Sun, 21 Oct 2018
ताजा समाचार
ने. क. पा. एमालेको पार्टी कार्यालयमा आज्ञात समूहद्वारा आगजनी || सडक बिस्तारको काममा चलखेल , मन्त्री रघुबीर महासेठ संगलग्न || टाटासुमोको ठक्करबाट पैदल यात्रुको मृत्यु || जनकपुरमा दोश्रो पटक ब्लास्ट लिएर ५३ डबाको रेल आयो || लाखौं मुल्य बरावरको धनसम्पति चोरी || दुर्घटनामा पाँचको मृत्यु || करेन्ट लागेर बालकको मृत्यु || धनुषाको नौवाखोरमा सरसफाई || आठ महिने सोनालीका हत्याका फरार अभियुक्त सुनसरीबाट पक्राउ || मुसहरको सामूहिक टीका || खुकुरी प्रहार गरी युवकको हत्या || आज शुक्ल सप्तमीका दिन फूलपाती भित्रयाउँदै || आखिर नारीलाई राजदेवी मन्दिरमा निषेध किन ? || सुपथ मुल्यको पसलमा उपभोक्ताको भीड || शिक्षाविद् सम्मानित || वडा अध्यक्षले बाँडे चामल || लोप हुदै झिझिया || लडेर मजदूरको मृत्यु || ५ वर्ष भित्र जनकपुरको कायापलट गर्छुः नेता महतो || पिपल प्रमोटको १० औं साधारण सभा सम्पन्न || दशैंको अवसरमा शुभकामना आदानप्रदान || आसमानमा हरिश्चन्द्र || संघीयता सफल पार्न चुनौती || बलात्कारपछि बालिकाको हत्या, २ पक्राउ || प्रदेश प्रहरी विधेयक पारित || नेपाल प्रेस युनियन रौतहटको अध्यक्षमा पुरी,सचिमा मिश्र || चन्द्रनिगाहपुरमा आज लाईभ कन्सर्ट || प्रदेश २ को सुरक्षा सल्लाहकारमा कायस्थ || आज प्रदेश प्रहरी विधेयक पास हुने || खेलाडीको संरक्षण प्रदेश सरकारले गर्छः मुख्यमन्त्री राउत || दाहालका नजरमा यी हुन् सरकारका महत्वपूर्ण उपलब्धि, ‘ठन्डा दिमागले सोच्नोस्’ || पत्रकार हत्याको प्रमाण सुरक्षित, छानबिन गर्न साउदीको टोली इस्तानबुलमा || शिरीषले जिते ८औं ओपन वाटर स्वीमिङ च्याम्पियनसिप || दुई समुह बीच झडप हुँदा एकको मृत्यु || सातौ अन्तराष्ट्रिय बालिका दिवस मनाइयो || सरकारसित संवादका लागि मोर्चाको वार्ता टोली सार्वजनिक || जीतपुरमा सार्वजनिक पुस्ताकालय || आँखा शिविरमा सयभन्दा बढी मोतियाबिन्दू || गुणस्तरीय शिक्षा पहिलो प्राथमिकता || ५१ सदस्यीय दलित फोरम गठन ||
भिठ्ठामोड–जलेश्वर–जनकपुर सडक निर्माणमा ढिलाइ

टुडे समाचारदाता आश्वीन ७, २०७५

बर्दिवास : महोत्तरीको सदरमुकाम जलेश्वरलाई भारतीय सीमा र धनुषाको जनकपुरसँग जोड्ने भिठ्ठामोड–जलेश्वर–जनकपुर सडकको निर्माण निर्धारित समयमा सम्पन्न नहुने भएको छ । सडक निर्माणमा लगातार आइपरेका अवरोधले निर्धारित समयमा काम सम्पन्न हुन नसक्ने जनकपुरस्थित हुलाकी सडक कार्यालयले जनाएको हो ।


नेपाल सरकार र निर्माण कम्पनीबीच २०७३ साल भदौ २३ भएको सम्झौतामा १८दशमलव ५६ किमी लम्बाइको यो सडक निर्माण थालिएको तीन वर्ष भित्रै सम्पन्न गरिसक्नु पर्नेमा दुई वर्ष नाघिसक्दासम्म ४५ प्रतिशत मात्र काम भएकाले निर्धारित समयमा काम सकिने सम्भावना नरहेको उक्त कार्यालयका प्रमुख सन्तोष कर्णले बताउनुभयो ।

“सडक निर्माणका लागि आवश्यक पर्ने बालुवा र ढुङ्गाको अभाव हुने गरेको छ”, उहाँले भन्नुभयो, “आवश्यक सामग्री नै पर्याप्त नपाइएपछि निर्माण कम्पनीलाई निर्धारित समयमा काम सक्न सकस परेको छ । अब अहिलेसम्मको कामको गति हेर्दा बाँकी अवधि एक बर्षभित्र सम्पन्न गर्न सकिने अवस्था देखिँदैन, बाँकी ५५ प्रतिशत काम गर्न थप छ महीना लाग्ने देखिन्छ । ”

चार लेनको उक्त सडक निर्माणमा प्रतिभा वाई.पी.जे.भी र आशिष पप्पु रोशन जेभी संलग्न छन् । गत जेठदेखि नै जिल्लाका स्थानीय तहहरुले नदीबाट बालुवा र ढुङ्गासहित नदीजन्य वस्तु उत्खनन तथा ओसारपसारमा बन्देज लगाएकाले यसको असर सडक निर्माणमा परेको निर्माण कम्पनी बताउँछन् । सडक निर्माण कार्यलाई निरन्तरता दिन जिल्ला प्रशासन कार्यालयले बालुवा, ढुङ्गा आपूर्तिमा सहजता ल्याउन परिपत्र गरे पनि स्थानीय तहसँग समन्वय हुन नसक्दा अहिले काम ठप्पजस्तै बनेको छ ।

जम्मा १८.५६ किमी लम्बाइको यो सडक निर्माणका लागि जनकपुरको दूधमतीदेखि महोत्तरीको कुटमेश्वरी नदीसम्म करीब नौ किलोमिटर रू ४३ करोड ५४ लाख ७२ हजार ८७४ को लागतमा प्रतिभा वाई.पी.जे.भीले र कुटमेश्वरीदेखि भिठ्ठामोडसम्म आशिष पप्पु रोशन जेभीले ४९ करोड ८९ लाख २० हजार ७०७ लागतमा सम्पन्न गर्ने गरी ठेक्का पाएको थियो । सम्झौतानुसार कामले गति लिन नसक्दा निर्माणाधीन सडक क्षेत्रमा पानी पर्दा र हिलो घाम लाग्दा धुलोले सडक क्षेत्र नजीकका बासिन्दा आजित भएका छन् ।

सो सडक छेउकै महोत्तरीको सहोडवा बस्तीका राजनीतिक कार्यकर्ता कालीचन्द्र साहले भन्नुभयो, “खै यो सडक निर्माणको काम सकिएर हिलो र धुलोबाट वञ्चित होइएला भन्ने लाग्न नै छाडिसक्यो ।” भारतको सीतामढी जिल्लालाई जोड्ने यो सडक प्रदेश नं २ कै भारतसँगको आवतजावत गर्ने मुख्य सडकमध्येको मानिन्छ । आजभन्दा ४४ वर्ष पहिले दुई लेन कालोपत्र बनेको सडक निर्माण भएयता आवश्यक रेखदेख र मर्मत नहुँदा पछिल्लो एक दशकयता दयनीय अवस्थामा पुगेको यहाँका बासिन्दा बताउँछन् ।

Comment Box

बर्दिबास । महोत्तरीको बर्दिबास नगरपालिका– ९,पशुपतिनगर स्थित ने.क.पा. एमालेको पार्टी...

जनकपुरधाम । सडक बिस्तारको क्रममा ठुला- ठुला राजनीतिकर्मीले ...

बर्दिबास : महोत्तरीको बर्दिबास नगरपालिका–१ स्थित सडकमा टाटासुमोको ठक्करबाट एक...

जनकपुरधाम । भारतको झारखण्डबाट ब्लास्ट (रेल्वे लिकमा प्रयोग...

जनकपुरधाम । जनकपुरधाम उप–महानगरपालिका–१ वकिल टोलमा लाखौं मुल्य बरावरको धनसम्पति...

कावासोती : पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११ अरुणखोलामा...

राजविराज : सप्तरीको राजगढ गाउँपालिका–३ कट्टीमा करेन्ट लागेर शनिबार...

जनकपुरधाम । धनुषाको हँसपुर नगरपालिका वडा नं. ७ को...

जनकपुरधाम । महोत्तरीको औरही नगरपालिकाका ८ महिने शिशु सोनालिका चौधरी...

बर्दिवास : महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–१४ स्थित एकीकृत नमूना...

उर्लाबारी : मोरङको पथरीशनिश्चरे–८ स्थित शुक्रबारेमा गए राति एक...

जनकपुरधाम । प्रत्येक वर्ष...

जनकपुरधाम । हिन्दू धर्ममा नारीलाइ शक्ती स्वरुपको रुपमा पुजा गरिन्छ...

जीतपुर । बाराको जीतपुरस्थित सुपथ ...

गौशाला । महोत्तरी गौशाला ११ स्थित लोकहरि स्मृति...

गौर । प्राचीन कालदेखि नै महिलाहरुले खेलिदै आएको झिझिया...

लहान । सिरहाको नरहा गाउँपालिका–२ स्थित हिमालय सुगर मिलको...

जनकपुरधाम । पिपल प्रमोट सेन्टर जनकपुरको ...

जनकपुरधाम । हिन्दुहरुको महान चार्डपर्व ...

जनकपुरधाम । करिब दुुई दशकदेखि तराईका जिल्लाहरुमा समाज विकासको क्षेत्रमाा...

राजविराज । प्रदेश २ का भूमी व्यवस्था, कृषि तथा...

जनकपुरधाम । प्रदेश २ को प्रदेश सभाले शनिवार ...

चन्द्रपुर । नेपाल प्रेस युनियन रौतहटको अध्यक्षमा यादवराज पूरी निर्वा्चित...

चन्द्रपुर । रौतहटको चन्द्रनिगाहपुरमा लाईभ कन्सर्ट कार्यक्रम हुने भएको...

जनकपुरधाम ।प्रदेश सभा २ ले ...

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले राज्यको उदासिनताको कारण खेलाडीहरु निरुत्साहित...

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान...

काठमाडौं । टर्कीका अधिकारीहरुले साउदी अरबका पत्रकार जमाल खसोगी हत्या...

पोखरा । ओलम्पियन शिरीष गुरुङले शुक्रबार पोखराको फेवातालमा सम्पन्न ८औं...

जनकपुरधाम ।सरकारसित वार्ताका लागि जनतान्त्रिक तराई मुक्ती मोर्चाले विहिवार वार्ता...

जीतपुर । युवाहरुमा बढ्दो पुस्ताकालयप्रति ...

गौर । संघीय समाजवादी फोरम नेपाल जिल्ला कार्य समिति...