Sun, 21 Oct 2018
ताजा समाचार
ने. क. पा. एमालेको पार्टी कार्यालयमा आज्ञात समूहद्वारा आगजनी || सडक बिस्तारको काममा चलखेल , मन्त्री रघुबीर महासेठ संगलग्न || टाटासुमोको ठक्करबाट पैदल यात्रुको मृत्यु || जनकपुरमा दोश्रो पटक ब्लास्ट लिएर ५३ डबाको रेल आयो || लाखौं मुल्य बरावरको धनसम्पति चोरी || दुर्घटनामा पाँचको मृत्यु || करेन्ट लागेर बालकको मृत्यु || धनुषाको नौवाखोरमा सरसफाई || आठ महिने सोनालीका हत्याका फरार अभियुक्त सुनसरीबाट पक्राउ || मुसहरको सामूहिक टीका || खुकुरी प्रहार गरी युवकको हत्या || आज शुक्ल सप्तमीका दिन फूलपाती भित्रयाउँदै || आखिर नारीलाई राजदेवी मन्दिरमा निषेध किन ? || सुपथ मुल्यको पसलमा उपभोक्ताको भीड || शिक्षाविद् सम्मानित || वडा अध्यक्षले बाँडे चामल || लोप हुदै झिझिया || लडेर मजदूरको मृत्यु || ५ वर्ष भित्र जनकपुरको कायापलट गर्छुः नेता महतो || पिपल प्रमोटको १० औं साधारण सभा सम्पन्न || दशैंको अवसरमा शुभकामना आदानप्रदान || आसमानमा हरिश्चन्द्र || संघीयता सफल पार्न चुनौती || बलात्कारपछि बालिकाको हत्या, २ पक्राउ || प्रदेश प्रहरी विधेयक पारित || नेपाल प्रेस युनियन रौतहटको अध्यक्षमा पुरी,सचिमा मिश्र || चन्द्रनिगाहपुरमा आज लाईभ कन्सर्ट || प्रदेश २ को सुरक्षा सल्लाहकारमा कायस्थ || आज प्रदेश प्रहरी विधेयक पास हुने || खेलाडीको संरक्षण प्रदेश सरकारले गर्छः मुख्यमन्त्री राउत || दाहालका नजरमा यी हुन् सरकारका महत्वपूर्ण उपलब्धि, ‘ठन्डा दिमागले सोच्नोस्’ || पत्रकार हत्याको प्रमाण सुरक्षित, छानबिन गर्न साउदीको टोली इस्तानबुलमा || शिरीषले जिते ८औं ओपन वाटर स्वीमिङ च्याम्पियनसिप || दुई समुह बीच झडप हुँदा एकको मृत्यु || सातौ अन्तराष्ट्रिय बालिका दिवस मनाइयो || सरकारसित संवादका लागि मोर्चाको वार्ता टोली सार्वजनिक || जीतपुरमा सार्वजनिक पुस्ताकालय || आँखा शिविरमा सयभन्दा बढी मोतियाबिन्दू || गुणस्तरीय शिक्षा पहिलो प्राथमिकता || ५१ सदस्यीय दलित फोरम गठन ||
डुम बालबालिका विद्यालय जान थाले

रासस आश्वीन २३, २०७५

लहान ।   घरदेखि २०० मिटरको दूरीमा छ विद्यालय तर, सप्तरीको डिमन गाविस १ का दश वर्षीय सन्तोष मरिक पढ्न विद्यालय जाँदैन्थे । 

पढ्ने रहर भएर पनि सामाजिक रुपमा गरिँदै आइएको अपमानजनक व्यवहार र चेतनाको अभावमा उनी विद्यालय नगई बाँसको सामान बनाउने काममा आफ्ना बुवालाई सघाउँदै आएका थिए । स्थानीय महिलाहरुको लामो प्रयास पछि विगत एक वर्षदेखि उनी नियमित विद्यालय जान थालेका छन् । बा¥ह वर्षको उमेरसम्म विद्यालयको मुखसम्म हेर्न नपाएका अर्जुन मरिक पनि विद्यालय जान थालेका छन् । 

स्थानीय डिमन माविको कक्षा ४ मा पढ्दै आएका सन्तोष र अर्जुनले अगुवा महिलाहरुको सक्रियतामा आफूहरु विद्यालयसम्म पुगेको बताएका छन् । महिलाहरुको पहलमा अर्जुन र सन्तोष मात्र होइन, शिक्षाबाट वञ्चित डुम बस्तीका सबै १२ जना बालबालिका विद्यालय भर्ना भएर पढ्न थालेका छन् । 

दलित समुदायमा पनि सबैभन्दा तल्लो जातिको मानिने डुम समुदायका बालबालिकाहरु अझै विद्यालयसम्म पुग्न सकिरहेका छैनन् । सामाजिक, आर्थिक र शैक्षिक लगायत सबै क्षेत्रमा पछाडि परेको डुम समुदायका बालबालिकाहरुलाई विद्यालयसम्म ल्याउन धेरै मिहिनेत गर्नुपरेको सामाजिक क्षेत्रमा क्रियाशील अगुवा महिलाहरु बताउँछन् । 

“शुरु शुरुमा चेतनाको अभावमा डुम समुदायका अभिभावकहरु आफ्ना बच्चाहरुलाई विद्यालय पठाउनै मान्दैन्थे तर, नियमित रुपमा महिलाहरु समूह बनाएर दबाब दिएपछि बल्ल उनीहरु आफ्ना बच्चाहरुलाई विद्यालय पठाउन मञ्जुर भए” – डिमन गाविस–१ निवासी ज्योतिकुमारी भण्डारीले भन्नुभयो ।

उहाँ भन्नुहुन्छ – “शुरु शुरुमा धेरै गाह्रो थियो । तर, अहिले डुम अभिभावकले काम छोडाएर आफ्ना बच्चाहरुलाई नियमित स्कुल पठाउन थालेका छन्् ।” डुम बस्तीका विद्यार्थी विद्यालय जान थालेपछि तिनका अभिभावकहरु समेत उत्साहित बनेका छन् । 

समग्र विकास सेवा केन्द्रको सहयोगमा सञ्चालित सशक्तीकरण अभियानअन्तर्गत डिमन १ मा गठित जनजाति सामाजिक परिवारमा आबद्ध ती महिलाहरुको सक्रियतामा दलित र गैरदलितबीच हुने भेदभावसमेत न्यून हुँदै गएको स्थानीय बासिन्दाहरु बताउँछन् । 

छुवाछूत र भेदभावलाई त्यागेर सो गाउँका महिलाहरु अहिले गाउँको सामाजिक विकास र आयआर्जनको काममा समेत नेतृत्व लिँदै आएको छ । 

“छुवाछूत भनेको अन्धविश्वास हो, यसले मानव समाजलाई नै अघि बढ्न दिँदैन,” ज्योतिकुमारीले भन्नुभयो – “उचनिचको कुरा गर्नुहुँदैन भन्ने ज्ञान हामीलाई भयो ।” 

“पहिला डुम भनेको सानो जात हो, यसले छोएपछि हाड नै छोइन्छ भन्ने हामीमा कुविचार कायम थियो, त्यसैले दलितहरुसँग छोइछिटो गर्दथ्यौं,” सामाजिक परिवारका अध्यक्ष तथा अगुवा महिला चन्दनदेवी भण्डारी भन्नुहुन्छ – “तर अहिले हामी डुम समुदायका महिलाहरुसँगै बसेर कुरा गर्छांै । बैठकमा बसेका बेला हामी चिया पनि सँगै खान्छौ ।” 

विभिन्न सङ्घसंस्थाहरुबाट गाउँमा हुने कार्यक्रमहरुमा जातपात भन्नुहुँदैन, जातीय विभेद गर्नेमाथि कानूनी कार्वाही हुन्छ भन्ने सुनेपछि आफूहरुमा सकारात्मक सोचको विकास भएको सुनाउँदै सामाजिक परिवारका सदस्य रञ्जना यादव भन्नुभयो – “अहिले हामी पनि गाउँमा जातीय भेदभाव तथा छुवाछूतविरुद्धको अभियान सञ्चालन गरिरहेका छौं ।” 


घर नजिकै डुम बस्ती रहेको भए पनि विगतमा उनीहरुसँग कुनै सम्बन्ध नराख्ने तर, अहिले सँगै बस्न र बोल्न थालेपछि एउटै परिवारको सदस्य जस्तै अनुभूति हुन थालेको ती महिलाहरु बताउँछन् । 


रञ्जनाले भन्नुभयो – “अहिले हामी सँगै एक आपसमा दुःखसुखका कुरा गर्छाैं । सरसफाइ र विकासका कुरा पनि सँगै गर्ने गरेकाले गाउँमा विस्तारै विकास हुन थालेको अनुभूति हुन थालेको छ ।” 

समूहमा दलित महिलालाई समेत सहभागी गराएर एक आपसमा आयआर्जन र सरसफाइको कुरा चलाएपछि डुम जातिमा पनि सरसफाइ र आप्mना बालबालिकाहरुलाई विद्यालय पठाउनुपर्छ भने सोचको विकास भएको छ । 

आर्थिक रुपले विपन्न दलित समुदायको आयआर्जनका लागि बचत र ऋण लगानीको वातावरण बनाइएपछि उनीहरुको आर्थिक अवस्थामा समेत सुधार आएको सामाजिक परिवारका सचिव ज्योतिकुमारी बताउनुहुन्छ । “समूहमा हामीसँगै डुम जातिका महिलाहरु समेत बचत गर्छन्, ऋण लिएर आयआर्जनको काम समेत सँगै गर्ने गरेका छन्,” उहाँले भन्नुभयो । 

वर्षाैंदेखि छुवाछूत र भेदभावको पीडा भोगेका दलित महिलाहरु गाउँ विकासको अभियानमा सहभागी हुन पाएपछि खुशी भएका छन् । 

स्थानीयवासी उर्मिलादेवी मरिक (डुम) भन्नुहुन्छ – “समूहमा आबद्ध भएपछि गैरदलित महिलाले छुवाछूतको व्यवहार गर्दैन । उहाँहरुसँगै बसेर दुःखसुखको कुरा गर्न पाएकामा खुशी लागेको छ ।” 

सामाजिक परिवारमा आबद्ध भएका २१ जना सदस्य मध्ये १३ गैरदलित र ८ जना दलित महिलाले संयुक्त रुपमा मासिक रु ५० का दरले बचत गर्ने गर्छन् र बचत रकममध्येबाट रु १ ब्याजदरमा समुदायकै सदस्यहरुमा आयआर्जनका लागि लगानी गर्ने गरेका छन् । 

ऋण लिएर यहाँका महिलाहरुमध्ये कतिपयले पशुपालन शुरु गरेका छन् भने कतिपयले तरकारी खेती र व्यवसाय सञ्चालन गर्दै आएका छन् । 

दलित दलितबीच नै भेदभाव रहेकाले यसलाई अन्त्य गर्न सके मात्र दलित र गैरदलितबीचको भेदभाव अन्त्य हुने चर्चा चलिरहेका बेला सप्तरीको डिमन गाविसका महिलाहरुले देखाएको साहसिक कदमलाई स्वागत गर्नुपर्ने दलित अगुवा युक्तिलाल मरिक बताउनुहुन्छ । 

दलित अगुवा तथा डुम उत्थान समाजका अध्यक्ष युक्तिलाल दलित दलितबीचको भेदभाव समाप्त नभइसकेको अवस्थामा यहाँका गैरदलित महिलाहरुले चलाएको छुवाछूत र भेदभाव विरुद्धको अभियानलाई सबैले साथ दिनुपर्ने धारणा राख्नुहुन्छ ।

Comment Box

बर्दिबास । महोत्तरीको बर्दिबास नगरपालिका– ९,पशुपतिनगर स्थित ने.क.पा. एमालेको पार्टी...

जनकपुरधाम । सडक बिस्तारको क्रममा ठुला- ठुला राजनीतिकर्मीले ...

बर्दिबास : महोत्तरीको बर्दिबास नगरपालिका–१ स्थित सडकमा टाटासुमोको ठक्करबाट एक...

जनकपुरधाम । भारतको झारखण्डबाट ब्लास्ट (रेल्वे लिकमा प्रयोग...

जनकपुरधाम । जनकपुरधाम उप–महानगरपालिका–१ वकिल टोलमा लाखौं मुल्य बरावरको धनसम्पति...

कावासोती : पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११ अरुणखोलामा...

राजविराज : सप्तरीको राजगढ गाउँपालिका–३ कट्टीमा करेन्ट लागेर शनिबार...

जनकपुरधाम । धनुषाको हँसपुर नगरपालिका वडा नं. ७ को...

जनकपुरधाम । महोत्तरीको औरही नगरपालिकाका ८ महिने शिशु सोनालिका चौधरी...

बर्दिवास : महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–१४ स्थित एकीकृत नमूना...

उर्लाबारी : मोरङको पथरीशनिश्चरे–८ स्थित शुक्रबारेमा गए राति एक...

जनकपुरधाम । प्रत्येक वर्ष...

जनकपुरधाम । हिन्दू धर्ममा नारीलाइ शक्ती स्वरुपको रुपमा पुजा गरिन्छ...

जीतपुर । बाराको जीतपुरस्थित सुपथ ...

गौशाला । महोत्तरी गौशाला ११ स्थित लोकहरि स्मृति...

गौर । प्राचीन कालदेखि नै महिलाहरुले खेलिदै आएको झिझिया...

लहान । सिरहाको नरहा गाउँपालिका–२ स्थित हिमालय सुगर मिलको...

जनकपुरधाम । पिपल प्रमोट सेन्टर जनकपुरको ...

जनकपुरधाम । हिन्दुहरुको महान चार्डपर्व ...

जनकपुरधाम । करिब दुुई दशकदेखि तराईका जिल्लाहरुमा समाज विकासको क्षेत्रमाा...

राजविराज । प्रदेश २ का भूमी व्यवस्था, कृषि तथा...

जनकपुरधाम । प्रदेश २ को प्रदेश सभाले शनिवार ...

चन्द्रपुर । नेपाल प्रेस युनियन रौतहटको अध्यक्षमा यादवराज पूरी निर्वा्चित...

चन्द्रपुर । रौतहटको चन्द्रनिगाहपुरमा लाईभ कन्सर्ट कार्यक्रम हुने भएको...

जनकपुरधाम ।प्रदेश सभा २ ले ...

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले राज्यको उदासिनताको कारण खेलाडीहरु निरुत्साहित...

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान...

काठमाडौं । टर्कीका अधिकारीहरुले साउदी अरबका पत्रकार जमाल खसोगी हत्या...

पोखरा । ओलम्पियन शिरीष गुरुङले शुक्रबार पोखराको फेवातालमा सम्पन्न ८औं...

जनकपुरधाम ।सरकारसित वार्ताका लागि जनतान्त्रिक तराई मुक्ती मोर्चाले विहिवार वार्ता...

जीतपुर । युवाहरुमा बढ्दो पुस्ताकालयप्रति ...

गौर । संघीय समाजवादी फोरम नेपाल जिल्ला कार्य समिति...