Mon, 21 Jan 2019
ताजा समाचार
‘समुदाय-प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत कपडा वितरण || गोलबजारमा नेपाल रेडक्रस उपशाखा भवन शिलान्यास || उप–महानगरपालिका र खानेपानी ढल व्यवस्थापन विभाग विच वैठक सम्पन्न || डा केसीको माग पूरा || केन्द्रीय कारागारमा १३ कैदीबन्दीको मृत्यु || फ्रान्समा सरकार विरोधी आन्दोलन झन चर्कियो, राष्ट्रपतिको राजीनामा माग || एएफसी यूथ-२३ च्याम्पियनसिपः पहिलो खेलमा नेपालले ओमानसँग खेल्ने || स्वस्थानी व्रत सुरु, शालिनदीमा माधवनारायणको मेला || चितुवाको छालासहित युवक पक्राउ || तीन वर्षदेखि फरार मुर्ति चोर प्रहरीको नियन्त्रणमा || दुर्गम बस्तीको विद्यालय नमूना बन्दै || प्रधानमन्त्री ओली दोहामा || दाइजोकै कारण दुई वर्षिया छोरी र आमाको हत्या , सासु || नेपाल राष्ट्र बैंकद्वारा भारतीय नोटमा प्रतिबन्ध || मधेशी आयोगमा दत्त || लहानमा भव्य साँस्कृति कार्यक्रम हुने || श्रीमतीको हत्या गरी आत्महत्या || १२ दिनदेखि अनशनरत डा. केसीको स्वास्थ्य ‘उच्च जोखिम’मा || आगलगीबाट अठार लाख क्षति || तराईका प्रसिद्ध धनुषाधाम मकर मेला शुरु || सीके राउतका चार कार्यकर्ता पक्राउ || चौतर्फी विरोधका विच वरियारपट्टी गाउँपालिकामा दोस्रो गाउँसभा सम्पन || करेन्ट लाग्दा घटनास्थलमै दुईको मृत्यु || बलिदानी दिवसकै दिन राजपा निकट राष्ट्रिय विद्यार्थी संघ जनकपुरका नगर || सवारी दुर्घटनामा चारको मृत्यु, तीन घाइते || मिथिलामा लाईको प्रयोग || मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु || माेबाइलकाे पासवर्ड नदिँदा श्रीमतीले श्रीमानलाई जिउँदै जलाइन् || घटनाबाट वनमन्त्री दुखी || चैत्र मसान्त भित्रमा पर्सा जिल्लालाई खुलादिशा मुक्त जिल्ला घोषणा गर्ने || सवारी साधनहरुको मेकानिकल चेक जाँचतथाचालकहरुको स्वास्थ्य परिक्षण || सरकारी अस्पतालमा औषधिको अभाव || वन सखाप पार्न लागेको प्रदेश मन्त्रीको आरोप || रेल खरिद गर्न सरकारको सैद्धान्ति सहमति || बेलायतकी महारानीका पति फिलिप सवारी दुर्घटनामा घाइते || बार्सिलोना कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा || स्वास्थ्य अवस्था गम्भीर भएपछि डा. केसीलाई राति काठमाडौं ल्याइयो || २ करोड लागतमा अश्वमेध यज्ञ || वरियापट्टी गाउँपालिकामा संघर्ष समितिद्धरा धर्ना : कामकाज प्रभावित || सहारा विकास बैंकको सूचीकरण खारेज भएपछि कारोबारमा गिरावट ||
आज शुक्ल सप्तमीका दिन फूलपाती भित्रयाउँदै

टुडे समाचारदाता आश्वीन ३०, २०७५
जनकपुरधाम   ।   प्रत्येक   वर्ष   दुर्गा   पक्ष  अन्तर्गत  आश्विन  शुक्ल  सप्तमीका  दिनमा  मनाइने  फूलपाती  पर्व  आज  शक्तिपीठसहित  घर  घरमा  शास्त्रीय  विधि  अनुसार  शुभ  साइतको  प्रतीक  फूलपाती  भित्र्याएर मनाइँदैछ । घटस्थापनाका     दिनदेखि     वैदिक     विधिपूर्वक  दुर्गालाई  आवहान  गरी  पूजा  आजा  गरिएको  दसैं  घर  अथवा  पूजा  कोठामा  शुभ  साइतको  प्रतीकका  रुपमा  उखु,  हलेदो,  केराको  बोट,  धानको  बाला,  बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष  भित्र्याउने गरिन्छ । जनकपुरधामको    प्रमुख    शक्तिपीठ    राजदेवी   मन्दिरमा   पनि   मंगलबार   नै   फुलपाती  भित्रयाउने  भएकोछ  ।  विधिवत  रुपमा मंगलबार बिहान फुलपाती भित्रयाउने छ । ग्रामीण क्षेत्रमा पनि बेल टिपेर फुलपाती भित्रयाउने कार्यक्रम गरिने भएको छ । फलस्वरुप  नेपालका  ग्रामीण  भेगमा  आजैका   दिनदेखि   दोबाटो,   चौतारो   र   चौबाटाहरुमा  हालिने  लिङ्गे  पिङ  र  रोटे  पिङले  दशैँको  रौनकतालाई  अझ  बढाउने  गर्दछ ।नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नववटी देवीको प्रतीकको रुपमा भित्र्याई शास्त्रीय विधि  अनुसार  शक्तिको  आराधनाका  साथ  पूजा  गर्ने वैदिक विधि रहेको छ ।  “केरामा       ब्रह्माणी,       दारिममा       रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा   चामुण्डा,   उखुमा   कालिका,   बेलपत्रमा  शिवा,  अशोकमा  शोकरहिता  र  जयन्तीमा  कात्तिकी  देवीको  आवहान  गरी  पूजा  गरिन्छ,  यी  देवी  नवदुर्गाका  पार्षद्  अर्थात् सहायक हुन् । फूलपाती भित्र्याएपछि नववटै देवीको विधिपूर्वक   पूजा   आराधना   गरिन्छ   ।   हनुमानढोका  दरबारको  दशैँघरमा  गोरखा  जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म   दशैंघरका   पूजारी   सहित   मगर जातिका छ जनाले ल्याउने र धादिड. जिल्लाको    जीवनपुरबाट    काठमाडौँको    जमलसम्म  काठमाडौँबाट  गएका  ब्राह्मण  जातिका  छ  जनाले  ल्याउने  परम्परा  रही  आएको छ ।जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्च पदस्थ अधिकारीहरु, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको  लावालस्करका  साथमा  फूलपाती ल्याउने गरिन्छ । राजतन्त्र   रहुञ्जेलसम्म   हनुमानढोका   दरबारको  दशैँघरमा  फूलपाती  भित्र्याउने  क्रममा   राज्यप्रमुखका   नाताले   राजाको   पनि  उपस्थिति  रहने  गरेकोमा  गणतन्त्रको  स्थापनापछि  भने  संस्कृति  मन्त्री  उपस्थित  हुने  गरेको  हनुमानढोका  दरबार  संग्रहालय  विकास  समितिले  जनाएको  छ  ।  यस  बर्षको  फूलपाती  मंगलबार  अपरान्ह  साँढे  चार  बजे  भित्र्याइने  कार्यक्रम  रहेको  छ  ।  कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन   मन्त्री   रविन्द्रप्रसाद   अधिकारी,   काठमाडौँका  प्रदेशसभा  सदस्य  र  स्थानीय  तहका जनप्रतिनिधिलाई निमन्त्रणा गरिएको दरबार हेरचाह अड्डाले जनाएको छ । आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक  घटस्थापना  गरी  जमरा  राखेपछि  शुरु हुने नेपालीहरुको महान् चाड दशैँ अर्थात् दुर्गापूजाको   सामाजिक   चहलपहल   भने   आजैका दिनदेखि बढ्ने गर्दछ ।मंगलबारदेखि  सरकारी  कार्यालय  पनि  बिदा हुने भएकाले बिभिन्न पेशा र ब्यवसायमा संलग्न मानिस सपरिवार बसेर दुर्गा भवानीको प्रसादका  रुपमा  टीका  थाप्न  आ  आफ्नो  घर  फर्कने क्रम अझ तीब्र हुने गर्दछ ।
Comment Box

जनकपुरधाम : ‘समुदाय-प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय...

सिरहा : नेपाल रेडक्रस उपशाखा गोलबजारको विधिवत रुपमा भवन शिलान्यास...

जनकपुरधाम । जनकपुरधाम उप–महानगरपालिका र खानेपानी ढल व्यवस्थापन विभाग...

काठमाडौँ : स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवले अनशनरत प्राध्यापक डा...

काठमाडौँ : नेपालकै सबैभन्दा ठूलो कारागारका रुपमा रहेको केन्द्रीय कारागारमा...

फ्रान्समा सरकार विरोधी आन्दोलन झन् चर्कंदै गएको छ ।...

काठमाडौं । एएफसी यूथ–२३ च्याम्पियनसिप फुटबलका लागि छनोट चरणको खेल...

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म गरिने स्वस्थानी व्रत आजदेखि...

सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आइतबार ध्वाँसे चितुवाको...

डोल्पा : डोल्पामा एक थान बुद्धमूर्ति चोरी गरी फरार रहेका...

डडेल्धुरा : डडेल्धुराका दुर्गम बस्तीका सामुदायिक विद्यालय नमूना बन्दै...

भ्रमण टोली आजै स्वीट्जरल्याण्डको जुरिचतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ...

जनकपुर उपमहानगरपालिका ४ की दुई वर्षिया गौरी शर्मा र...

अब नेपाल राष्ट्र बैंकले सर्वसधारणलाई १ सय दरको भन्दा माथिको...

जनकपुरधाम । मधेशी आयोगको अध्यक्षमा धनुषाका डा विजय दत्तको...

सिरहाको लहानमा आउदो माघ २६ गते भव्य साँस्कृति...

कैलाली । कैलालीको जानकी गाउँपालिका–७ गोलौरीमा प्रेमलाल चौधरीले श्रीमतीको हत्या...

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राखेर १२ दिनदेखि आमरण...

सर्लाही : घरमा बालेको घुरबाट आगलगी हुँदा बलरा नगरपालिका–८...

धनुषाधाम : जिल्लाको पूर्वी उत्तरी क्षेत्रस्थित धनुषाधाममा माघ...

राजविराज । सप्तरीबाट सीके राउत समर्थक चार जना कार्यकर्ता पक्राउ...

लहान । सिरहा जिल्लाको वरियारपट्टी गाउँपालिकाले दोस्रो ऐतिहासिक गाउँसभा...

जनकपुरधाम : जनकपुरधाममा करेन्ट लागेर घटनास्थलमै दुई जनाको...

जनकपुरधाम : राजपा निकट राष्ट्रिय विद्यार्थी संघ जनकपुरका नगर उप-सभापति...

सर्लाही : सर्लाही जिल्लामा आज बिहान भएको छुट्टछुट्टै सवारी...

गोपाल बराल ,बर्दिवास : ‘खाजा खाउँ...लाई, सनेस (कोसेली)...

अछाम : अछामको कमलबजार नगरपालिकामा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु...

काठमाडौं : आफ्नाे माेबाइलकाे पासवर्ड निदिँदा श्रीमतीले श्रीमानलाई जिउँदै...

जनकपुरधाम । प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण...

वीरगन्ज : पर्सा जिल्लालाई चैत्र मसान्तसम्ममा खुलादिशा मुक्त जिल्ला घोषणा...

जीतपुर : सवारी दुर्घटना न्युनिकरणकोलागि सवारी साधनहरुको मेकानिकल...

सिरहा : सिरहाको बरियारपट्टी गाउँपालिकामा रहेका सरकारी अस्पतालमा औषधिको...

जनकपुरधाम । प्रदेश २ का उधोग पर्यटन, वन तथा वातावरण...

भारतको जयनगरदेखि जनकपुरधाम सम्म पहिलो चरणमा सञ्चालन गर्न नेपाल सरकारले...

लण्डन । बेलायतकी महारानी एलिजाबेथ द्वितीयका पति फिलिप एक...

काठमाडौं । लेभान्तेलाई पाखा लगाँउदै बार्सिलोना स्पेनिस कप अर्थात कोपा...

काठमाडौं : चिकित्सा शिक्षा सुधारको माग गरेर १६ औं...

वीरगन्ज । अश्वमेध गायत्री महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ...

सिरहाको वरियापट्टी गाउँकार्यपालिकाको प्राङगनमा संघर्ष समितिले आज देखि कामकाज प्रभावित...

सर्लाही : देव विकास बैंकसँग मर्जरको प्रकृयामा रहेको सहारा...