य बजेट विनियोजन गरिने : || मुख्यमन्त्री राउतद्वारा राहत प्रदान || अमेरिकामा एक नेपालीसहित तीनको हत्या || मोहर्रममा हिन्दू समुदायको पनि उत्साह || नेकपामा मातृकालाई लोप्पा, महासेठ पक्ष सशक्त || यथास्थितिमा संविधान स्वीकार्य छैन् : मुख्यमन्त्री राउत || मोटरसाइकल ठोक्किदा एकको मृत्यु, एक घाइते || मैथिली फिल्म "दहेजक पिरा"को पोस्टर सार्वजानिक || मातृका र रघुबीरको सम्पती छानविन गर : नेता झा || वीरगञ्ज महानगरपालिकाका २ कर्मचारी सहित ३ तीन पक्राउ || मोहर्रम पर्व मनाइँदै || सहमतिपछि यातायात सञ्चालन || संविधान कार्यान्वयन गर्न निकै चुनौती : नेता महतो || घुस लिएको अभियोगमा दुई जना पक्राउ || महोत्तरी जमुनियाँमा प्रहरी पोष्ट स्थापना || लामो दुरीमा गाडी नचल्दा यात्रुहरु अलपत्र , सामान ढुवानी पनि || मल बन्दरगाहमै थन्कियो || खेलकूदले देशलाई चिनाएको छ: मन्त्री विश्वकर्मा || पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग ||
भलिबलमा भुलेको जिन्दगी

एजेन्सी भाद्र २८, २०७५

बाल्यकालमा सबैले केही न केही सपना पालेकै हुन्छन् । मेरो सपना चाहीँ आर्मी बनेर देशको सेवा गर्ने थियो । भलिबल खेलाडी बन्ने कुरा त मेरो कल्पनामै थिएन ।

तपाईंलाई पत्यार नलाग्ला, १२ वर्षको उमेरसम्म म खेलकुदबारे अन्जान थिएँ । भलिबल त झन् छोएकै थिइनँ । कैलालीको धनगढी प्रगति टोलमा रबरको चुङ्गी उछाल्नु र मोजा पोको पारेको बलले ढुंगा ढलाउनु नै मेरो खेलको संसार थियो । खेलाडी बन्ने र व्यावसायिक रुपमा खेल्ने कुरा मेरो सोच र समझभन्दा टाढा थियो ।

 


भलिबलको पहिलो प्रतियोगितामा पहिलो सर्भिस उठाउन नसकेकी म यही खेलमा लागेर राम्रो स्पाइकर हुन्छु, राष्ट्रिय टिमसम्म पुग्छु भन्ने कहिल्यै सोचेकै थिइनँ ।

***

२०६४ सालको कुरा हो, धनगढीमै मालिका इंग्लिस स्कूलमा कक्षा ६ को परीक्षा दिएर बसेकी थिएँ । घर नजिकैका विष्णु चौधरी दाइ आएर एकाएक भन्नुभयो, ‘सरस्वती तिम्रो हाइट राम्रो छ, तिमीले भलिबल खेल्नुपर्छ ।’

विष्णु दाइ भलिबल प्रशिक्षक हुनुहुन्थ्यो । उहाँको छोराछोरी पनि भलिबल खेल्थे । तर, उहाँले भन्नुभएको कुरालाई मैले खासै गहन रुपमा लिइनँ ।

सानोमा म अलि लजालु थिएँ । धेरै बोल्दैन थिएँ । साथीहरु पनि धेरै थिएनन् । खेलकुदमा त्यति रुची पनि थिएन । भलिबल त झन् मैले एकपटक छोएकी पनि थिइनँ । त्यसैले विष्णु दाइको कुरा मैले एउटा कानले सुनेर अर्को कानले उडाइदिएँ । विष्णु दाइको कुरा सुनेर, ‘म त खेल्दिनँ’ भन्दै भागेकी थिएँ ।

काठमाडौंमा गणतान्त्रिक राष्ट्रिय भलिबल प्रतियोगिता हुन लागेको रहेछ । त्यसका लागि सुदूरपश्चिमबाट आउने महिला टिमको तयारी भइरहेको रहेछ । परीक्षा सकेर बसेकाले म फुर्सदमा थिएँ ।

मैले पन्छाउन खोजे पनि विष्णु दाइले मेरो पिछा छाड्नुभएन । अग्ली भएकाले यसलाई भलिबल सिकाउन सकियो भने राम्रो खेल्छे भन्ने उहाँलाई लाग्यो होला । सायद मभित्रको खेलाडी प्रशिक्षकको आँखाले त्यतिबैलै चिनिसकेको थियो कि ।

उहाँले मलाई भलिबल खेलाउने कुरा गर्दा गणतान्त्रिक भलिबल सुरु हुन एक हप्ता मात्रै बाँकी थियो । अन्ततः म तयार भएँ । तीन-चार दिनमा जे-जति सकिन्छ सिकें । तर, अझै पनि भित्रैदेखि रुची जागेको थिएन । विष्णु दाइले बाबाआमासँग कुरा गरेपछि बाबाले पनि जाउ न त भन्नुभएरै अलि अलि रहर पनि हुन थालेको थियो । बाबाले जाउ भनेपछि नै राम्रै कुरा रहेछ भनेर सोचेकी थिएँ ।

तीन-चार दिनको अभ्यासले नै म गणतान्त्रिक भलिबल प्रतियोगिता खेल्न सुदूरपश्चिमको टिममा छानिएँ । त्यसबाट नै तपाइँले त्यो बेला महिला भलिबलको अवस्था कस्तो थियो भन्ने अड्कल गर्न सक्नुहुन्छ ।

***

हामी भलिबल प्रतियोगिताका लागि काठमाडौं आयौं । अरु जे भए पनि काठमाडौं आउन पाउँदा खुशी भएँ ।

म प्लेइङ सेटमा त थिइनँ, तर पनि अन्तिम खेलमा पश्चिमाञ्चलविरुद्ध हामीले हार्ने जस्तो अवस्थामा कोचले मलाई खेलाउनुभयो । अन्तिम सेटमा हामीले हार्नका लागि दुई अंक मात्रै बाँकी थियो ।

त्यो बेला सम्झँदा अहिले अचम्म लाग्छ । बल कसरी डिगिङ गर्ने, कसरी फिङ्गरिङ गर्ने भन्ने मेरो ढंग नै थिएन । उताबाट सर्भिस आयो, मेरै टाउको माथिबाट आएको बल पनि निहुरिएर छाडिदिएँ । सबै दर्शक गलल हाँसे । मलाई नमज्जा लाग्यो । लाज पनि लाग्यो । उठाउनु पर्ने बल रहेछ भन्ने बल्ल बुझें ।

कोर्टमा गएर खेल्दा कस्तो हुने रहेछ भन्ने त्यो अनुभव अहिलेसम्म पनि काम लागिरहेको छ । हेरेर सिक्ने र खेलेर सिक्ने कुरामा कस्तो भिन्नता हुन्छ भन्ने मैले थाहा पाएँ । त्यो पहिलो प्रतियोगिताले नै मेरो खेलाडी बन्ने ढोका खोल्यो ।

हामीले नराम्ररी हारे पनि, मैले सर्भिस नै उठाउन नसके पनि मेरो हाइटको भने चर्चा भएका थियो । अहिले ६ फिट अग्ली छु । त्यो बेला पनि मेरै उमेरका अरुभन्दा हाइट राम्रो थियो ।

यसले केही गर्छे भन्ने लागेर पश्चिमाञ्चलका प्रशिक्षक बलराम क्षेत्रीले पोखरामा फिस्टेल एकेडेमीमा बसेर पढ्ने र भलिबल खेल्ने प्रस्ताव गर्नुभयो । बलराम सरलाई म आफैले जवाफ दिन सकिनँ । त्यसैले उहाँले बाबासँग पनि फोनमा कुरा गर्नुभयो ।

पोखरामा अभ्यास पनि राम्रो हुन्छ भनेर बलराम सरले भन्नुभएको थियो । बाबालाई पनि खेलकुद र पढाइ दुवै राम्रो हुन्छ भने किन नपठाउने त भन्ने लाग्यो होला । उहाँको स्वीकृतिपछि मेरो खेल जीवनले नयाँ मोड लिएको हो ।

***

गणतान्त्रिक भलिबल प्रतियोगिता सकाएर म टिमसँगै धनगढी फर्किएँ । त्यसपछि पनि बलराम सरले बाबा-ममीलाई फोन गरिरहनुहुन्थ्यो ।

अब म पोखरा जाने पक्का जस्तै भयो । कक्षा ७ देखि पोखरामा पढ्ने र भलिबल पनि खेल्ने कुरा वरपर साथीहरुले पनि थाहा पाइसकेका थिए । उनीहरु पनि खुसी भएका थिए । छिमेकीहरुले पनि यस्तो अवसर बारम्बार आउँदैन, छोरीको भविष्य राम्रो हुन्छ भनेर बाबा ममिसँग कुरा गरेका थिए । सबैको कुरा सुनेर राम्ररी नै बुझेपछि म बाबासँगै पोखरा गएँ ।

पोखरामा फिस्टेल एकेडेमीको होस्टेलमा पुगेपछि बाबासँग छुट्टनि निकै नै गाह्रो भएको थियो । सरहरुले चिन्ता नगर्नु, हामी राम्ररी नै हेर्छौं, हामी पनि अभिभावक नै हौं भनेर बाबालाई सम्झाउनुभएको थियो ।

सरहरुले ढुक्क भएर घर जानुस् भनेपछि बाबा ठूलो भरोसा गरेर फर्कनु भयो । मलाई भने बाबासँगै घर र्फकन मन लागिरहेको थियो । त्यहाँ नबसौं जस्तो भइरहेको थियो । बाबा फर्कंदा टाढा पुग्दासम्म उहाँलाई हेरिरहें ।

***

पोखरा जानुअघि छात्रवृत्तिमा पढ्न पाउने र भलिबल खेल्नेबाहेक अर्को कुरा पनि मेरो दिमागमा थियो, पोखराको सुन्दरता ।

धनगढी प्रगति टोलमा नदेखेका, नबुझेका धेरै कुरा मैले पोखरा गएपछि बुझें । घरबाट टाढा हुँदाको दुःखले पनि सताइरहेकै थियो । होस्टेलमा बसेर मैले धेरै कुरा सिकें । सर-मिस सबैले माया गर्नुहुन्थ्यो । घरको याद आइरहने भए पनि विस्तारै सहज हुँदै गएकी थिएँ ।

घरमा फोन गर्दा भने आँसु नझरेको दिन नै हुँदैनथ्यो । मम्मी पनि फोनमै रुनुहुन्थ्यो । घरमा फोन गर्ने भनेपछि होस्टेलमा सरहरुले फोन गरिदिनुहुन्थ्यो । फोन गरेपछि मनमा केहीबेर आनन्द हुन्थ्यो ।

फोनमा मम्मीले सोध्ने कुरा सधैँ उस्तै हुन्थे …

छोरी तिमीलाई कस्तो छ ?
ट्रेनिङ कस्तो हुँदैछ ?
राम्ररी पढ्दै छौ ?
त्यहाँ साथीहरु कस्ता छन् ?
तिमीलाई कसैले नराम्रो त भन्दैनन् नि ?
म दुःख लुकाएर भनिदिन्थेँ … अँ ममि यहाँ सबै राम्रो छ ।

घरबाट टाढा भएकाले नरमाइलो त कति लाग्थ्यो भनेर पनि सकिँदैन ।

साथीहरु बन्दै गएपछि नरमाइलो कम हुँदै गयो । साथीहरुले मलाई उनीहरुको घर लैजान्थे । उनीहरुको आमाबाबालाई भेट्दा मलाई खुसी लाग्थ्यो । बिस्तारै रमाउँदै थिएँ ।
खेल पनि राम्रो हुँदै गएको थियो । खेल्ने बेला सञ्जु, अञ्जु, सिपोरा दिदी, देवी दिदी, रञ्जना दिदीलगायत अरु दिदी र साथीहरुसँग निकै रमाइलो हुन्थ्यो । होस्टेलमा रिनासँगै अरु साथीसँग पनि राम्ररी मिलेर बसिरहेकी थिएँ ।

बिहान ५ बजेतिर उठ्यो, अनि केही खाएर पढ्न थाल्यो । ९ बजे खाना खाएर स्कूल गयो । स्कूल छुटेपछि बेलुका भलिबल अभ्यास हुन्थ्यो । प्रतियोगिता हुने बेलामा बिहान र बेलुका दुवै समय अभ्यास हुन्थ्यो ।

होस्टेलको अनुशासनमा आफूलाई मिलाउन सहज थिएन । पढाइ र खेलमा उत्तिकै मेहनत गर्नुपथ्र्यो ।

कहिलेकाहीँ त सबै छाडेर घर जाउँ जस्तो लाग्थ्यो । घरमा फोन गरेको बेलामा त अहिले नै गइहालौं हुन्थ्यो । कि त मम्मी-बाबा पोखरा आइदिनु भए पनि हुन्थ्यो जस्तो लाग्थ्यो । परिवारमा मम्मी-बाबा, दाइ भाउजु, दाइको छोरा, भाइ र म छौं । म पोखरा जाने बेलादेखि नै दाइले पनि हौसला दिइरहनु हुन्थ्यो ।

म छुट्टीको समयमा घर फर्कन्थें । छुट्टी सकिएर पोखरा फर्किने बेला भने असाध्यै सकस हुन्थ्यो । दसैँको छुट्टीमा घर जाँदा विभिन्न बहाना बनाएर बिदा पाएको भन्दा एक/दुई दिन बढी बसेर फर्कन्थें ।

बिरामी परें भनेर स्कूलमा फोन गर्थें । सरहरुले पनि राम्ररी निको भएपछि आउ भन्नुहुन्थ्यो । कहिले काहीँ झुट बोलेको कुराले कति धेरै खुसी दिन्छ हैं । दुई दिन बढी घर बसेपछि फर्कन त पर्थ्यो नै, तरपनि दुई दिन बढी भए पनि ममिसँग बस्न पाउने लोभ लाग्थ्यो ।

म घर जाँदा सानो बेलाका साथीहरु सबै भेट्न आउँथे । उनीहरुको लागि चकलेटहरु किनेर लगिदिन्थें । रमाइलो हुन्थ्यो । उनीहरुसँग घुम्न जान्थें । पोखराको बारेमा उनीहरु सोध्थे । म बताउँथेँ । होस्टल र्फकने दिन आएपछि फेरि घरमा रुवाबासी सुरु हुन्थ्यो ।

मम्मी-बाबा रोएको देखेपछि मेरो पनि आँशु खसिहाल्थ्यो । एक-दुई वर्षपछि भने म अलि बुझ्ने भएँ । मनमा नरमाइलो लागे पनि ‘आहा अब त पोखरा जाने दिन पनि आयो’ भनेर रमाइलो मानेको जस्तो देखाउँथें । मम्मी-बाबाको अगाडि खुशी देखिन प्रयास गर्थें ।

प्रतियोगिताहरु धेरै हुन थालेपछि भने घर जान पाउँदैन थिएँ । घर जाने समय दसैँ मात्रै हुन्थ्यो ।

११ कक्षासम्म फिस्टेलमा नै पढें । त्यतिबेलासम्म सबै कुरामा राम्ररी नै अभ्यस्त भएकी थिएँ । घरबाट र्फकंदा रुन मन लाग्ने बानी पनि हटेको थियो । मम्मी-बाबालाई निराश पार्ने कुनै काम गरेकी छैन भन्ने कुराले सन्तोष लाग्थ्यो । फिस्टेलमा पढ्दा सरहरुले गरेको व्यवहारले पनि मलाई अनुशासित भएर अघि बढ्न सहयोग पुग्यो ।

***

१२ कक्षा काठमाडौं आएर एलआरआईमा पढें । त्यसपछि शंकरदेव क्याम्पसमा बीबीएस पढें । खेलमा व्यस्त हुनुपर्दा क्याम्पस जाने समय नै हुँदैन थियो । पहिलो वर्ष क्याम्पस गएर नै परीक्षा पास गरें । त्यसपछि दोस्रो वर्षदेखि त नियमित क्याम्पस जानै सकिनँ । प्रतियोगितामा जाँदा पढाइ सोच्न नसकिने भए पनि मैले खेलसँगै पढाइ लैजान सक्दो प्रयास गरिरहेकी छु ।

मेरो खेलले नयाँ उचाइ पाएको चाहिँ सशस्त्र प्रहरीको एपीएफ क्लबबाट खेल्न थालेपछि हो । २०७० देखि अलिहेसम्म एपीएफको भलिबल टिममा छु ।

एपीएफमा आएपछि पूरा समय नै खेलमा केन्द्रित भएँ । अभ्यास नियमित भयो । त्यसपछिका प्रतियोगिताहरु अझै राम्रो भइरहेको छ ।

त्यसैले ०७० सालकै अन्त्यमा पल्सर स्पोट्र्स अवार्डमा लोकपि्रय खेलाडीको पुरस्कार जितेँ । एसएमएस भोटिङमार्फत छनोट भएको त्यो बेला क्रिकेटका कप्तान पारस खड्का, फुटबलका विमल घर्तीमगर, एथ्लेटिक्सका यामसाजन सुनार र पौडीकी सोफिया शाहलाई मैले उछिनेकी थिएँ ।

मलाई अवार्ड जित्छु भन्ने लागेकै थिएनँ । ‘एसएमएस भोटमा मेरोभन्दा अरुकै धेरै आउँछ होला’ जस्तो लागेको थियो । अन्य दर्शकसँगै एपीएफको भोटले मैले जितें जस्तो लाग्छ ।

अवार्ड पाउँदा असाध्यै गर्व महसुस भयो । आनन्द आयो । आफूले गरेको मेहनतको फल पाएँ भन्ने लागेको थियो । सबै साथीहरु पनि निकै खुशी भए । सुदूरपश्चिम, फिस्टेल, पश्चिमाञ्चल र एपीएफ जहाँबाट खेले पनि बुझेर खेल्न थालेदेखि मलाई भलिबलले सन्तुष्टी नै दिएको छ ।

राष्ट्रिय स्तरमा ढोरपाटन महिला भलिबल, आईजीपी कप, प्रधान सेनापति कपलगायत देशभर हुने अरु थुप्रै प्रतियोगिताहरुमा एपीएफ टिमबाट हामीले धेरै उपाधि जितिसकेका छौँ । हरेक दिन थप मेहनत गर्दै अगाडिका लागि तयारी गर्न अहिले रमाइलो लाग्छ ।

पहिले भलिबल खेल्दिनँ भनेर भागेकी मलाई अहिले भलिबले नै सबैथोक दिएको छ । भलिबल नै मेरो संसार भएको छ । गणतान्त्रिक भलिबल प्रतियोगितामा सुरु भएको मेरो भलिबल यात्रा राष्ट्रिय टिमसम्म आइपुग्दा धेरै फेरिएको पनि छ ।

***

पहिले पोखरा फिस्टेलमा हुँदासम्म म क्वीक स्पाइकरको रुपमा थिएँ । क्वीक स्पाइकसँगै मेरो काम विशेष त ब्लक गर्ने नै हुन्थ्यो । पछि ओपन स्पाइकर हुँदा मेरो भूमिका बढ्दै गयो । ओपन स्पाइकर हुँदा सुरुमा त खेल्न सक्छु कि सक्दिन भन्ने पनि थियो ।

बिग्रेको बल हान्ने जिम्मेवारी पनि ओपन स्पाइकरको हुँदा चुनौती धेरै नै हुन्छ । पछि खेल्दै जाँदा राम्रो हुँदै गयो । कोचहरुले पनि ओपन स्पाइकमा राम्रो हुँदै छ भन्नुभएपछि त्यसमै लागें ।

सन् २०१४ मा भएको प्रथम दक्षिण एसियाली आमन्त्रण भलिबल प्रतियोगितामा म पहिलोपटक राष्ट्रिय टिममा परेकी थिएँ । त्यतिबेला म क्वीक स्पाइकर नै थिएँ । २०१६ को साफमा दोस्रोपटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा म ओपन स्पाइकर थिएँ । दुवै पटक निभाएको भूमिका आफैले सम्झँदा राम्रै गरें भन्ने लाग्छ । राष्ट्रिय टिमबाट खेलेको तेस्रो प्रतियोगिता २०१७ को सेन्ट्रल जोन भलिबल हो ।

राष्ट्रिय टिमबाट खेल्दाको जस्तो खुसी त अरु के कुरामा होला र ? खेल जुनसुकै होस्, खेलाडीका लागि राष्ट्रिय टिमबाट खेल्नु ठूलो गर्वको कुरा हुन्छ ।

म पहिलो पटक राष्ट्रिय टिममा परेको कुरा साथीहरुले पत्रिकामा पढेर मलाई सुनाए । मैले मम्मीलाई फोन गरेर सुनाएँ । मम्मी असाध्यै खुसी हुनुभयो । घरमा मम्मी-बाबाले त छिमेकी आफन्तलाई बोलाएर पार्टी नै दिनुभयो ।

त्यो बेला म एपीएफमा नै थिएँ । राष्ट्रिय टिमको छनोटमा मैले राम्रै गरेको थिएँ । तर पनि धेरै सिनियर दिदीहरु भएको हुँदा म छनोट हुन्छु जस्तो लागेको थिएन । घरमा मम्मी-बाबा खुसी भएको देखेर मेरो खुसी दोब्बर भएको थियो ।

एपीएफमा जस्तै राष्ट्रिय टिममा पनि हाम्रो मेलमिलाप राम्रो छ । त्यसैले मलाई टिममा भिज्न अप्ठ्यारो भएन ।

मेरो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता प्रथम दक्षिण एसियाली आमन्त्रण भलिबलमा हामी दोस्रो भएका थियौँ । श्रीलंकालाई हराएर फाइनलमा पुगेका हामी भारतसँग हारेका थियौँ ।

त्यसको दुई वर्षपछि साफ भलिबलमा हामी तेस्रो भयौँ । सेन्ट्रल जोन भलिबलमा हामी दोस्रो भयौँ । समग्रमा सन्तोषजनक नै रहे पनि पर्याप्त अन्तर्राष्ट्रिय प्रतियोगिताहरु खेल्नै पाएका छैनौँ । खेल्नै नपाइ अझ राम्रो गर्दै जाने भनेर सोच्नु निकै कठिन हो ।

***

सुदूरपश्चिम, फिस्टेल, पश्चिमाञ्चल र एपीएफसम्म आइपुग्दा मेरो खेल धेरै निखारिएको छ । यसका लागि मेरो परिवार, आफन्त, साथीभाइको उत्तिकै हात छ । सबैको योगदानले नै मेरो खेल राम्रो बनेको हो ।

सबैभन्दा सपोर्ट त मलाई घरबाट नै मिल्छ । मेरो हरेक खेलबारे बाबा-मम्मीले जानकारी राख्नुहुन्छ । भलिबलको हरेक समाचारमा उहाँहरुको ध्यान जान्छ । मेरो नाम आएको पत्रिकाको हरेक कटिङ मम्मीले अहिलेसम्म सुरक्षित राखिरहनु भएको छ ।

आज मैले खेल जिते भनें भोलि बिहान बाबाको फोन आउँछ । छोरी तिमीले जितिछौ हैं भन्नुहुन्छ । त्यस्तो मायाले मलाई खुसीसँगै हौसला मिल्छ । भलिबल खेलेर चार-वटा स्कुटर र एउटा बाइक उपहार पाएकी छु । ८० भन्दा धेरै पदक जितेकी छु । पहिलोपटक पाएको स्कुटर बाबाको लागि घर पठाएँ । त्यो फिस्टेलमा हुँदा नै हो । दोस्रो पटक एपीएफमा हुँदा पाएको स्कुटर पनि घर नै पठाएँ । त्यो दाइले चलाउनुहुन्छ । तेस्रो पटक पाएको स्कुटर मैले आफैले चलाएँ । बाँकी बेचें ।

***

भलिबलकै लागि वैदेशिक प्रशिक्षण लिन जापान जाने अवसर पनि पाएँ । एपीएफबाट जापानको प्रशिक्षणमा जाने मौका मिलेको थियो ।

जापानमा युनिभर्सिटी अफ टिसुकुबामा एक महिना प्रशिक्षण लिएपछि मेरो खेल अझै सुधि्रयो । विशेष त मेरो रिसिभ जापानमा प्रशिक्षण गरेपछि सुधि्रएको हो । मलाई लैजाने सुन्जियाना म्याडमको घरमा पनि केही दिन बसें ।

खेल र अभ्याससँगै जापान बस्दाको रमाइलो के भने, खानेकुरा चपस्टिकले खानुपर्ने, आफूलाई भने चपस्टिक चलाउनै नआउने । चपस्टिक चलाउन नआएकै कारण थोरै खाएर उठ्थें । बल्ल-बल्ल अलिकति खान्थें । उनीहरु तैंले कति थोरै खान्छेस् भनेर कुरा गर्थे । आफ्नो समस्या भने आफैसँग थियो ।

अलि पछि चपस्टिकले खान पनि सिक्दै गएँ । खानेकुरा धेरै नै हुन्थे, त्यसमा पनि सुसी भन्ने मलाई असाध्यै मनपर्ने । नेपाल आएपछि पनि धेरै सम्झिरहेको त्यही सुसी नै हो । माछाको माथि अलिकति भात जस्तो राखेको हुन्थ्यो । खै त्यो कसरी बनाउने हो त थाहा भएन तर खाँदा साह्रै मीठो ।

‘सुसी खाने ?’ भनेपछि म फुरुक्क परेर ‘खानेँ खानेँ’ भनिहाल्थें । खानेकुरामा त्यस्तो मरिजाने मान्छे त होइन म .. तर सुसीमा कसरी पो मन बस्यो ।

जापानबाट मैले सिकेको अर्को कुरा अनुशासन र सम्मान हो । उनीहरु आफू असाध्यै अनुशासनमा बस्छन् र सबैलाई सम्मान गर्छन् । जापानीहरु यति राम्रो हुनुमा उनीहरुको त्यही गुणले हो भन्ने लाग्छ ।

***

खेलाडी नभएको भए सायद म यतिबेला घरमा यत्तिकै बसिरहेकी हुन्थें होला । आर्मी बन्ने रहर त थियो । तर बनेको भए पनि यति खुशी हुन्नथेँ होला ।

अहिले त भलिबल राष्ट्रिय खेल पनि हो । तर पनि व्यवहार राष्ट्रिय खेलको जस्तो भइरहेको छ जस्तो लाग्दैन । एसियाली खेलकुदको भलिबलमा महिला टिमलाई त लगिँदै लगिएन । त्यसले अरु साथीहरुसँगै मलाई पनि निकै दुःखी तुल्यायो ।

किन लगिएन भन्ने भित्रि कारण थाहा छैन । तर पनि देशबाहिर प्रतियोगिता खेलेर नै हाम्रो खेल सुध्रने हो जस्तो लाग्छ । आएका अवसरहरुमा सहभागी हुनुपर्छ जस्तो लाग्छ ।

अर्को कुरा हामीलाई सबैभन्दा धेरै आश र जितको हौसला दिने दर्शकले नै हो । दर्शक नभएका बेला र दर्शक भएका बेला खेलमा आउने जोश नै भिन्दै हुन्छ । दर्शकले हुटिङ गरिरहँदा मलाई आˆनो क्षमता बढीरहेको महसुस हुन्छ ।

पहिलोपटक प्रतियोगिता खेल्दा मैले सर्भिस नै उठाउन नसक्दा गलल हाँस्ने दर्शक हुन् या अहिले सरस्वती … सरस्वती भनेर हुटिङ गर्ने दर्शक नै किन नहुन् सबैबाट म प्रेरणा बटुलिरहेकी हुन्छु । अगाडि बढ्ने कारण पाइरहेकी हुन्छु ।

Comment Box

पाल्पा : डेरी उद्योगले नेपालमा ३० हजारभन्दा बढी बेरोजगार युवालाई...

विराटनगर : मोरङको बूढीगङ्गा गाउँपालिका बाँसबारीमा रहेको ‘हाइलाइफ’ चप्पल...

विराटनगर । प्रदेश नम्बर १ को स्थायी राजधानी र नामाकरणको...

काठमाडौं । एसिड प्रहारबाट गम्भीर घाइते भएकी रौतहटको चन्द्रपुर...

माल्दिभ्स । माल्दिभ्सका विपक्षी दलका नेता इब्राहिम मोहम्मद सोलिहले राष्ट्रपति...

स्पेन । स्पेसिन लिग फुटबलको जारी सिजनमा बार्सिलोनाले पहिलो पटक...

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवामा राष्ट्रिय विद्यार्थी संघले तीन...

सर्लाही । भारतको विहारमा मदिरापान बिक्रीवितरण र ओसारपसारमा प्रतिबन्ध लगाइएपछि...

गौर । प्रदेश २ का कृषि ,भूमि व्यवस्था तथा सहकारी...

जीतपुर । जीतपुरमा एउटै पसलमालगातार दुई चोटीचोरी भएपछि , प्रहरीको...

स्याङ्जा : जिल्ला कारागार स्याङ्जामा कार्यरत एक प्रहरी जवानले...

जनकपुरधाम । धनुषामा एक युवक घाँटी रेटिएको अवस्थामा फेला परेका...

पशुपतिनगर, इलाम : इलामको चुलाचुली गाउँपालिकामा कार्यरत नायब सुब्बा जगत...

बर्दिवास : महोत्तरीको सदरमुकाम जलेश्वरलाई भारतीय सीमा र धनुषाको जनकपुरसँग...

बलेवा : कुलतमा लागेका युवाका लागि सुधार गृहका रुपमा स्थापना...

इलाम : नेपाल पत्रकार महासङ्घ इलाम शाखाले पत्रकारका लागि आपत्कालीन...

काठमाडु । साउथ ह्याम्पटनलाई हराउँदै लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको...

काठमाडु । अपराध अनुसन्धानमा अब्बल मानिँदै आएको नेपाल प्रहरी पछिल्लो...

जनकपुरधाम । कमला नगरपालिकाका वडाअध्यक्षहरुले नगरप्रमुख रामउदगार गोइतलाई शनिवार ९...

भद्रपुर : खोलामा डुबेर मेचीनगर–८ सालघारीका ३६ वर्षीय शिवु...

जीतपुर : मुलुकी ऐनमा सवारी चालक सम्बन्धि गरिएको ब्यवस्थाको परिवर्तनको...

बर्दिबास : बालबालिकाले भयत्रासमुक्त वातावरणमा सुरक्षित र...

राजविराज : प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले...

वाशिङ्टन, डिसी : अमेरिकाको मेरिल्याण्ड राज्यमा भएको गोली काण्डमा...

नेपालगञ्ज, बाँके : मुस्लिम समुदायको पर्व मोहर्रममा नेपालगञ्जमा हिन्दू...

काठमाण्डु । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले टुंगो लगाएको प्रदेश ईञ्चार्ज ...

राजविराज । संविधान संशोधनको विषयमा वहस चलिरहेको बेला प्रदेश २...

सिरहा । जिरोमाइल देखि बरियारपट्टि जाने सडकखण्ड...

जनकपुरधाम । धिरेन्द्र मल्टिमेडिया प्रालिको प्रस्तुति रहेको चलचित्र...

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता रामचन्द्र झाले सरकारमा...

वीरगञ्ज । सेवाग्राहीसित घुस लिएको आरोपमा अख्तियारको टोलीले वीरगन्ज महानगरपालिकाका...

नेपालगञ्ज : इस्लाम धर्मावलम्बीको मोहर्रम पर्व बाँकेमा पनि धुमधामका...

बुटवल : मुलुकी संहितामा सवारी चालकका लागि ल्याइएको प्रावधानको...

कञ्चनपुर । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका नेता राजेन्द्र...

पर्सा : विद्यालयको अनुमतिपत्र दिन रु एक लाख घुस...

बर्दिवास । महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका–६ जमुनियाँ चोकमा आज...

जनकपुरधाम । चालकहरुको बन्दले जनकपुरधाम लगायत तराईका ...

वीरगञ्ज : नेपाल आयात गर्न लागिएको मल सिर्सियास्थित सुख्खा...

कास्की : सङ्घीय सरकारका युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले...

काठमाडौँ : प्रतिनिधिसभा बैठकमा सांसदले संविधान कार्यान्वयन गर्न मौलिक अधिकारसम्बन्धी...