Sat, 20 Oct 2018
ताजा समाचार
आठ महिने सोनालीका हत्याका फरार अभियुक्त सुनसरीबाट पक्राउ || मुसहरको सामूहिक टीका || खुकुरी प्रहार गरी युवकको हत्या || आज शुक्ल सप्तमीका दिन फूलपाती भित्रयाउँदै || आखिर नारीलाई राजदेवी मन्दिरमा निषेध किन ? || सुपथ मुल्यको पसलमा उपभोक्ताको भीड || शिक्षाविद् सम्मानित || वडा अध्यक्षले बाँडे चामल || लोप हुदै झिझिया || लडेर मजदूरको मृत्यु || ५ वर्ष भित्र जनकपुरको कायापलट गर्छुः नेता महतो || पिपल प्रमोटको १० औं साधारण सभा सम्पन्न || दशैंको अवसरमा शुभकामना आदानप्रदान || आसमानमा हरिश्चन्द्र || संघीयता सफल पार्न चुनौती || बलात्कारपछि बालिकाको हत्या, २ पक्राउ || प्रदेश प्रहरी विधेयक पारित || नेपाल प्रेस युनियन रौतहटको अध्यक्षमा पुरी,सचिमा मिश्र || चन्द्रनिगाहपुरमा आज लाईभ कन्सर्ट || प्रदेश २ को सुरक्षा सल्लाहकारमा कायस्थ || आज प्रदेश प्रहरी विधेयक पास हुने || खेलाडीको संरक्षण प्रदेश सरकारले गर्छः मुख्यमन्त्री राउत || दाहालका नजरमा यी हुन् सरकारका महत्वपूर्ण उपलब्धि, ‘ठन्डा दिमागले सोच्नोस्’ || पत्रकार हत्याको प्रमाण सुरक्षित, छानबिन गर्न साउदीको टोली इस्तानबुलमा || शिरीषले जिते ८औं ओपन वाटर स्वीमिङ च्याम्पियनसिप || दुई समुह बीच झडप हुँदा एकको मृत्यु || सातौ अन्तराष्ट्रिय बालिका दिवस मनाइयो || सरकारसित संवादका लागि मोर्चाको वार्ता टोली सार्वजनिक || जीतपुरमा सार्वजनिक पुस्ताकालय || आँखा शिविरमा सयभन्दा बढी मोतियाबिन्दू || गुणस्तरीय शिक्षा पहिलो प्राथमिकता || ५१ सदस्यीय दलित फोरम गठन || दशैतिहारलाई लक्षित गरी सुलभ मुल्यको पसल || शिक्षा समन्वय इकाइका प्रमुख घुस सहित पक्राउ || महिलाको मृत्यु || लाखौँ ठगेर दम्पती फरार || बम आक्रमणमा दोषी ठहर गर्दै १७ जनालाई मृत्युदण्ड || नेपाल र सिंगापुर भिड्दै, उपाधि जित्ने नेपालको लक्ष्य || संविधानको भावना बमोजिम प्रदेश प्रहरीः मुख्यमन्त्री राउत || २१ हजार अश्लील वेबसाइट बन्द ||
जनकपुरका अभियानीहरु झाडापखाला प्रभावित क्षेत्रमा

टुडे समाचारदाता आश्वीन ९, २०७५

जनकपुरधाम । झाडापखाला प्रभावित क्षेत्र महोत्तरीको जलेश्वर नगरपालिका वडा नं. १२ नैन्हीमा सोमबार बृहत सरसफाई गरिएको छ । जलेश्वर नगरपालिका १२ भारतीय सिमा नाकामा पर्दछ । जहाँ १० दिनदेखि झाडापखालाको प्रकोपले महामारीकै रुप लिएको छ । नैन्ही गाउँमा ३ सय मुस्लिम घरपरिवारको बस्तीमा झाडापखालाको प्रकोप देखिएको छ । झाडापखालाले ४ वर्षीया खुश्बु खातुनको गत भदौ ३० गते मृत्यु भएको थियो ।

गएको भदौ २५ गतेदेखि नैन्ही गाउँका मुस्लिम टोलमा झाडापखालाको प्रकोप देखिएको छ । सुरुमा विरामीहरु भारतीय सिमा नजिकै भएकाले भारतको सरसण्डमा उपचार गराए तर एकपछि अर्को विरामीको संख्या बढदै जाँदा वडाअध्यक्ष रामतपेश्वर ठाकुरले मुस्लिम समुदायद्धारा संचालित मदरसामा क्याम्प राखेर उपचारको व्यवस्था गरेका थिए ।  

डा. सुवोध मिश्राको नेतृत्वमा १५ सदस्यीय चिकित्सकको टोली २४ सै घण्टा विरामीको उपचारमा जुटेका छन । सोमवार दिउसो १२ बजेसम्म यस क्याम्पबाट २ सय २८ जना विरामीलाई उपचार गरिएको छ । १८ जना विरामीलाई थप उपचारका लागि जलेश्वरस्थित जिल्ला अस्पताल रेफर गरिएको छ भने ५० जना विरामीलाई स्लाइन पानी गरि उपचार गरिएको उपचारमा संलग्न डा. मिश्राले बताए । 

के भन्छ स्थानियबासिन्दा ?

जलेश्वर नगरपालिकाको नैन्ही गाउँ भारतीय सीमासंग जोडिएको छ । नैन्ही गाउँका अधिकांश मान्छेहरुको प्रशासनिक कामकाज बाहेक घरायसी सरसमान किनमेल भारतीय बजारबाट हुने गरेको छ । गत भदौ २५ गतेतिर गाउँमा भारतीय बजार सुरसण्डबाट एक भारतीय माछा ब्यापारी सानो माछा लिएर गाउँमै आएका थिए । माछा बेच्न आएका ती व्यापारीले १०० रुपैया नेपालीमा ३ किलो माछा बेचेर गएको स्थानिय राजु यादवले बताए । विषादीयुक्त धानखेतबाट संकलन गरिएको आशंका गरिएको ती माछा खाएपछि स्थानियबासिन्दामा झाडापखालाको प्रकोप देखिएको नैन्हीका वडाअध्यक्ष रामतपेश्वर ठाकुरले बताए । कुहिएको माछा खाएको कारणले झाडापखाला लागेको हुन सक्ने अनुमान गरिएपनि  काठमाण्डौबाट आएका चिकित्सक टोलीले विरामीको दिसा,पिसाव, रगत र खानेपानीको सेम्पल लगेको र सो रिर्पोट आएपछि थप जानकारी आउने जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्रले बताए । हाल नगरपालिकाले विरामीको स्वास्थ्य चेकजाँचको लागि एमविविएसको नेतृत्वमा १५ सदस्यीय टोली खटाएको मेयर मिश्रले बताए ।

टोल दुर्गन्धित

सोमवार जनकपुरबाट डाक्टरसहित सरसफाई अभियानीहरु नैन्ही गाउँ पुग्दा स्थानियबासिन्दाको घर, आंगन दुर्गन्धित थियो । नैन्हीमा सामान्य खान पकाउने (भान्छा कोठा), सुत्नेकोठा, खानेपानी, नुहाउने र भाडावर्तन मस्काउने पोखरी दुर्गन्धित छ । जनकपुरबाट गरिव असहाय मंचका अध्यक्ष बैधनाथ साह र दिपक ठाकुरको नेतृत्वमा गएको टोलीले झाडापखाला प्रभावितको घरमा पुगेर सरसफाइ गर्दै सरसफाइको महत्व र सरसफाइको फाइदाबारे जनचेतना फैलाएका छन ।

सरसफाई टोली गाउँमा पुग्दा स्थानियबासिन्दाको खानपकाउनेदेखि लिएर सुत्ने कोठा, नुहाउने पोखरी र भाडाबर्तन मस्काउनेसम्मको स्थल निकै फोहोरले भरिएको थियो । घरको अधिकांश घरमा चर्पी भएपनि अधिकांश मान्छे शौच गर्न बाहिर सडक पेटीमै जाने गरेको स्थानिय युवा सेवा समितिका सचिव चन्दन कुमार झाले बताए । उनले सडकपेटीमै दिसापिसाव गर्ने गरेकाले गर्दा आफुहरुले वडा कार्यालयको समन्वयमा ६ जना स्वयमसेवक परिचालन गरेको बताए । तर पनि सरसफाईमा हामीले स्थानियलाई बुझाउन सकिरहेका छैनौ ।

स्थानियबासिन्दाहरुको घरमा खानेपानीको टयुवेल छ तर पनि निकै नै दुगन्धित फोहोर पानी भएको पोखरीमा आएर नुहाउने गरेको छ । सो पोखरीको पानिमा नुहाउन त के छुन पनि नहुने खालको रहेको सरसफाई अभियानसगै जनकपुर अंचल अस्पतालबाट गएका डाक्टर सुधिर यादव र डा दिपेन्द्र मेहताले बताएका छन ।  गाउँमा फोहोरले दुगन्र्धित भई रहदाँ नाला व्यवस्थापन समेत नभएर नालाको पानि जमेर निकै समस्या देखिएको छ ।

झाडापखाला नियन्त्रण गर्न अmझै समय लाग्ने

नैन्ही गाउँमा झाडापखालाका विरामीको नियन्त्रण गर्न अझै समय लाग्ने उपचारमा सलग्न डाक्टर सन्तोष यादवले बताए । उनल भने अहिलेसम्म यस क्याम्पमा भर्ना भएकामध्ये असोज २ गतेका दिन २ पुरुष र १९ महिला गरि ४१ जना, असोज ३ गते १८ पुरुष, १९ महिलासहित ३७ जना, असोज ४ गते १७ पुरुष र १७ महिला गरि ३४ जनालाई उपचार गरि घर फर्काएको बताएका छन ।

त्यस्तै असोज ५ गते २१ जना पुरुष, २७ जना महिला, ६ गते ११ पुरुष १५ जना महिला गरि २६ जना, असोज ७ गते १८ जना पुरुष र २० जना महिला गरि ३० जनालाई सफल उपचार गरिएको उपचारमा सलग्न डाक्टर सुवोध मिश्राले बताएका छन । डाक्टर मिश्राका अनुसार अहिले पनि दैनिक मान्छेहरु झाडापखालाका विरामी भई क्याम्पमा उपचारका लागि आउदै गरेकाले पूर्ण रुपमा नियन्त्रण गर्न हप्तौ लाग्ने बताएका छन । उनले भने क्याम्पमा आएपछि अहिलेसम्म एक जना बाहेक सवैलाई बचाउन सफल भएको बताएका छन ।  

Comment Box

जनकपुरधाम । महोत्तरीको औरही नगरपालिकाका ८ महिने शिशु सोनालिका चौधरी...

बर्दिवास : महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–१४ स्थित एकीकृत नमूना...

उर्लाबारी : मोरङको पथरीशनिश्चरे–८ स्थित शुक्रबारेमा गए राति एक...

जनकपुरधाम । प्रत्येक वर्ष...

जनकपुरधाम । हिन्दू धर्ममा नारीलाइ शक्ती स्वरुपको रुपमा पुजा गरिन्छ...

जीतपुर । बाराको जीतपुरस्थित सुपथ ...

गौशाला । महोत्तरी गौशाला ११ स्थित लोकहरि स्मृति...

गौर । प्राचीन कालदेखि नै महिलाहरुले खेलिदै आएको झिझिया...

लहान । सिरहाको नरहा गाउँपालिका–२ स्थित हिमालय सुगर मिलको...

जनकपुरधाम । पिपल प्रमोट सेन्टर जनकपुरको ...

जनकपुरधाम । हिन्दुहरुको महान चार्डपर्व ...

जनकपुरधाम । करिब दुुई दशकदेखि तराईका जिल्लाहरुमा समाज विकासको क्षेत्रमाा...

राजविराज । प्रदेश २ का भूमी व्यवस्था, कृषि तथा...

जनकपुरधाम । प्रदेश २ को प्रदेश सभाले शनिवार ...

चन्द्रपुर । नेपाल प्रेस युनियन रौतहटको अध्यक्षमा यादवराज पूरी निर्वा्चित...

चन्द्रपुर । रौतहटको चन्द्रनिगाहपुरमा लाईभ कन्सर्ट कार्यक्रम हुने भएको...

जनकपुरधाम ।प्रदेश सभा २ ले ...

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले राज्यको उदासिनताको कारण खेलाडीहरु निरुत्साहित...

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान...

काठमाडौं । टर्कीका अधिकारीहरुले साउदी अरबका पत्रकार जमाल खसोगी हत्या...

पोखरा । ओलम्पियन शिरीष गुरुङले शुक्रबार पोखराको फेवातालमा सम्पन्न ८औं...

जनकपुरधाम ।सरकारसित वार्ताका लागि जनतान्त्रिक तराई मुक्ती मोर्चाले विहिवार वार्ता...

जीतपुर । युवाहरुमा बढ्दो पुस्ताकालयप्रति ...

गौर । संघीय समाजवादी फोरम नेपाल जिल्ला कार्य समिति...

जीतपुर । बाराको जीतपुरमा पहिलोपटक ...

भोजपुर । ट्याक्टरबाट खसेर टेम्केमैयङु गाउँपालिका–९ वलौटे भञ्ज्याङमा...

नवलपरासी । पूर्वी नवलपरासीको कावासोती नगरपालिका–८ का एक...

कायरो । इजिप्टको एउटा सैनिक अदालतले १७ जनालाई बम...

काठमाडौं । मलेसियामा जारी आईसीसी टि–२० विश्वकप छनोट अन्तर्गत...

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले संविधानको भावना बमोजिम प्रदेश...

काठमाडौँ । सरकारले यौनजन्य अश्लील सामग्री राख्ने २१ हजारभन्दा...